BK Murli 19 April 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 19 April 2016 In Nepali

    ०७ बैशाख 2072 मंगलबार 19.04.2016 प्रातः मुरली मधुबन

    “मीठे बच्चे– पावन बन्यौ भने रुहानी सेवाको लायक बन्नेछौ। देही-अभिमानी बच्चाहरू रुहानी यात्रामा रहन्छन् र अरुलाई पनि यही यात्रा गराउँछन्।”   

    प्रश्न:

    संगममा तिमी बच्चाहरूले जुन कमाई गर्छौ, यही सच्चा कमाई हो– कसरी?

    उत्तर:

    अहिले गरेको जुन कमाई छ, त्यो २१ जन्मसम्म चल्छ। यसको कहिल्यै विनाश हुँदैन। ज्ञान सुन्नु र सुनाउनु, याद गर्नु र गराउनु– यही हो सच्चा-सच्चा कमाई, जुन सच्चा-सच्चा बाबाले नै तिमीलाई सिकाउनुहुन्छ। यस्तो कमाई सारा कल्पमा कसैले पनि गर्न सक्दैन। अरु कुनै पनि कमाई साथमा जाँदैन।

    गीतः–

    हमें उन राहों पर चलना है........

    ओम् शान्ति।

    भक्तिमार्गमा त बच्चाहरूले धेरै ठक्कर खाएका छन्। भक्तिमार्गमा धेरै भावनाले यात्रा गर्न जान्छन्, रामायण आदि सुन्छन्। प्रेमपूर्वक बसेर कहानीहरू सुन्छन्, जसकारण आँसु पनि आउँछ। हाम्रो भगवानकी सीता भगवतीलाई रावण डाकुले लिएर गयो। सुन्ने समयमा बसेर रून थाल्छन्। यी सबै हुन् दन्त्य कथाहरू, जसबाट केही पनि फाइदा छैन। पुकार्छन् पनि– हे पतित-पावन आउनुहोस्, आएर हामी दुःखी आत्माहरूलाई सुखी बनाउनुहोस्। आत्मा दुःखी छ, यो कुरा बुझ्दैनन् किनकि उनीहरूले त आत्मालाई निर्लेप भन्दछन्। सम्झन्छन्– आत्मा सुख-दुःखबाट अलग छ। यो किन भन्छन्? किनकि सम्झन्छन्– परमात्मा सुख-दुःखबाट अलग हुनुहुन्छ भने बच्चाहरू फेरि सुख-दुःखमा कसरी आउँछन्? यी सबै कुरालाई अहिले बच्चाहरूले सम्झेका छन्। यस ज्ञानमार्गमा पनि कहिले ग्रहचारी बस्छ, कहिले के हुन्छ। कहिले प्रफुल्लित रहन्छन्, कहिले ओइलाएको चेहरा हुन्छ। यो हो माया सँगको लडाईं। माया माथि नै विजय प्राप्त गर्नु छ। जब बेहोस हुन्छन् तब सञ्जीवनी बुटी दिइन्छ– मनमनाभव। भक्तिमार्गमा आडम्बर धेरै छ। देवताहरूको मूर्तिलाई कति शृङ्गार गर्छन्, सच्चा गहना पहिराउँछन्। त्यो गहना त ठाकुरको सम्पत्ति हो। ठाकुर (देवता)को सम्पत्ति नै पुजारी वा ट्रस्टीको हुन्छ। तिमी बच्चाहरूले जान्दछौ– हामी चैतन्यमा धेरै हीरा-जुहारातबाट सजिएका थियौं। फेरि जब पुजारी बन्छौं तैपनि धेरै गहनाहरू पहिरिन्छौं। अहिले केही पनि छैन। चैतन्य रुपमा पनि लगायौं र जड रुपमा पनि लगायौं। अहिले गहना छैन। बिलकुल साधारण छौं। बाबा भन्नुहुन्छ– म साधारण तनमा आउँछु। कुनै राजाईं आदिको ठाँठ-बाठ छैन। संन्यासीहरूको पनि धेरै ठाँट-बाँट हुन्छ। अब तिमीले जानिसकेका छौ– अवश्य सत्ययुगमा कसरी हामी आत्माहरू पवित्र थियौं। शरीर पनि हाम्रो पवित्र थियो। उनीहरूको शृङ्गार पनि धेरै राम्रो रहन्छ। कोही धेरै सुन्दर हुन्छन् भने उनीहरूलाई शृङ्गारको पनि सोख रहन्छ। तिमी पनि जब धेरै सुन्दर थियौ, तब धेरै राम्रा-राम्रा गहना पहिरिन्थ्यौ। हीराका ठूला हार आदि लगाउँथ्यौ। यहाँ हरेक चीज कालो छ। हेर गाईहरू पनि काला हुँदै गएका छन्। बाबा जब श्रीनाथद्वारे गएका थिए, त्यसबेला धेरै राम्रा गाईहरू थिए। कृष्णका गाई धेरै राम्रा देखाउँछन्। यहाँ त हेर कोही कस्ता, कोही कस्ता छन् किनकि कलियुग हो। यस्ता गाईहरू वहाँ हुँदैनन्। तिमी बच्चाहरू विश्वको मालिक बन्छौ। तिम्रो सजावट पनि वहाँ यस्तो सुन्दर रहन्छ। विचार गर– गाईहरू त अवश्य हुनुपर्छ। त्यहाँका गाईको गोबर पनि कस्तो होला! कति तागत होला! जमिनलाई मल चाहिन्छ नि। मल राख्यो भने राम्रो अनाज पैदा हुन्छ। वहाँ सबै चीज राम्रो तागतिलो हुन्छ। यहाँ त कुनै चीजमा तागत छैन। हरेक चीज बिलकुल शक्तिहीन भइसकेको छ। बच्चाहरू सूक्ष्मवतनमा जान्थे। कति राम्रा-राम्रा ठूला फल खान्थे, शूबीरस आदि पिउँथे। यो सबै साक्षात्कार गराउनुहुन्थ्यो। मालीले वहाँ कसरी फल आदि काटेर दिन्छन्। सूक्ष्मवतनमा त फल आदि हुन सक्दैन। यो सबै साक्षात्कार हुन्छ। वैकुण्ठ त फेरि पनि यहीँ हुन्छ नि। मनुष्यले त सम्झन्छन् वैकुण्ठ कुनै माथि छ। वैकुण्ठ न सूक्ष्मवतनमा, न मूलवतनमा हुन्छ। यहाँ नै हुन्छ। यहाँ बच्चीहरूले जुन साक्षात्कार गर्छन्, त्यो फेरि यिनै आँखाले देख्नेछन्। जस्तो पद त्यस्तै सामग्री पनि रहन्छ। राजाहरूका महल हेर कस्ता राम्रा-राम्रा हुन्छन्। जयपुरमा धेरै राम्रा-राम्रा महल बनेका छन्। केवल महल हेर्नको लागि मनुष्य जान्छन् भने पनि टिकट चाहिन्छ। खास ती महलहरू हेर्नको लागि राख्छन्। स्वयं फेरि अरु महलमा रहन्छन्। त्यो पनि अहिले कलियुगमा। यो हो नै पतित दुनियाँ। कसैले पनि आफूलाई पतित कहाँ सम्झन्छन् र! तिमीले अब जान्दछौ– हामी त पतित थियौं। कुनै कामका थिएनौं फेरि हामी गोरा बन्छौं। त्यो दुनियाँ नै फस्टक्लास हुन्छ। यहाँ हुन त अमेरिका आदिमा फस्टक्लास महल हुन्छन्। तर त्यहाँको तुलनामा यी त केही पनि होइनन् किनकि यी त अल्पकालको सुख दिनेवाला हुन्। वहाँ फस्टक्लास महल हुन्छन्। फस्टक्लास गाईहरू हुन्छन्। वहाँ ग्वाला पनि हुन्छन्। श्रीकृष्णलाई ग्वाला भन्छन् नि। यहाँ जो गाईलाई सम्हाल्नेहरू हुन्छन्, तिनीहरूले भन्छन्– हामी ग्वाला हौं। कृष्णका वंशावली हौं। वास्तवमा कृष्णका वंशावली भन्न मिल्दैन। कृष्णको राजधानीका भनिन्छ। धनवानको पासमा गाईहरू हुन्छन् भने ग्वालाहरू सम्हाल्ने पनि हुन्छन्। यो ग्वाला नाम सत्ययुगको हो। हिजोको कुरा हो। हिजो हामी आदि सनातन देवी-देवता धर्मका थियौं फेरि पतित बन्यौं। आफूलाई हिन्दू कहलाउन थाल्यौं। सोध– तपाईं आदि सनातन देवी-देवता धर्मको हुनुहुन्छ वा हिन्दू धर्मको? आजकल सबैले हिन्दू लेख्छन्। हिन्दू धर्म कसले स्थापना गर्यो? देवी-देवता धर्म कसले स्थापना गर्यो? यो पनि कसैले जान्दैनन्। बाबाले यो प्रश्न सोध्नुहुन्छ– बताऊ आदि सनातन देवी-देवता धर्म कसले स्थापना गर्यो? शिवबाबाले ब्रह्माद्वारा गरिरहनुभएको छ। राम वा शिवबाबाको श्रीमतमा आदि सनातन देवी-देवता धर्मको स्थापना भयो। फेरि रावण राज्य शुरु हुन्छ, विकारमा जान्छन्। भक्तिमार्ग शुरु हुन्छ तब हिन्दू कहलाउन थाल्छन्। अहिले आफूलाई कसैले पनि देवता भन्न सक्दैन। रावणले विकारी बनायो, बाबा आएर निर्विकारी बनाउनुहुन्छ। तिमी ईश्वरीय मतबाट देवता बन्छौ। बाबा नै आएर तिमी ब्राह्मणहरूलाई देवता बनाउनुहुन्छ। सिँढी कसरी झर्छन्, यो तिमी बच्चाहरूको बुद्धिमा नम्बरवार बस्छ। तिमीले जान्दछौ– अरु सबै मनुष्यहरू आसुरी मतमा चलिरहेका छन्, तर तिमी ईश्वरीय मतमा चलिरहेका छौ। रावणको मतबाट सिँढी झर्दै आएका हौ। ८४ जन्मपछि फेरि पहिलो नम्बरमा जन्म हुन्छ। ईश्वरीय बुद्धिबाट तिमीले सारा सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्दछौ। यो तिम्रो जीवन धेरै अमूल्य छ। बाबा आएर हामीलाई यति पावन बनाउनुहुन्छ। हामी रुहानी सेवाको लायक बन्छौं। उनीहरू हुन् लौकिक सामाजिक कार्यकर्ता, जो देह-अभिमानमा रहन्छन्। तिमी देही-अभिमानी हौ। आत्माहरूलाई रुहानी यात्रामा लिएर जान्छौ। बाबाले सम्झाउनुहुन्छ– तिमी सतोप्रधान थियौ, अहिले तमोप्रधान बनेका छौ। सतोप्रधानलाई पावन, तमोप्रधानलाई पतित भनिन्छ। आत्मामा नै मैला परेको छ। आत्मालाई नै सतोप्रधान बन्नु छ। जति यादमा रहन्छौ, त्यति पवित्र बन्नेछौ। नत्र कम पवित्र बन्छौ। पापको बोझ शिरमा रहिरहन्छ। आत्माहरू त सबै पवित्र हुन्छन् फेरि हरेकको पार्ट अलग छ। सबैको उस्तै पार्ट हुन सक्दैन। सबैभन्दा उच्च बाबाको पार्ट फेरि ब्रह्मा-सरस्वतीको कति ठूलो पार्ट छ। जसले स्थापना गर्छ, उसले पालना पनि गर्छ। ठूलो पार्ट उहाँको छ। पहिला हुनुहुन्छ शिवबाबा त्यसपछि हुनुहुन्छ ब्रह्मा-सरस्वती, जो पुनर्जन्ममा आउँछन्। शंकरले त केवल सूक्ष्म रुप धारण गर्छन्। यस्तो होइन शंकरले कुनै शरीरको लोन लिन्छन्। कृष्णको आफ्नो शरीर छ। यहाँ केवल शिवबाबाले शरीरको लोन लिनुहुन्छ। पतित शरीर, पतित-दुनियाँमा आएर सेवा गर्नुहुन्छ, मुक्ति-जीवनमुक्तिमा लैजानका लागि। पहिला मुक्तिमा जानुपर्छ। ज्ञानका सागर एकै बाबा पतित-पावन हुनुहुन्छ उहाँलाई नै भनिन्छ शिवबाबा। शंकरलाई बाबा भन्न शोभा दिँदैन। शिवबाबा शब्द धेरै मीठो छ। शिव माथि कसैले आँक चढाउँछन्, कोही के चढाउँछन्। कसैले दूध पनि चढाउँछन्।

    बाबाले बच्चाहरूलाई अनेक प्रकारको शिक्षा दिइरहनुहुन्छ। बच्चाहरूको लागि सम्झाइन्छ, सारा आधार योगमा छ। योगबाट नै विकर्म विनाश हुन्छ। योगमा रहनेहरूलाई ज्ञानको धारणा पनि राम्रो हुन्छ। आफ्नो धारणामा चलिरहन्छन् किनकि फेरि सुनाउनु पनि पर्छ। यो हो नयाँ कुरा। भगवानले जसलाई डाइरेक्ट सुनाउनुभयो, उनीहरूले नै सुने त्यसपछि त यो ज्ञान रहँदैन। अहिले बाबाले जे सुनाउनुहुन्छ, त्यो अहिले तिमीले सुन्छौ। धारणा हुन्छ, फेरि त प्रारब्धको पार्ट खेल्नुपर्छ। ज्ञान सुन्नु र सुनाउनु अहिले नै हुन्छ। सत्ययुगमा यो पार्ट हुँदैन। वहाँ त हुन्छ नै प्रारब्धको पार्ट। मनुष्यहरूले कानुन पढ्छन् फेरि वकिल बनेर कमाउँछन्। यो कति ठूलो कमाई हो, यसलाई दुनियाँले जान्दैनन्। तिमीले जान्दछौ– सच्चा बाबाले हामीलाई सच्चा कमाई गराइरहनु भएको छ। यसको कहिल्यै पनि विनाश हुन सक्दैन। अहिले तिमीले सत्यको कमाई गर्छौ। त्यो फेरि २१ जन्म साथ रहन्छ। त्यस कमाईले साथ दिँदैन। यो साथ दिने कमाई हो। त्यसैले यस्तो कमाईलाई साथ दिनुपर्छ। यो कुरा तिमी बाहेक अरु कसैको बुद्धिमा छैन। तिमीहरूमा पनि कसैले घरी-घरी भुल्छन्। बाबा र वर्सालाई भुल्नु हुँदैन। कुरा एउटै छ– बाबालाई याद गर, जो बाबाबाट २१ जन्मको वर्सा मिल्छ, २१ जन्म निरोगी काया रहन्छ। वृद्ध अवस्थासम्म अकालमा मृत्यु हुँदैन। बच्चाहरूलाई कति खुशी हुनुपर्छ। बाबाको याद हो मुख्य, यसमा नै मायाले विघ्न पार्छ। तूफान ल्याउँछ। अनेक प्रकारका तूफान आउँछन्। तिमी भन्दछौ– बाबालाई याद गरुँ, तर गर्न सक्दैनौ। यादमा नै धेरै फेल हुन्छन्। योगको धेरैमा कमी छ। जति हुन सक्छ, योगमा मजबुत हुनुपर्छ। बाँकी बीज र वृक्षको ज्ञान कुनै ठूलो कुरा होइन। 

    बाबा भन्नुहुन्छ– मलाई याद गर। मलाई याद गर्नाले, मलाई जान्नाले तिमीले सबै जान्न सक्छौ। यादमा नै सबै कुरा भरिएको छ। स्वीट बाबा, शिवबाबालाई याद गर्नु छ। उच्च भन्दा उच्च हुनुहुन्छ भगवान। श्रेष्ठ भन्दा श्रेष्ठ उहाँ हुनुहुन्छ। सबैभन्दा उँच वर्सा दिनुहुन्छ २१ जन्मको लागि। सदा सुखी अमर बनाउनुहुन्छ। तिमी अमरपुरीको मालिक बन्छौ। त्यसैले यस्ता बाबालाई धेरै याद गर्नुपर्छ। बाबालाई याद गरेनौ भने अरु सबै याद आउँछ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) यो ईश्वरीय जीवन धेरै-धेरै अमूल्य छ, यस जीवनमा आत्मा र शरीर दुवैलाई पावन बनाउनु छ। रुहानी यात्रामा रहेर अरुलाई यही यात्रा सिकाउनु छ।

    २) जति हुन सक्छ– सत्य कमाईमा लाग्नुपर्छ। निरोगी बन्नको लागि यादमा मजबुत हुनु छ।

    वरदान:

    जन्मसिद्ध अधिकारको नशाद्वारा लक्ष्य र लक्षणलाई समान बनाउने श्रेष्ठ तकदिरवान भव:-  

    जसरी लौकिक जन्ममा स्थूल सम्पत्ति जन्मसिद्ध अधिकार हुन्छ, त्यस्तै ब्राह्मण जीवनमा दिव्य गुणरुपी सम्पत्ति, ईश्वरीय सुख र शक्ति जन्मसिद्ध अधिकार हुन्। जन्मसिद्ध अधिकारको नशा स्वाभाविक रुपमा रह्यो भने मेहनत गर्नु पर्ने आवश्यकता हुँदैन। यस नशामा रहनाले लक्ष्य र लक्षण समान हुन्छ। स्वयंलाई जो हुँ, जस्तो हुँ, जुन श्रेष्ठ बाबा र परिवारको हुँ, त्यस्तै जान्दै र मान्दै श्रेष्ठ भाग्यमान बन।

    स्लोगन:

    हर कर्म स्व स्थितिमा स्थित भएर गर्यौ भने सहजै सफलताको सितारा बन्नेछौ।   



    ***OM SHANTI***