BK Murli 10 April 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 10 April 2016 In Nepali

    28 चैत्र 2072 आइतबार 10.04.2016 प्रातः मुरली मधुबन

    बाबा पसन्द, लोक पसन्द र मन पसन्द कसरी बन्ने?


    आज बापदादा विशेष केको लागि आउनुभएको छ? आज विशेष डबल विदेशी बच्चाहरूसँग कुराकानी गर्नको लागि आउनुभएको छ। लेनदेन गर्नको लागि आउनुभएको छ। टाढा-टाढादेखि सबै बच्चाहरू मधुवनमा आएका छन् त्यसैले मधुवनवाला बाबा आएका बच्चाहरूलाई खास ज्ञानको रुहरिहानको खातिरी गर्न आउनुभएको छ। आज बापदादा बच्चाहरूबाट सुन्नको लागि आउनुभएको छ, कसैलाई कुनै कुरामा केही मुश्किल त अनुभव हुँदैन? बाबा र तिम्रो मिलन पनि सहज भइसक्यो नि! जब मिलन सहज भयो, परिचय सहज मिल्यो, मार्ग सहज मिल्यो, फेरि पनि कुनै मुश्किल त छैन! मुश्किल छैन तर कसैले मुश्किल बनाइ दिएको त छैन? बाबाद्वारा जुन खजाना मिलेको छ त्यसको चाबी जब चाह्यो तब लगाऊ, यस्तो विधि आइसक्यो। विधि छ भने सिद्धि पनि अवश्य छ। विधिमा कमी छ भने सिद्धि पनि हुँदैन। के हालचाल छ?

    सबै उडिरहेका छौ? जब ऊँच बाबाका सिकीलधे बच्चा बनिसक्यौ भने हिँड्ने के आवश्यकता छ! उड्नु नै छ। बाटोमा हिँड्यो भने कहीँ बीचमा रुकावट आउन सक्छ, तर उड्दा कुनै रुकावट हुँदैन। सबै उड्ने पक्षी हौ। ज्ञान र योगको पंखले सबैलाई राम्रोसँग उडाइरहेको छ। उड्दा-उड्दा थाक्न त थाक्दैनौ? सबैलाई अथक भव को वरदान मिलिसक्यो? कुरा पनि धेरै सहज छ। अनुभव गर्नु र अनुभव सुनाउनु। अनुभव सुनाउन धेरै सहज हुन्छ नि। आफ्नै कुरा सुनाउँछौ यसैले धेरै सहज छ। सम्बन्धहरूको कुरा सुनाउनु, यसमा मुश्किल के छ! केवल दुई कुरा सुनाउनु छ।

    पहिलो– आफ्नो परिवारको अर्थात् सम्बन्धको कुरा र दोस्रो– प्राप्तिको कुरा। यसैले बापदादा सदा बच्चाहरूलाई हर्षित देख्नुहुन्छ। कहिलेकाहीँ दिनभरीमा एकरस स्थितिको बदलामा अरु रसले आकर्षित त गर्दैन? एकरस भइसक्यौ? नष्टोमोहा स्मृति स्वरुप भइसक्यौ? अब त गीताको युग समाप्त हुनु पर्छ। ज्ञानको प्रारब्धमा आइसक्यौ नि सबै! स्मृति स्वरुप हुनु– यो हो ज्ञानको प्रारब्ध। त्यसैले अब पुरूषार्थ समाप्त भयो। जुन वर्णन गर्छौ स्व स्वरुपको, त्यो सर्वगुण सदा अनुभवमा रहन्छ हैन? जब चाह्यो आनन्द स्वरुप बन, जब चाह्यो तब प्रेम स्वरुप बन। जुन स्वरुप चाह्यो, जति समय चाह्यो त्यही स्वरुपमा स्थित हुन सक्छौ? या भइसकेका छौ? बाबाको गुण सो बच्चाहरूको गुण। जुन बाबाको कर्तव्य त्यही बच्चाहरूको कर्तव्य। जुन बाबाको स्थिति त्यही बच्चाहरूको स्थिति– यसलाई भनिन्छ संगमयुगी प्रारब्ध। त्यसैले प्रारब्धी हौ वा पुरूषार्थी हौ? प्राप्ति स्वरुप हौ? प्राप्त गर्नु छ। हुँदैन... कसरी होला... यो भाषा परिवर्तन भयो नि? आज धर्तीमा भोलि आकाशमा, यस्तो आउने जाने त गर्दैनौ? आज प्रश्नमा भोलि फुलस्टपमा, यस्तो त गर्दैनौ? एकरस अर्थात् एकै सम्पन्न मूडमा रहने। मूड पनि परिवर्तन नहोस्। बापदादा वतनबाट देख्नुहुन्छ– कति बच्चाहरूको मूड धेरै परिवर्तन हुन्छ। कहिले आश्चर्यको मूड, कहिले प्रश्नको मूड, कहिले दुविधाको मूड। कहिले टेन्शन, कहिले अटेन्शनको झुला त झुल्दैनौ? मधुवनबाट प्रारब्धी स्वरुपमा जानु छ। बारम्बार पुरूषार्थ कहाँसम्म गर्दै रहन्छौ। जुन बाबा त्यही बच्चा। बाबाको मूड अफ हुन्छ र! अब त बाबा समान बन्नु छ। मास्टर हौ नि। मास्टर त ठूलो हुनु पर्यो नि। गुनासोहरू सबै समाप्त भयो? वास्तवमा कुरा हुन्छ सानो। तर सोची-सोची सानो कुरालाई ठूलो बनाइदिन्छौ। सोच्ने खातिरीले त्यो कुरा सानोबाट ठूलो बन्न जान्छ। सोच्ने खातिरी नगर। यो किन आयो, यो किन भयो। जाँच आयो भने त्यसलाई हल गर्नु छ। जाँच किन आयो, यो प्रश्न गर्नु छ र? व्यर्थ र समर्थ सेकेण्डमा निर्णय गर र सेकेण्डमा त्यसलाई समाप्त गर। व्यर्थ हो भने आधाकल्पको लागि वेस्ट पेपर बक्समा हालिदेऊ। वेस्ट पेपर बक्स धेरै ठूलो छ। जज बन, वकिल नबन। वकिलले सानो केसलाई पनि ठूलो बनाइदिन्छन्। र, जजले सेकेण्डमा हो या होइनको निर्णय गरिदिन्छ। वकिल बन्यौ भने कालो कोट आउँछ। हुन्छ एक सेकेण्डको निर्णय– यो बाबाको गुण हो या होइन? होइन भने वेस्ट पेपर बक्समा राखिदेऊ। यदि बाबाको गुण हो भने समर्थको खातामा जम्मा गर। बापदादाको नमूना त सम्मुख छ नि। कपी गर्नु अर्थात् अनुसरण गर्नु। कुनै नयाँ मार्ग बनाउनु छैन। कुनै नयाँ ज्ञान आविष्कार गर्नु छैन। बाबा जे सुनाउनु हुन्छ त्यो स्वरुप बन्नु छ। सबै विदेशी १०० प्रतिशत प्रारब्ध पाइरहेका छौ? संगमयुगी प्रारब्ध हो– बाबा समान। भविष्य प्रारब्ध हो देवता पद। त्यसैले बाबा समान बनेर बाबाको साथ-साथै त्यही स्थितिमा बस्ने केही समय त अनुभव गर्छौ नि। कुनै पनि राजा सिंहासनमा बस्छन् भने केही समय त बस्छ नि। यस्तो त हुँदैन भर्खरै बस्यो, भर्खरै उत्रियो। संगमयुगको प्रारब्ध हो– बाबा समान स्थिति अर्थात् सम्पन्न स्थितिको तख्तनशीन बन्नु। यो प्रारब्ध पनि त प्राप्त गर्नु छ नि। धेरै समय प्राप्त गर्नु छ। धेरै समयको संस्कार अहिले भर्नु छ। सम्पन्न जीवन हो। सम्पन्नताको केही घडी मात्र होइन, जीवन हो। फरिश्ता जीवन हो, योगी जीवन हो। सहज जीवन हो। जीवन केही समयको हुन्छ र? भर्खरै जन्मियो, भर्खरै गयो– त्यसलाई जीवन भनिदैन। भन्दछौ– पाइसक्यौं। के पायौ? केवल झर्नु र चढ्नु पायौ? मेहनत पायौ? प्रारब्धलाई पाइसक्यौ? बाबा समान जीवनलाई पाइसक्यौ? मेहनत कहिलेसम्म गर्छौ? आधाकल्प अनेक प्रकारको मेहनत गर्यौ। गृहस्थ व्यवहार, भक्ति, समस्याहरू, कति मेहनत गर्यौ। संगमयुग त हो मोहब्बतको युग। मेहनतको युग होइन, मिलनको युग हो। शमा र परवानाको मिलनको युग हो। नाम मेहनत भन्छौ, तर मेहनत छैन। बच्चा बन्न मेहनत हुन्छ र! वर्सामा मिलेको छ वा मेहनतमा मिलेको छ? बच्चा त शिरको ताज हुन्छ। घरको शृंगार हुन्छ। पिताको बालक सो मालिक हुन्छ। त्यसैले मालिक फेरि तल किन आउँछौ? तिम्रो नाम हेर कति उच्च छ? कति श्रेष्ठ नाम छ। त्यसैले नाम र काम एकै छ नि। सदा बाबाको साथ श्रेष्ठ स्थितिमा बस। असली स्थान त त्यही हो। आफ्नो स्थान किन छोड्छौ? असली स्थानलाई छोड्नु अर्थात् भिन्न-भिन्न कुरामा भट्किनु। आरामले बस। नशासँग बस। अधिकारले बस। तल झरेर फेरि भन्छौ– अब के गर्ने! तल आउँछौ नै किन? जसकारण फेरि कुनै बोझ अनुभव हुन्छ। बोझ आफ्नो शिरमा नराख। जब मैपन आउँछ भने बोझ शिरमा आउँछ। म के गरुँ, कसरी गरुँ, गर्नु पर्ने हुन्छ। के तिमीले गर्छौ? वा केवल नाम तिम्रो, काम बाबाको रहन्छ? त्यो दिन खेलौना देख्यौ– त्यो स्वयं चलिरहेको थियो वा कसैले चलाइरहेको थियो। विज्ञानले चलाउन सक्छ भने के बाबाले चलाउन सक्नुहुन्न? यो त बाबा बच्चाहरूको नाम प्रख्यात गर्नको लागि निमित्त बनाइदिनुहुन्छ किनकि बाबा यस नाम रुपबाट न्यारा हुनुहुन्छ। जब बाबाले तिमीलाई अफर गर्दै हुनुहुन्छ– बोझ बाबालाई दिइदेऊ, तिमी केवल नाँच, उड फेरि बोझ किन उठाउँछौ? कसरी सेवा हुन्छ, कसरी भाषण गर्ने... यो त प्रश्नै उठ्न सक्दैन। केवल निमित्त सम्झेर कनेक्शन पावर हाउससँग जोडेर बस। फेरि हेर भाषण हुन्छ वा हुँदैन! त्यो खेलौना चल्न सक्छ, तिम्रो मुख चल्न सक्दैन! तिम्रो बुद्धिमा योजना चल्न सक्दैन! कसरी भन्नाले नै मानौं तारमाथि रबर आउन जान्छ। रबर आउनुका कारण कनेक्शन जोडिदैन र प्रत्यक्षफल देखिंदैन यसैले थाक्छौ– थाहा छैन के होला! बाबाले निमित्त बनाउनुभएको छ भने अवश्य हुन्छ। यदि कुनै स्थानमा छन् नै ६-८ भने अर्को स्थानबाट निकाल। निराश किन हुन्छौ, चक्कर लगाऊ। वरिपरि जाऊ, चक्कर त धेरै ठूलो छ। कहीँबाट ८ निस्के, त्यो पनि कम होइन। फेरि पनि कुनामा छिपेकालाई निकाल्यौ भने तिम्रो कति गुण गाउँछन्। बाबाको साथ निमित्त बनेका आत्मालाई पनि दिलको आशीर्वाद त दिन्छन् नि। कहीँबाट एक रत्न पनि निस्किन्छ, एकको लागि पनि जान त पर्छ नि। के उसलाई छोडिदिन्छौ! त्यो आत्मा वंचित रहन जान्छ। जति निस्कन्छन् उति निकाल, फेरि अगाडि बढ। अहिले त विश्वको केवल कुनासम्म पुगेका छौ। शिकार पनि धेरै छन्, जंगल पनि धेरै ठूलो छ। सोच्दछौ किन? सोच्नाको कारण के हुन्छ? बुद्धिमा व्यर्थ भरिएको कारण प्रेरणा टच हुँदैन। परख शक्तिले कार्य गर्दैन। जति स्पष्ट हुन्छ उति जो जस्तो चीज हुन्छ, त्यो स्पष्ट देखिन्छ। त्यसैले किन, के को कारण निर्णय शक्ति, टचिंग पावर कार्य गर्दैन। फेरि थकावट हुन्छ वा निराश हुन्छौ। जहाँ पनि गएका छौ वहाँ कोही न कोही छिपेका रत्न निस्किए तब न पुगेका छौ। यस्तो त कुनै स्थान छैन जहाँबाट एक जना पनि निस्किएको नहोस्। कहीँ वारिस निस्कन्छन्, कहीँ प्रजा, कहीँ धनवान, सबै चाहियो नि। सबै राजा त बन्ने छैनन्। प्रजा पनि चाहियो। प्रजा बनाउने यो कार्य निमित्त बनेका बच्चाहरूले नै गर्नु छ। वा तिमी रोयल परिवार बनाउँछौ, बाबाले प्रजा बनाउनुहुन्छ? दुवै नै बनाउनु छ नि। केवल दुई कुरा हेर– एक लाइन क्लीयर छ? दोस्रो मर्यादाहरूको रेखा भित्र छु? यदि दुवै कुरा ठीक छन् भने कहिल्यै पनि निराश हुने छैनौ। जसको कनेक्शन ठीक छ चाहे बाबासँग वा चाहे निमित्त बनेकासँग, ती कहिल्यै पनि फेल हुन सक्दैनन्। केवल बाबासँग मात्र कनेक्शन होस्, त्यो पनि करेक्ट होइन। परिवारसँग पनि चाहिन्छ किनकि बाबासँग त शक्ति मिल्छ तर सम्बन्धमा कोसँग आउनु छ? केवल बाबासँग? राजधानी अर्थात् परिवारसँग सम्पर्कमा आउनु छ। तीन प्रमाणपत्र लिनु छ। केवल एउटा मात्र होइन। 

    एक– बाबा पसन्द अर्थात् बाबाको प्रमाणपत्र। दोस्रो लोक पसन्द अर्थात् दैवी परिवारसँग सन्तुष्टताको प्रमाणपत्र। तेस्रो मन पसन्द– आफ्नो मनमा पनि सन्तुष्टता होस्। आफैंंसँग पनि अलमलिएको नहोस्। थाहा छैन गर्न सक्छु, चल्न सक्छु...। आफ्नो मन पसन्द अर्थात् मनको सन्तुष्टताको प्रमाणपत्र। यो तीन प्रमाणपत्र चाहिन्छ। त्रिमूत्रि हौ नि। त्यसैले यो त्रिमूत्रि प्रमाणपत्र चाहिन्छ। दुईले पनि काम चल्दैन। तीनै चाहिन्छ। कोही सम्झन्छन्– हामी आफूसँग सन्तुष्ट छौं, बाबा पनि सन्तुष्ट हुनुहुन्छ, चलिहाल्छ। तर होइन। जब बाबा सन्तुष्ट हुनुहुन्छ, तिमी पनि सन्तुष्ट छौ भने परिवार सन्तुष्ट नहोस्, यो हुन सक्दैन। परिवारलाई सन्तुष्ट गर्नको लागि केवल सानो एउटा कुरा छ। सम्मान देऊ र सम्मान लेऊ।’ यो रिकर्ड दिन-रात चलिरहोस्। रिगार्डको रिकर्ड निरन्तर चलिरहोस्। कोही जस्तोसुकै होस् तर तिमी दाता बनेर दिँदै जाऊ। रिटर्न देओस् वा नदेओस् तिमी दिँदै जाऊ, यसमा निष्काम बन। मैले यतिको दिएँ। उसले त केही दिएन। हामीले सय पटक दियौं, उसले एक पटक पनि दिएन। यसमा निष्काम बनेमा परिवार स्वतः नै सन्तुष्ट हुन्छन्। आज नभए भोलि। तिमीले दिएको जम्मा हुँदै जान्छ, त्यो जम्मा भएकोले फल अवश्य दिन्छ। र, बाबा पसन्द बन्नको लागि के चाहिन्छ? बाबा त धेरै भोला हुनुहुन्छ। बाबा जसलाई पनि हेर्नुहुन्छ– हरेक राम्रा छन्। राम्रो छैनन्’, यस्तो त कोही पनि देखिंदैन। एक एक पाण्डव, एक एक शक्ति हरेक अगाडि छन्। त्यसैले बाबा पसन्द बन्नको लागि– सच्चा दिलमा साहेब राजी।’ जोसुकै होस्– सच्चाई, सत्यता बाबाको मन जित्छ। र, मन पसन्द बन्नको लागि के चाहिन्छ? मनमतमा नचल्नु। मनपसन्द अर्कै चीज हो। मन पसन्द बन्नको लागि धेरै सहज साधन छ– श्रीमतको रेखा भित्र बस। संकल्प गर्दा पनि श्रीमतको रेखा भित्र। बोल्दा, कर्म गर्दा जेसुकै गर रेखा भित्र। तब सदा स्वयंसँग पनि सन्तुष्ट र सबैलाई पनि सन्तुष्ट गर्न सक्छौ। संकल्प रुपी नङ्ग पनि बाहिर नहोस्।

    बापदादा पनि जान्नुहुन्छ– कति लगन छ, कति दृढ संकल्प छ। केवल बीच-बीचमा अलिकति कमजोर हुन पुग्छौ। जब कमजोर बन्छौ तब बहाना धेरै गर्छौ। प्यार नै यिनीहरूको टिकट हो तब आइपुग्छन्। प्यार नभएको भए प्यारको टिकट विना यहाँ कसरी आइपुग्न सक्छन्? यही टिकटले मधुवन निवासी बनाउँछ। चारैतर्फ सेवाको लागि निमित्त बनाउँछ। बापदादाले इनाम त दिनुभयो नि– जुन प्रतिज्ञा गरेर गएका थिए त्यो पूरा गरे। बाँकी वृद्धि हुँदै जान्छ। स्थापना त गर्यौ नि। स्व उन्नति र सेवाको उन्नति– दुवैको सन्तुलन भएमा सदा वृद्धि भइरहन्छ। 

    यो पनि एक विशेषता देखें। धेरै समयको एक्लै रहनेहरू, आफूलाई सँगठित रुपमा चलाइरहेका छन्। यो पनि धेरै राम्रो परिवर्तन हो। एक एक अलग रहनेहरू ४-६ साथ रहून् र फेरि संस्कार मिलाएर बसून्– यो पनि स्नेहको प्रतिफल हो। पाण्डव भवन, शक्ति भवन सफल भए– यो पनि विशेषता हो। बापदादा यस प्रतिफललाई देखेर हर्षित हुनुहुन्छ। एकनामी र इकोनमी यो पनि प्रतिफल हो नि। आफ्नो शरीर निर्वाह र सेवाको निर्वाह दुवैमा आधा-आधा गरेर चलाउनु– यो पनि राम्रो आविष्कार निकालेका छौ। डबल कार्य भयो नि। कमायो अनि लगायो– चाहे शरीरमा चाहे सेवामा। तर यहाँ कमायौ र लगायौ, यहाँको बैंक ब्यालेन्स बन्दैन तर भविष्य जम्मा हुन्छ। बुद्धि त खाली छ नि? आयो अनि लगायो, बेफिक्र बादशाह। शक्तिहरू र पाण्डवहरू दुवैको दौड छ। दीपक जाग्यो, जगाउन हिँडिहाल्छन्। लक्ष्य धेरै राम्रो राखेका छन्। भारतमा सहयोगी निकाल्ने मेहनत गर्छन् र वहाँ बनिबनाऊ हातहरू सहज निस्केर आउँछन्, यो पनि वरदान छ। पछाडि आउनेहरूलाई यो लिफ्ट छ। यहाँ रहनेहरूको बन्धन काट्न समय लाग्छ र यिनीहरूको बन्धन पहिले नै काटिएको छ। त्यसैले लिफ्ट भयो नि। केवल मनको बन्धन नहोस्। अच्छा!


    वरदान:

    सदा स्वमानमा स्थित भएर निर्मानद्वारा सर्वलाई सम्मान दिने माननीय, पूजनीय भव:-  

    जुन बाबाको महिमा हो, त्यही तिम्रो स्वमान हो। स्वमानमा स्थित रह्यौ भने निर्मान बन्छौ, फेरि सबैद्वारा स्वतः नै मान मिलिरहन्छ। मान माग्नाले मिल्दैन तर सम्मान दिनाले, स्वमानमा स्थित हुनाले, मानको त्याग गर्नाले सबैको माननीय वा पूजनीय बन्ने भाग्य प्राप्त हुन जान्छ किनकि सम्मान दिनु, दिनु होइन लिनु हो।

    स्लोगन:

    जाननहारको साथसाथै करनहार (गर्नेवाला) बनेर असमर्थ आत्माहरूलाई अनुभूतिको प्रसाद बाँड्दै जाऊ।  



    ***OM SHANTI***