BK Murli 7 April 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 7 April 2016 In Nepali

    25 चैत्र 2072 बिहिबार 07.04.2016 प्रातः मुरली मधुबन

    “मीठे बच्चे– बाबाको पासमा जुन सामान छ, त्यो सबै तिमीलाई मिलेको छ। तिमीले त्यसलाई धारण गर अनि अरुलाई गराऊ।”  

    प्रश्न:

    त्रिकालदर्शी बाबाले ड्रामाको आदि-मध्य-अन्त्यलाई जानेर पनि भोलिको कुरा आज भन्नुहुन्न, किन?

    उत्तर:

    बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यदि मैले पहिले नै भनिदिएँ भने त ड्रामाको मज्जा नै आउँदैन। यो नियम छैन। सबै कुरा जानेर पनि म ड्रामाको वशमा छु। पहिले नै सुनाउन सक्दिनँ। त्यसैले के होला! यसको चिन्ता छोडिदेऊ।

    गीतः–

    मरना तेरी गली में...

    ओम् शान्ति।

    यहाँ हुनुहुन्छ आत्माहरूका पारलौकिक पिता। आत्माहरूसँग नै कुरा गर्नुहुन्छ। उहाँलाई बच्चे-बच्चे भन्ने अभ्यास छ। हुन शरीर बच्चीको छ, तर आत्माहरू त सबै बच्चाहरू नै हुन्। हरेक आत्मा वारिस हुन् अर्थात् वर्सा लिने हकदार छन्। बाबा आएर भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी हरेकलाई वर्सा लिने हक छ। बेहदको बाबालाई धेरै याद गर्नु, यसमा नै मेहनत छ। बाबा परमधामबाट आउनु भएको छ, हामीलाई पढाउन। साधु-सन्त त आफ्नो घरबाट आउँछन् वा कोही गाउँबाट आउँछन्। बाबा त परमधामबाट आउनुहुन्छ हामीलाई पढाउन। यो कसैलाई थाहा छैन। बेहदको बाबा, उहाँ पतित-पावन परमपिता हुनुहुन्छ। उहाँलाई ज्ञानको सागर पनि भनिन्छ, अधिकारी हुनुहुन्छ नि। कुनचाहिँ ज्ञान? ईश्वरीय ज्ञान छ। बाबा हुनुहुन्छ मनुष्य सृष्टिको बीज रुप। सत्-चित्-आनन्द स्वरुप। उहाँको धेरै ठूलो महिमा छ। उहाँको पासमा यो सामग्री छ। कसैको दोकान हुन्छ, भन्छन्– मेरो दोकानमा यो यो भेराइटी छ। बाबा पनि भन्नुहुन्छ– म ज्ञानको सागर, आनन्दका सागर, शान्तिको सागर हुँ। मेरो पासमा यी सबै चीज मौजुद छन्। म संगमयुगमा आउँछु, डेलिभरी गर्न, जुन चीज मसँग छ डेलिभरी गर्छु। फेरि जति जसले धारण गर्न सक्छ अथवा जति पुरूषार्थ गर्न सक्छ। बच्चाहरूले जान्दछन्– बाबाको पासमा के के छ? यथार्थ रुपमा जान्दछन्। आजकल कसैलाई आफ्नो बारेमा पूरा बताउँदैनन्। गायन पनि छ– किनकि दबी रही धूल में... यी सबै अहिलेको कुरा हो। आगो लाग्नेछ, सबै खत्तम हुन्छ। राजाहरूको पासमा भित्र धेरै ठूलो, मजबुत गुफाहरू हुन्छन्। भूकम्प नै आए पनि, एकदम आगो लागे पनि भित्रदेखि निस्केर आउँछन्। तिमी बच्चाहरूले जान्दछौ– यहाँको कुनै पनि चीज वहाँ काममा आउँदैन। खानीहरू पनि सबै शुरुदेखि भरपुर हुन्छन्। विज्ञान पनि रिफाइन भएर तिम्रो काममा आउँछ। तिमी बच्चाहरूको बुद्धिमा अब सारा ज्ञान छ। बच्चाहरूले जान्दछन्– हामीले सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्दछौं। अन्त्यको सानो भाग बाँकी छ, जसलाई पनि जान्नेछौं। बाबाले पहिले नै सबै कसरी भनिदिने? बाबा भन्नुहुन्छ– म पनि ड्रामाको वशमा छु, जुन कुरा अहिले सम्म मिलेको छ, त्यही नै ड्रामा निश्चित छ। जुन सेकेण्ड पास भयो, त्यसलाई ड्रामा सम्झनुपर्छ। बाँकी भोलि जे होला, त्यो देख्नेछौ। भोलिको कुरा आज सुनाउँदिनँ। यस ड्रामाको रहस्यलाई मनुष्यले बुझ्दैनन्। कल्पको आयु नै कति लम्बा-चौडा बनाइदिएका छन्। यस ड्रामालाई बुझ्ने पनि हिम्मत चाहिन्छ। मम्मा मरे पनि हलुवा खाऊ... जान्दछौ– मरेर अर्को जन्म लिनुभयो। हामी किन रुने? बाबाले सम्झाउनु भएको छ– अखबारमा तिमीले लेख्न सक्छौ, यो प्रदर्शनी आजभन्दा ५ हजार वर्ष पहिले यसै मिति, यसै स्थानमा यसै प्रकारले भएको थियो। यो विश्वको इतिहास-भूगोल दोहोरिइरहेको छ, लेखिदिनुपर्छ। यो त जान्दछन्– यो दुनियाँ बाँकी थोरै दिन छ, यो सबै खत्तम हुन्छ। हामी त पुरूषार्थ गरेर विकर्माजित बन्छौं, फेरि द्वापरबाट विक्रम संवत शुरु हुन्छ अर्थात् विकर्म हुने संवत। यस समय तिमी विकर्महरूमाथि जित प्राप्त गरेर विकर्माजित बन्छौ। पाप कर्महरूलाई श्रीमतद्वारा जितेर विकर्माजित बन्छौ। वहाँ तिमी आत्म-अभिमानी हुन्छौ। वहाँ देह-अभिमान हुँदैन। कलियुगमा देह-अभिमान हुन्छ। संगमयुगमा तिमी देही-अभिमानी बन्छौ। परमपिता परमात्मालाई पनि जान्दछौ। यो हो शुद्ध अभिमान। तिमी ब्राह्मण सबैभन्दा उच्च हौ। तिमी हौ सर्वोत्तम ब्राह्मण कुल भूषण। यो ज्ञान केवल तिमीलाई मिल्छ, अरु कसैलाई मिल्दैन। तिम्रो यो सर्वोत्तम कुल हो। गायन पनि गरिएको छ– अतीन्द्रिय सुख गोपी वल्लभका बच्चाहरूसँग सोध। तिमीलाई अहिले लटरी मिलेको छ। कुनै चीज मिल्छ भने त्यसको त्यति खुशी हुँदैन। जब गरिबबाट धनवान बन्छन् भने खुशी हुन्छ। तिमी पनि जान्दछौ– जति हामीले पुरूषार्थ गर्छौं, उति बाबाद्वारा राजधानीको वर्सा लिनेछौं। जसले जति पुरूषार्थ गर्छ उति पाउँछ। मुख्य कुरा बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफ्नो अति प्रिय बाबालाई याद गर। उहाँ सबैका परमप्रिय बाबा हुनुहुन्छ। उहाँ नै आएर सबैलाई सुख शान्ति दिनुहुन्छ। अहिले देवी-देवताहरूको राजधानी स्थापना भइरहेको छ। वहाँ राजा-रानी हुँदैनन्। वहाँ भनिन्छ महाराजा-महारानी। यदि भगवान-भगवती भन्ने हो भने त फेरि यथा राजा-रानी तथा प्रजा, सबै भगवान-भगवती हुने भए यसैले भगवान-भगवती भनिदैन। भगवान एक हुनुहुन्छ। मनुष्यलाई भगवान भनिदैन। सूक्ष्मवतनवासी ब्रह्मा, विष्णु, शंकरलाई पनि देवता भनिन्छ। स्थूलवतन निवासीलाई हामी भगवान भगवती कसरी भन्न सक्छौं? सबैभन्दा उच्च मूलवतन फेरि सूक्ष्मवतन, यो हो तेस्रो नम्बर। यो तिम्रो बुद्धिमा रहनुपर्छ। हामी आत्माहरूका पिता शिवबाबा नै हुनुहुन्छ फेरि शिक्षक पनि हुनुहुन्छ, गुरू पनि हुनुहुन्छ। सुनार, बेरिस्टर आदि सबै हुनुहुन्छ। सबैलाई रावणको जेलबाट छुटाउनुहुन्छ। शिवबाबा कति ठूलो बेरिस्टर हुनुहुन्छ। त्यसैले यस्तो बाबालाई किन बिर्सिन्छौ?। किन भन्छौ– बाबा हामी बिर्सिन्छौ? मायाको धेरै तुफान आउँछन्। बाबा भन्नुहुन्छ– यो त हुन्छ। केही त मेहनत गर्नुपर्छ। यो हो मायासँग लडाई। तिमी पाण्डवहरूको कुनै कौरवहरूसँग लडाई हुँदैन। पाण्डवहरूले कसरी लडाई गर्न सक्छन्? फेरि त हिंसक हुन जान्छ। बाबाले कहिल्यै हिंसा सिकाउनुहुन्न। केही पनि बुझ्न सक्दैनन्। वास्तवमा हाम्रो कुनै लडाई छैन। बाबा केवल युक्ति बताउनु हुन्छ– मलाई याद गर, मायाको आक्रमण हुने छैन। यसमा पनि एक कहानी छ, सोधियो– पहिले सुख चाहिन्छ वा दुःख? उसले भन्यो सुख। दुःख हुन सक्दैन सत्ययुगमा। 

    तिमीले जान्दछौ– यस समय सबै सीताहरू रावणको शोक वाटिकामा छन्। यो सारा दुनियाँ सागरको बीचमा लंका जस्तै छ। अहिले सबै रावणको जेलमा परेका छन्। सबैको सद्गति गर्नको लागि बाबा आउनु भएको छ। सबै शोक वाटिकामा छन्। स्वर्गमा हुन्छ सुख, नर्कमा छ दुःख। यसलाई शोक वाटिका भनिन्छ। त्यो हो अशोक, स्वर्ग। धेरै ठूलो अन्तर छ। तिमी बच्चाहरूले कोसिस गरेर बाबालाई याद गर्नुपर्छ अनि खुशीको पारा चढ्छ। बाबाको रायमा चल्दैनन् भने सौतेला ठहरिए। फेरि प्रजामा जान्छन्। सपुत बच्चाहरू राजधानीमा आउँछन्। राजधानीमा आउन चाहन्छौ भने श्रीमतमा चल्नुपर्छ। कृष्णको मत मिल्दैन। मत छन् नै दुई। अहिले तिमी श्रीमत लिन्छौ फेरि सत्ययुगमा त्यसको फल भोग्छौ। फेरि द्वापरमा रावणको मत मिल्छ। सबै रावणको मतमा असुर बन्छन्। तिमीलाई मिल्छ ईश्वरीय मत। मत दिनेवाला एकै बाबा हुनुहुन्छ। उहाँ हुनुहुन्छ ईश्वर। तिमी ईश्वरीय मतद्वारा कति पवित्र बन्छौ। पहलो पाप हो– विषय सागरमा गोता खानु। देवताहरू विषय सागरमा गोता खाँदैनन्। सोध्छन्– के वहाँ बच्चा हुँदैन? बच्चा किन नहुने! तर त्यो हो नै पवित्र दुनियाँ, सम्पूर्ण निर्विकारी। वहाँ यो कुनै विकार हुँदैन। बाबाले सम्झाउनु भएको छ– देवता केवल आत्म-अभिमानी हुन्छन्, परमात्म-अभिमानी हुँदैनन्। तिमी आत्म-अभिमानी पनि हौ, परमात्म-अभिमानी पनि हौ। पहिले दुवै थिएनौ। सत्ययुगमा परमात्मालाई जान्दैनन्। आत्मालाई जान्दछन्– म आत्मा यो पुरानो शरीर छोडेर फेरि गएर नयाँ शरीर लिन्छु। पहिले नै थाहा हुन्छ– अब पुरानो छोडेर नयाँ लिनु छ। बच्चा जन्मिन्छ, यो पनि पहिले नै साक्षात्कार हुन्छ। योगबलद्वारा तिमी सारा विश्वको मालिक बन्छौ भने के योगबलद्वारा बच्चा हुन सक्दैन! योगबलद्वारा कुनै पनि चीजलाई तिमी पावन बनाउन सक्छौ। तर तिमीले याद गर्न बिर्सिन्छौ। कसैलाई अभ्यास हुन्छ। धेरै संन्यासीहरू पनि हुन्छन्, जसलाई भोजनको कदर रहन्छ। मन्त्र पढेर फेरि खान्छन्। तिमीलाई पनि परहेज त बताइएको छ। केही पनि मांसाहार-रक्सी खानु हुँदैन। तिमी देवता बन्छौ नि। देवताले कहिल्यै यस्तो चीज खाँदैनन्। त्यसैले यस्तो पवित्र बन्नु छ। बाबा भन्नुहुन्छ– मद्वारा तिमीले मलाई जानेपछि सबैथोक जान्दछौ। फेरि जान्ने केही बाँकी रहँदैन। सत्ययुगमा फेरि पढाइ पनि अर्कै हुन्छ। यस मृत्युलोकको पढाइको अब अन्त्य हुन्छ। मृत्युलोकका सारा कारोबार खतम भएर फेरि अमरलोकको शुरु हुन्छ। यति बच्चाहरूलाई नशा चढ्नुपर्छ। अमरलोकको मालिक थियौ, तिमी बच्चाहरूलाई अतीन्द्रिय सुख, परम सुखमा रहनुपर्छ। परमपिता परमात्माका हामी बच्चाहरू हौं अथवा विद्यार्थी हौं। परमपिता परमात्माले हामीलाई अब घर लैजानुहुन्छ, यसलाई नै परमानन्द भनिन्छ। सत्ययुगमा यो कुरा हुँदैन। यो कुरा तिमीले अहिले सुन्छौ। यस समय ईश्वरीय परिवारका हौ। अहिलेको नै गायन हो– अतीन्द्रिय सुख गोप गोपिनीहरूसँग सोध। परमधाममा रहने रहने बाबा आएर हाम्रो बाबा, टिचर, गुरू बन्नुहुन्छ। तीन नै सेवक हुनुभयो। कुनै अभिमान राख्नुहुन्न। भन्नुहुन्छ– म तिम्रो सेवा गरेर तिमीलाई सबैथोक दिएर निर्वाणधाममा गएर बस्छु, त्यसैले सेवक हुनुभयो नि। भाइसराय आदिले जहिले पनि सही गर्दा आज्ञाकारी सेवक लेख्छन्। बाबा पनि निराकार, निरहंकारी हुनुहुन्छ। कसरी बसेर पढाउनु हुन्छ! यति उच्च पढ़ाई अरु कसैले पढाउन सक्दैन। यति प्वाइन्टहरू कसैले दिन सक्दैन। मनुष्यले त जान्न सक्दैनन्, यिनलाई कुनै गुरूले सिकाएको होइन। गुरू भएको भए त धेरै हुने थिए। एक जना मात्रै हुन्छ र? बाबाले नै पतितहरूलाई पावन बनाउनु हुन्छ। आदि सनातन देवी देवता धर्मको स्थापना गरिरहनु भएको छ। बाबा भन्नुहुन्छ– म कल्प-कल्प, कल्पको संगमयुगमा आउँछु। भन्छन् नि– बाबा हामी कल्प पहिले पनि मिलेका थियौं। बाबा नै आएर पतितहरूलाई पावन बनाउनु हुन्छ। २१ जन्मको लागि तिमी बच्चाहरूलाई पावन बनाउँछु। यो सबै धारणा गर्नुपर्छ फेरि भन्नुपर्छ– बाबाले के सम्झाउनु भएको छ। बाबासँग हामी भविष्य २१ जन्मको वर्सा लिन्छौं। यो याद रहेमा फेरि खुशीमा रहनेछौ। यो परम-आनन्द हो। मास्टर ज्ञानका सागर, सुखका सागर– यो सबै वरदान बाबासँग अहिले तिमीलाई मिल्छन्। सत्ययुगमा त बुद्धू हुन्छौ। यी लक्ष्मी-नारायणलाई त केही पनि ज्ञान हुँदैन। यिनीहरूलाई भएको भए त परम्परा चल्दै आउँथ्यो। तिमी जस्तो परम आनन्द देवताहरूलाई पनि हुन सक्दैन। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलार्र्र्र्र्र्र्ई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालार्र्र्र्र्ई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) देवता बन्नको लागि खान-पानको धेरै शुद्धि राख्नु छ। धेरै परहेज राखेर चल्नु छ। योगबलद्वारा भोजनलाई दृष्टि दिएर शुद्ध बनाएर स्वीकार गर्नु छ।

    २) हामी परमपिता परमात्माका बच्चा अथवा विद्यार्थी हौं, उहाँले हामीलाई अब आफ्नो घर लैजानुहुन्छ। यसै खुशीमा रहेर परम सुख, परम आनन्दको अनुभव गर्नु छ।

    वरदान:

    ड्रामाको कवचलाई सामुन्ने राखेर खुशीको खुराक खाने सदा शक्तिशाली भव:-  

    खुशी रुपी भोजनले आत्मालाई शक्तिशाली बनाइदिन्छ। भनाइ पनि छ– खुशी जस्तो खुराक छैन। यसको लागि ड्रामाको कवचलाई राम्रोसँग कार्यमा लगाऊ। यदि सधैं ड्रामाको स्मृति रह्यो भने कहिल्यै पनि निराश हुँदैनौ, खुशी कम हुन सक्दैन किनकि यो ड्रामा कल्याणकारी छ। अकल्याणकारी दृश्यमा पनि कल्याण लुकेको छ, यस्तो सम्झेर सधैं खुशी रहने गर।

    स्लोगन:

    परचिन्तन र परदर्शनको धूलोबाट टाढा रहनेवाला नै सच्चा अमूल्य हीरा हो।  




    ***OM SHANTI***