BK Murli 22 April 2016 Nepali

BK Murli 22 April 2016 Nepali

१० बैशाख 2072 शुक्रबार 22.04.2016 प्रातः मुरली मधुबन

“मीठे बच्चे– ज्ञानसागर बाबा आउनुभएको छ तिमी बच्चाहरूको अगाडि ज्ञान डान्स गर्न, तिमी होशियार सेवाधारी बन्यौ भने ज्ञानको डान्स पनि राम्रो हुन्छ।”  

प्रश्न:

संगमयुगमा तिमी बच्चाहरूले आपसमा कुनचाहिँ बानी बसाल्छौ?

उत्तर:

यादमा रहने। यो हो रुहानी बानी। यो बानीको साथसाथै तिमीले दिव्य र अलौकिक कर्म पनि गर्नु छ। तिमी हौ ब्राह्मण, तिमीले सबैलाई सच्चा-सच्चा कथा अवश्य सुनाउनु छ। सेवा गर्ने पनि तिमी बच्चाहरूमा बानी हुनुपर्छ।

गीतः–

धीरज धर मनुवा धीरज धर..........

ओम् शान्ति।

जसरी कोही अस्पतालमा बिरामी भएर बस्दा त्यो रोगी दुःखबाट छुट्ने आशा राख्छ। डाक्टरसँग सोध्छ– के हाल छ, कहिले यो रोग छुट्छ? त्यो त सबै हुन् हदका कुरा। यो हो बेहदको कुरा। बाबा आएर बच्चाहरूलाई राय दिनुहुन्छ। यो त बच्चाहरूले जानिसकेका छन्, अवश्य सुख र दुःखको खेल हो। त्यसो त तिमी बच्चाहरूलाई सत्ययुगमा जानुमा भन्दा बढी फाइदा यहाँ छ किनकि जान्दछौ– यतिबेला हामी ईश्वरीय गोदमा छौं, ईश्वरीय सन्तान हौं। यो समयमा हाम्रो उच्च भन्दा उच्च गुप्त महिमा छ। मनुष्यले बाबालाई शिव, ईश्वर, भगवान पनि भन्छन् तर जान्दैनन्। पुकार गरिहन्छन्। ड्रामामा यस्तै छ। ज्ञान र अज्ञान, दिन र रात। गाउँछन् पनि तर तमोप्रधान बुद्धि यस्तो भएको छ जसकारण आफूलाई तमोप्रधान नै मान्दैनन्। कसैको तकदिरमा बाबाको वर्सा होस् तब त बुद्धिमा बस्न सक्छ। बच्चाहरूले जान्दछन्– हामी बिल्कुल नै घोर अँध्यारोमा थियौं। अब बाबा आउनुभएको छ त कति उज्यालो भएको छ। बाबाले जुन ज्ञान दिनुहुन्छ त्यो कुनै पनि वेद, शास्त्र, ग्रन्थ आदिमा छैन। त्यो पनि बाबाले सिद्ध गरेर बताउनुहुन्छ। तिमी बच्चाहरूलाई रचयिता र रचनाको आदि-मध्य-अन्त्यको बारेमा प्रकाश पार्छु, त्यो फेरि प्रायः लोप हुन जान्छ। म विना फेरि कसैलाई ज्ञान मिल्न सक्दैन, यो ज्ञान प्रायः लोप हुन्छ। थाहा हुन्छ, कलियुग बितिसक्यो फेरि ५ हजार वर्ष पछि दोहोरिन्छ। यो हो नयाँ कुरा। यो त शास्त्रहरूमा छँदै छैन।

बाबाले त यो ज्ञान सबैलाई एकै किसिमले पढाउनुहुन्छ, तर धारणा गर्नमा नम्बरवार छन्। कोही असल सेवाधारी बच्चाहरू आउँछन् भने बाबाको डान्स पनि यस्तै चल्छ। डान्सिङ्ग गर्ल (नर्तकी)लाई हेर्न चाहने धेरै सोखिन हुन्छन् भने उनले पनि खुशीले धेरै राम्रो डान्स गर्छन्। थोरै मात्र बसेका छन् भने साधारण रुपले अलिकति डान्स गर्छन्। वाह वाह गर्नेहरू धेरै भए भने उनको पनि उल्लास बढ्छ। यहाँ पनि त्यस्तै हो। मुरली सबै बच्चाहरूले सुन्छन्, तर सामुन्ने बसेर सुन्दाको कुरै बेग्लै हुन्छ नि। यो पनि देखाउँछन्– कृष्णले डान्स गर्दथे। डान्स कुनै त्यस्तो होइन। वास्तवमा हो ज्ञानको डान्स। शिवबाबा स्वयं भन्नुहुन्छ– म ज्ञानको डान्स गर्न आउँछु, म ज्ञानको सागर हुँ। राम्राराम्रा प्वाइन्टहरू निस्कन्छन्। यो हो ज्ञानको मुरली। काठको मुरली होइन। पतित-पावन बाबा आएर सहज राजयोग सिकाउनुहुन्छ वा काठको मुरली बजाउनुहुन्छ? यो कसैको पनि ख्यालमा छैन, बाबा आएर यस्तो राजयोग सिकाउनुहुन्छ। अहिले तिमी जान्दछौ, बाँकी कुनै पनि मनुष्य मात्रको बुद्धिमा यो कुरा आउन सक्दैन। आउनेहरूले पनि नम्बरवार पद पाउँछन्। जसरी कल्प पहिले गरेको हो त्यसरी नै पुरूषार्थ गरिरहन्छन्। तिमी जान्दछौ– कल्प पहिले जस्तै बाबा आउनुहुन्छ, आएर बच्चाहरूलाई सबै रहस्य बताउनुहुन्छ। भन्नुहुन्छ– म पनि बन्धनमा बाँधिएको छु। हरेक यस ड्रामाको बन्धनमा बाँधिएको छ। जे सत्ययुगमा भएको थियो, त्यही फेरि हुन्छ। अनेकौं प्रकारका कति योनिहरू छन्। सत्ययुगमा यतिका योनिहरू हुँदैनन्। वहाँ त थोरै मात्र भेराइटीका हुन्छन्। फेरि वृद्धि हुँदै जान्छन्। जसरी धर्म पनि बढ्दै जान्छन् नि। सत्ययुगमा त यत्तिका थिएनन्। जुन सत्ययुगमा थियो त्यो फेरि सत्ययुगमा नै देख्नेछौं। सत्ययुगमा कुनै छी-छी फोहोर पार्ने चीजहरू हुँदैनन्। ती देवी-देवताहरूलाई भनिन्छ नै भगवान-भगवती। अरु कुनै खण्डमा कहिल्यै पनि कसैलाई भगवान-भगवती भनिदैन। ती देवताहरूले अवश्य स्वर्गमा राज्य गर्दथे। उनीहरूलाई हेर कति गायन गरिन्छ। तिमी बच्चाहरूमा अहिले धैर्य आएको छ। तिमी जान्दछौ– मेरो दर्जा कति उच्च वा कम छ। मैले यति अंक ल्याएर पास हुन्छु। हरेकले स्वयं जान्न सक्छ फलानाले राम्रो सेवा गरिरहेको छ। हो, चल्दा-चल्दै तूफान पनि आउँछ। बाबा त भन्नुहुन्छ– बच्चाहरूलाई कुनै पनि ग्रहचारी, तूफान आदि नआओस्। मायाले राम्रा-राम्रा बच्चाहरूलाई पनि लडाइदिन्छ। त्यसैले बाबा धैर्य दिंदै गर्नुहुन्छ, थोरै समय बाँकी छ। तिमीले सेवा पनि गर्नु छ। स्थापना भएपछि त फेरि जानु नै छ। यसमा एक सेकेण्ड पनि अघि-पछि हुन सक्दैन। यो रहस्य बच्चाहरूले नै बुझ्न सक्छन्। हामी ड्रामाका कलाकारहरू हौं, यसमा हाम्रो मुख्य पार्ट छ। यहाँ नै हार र जितको खेल बनेको छ। पहिले पावन थियो। कति शान्ति, पवित्रता थियो। यो हिजोको नै कुरा हो। हिजो हामीले नै पार्ट खेलेका थियौं। ५ हजार वर्षको सबै पार्ट भरिएको छ। हामीले चक्कर लगाएर आएका छौं। अब फेरि बाबासँग योग लगाउँछौं, यसैबाट नै मैला निस्कन्छ। बाबाको याद आएपछि वर्सा पनि अवश्य याद आउँछ। पहिले पहिले अल्फलाई जान्नु छ। बाबा भन्नुहुन्छ– तिमीले मलाई जानेपछि मद्वारा सबै कुरा जान्दछौ। ज्ञान त धेरै सजिलो छ, एक सेकेण्डको। फेरि पनि सम्झाउँदै रहनुहुन्छ। प्वाइन्टहरू दिंदै रहनुहुन्छ। मुख्य प्वाइन्ट हो मन्मनाभव। यसैमा नै विघ्न पर्छ। देह-अभिमान आउनाले फेरि अनेक प्रकारका उलझन आउँछन्, फेरि योगमा रहन दिंदैन। जसरी भक्तिमार्गमा कृष्णको यादमा बस्दा बुद्धि कता-कता भाग्छ। भक्तिको अनुभव त सबैलाई छ। यही जन्मको कुरा हो। यो जन्मको कुरा जान्नाले विगतको जन्मको पनि केही न केही जान्न सक्छौं। बच्चाहरूलाई बानी परिसकेको छ, बाबालाई याद गर्ने। जति याद गर्छौ त्यति खुशी बढ्छ। साथसाथै दिव्य अलौकिक कर्म पनि गर्नु छ। तिमी हौ ब्राह्मण। तिमी सत्य-नारायणको कथा, अमर कथा सुनाउँछौ। मुख्य कुरा एउटै हो जसमा सबै कुरा आउँछ। यादबाट नै विकर्म विनाश हुन्छ। यो एउटै मात्र रुहानी बानी हो। बाबा सम्झाउनुहुन्छ– ज्ञान त धेरै सजिलो छ। कन्याहरूको नाम पनि गाइएको छ। अधरकुमारी, कुमारी कन्या, कुमारीको नाम सबैभन्दा धेरै प्रसिद्ध छ। उनलाई कुनै बन्धन छैन। त्यो पतिले त विकारी बनाइदिन्छ। यो बाबाले त स्वर्गमा लैजानको लागि सिँगार्नुहुन्छ। स्विट सागरमा लैजानुहुन्छ। बाबा भन्नुहुन्छ– यो पुरानो दुनियाँलाई, पुरानो देह सहित बिल्कुलै बिर्सिदेऊ। आत्माले भन्छ– हामीले ८४ जन्म पूरा गर्यौं। अब फेरि हामीले बाबाबाट पूरा वर्सा लिन्छौं। हिम्मत गर्छौं, फेरि पनि मायासँग लडाईं त छ। अगाडि त यी बाबा हुनुहुन्छ। मायाको तूफान धेरै यिनको पासमा नै आउँछ। धेरैले आएर सोध्छन्– बाबा! हामीलाई यस्तो हुन्छ। बाबाले बच्चाहरूलाई बताउँछन्– हो, यस्तो तूफान अवश्य आउँछ। पहिले त मेरो पासमा आउँछ। अन्त्यमा सबैले कर्मातीत स्थिति पाउँछन्। यो कुनै नयाँ कुरा होइन। कल्प पहिले पनि भएको थियो। ड्रामामा पार्ट खेल्यौं, अब फेरि घर फर्कन्छौं। यो चैतन्य ड्रामा हो। बच्चाहरू जान्दछन्– यो पुरानो दुनियाँ नर्क हो। भदछन् पनि– यी लक्ष्मी-नारायण क्षीरसागरमा बस्थे। यिनीहरूको मन्दिर कति राम्रा-राम्रा बनाउँछन्। पहिले पहिले मन्दिर बनाउँदा त दूधकै पोखरी बनाएर विष्णुको मूर्ति राखियो होला। धेरै राम्रा-राम्रा चित्र बनाएर पूजा गर्थे। त्यतिबेला त धेरै सस्तो थियो। बाबाले सबै देखेका छन्। निश्चय नै यो दुनियाँ कति पवित्र, दूधको सागर थियो। दूध, घिउको मानौं नदी बग्थ्यो। यो त महिमा दिइएको हो। स्वर्गको नाम लिने बित्तिकै मुखमा पानी आउँछ। तिमी बच्चाहरूलाई अब ज्ञानको तेस्रो नेत्र मिलेको छ। त्यसैले बुद्धिमा समझ आएको छ। बुद्धि आफ्नो घर जान्छ, फेरि स्वर्गमा आउँछौं। वहाँ सबै कुरा नयैं नयाँ हुन्छ। बाबा श्रीनारायणको मूर्ति हेरेर धेरै खुशी हुन्थे, अत्यन्त पे्रमले राख्दथे। यो थाहा थिएन, म नै यस्तो बन्छु। यो ज्ञान त अहिले बाबाबाट मिलेको हो। तिमीलाई ब्रह्माण्ड र सृष्टि चक्रको आदि-मध्य-अन्त्यको ज्ञान छ। जान्दछौ– हामीले कसरी चक्कर लगाउँछौं। बाबाले हामीलाई राजयोग सिकाइरहनु भएको छ। तिमी बच्चाहरूलाई धेरै खुशी हुनुपर्छ। बाँकी थोरै समय छ। शरीरलाई त केही न केही भइ नै रहन्छ। अब यो तिम्रो अन्तिम जन्म हो। अब तिम्रो सुखको दिन आउँछ, ड्रामा प्लान अनुसार। देख्दै छौ, विनाश अगाडि खडा छ। तिमीलाई तेस्रो नेत्र मिलेको छ। मूलवतन, सूक्ष्मवतन, स्थूलवतनलाई राम्रोसँग जान्दछौ। यो स्वदर्शन चक्र तिम्रो बुद्धिमा घुमि नै रहन्छ। खुशी हुन्छ। यतिबेला हामीलाई बेहदका बाबाले टिचर बनेर पढाउनुहुन्छ। तर नयाँ कुरा भएकोले घरी घरी बिर्सन्छौ। नत्र बाबा भन्ने बित्तिकै नै खुशीको पारा चढ्नुपर्छ। रामतीर्थ श्रीकृष्णका भक्त थिए। त्यसैले कृष्णको दर्शन पाउनको लागि कति गर्दथे। उनलाई साक्षात्कार भयो अनि खुशी भए। तर त्यसले के भयो? केही पनि मिलेन। यहाँ त तिमी बच्चाहरूलाई खुशी पनि छ किनकि जान्दछौ– २१ जन्मको लागि हामी उच्च पद पाउँछौं। तीन भाग त तिमी सुखी रहन्छौ। यदि आधा-आधा हुँदो हो त फेरि फाइदा भएन। तिमी तीन भाग सुखमा रहन्छौ। तिमीले जस्तो सुख कसैले देख्न पाउँदैन। तिम्रो लागि त अपार सुख छ। महान् सुख हुँदा त दुःखको थाहै हुँदैन। संगममा तिमी दुवैलाई जान्न सक्छौ, अहिले हामी दुःखबाट सुखमा जाँदैछौं। मुख दिन तर्फ छ र खुट्टा रात तर्फ छ। यो दुनियाँलाई लात मार्नु छ अर्थात् बुद्धिले भुल्नु छ। आत्माले जान्दछ, अब फर्केर घर जानु छ, धेरै पार्ट खेलियो। यस्तो यस्तो आफैसँग कुरा गर्नु छ। अब जति बाबालाई याद गर्छौ, त्यति नै मैला निस्कन्छ। जति बाबाको सेवामा रहेर समान बनाउँछौ, त्यति नै बाबाको शो गर्छौ। बुद्धिमा छ– अब घर जानु छ। त्यसैले घरलाई नै याद गर्नुपर्छ। पुरानो घर भत्किन्छन्। अब कहाँ नयाँ घर, कहाँ पुरानो घर। रात-दिनको फरक छ। यो त हुबहु विषय वैतरणी नदी हो। एक-अर्कालाई पिट्दै, झगडा गरिरहन्छन्। बाबा आउनुभएको छ, अब धेरै लडार्इं शुरु भएको छ। यदि स्त्रीले विकार दिएनन् भने कति दुःख दिन्छन्। कति अत्याचार गर्छन्। कल्प पहिले पनि अत्याचार भएको थियो। त्यो अहिल्यैको कुरा गाइन्छ। देख्छौ नि कति पुकार गर्छन्। त्यही ड्रामाको पार्ट बजिरहेको छ। यो बाबाले जानून् या बच्चाहरूले जानून्, अरु कसैले जान्दैनन्। पछि गएर सबैले बुझ्नेछन्। गाउँछन् पनि– पतित-पावन, सबैका सद्गतिदाता बाबा हुनुहुन्छ। तिमीले कसैलाई पनि सम्झाउन सक्छौ– दुनियाँ स्वर्ग र नर्क कसरी बन्छ? आउनुहोस्, हामी तपाईंलाई सारा विश्वको इतिहास-भूगोल सम्झाउँछौं। यो बेहदको इतिहास-भूगोल ईश्वरले नै जान्नुहुन्छ या ईश्वरका बच्चा तिमीले नै जान्न सक्छौ। पवित्रता, सुख-शान्तिको कसरी स्थापना हुन्छ– यो इतिहास-भूगोललाई जानेपछि सबै कुरा जान्नेछौं। बेहदको बाबाबाट अवश्य बेहदको नै वर्सा लिन्छौं। आएर यसलाई बुझ्नुहोस्। टपिकहरू धेरै छन्। तिमी बच्चाहरूको त अब दिमाग नै भरपूर भएको छ। खुशीको कति पारा चढेको छ। सारा ज्ञान तिमी बच्चाहरूसँग छ। ज्ञानका सागर बाबाबाट ज्ञान मिलिरहेको छ। फेरि हामी नै गएर लक्ष्मी-नारायण बन्छौं। वहाँ फेरि यो ज्ञान रहँदैन। कति रहस्यमय बुझ्नुपर्ने कुरा छन्। बच्चाहरूले सिँढीलाई राम्रोसँग बुझ्यौ नि? यो चक्र ८४ को हो। अब मनुष्यहरूलाई पनि स्पष्ट गरेर सम्झाउनु छ। यसलाई अब स्वर्ग वा पावन दुनियाँ कहाँ भनिन्छ र? सत्ययुग बेग्लै हो, कलियुग बेग्लै कुरा हो। यो चक्र कसरी घुम्छ, यो सम्झाउन सजिलो छ। बुझाउँदा राम्रो लाग्छ। तर पुरूषार्थ गरेर यादको यात्रामा रहनु– यो धेरैबाट हुन सक्दैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलार्र्र्र्र्ई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालार्र्र्र्ई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) यो पुरानो देह र दुनियाँलाई बुद्धिद्वारा बिर्सेर बाबा र घरलाई याद गर्नु छ। सदा यही खुशीमा रहनु छ– अब हाम्रो सुखको दिन आउनै लाग्यो।

२) ज्ञानसागर बाबाबाट जुन ज्ञान मिलेको छ, त्यसलाई स्मरण गरेर दिमागलाई भरपुर राख्नु छ। देह-अभिमानमा आएर कहिल्यै पनि कुनै प्रकारको धोका खानु छैन।

वरदान:

संगमयुगको श्रेष्ठ चित्रलाई अगाडि राखेर भविष्यको दर्शन गर्ने त्रिकालदर्शी भव:-  

भविष्य भन्दा पहिले सर्व प्राप्तिहरूको अनुभव तिमी संगमयुगी ब्राह्मणहरूले गर्छौ। अहिले डबल ताज, तख्त, तिलकधारी, सर्व अधिकारीमूर्त बन्छौ। भविष्यमा त सुनको चम्चा हुन्छ नै तर अहिले हीरातुल्य बन्छौ। जीवन नै हीरा बन्छ। वहाँ सुन, हीराको झुलामा झुल्छौ, यहाँ बापदादाको काखमा, अतीन्द्रिय सुखको झुलामा झुल्छौ। त्यसैले त्रिकालदर्शी बनेर वर्तमान र भविष्यको श्रेष्ठ चित्रलाई हेर्दै सर्व प्राप्तिहरूलाई अनुभव गर।

स्लोगन:

कर्म र योगको सन्तुलनले नै परमात्म आशीर्वादको अधिकारी बनाउँछ।  




***OM SHANTI***

Google+ Followers