BK Murli 25 April 2016 Nepali

BK Murli 25 April 2016 Nepali

2073 वैशाख 13 सोमबार 

“मीठे बच्चे– भोलानाथ परमप्रिय बाबा तिम्रो सम्मुख बस्नुभएको छ, तिमीले प्यारसँग याद गर्यौ भने लगन बढ्दै जान्छ, विघ्न समाप्त हुन्छ।”  

प्रश्न:

ब्राह्मण बच्चाहरूलाई कुनचाहिँ कुरा सदा याद रह्यो भने कहिल्यै पनि विकर्म हुँदैन?

उत्तर:

जुन कर्म मैले गर्छु, मलाई हेरेर अरुले पनि गर्छन्– यो याद रह्यो भने विकर्म हुँदैन। यदि कसैले लुकाएर पनि पाप कर्म गर्छ भने धर्मराजसँग लुक्न सक्दैन, तुरून्तै त्यसको सजाय मिल्छ। पछि गएर अझै कडा नियम (मार्शल ल) हुनेछ। यस इन्द्र सभामा कुनै पतित लुकेर बस्न सक्दैन।

गीत-

भोलेनाथ से निराला.....

ओम् शान्ति।

ओम् शान्ति। मीठा-प्यारा रुहानी बच्चाहरूले जान्दछन्– अहिले रुहानी बाबाले हामीलाई यस सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान सुनाइरहनु भएको छ। उहाँको नामै हो भोलानाथ। पिता धेरै भोला हुन्छन्, कति कष्ट सहेर पनि बच्चाहरूलाई पढाउँछन्, सम्हाल्छन्। फेरि जब बढेपछि सबै कुरा उनैलाई सुम्पिएर स्वयं वानप्रस्थ अवस्था लिन्छन्। सम्झन्छन्– मैले आफ्नो कर्तव्य पूरा गरेँ, अब बच्चाहरूले जानून्। त्यसैले पिता भोला भए नि। यो पनि अहिले तिमीलाई बाबाले सम्झाउनु हुन्छ किनकि स्वयं भोलानाथ हुनुहुन्छ। त्यसैले हदका पिताको लागि पनि सम्झाउनुहुन्छ– उनी कति भोला छन्। ती भए हदका भोला। यहाँ हुनुहुन्छ फेरि बेहदका भोलानाथ बाबा। परमधामबाट आउनुहुन्छ, पुरानो दुनियाँ, पुरानो शरीरमा। त्यसैले मनुष्यले सम्झन्छन्– पुरानो पतित शरीरमा कसरी आउनुभयो होला? नजानेका हुनाले पावन शरीर भएका कृष्णको नाम राखिदिएका छन्। यिनै गीता, वेद, शास्त्र आदि फेरि पनि बन्छन्। हेर, शिवबाबा कति भोला हुनुहुन्छ। आउनुहुन्छ, तैपनि यस्तो अनुभव गराउनुहुन्छ, मानौं बाबा यहीँ बसिरहनु भएको छ। यी साकार बाबा पनि भोला छन् नि। कुनै दोसल्ला छैन, कुनै टीका आदि छैन। साधारण बाबा त बाबा नै हुनुहुन्छ। बच्चाहरूले जान्दछन्– यो सारा ज्ञान शिवबाबाले नै दिनुहुन्छ, अरु कसैको तागत छैन जसले दिन सकून्। दिन-प्रतिदिन बच्चाहरूको लगन बढ्दै जान्छ। जति बाबालाई याद गर्छौ, उति प्यार बढ्छ। बाबा परमप्रिय हुनुहुन्छ नि। अहिले मात्रै होइन, भक्तिमार्गमा पनि तिमीले परमप्रिय सम्झन्थ्यौ। भन्दथ्यौ– बाबा जब हजुर आउनुहुन्छ, सबै सँगको प्यार छोडेर एक बाबासँग प्यार गर्नेछौं। तिमीले अहिले जान्दछौ पनि, तर मायाले त्यति प्यार गर्न दिँदैन। मायाले यसले मलाई छोडेर बाबाको याद गरोस् भन्ने चाहँदैन। उसले चाहन्छ देह-अभिमानी बनेर मलाई प्यार गरोस्। मायाले यही चाहन्छ त्यसैले कति विघ्न पार्छ। तिमीले विघ्नलाई पार गर्नुपर्छ। बच्चाहरूले केही मेहनत त गर्नुपर्छ नि। पुरूषार्थद्वारा नै तिमीले आफ्नो प्रारब्ध पाउँछौ। बच्चाहरूले जानेका छन्, उच्च पद पाउनको लागि कति पुरूषार्थ गर्नुपर्छ। एक त विकारको दान दिनु छ, अर्को बाबाद्वारा जुन अविनाशी ज्ञान रत्नको धन मिल्छ, त्यो दान गर्नु छ। जुन अविनाशी धनबाट नै तिमी यति धनवान बन्छौ। ज्ञान हो आम्दानीको स्रोत। त्यो हो शास्त्रको दर्शन, यो हो आध्यात्मिक ज्ञान। शास्त्र आदि पढेर पनि धेरै कमाउँछन्। एक कोठामा ग्रन्थ आदि राखिदियो, थोरै केही सुनाए अनि आम्दानी हुन्छ। त्यो कुनै यथार्थ ज्ञान होइन। यथार्थ ज्ञान एक बाबाले नै दिनुहुन्छ। जबसम्म कसैलाई यो रुहानी ज्ञान मिल्दैन, तबसम्म ती शास्त्रहरूको दर्शन बुद्धिमा हुन्छ। तिम्रो कुरा सुन्दैनन्। तिमीहरू छौ धेरै कम। यो त शतप्रतिशत निश्चित छ, यो रुहानी ज्ञान बच्चाहरूले रुहानी बाबासँग लिएका हुन्। ज्ञान आम्दानीको स्रोत हो। धेरै धन मिल्छ। योगद्वारा स्वास्थ्यको स्रोत अर्थात् निरोगी देह मिल्छ। ज्ञानद्वारा सम्पन्नता। यी हुन् दुई मुख्य विषय। फेरि कसैले राम्ररी धारण गर्छन्, कसैले कम धारण गर्छन्। त्यसैले वैभव पनि नम्बरवार थोरै मिल्छ। सजाय आदि खाएर पद पाउँछन्। पूरा याद गर्दैनन् भने विकर्म विनाश हुँदैन। फेरि सजाय खानुपर्छ। पद पनि भ्रष्ट हुन जान्छ। जसरी विद्यालयमा हुन्छ। यो हो बेहदको ज्ञान, यसैबाट बेडा पार हुन्छ। त्यस ज्ञानमा वकालत, डाक्टरी, इन्जिनियरिङ्ग पढ्नुपर्छ। यो त एउटै पढाइ हो। योग र ज्ञानद्वारा सदा स्वस्थ, सम्पन्न बन्छौ। राजकुमार बन्छौ। वहाँ स्वर्गमा कुनै वकिल, न्यायाधीश आदि हुँदैनन्। वहाँ धर्मराजको पनि आवश्यकता पर्दैन। न गर्भजेलमा सजाय, न धर्मराजपुरीको सजाय हुन्छ। गर्भ महलमा धेरै सुख हुन्छ। यहाँ त गर्भजेलमा सजाय खानुपर्छ। यी सबै कुरालाई तिमी बच्चाहरूले नै अहिले जान्दछौ। बाँकी शास्त्रहरूमा, संस्कृतमा श्लोक आदि मनुष्यले बनाएका हुन्। सोद्धछन्– सत्ययुगमा कुनचाहिँ भाषा हुन्छ? बाबाले सम्झाउनुहुन्छ, जो देवताहरूको भाषा हुन्छ, त्यही चल्छ। त्यहाँको जुन भाषा हुन्छ, त्यो कहीँ हुन सक्दैन। यस्तो हुन सक्दैन वहाँ संस्कृत भाषा होस्। देवताहरू र पतित मनुष्यहरूको एउटै भाषा हुन सक्दैन। त्यहाँको जुन भाषा हुन्छ त्यही चल्छ। यो सोधिरहनु पर्दैन। पहिला बाबाबाट वर्सा त लेऊ। जो कल्प पहिला भएको थियो, त्यही हुन्छ। पहिला वर्सा लेऊ, अरु कुरा सोद्धै नसोध। ठीकै छ, ८४ जन्म भएन ८० वा ८२ भयो, यी कुरालाई तिमीले छोडिदेऊ। बाबा भन्नुहुन्छ– अल्फलाई याद गर। स्वर्गको बादशाही अवश्य मिल्छ नि। अनेक पटक तिमीले स्वर्गको बादशाही लिएका छौ। माथिबाट झर्नु पनि छ। अहिले तिमी मास्टर ज्ञानसागर, मास्टर सुखका सागर बन्छौ। तिमी पुरूषार्थी हौ। बाबा त सम्पूर्ण हुनुहुन्छ। बाबामा जुन ज्ञान छ त्यो बच्चाहरूमा छ। तर तिमीलाई सागर भनिदैन। सागर त केवल एक हुन्छ, केवल अनेक नाम राखिदिएका छन्। बाँकी तिमी हौ ज्ञान सागरबाट निस्किएका ज्ञान नदीहरू। तिमी हौ मानसरोवर, नदीहरू। नदीहरूको नाम पनि हुन्छ। ब्रह्मपुत्रा धेरै ठूलो नदी हो। कलकत्तामा नदी र सागरको संगम छ। त्यसको नाम पनि छ, डायमण्ड बन्दरगाह। तिमी ब्रह्मा मुख वंशावली, हीरा जस्तो बन्छौ। धेरै ठूलो मेला लाग्छ। बाबा यस ब्रह्मा तनमा आएर प्यारा बच्चाहरूसँग मिलन गर्नुहुन्छ। यी सबै बुझ्ने कुरा हुन्। फेरि पनि बाबा भन्नुहुन्छ– मनमनाभव। बाबालाई याद गरिराख। उहाँ परमप्रिय, सबै सम्बन्धहरूको सेक्रिन हुनुहुन्छ। ती सबै सम्बन्धीहरू हुन् विकारी। त्यसबाट दुःख मिल्छ। बाबाले तिमीलाई सबै प्राप्ति गराउनु हुन्छ। सर्व सम्बन्धको प्यार दिनुहुन्छ, कति सुख दिनुहुन्छ। अरु कसैले यति सुख दिन सक्दैन। कसैले दिन्छन् भने पनि अल्पकालको लागि। जसलाई नै संन्यासीहरूले काग-विष्टा समानको सुख भन्दछन्। दुःखधाममा त अवश्य दुःख नै हुन्छ। तिमी बच्चाहरूले जान्दछौ– हामीले यहाँ अनेक पटक पार्ट खेलेका छौं। तर हामीले उँच पद कसरी प्राप्त गर्ने? यो चिन्ता हुनुपर्छ। धेरै पुरूषार्थ गर्नु छ ताकि हामी फेल हुन नपरोस्। राम्रो अंक ल्याएर पास भयौं भने उच्च पद पाइन्छ र खुशी पनि हुन्छ। योगमा सबै बराबर हुन सक्दैनन्। धेरै गोपिकाहरू छन्, जो कहिल्यै मिलन भएका पनि छैनन्। बाबासँग मिलन गर्नको लागि तड्पिन्छन्। साधु-संन्यासीहरूसँग तड्पिने कुरा हुँदैन। यहाँ त शिवबाबासँग मिलन गर्न आउँछन्। अनौठो कुरा छ नि। घरमा बसेर याद गर्छन्, शिवबाबा हामी हजुरका बच्चाहरू हौं। आत्मालाई स्मृति आउँछ। तिमी बच्चाहरूले जान्दछौ– हामीले कल्प-कल्प शिवबाबाद्वारा वर्सा लिन्छौं। उहाँ बाबा नै कल्प पछि आउनुभएको छ। त्यसैले नभेटिरहन सक्दैनन्। आत्माले जान्दछ– बाबा आउनुभएको छ। शिवजयन्ती पनि मनाउँछन्, तर केही पनि जान्दैनन्। शिवबाबा आएर पढाउनु हुन्छ, यो कुरा केही पनि जान्दैनन्। नाम मात्रको शिवजयन्ती मनाउँछन्। बिदा पनि दिँदैनन्। वर्सा जसले दिनुभयो, उहाँको केही महत्व छैन। जसलाई वर्सा दिनुभयो (कृष्णलाई) उनको नाम प्रख्यात गरिदिएका छन्। बाबा आएर स्वर्ग बनाउनुहुन्छ। सबैलाई मुक्ति दिनुहुन्छ। चाहन्छन् पनि सबैले। तिमीले जान्दछौ– मुक्ति पछि जीवनमुक्ति मिल्छ। बाबा आएर मायाको बन्धनबाट मुक्त गर्नुहुन्छ। बाबालाई भनिन्छ सर्वका सद्गतिदाता। जीवनमुक्ति त सबैलाई प्राप्त हुन्छ, नम्बरवार पुरूषार्थ अनुसार। बाबा भन्नुहुन्छ– यो हो पतित दुनियाँ दुःखधाम। सत्ययुगमा तिमीलाई कति सुख मिल्छ। त्यसलाई भनिन्छ– बहिश्त। अल्लाहले बहिश्त किन रचना गर्नुभयो? के केवल मुसलमानहरूको लागि रचना गर्नुभयो? आ-आफ्नो भाषामा कसैले स्वर्ग भन्छन्, कसैले बहिश्त भन्छन्। तिमीले जान्दछौ– स्वर्गमा केवल भारतखण्ड मात्रै हुन्छ। यी सबै कुरा तिमी बच्चाहरूको बुद्धिमा नम्बरवार पुरूषार्थ अनुसार बसेको छ। एक मुसलमानले पनि भन्दथ्यो– म अल्लाहको बगैंचामा गएँ। यो सबै साक्षात्कार हुन्छ। ड्रामामा पहिल्यैबाट निश्चित छ। ड्रामामा जो हुन्छ, सेकेण्ड पार भयो– भनिन्छ कल्प पहिला पनि भएको थियो। भोलि के हुन्छ, त्यो थाहा छैन। ड्रामामा निश्चय हुनुपर्छ, जसबाट कुनै चिन्ता हुँदैन। मलाई त बाबाले हुकुम दिनुभएको छ– म एकलाई याद गर अनि आफ्नो वर्सालाई याद गर। सबै समाप्त हुनु नै छ। कोही एक अर्काको लागि रून पनि सक्दैनन्। मृत्यु आयो र गयो, रूने फुर्सदै रहँदैन। आवाजै आउँदैन। आजकल त मनुष्यहरू खरानी लिएर कति परिक्रमा गर्छन्। भावना बसेको हुन्छ। सबै समय खेर फाल्नु हो........ यसमा राखेको नै के छ। माटो, माटोमा मिल्छ। यसद्वारा दुनियाँ पावन बन्छ र? पतित दुनियाँमा जुन काम गर्छन्, पतित नै गर्छन्। दान-पुण्य आदि पनि गर्दै आएका छन्। के भारतखण्ड पावन बन्यो त? सिँढी झर्नु नै छ। सत्ययुगमा सूर्यवंशी बन्यौ। फेरि सिँढी झर्नु पर्यो, बिस्तारै-बिस्तारै गिर्छन्। कति नै यज्ञ-तप आदि गर्छन् फेरि पनि अर्को जन्ममा अल्पकालको फल मिल्छ। कसैले नराम्रो कर्म गर्छ भने त्यसको प्रतिफल उसलाई मिल्छ। बेहदका बाबाले जान्नुहुन्छ बच्चाहरूलाई पढाउन आएको हुँ। तन पनि साधारण लिनुभएको छ। कुनै तिलक आदि लगाउने आवश्यकता छैन। तिलक त भक्तहरूले ठूला-ठूला लगाउँछन्, तर कति ठग्छन्। बाबाले भन्नुभएको छ– म साधारण तनमा आउँछु, आएर बच्चाहरूलाई पढाउँछु। वानप्रस्थ अवस्था भयो। कृष्णको नाम किन राखे? निर्णय गर्ने पनि बुद्धि छैन। अहिले बाबाले ठीक-बेठीक चिन्ने बुद्धि दिनुभएको छ। 

बाबा भन्नुहुन्छ– तिमीले यज्ञ-तप, दान-पुण्य गर्दै, शास्त्र पढ्दै आयौ। के ती शास्त्रमा केही छ? मैले त तिमीलाई राजयोग सिकाएर विश्वको बादशाही दिएँ या कृष्णले दिए? निर्णय गर। भन्दछन्– बाबा हजुरले नै सुनाउनुभएको थियो। कृष्ण त साना राजकुमार हुन्, उनले कसरी सुनाउँछन्! बाबा हजुरकै राजयोगबाट हामी यो बन्छौं। बाबा भन्नुहुन्छ– शरीरको भर छैन। धेरै पुरूषार्थ गर्नु छ। बाबालाई समाचार सुनाउँछन् फलाना धेरै राम्रो निश्चयबुद्धि भएको छ। मैले त भन्छु– बिल्कुलै निश्चय छैन, जसलाई धेरै प्यार गरेँ आज छैनन्। बाबा त सबैसँग प्यारसँग चल्नुहुन्छ। जस्तो कर्म मैले गर्छु, मलाई हेरेर अरुले गर्छन्। कति त विकारमा जान्छन्, फेरि आएर लुकेर बस्छन्। बाबाले त तुरून्तै सन्देशीलाई बताइदिनुहुन्छ। यस्तो कर्म गर्नेहरू धेरै कमजोर हुँदै जान्छन्। अगाडि जान सक्दैनन्। अन्त्यको कमजोर समयमा कसैले केही गर्छ भने एकदम जंगी शासन चलाउँछन्। पछि गएर तिमीले धेरै देख्नेछौ। बाबाले के-के गर्नुहुन्छ। बाबाले कहाँ सजाय दिनुहुन्छ, धर्मराजद्वारा दिलाउनुहुन्छ। ज्ञानमा प्रेरणाको कुरा हुँदैन। भगवानलाई त सबै मनुष्यले भन्दछन्– हे पतित-पावन आउनुहोस्, हामीलाई पावन बनाउनुहोस्। सबै आत्माहरूले कर्मेन्द्रियहरूद्वारा पुकार्छन्। बाबा हुनुहुन्छ ज्ञानका सागर । उहाँसँग धेरै किसिमका सामान छन्। यस्तो सामान फेरि अरु कसैसँग छैन। कृष्णको महिमा बिल्कुलै भिन्नै छ। बाबाको शिक्षाद्वारा यी लक्ष्मी-नारायण कसरी बने? बनाउने त बाबा नै हुनुहुन्छ। बाबा आएर कर्म, अकर्म, विकर्मको गति बताउनुहुन्छ। अहिले तेस्रो नेत्र खुलेको छ। तिमीले जान्दछौ– ५ हजार वर्षको कुरा हो। अब घर जानु छ, पार्ट खेल्नु छ। यो स्वदर्शन चक्र हो नि। तिम्रो नाम हो स्वदर्शन चक्रधारी, ब्राह्मण कुल भूषण, प्रजापिता ब्रह्माकुमार-कुमारीहरू। लाखौंको संख्यामा स्वदर्शन चक्रधारी बन्छन्। तिमीले कति ज्ञान पढ्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) यो समय धेरै नाजुक छ त्यसैले कुनै पनि उल्टो कर्म गर्नु हुँदैन। कर्म-अकर्म-विकर्मको गतिलाई ध्यानमा राखेर सदा श्रेष्ठ कर्म गर्नु छ।

२) योगद्वारा सदाको लागि आफ्नो काया निरोगी बनाउनु छ। एक परमप्रिय बाबालाई नै याद गर्नु छ। बाबाद्वारा जुन अविनाशी ज्ञान धन मिल्छ, त्यो दान गर्नु छ।

वरदान:

एकैचोटि तीन रुपद्वारा सेवा गर्ने मास्टर त्रिमूर्ति भव  

जसरी बाबा सदा तीन स्वरुपद्वारा सेवामा उपस्थित हुनुहुन्छ– बाबा, शिक्षक र सतगुरू। त्यस्तै तिमी बच्चाहरूले पनि हर सेकेण्ड मन, वाणी र कर्म तीनैद्वारा साथ-साथै सेवा गर्यौ भने भनिन्छ मास्टर त्रिमूर्ति। मास्टर त्रिमूर्ति बनेर जो हर सेकेण्ड तीनै रुपबाट सेवामा उपस्थित रहन्छन्, उनैले विश्व-कल्याण गर्न सक्छन् किनकि यति ठूलो विश्वको कल्याण गर्नको लागि जब एउटै समयमा तीनै रुपबाट सेवा हुन्छ अनि यो सेवाको कार्य समाप्त हुन्छ।

स्लोगन:

उच्च ब्राह्मण त्यो हो, जसले आफ्नो शक्तिद्वारा नराम्रोलाई राम्रोमा परिवर्तन गरिदिन्छ।   



***OM SHANTI***

Google+ Followers