BK Murli 5 April 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 5 April 2016 In Nepali

    23 चैत्र 2072 मंगलबार 05.04.2016 प्रातः मुरली मधुबन

    “मीठे बच्चे– बाबा समान रहमदिल बनेर अनेकौंलाई मार्ग बताऊ। जो बच्चाहरू दिन-रात सेवामा लागिरहन्छन् उनै बहादुर हुन्।”   

    प्रश्न:

    उच्च तकदिरको मुख्य आधार के हो?

    उत्तर:

    यादको यात्रा। जति जसले याद गर्छ, त्यति उच्च तकदिर बनाउँछ। शरीर निर्वाहको लागि कर्म गर्दै बाबा र वर्सालाई याद गरिरह्यौ भने तकदिर उच्च बन्दै जान्छ।

    गीतः–

    तकदीर जगाकर आई हूँ..........

    ओम् शान्ति।

    बच्चा जब जन्मिन्छ, आफ्नो साथमा कर्म अनुसार तकदिर पनि लिएर आउँछ। कोही धनवानको पासमा, कोही गरिबको पासमा जन्म लिन्छ। पिताले पनि सम्झन्छन्– वारिस आएको छ। जस्तो-जस्तो दान-पुण्य गरेको छ, त्यस अनुसार जन्म मिल्छ। अब तिमी मीठे-मीठे सिकीलधे बच्चाहरूलाई कल्पपछि फेरि बाबाले आएर सम्झाउनुभएको छ। बच्चाहरूले पनि जान्दछन्– हामी आफ्नो तकदिर लिएर आएका छौं। स्वर्गको बादशाहीको तकदिर लिएर आएका छौं, जसले राम्ररी जानेका छन् र बाबालाई याद गरिरहेका छन्। यादको साथमा तकदिरको सम्बन्ध छ। जन्म लिएको छ त्यसैले बाबाको याद पनि हुनुपर्छ। जति याद गर्छन् त्यति तकदिर उच्च बन्छ। कति सहज कुरा छ। सेकेण्डमा जीवनमुक्ति मिल्छ। तिमी आएका छौ सुखधामको तकदिर प्राप्त गर्न। अहिले हरेकले पुरूषार्थ गरिरहेका छन्। हरेकले आफूलाई देखिरहेका छन्– मैले कसरी पुरूषार्थ गरिरहेको छु? जसरी मम्मा बाबा र सेवाधारी बच्चाहरू पुरूषार्थ गर्छन्, उनलाई अनुसरण गर्नुपर्छ। सबैलाई बाबाको परिचय दिनुपर्छ। बाबाको परिचय दियो भने रचनाको आदि-मध्य-अन्त्यको पनि आउँछ। ऋषि, मुनि आदि कसैले पनि रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान दिन सक्दैनन्। अहिले तिम्रो बुद्धिमा सारा चक्र स्मृतिमा रहन्छ। दुनियाँमा कसैले पनि बाबा र वर्सालाई जान्दैनन्। तिमी बच्चाहरूले अब बाबा र आफ्नो तकदिरलाई जान्दछौ। अब बाबालाई याद गर्नु छ। शरीर निर्वाहको लागि कर्म पनि गर्नु छ। घरबार पनि सम्हाल्नु छ। कोही निर्बन्धन छ भने उसले राम्रो सेवा गर्न सक्छ। बाल-बच्चाहरू कोही छैनन् भने उनलाई सेवा गर्ने राम्रो अवसर छ। स्त्रीलाई पति वा बच्चाहरूको बन्धन हुन्छ। यदि बच्चाहरू छैनन् भने बन्धनमुक्त ठहरे नि। उनीहरू वानप्रस्थी जस्तै भए। फेरि मुक्तिधाममा जानको लागि सङ्ग पनि चाहिन्छ। भक्तिमार्गमा त सङ्ग मिल्छ– साधुहरू आदिको, निवृत्ति मार्गवालाको। उनीहरू निवृत्ति मार्गकाले प्रवृत्ति मार्गको वर्सा दिलाउन सक्दैनन्। तिमी बच्चाहरूले नै दिलाउन सक्छौ। तिमीलाई बाबाले मार्ग बताउनुभएको छ। भारतवर्षको ८४ जन्मको इतिहास-भूगोल बसेर सम्झाऊ। देवताहरू नै ८४ जन्म लिन्छन्। एकको कुरा छैन। सूर्यवंशी नै चन्द्रवंशी, फेरि वैश्यवंशी.... घरानामा आउँछन्, नम्बरवार त हुन्छन् नि। विश्वको पहिलो राजकुमार हुन् श्रीकृष्ण, जसलाई झुलामा झुलाउँछन्। दोस्रो नम्बरको राजकुमारलाई झुलाउँदैनन् किनकि कला कम भयो नि। जो पहिलो नम्बरको हो, पूजा उसैको हुन्छ। मनुष्यले सम्झदैनन्– कृष्ण एउटा मात्र हुन्छन् वा दुई तीन हुन्छन्। कृष्णको राजवंश चल्छ, यो कसैलाई पनि थाहा छैन। पूजा केवल नम्बरवनको हुन्छ। अंक त नम्बरवार नै मिल्छ। त्यसैले पुरूषार्थ यस्तो गर्नुपर्छ, किन म पहिलो नम्बरमा नआऊ! मम्मा बाबालाई अनुसरण गरौं, उनको राजधानी लिऊँ। जो राम्ररी सेवा गर्छन् उनीहरू राम्रो महाराजाको घरमा जन्म लिन्छन्। वहाँ त छन् नै महाराजा महारानी। त्यस समयमा कुनै राजा-रानीको टाइटिल हुँदैन। त्यो पछि मात्र शुरु हुन्छ। द्वापरदेखि जब पतित बन्छन् तब ती मध्ये धेरै सम्पत्तिवालालाई राजा भनिन्छ। अनि महाराजाको मान कम हुन्छ, प्रायः लोप हुन्छ। फेरि जब भक्तिमार्ग हुन्छ तब गरिब, धनवानमा फरक त रहन्छ नै। अहिले तिमी बच्चाहरूले नै शिवबाबालाई याद गर्छौ र उहाँबाट वर्सा लिइरहेका छौ। अरु सत्सङ्गहरूमा त मनुष्य बसेर कथा सुनाउँछन्। मनुष्यले मनुष्यलाई भक्ति सिकाउँछन्। उनीहरूले ज्ञान दिएर सद्गति गर्न सक्दैनन्। वेद, शास्त्र आदि सबै हुन् भक्तिमार्गका। सद्गति त ज्ञानबाट हुन्छ। पुनर्जन्मलाई पनि मान्दछन्। बीचमा त कोही पनि फर्केर जान सक्दैनन्। अन्त्यमा नै बाबा आएर सबैलाई लिएर जानुहुन्छ। यतिका सबै आत्माहरू कहाँ गएर बस्छन्! सबै धर्मवालाको सेक्सन त बेग्ला-बेग्लै छ नि। त्यसैले यो पनि सम्झाउनु छ नि। आत्माहरूको पनि वृक्ष छ भन्ने कुरा कसैलाई पनि थाहा छैन। तिमी बच्चाहरूको बुद्धिमा सारा वृक्षको ज्ञान रहन्छ। आत्माहरूको वृक्ष पनि छ, जीव आत्माहरूको पनि वृक्ष छ। बच्चाहरूले जान्दछन्– हामी यो पुरनो शरीर छोडेर घरमा गइरहेका छौं। “म आत्मा” यस शरीरबाट अलग हुँ– यो सम्झिनु अर्थात् जीवन छँदै मर्नु। आफू मरेपछि दुनियाँ मर्यो। मित्र, सम्बन्धी आदि सबैलाई छोडिदियो। पहिले पूरा शिक्षा लिएर, पदको अधिकारी बनेर फेरि जानु छ। बाबालाई याद गर्न त धेरै सहज छ। कोही बिरामी छ भने उनलाई पनि भन्नुपर्छ– शिवबाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। जो पक्का योगी छन् उनको लागि छिट्टै शरीर छोड्नु पनि राम्रो होइन किनकि उनीहरू योगमा रहेर रुहानी सेवा गर्छन्। मरेपछि सेवा गर्न सक्दैनन्। सेवा गर्नाले आफ्नो उच्च पद बनाउँदै रहन्छन् र भाइ-बहिनीहरूको सेवा पनि हुन्छ। उनीहरू पनि बाबाबाट वर्सा पाउँछन्। हामी आपसमा भाइ-भाइ हौं, एक बाबाका बच्चाहरू हौं। 

    बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। पहिले पनि यस्तै भनेको थियो। कसैलाई पनि सम्झाउन सक्छौ– हाम्रो आत्मा तमोप्रधान बनेको छ। जो सतोप्रधान थियो अब फेरि तमोप्रधानबाट सतोप्रधान बनेर सतोप्रधान दुनियाँमा जानु छ। आत्मालाई सतोप्रधान बनाउनु छ, यादको यात्राद्वारा। यादको पूरा चार्ट राख्नुपर्छ। ज्ञानको चार्ट राख्न सक्दैनौ। बाबा त ज्ञान दिदै रहनुहुन्छ। जाँच राख्नुपर्छ– मेरो जुन विकर्मको बोझ छ, त्यो कसरी उत्रिन सक्छ? त्यसको लागि यादको चार्ट राखिन्छ। मैले कति घण्टा याद गरेँ? मूलवतनलाई पनि याद गरिन्छ फेरि नयाँ दुनियाँलाई पनि याद गरिन्छ। उथल-पुथल हुनु छ। त्यसको पनि तयारी भइरहेको छ। बम आदि पनि बन्दै जान्छन्। एकातर्फ भन्छन्– हामी मृत्युको लागि यस्ता-यस्ता सामान बनाइरहेका छौं। अर्कातर्फ भन्छन्– मृत्युको सामान नबनाऊ। समुद्रको तल पनि मार्ने सामान राखेका छन्, माथि आएर बम खसाएर फेरि समुद्रमा जान्छन्। यस्ता-यस्ता चीज बनाइरहन्छन्। यो आफ्नै विनाशको लागि गरिरहेका छन्। मृत्यु सामुन्ने खडा छ। यतिका ठूला-ठूला भवन बनाइरहेका छन्। तिमी जान्दछौ– यो सबै माटोमा मिलेर जान्छ। किनकी दबी रही धूल में.... लडाईं अवश्य हुन्छ। कोसिस गरेर सबैको पकेट खाली गर्नेछन्। चोर पनि कति घुस्छन्। लडाईंको लागि कति खर्च गर्छन्। यो सबै माटोमा मिल्नेछ। भवन आदि ढल्नेछन्। बम आदि खस्नाले सृष्टिको ३ भाग खतम हुन्छ। बाँकी एक भाग बच्नेछ। भारतवर्ष एक भागमा छ। बाँकी त सबै पछि आएका हुन्। अब भारतवर्षको भाग मात्रै बच्नेछ। मृत्यु त सबैको हुनु नै छ भने किन हामी बाबाबाट पूरा वर्सा नलिने? यसैले बाबा भन्नुहुन्छ– लौकिक सम्बन्धीहरूसँग पनि सम्बन्ध निर्वाह गर्नुपर्छ। बाँकी बन्धन छैन भने बाबाले राय दिनुहुन्छ– किन सेवामा लाग्दैनौ? स्वतन्त्र छौ भने धेरैको उद्धार गर्न सक्छौ। ठीक छ कतै बाहिर जाँदैनौ भने पनि आफ्ना मित्र सम्बन्धीहरूको नै सेवा गर्नुपर्छ। पहिले भन्दथ्यौ– बाबा हामीलाई दया गर्नुहोस्। अब त तिमीलाई मार्ग मिलेको छ त्यसैले अरुमाथि दया गर्नुपर्छ, जसरी बाबाले दया गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। संन्यासीहरूले त हठयोग आदिको कति मेहनत गर्छन्। यहाँ त यो केही छैन। केवल याद गर्यौ भने पाप भस्म हुन्छ, यसमा कुनै कष्ट छैन। केवल यादको यात्राको कुरा हो। उठ-बस, कर्मेन्द्रियहरूद्वारा कर्म पनि गर, केवल बुद्धिको योग बाबासँग लगाऊ। सच्चा-सच्चा आशिक बन्नु छ उहाँ माशूकका। स्वयं भन्नुहुन्छ– हे आशिकहरू, हे बच्चाहरू! भक्तिमार्गमा त धेरै याद गर्यौ। तर अहिले म माशूकलाई याद गर्यौ भने तिम्रा पाप भस्म हुन्छन्। म ग्यारेन्टी गर्छु। कुनै-कुनै कुरा त शास्त्रमा छन्। भगवानद्वारा गीता सुन्नाले तिमी जीवनमुक्ति पाउँछौ। मनुष्यद्वारा गीता सुन्नाले जीवनबन्धमा आएका हौ, सिँढी झर्दै आएका हौ। हरेक कुरामा विचार सागर मन्थन गर्नुपर्छ। आफ्नो बुद्धि चलाउनु छ। यो बुद्धिको यात्रा हो, जसबाट विकर्म विनाश हुन्छ। वेद, शास्त्र, यज्ञ, तप आदि गर्नाले पाप नाश हुँदैन। तल गिर्दै आयौ। अब तिमीले माथि चढ्नु छ। केवल सिँढीको चित्र हेरेर मात्र कसैले पनि बुझ्न सक्दैनन्, जबसम्म त्यसमा कसैले सम्झाउँदैन। जसरी साना बच्चाहरूलाई चित्र देखाएर सिकाउनुपर्छ– यो हात्ती हो। जब हात्ती देख्छन् तब चित्र पनि याद आउँछ। जसरी तिम्रो बुद्धिमा आइसकेको छ। चित्रमा जहिले पनि सानो चीज देखाइन्छ। तिमी जान्दछौ– वैकुण्ठ त ठूलो हुन्छ नि। ठूलो राजधानी हुन्छ। वहाँ हीरा-जुहारतका महल हुन्छन्, ती फेरि प्रायः लोप हुन्छन्। सबै चीज हराउँछन्। नत्र यो भारत गरिब कसरी बन्यो? धनवानबाट गरिब, गरिबबाट धनवान बन्नु छ। यो ड्रामा बनिबनाऊ छ यसैले सिँढीमा सम्झाइन्छ। नयाँ-नयाँ आउँछन् उनलाई सम्झाउनाले अभ्यास हुन्छ, मुख खुल्छ। बच्चाहरूलाई सेवा लायक बनाइन्छ। कति सेन्टरमा त धेरै बच्चाहरूले अशान्ति फैलाइरहन्छन्। बुद्धियोग बाहिर भट्किन्छ त्यसैले नोक्सान गर्छन्। वायुमण्डल खराब गर्छन्। नम्बरवार त छन् नि। फेरि बाबाले भन्नुहुन्छ– तिमीले पढेनौ, त्यसैले आफ्नो यो हालत हेर। दिन-प्रतिदिन धेरै साक्षात्कार भइरहनेछन्। पाप गर्नेलाई सजाय पनि मिल्दै रहन्छ। फेरि भन्छन्– अनाहकमा मैले पाप गरेँ। बाबालाई सुनाएर प्रायश्चित्त गर्नाले केही कम हुन सक्छ। नत्र वृद्धि भइरहन्छ। यस्तो भइरहन्छ। स्वयं पनि महसुस गर्छन्। फेरि भन्छन्– मेरो यो आदत मेटिदैन, यसभन्दा त घरमा गएर बस्छु। कोही त राम्रो सेवा गर्छन्। कोही डिस-सर्भिस पनि गर्छन्। हाम्रो सेनामा को-को बहादुर छन्, यो बाबा बसेर नाम बताउनु हुन्छ। बाँकी लडाईं आदिको त यहाँ कुरा छैन। यो हो बेहदको कुरा। राम्रा बच्चाहरूको बाबाले अवश्य महिमा गर्नुहुन्छ। बच्चाहरूले धेरै दयावान, कल्याणकारी बन्नुपर्छ। अन्धाहरूको लट्ठी बन्नुपर्छ। सबैलाई बाटो बताउनुपर्छ, बाबालाई याद गर्यौं भने विकर्म विनाश हुन्छ। पाप आत्मा र पुण्य आत्मा भनिन्छ नि। यस्तो कहाँ हो र! आफैं भित्र परमात्मा हुनुहुन्छ वा आत्मा कुनै परमात्मा बन्छ। यो सबै गलत हो। परमात्मामा पाप कहाँ लाग्छ र! उहाँको त ड्रामामा पार्ट छ सेवा गर्ने। मनुष्य नै पापात्मा, पुण्यात्मा बन्छन्। जो सतोप्रधान थिए उनै तमोप्रधान बनेका छन्। उनको तनमा बाबा बसेर सतोप्रधान बनाउनु हुन्छ भने उहाँको मतमा चल्नुपर्छ नि। 

    अहिले बाबाले तिमी बच्चाहरूलाई विशाल बुद्धि बनाउनुभएको छ। अहिले तिमी जान्दछौ– राजधानी कसरी स्थापना भइरहेको छ! बाबा नै ब्रह्मा तनमा आएर ब्रह्मा मुख वंशावली बच्चाहरूलाई राजयोग सिकाएर देवी-देवता बनाउनु हुन्छ। फेरि पुनर्जन्म लिएर सिँढी झर्छन्। अब फेरि सबै रिपीट गर्नुपर्छ। बाबाले फेरि ब्रह्माद्वारा स्थापना गराइरहनु भएको छ। योगबलबाट तिमी ५ विकार माथि विजय प्राप्त गरेर जगतजित बन्छौ। बाँकी लडाईं आदिको कुनै कुरा छैन। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) बन्धनमुक्त बनेर बाबाको सेवामा लाग्नुपर्छ, तब नै उच्च तकदिर बन्छ। दयावान बनेर अनेकौंलाई मार्ग बताउनु छ। अन्धाहरूको लट्ठी बन्नु छ।

    २) यस शरीरबाट ममत्व निकालेर जीवन छँदै मर्नु छ किनकि अब फर्केर घरमा जानु छ। बिरामी हुँदा पनि एक बाबाको यादमा रह्यौ भने विकर्म विनाश हुन्छ।

    वरदान:

    अधिकारीपनको स्थितिद्वारा बाबालाई आफ्नो साथी बनाउने सदा विजयी भव:-  

    बाबालाई साथी बनाउने सहज तरीका हो– अधिकारीपनको स्थिति। जब अधिकारीपनको स्थितिमा स्थित रहन्छौ तब व्यर्थ संकल्प वा अशुद्ध संकल्पको हलचलमा वा अनेक रसमा बुद्धि डगमग हुँदैन। बुद्धिको एकाग्रताद्वारा सामना गर्ने, परख गर्ने र निर्णय गर्ने शक्ति आउँछ, जसले सजिलै मायाका अनेक प्रकारका आक्रमणबाट विजयी बनाइदिन्छ।

    स्लोगन:

    राजयोगी त्यो हो, जो सेकेण्डमा सारबाट विस्तार र विस्तारबाट सारमा जाने अभ्यासी हुन्छ।   



    ***OM SHANTI***