BK Murli 21 April 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 21 April 2016 Nepali

    ०९ बैशाख 2072 बिहिबार 21.04.2016 प्रातः मुरली मधुबन

    “मीठे बच्चे– तिमी ईश्वरीय सेलभेसन आर्मी हौ, तिमीले सबैलाई सद्गति दिनु छ, सबैको प्रीत एक बाबासँग जोड्नु छ।”  

    प्रश्न:

    मनुष्यले आफ्नो अक्कल (बुद्धि) कुन कुरामा लगाउँछन् र तिमीले आफ्नो अक्कल कहाँ लगाउनु छ?

    उत्तर:

    मनुष्यले त आफ्नो अक्कल आकाश र सृष्टिको अन्त्य प्राप्त गर्नमा लगाइरहेका छन् तर यसबाट त कुनै फायदा छैन। यसको अन्त्य त मिल्न सक्दैन। तिमी बच्चाहरूले आफ्नो अक्कल लगाउँछौ– पूज्य बन्नको लागि। उनलाई दुनियाँले पूजा गर्दैन। तिमी बच्चाहरू त पूज्य देवता बन्छौ।

    गीतः–

    तुम्हें पाके हमने...

    ओम् शान्ति।

    बच्चाहरूले बुझिसकेका छन्, यो हो ज्ञानमार्ग। त्यो हो भक्तिमार्ग। अब प्रश्न उठ्छ– भक्तिमार्ग राम्रो वा ज्ञानमार्ग राम्रो? दुई चीज भयो नि। भनिन्छ ज्ञानद्वारा सद्गति हुन्छ। अवश्य भनिन्छ भक्ति र ज्ञान दुवै अलग-अलग हुन्। मनुष्य सम्झन्छन्– भक्ति गर्नाले ज्ञान मिल्छ तब सद्गति हुन्छ। भक्तिको बीचमा ज्ञान आउन सक्दैन। भक्ति सबैको लागि हो, ज्ञान पनि सबैको लागि हो। यस समय हो पनि कलियुगको अन्त्य। त्यसैले अवश्य सबैको दुर्गति हुन्छ यसैले पुकार्छन् पनि र गाउँछन् पनि– अरु संग तोडेर अब तिमी संग जोड्छु। अब उहाँ को हुनुहुन्छ? कोसँग जोड्ने? यो त बुझ्दैनन्। अक्सर गरेर बुद्धि कृष्णतर्फ जान्छ। हामी सच्चा प्रीत तिमीसँग जोडौं। जब कृष्णसँग नै प्रीत जोड्छन् भने फेरि गुरू, गोसाईं अरु कसैको आवश्यकता नै छैन। कृष्णलाई नै याद गर्नु पर्ने हो। कृष्णको चित्र त सबैको पासमा छ। कृष्णजयन्ती पनि मनाउँछन् फेरि त अरु कसैको पासमा जाने आवश्यकता नै छैन। जस्तै मीराले एकसँग जोडिन्। काम-काज गर्दा पनि कृष्णलाई नै याद गरिरहिन्। घरमा रहनु, काम गर्नु, खानपान गर्नु त पर्ने हुन्छ। सच्चा प्रीत एक कृष्णसँग जोडिन्। मानौं उनीहरू आशिक र माशूक भए। कृष्णलाई याद गर्नाले फल पनि मिल्छ। कृष्णलाई त सबै जान्दछन्। गाउँछन् पनि– सच्चा प्रीत मैले तिमीसँग जोडेको छु। अब सबैभन्दा उच्च, सत्य त परमपिता नै हुनुहुन्छ। सबैलाई वर्सा दिने एकै बाबा हुनुहुन्छ। उहाँलाई कसैले पनि जान्दैन। भन्न त भन्छन्– परमपिता परमात्मा शिव, तर कहिले आउनुहुन्छ, यो जान्दैनन्। शिवजयन्ती हुन्छ भने अवश्य आउनुभएको हुनुपर्छ। कहिले, कसरी आउनुहुन्छ, आएर के गर्नुहुन्छ? कसैलाई थाहा छैन। कोही पनि मनुष्यले जान्दैनन्– सबैलाई सद्गति गर्नुहुन्छ। तर कसरी गर्नुहुन्छ? सद्गतिको अर्थ के हो! केही पनि बुझ्दैनन्। शिवबाबाले त अवश्य स्वर्गको बादशाही दिनुभएको हुनुपर्छ नि। तिमी बच्चाहरू! जो त्यस धर्मका थियौ, तिमीलाई यो थाहा थिएन, बिर्सेका थियौ भने फेरि अरुले कसरी जान्न सक्छन्? अहिले शिवबाबाद्वारा तिमीले जानेका छौ र अरुलाई बताउँछौ। तिमी हौ ईश्वरीय सेलभेसन आर्मी। सेलभेसन भन वा सद्गति गर्ने आर्मी भन। अहिले तिमी बच्चाहरूमाथि जिम्मेवारी छ। तिमीले चित्रहरूद्वारा पनि बुझाउन सक्छौ। भाषाहरू धेरै छन्। मुख्य भाषाहरूमा चित्र बनाउनुपर्छ। भाषाहरूको पनि बडो झंझट छ, यसैले प्रदर्शनी पनि बनाउनुपर्छ। चित्रहरूमा सम्झाउन धेरै सहज हुन्छ। गोलामा पनि सारा ज्ञान छ, सिँढी केवल हिन्दूहरूको लागि हो। यसमा अरु कुनै धर्म छँदै छैन। यस्तो कहाँ भारत तमोप्रधान बन्छ, अरु चाहिँ बन्दैनन्। तमोप्रधान त सबै बन्छन्। त्यसैले उनीहरूको लागि पनि हुनुपर्छ। यो सबै बुद्धिमा सेवाको ख्याल आउनुपर्छ। दुई पिताको रहस्य पनि सम्झाउनु छ। वर्सा रचयिताबाट मिल्छ। यो पनि सबै धर्मकाले जान्दछन्– लक्ष्मी-नारायण भारतका पहिलो महाराजा-महारानी थिए वा भगवान-भगवती थिए। ठीक छ, उनीहरूलाई यो स्वर्गको राज्य कसरी मिल्यो? अवश्य भगवानद्वारा मिल्यो। कसरी, कहिले मिल्यो, यो कसैलाई पनि थाहा छैन। गीतामा कृष्णको नाम राखेर फेरि प्रलय देखाइदिएका छन्। रिजल्ट केही पनि छैन। यो तिमी बच्चाहरूले सम्झाउनु छ। चित्र त सबै तर्फ छन्। लक्ष्मी-नारायणको चित्र पनि छ। हुन त ड्रेस, अनुहार आदि अर्कै हुन्छ। जसलाई जे आयो सो बसेर बनाएका छन्। श्रीनाथ-श्रीनाथिनी, यी राधे-कृष्ण हुन् नि। श्री राधे, श्री कृष्ण त ताजधारी हुँदैनन्। काला पनि हुँदैनन्। राजधानी लक्ष्मी-नारायणको हुन्छ, नकि राधा-कृष्णको। मन्दिर त अनेक प्रकारका बनाएका छन्। नाम त एकै राख्छन् लक्ष्मी-नारायण। डिनायस्टी लक्ष्मी-नारायणको भनिन्छ। राम-सीताको घराना, लक्ष्मी-नारायणको घराना हुन्छ, राधे-कृष्णको घराना हुँदैन। यो कुरा मनुष्यहरूको ख्यालमा नै छैन। तिमी बच्चाहरू पनि नम्बरवार पुरूषार्थ अनुसार जान्दछौ। जसलाई सेवाको सोख छ, उनीहरू त बोल्न थाल्छन्। कसैले भन्छन्– हामीले बुझेका छौ तर बिस्तारै बिस्तारै मुख खुल्ने युक्तिहरू पनि रच्नुपर्छ। कतिले सम्झन्छन्– वेद-शास्त्र अध्ययन गर्नाले, यज्ञ, तप आदि गर्नाले, तीर्थ आदि गर्नाले परमात्मालाई प्राप्त गर्न सकिन्छ। तर भगवानले भन्नुहुन्छ– यो सबै मबाट टाढा गर्ने मार्ग हुन्। ड्रामामा सबैले दुर्गति पाउनु नै छ त्यसैले फेरि यस्तो कुरा बताउँछन्। पहिले हामी पनि भन्थ्यो– भगवान मानौ पहाडी हो, कोही जहाँबाट गए पनि पुगिन्छ। मनुष्यहरूले अनेक प्रकारका मार्ग समातेका छन्। भक्तिमार्गका मार्गहरूबाट जब थाक्छन् तब फेरि भगवानलाई नै पुकार्छन्– हे पतित-पावन, हजुर आएर पावन बन्ने बाटो बताउनुहोस्। हजुर विना पावन हुन सक्दैनौं, थाकिसक्यौं। भक्तिले दिन-प्रतिदिन पूरा थकाउँछ। अहिले त मेला आदिमा कति लाखौं गएर जम्मा हुन्छन्, कति फोहोर हुन्छ। अब त अन्त्य छ। दुनियाँलाई बदल्नु छ। वास्तवमा दुनियाँ एकै हो। २ भाग बनाएका छन्। त्यसैले मनुष्य सम्झन्छन्– स्वर्ग, नर्क अलग-अलग दुनियाँ हो तर यो आधा-आधा छ। माथि सत्ययुग फेरि त्रेता, द्वापर, कलियुग। कलियुगमा तमोप्रधान बन्नु नै छ। सृष्टि पुरानो हुन्छ, यी कुरालाई कसैले बुझ्दैन। अलमलिएका छन्। कसैले कृष्णलाई भगवान, कसैले रामलाई भगवान भनिदिन्छन्। आजकल त मनुष्य आफूलाई भगवान भनिदिन्छन्। हामी ईश्वरका अवतार हौं। देवताहरू भन्दा पनि मनुष्य अगाडि भएका छन्। देवताहरूलाई फेरि पनि देवता नै भनिन्छ। यहाँ त फेरि मनुष्यलाई भगवान भनिदिन्छन्। यो हो भक्तिमार्ग। देवताहरू त स्वर्गमा रहन्थे। अहिले कलियुग, आइरन एजमा फेरि मनुष्य भगवान कसरी हुन सक्छन्? बाबा भन्नुहुन्छ– म आउँछु नै संगमयुगमा, जबकि मलाई आएर दुनियाँलाई ट्रान्सफर गर्नुपर्छ। कलियुगबाट सत्ययुग हुन्छ बाँकी सबै शान्तिधाममा जान्छन्। त्यो हो निराकारी दुनियाँ। यो हो साकारी दुनियाँ। निराकारी वृक्ष पनि सम्झाउनको लागि ठूलो बनाउनुपर्छ। ब्रह्म महत्तत्व पनि यति नै ठूलो छ, जति ठूलो आकाश छ। दुवैको अन्त्य पाउन सकिँदैन। गर्न त कोसिस गर्छन्, एरोप्लेन आदिमा जान्छन् तर अन्त्य पाउन सक्दैनन्। समुद्र नै समुद्र... आकाश नै आकाश छ। वहाँ त केही पनि छैन। गर्न त कोसिस धेरै गर्छन् तर यी सबै कुराबाट फायदा के? सम्झन्छन्– हामी आफ्नो अक्कल लगाउँछौं। यो हो मनुष्यको अक्कल, साइन्सको घमण्ड पनि मनुष्यहरूमा छ। जसले जति नै अन्त्य पाए पनि उनलाई सारा दुनियाँले त पुज्दैन। देवताहरूको त पूजा हुन्छ। तिमी बच्चाहरूलाई बाबा कति उच्च बनाउनुहुन्छ। सबैलाई लिएर जानुहुन्छ शान्तिधाम। हुन त यो सबै जान्दछन्– हामी मूलवतनबाट आउँछौं तर जसरी तिमीले बुझेका छौ, त्यसरी दुनियाँले जान्दैन। त्यो के हो, कसरी आत्माहरू वहाँ रहन्छन् फेरि नम्बरवार आउँछन्। यो कसैले जान्दैनन्। ब्रह्म महत्तत्वमा निराकारी वृक्ष हो। यो जान्दैनन्, सत्ययुगमा थोरै रहन्छन्। बाँकी सबै आत्माहरू मूलवतनमा रहन्छन्। जस्तै यो साकारी वतन हो, त्यस्तै त्यो मूलवतन हो। वतन कहिल्यै खाली हुँदैन। न यो, न त्यो। जब अन्त्य हुन्छ, तब ट्रान्सफर हुन्छन्। केही त यस वतनमा रहन्छन्। सारा वतन खाली भयो भने फेरि त प्रलय हुने भयो। प्रलय हुँदैन। अविनाशी खण्ड हो नि। यो सबै कुरा बुद्धिमा राख्नु छ। सारा दिन यही ख्याल चलिरहोस्– हामी कसैको कल्याण गरौं। तिम्रो प्रीत जुटेको छ, त्यसैले उहाँको परिचय देऊ। उहाँ बाबा हुनुहुन्छ, उहाँबाट वर्सा मिल्छ। कसरी मिल्छ, त्यो हामी बताउन सक्छौं। बताउनेहरू पनि नम्बरवार छन्। कसैले त धेरै राम्रोसँग भाषण गर्छन्, कुनैले गर्न सक्दैनन् भने सिक्नुपर्छ। हरेक बच्चालाई आफ्नो कल्याण गर्नु छ। जबकि बाटो मिलेको छ भने अरुको कल्याण गर्नु छ। दिल हुन्छ अरुलाई पनि बाबाबाट वर्सा दिलाऊँ। रुहानी सेवा गरौं। सबैले अरुको सेवा गर्छन्। 

    बाबा आएर रुहानी सेवा सिकाउनुहुन्छ, अरु कसैले पनि रुहानी सेवा गर्न जान्दैनन्। रुहानी बाबाले नै आत्माहरूको सेवा गर्नुहुन्छ। जिस्मानी सेवा त जन्म-जन्मान्तर धेरै गर्यौं, अब अन्तिम जन्ममा रुहानी सेवा गर्नु छ, जो बाबाले सिकाउनुभएको छ। कल्याण यसमा छ, अरु कुनैमा फायदा छैन। गृहस्थ व्यवहारमा पनि रहनु छ, सम्बन्ध निर्वाह गर्नु छ। उनलाई पनि यही सम्झाएर कल्याण गर्नु छ। प्रीत छ भने केही सुन्छन्। कति त डराउँछन्– थाहा छैन हामीले पनि संन्यास गर्नु पर्ने हो कि! आजकल त संन्यासी धेरै छन् नि। कफनी पहिरिएर दुई शब्द सुनायो, खाना त मिलि नै हाल्छ, कहीँ न कहीँबाट। कुनै दुकानमा जान्छन्, दुई पुरी दिइदिन्छन्। फेरि अर्कोको पासमा जान्छन्, पेट पूजा हुन्छ। भिखारीहरू पनि अनेक प्रकारका हुन्छन्। बाबासँग त एकै प्रकारको वर्सा मिल्छ। बेहदको बादशाही मिल्छ, सदा निरोगी बन्छौं। धनवान मुश्किलले उठ्छन्। गरिबहरूको पनि कल्याण गर्नुपर्छ। बाबाले प्रदर्शनीहरू धेरै बनाउन लगाइरहनुभएको छ किनकि अनपढ धेरै छन् नि। मन्त्री आदिले सोच्छन्– यो ज्ञान राम्रो छ, अनि सबै सुन्न लाग्छन्। हो, पछि गएर तिम्रो नाम प्रत्यक्ष हुन्छ, फेरि धेरै आउनेछन्। मैला निकाल्न समय लाग्छ। रात-दिन कोही लाग्यो भने सायद निस्कन सक्छ। आत्मा शुद्ध बनिसकेपछि त फेरि यो शरीर पनि छोड्छ। यी सबै बुझ्नु पर्ने कुरा हुन्। प्रदर्शनीमा पनि सम्झाउनु छ। मुख्य हो सारा यहाँको कुरा। भारतवर्षको उत्थान भएपछि सबैको उत्थान हुन्छ। प्रोजेक्टर भन्दा पनि प्रदर्शनीमा धेरै सेवा हुन सक्छ। बिस्तारै बिस्तारै वृद्धि हुँदै जान्छ। दिन-प्रतिदिन तिम्रो नाम प्रत्यक्ष हुँदै जानेछ। यो पनि लेख्नुपर्छ– ५ हजार वर्ष पहिले पनि यस्तै भएको थियो। यो त बडो अद्भुत कुरा हौ। बाबाले इशारा दिनुहुन्छ। बच्चाहरूले धेरै कुरा बिर्सिन्छन्। केही पनि हुन्छ भने भनिन्छ आजभन्दा ५ हजार वर्ष पहिले पनि यस्तै भएको थियो। हुन त धेरै स्पष्ट कुरा छ, तर जब कसैको बुद्धिमा यो बस्छ भने मात्र। अखबारमा छाप्न सक्छौ ताकि केही बुझून् त सही। ज्ञानमार्गमा बडो फस्टक्लास अवस्था हुनुपर्छ। यस्ता-यस्ता कुरालाई याद गरेर हर्षित पनि रहनु पर्छ। अभ्यास भएपछि फेरि अवस्था धेरै हर्षित र आनन्ददायी हुन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) अरु सबैबाट बुद्धिको प्रीत तोडेर एक बाबासँग जोड्नु छ। सबैको प्रीत एक बाबासँग जोड्ने सेवा गर्नु छ।

    २) सच्चा-सच्चा रुहानी सेवाधारी बन्नु छ। आफ्नो पनि कल्याण गर्नु छ र अरुलाई पनि बाटो बताउनु छ। अवस्था धेरै हर्षित र आनन्ददायी बनाउनु छ।

    वरदान:

    ज्ञानी आत्मा बनेर ज्ञानसागर र ज्ञानमा समाहित हुने सर्व प्राप्ति स्वरुप भव:-  

    जो ज्ञानी आत्माहरू हुन्, उनीहरू सदा ज्ञानसागर र ज्ञानमा डुबिरहन्छन्। सर्व प्राप्ति स्वरुप हुनाले इच्छा मात्रम् अविद्याको स्टेज स्वतः रहन्छ। जो अंश मात्र पनि कुनै स्वभाव-संस्कारको अधीन छन्, नाम-मान-शानका भिखारी छन्, के-किन को प्रश्नमा चिल्लाउने, पुकार गर्नेवाला, भित्र एक बाहिर अर्को रुप छ– उनलाई ज्ञानी आत्मा भन्न सकिँदैन।

    स्लोगन:

    यस जीवनमा अतीन्द्रिय सुख र आनन्दको अनुभूति गर्ने आत्मा नै सहजयोगी हो।   




    ***OM SHANTI***