BK Murli 6 April 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 6 April 2016 In Nepali

    24 चैत्र 2072 बुधबार 06.04.2016 प्रातः मुरली मधुबन

    “मीठे बच्चे– बाबा र वर्सालाई याद गर्यौ भने रमणिक बन्छौ। बाबा रमणिक हुनुहुन्छ भने उहाँका बच्चाहरू पनि रमणिक हुनुपर्छ।”  

    प्रश्न:

    देवताहरूको चित्रले सबैलाई किन आकर्षित गर्छ? उनीहरूमा कुनचाहिँ विशेष गुण हुन्छ?

    उत्तर:

    देवताहरू धेरै रमणिक र पवित्र हुन्छन्। रमणिकताको कारण उनीहरूको चित्रले पनि आकर्षित गर्छ। देवताहरूमा पवित्रताको विशेष गुण हुन्छ, जुन गुणको कारणले नै अपवित्र मनुष्य झुक्छन्। रमणिक उनीहरू नै बन्छन्, जसमा सबै गुण हुन्छन्, जो सदा खुशी रहन्छन्।

    ओम् शान्ति।

    आत्मा र परमात्माको मेला कति अनौठो छ। यस्ता बेहदको बाबाको तिमी बच्चाहरू हौ त्यसैले बच्चाहरू पनि कति रमणिक हुनुपर्छ। देवताहरू पनि रमणिक हुन्छन् नि। तर राजधानी हुन्छ धेरै ठूलो। सबै एकरस रमणिक हुन सक्दैनन्। फेरि पनि कोही-कोही बच्चाहरू अवश्य रमणिक छन्। रमणिक को हुन्छन्? जो सदैव खुशी रहन्छन्, जसमा दैवीगुण छन्। यी राधे-कृष्ण आदि रमणिक हुन्छन् नि। उनीहरूमा धेरै आकर्षण हुन्छ। कुनचाहिँ आकर्षण हुन्छ? पवित्रताको किनकि यिनको आत्मा पनि पवित्र हुन्छ भने शरीर पनि पवित्र हुन्छ। त्यसैले पवित्र आत्माले अपवित्र आत्मालाई आकर्षित गर्छ। उनीहरूको चरण पर्छन्। उनीहरूमा कति तागत छ। संन्यासीहरू पनि देवताहरूको अगाडि अवश्य झुक्छन्। हुन त कोही-कोही धेरै घमण्डी हुन्छन्, फेरि पनि देवताहरूको अगाडि अथवा शिवको अगाडि अवश्य झुक्छन्। देवीहरूको चित्रको अगाडि पनि झुक्छन् किनकि बाबा पनि रमणिक हुनुहुन्छ भने बाबाले बनाएका देवी देवताहरू पनि रमणिक हुन्छन्। उनीहरूमा आकर्षण हुन्छ पवित्रताको। उनीहरूको त्यो आकर्षण अहिलेसम्म पनि चलिरहेको छ। त्यसैले जति यिनीहरूमा आकर्षण छ, त्यति तिमीमा पनि हुनुपर्छ, जसले सम्झन्छन्– हामी यी लक्ष्मी-नारायण बन्नेछौं। तिम्रो यो समयको आकर्षण फेरि अविनाशी हुन्छ। सबैको हुँदैन। नम्बरवार त छन् नि। भविष्यमा जो उच्च पद पाउनेवाला छन्, उनीहरूमा यहाँ नै आकर्षण हुन्छ किनकि आत्मा पवित्र बन्छ। तिमीहरूमा बढी आकर्षण उनीहरूमा छ, जो खास यादको यात्रामा रहन्छन्। यात्रामा पवित्रता अवश्य रहन्छ। पवित्रतामा नै आकर्षण छ। पवित्रताको आकर्षणले फेरि पढाइमा पनि आकर्षण ल्याउँछ। यो तिमीलाई अहिले थाहा भएको छ। तिमीले लक्ष्मी-नारायणको बारेमा जान्दछौ। उनीहरूले पनि कति बाबाको याद गरे थिए। यो जुन उनीहरूले यति ठूलो राजाई पाएका छन्, त्यो अवश्य राजयोगबाट नै पाएका हुन्। यस समयमा तिमी यो पद पाउन आएका छौ। बाबाले बसेर तिमीलाई राजयोग सिकाउनु हुन्छ। यो त पक्का निश्चय गरेर यहाँ आएका छौ नि। बाबा पनि उही हुनुहुन्छ, पढाउनेवाला पनि उहाँ नै हुनुहुन्छ। साथमा पनि उहाँले नै लैजानुहुन्छ। त्यसैले यी गुणहरू सदैव रहनुपर्छ। सदैव हर्षित मुख रहने गर। सदैव हर्षितमुख तब रहन सक्छौ, जब बाबाको यादमा रहन्छौ। तब वर्साको पनि याद रहन्छ र यसबाट रमणिक पनि धेरै रहन्छौ। तिमी बच्चाहरू जान्दछौ– हामी यहाँ रमणिक बनेर फेरि भविष्यमा रमणिक बन्नेछौं। यहाँको पढाइले नै अमरपुरीमा लैजान्छ। उहाँ सच्चा बाबाले तिमीलाई सच्चा कमाई गराइरहनु भएको छ। यो सच्चा कमाई नै २१ जन्मको लागि साथमा जान्छ। फेरि भक्ति मार्गमा जुन कमाई गर्छौ त्यो त हो नै अल्पकाल सुखको लागि। त्यसले सदैव साथ दिदैन। त्यसैले यस पढाइमा बच्चाहरूलाई बडो खबरदार रहनुपर्छ। तिमी हौ साधारण, तिमीलाई पढाउने पनि बिल्कुलै साधारण रुपमा हुनुहुन्छ। त्यसैले पढ्नेवाला पनि साधारण नै रहनु छ। नत्र शोभा दिँदैन। हामी उच्च कपडा कसरी लगाउने? हाम्रो मम्मा-बाबा कति साधारण हुनुहुन्छ त्यसैले हामी पनि साधारण छौं। किन साधारण रहनु छ? किनकि वनवाहमा छौ नि। अब तिमीलाई जानु छ, यहाँ कुनै विवाह गर्नु छैन। उनीहरूले विवाह गर्दा कुमारी साधारण पहिरनमा रहन्छन्। मैला कपडा लगाउँछन्, तेल आदि लगाउँछन् किनकि विवाह घरमा जान्छन्। ब्राह्मणद्वारा विवाह हुन्छ। तिमी पनि विवाह घर जानु छ। रावणपुरीबाट रामपुरी अथवा विष्णुपुरीमा जानु छ। त्यसैले यो वनवाहको चलन यस कारणले राखिएको हो ताकि कुनै पनि अभिमान देहको वा कपडा आदिको नआओस्। कसैको साधारण साडी छ, अरुले महंगो साडी लगाएको देख्छन् भने ख्याल चल्छ। सोच्छन्– यो त वनवाहमा छैन। तर तिमीले वनवाहमा रहँदा पनि अरुलाई यति उच्च ज्ञान देऊ, यति नशा चढेको होस्– उसलाई पनि तीर लागोस्। भाँडा माज्दै गर्दा वा कपडा साफ गर्दै रहँदा कोही सामुन्नेमा आउँछ भने तिमीले तुरून्त उसलाई बाबाको याद दिलाऊ। तिमीलाई नशा चढेको होस् र सादा कपडा लगाएर अरुलाई ज्ञान दिन्छौ भने उसले पनि अचम्म मान्नेछ, यिनमा कति उच्च ज्ञान छ। यो ज्ञान त गीताको हो र भगवानले दिनुभएको ज्ञान हो। राजयोग त गीताको ज्ञान नै हो। यस्तो नशा चढ्छ? जसरी बाबाले आफ्नो उदाहरण दिनुहुन्छ। सम्झ– मैले बच्चाहरूको साथमा कुनै खेल गरिरहेको छु। कुनै जिज्ञासु सामुन्ने आउँछ भने तुरून्त उसलाई बाबाको परिचय दिन्छु। योगको तागत, योगबल हुनाले ऊ पनि त्यहीँ खडा हुन्छ र अचम्म मान्छ– यी यति साधारण, तर तागत यति धेरै! उसले केही पनि बोल्न सक्दैन। मुखबाट कुनै कुरा निस्कदैन। जसरी तिमी वाणीभन्दा पर छौ त्यस्तै उनीहरू पनि वाणीभन्दा पर हुन्छन्। यो नशा भित्र हुनुपर्छ। कुनै पनि भाइ वा बहिनी आए भने उनीहरूलाई एकदम खडा गरेर विश्वको मालिक बनाउने मत दिन सक्छौ। भित्र यति नशा हुनुपर्छ। आफ्नो लगनमा उभिनुपर्छ। बाबा सदा भन्नुहुन्छ– तिम्रो पासमा ज्ञान त छ तर योगको धार छैन। पवित्रता र यादमा रहनाले नै धार आउँछ। यादको यात्राद्वारा तिमी पवित्र बन्छौ। तागत मिल्छ। ज्ञान त हो धनको कुरा। जसरी विद्यालयमा पढेर एम.ए., बी. ए. आदि गर्छन् भने फेरि पैसा त्यसै अनुसार मिल्छ। यहाँको कुरा बेग्लै छ। भारतको प्राचीन योग त प्रख्यात छ। यो हो याद। बाबा सर्वशक्तिमान हुनुहुन्छ त्यसैले बच्चाहरूलाई बाबाबाट शक्ति मिल्छ। बच्चाहरूको भित्र रहनुपर्छ– हामी आत्माहरू बाबाका सन्तान हौं, तर बाबा जति हामी पवित्र छैनौं। अब बन्नु छ। अहिले छ लक्ष्य-उद्देश्य। योगद्वारा नै पवित्र बन्छौ। जो अनन्य बच्चा छन् उनीहरूले दिनभरि यही चिन्तन गरिरहन्छन्। कोही आयो भने उसलाई बाटो बताऔं, दया आउनुपर्छ, बिचराहरू अन्धा छन्। अन्धालाई लठ्ठी पक्डाएर लैजान्छन् नि। यी सबै अन्धा छन्, ज्ञान चक्षु छैन।

    अहिले तिमीलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ, त्यसैले सबै कुरा जानेका छौ। सारा सृष्टिको आदि मध्य-अन्तलाई हामीले अहिले जानेका छौं। यी सबै भक्ति मार्गका कुरा हुन्। के तिमीलाई पहिले थाहा थियो– खराब नसुन, खराब नहेर... यो चित्र किन बनेको हो? दुनियाँमा कसैले पनि यसको अर्थ जान्दैनन्, तिमीले अहिले जान्दछौ। जसरी बाबा ज्ञानका सागर हुनुहुन्छ, तिमी उहाँका बच्चाहरू पनि अहिले ज्ञानका सागर बनिरहेका छौ, नम्बरवार पुरूषार्थ अनुसार। कसै-कसैलाई त धेरै नशा चढ्छ। वाह! बाबाको बच्चा बनेर बाबाबाट पूरा वर्सा लिएन भने बच्चा बनेर के गर्यो! सधैं राती आफ्नो चार्ट हेर्नु छ। बाबा व्यापारी हुनुहुन्छ नि। व्यापारीहरूलाई हिसाब-किताब निकाल्न सहज हुन्छ। सरकारी कर्मचारीहरूलाई हिसाब-किताब निकाल्न आउँदैन, न उनीहरू सौदागर नै हुन्छन्। व्यापारीहरूले राम्ररी सम्झन्छन्। तिमी व्यापारी हौ। तिमीले आफ्नो नाफा नोक्सानलाई जान्दछौ, सधैं खाता हेर– घाटा छ वा फायद छ? सौदागर हौ नि। गायन छ नि– बाबा सौदागर हुनुहुन्छ, रत्नागर हुनुहुन्छ। अविनाशी ज्ञान रत्नको सौदा गर्न सिकाउनु हुन्छ। यो पनि तिमीले नम्बरवार पुरूषार्थ अनुसार जान्दछौ। सबै शुरुड बुद्धि छैनन्, एक कानले सुन्छन् फेरि दोस्रोबाट निक्लिहाल्छ। झोलीको प्वालबाट निक्लिहाल्छ। झोली भरिदैन। बाबा भन्नुहुन्छ– धन दिएर धन कम हुँदैन। अविनाशी ज्ञान रत्न हो नि। बाबा हुनुहुन्छ रुप-वसन्त। उहाँको आत्मामा ज्ञान छ। तिमी उहाँका बच्चाहरू पनि रुप-वसन्त हौ। आत्मामा ज्ञान भरिन्छ। आत्मा सानो छ तर त्यसको रुप त छ नि। त्यसलाई जानिन्छ, परमात्मालाई पनि जानिन्छ। सोमनाथको भक्ति गर्छन् भने यति सानो स्टारको के पूजा गरुन्। पूजाको लागि कति ठूलो लिंग बनाउँछन्। शिवलिंग छत जत्तिकै ठूलो-ठूलो पनि बनाउँछन्। हुन त सानो छ तर पद त उच्च छ नि। 

    बाबाले कल्प पहिले पनि भन्नुभएको थियो– यी जप, तप आदिबाट कुनै प्राप्ति हुँदैन। यो सबै गर्दै तल गिर्दै आउँछन्। सिँढी तल नै झर्छन्। तिम्रो त अब चढ्ती कला छ। तिमी ब्राह्मणहरू पहिलो नम्बरको जिन्न हौ। कहानी छ नि– जिन्नले भन्यो, मलाई काम दिदैनौ भने खाइदिन्छु। त्यसैले उसलाई काम दिइयो सिँढी चढ्ने र झर्ने। उसलाई काम मिल्यो। बाबाले पनि भन्नुभएको छ– यो बेहदको सिँढी तिमी झछौ, फेरि चढ्छौ। तिमी नै पूरा सिँढी झर्छौ र चढ्छौ। जिन्न तिमी हौ। अरु कसैले पनि पूरा सिँढी चढ्दैनन्। पूरा सिँढीको ज्ञान पाउनाले तिमीले कति उच्च पद पाउँछौ। फेरि झर्छा, चढ्छौ। बाबा भन्नुहुन्छ– म तिम्रो पिता हुँ। तिमीले मलाई पतित-पावन भन्छौ नि। म सर्वशक्तिमान, अलमाइटी हुँ किनकि मेरो आत्मा सदा १०० प्रतिशत पवित्र रहन्छ। म बिन्दु रुप ज्ञाता हुँ। सबै शास्त्रहरूको सार जान्दछु। यो कति अचम्म छ। यो आश्चर्यजनक ज्ञान हो। यस्तो कहिल्यै कसैले सुनेको छैन– आत्मामा ८४ जन्मको अविनाशी पार्ट छ। त्यो कहिल्यै मेटिदैन। चल्दै आउँछ। ८४ जन्मको चक्र घुम्दै आउँछ। ८४ जन्मको रिकर्ड भरिएको छ। यति सानो आत्मामा यति धेरै ज्ञान छ। बाबामा पनि छ र तिमी बच्चाहरूमा पनि छ। कति पार्ट खेल्छौ। यो पार्ट कहिल्यै मेटिदैन। आत्मा यी आँखाले देख्नमा आउँदैन। छ बिन्दु, बाबाले पनि भन्नुहुन्छ– म यस्तै बिन्दु हँ। यो पनि तिमी बच्चाहरूले अहिले बुझेका छौ। तिमी हौ बेहदको त्यागी र राजऋषि। कति नशा चढ्नुपर्छ। राजऋषि बिल्कुलै पवित्र रहन्छन्। राजऋषि हुन्छन् सूर्यवंशी, चन्द्रवंशी, जसले यहाँ राजाई प्राप्त गर्छन्। जसरी अहिले तिमीले गरिरहेका छौ। यो त बच्चाहरूले जान्दछन्– हामी गइरहेका छौं। खिवैयाको स्टीमरमा बसेका छौं। र, यो पनि जान्दछौ– यो पुरूषोत्तम संगमयुग हो। जानु पनि अवश्य छ– शान्तिधाम हुँदै पुरानो दुनियाँबाट नयाँ दुनियाँमा। यो सदैव बच्चाहरूको बुद्धिमा रहनुपर्छ। जब हामी सत्ययुगमा थियौं, त्यतिखेर कुनै खण्ड थिएन। हाम्रो नै राज्य थियो। अब फेरि योगबलद्वारा आफ्नो राज्य लिइरहेका छौं किनकि सम्झाइएको छ– योगबलद्वारा नै विश्वको राजाई पाउन सकिन्छ। बाहुबलले कसैले पाउन सक्दैन। यो बेहदको ड्रामा हो। खेल बनेको छ। यस खेलको ज्ञान बाबाले नै दिनुहुन्छ। शुरुदेखि लिएर सारा दुनियाँको इतिहास-भूगोल सुनाउनुहुन्छ। तिमीले सूक्ष्मवतन, मूलवतनको रहस्यलाई पनि जान्दछौ। स्थूल वतनमा यिनको राज्य थियो अर्थात् हाम्रो राज्य थियो। तिमीले कसरी सिँढी झर्छौ, त्यो पनि याद आयो। सिँढी चढ्नु र झर्नु– यो खेल बच्चाहरूको बुद्धिमा बसेको छ। अब बुद्धिमा छ– कसरी यो विश्वको इतिहास-भूगोल दोहोरिन्छ, यसमा हाम्रो हीरो, हीरोइनको पार्ट छ। हामीले नै हार खान्छौं र फेरि जित्छौं, यसैले नाम राखिएको छ हीरो, हीरोइन। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) अहिले हामी वनवाहमा छौं, त्यसैले धेरै साधारण रहनु छ। देहको वा कपडा आदिको कुनै पनि अभिमान राख्नु छैन। कुनै पनि कर्म गर्दा बाबाको यादको नशा चढिरहोस्।

    २) हामी बेहदको त्यागी र राजऋषि हौं– यसै नशामा रहेर पवित्र बन्नु छ। ज्ञान धनले भरपुर बनेर दान गर्नु छ। सच्चा-सच्चा सौदागर बनेर आफ्नो चार्ट राख्नु छ।

    वरदान:

    सदा कल्याणकारी भावनाद्वारा गुणग्राही बन्ने अचल अडोल भव:-  

    आफ्नो स्थिति अचल अडोल बनाउनको लागि सदा गुणग्राही बन। यदि हरेक कुरामा गुणग्राही भयौ भने हलचलमा आउने छैनौ। गुणग्राही अर्थात् कल्याणको भावना। अवगुणमा गुण देख्नु– यसलाई भनिन्छ गुणग्राही। त्यसैले अवगुणीबाट पनि गुण लेऊ। जसरी ती अवगुणमा दृढ छन्, त्यसैगरी तिमी गुणमा दृढ बन। गुणको ग्राहक बन, अवगुणको होइन।

    स्लोगन:

    आफ्नो सबै कुरा बाबालाई अर्पण गरेर सदा हल्का रहनेवाला नै फरिश्ता हो।   



    ***OM SHANTI***