BK Murli 24 April 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 24 April 2016 Nepali

    १२ बैशाख 2072 आइतबार 24.04.2016 प्रातः मुरली मधुबन

    समर्थ कर्महरूको आधार– धर्म


    आज बापदादा आफ्ना विश्व परिवर्तक, विश्व कल्याणकारी बच्चाहरूलाई देखिरहनुभएको छ। जबदेखि ब्राह्मण जीवन भयो तबदेखि यही महान् कर्तव्यको संकल्प गरे। ब्राह्मण जीवनको मुख्य कर्म नै यो हो। मानव जीवनमा हरेक आत्माका विशेष दुई धारणाहरू हुन्छन्– एक धर्म, दोस्रो कर्म। धर्ममा स्थित हुनु छ र कर्म गर्नु छ। धर्म विना जीवनको कर्ममा सफलता मिल्न सक्दैन। धर्म अर्थात् विशेष धारणा। म को हुँ? यही धारणा अर्थात् धर्मको आधारमा मैले के गर्नु छ, त्यो बुद्धिमा स्पष्ट हुन्छ। चाहे यथार्थ धर्म अर्थात् धारणा होस्, चाहे अयथार्थ होस्। असमर्थ कर्म पनि अयथार्थ धारणा हो अर्थात् म मानव हुँ, मेरो धर्म नै मानव धर्म हो, जसलाई देह-अभिमान भन्दछौ। यही धर्मको आधारमा कर्म पनि उल्टो भयो। यस्तै ब्राह्मण जीवनमा पनि यो यथार्थ धारणा छ– म श्रेष्ठ आत्मा हुँ। म आत्मा शान्त, सुख, आनन्द स्वरुप हुँ। यही आधारमा कर्म बदलियो। यदि कर्ममा श्रेष्ठताको सट्टामा साधारण कर्म हुन्छ भने त्यसको पनि आधार यही धर्म अर्थात् धारणाको कमी हुन जान्छ– म श्रेष्ठ आत्मा हुँ, श्रेष्ठ गुणहरूको स्वरुप हुँ। त्यसैले जग के भयो? यही कारण धर्मात्मा शब्द भनिन्छ। तिमी सबै धर्मात्मा हौ नि। धर्मात्माहरूद्वारा स्वतः नै व्यर्थ वा साधारण कर्म समाप्त हुन जान्छ। पहिला यो चेक गर– सदा धर्ममा स्थित रहन्छु? तब कर्म स्वतः नै समर्थ चलिरहन्छ। यही पहिलो पाठ हो– म को? यही “म को” को प्रश्नमा सारा ज्ञान आइहाल्छ। म को, यही प्रश्नको उत्तर निकालेमा कति लामो लिस्ट बन्न जान्छ! अहिले भर्खरै सेकेण्डमा यदि स्मृतिमा ल्यायौ भने कति टाइटल याद आउँछन्! किनकि कर्मको आधारमा सबैभन्दा धेरै टाइटल तिम्रा छन्। जुन बाबाका टाइटल छन्, ती सबै तिम्रा पनि हुन्, सबैमा मास्टर भयौ नि! सारा कल्पमा टाइटल्सको लिस्ट यति लामो कसैको पनि छैन। देवताहरूको पनि छैन। केवल आफ्नो टाइटल्स लेख्न थाल्यौ भने पनि सानो पुस्तक बन्न सक्छ। यी यस संगमका टाइटल्स तिम्रा डिग्री हुन्। तिनीहरूको डिग्री जतिसुकै ठूलो होस् तर तिम्रो अगाडि त्यो केही पनि होइन। यति नशा रहन्छ? फेरि पनि शब्द यही आउँछ– म को? हरदिन नयाँ नयाँ टाइटल स्मृतिमा राख अर्थात् त्यही टाइटलको धारणा स्वरुप धर्मात्मा बनेर कर्म गर। कर्म गर्दा धर्मलाई नछोड, धर्म र कर्मको मेल हुनु– यही संगमयुगको विशेषता हो।

    जस्तो आत्मा र परमात्माको टुटेको सम्बन्धलाई बाबाले जोडिदिनुभयो, यस्तै धर्म र कर्मको सम्बन्धलाई पनि जोड, तब धर्मात्मा प्रत्यक्ष हुन्छन्। आज बापदादा सर्व बच्चाहरूको यही खेल देखिरहनुभएको थियो– कसले धर्म र कर्मको मेल गर्न सक्छन्? एउटालाई समात्छन्, अर्कोलाई छोडिदिन्छन्। जस्तो कर्मयोगमा, कर्म र योगको मेल छ, यदि दुवैमा एकलाई छोडिदिएमा यस्तो नै हुन्छ जस्तो झुला झुल्नमा दुवै डोरी जरुरी हुन्छ। यदि एक डोरी चुँडेमा वा तलमाथि भएमा वा लामो छोटो भएमा, समान नभएमा के हाल होला! यस्तै धर्म र कर्म दुवैको मेलबाट सर्व प्राप्तिहरूको झुलामा झुल्दै रहन्छौ। तल माथि भएमा प्राप्तिको झुलाबाट अप्राप्त स्वरुपको अनुभव गर्छौ। चल्दा-चल्दै चेक गर्न आउँदैन यसैले झुल्नुको सट्टा कराउन लाग्छौ– के गरुँ, कसरी गरुँ? जस्तै अज्ञानीहरूलाई भन्छौ– म को हुँ? यो पहेली (अलमलिने समस्या) जान्नु भएको छैन। यस्तै आफैंसँग सोध– म को हुँ? यो राम्रोसँग जानेका छौ? यसमा पनि तीन अवस्थाहरू छन्। एउटा छ जान्नु, दोस्रो छ स्वयंलाई मान्नु, तेस्रो छ मानेर चल्नु अर्थात् त्यो स्वरुप बन्नु। त्यसोभए कुनचाहिँ स्थितिसम्म पुगेका छौ? जान्नुमा त सबै पास छौ नि। मान्नुमा पनि सबै पास छौ। र, तेस्रो नम्बर छ– मानेर चल्नु अर्थात् स्वरुप बन्नु, यसमा के सम्झन्छौ? जब स्वरुप बनिसक्यौ भने स्वरुप भुल्न सक्छ र? ठीकै छ देह सम्झनु उल्टो हो तर स्वरुपसम्म आइसक्यौ भने बिर्सिन चाहेर पनि बिर्सिन सक्दैनौ। यस्तै हर टाइटललाई अगाडि राखेर हेर– स्वरुपमा ल्याएको छु? जसरी हरदिन बापदादा स्वदर्शन चक्रधारीको टाइटल स्मृतिमा दिलाउनुहुन्छ। त्यसैले चेक गर– स्वदर्शन चक्रधारी, यो संगमको स्वरुप हो। अब यो जान्नेसम्म ल्यायौ वा मान्नेसम्म वा स्वरुपसम्म? सदा स्वदर्शन चल्छ वा पर-दर्शनले स्वदर्शनलाई बिर्साइदिन्छ। यो देहलाई देख्नु पनि परदर्शन हो। स्व आत्मा हो, देह पर छ। प्रकृति हो, पर हो। प्रकृति भावमा आउनु पनि प्रकृतिको वशीभूत हुनु– यो पनि परदर्शन चक्र हो। जब आफ्नो देहलाई देख्नु पनि परदर्शन भयो भने अरुको देहलाई देख्नु यसलाई स्वदर्शन कसरी भन्ने! व्यर्थ संकल्प वा पुरानो संस्कार– यो पनि देहभानको सम्बन्धद्वारा हुन्छ। आत्मिक स्वरुपको संस्कार, जुन बाबाको संस्कार त्यो आत्माको संस्कार। बाबाको संस्कार जान्दछौ! उहाँ सदा विश्व कल्याणकारी, परोपकारी, दयावान, वरदाता... यस्तो संस्कार स्वाभाविक स्वरुपमा बनेका छन्? संस्कार बन्नु अर्थात् संकल्प, बोली र कर्म स्वतः नै त्यही अनुसार सहज चल्नु। संस्कार यस्तो चीज हो जुन स्वचालित रुपले आत्मालाई आफ्नो अनुसार चलाउँदै रहन्छ। संस्कार मानौं स्वचालित चाबी हो, जसको आधारमा चल्दै रहन्छौ। जस्तै खेलौनालाई नाँच्ने चाबी दिन्छन् भने त्यो नाँचिरहन्छ। यदि कसैलाई लड्ने उत्साह दिन्छौ भने लडिरहन्छ। यस्तै जीवनमा संस्कार पनि चाबी हो। त्यसैले बाबाको संस्कारलाई निजी संस्कार बनाएका छौ? जसलाई अर्को भाषामा भन्छौ– मेरो यो नेचर (स्वभाव) हो। बाबासमान नेचर होस्– सदा वरदानी, सदा उपकारी, सदा दयावान। त्यसपछि मेहनत गर्नु पर्छ? म को हुँ लाई स्वरुपमा ल्याऊ, यही धर्मलाई कर्ममा लागू गर तब भनिन्छ स्वरुपसम्म ल्यायौ। नत्र जान्ने र मान्नेको लिस्टमा जान्छौ। सदा यो स्मृति राख– मेरो धर्म नै यो हो। यही धर्ममा सदा स्थित होऊ, जेसुकै होस्, चाहे व्यक्ति, चाहे प्रकृति, चाहे परिस्थिति... तिम्रो स्लोगन छ धरत परिये, धर्म न छोडिये। यही स्लोगनलाई अथवा प्रतिज्ञालाई सदा स्मृतिमा राख।

    यस समय कल्प पहिला आएका पुराना सो नयाँ बच्चा आएका छन्। पुरानो भन्दा पुरानो पनि हौ र नयाँ पनि हौ। नयाँ बच्चा अर्थात् सबैभन्दा साना। साना सबैभन्दा प्यारा हुन्छन्। नयाँ पात सबैलाई सुन्दर लाग्छ नि। त्यसैले ठीकै छ नयाँ छौ, तर अधिकारमा नम्बरवन। यसरी नै सदा पुरूषार्थ गर्दै जाऊ। सबैभन्दा पहिलो अधिकार हो– पवित्रताको। त्यसको आधारमा सुख शान्ति सर्व अधिकार प्राप्त हुन जान्छ। त्यसैले पहिलो पवित्रताको अधिकार लिनमा सदा नम्बरवन बन। तब प्राप्तिमा पनि नम्बरवन हुन जान्छौ। पवित्रताको जगलाई कहिल्यै कमजोर नगर्नु, तब नै लास्ट सो फास्ट जानेछौ। बापदादालाई पनि बच्चाहरूलाई देखेर खुशी हुन्छ, फेरि आफ्नो अधिकार लिनको लागि पुगेका छन्, यसैले खुब दौड लगाऊ। अहिले पनि टूलेटको बोर्ड लागेको छैन। सबै सिटहरू खाली छन्, तोकिएको छैन। जुन नम्बर लिन चाहन्छौ, त्यो लिन सक्छौ, यतिका अटेन्शन राखेर चल। अधिकारी बन्दै जाऊ। योग्यताहरूलाई धारण गरेर योग्य बन्दै जाऊ।

    यस्ता बाबा समान सदा श्रेष्ठ धर्म र श्रेष्ठ कर्मधारी, सदा धर्म आत्मा, सदा स्वदर्शन चक्रधारी स्वरुप, सदा सर्व प्राप्ति स्वरुप, यस्ता श्रेष्ठ आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई नमस्ते।

    होवनहार टिचर्स कुमारीहरूको ग्रुपसँग बापदादाको भेटघाट

    यो ग्रुप होवनहार विश्व कल्याणकारी ग्रुप हो नि! यही लक्ष्य राखेका छौ नि। स्व कल्याण गरेर विश्व कल्याणकारी बन्छौं, यही दृढ संकल्प गरेका छौ नि? बापदादा हर निमित्त बनेका श्रेष्ठ आत्माहरूलाई देखेर खुशी हुनुहुन्छ, यी एक एक कुमारी अनेक आत्माहरूको कल्याण प्रति निमित्त बन्नेवाला हुन्। त्यसै पनि कुमारीलाई १०० ब्राह्मणहरू भन्दा उत्तम भन्छन् तर १०० पनि हद भयो। यी त सबै बेहदको विश्व कल्याणकारी हुन्। बेहदको हौ नि? हदको संकल्प पनि छैन। फेरि सबै एक अर्कासँग दौडमा अगाडि छौ वा नम्बरवार छौ? के सम्झन्छौ? हरेकमा आ-आफ्नो विशेषता त छ नै तर यहाँ सर्व विशेषताहरूले सम्पन्न छौ। जब सबै विशेषताहरू धारण गर्छौ, तब सम्पन्न बन्छौ। त्यसैले के लक्ष्य राखेका छौ? कुरा धेरै सानो छ, कुनै ठूलो कुरा छैन। संकल्प दृढ छ भने प्राप्ति स्वतः हुन जान्छ। यदि संकल्प मात्र छ, त्यसमा दृढता छैन भने पनि अन्तर पर्न जान्छ। कहिलेकाहीँ भन्छौ नि– विचार त छ, गर्नु त पर्ने हो, यसलाई दृढ संकल्प भनिदैन। दृढ संकल्प अर्थात् गर्नु नै छ, हुनु नै छ। “त” शब्द हुँदैन। बन्नु त छ, होइन। बन्नु नै छ। यो लक्ष्य राखेमा नम्बरवन हुन जान्छौ। सहज जीवन अनुभव हुन्छ? मुश्किल त लाग्दैन? कलेजको वातावरणले प्रभाव त पार्दैन? तिम्रो वातावरणले तिनीहरूमाथि प्रभाव पार्छ? सदा निर्विघ्न बन। स्वलाई देख्नु अर्थात् निर्विघ्न बन्नु। सुनाएँ नि– बाबाको संस्कार नै आफ्नो संस्कार, फेरि त केवल निमित्त मात्र गरिरहेका छु, गराउनेवाला बाबा हुनुहुन्छ। गर्ने-गराउनेवाला जुन गायन छ, त्यो यस समयको नै प्राक्टिकल अनुभव हो। राम्रो नमुना बनेका छौ। सदा सपूत बनेर सबुत दिंदै रहनु। सपूत उनलाई भनिन्छ जसले सबुत दिन्छन्। कहिल्यै आपसमा खिटपिट त हुँदैन? ज्ञानी हुनाले एक अर्काको संस्कारलाई जानेर संस्कार परिवर्तनको लगनमा रहन्छौ। यो सोच्दैनौ– यी त यस्तै नै छन्। होइन, यी यस्तोबाट यस्तो कसरी बनून्, यो सोच्दछौ। दयावान बन्छौ। घृणा दृष्टि होइन, दयाको दृष्टि किनकि ज्ञानी भइसक्यौ नि। सहज जीवन र श्रेष्ठ प्राप्ति, यो जस्तो भाग्य अरु कुनै समय मिल्न सक्छ? राम्रा सेवाधारी हात हौ, यसरी नै हातहरू निस्कदै जाऊन्। धेरै राम्रो। हिम्मत बच्चाको मदत बाबाको। शक्तिहरू त हुन् नै विजयी। शक्तिको विजय नहोस्– यो हुन सक्दैन। 

    दोस्रो ग्रुपः– (व्यक्तिगत भेटघाट)

    १) यस वर्ष हरेक बच्चालाई यो विशेष ध्यान दिनु छ– मैले तीनवटै प्रमाणपत्र (मनपसन्द, लोकपसन्द र बापपसन्द) लिनु छ। मनपसन्दको प्रमाणपत्र छ वा छैन त्यसको परख बापदादाको कोठामा गएर गर्न सक्छौ। किनकि त्यस समय बाबा बन्नुहुन्छ दर्पण र त्यो दर्पणमा जे देखिन्छ, त्यो स्पष्ट देखिनेछ। यदि त्यस समय बाबाको अगाडि आफ्नो मनले प्रमाणपत्र दिन्छ– म ठीक छु भने सम्झ ठीक, यदि त्यस समय मनमा चल्छ यो ठीक छैन भने आफूलाई परिवर्तन गरिदिनु पर्छ। यदि सम्झ, धेरैले कुनै कुराको लागि ईशारा दिन्छन् तर स्वयंलाई लाग्दैन म गलत छु, फेरि पनि जब लोक संग्रह प्रति माथिबाट निर्देशन मिल्छ– यो ध्यान राख। तब त्यस समय आफ्नो चलाउनु हुँदैन किनकि यदि सत्यताको शक्ति छ भने सत्यलाई भनिन्छ नै सत्यता महानता हो। र, महान् उनै हुन् जो स्वयं झुक्छन्। यदि मानौं कल्याण अर्थ झुक्नु पनि पर्छ भने त्यो झुक्नु होइन, महानता हो। अनेकौंको सेवा अर्थ महान्लाई झुक्नु नै पर्छ।

    त्यसैले यो विशेष ध्यान राख। यसैमा नै अलबेलापन आउँछ। म ठीक छु, ठीक त छौ तर जो ठीक रहन सक्छ, उसले स्वयंलाई मोल्ड पनि गर्न सक्छ। यदि मानौं अरुलाई मेरो कुनै चलनबाट कुनै संकल्प पनि उत्पन्न हुन्छ भने स्वयंलाई मोल्ड गर्दा नोक्सान नै के छ र! फेरि पनि सबैको आशीर्वाद त मिलि नै हाल्छ। यो आशीर्वाद पनि फाइदा भयो नि। किन, के मा नजाऊ। यो किन, यो यसरी हुन्छ, त्यसरी हुन्छ, यसलाई फुलस्टप लगाऊ। अब यो विशेषता चारैतर्फ लाइट हाउस जसरी फैलाऊ। यसलाई भनिन्छ– एउटाले भन्यो अर्कोले मान्यो अर्थात् अनेकौंलाई सुख दिने निमित्त बन्यौ। यसमा यो नसोच– म तल परें। होइन। गल्ती हुन गयो तब मैले परिवर्तन गरिरहेको छु, सेवाको लागि स्थूलमा पनि केही मेहनत गर्नुपर्छ नि। त्यसैले श्रेष्ठ, महान् आत्मा बन्नको लागि अलिकति परिवर्तन गर्यौ भने पनि हर्जा नै के छ! यसमा हे अर्जुन बन, यसले वातावरण बन्छ। एकबाट दुई, दुईबाट तीन। यदि कोही गलत छ, उसले मानिहाल्यो भने यो कुनै ठूलो कुरा भएन तर गल्ती छैन तर लोक संग्रह अर्थ गल्ती स्वीकार गर्नुपर्छ। यो हो महानता। यसमा यदि कसैले सम्झाउँछ– यसले यो गर्यो अर्थात् तल झार्यो, यसरी अरुले ठीक वा बेठीक सम्झदैमा केही हुँदैन। बाबाको लिस्टमा त नम्बर अगाडि छ नि। यसलाई दबिनु भनिदैन। यो पनि ब्राह्मणहरूको भाषा हुन्छ नि– कहाँसम्म दबिने, कहाँसम्म मर्ने, कहिलेसम्म सहन गर्ने? यदि यहाँ दबियौ भने पनि अनेकौंले तिम्रो पाउ दबाउनेछन्। यो दबिनु होइन, अनेकौंको लागि पूज्य बन्नु हो। महान् बन्नु हो। 

    २) यस वर्ष यस्तो कुनै नयाँ योजना बनाऊ, जस्तै मोहजित परिवारको कहानी सुनाउँछौ, जुन सम्बन्धीकहाँ गयो, उसलाई ज्ञान सुनायो। त्यस्तै यहाँ पनि तिमी बच्चाहरूसँग जब पनि कोही मिल्न आउँछ भने उसलाई यही अनुभव होस्– म कुनै फरिश्तासँग मिलिरहेको छु। आउनासाथ उसलाई जादू लागिहालोस्। जहाँ गए पनि, जोसँग मिले पनि उसलाई जादूको नै अनुभव होस्। जस्तै शुरु-शुरुमा बाबालाई देख्यौ। मुरली सुन्यौ, परिवारलाई देख्दा मस्त हुन जान्थे, यस्तै अहिले पनि जे सोचेर आएका छन् त्योभन्दा पदमगुणा अनुभव गरेर जाऊन्। यस्तो अब योजना बनाऊ। दृढ संकल्पले सबै कुरा हुन सक्छ। यदि एउटाले यस्तो अनुभव गरायो भने सबैले उसलाई अनुसरण गर्नेछन्। 


    वरदान:

    सन्तुष्टताको विशेषता वा श्रेष्ठताद्वारा सबैको इष्ट बन्ने वरदानीमूर्त भव:-  

    जो सदा स्वयंसँग र सर्वसँग सन्तुष्ट रहन्छन्, उनै अनेक आत्माहरूको इष्ट वा अष्ट देवता बन्न सक्छन्। सबैभन्दा ठूलो गुण भन, दान भन वा विशेषता वा श्रेष्ठता भन– त्यो सन्तुष्टता नै हो। सन्तुष्ट आत्मा नै प्रभु प्रिय, लोक प्रिय र स्वयं प्रिय हुन्छन्। यस्तो सन्तुष्ट आत्मा नै वरदानी रुपमा प्रसिद्ध हुन्छ। अब अन्त्यको समयमा महादानी भन्दा पनि बढी वरदानी रुपद्वारा सेवा हुनेछ।

    स्लोगन:

    जसको मस्तकमा सदा विजयको तिलक चम्किन्छ, उनै विजयी रत्न हुन्।  




    ***OM SHANTI***