BK Murli 8 April 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 8 April 2016 In Nepali

    26 चैत्र 2072 शुक्रबार 08.04.2016 प्रातः मुरली मधुबन

    “मीठे बच्चे– जब समय मिल्छ एकान्तमा बसेर सच्चा माशुकलाई याद गर किनकि यादद्वारा नै स्वर्गको बादशाही मिल्छ।”  

    प्रश्न:

    बाबा मिल्नुभएको छ त्यसैले कुनचाहिँ अलबेलापन समाप्त हुनुपर्छ?

    उत्तर:

    कति बच्चाहरूले भन्छन्– हामी त हौं नै बाबाको। याद गर्ने मेहनत गर्दैनन्। घरी-घरी याद गर्न बिर्सिन्छन्। यो नै अलबेलापन हो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यदि यादमा रह्यौ भने भित्र स्थायी खुशी रहन्छ। कुनै पनि प्रकारको डर हुँदैन। जसरी बाँधेलीहरू यादमा तड्पिन्छन्, दिन-रात याद गरिरहन्छन्। त्यसैगरी तिमीहरू पनि निरन्तर यादमा रहनुपर्छ।

    गीतः–

    तकदीर जगाकर आई हूँ.....

    ओम् शान्ति।

    बाबाले बच्चाहरूलाई सम्झाउनु भएको छ, तिमी पनि भन्छौ– ओम् शान्ति। बाबा पनि भन्नुहुन्छ– ओम् शान्ति अर्थात् तिमी आत्मा शान्तस्वरुप हौ। बाबा पनि शान्तस्वरुप हुनुहुन्छ, आत्माको स्वधर्म शान्ति हो। परमात्माको पनि स्वधर्म शान्ति हो। तिमी पनि शान्तिधाममा रहनेवाला हौ। बाबा पनि भन्नुहुन्छ– म पनि त्यहीँको निवासी हुँ। तिमी बच्चाहरू पुनर्जन्ममा आउँछौ, म आउँदिन। म यस रथमा प्रवेश गर्छु। यो मेरो रथ हो। शंकरसँग यदि सोध्यौ भने, सोध्न त सक्दैनौं, तर सम्झ सूक्ष्मवतनमा गएर कसैले सोध्यो भने भन्नेछ– यो सूक्ष्म शरीर मेरो हो। शिवबाबा भन्नुहुन्छ– यो मेरो शरीर होइन। यो मैले उधारोमा लिएको हो। किनकि मलाई पनि कर्मेन्द्रियको आधार चाहिन्छ। पहिला त मुख्य कुरा यो सम्झाउनु छ– पतित-पावन, ज्ञानको सागर श्रीकृष्ण होइनन्। श्रीकृष्णले सबै आत्माहरूलाई पतितबाट पावन बनाउँदैनन्। उनी त आएर पावन दुनियाँमा राज्य गर्छन्। पहिले राजकुमार बन्छन् फेरि महाराजा बन्छन्। उनमा पनि यो ज्ञान हुँदैन। रचनाको ज्ञान त रचयितामा नै हुन्छ नि। श्रीकृष्णलाई रचना भनिन्छ। रचयिता बाबा नै आएर ज्ञान दिनुहुन्छ। अहिले बाबा रचना रच्दै हुनुहुन्छ, भन्नुहुन्छ– तिमीहरू मेरा बच्चाहरू हौ। तिमी पनि भन्छौ– हो बाबा! हामी हजुरकै बच्चा हौं। भनिन्छ पनि– ब्रह्माद्वारा ब्राह्मणहरूको स्थापना। नत्र ब्राह्मण कहाँबाट आए? सूक्ष्मवतनवाला ब्रह्मा कुनै दोस्रो होइनन्। माथिका नै तलका, तलका नै माथिका हुन्। एकै हुन्। विष्णु र लक्ष्मी-नारायण भन्नु पनि एउटै कुरा हो। उनी कहाँका हुन्? ब्रह्मा नै विष्णु बन्छन्। ब्रह्मा-सरस्वती नै लक्ष्मी-नारायण, फेरि उनै सारा कल्प ८४ जन्मपछि आएर संगममा ब्रह्मा-सरस्वती बन्छन्। लक्ष्मी-नारायण पनि मनुष्य हुन्, उनको देवी-देवता धर्म हो। विष्णुलाई पनि ४ हात दिइएका छन्। यो प्रवृत्ति मार्ग देखाइएको हो। यहाँ शुरुदेखि नै प्रवृत्ति मार्ग चल्दै आउँछ यसैले विष्णुलाई ४ हात दिइएका हुन्। यहाँ छन् ब्रह्मा-सरस्वती, यी सरस्वती धर्म पुत्री हुन्। यिनको असली नाम लखीराज थियो, फेरि यिनको नाम राखियो ब्रह्मा। शिवबाबाले यिनमा प्रवेश गर्नु भयो र राधेलाई आफ्नो बनाउनु भयो, नाम राख्नुभयो सरस्वती। सरस्वतीको ब्रह्मा कुनै लौकिक पिता होइनन्। यी दुवैका लौकिक पिता आ-आफ्नै थिए। अहिले उनी छैनन्। यिनलाई शिवबाबाले ब्रह्माद्वारा एडाप्ट गर्नु भएको हो। तिमी हौ एडाप्टेड बच्चाहरू। ब्रह्मा पनि शिवबाबाको बच्चा हुन्। ब्रह्माको मुख कमलद्वारा रच्नुहुन्छ, यसैले ब्रह्मालाई पनि माता भनिन्छ। तिमी माता-पिता, हामी बालक तिम्रो... भनेर गाइन्छ नि। तिमी ब्राह्मण आएर बालक बनेका छौ। यसलाई बुझ्ने बुद्धि बडो राम्रो हुनुपर्छ। तिमी बच्चाहरूले शिवबाबाबाट वर्सा लिन्छौ। ब्रह्मा कुनै स्वर्गका रचयिता वा ज्ञानको सागर होइनन्। ज्ञानको सागर एक मात्र बाबा हुनुहुन्छ। आत्माको पिता नै ज्ञानको सागर हुनुहुन्छ। आत्मा पनि ज्ञान सागर बन्छ तर यसलाई ज्ञान सागर भनिदैन, किनकि सागर एउटै मात्र हुन्छ। तिमी सबै नदीहरू हौ। सागरको आफ्नो शरीर छैन। नदीहरूको छ। तिमी हौ ज्ञान नदीहरू। कलकत्तामा ब्रह्मपुत्रा नदी धेरै ठूलो छ किनकि त्यसको सागरसँग कनेक्सन छ। वहाँ धेरै ठूलो मेला लाग्छ। यहाँ पनि मेला लाग्छ। सागर र ब्रह्मपुत्रा दुवै कम्बाइन्ड छन्। यो हो चैतन्य, त्यो हो जड। यी कुरा बाबा सम्झाउनु हुन्छ। शास्त्रहरूमा छैन। शास्त्र हुन् भक्तिमार्गको विभाग। यो हो ज्ञान मार्ग, त्यो हो भक्तिमार्ग। आधाकल्प भक्ति मार्गको विभाग चल्छ। त्यहाँ ज्ञानसागर हुनुहुन्न। परमपिता परमात्मा, ज्ञानको सागर बाबा संगममा आएर ज्ञान स्नानद्वारा सबैको सद्गति गर्नुहुन्छ। 

    तिमी जान्दछौ– हामी बेहदको बाबाबाट स्वर्गको सुखको भाग्य बनाइरहेका छौं। अवश्य हामी सत्ययुग, त्रेतामा पूज्य देवी देवता थियां। अहिले हामी पुजारी मनुष्य हौं। फेरि तिमी मनुष्यबाट देवता बन्छौ। ब्राह्मण सो देवता धर्ममा आयौ फेरि क्षत्रिय, वैश्य, शूद्र बन्यौ। ८४ जन्म लिँदै लिँदै तल झर्नु पर्यो। यो पनि तिमीलाई बाबाले बताउनु भएको छ। तिमीले आफ्नो जन्मको बारेमा जान्दैनथ्यौ। ८४ जन्महरू पनि तिमीले नै लिन्छौ। जो पहिला शुरुमा आउँछन् उनीहरू नै पूरा ८४ जन्म लिन्छन्। योगद्वारा नै खाद निस्कन्छ, योगमा नै मेहनत छ। हुन त कति बच्चाहरू ज्ञानमा अगाडि छन् तर योगमा कच्चा छन्। बाँधेलीहरू योगमा अरु भन्दा राम्रा छन्। उनीहरू त शिवबाबासँग मिल्नको लागि रात-दिन तड्पिन्छन्। तिमी मिलेका छौ। तिमीलाई याद गर भन्छु तर पनि घरी-घरी बिर्सिन्छौ। तिमीलाई धेरै तूफान आउँछ। उनीहरू यादमा तड्पिन्छन्। तिमी तड्पिदैनौ। उनीहरूले घरमै बसेर पनि उच्च पद पाउँछन्। तिमी बच्चाहरू जान्दछौ– बाबाको यादमा रहनाले हामीलाई स्वर्गको बादशाही मिल्छ। जसरी बच्चा गर्भबाट निस्कनको लागि तड्पिन्छ। त्यसैगरी बाँधेलीहरू तड्पिंदै तड्पिंदै पुकार्छन्– शिवबाबा! यस बन्धनबाट निकाल्नुहोस्। दिन-रात याद गर्छन्। तिमीलाई बाबा मिल्नुभएको छ त्यसैले तिमी सुस्त बन्छौ। हामी बाबाको बच्चाहरू हौं। हामी यो शरीर छोडेपछि गएर राजकुमार बन्छौं। भित्र यस्तो स्थायी खुशी रहनुपर्छ। तर मायाले याद गर्न दिँदैन। याद गर्यौ भने धेरै खुशी रहनेछौ। याद गर्दैनौ भने अतालिइरहन्छौ। आधा कल्पसम्म तिमीले रावण राज्यमा दुःख देखेका छौ। अकालमा मृत्यु हुँदै आएको छ। दुःख त छँदै छ। जतिसुकै धनी भए पनि, दुःख त हुन्छ। अकालमा मृत्यु हुन्छ। सत्ययुगमा यसरी अकालमा मर्दैनन्, कहिल्यै बिरामी हुँदैनन्। समय आएपछि बस्दा बस्दै स्वतः एउटा शरीरलाई छोडेर अर्को लिन्छन्। त्यसको नाम नै हो सुखधाम। मनुष्य त स्वर्गका कुरालाई कल्पना सम्झन्छन्। भन्छन्– स्वर्ग कहाँबाट आयो? तिमी जान्दछौ– हामी त स्वर्गमा रहनेवाला हौं फेरि ८४ जन्म लिन्छौं। यो सारा खेल यहाँ नै बनेको छ। तिमी जान्दछौ– हामी २१ जन्मसम्म पावन देवता थियौं, फेरि हामी क्षत्रिय, वैश्य शूद्र बन्यौं। अब फेरि ब्राह्मण बनेका छौं। यो स्वदर्शन चक्र धेरै सहज छ। यो शिवबाबाले बसेर सम्झाउनु हुन्छ। 

    तिमी जान्दछौ– शिवबाबा ब्रह्माको रथमा आउनु भएको छ। यी ब्रह्मा नै सत्ययुगको आदिमा श्रीकृष्ण थिए। ८४ जन्म लिएर पतित बनेका छन्। फेरि यिनमा बाबाले प्रवेश गरेर एडाप्ट गर्नु भएको हो। स्वयं भन्नुहुन्छ– मैले यस तनको आधार लिएर तिमीलाई आफ्नो बनाएको छु। फेरि तिमीलाई स्वर्गको राजधानीको लायक बनाउँछु। जो लायक बन्छन्, उनै राजाईमा आउँछन्। यसमा राम्रो चालचलन हुनुपर्छ। मुख्य हो नै पवित्रता। यसमा अबलाहरूमाथि अत्याचार हुन्छ। कहीँ कहीँ पुरूषहरूमाथि पनि अत्याचार हुन्छ। विकारको लागि एकले अर्कालाई दुःख दिन्छन्। यहाँ माताहरू धेरै भएका हुनाले शक्ति सेना भनेर गाइएको छ, वन्दे मातरम्। अहिले तिमी ज्ञान चितामा बसेका छौ, काम चिताबाट उत्रेर गोरो बन्नको लागि। द्वापरदेखि लिएर काम चितामा बसेका छौ। एकले अर्कालाई विकार दिने लगन गाँठो विकारी ब्राह्मणले बाँध्छन्। तिमी हौ निर्विकारी ब्राह्मण। तिमीले त्यसलाई क्यान्सिल गराएर ज्ञान चितामा बसेका छौ। काम चिताले काला बनेका छौ, ज्ञान चिताले गोरो बन्छौ। बाबा भन्नुहुन्छ– ठीक छ एकसाथ बस तर प्रतिज्ञा गर्नु छ– हामी विकारमा जाने छैनौं। यसैले बाबाले औंठी पनि लगाइदिनुहुन्छ। शिवबाबा, बाबा पनि हुनुहुन्छ, साजन पनि हुनुहुन्छ। सबै सीताहरूका राम हुनुहुन्छ। उहाँ नै पतित-पावन हुनुहुन्छ। बाँकी रघुपति राघव राजारामको कुरा होइन। उनले संगममा नै यो प्रारब्ध पाएका थिए। उनलाई हिंस्रक बाण देखाउनु गलत हो। चित्रमा पनि दिनु हुँदैन। केवल चन्द्रवंशी लेख्नु छ। बच्चाहरूले सम्झाउनुपर्छ– शिवबाबाले यस चित्रद्वारा हामीलाई यो चक्रको रहस्य बुझाउनु भएको छ। सत्य-नारायणको कथा छ नि, त्यो हो मनुष्यहरूले बनाएको कथा। नरबाट नारायण त कोही पनि बन्दैन। सत्य-नारायणको कथाको अर्थ हो नै नरबाट नारायण बन्नु। अमर कथा पनि सुनाउँछन् तर अमरपुरीमा त कोही पनि जान्दैनन्। मृत्युलोक २५०० वर्षसम्म चल्छ। तीजरीको कथा माताहरूले सुन्छन्। वास्तवमा यो हो तेस्रो ज्ञानको नेत्र दिने कथा। अहिले ज्ञानको तेस्रो नेत्र आत्मालाई मिलेको छ त्यसैले आत्म-अभिमानी बन्नु छ। म यस शरीरद्वारा अब देवता बन्छु। ममा नै संस्कार छ। मनुष्य सबै देह-अभिमानी छन्। बाबा आएर देही-अभिमानी बनाउनु हुन्छ। मनुष्यहरू फेरि भन्छन्– आत्मा परमात्मा एउटै हो। परमात्माले नै यी सबै रुप धारण गरेका हुन्। बाबा भन्नुहुन्छ– यो सबै गलत हो, यसलाई मिथ्या अभिमान, मिथ्या ज्ञान भनिन्छ। बाबा बताउनु हुन्छ– म बिन्दु जस्तै छु। तिमीले पनि जान्दैनथ्यौ, यिनले पनि जान्दैनथे। अहिले बाबा सम्झाउनु हुन्छ– यसमा शंका आउनु हँदैन, निश्चय हुनुपर्छ। बाबाले अवश्य सत्य नै बोल्नुहुन्छ। संशयबुद्धि विनश्यन्ति। उनले पूरा वर्सा पाउँदैनन्। आत्म-अभिमानी बन्नमा नै मेहनत लाग्छ। खाना पकाउँदा पनि बुद्धि बाबातर्फ नै लागि रहोस्। हरेक कुरामा यस्तो अभ्यास गर्नुपर्छ। रोटी बेल्दा आफ्नो माशुकलाई याद गर्दै रहनु छ– यस्तो अभ्यास हरेक कुरामा हुनुपर्छ। जति समय फुर्सद मिल्छ याद गर्नु छ। यादद्वारा नै तिमी सतोप्रधान बन्छौ। ८ घण्टा कर्म गर्नको लागि छुट्टी छ। बिचमा पनि एकान्तमा गएर बस्नुपर्छ, तिमीले सबैलाई बाबाको परिचय पनि सुनाउनु छ। आज सुनेनन् भने पनि भोलि सुन्छन्। बाबा स्वर्ग स्थापना गर्नुहुन्छ, हामी स्वर्गमा थियौं अहिले नर्कवासी भएका छौं। अब फेरि बाबाबाट वर्सा मिल्नुपर्छ। तिमीहरूलाई नै सम्झाउँछु। बाबा आउनुहुन्छ पनि भारतमा नै। हेर, तिम्रो पासमा मुसलमानहरू पनि आउँछन्, उनीहरूले पनि सेन्टर सम्हाल्छन्। भन्छन्– शिवबाबालाई याद गरौं। सिक्ख पनि आउँछन्, क्रिश्चियन पनि आउँछन्, पछि गएर धेरै आउनेछन्। यो ज्ञान सबैको लागि हो। किनकि यो हो नै सहज याद र सहज वर्सा, बाबाको। तर पवित्र त अवश्य बन्नुपर्छ। दान दिएमा ग्रहण छुट्छ । अहिले भारतमाथि राहुको ग्रहण छ फेरि वृहस्पतिको दशा शुरु हुन्छ, २१ जन्मको लागि। पहिले हुन्छ वृहस्पतिको दशा, फेरि शुक्रको दशा। सूर्यवंशीहरू माथि वृहस्पतिको दशा, चन्द्रवंशीहरूमाथि शुक्रको दशा भनिन्छ। फेरि दशा कम हुँदै जान्छ। सबैभन्दा खराब हो राहुको दशा। बृहस्पति कुनै गुरू होइन। यो दशा हो वृक्षपतिको। वृक्षपति बाबा आएपछि बृहस्पति र शुक्रको दशा शुरु हुन्छ। रावण आएपछि राहुको दशा शुरु हुन्छ। तिमी बच्चाहरूमाथि अहिले बृहस्पतिको दशा बसेको छ। केवल वृक्षपतिलाई याद गर, पवित्र बन। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलार्र्र्र्र्र्र्ई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालार्र्र्र्र्ई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) हरेक कार्य गर्दा आत्म-अभिमानी बन्ने अभ्यास गर्नु छ। देहको अहंकार समाप्त होस्, यसैको लागि नै मेहनत गर्नु छ।

    २) सत्ययुगी राजाईको लायक बन्नको लागि आफ्नो चालचलन रोयल बनाउनु छ। पवित्रता नै सबैभन्दा उच्च चलन हो। पवित्र बनेमा पवित्र दुनियाँको मालिक बन्छौ।

    वरदान:

    त्रिकालदर्शी स्थितिद्वारा मायाको आक्रमणबाट सुरक्षित रहनेवाला अतीन्द्रिय सुखको अधिकारी भव:-  

    संगमयुगको विशेष वरदान वा ब्राह्मण जीवनको विशेषता हो– अतीन्द्रिय सुख। यस्तो अनुभव अरु कुनै पनि युगमा हुँदैन। तर यस्तो सुखको अनुभूतिको लागि त्रिकालदर्शी स्थितिद्वारा मायाको आक्रमणबाट सुरक्षित होऊ। यदि बारम्बार मायाको आक्रमण भइरह्यो भने चाहेर पनि अतीन्द्रिय सुखको अनुभव गर्न पाउँदैनौ। जसले अतीन्द्रिय सुखको अनुभव गर्छ, उसलाई इन्द्रियहरूको सुखले आकषर्िात गर्न सक्दैन, नलेजफुल हुनाको कारण उनको अगाडि त्यो तुच्छ लाग्छ।

    स्लोगन:

    कर्म र मनसा दुवै सेवाको सन्तुलन भयो भने शक्तिशाली वायुमण्डल बनाउन सक्छौ।  




    ***OM SHANTI***