BK Murli 17 April 2016 In Nepali

BK Murli 17 April 2016 In Nepali

०५ बैशाख 2072 आइतबार 17.04.2016 प्रातः मुरली मधुबन

ज्ञान मार्गको यादगार भक्ति मार्ग


आज मधुवनको तटमा कुनचाहिँ मेला लागेको छ? आज अनेक नदीहरूको र सागरको मेला लागेको छ। हरेक साना-ठूला ज्ञान नदीहरू पतित-पावन बाबा समान पतित-पावनी हौ। बाबा आफ्ना सेवाको साथीहरूलाई देखिरहनु भएको छ। देशबाट विदेशसम्म पनि पतित-पावनी नदीहरू पुगिसकेका छन्। देश विदेशका आत्माहरू पावन बनेर कति महिमाको गीत गाउँछन्। यो मनको गीत फेरि द्वापरमा मुखको गीत बन्नेछन्। अहिले बाबाले श्रेष्ठ आत्माहरूको श्रेष्ठ कार्य, श्रेष्ठ जीवनको कीर्ति गाउनुहुन्छ। फेरि भक्ति मार्गमा कीर्तन हुन्छ। अहिले अतीन्द्रिय सुखको प्राप्तिको कारण खुशीमा आत्माहरूको मन नाँच्दछ र भक्तिमा फेरि पाउले नाच्नेछन्। अहिले श्रेष्ठ आत्माहरूको गुणहरूको माला स्मरण गर्छौ वा वर्णन गर्छौ फेरि भक्ति मार्गमा दानाहरूको माला सिमरण गर्नेछन्। अहिले तिमीहरू सबैले स्वयं बाबालाई भोग लगाउँछौ, भक्तिमा यसको रिटर्न तिमीहरू सबैलाई भोग लगाउनेछन्। जस्तै अहिले तिमीहरू सबैले बाबालाई स्वीकार नगराएसम्म कुनै पनि वस्तु स्वीकार गर्दैनौ। पहिला बाबा यो स्नेह सदा दिलमा रहन्छ, यस्तै भक्तिमा तिमी देव आत्माहरूलाई स्वीकार नगराइ स्वयं स्वीकार गर्दैनन्। पहिला देवता अनि हामी। जसरी अहिले तिमी भन्छौ– पहिला बाबा फेरि हामी। त्यसैले सबै नक्कल गरेका छन्। तिमी याद स्वरुप बन्छौ, ती यादगारको स्मृति स्वरुप रहन्छन्। जस्तै तिमीहरू सबै अटुट अव्यभिचारी अर्थात् एकैको यादमा रहन्छौ, कसैले हल्लाउन सक्दैन, परिवर्तन गर्न सक्दैन, यस्तै नवधा भक्त, सच्चा भक्त, पहिलो भक्त, आफ्नो इष्टको निश्चयमा अटुट र अटल निश्चय बुद्धि हुन्छन्। चाहे हनुमानको भक्तलाई रामै मिले पनि ती हनुमानको भक्त नै रहन्छन्। यस्तो अटल विश्वासी हुन्छन्। तिम्रो एक बल, एक भरोसा– यसलाई नक्कल गरेका छन्। 

तिमीहरू सबै अहिले रुहानी यात्री बन्छौ। तिम्रो यादको यात्रा र उनीहरूको यादगारको यात्रा। तिमी वर्तमान समय ज्ञान स्तम्भ, शान्ति स्तम्भको चारैतर्फको स्मृति स्वरुप महावाक्यको कारण चक्कर लगाउँछौ र सबैलाई लगाउँछौ। तिमी शिक्षाको कारण चक्कर लगाउँछौ, एकातर्फ पनि छोडदैनौ। जब चारैतर्फ चक्कर सम्पन्न हुन्छ तब सम्झन्छौ– सबै देखें, अनुभव गरें। भक्तहरूले तिम्रो याद स्वरुपको चक्कर लगाउन शुरु गरे। जहिलेसम्म परिक्रमा लगाउँदैनन् भक्ति पूर्ण भएको सम्झदैनन्। सबै कर्म र गुण सूक्ष्म स्वरुपमा, स्थूल रुपको भक्तिमा नक्कल गरेका छन्। यसैले बापदादा सर्व देव आत्माहरूलाई सदा यही शिक्षा दिनुहुन्छ– सदा एकमा अटल निश्चय बुद्धि बन। यदि तिमी अहिले एकको यादमा एकरस रहँदैनौ, एकाग्र रहँदैनौ, अटल बन्दैनौ भने तिम्रो भक्त अटल निश्चय बुद्धि हुँदैनन्। यहाँ तिम्रो बुद्धि भट्किन्छ भने भक्त पाउद्वारा भट्किन्छन्। कहिले कसैलाई देवता बनाउँछन्, कहिले कसैलाई। आज रामको भक्त हुन्छन्, भोलि कृष्णको बन्छन्। सर्व प्राप्ति एकद्वारा यस्तो स्थिति तिम्रो हुँदैन भने भक्त आत्माहरू पनि हर प्राप्तिको लागि अलग-अलग देवताको पासमा भट्किन्छन्। तिमी आफ्नो श्रेष्ठ शानबाट पर हुन्छौ भने तिम्रो भक्त पनि परेशान हुन्छन्। जसरी यहाँ तिमी यादद्वारा अलौकिक अनुभूति गर्नुका सट्टामा आफ्नो कमजोरीहरूको कारण प्राप्तिको बदलामा गुनासो गर्छौ। चाहे निराश भएर गुनासो गर्छौ, चाहे स्नेहमा गुनासो गर्छा, तिम्रो भक्तले पनि गुनासो गरिरहन्छन्। गुनासो त सबैले राम्रोसँग जानेका छौ यसैले सुनाउँदिनँ।

बाबा भन्नुहुन्छ– दयावान बन, सदा दयाको भावना राख। तर दयाको बदलामा अहम भाव वा वहम (शंका) भाव हुन पुग्छ। तब भक्तहरूमा पनि यस्तो हुन्छ। वहम भाव अर्थात् यो गरुँ, यस्तो होला, हुँदैन होला, यस्तो त हुँदैन होला। यसैमा दया भुल्न पुग्छौ। स्वयं प्रति पनि दयावान र सर्व प्रति पनि दयावान। स्वयं प्रति पनि शंका हुन्छ र अरु प्रति पनि शंका हुन्छ। यदि शंकाको बिमारी बढ्यो भने क्यान्सर समान रोग हुन जान्छ। पहिलो अवस्था फेरि पनि बच्न सक्छन् तर अन्तिम अवस्थामा पुगेका बच्न मुश्किल छ। न जिउँदो रहन सक्छन्, न मर्न सक्छन्। यहाँ पनि न पूरा अज्ञानी बन्न सक्छन्, न ज्ञानी बन्न सक्छन्। उनको निशानी हुन्छ– एउटै स्लोगन रटिरहन्छन् वा भन्छन् म हँ नै यस्तो वा अरुलाई भन्छन्– यी छन् नै यस्तो। जतिसुकै परिवर्तन गर्ने कोसिस गरे पनि यही रट हुन्छ। क्यान्सर लागेका बिरामीले राम्रोसँग खान्छन्, पिउँछन्। बाहिरको रुप राम्रो देखिन्छ तर भित्र शक्तिहीन हुन्छ। शंकाको बिरामी भएकाले बाहिरबाट आफूलाई धेरै राम्रो चलाउँछन्, बाहिर कुनै कमी राख्दैनन्, न त कसैले राख्छ भने स्वीकार गर्छन्। तर भित्र-भित्रै आत्मा असन्तुष्ट भएका कारण खुशी र सुखको प्राप्तिमा कमजोर हुँदै जान्छन्। यस्तै दोस्रो छ– अहम भाव। रहम भावको निशानी हो हर बोलीमा, हर संकल्पमा एक बाबा, दोस्रो न कोही। रहम भाव भएकाले जहाँ देखे पनि बाबा नै बाबा देख्छ। र, अहम भएकाले जहाँ गए पनि, जहाँ देखे पनि म नै म देख्छ। ती म-म को माला सिमरण गर्नेवाला र ती बाबाको माला सिमरण गर्नेवाला। मैपन बाबामा समाहित भयो– यसलाई भनिन्छ लवमा लीन भयो। ती लभलीन आत्मा र ती हुन् मै-मैमा लीन आत्मा। अब बुझ्यौ? तिमीलाई नक्कल गर्नेहरू सारा कल्पमा छन्। भक्तहरूको मास्टर भगवान हौ, सत्ययुग त्रेतामा प्रजाको लागि प्रजापिता हौ। संगममा बापदादाको नाम र कर्तव्यलाई प्रत्यक्ष गर्ने आधारमूर्त हौ। चाहे आफ्नो श्रेष्ठ कर्मद्वारा, परिवर्तनद्वारा बाबाको नाम प्रख्यात गर, चाहे व्यर्थ कर्मद्वारा, साधारण चलनद्वारा नाम बदनाम गर। छ त बच्चाहरू कै हातमा।

विनाशकालमा विश्वको लागि महान् कल्याणकारी, महा वरदानी, महादानी, महान् पुण्य आत्माहरूको स्वरुपमा हुनेछौ। त्यसैले सर्वकालमा कति महान् हौ। हर कालमा आधारमूर्त हौ। यस्तो आफूलाई सम्झन्छौ? आदिमा पनि, मध्यमा पनि र अन्त्यमा पनि, तीनै कालको परिचय स्मृतिमा आयो। तिमी एक छैनौ, तिम्रो पछाडि अनेक नक्कल गर्नेहरू छन् यसैले सदा हर संकल्पमा पनि अटेन्शन। अच्छा।

यस्ता तीनै कालहरूमा महान्, सदा एक बाबाको स्मृतिको समर्थ स्वरुप, सदा दयावान, हर सेकेण्ड प्राप्ति स्वरुप र प्राप्ति दाता, यस्तो बाबा समान सदा सम्पन्न स्वरुप आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई नमस्ते।



टिचरहरू प्रति अव्यक्त बापदादाको महावाक्य

टिचरको वास्तविक स्वरुप हो नै निरन्तर सेवाधारी। यो त राम्रोसँग जान्दछौ। र, सेवाधारीको विशेषता के हुन्छ? सेवाधारी सफल कुनचाहिँ कुराले बन्छ? सेवामा सदा डुबिरहन्छन्, यस्तो सेवाधारीको विशेषता यो हो– जुन सेवा मैले गरिरहेको छु, मैले सेवा गरें, यस सेवाको भावको पनि त्याग होस्। जसलाई तिमी भन्छौ– त्यागको पनि त्याग। मैले सेवा गरें, तब सेवा सफल हुँदैन। मैले गरेको होइन, म त गर्नेवाला हुँ, गराउनेवाला बाबा हुनुहुन्छ। तब बाबाको महिमा आउँछ। जहाँ म सेवाधारी हुँ, मैले गरें, म गर्नेछु– यो मै-पन सेवाधारीको हिसाबले पनि मैपन जुन आउँछ त्यसले सेवामा सफलता हुन दिँदैन किनकि सेवामा मैपनको जब मिक्स हुन जान्छ तब स्वार्थ भरिएको सेवा हुन जान्छ, त्यागवाला हुँदैन। दुनियाँमा पनि दुई प्रकारका सेवाधारी हुन्छन्– एक स्वार्थको हिसाबले सेवाधारी, दोस्रो स्नेहको हिसाबले त्यागमूर्त सेवाधारी। अब कुनचाहिँ सेवाधारी हौ? जस्तो सुनाएँ नि– मैपन बाबाको लवमा लीन भएको होस्, यसलाई भनिन्छ सच्चा सेवाधारी। मेरो र तेरोको भाषा नै समाप्त। गराउनेवाला बाबा, हामी निमित्त हौं। जो कोही निमित्त बनून्। मैपन जब आउँछ भने मैपन के हुन्छ? मै, मै कसले गर्छ (बाख्राले)। मै, मै गर्नाले मोहताज आउन जान्छ। जसरी बाख्राको गर्दन सदा झुकेको हुन्छ र शेरको गर्दन सदा उँचा रहन्छ। त्यसैले जहाँ मैपन आउँछ वहाँ कुनै न कुनै कामनाको कारण झुक्न पुग्छ। सदा नशामा शिर उँचा रहँदैन। कुनै न कुनै विघ्नको कारण शिर बाख्राको जस्तै झुकिरहन्छ। गृहस्थी जीवन पनि बाख्रा समान जीवन हो किनकि झुक्छन् नि। निर्मानताले झुक्नु त्यो अलग चीज हो, उनलाई मायाले झुकाउँदैन, तर गृहस्थीलाई त मायाले बाख्रा बनाइदिन्छ। जबरदस्ती शिर नीचा गराइदिन्छ, आँखा नीचा गराइदिन्छ। सेवामा मैपन मिसिनु अर्थात् मोहताज बन्नु। फेरि चाहे कुनै व्यक्तिको मोहताज हुन्, पार्टको मोहताज हुन्, वस्तुको होस् वा वायुमण्डलको होस्, कसै न कसैको मोहताज बन्छन्। आफ्नो संस्कारको पनि मोहताज बन्छन्। मोहताज अर्थात् परवश। जो मोहताज हुन्छन् ती परवश नै हुन्छन्। सेवाधारीमा यो संस्कार हुनै सक्दैन।

सेवाधारी च्यालेन्ज गर्नेवाला हुन्छ। च्यालेन्ज हमेसा शिर उठाएर गरिन्छ, गल्ती भएमा यस्तो तल झुकेर बोल्छन्। सेवाधारी अर्थात् च्यालेन्ज गर्ने, मायालाई पनि र विश्वको आत्माहरूलाई पनि बाबाको च्यालेन्ज दिनेहरू। च्यालेन्ज पनि उसले दिन सक्छ, जसले स्वयंको पुरानो संस्कारहरूलाई च्यालेन्ज दिएका छन्। पहिला आफ्नो संस्कारलाई च्यालेन्ज देऊ, फेरि साधारण विघ्न जुन आउँछन् तिनलाई च्यालेन्ज दिनु छ। विघ्नले कहिल्यै पनि यस्तो सेवाधारीलाई रोक्न सक्दैन। च्यालेन्ज गर्नेले मायाको पहाड जस्तो रुपलाई सेकेण्डमा रायो बनाइदिन्छन्। तिमी पनि नाटक गर्छौ नि– मायाको, त्यसमा के भन्छौ? पहाडलाई रायो बनाइदिन्छौं।

त्यसैले सच्चा सेवाधारी अर्थात् बाबा समान किनकि बाबा सबैभन्दा पहिला आफूलाई के भन्नुहुन्छ? म विश्व सेवाधारी हुँ। सेवाधारी बन्नु अर्थात् बाबा समान बन्नु। एक जन्मको सेवा अनेक जन्मको लागि ताज र तख्तधारी बनाइदिन्छ। संगमयुग सेवाको युग हो नि। त्यो पनि कति समय? संगमयुगको आयु त्यसै पनि छोटो छ, त्यसमा पनि हरेकलाई सेवाको चान्स कति थोरै समय मिल्छ। ठीक छ सम्झ कसैले ५०-६० वर्ष सेवा गरे भने ५००० वर्षमा यो ६० वर्ष पनि कम गरिदेऊ, बाँकी त सबै प्रारब्ध हो। ६० वर्षको सेवा बाँकी सबै मेवा किनकि संगमयुगको पुरूषार्थको अनुसार पूज्य बन्छौ। पूज्यको हिसाबले नम्बरवार पुजारी बन्छौ। पुजारी पनि नम्बरवन बन्छौ। पूज्यको हिसाबले नम्बरवार पुजारी बन्छौ। पुजारी पनि नम्बरवन बन्छौ। फेरि अन्तिम जन्म पनि हेर कति राम्रो छ। जुन राम्रो पुरूषार्थी छन्, उनको अन्तिम जन्म पनि यति राम्रो रह्यो भने पहिले के होला! यो त त्यस सुखको हिसाबले दुःख भनिन्छ। जस्तै कोही धनवान छ र अलिकति गरिब बन्छ भने गरिब नै भनिन्छ नि। कुनै ठूलो मानिसलाई थोरै आधा डिग्री पनि ज्वरो भएमा भन्छन्– फलानोलाई ज्वरो आयो तर यदि गरिबलाई ५ डिग्री बढी ज्वरो भए पनि कसैले सोध्दैन। त्यसैले तिमी पनि यति दुःखी हुँदैनौ तर अति सुखीको हिसाबले दुःखी भनिन्छ। अन्तिम जन्ममा पनि भिखारी त बनेका छैनौ हैन। ढोका-ढोकामा दुई रोटी माग्नेवाला त बनेनौं। यसैले भनिन्छ पुरूषार्थको समय धेरै कम छ र प्रारब्धको समय धेरै बढी छ। प्रारब्ध कति श्रेष्ठ छ र कति समयको लागि! यो स्मृतिमा रह्यो भने पनि के स्थिति हुन पुग्छ? श्रेष्ठ हुन जान्छ नि। त्यसैले सेवाधारी बन्नु अर्थात् पूरा कल्पमा मेवाको अधिकारी बन्नु। यो कहिल्यै नसोच– के सारा संगमयुग सेवा नै गरिरहुँ? जब मेवा खान्छौ तब भन्छौ र– सारा कल्प मेवा नै खाइरहुँ? अहिले त ज्ञान छ नि के मिल्छ? एकको लाख गुणा जुन बन्छ भने हिसाब पनि हुन्छ नि। सेवाधारी बन्नु अर्थात् सारा कल्पमा सदा सुखी बन्नु। कम भाग्य होइन। टिचर भन वा सेवाधारी भन किनकि मेहनतको हजार गुणा फल मिल्छ र त्यो पनि मेहनत के छ? यहाँ पनि विद्यार्थीको लागि दिदी, दादी बन्छौ। टाइटल त मिल्छ नि। १० वर्षको विद्यार्थीले पनि दुई वर्षको आउनेवाला जो टिचर बन्छन् उनलाई दिदी दादी भन्न थाल्छन्। यहाँ पनि उच्च स्थिति त देख्छन् नि। सम्मान त दिन्छन्। यदि सच्चा सेवाधारी छन् भने यहाँ पनि सम्मान योग्य बन्छन्। यदि मिक्स छ भने आज दिदी दादी भन्छन्, भोलि सुनाइ पनि दिन्छन्। सेवा मिक्स छ भने सम्मान पनि मिक्स नै मिक्स हुन्छ, यसैले सेवाधारी अर्थात् बाबा समान। सेवाधारी अर्थात् बाबाको कदममा कदम राख्नेहरू, अलिकति पनि अगाडि पछाडि होइन। चाहे मनसा, चाहे वाचा, चाहे कर्मणा, चाहे सम्पर्क सबैमा फुट स्टेप लिनेवाला। एकदम पाउ माथि पाउ राख्ने। यसलाई भनिन्छ फुट स्टेप लिनेहरू। के सम्झन्छौ? यस्तै ग्रुप हौ नि? टिचरहरू त सदा सहजयोगी हौ नि। टिचरले मेहनतको अनुभव गर्छन् भने विद्यार्थीको के हाल होला! अच्छा।


वरदान:

फुलस्टपद्वारा श्रेष्ठ स्थिति रुपी मेडल प्राप्त गर्ने महावीर भव:-   

यस अनादि ड्रामामा रुहानी सेनाको सेनानीहरूलाई कसैले मेडल दिदैन तर ड्रामा अनुसार उनलाई श्रेष्ठ स्थिति रुपी मेडल स्वतः प्राप्त हुन जान्छ। यो मेडल उनलाई मिल्छ, जसले हर आत्माको पार्ट साक्षी भएर देख्दै फुलस्टपको मात्रा सहज लगाउँछन्। यस्ता आत्माहरूको जग अनुभवको आधारमा हुन्छ। त्यसैले कुनै पनि समस्या रुपी पर्खालले उनलाई रोक्न सक्दैन।

स्लोगन:

हर परिस्थिति रुपी पहाडलाई पार गरेर आफ्नो लक्ष्यलाई प्राप्त गर्ने उड्ता पक्षी बन।  




***OM SHANTI***

Google+ Followers