BK Murli 27 February 2015 in Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    Brahma Kumaris - BK Murli 27 February 2015 in Nepali

    Nepali Murli
    15 Falgun 2071 Friday 27-2-2015 Nepali
    “मीठे बच्चे— सम्मान सहित पास हुनु छ भने बुद्धियोग अलिकति पनि कहीं नभड्कियोस्, एक बाबाको याद रहोस्, देहलाई याद गर्नेले उच्च पद पाउन सक्दैनन् ।”
    प्रश्नः—
    सबैभन्दा उच्च लक्ष्य (मंजिल) कुनचाहिँ हो ?
    उत्तरः—
    आत्मा जीवित छँदै मरेर एक बाबाको बनोस्, अरु कोही याद नआओस्, देह–अभिमान पूरै छुटोस्— यो नै हो उच्च लक्ष्य । निरन्तर देही–अभिमानी अवस्था बनोस्— यो हो उच्च लक्ष्य । यसबाट नै कर्मातीत अवस्थालाई प्राप्त गर्नेछौ ।
    गीतः–
    तू प्यार का सागर है........... ।
    ओम् शान्ति ।
    अब यो गीत पनि गलत छ । प्यारको सट्टा हुनुपर्छ ज्ञानका सागर । प्यारको कुनै लोटा हुँदैन । लोटा, गंगाजल आदिको लागि हुन्छ । त्यसैले यो हो भक्तिमार्गको महिमा । यो हो गलत र त्यो हो सही । बाबा सर्वप्रथम त हुनुहुन्छ ज्ञानका सागर । बच्चाहरुमा थोरै मात्र पनि ज्ञान छ भने धेरै उच्च पद प्राप्त गर्न सक्छन् । बच्चाहरुले जान्दछन्— अब यस समय हामी वास्तवमा चैतन्य देलवाला मन्दिर जस्तै हौं । त्यो हो जड देलवाडा मन्दिर र यो हो चैतन्य देलवाडा मन्दिर । यो पनि आश्चर्य छ नि । जहाँ जड यादगार छ त्यहीँ तिमी चैतन्य आएर बसेका छौ । तर मनुष्यहरुले कहाँ बुझ्छन् र ! पछि गएर बुझ्नेछन् । वास्तवमा यो ईश्वरीय विश्वविद्यालय हो, यहाँ भगवानले पढाउनुहुन्छ । यो भन्दा ठूलो विश्वविद्यालय अरु कुनै हुन सक्दैन । र, यो पनि बुझ्नेछन्— यो त वास्तवमा चैतन्य देलवाडा मन्दिर हो । त्यो देलवाडा मन्दिर तिम्रो एक्युरेट यादगार हो । माथि छतमा सूर्यवंशी–चन्द्रवंशी छन्, तल आदि देव, आदि देवी र बच्चाहरु बसेका छन् । यिनको नाम हो— ब्रह्मा, फेरि सरस्वती हुन् ब्रह्माकी छोरी । प्रजापिता ब्रह्मा छन् भने अवश्य गोप–गोपीनीहरु पनि हुनुपर्छ नि । त्यो हो जड चित्र । जो थिए उनीहरुकै फेरि चित्र बनेका छन् । कोही मर्छन् भने तुरून्त उसको चित्र बनाइदिन्छन्, उसको पोजीशन, जीवनकथाको बारेमा त थाहा हुँदैन । कर्तव्य (अक्युपेशन) लेखेनन् भने त्यो चित्र कुनै कामको रहँदैन । थाहा लाग्छ फलानाले यो–यो कर्तव्य गरेको रहेछ । अब यी जुन देवताहरुका मन्दिर छन्, उनीहरुको कर्तव्य (अक्युपेशन), जीवनी कसैलाई पनि थाहा छैन । उच्च भन्दा उच्च शिवबाबालाई कसैले पनि जान्दैनन् । यतिखेर तिमी बच्चाहरुले सबैको बायोग्राफीलाई जान्दछौ । मुख्य को–को थिए, जसलाई पुज्दछन् ? उच्च भन्दा उच्च हुनुहुन्छ भगवान । शिवरात्रि पनि मनाउँछन् भने अवश्य उहाँको अवतरण भएको थियो तर कहिले भयो, उहाँले आएर के गर्नुभयो— यो कसैलाई पनि थाहा छैन । शिवको साथमा हुन्छन् ब्रह्मा । आदि देव र आदि देवी को हुन् ? उनीहरुलाई यति धेरै हातहरु किन देखाएका छन् ? किनकि बृद्धि त हुन्छ नि । प्रजापिता ब्रह्माद्वारा कति बृद्धि हुन्छ । ब्रह्माको लागि नै भन्दछन्— १०० भुजावाला, हजार भुजावाला । विष्णु वा शंकरलाई यति भुजावाला भनिदैन । ब्रह्माको लागि किन भनिन्छ ? यो प्रजापिता ब्रह्माको नै सारा वंशावली हो नि । यो कुनै हातहरुको कुरा होइन । भन्न त उनीहरुले भन्छन्— हजार भुजावाला ब्रह्मा, तर अर्थ कहाँ बुझ्छन् र ! अब तिमीले प्राक्टिकलमा हेर ब्रह्माका कति भुजाहरु छन् । यो हो बेहदको भुजा । प्रजापिता ब्रह्मालाई त सबैले मान्छन् तर अक्युपेशनलाई जान्दैनन् । आत्माको त हात हुँदैन, हात शरीरको हुन्छ । यति करोडौं छन् भने उहाँका भुजाहरु कति भए ? तर पहिला जब कसैले पूरा ज्ञानलाई बुझोस्, तब पछि यी कुराहरु सुनाउनु छ । पहिले–पहिले एउटा मुख्य कुरा बाबा भन्नुहुन्छ— मलाई याद गर अनि वर्सालाई याद गर, फेरि ज्ञानका सागर भनेर पनि गायन गरिएको छ । कति अथाह प्वाइन्टहरु सुनाउनु हुन्छ । यति सबै प्वाइन्टहरु त याद रहन सक्दैन । सार बुद्धिमा रहन जान्छ । अन्त्यमा सार रहन पुग्छ— मनमनाभव ।
    ज्ञानको सागर कृष्णलाई भनिदैन । उनी हुन् रचना । रचयिता एक बाबा नै हुनुहुन्छ । बाबाले नै सबैलाई वर्सा दिनुहुन्छ, घर लैजानुहुन्छ । बाबाको र आत्माहरुको घर हो नै शान्तिधाम (साइलेन्स होम) । विष्णुपुरीलाई बाबाको घर भनिदैन । घर हो मूलवतन, जहाँ आत्माहरु रहन्छन् । यी सबै कुरा समझदार (सेन्सीबल) बच्चाहरुले नै धारण गर्न सक्छन् । यो सारा ज्ञान कसैको बुद्धिमा याद रहन सक्दैन । न यति कागजमा नै लेख्न सक्छन् । यी मुरलीहरु पनि सबै जम्मा गर्दै जाने हो भने त सारा हल भन्दा पनि धेरै हुन्छ । त्यस पढाइमा पनि कति धेरै किताबहरु हुन्छन् । परीक्षा पास गर्यो फेरि सार बुद्धिमा बस्छ । कानुनको परीक्षा पास गर्यो, एक जन्मको लागि अल्पकालको सुख मिल्छ । त्यो हो विनाशी कमाई । तिमीलाई त उहाँ बाबाले अविनाशी कमाई गराउनुहुन्छ— भविष्यको लागि । बाँकी जो पनि गुरू–गोसाई आदि छन् उनले सबै विनाशी कमाई गराउँछन् । विनाशको नजिक आउँदै जान्छ, कमाई कम हुँदै जान्छ । तिमी भन्दछौ कमाई त बढ्दै जानुपर्ने हो, तर होइन । यो त सबै खत्तम हुनु छ । पहिला राजा आदिको कमाई हुन्थ्यो । अहिले त उनीहरु पनि छैनन् । तिम्रो कमाई त कति समय चल्छ । तिमी जान्दछौ— यो बनि–बनाऊ ड्रामा हो, जसलाई दुनियाँमा कसैले जान्दैनन् । तिमीहरुमा पनि नम्बरवार छन्, जसलाई धारणा हुन्छ । कतिले त कत्ति पनि सम्झाउन सक्दैनन् । कसैले भन्छन्— हामी मित्र–सम्बन्धीहरुलाई सम्झाउँछौं, त्यो पनि त अल्पकाल भयो नि । अरुलाई प्रदर्शनी आदि किन सम्झाउदैनौं ? पूरा धारणा छैन । आफूलाई धेरै बुद्धिमान (मिया मिठ्ठू) त सम्झिनु छैन नि । सेवाको सोख छ भने जसले राम्रोसँग सम्झाउँछ, उसको कुरा सुन्नुपर्छ । बाबा उच्च पद प्राप्त गराउन आउनुभएको छ त्यसैले पुरूषार्थ गर्नु पर्छ नि । तर तकदिरमा छैन भने श्रीमत पनि मान्दैनन्, फेरि पद भ्रष्ट हुन्छन् । ड्रामा प्लान अनुसार राजधानी स्थापना भइरहेको छ । त्यसमा त सबै प्रकारका चाहिन्छन् नि । बच्चाहरुले बुझ्न सक्छन् कोही राम्रो प्रजा बनाउनेवाला छन्, कोही कम । बाबा भन्नुहुन्छ— म तिमीलाई राजयोग सिकाउन आएको छु । देलवाडा मन्दिरमा राजाहरुको चित्र छ नि । जो पूज्य बन्छन् उनीहरु नै फेरि पुजारी बन्छन् । राजा–रानीको पद त उच्च हुन्छ नि । फेरि वाममार्गमा आएपछि पनि राजाई अथवा ठूला–ठूला साहुकार त हुन्छन् । जगन्नाथको मन्दिरमा सबैको ताज देखाइएको छ । प्रजाको त ताज हुँदैन । ताजवाला राजाहरु पनि विकारी देखाउँछन् । सुख सम्पत्ति त उनीहरुलाई धेरै हुनेछ । सम्पत्ति धेरै थोरै त हुन्छ नै । हीराको महल र चाँदीको महलमा फरक त हुन्छ । त्यसैले बाबा बच्चाहरुलाई भन्नुहुन्छ— राम्रो पुरूषार्थ गरेर उच्च पद पाऊ । राजाहरुलाई सुख धेरै हुन्छ, वहाँ सबै सुखी हुन्छन् । जसरी यहाँ सबैलाई दुःख छ, रोग आदि त सबैलाई लाग्छ नै । वहाँ सुख नै सुख हुन्छ, फेरि पनि पद त नम्बरवार हुन्छ । बाबा सदैव भन्नुहुन्छ— पुरूषार्थ गरिराख, सुस्त नबन । पुरूषार्थबाट बुझिन्छ ड्रामा अनुसार यिनको सद्गति यस प्रकार यति नै हुन्छ ।
    आफ्नो सद्गतिको लागि श्रीमतमा चल्नु छ । शिक्षकको मतमा विद्यार्थी चलेनन् भने कुनै कामको हुँदैन । नम्बरवार पुरूषार्थ अनुसार त सबै छन् । यदि कसैले हामी यो गर्न सक्दैनौं भन्छन् भने बाँकी के सिक्छन् ! सिकेर होशियार हुनुपर्छ, जो कसैले पनि भनोस् यिनले सम्झाउन त धेरै राम्रो सम्झाउँछन् तर आत्मा जीवित छदै मरेर एक बाबाको बनोस्, र कोही याद नआओस्, देह–अभिमान छुटोस्— यो हो उच्च लक्ष्य । सबै थोक भुल्नु छ । पूरै देही–अभिमानी अवस्था बनोस्— यो उच्च लक्ष्य हो । वहाँ आत्माहरु हुन्छन् नै अशरीरी । फेरि यहाँ आएर देह धारण गर्छन् । अब फेरि यहाँ यस देहमा रहेर आफूलाई अशरीरी सम्झिनु छ । यो धेरै मेहनत छ । आफूलाई आत्मा सम्झेर कर्मातीत अवस्थामा रहनु छ । सर्पलाई पनि अक्कल छ नि— पुरानो काँचुली छोडिदिन्छ । तिमी पनि देह–अभिमानबाट कति निस्कनु छ । मूलवतनमा त तिमी हुन्छौ नै देही–अभिमानी । यहाँ देहमा हुँदा आफूलाई आत्मा सम्झिनु छ । देह–अभिमान टुट्नुपर्छ । कति ठूलो परीक्षा छ । भगवानले स्वयम आएर पढाउनुपर्छ । देहका सबै सम्बन्ध छोडेर मेरो बन, आफूलाई निराकार आत्मा सम्झ, यस्तो अरु कसैले भन्न सक्दैन । कुनै पनि चीजको भान नरहोस् । मायाले एक–अर्काको देहमा धेरै फँसाउँछ त्यसैले बाबा भन्नुहुन्छ— यस साकारलाई पनि याद गर्नु छैन । बाबा भन्नुहुन्छ— तिमीले त आफ्नो देहलाई पनि भुल्नु छ, एक बाबालाई याद गर्नु छ । यसमा धेरै मेहनत छ । मायाले राम्रा–राम्रा बच्चाहरुलाई पनि नाम–रुपमा फँसाइदिन्छ । यो स्वभाव धेरै खराब हो । शरीरलाई याद गर्नु— यो त भूतहरुको याद हो । म भन्दछु— एक शिवबाबालाई याद गर । तिमी फेरि ५ भूतलाई याद गरिरहन्छौ । देहसँग बिल्कुल लगाव हुनु हुँदैन । ब्राह्मणीसँग पनि सिक्नु छ, तर उनीहरुकै नाम–रुपमा फँस्नु छैन । देही–अभिमानी बन्नमा नै मेहनत छ । बाबाको पासमा चार्ट त धेरै बच्चाहरुले पठाउँछन् तर बाबा त्यसमा विश्वास गर्नु हुन्न । कसैले त भन्दछन्— म त शिवबाबा सिवाय अरु कसैलाई याद गर्दिनँ, तर बाबा जान्नुहुन्छ— अलिकति पनि याद गर्दैनन् । यादको लागि त धेरै मेहनत छ । कहीँ न कहीँ फँस्छन् । देहधारीलाई याद गर्नु, यो त ५ भूतहरुको याद हो । यसलाई भूत पूजा भनिन्छ । भूतलाई याद गर्छन् । यहाँ त तिमीले एक शिवबाबालाई याद गर्नु छ । पूजाको त कुरै छैन । भक्तिको नाम–निशान गुम हुन जान्छ फेरि चित्रलाई के याद गर्नु छ । त्यो पनि माटोले बनेको हो । बाबा भन्नुहुन्छ— यो पनि सबै ड्रामामा निश्चित छ । अब फेरि तिमीलाई पुजारीबाट पूज्य बनाउँछु । एक बाबा सिवाय कुनै पनि शरीरलाई याद गर्नु छैन । आत्मा जब पावन बन्नेछ तब फेरि शरीर पनि पावन मिल्नेछ । अहिले त यो शरीर पावन छैन । पहिला आत्मा जब सतोप्रधानबाट सतो, रजो, तमोमा आउँछ तब शरीर पनि त्यसै अनुसार मिल्छ । अब तिम्रो आत्मा पावन बन्दै जान्छ तर शरीर अहिले नै पावन हुँदैन । यो बुझ्नुपर्ने कुरा हो । यो प्वाइन्ट पनि उनीहरुको बुद्धिमा बस्छ जसले राम्रोसँग बुझेर बुझाउँदै रहन्छन् । सतोप्रधान आत्मालाई बन्नु छ । बाबालाई याद गर्नु नै धेरै मेहनत छ । कतिलाई त अलिकति पनि याद रहँदैन । सम्मान सहित पास हुनको लागि बुद्धियोग अलिकति पनि कहीँ नभड्कियोस् । एक बाबाको नै याद रहोस् । तर बच्चाहरुको बुद्धियोग भड्किरहन्छ । जति धेरैलाई आफू समान बनाउँछौ त्यति नै पद मिल्नेछ । देहलाई याद गर्नेले कहिल्यै उच्च पद पाउन सक्दैन । यहाँ त सम्मान सहित पास हुनु छ । मेहनत नगरी यो पद कसरी मिल्छ ! देहलाई याद गर्नेले कुनै पुरूषार्थ गर्न सक्दैन । बाबा भन्नुहुन्छ— पुरूषार्थ गर्नेलाई अनुसरण (फलो) गर । यिनी पनि पुरूषार्थी हुन् नि ।
    यो बडो बिचित्र ज्ञान छ । दुनियाँमा कसैलाई पनि थाहा छैन । कसैको पनि बुद्धिमा बस्दैन— आत्माको परिवर्तन कसरी हुन्छ ? यो सारा गुप्त मेहनत हो । बाबा पनि गुप्त हुनुहुन्छ । तिमीले राजाई कसरी प्राप्त गर्छौ ? लडाईं–झगडा केही पनि छैन । ज्ञान र योगको नै कुरा छ । हामी कसैसँग लड्दैनौं । यो त आत्मालाई पवित्र बनाउनको लागि मेहनत गर्नु छ । आत्मा जति जति पतित बन्दै जान्छ, शरीर पनि त्यस्तै पतित लिन्छ । फेरि आत्मालाई पावन बनेर जानु छ, धेरै मेहनत छ । बाबा बुझ्न सक्नुहुन्छ— कस–कसले पुरूषार्थ गर्छन् ! यो हो शिवबाबाको भण्डारा । शिवबाबाको भण्डारामा तिमी सेवा गर्छौ । सेवा गरेनौ भने पाई पैसाको पद पाउनेछौ । बाबाको पासमा सेवाको लागि आएर पनि सेवा गरेनन् भने के पद मिल्ला ! यो राजधानी स्थापना भइरहेको छ, यसमा नोकर–चाकर आदि सबै बन्छन् नि । अहिले तिमी रावणमाथि विजय पाउँछौ, बाँकी अरु कुनै लडाईं होइन । यो सम्झाइन्छ, कति गुप्त कुरा छ । योगबलबाट विश्वको बादशाही तिमी लिन्छौ । तिमी जान्दछौ— हामी आफ्नो शान्तिधाममा रहनेवाला हौं । तिमी बच्चाहरुलाई बेहदको घर नै याद छ । यहाँ हामी पार्ट बजाउन आएका छौं फेरि जान्छौं आफ्नो घर । आत्मा कसरी जान्छ ? यो पनि कसैले बुझ्दैनन् । ड्रामा प्लान अनुसार आत्माहरु आउनु नै छ । अच्छा !
    मीठे–मीठे सिकीलधे बच्चाहरुप्रति माता–पिता बापदादाको याद–प्यार एवं गुडमर्निङ्ग । रुहानी बाबाको रुहानी बच्चाहरुलाई नमस्ते । रुहानी बच्चाहरुको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते ।
    धारणाको लागि मुख्य सारः—
    १) कुनै पनि देहधारीसँग लगाव राख्नु छैन । शरीरलाई याद गर्नु पनि भूतलाई याद गर्नु हो, त्यसैले कसैको नाम–रुपमा लट्किनु छैन । आफ्नो देहलाई पनि भुल्नु छ ।
    २) भविष्यको लागि अविनाशी कमाई जम्मा गर्नु छ । समझदार बनेर ज्ञानका प्वाइन्टहरुलाई बुद्धिमा धारण गर्नु छ । जो बाबाले सम्झाउनुभएको छ, त्यो बुझेर अरुलाई सुनाउनु छ ।
    वरदानः—
    तड्पिइरहेका आत्माहरुलाई एक सेकेण्डमा गति–सद्गति दिने मास्टर दाता भव
    जसरी स्थूल सिजनको तयारी गर्छौ, सेवाधारी, सामग्री सबै तयार गर्छौ जसले गर्दा कसैलाई कुनै कठिनाई नहोस्, समय व्यर्थ नजाओस् । त्यसरी नै अब सबै आत्माहरुको गति–सद्गति गर्ने अन्तिम सिजन आउनेवाला छ, तड्पिइरहेका आत्माहरुलाई पंक्ति (क्यूू) मा उभिने कष्ट दिनु छैन, आउँदै जाऊन् र लिदै जाऊन्, यसको लागि एभररेडी बन । पुरूषार्थी जीवनभन्दा माथि अब दातापनको स्थितिमा रहने गर । हरेक संकल्प, हरेक सेकेण्डमा मास्टर दाता बनेर चल ।
    स्लोगनः—
    हजुरलाई (बाबा) बुद्धिमा हाजिर (याद) राख्यौ भने सर्व प्राप्तिहरुले जी (हुन्छ) हजुर गर्नेछन् ।

    No comments

    Say Om Shanti to all BKs