BK Murli 4 April 2016 In Nepali
22 चैत्र 2072 सोमबार 03.04.2016 प्रातः मुरली मधुबन
“मीठे बच्चे– अब यो कलियुग समाप्त हुँदैछ त्यसैले तिमीले यसलाई लात मार्नु छ, आफ्नो मुख स्वर्गतर्फ गर्नु छ।”
प्रश्न:
बाबाले आफ्ना बच्चाहरूलाई पुण्य आत्मा बन्ने कुनचाहिँ विधि बताउनु हुन्छ?
उत्तर:
प्यारा बच्चाहरू! पुण्य आत्मा बन्नको लागि अभुल बन। रावणले तिमीद्वारा धेरै भूल गरायो, भूल गर्दा-गर्दा तिमी पापात्मा बन्यौ। क्रोध अथवा कामको भूल रावणले गराउँछ। बाबा आउनुभएको छ तिमीलाई यी विकारहरूमाथि विजयी बनाउन। अब तिमी अभुल बनेर निर्विकारी बन। प्यारा बच्चाहरू! पुण्य आत्मा बन्नको लागि अभुल बन। रावणले तिमीद्वारा धेरै भूल गरायो, भूल गर्दा-गर्दा तिमी पापात्मा बन्यौ। क्रोध अथवा कामको भूल रावणले गराउँछ। बाबा आउनुभएको छ तिमीलाई यी विकारहरूमाथि विजयी बनाउन। अब तिमी अभुल बनेर निर्विकारी बन।
गीतः–
छोड भी दे आकाश सिंहासन............
ओम् शान्ति।
यो कसले पुकार्यो बाबालाई? बच्चाहरूले पुकारे बाबा! अब यो जुन महतत्व सिंहासन छ, जहाँ आत्माहरू र परमात्मा रहन्छन्। बाबा र बच्चाहरू दुवै शान्तिधामका निवासी हुन्। पुकार्छन् बाबालाई। भगवानलाई नै बाबा भनिन्छ। बाबाले सम्झाउनुभएको छ– १०८ को माला बन्छ। यो कसको माला हो? पुज्नेहरूले जान्दैनन्। माथि शिवबाबा हुनुहुन्छ निराकार। उहाँको शरीर छैन। उहाँलाई नै पुकार्छन्– हे पतित-पावन, ओ गड फादर, ज्ञानको सागर, शान्तिको सागर...... यो बच्चाहरूले बाबाको महिमा गर्दै आएका छन्, तर बाबालाई चिन्दैनन्, यो पनि ड्रामामा निश्चित छ। सुख र दुःखको खेल हो। शान्तिधामबाट यहाँ आउँछन् पार्ट खेल्न। वास्तवमा आत्मा शान्तिधामको निवासी हो फेरि पार्ट खेल्न कर्ममा आउनुपर्छ। सबैभन्दा उच्च सर्वका सद्गति दाता वा विश्वको मालिक बनाउने बाबा हुनुहुन्छ। लक्ष्मी-नारायण सारा विश्वको मालिक थिए, जसको मन्दिर बनाएर पूजा गर्छन्। जहाँ-तहीँ मन्दिर छन्। तर यो कसैले जान्दैनन्–लक्ष्मी-नारायणले यो राज्य कसरी प्राप्त गरे? सत्ययुग आदिमा विश्वको मलिक थिए, अरु कुनै धर्म थिएन। त्यसलाई भनिन्छ आदि सनातन देवी देवता धर्म। यो कुरा बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ। भन्दछन् पनि– रुप परिवर्तन गरेर आउनुहोस्। जो पनि आत्माहरू पार्ट खेल्न आउँछन्, उनीहरू त आमाको गर्भमा प्रवेश गर्छन्। सबैलाई आ-आफ्नो पार्ट मिलेको छ। ब्रह्मा-विष्णु-शंकरको पनि आ-आफ्नो सूक्ष्म शरीर छ। उनीहरूलाई भगवान भनिदैन। ब्रह्मा देवताय नमः, विष्णु देवताय नमः, शिव परमात्माय नमः भनिन्छ। यो पनि जान्दैनन्– शिव निराकार अलग हुनुहुन्छ, शंकर अलग हुन्। उनलाई शंकर देवता, उहाँलाई शिव परमात्मा भनिन्छ। शिव र शंकर एउटै हुन सक्दैन, यति पनि बुद्धि छैन। उहाँ हुनुहुन्छ सबैभन्दा उच्च हाम्रो पिता। ब्रह्मा, विष्णु, शंकर सूक्ष्मवतनका रचना हुन्। रचयिता बाबा नै सबैका परमप्रिय बाबा हुनुहुन्छ। तिमी माता-पिता हामी बालक तिम्रो...। यो महिमा पनि उहाँको गायन गरिन्छ। पुकार्छन्– बाबा आउनुहोस् किनकि मायाको छायाँ परेको छ। रावण राज्य हो नि। तिमी बच्चाहरूले अहिले जान्दछौ– निराकार बाबा अहिले रुप परिवर्तन गरेर साकारमा आउनु भएको छ। बाबा निराकारबाट साकारमा नआएसम्म राजयोगका ज्ञान कसरी सिकाउनु हुन्छ? त्यसैले बाबा भन्नुहुन्छ– म साधारण तनमा अस्थायी रुपमा आउँछु। ब्राह्मणहरूलाई खुवाउँछन् नि। भन्दछन्– मेरी स्त्रीको श्राद्ध हो अथवा बुवाको श्राद्ध हो अर्थात् उनको आत्मालाई आह्वान गर्छन्। उनको लागि सबै कुरा तयार राख्छन्। तर शरीर त समाप्त भयो, ऊ त आउन सक्दैन। उनको आत्मालाई आह्वान गर्छन्। आत्मालाई बोलाइन्छ फेरि उसँग सोध्छन्, तिमी सुखी छौ? कहाँ रहन्छौ? पहिला धेरै चलन थियो। हुन त सबै ड्रामा अनुसारै हुन्छ। अहिले त तमोप्रधान भएका हुनाले त्यत्ति चल्दैन। बाबाले सम्झाउनु हुन्छ– जब त्यो आत्मा ब्राह्मणको शरीरमा आउन सक्छ भने के म आउन सक्दिनँ? म पनि आउँछु। यदा यदा हि... जब आफ्नो धर्म र कर्मलाई बिर्सिएर धर्म-भ्रष्ट बन्न पुग्छन् तब फेरि म आउँछु। देवी देवताहरू सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण, सम्पूर्ण निर्विकारी थिए। वहाँ योगबलद्वारा बच्चा पैदा हुन्छन्। जसरी अहिले तिमीलाई योगबल सिकाइन्छ, जसद्वारा तिमी विश्वको मालिक बन्छौ। यहाँ आएका नै छौ नरबाट नारायण बन्न, राजयोग सिक्न। यहाँ राजवंश स्थापना हुन्छ। सूर्यवंशी राजवंश थियो, फेरि पुनर्जन्म लिँदा-लिँदा चन्द्रवंशीमा आयौ, वृद्धि हुँदै गयो। सबैभन्दा उच्च हुनुहुन्छ पिता परमात्मा। जसरी आत्मा बिन्दु छ त्यस्तै परमात्माले पनि भन्नुहुन्छ– म पनि बिन्दु हुँ। म आएर साधारण तनमा प्रवेश गर्छु। तिमीलाई फेरि देवता बनाउँछु। तिमी वास्तवमा सूर्यवंशी थियौ, फेरि चन्द्रवंशी थियौ, फेरि वैश्य शूद्रवंशीमा आयौ। ८४ जन्मको वृतान्त कसैले जान्दैन। ८४ लाख जन्म होइन। त्यसो भए त चक्रको आयु धेरै लामो हुन्थ्यो। यो जो भन्दछन्– सत्ययुग लाखौं वर्षको हो। बाबा भन्नुहुन्छ– यो सबै मिथ्या ज्ञान हो। शास्त्रहरूको ज्ञान सबै भक्तिको ज्ञान हो, जसबाट कला कम हुँदै जान्छ। ज्ञानको सागर त एउटै बाबा हुनुहुन्छ। श्री कृष्णको महिमा भिन्नै छ, सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण..... अहिँसा परमो देवी-देवता धर्म। सबैभन्दा ठूलो हिँसा हो काम कटारी चलाउनु, त्यो वहाँ हुँदैन। बाबा भन्नुहुन्छ– यो कामलाई जित्यौ भने फेरि तिमी पवित्र बनेर पवित्र दुनियाँको मालिक बन्छौ। आधाकल्प देखि तिमी धेरै अपवित्र पाप आत्मा बनेका छौ। २१ जन्म सत्ययुग त्रेतामा धेरै सुखी थियौ। अहिले कलियुगको अन्त्यमा तिमी धेरै अपवित्र बनेका छौ। म आउँछु नै संगममा। जब पतित दुनियाँबाट पावन दुनियाँ बन्छ। यो कलियुग हो दुःखधाम, अँध्यारो रात। सत्ययुग हो दिन, जहाँ यी लक्ष्मी-नारायणको राज्य थियो। उनीहरू कसरी बने? यो बाबाले सम्झाउनु हुन्छ। गीता हो नै श्रीमत एक शिवबाबाको। श्रीकृष्णलाई वा लक्ष्मी-नारायणलाई ज्ञानका सागर भनिदैन। ज्ञान तिमीलाई अहिले प्राप्त भइरहेको छ, जसबाट तिमी मनुष्यबाट देवता बन्छौ। ज्ञानबाट नै तिमी स्वर्गको मालिक बन्छौ। बाँकी त सबै हुन् भक्ति मार्गका कथाहरू। भारतवर्ष सत्यखण्ड थियो फेरि द्वापरदेखि झुटखण्ड बनेको छ। सबैभन्दा पहिला सदैव याद गर परमप्रिय एक शिवबाबा हुनुहुन्छ– सबै आत्माहरूका पिता। फेरि लौकिक पिता त हरेकका आ-आफ्ना हुन्छन्, जसद्वारा हदको वर्सा मिल्छ। ती पनि हदका ब्रह्मा, हदका रचयिता भए र यी हुन् बेहदको रचयिता। बेहदको वर्सा दिनेवाला। आउनु पनि हुन्छ भारतमा। शिवबाबा आउनुभएको छ त्यसैले अवश्य सौगात ल्याउनु भएको छ। हत्केलामा स्वर्ग, स्वर्गको बादशाही लिएर आउनुहुन्छ। बच्चाहरूलाई पनि पिताको सम्पत्ति मिल्छ नि। तिमीले अहिले भन्छौ– हाम्रो शिवबाबा हुनुहुन्छ। शिवबाबाद्वारा स्वर्गको वर्सा मिल्छ, जसले साधारण तनमा बसेर राजयोग सिकाउनु हुन्छ। देवताहरूले त पतित दुनियाँमा पाउ राख्न सक्दैनन् भने कृष्ण कसरी आउँछन्? एउटै भूलले भारतवर्ष कति कंगाल बनेको छ। अहिले बाबा आएर तिमी बच्चाहरूलाई अभुल बनाउनु हुन्छ, जसबाट आधाकल्प कुनै भूल नहोस्। अभुल बनेपछि तिमी पुण्य आत्मा बन्छौ। रावण राज्यमा तिमीले भूल गर्दा-गर्दा पाप आत्मा बन्छौ। काम कटारी चलाउनु, क्रोध गर्नु– यी भूल रावणले गराउँछ। सत्ययुगमा ५ विकार हुँदैनन्। वहाँ त सम्पूर्ण निर्विकारी हुन्छन्। मनुष्यहरूले त भनिदिन्छन्– असुरहरू र देवताहरूको लडाईं भयो। तर देवताहरू सत्ययुगका, असुरहरू कलियुगका– दुवै थरिको लडाईं हुन कसरी सक्छ! मनुष्यले कृष्णलाई याद गर्छन्– कृष्णपुरीमा जानको लागि। त्यो त हो सत्ययुग। यो हो आसुरी रावणपुरी। फेरि मूलवतन हो ईश्वरीय पुरी, जहाँ आत्माहरू रहन्छन्। शिवबाबा पनि रहनुहुन्छ, आत्माहरू पनि रहन्छन्। फेरि आत्माहरू यहाँ आउँछन् पार्ट खेल्न। बाबा पनि आउनुपर्छ, पराई देशमा, पराई शरीरमा। यो रावणको पतित देश हो नि। सबैले बोलाउँछन्– हे पतित-पावन आउनुहोस्। सत्ययुगमा देवी-देवताहरूको राज्य थियो, जसलाई भगवान-भगवती भन्दछन्।
कृष्णलाई भन्दछन्– श्याम सुन्दर, यसको पनि अर्थ हुनुपर्छ नि। सत्ययुग, त्रेता, द्वापर, कलियुगमा सिँढी झरेर काम चितामाथि बस्नाले सुन्दर गोरोबाट श्याम बन्छन्। अहिले फेरि ज्ञान चितामा बसेर सुन्दर बन्छन्। कृष्णको चित्रमा पनि नर्क र स्वर्ग देखाइएको छन्। बाबा भन्नुहुन्छ– अब यस कलियुगलाई लात मार, सत्ययुग तर्फ मुख फर्काऊ। मनमनाभव। अब म पितालाई याद गर, अरुसँग बुद्धियोग तोडेर मसँग जोड। बस्न त गृहस्थ व्यवहारमा बस। तिमी कर्मयोगी हौ नि। याद शिवबाबालाई गर, अरु कोही पनि होइन। यो पुरानो दुनियाँ, पुरानो शरीर सबै समाप्त हुन्छ त्यसैले बाबा भन्नुहुन्छ– देह सहित देहका सम्बन्ध छोडेर मलाई याद गर। आफूलाई आत्मा निश्चय गर। यो कुरा आत्माहरूका पिताले सम्झाउनु भएको हो। तिमीले ८४ जन्म कसरी लिन्छौ। मनुष्य मनुष्य नै बन्छ। कुनै गधा आदि बन्दैन। गरुड पुराणमा त रोचक कुरा लेखिदिएका छन्। यतिबेला हो विषय वैतरणी नदी। भारतवर्ष सत्ययुगमा क्षीरसागर थियो, अहिले विषय सागर छ। यसलाई शिवालय पनि भनिन्छ, वहाँ सबै पवित्र देवता थिए। अहिले देवता धर्म छैन, त्यसैले आफूलाई हिन्दू भनिदिन्छन्। क्रिश्चियन अर्थात् क्रिश्चियन हुन्छ नि। यसतो होइन– उनीहरू यूरोपमा रहने भएकाले यूरोपियन धर्म भनिन्छ। हिन्दू त हिन्दूस्तानमा रहने भएकाले भएका हुन्। हिन्दू धर्म कहाँ भनिन्छ। पहिला त भारतखण्ड नै नाम थियो। परमपिता परमात्माले त देवी-देवता धर्म रचना गर्नु भयो। गायन पनि गरिन्छ– परमपिता परमात्मा आएर ब्राह्मण, देवता, क्षत्रिय धर्म रच्नुहुन्छ। अहिले तिमी ब्राह्मण धर्मबाट बदलिएर फेरि सूर्यवंशी, चन्द्रवंशी बन्नेछौ। शिवबाबा आएर शूद्रबाट ब्राह्मण ब्राह्मण बनाउनुहुन्छ। फेरि पढाइद्वारा तिमी सूर्यवंशी, चन्द्रवंशी बन्छौ। बेहदको बाबाले २१ जन्मको वर्सा दिनुहुन्छ। हदका पिताद्वारा हदको वर्सा मिल्छ। भारत सुखधाम थियो नि। रामराज्यको महिमा गायन गर्छन्। वहाँ फेरि अधर्मको कुरा कहाँबाट आयो, त्यसलाई भनिन्छ दन्तकथा, स्टोरी, जसलाई पढ्नाले तल झर्दै आयौ त्यसैले बाबालाई भन्दछन्– आएर सबैको सद्गति गर्नुहोस्। सबै धर्मकाले भन्दछन्– हे परमपिता परमात्मा, उहाँ आउनुहुन्छ नै संगममा। त्यो कुम्भको मेला त पानीको हो। सबै गएर पतित शरीरलाई धुन्छन्। लाखौं जान्छन्। भन्दछन्– गंगा पतित-पावनी। तर पतित-पावन त एक बाबा हुनुहुन्छ नि। गंगा कसरी हुन सक्छ? बाबा भन्नुहुन्छ– म आउँछु नै संगममा। बच्चाहरूलाई भन्दछु– यस मृत्युलोकमा अहिले तिम्रो अन्तिम जन्म हो। अब अमरलोक जाने हो भने पावन बन। बाबा नै बसेर नरबाट नारायण बन्ने सच्चा कथा सुनाउनुहुन्छ अथवा तेस्रो नेत्र दिने तीजरीको कथा सुनाउनुहुन्छ। आत्मालाई तेस्रो नेत्र मिल्छ। देवताहरूको तेस्रो नेत्र देखाउँछन् नि। तर देवताहरूमा ज्ञान हुँदैन। उनीहरूले प्रारब्ध अर्थात् सद्गति पाउँछन्, वहाँ ज्ञानको आवश्यकता हुँदैन। वहाँ गुरू हुँदैनन्। अहिले तिमीले देख्छौ– विनाश सामुन्ने खडा छ। होलीमा स्वाँग बनाउँछन् नि। पेटबाट मुसल होइन, यो बुद्धिबाट बम्ब निकाल्छन्, जसबाट आफ्नै विनाश गर्छन्। कौरव र पाण्डवहरूको लडाईं हुँदै होइन। तिमी त हौ सच्चा वैष्णव। लडाई हुन्छ यौवन र कौरवहरूको, जसद्वारा रगतका नदीहरू बग्छन्। पाण्डवहरूले हिंसक लडाई गर्न सक्दैनन्। अब त प्राकृतिक प्रकोप पनि धेरै हुन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः
१) अति प्रिय एक शिवबाबा हुनुहुन्छ, उहाँलाई प्यारसँग याद गर्नु छ। सच्चा-सच्चा वैष्णव बन्नु छ। कुनै पनि भूल गर्नु हुँदैन।
२) यस मृत्युलोकमा अब यो अन्तिम जन्म हो। विनाश सामुन्ने खडा छ त्यसैले बाबाद्वारा पूरा वर्सा लिनु छ। पावन बन्नु छ।
वरदान:
स्वयंमा बापदादालाई बलिहार गराउने त्यागमूर्त, निश्चयबुद्धि भव:-
“बाबा पाएँ, सबै कुरा पाएँ”– यस खुशी वा नशामा सबै कुरा त्याग गर्नेवाला ज्ञान स्वरुप, निश्चयबुद्धि हुनेले बाबाद्वारा जब खुशी, शान्ति, शक्ति वा सुखको अनुभूति गर्छन् अनि लोकलाजको पनि पर्बाह नगरी, सदा कदम अगाडि बढाइरहन्छन्। उनीहरूलाई दुनियाँको सबै कुरा तुच्छ, निस्सार अनुभव हुन्छ। यस्ता त्यागमूर्त, निश्चयबुद्धि बच्चाहरू प्रति बापदादा आफ्नो सबै सम्पत्ति सहित बलिहार जानुहुन्छ। जसरी बच्चाहरूले संकल्प गर्छन्– बाबा म हजुरको हुँ, त्यस्तै बाबाले पनि भन्नुहुन्छ– जो बाबाको त्यो तिम्रो।
स्लोगन:
सहजयोगी ऊ हो जसले आफ्ना सबै संकल्प वा कर्मद्वारा बाबाको स्नेहको प्रकम्पन फैलाउँछ।