BK Murli 9 April 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 9 April 2016 In Nepali

    27 चैत्र 2072 शनिवार 09.04.2016 प्रातः मुरली मधुबन

    “मीठे बच्चे– तिमीले देह अभिमानको द्वार बन्द गरिदियौ भने मायाको तुफान आउन बन्द हुन्छ।”   

    प्रश्न:

    जुन बच्चाहरूको विशाल बुद्धि छ, उनीहरूको निशानी सुनाऊ।

    उत्तर:

    (१) उनीहरूलाई सारा दिन सेवाको नै विचार चलिरहन्छ। (२) उनीहरूको बुद्धिमा रहन्छ– कसरी सारा विश्वमा घेराऊ लगाएर सबैलाई पतितबाट पावन बनाऔं? उनीहरू विश्वलाई दुःखधामबाट सुखधाम बनाउने सेवा गरिरहन्छन्। (४) उनीहरूले धेरैलाई आफू समान बनाइरहन्छन्।

    ओम् शान्ति।

    रुहानी बाबा बसेर मीठा-प्यारा बच्चाहरूलाई सम्झाउनु हुन्छ– आफूलाई आत्मा सम्झिएर म बाबालाई याद गर्यौ भने तिम्रा सबै दुःख सदाको लागि मेटिएर जान्छ। आफूलाई आत्मा सम्झिएर सबैलाई भाइ-भाइको दृष्टिले हेर्यौ भने फेरि देहको दृष्टि वृत्ति बद्लिन्छ। बाबा पनि अशरीरी हुनुहुन्छ, तिमी आत्मा पनि अशरीरी हौ। बाबाले आत्माहरूलाई नै देख्नुहुन्छ, सबै अकालतख्तमा विराजमान आत्मा हौ। तिमीले पनि भाइ-भाइको दृष्टिले हेर, यसमा बडो मेहनत छ। देहको भानमा आउनाले नै मायाको तुफान आउँछ। यो देह अभिमानको द्वार बन्द गरिदियौ भने मायाको तुफान आउन बन्द हुन्छ। यो देही-अभिमानी बन्ने शिक्षा सारा कल्पमा यस पुरूषोत्तम संगमयुगमा बाबाले नै तिमी बच्चाहरूलाई दिनुहुन्छ। 

    मीठा-प्यारा सिकीलधे बच्चाहरू! तिमी जान्दछौ– अब हामी नर्कको किनारा छोडेर अगाडि गइरहेका छौं, यो पुरूषोत्तम संगमयुग बिलकुल अलग हो, बीचको। समुद्रको बीचमा तिम्रो नाउ छ। तिमी न सत्ययुगी हौ, न कलियुगी हौ। तिमी पुरूषोत्तम संगमयुगी सर्वोत्तम ब्राह्मण हौ। संगमयुग हो नै ब्राह्मणहरूको। ब्राह्मण हुन् चोटी। यो ब्राह्मणहरूको धेरै सानो युग हो। यो एकै जन्मको युग हुन्छ। यो हो तिम्रो खुशीको युग। खुशी कुन कुराको छ? भगवानले हामीलाई पढाउनु हुन्छ! यस्ता विद्यार्थीहरूलाई कति खुशी हुन्छ। तिमीलाई अहिले सारा चक्रको ज्ञान बुद्धिमा छ। अहिले हामी ब्राह्मण हौं फेरि हामी नै देवता बन्छौं। पहिले आफ्नो घर स्वीटहोममा जान्छौं फेरि नयाँ दुनियाँमा आउँछौं। हामी ब्राह्मण नै स्वदर्शन चक्रधारी हौं। हामीले नै यो बाजोली खेल्छौं। यस विराट रुपलाई पनि तिमी ब्राह्मण बच्चाहरूले नै जान्दछौ। बुद्धिमा सारा दिन यो कुरा स्मरण हुनुपर्छ। 

    प्यारा बच्चाहरू! तिम्रो यो धेरै प्यारो परिवार हो, त्यसैले तिमीहरू हरेक धेरै मीठो बन्नुपर्छ। बाबा पनि मीठो हुनुहुन्छ त्यसैले बच्चाहरूलाई पनि यस्तै मीठो बनाउनु हुन्छ। कहिल्यै कसैसँग पनि रिसाउनु हुँदैन। मनसा, वाचा, कर्मणा कसैलाई दुःख दिनु हुँदैन। बाबाले कहिल्यै कसैलाई दुःख दिनुहुन्न। जति बाबालाई याद गर्छा, त्यति मीठो बन्दै जान्छौ। यसै यादद्वारा नै बेडा पार हुन्छ। यो हो यादको यात्रा। याद गर्दै गर्दै शान्तिधाम हुँदै सुखधाम जानु छ। बाबा आउनुभएको हो नै बच्चाहरूलाई सदा सुखी बनाउन। भूतहरूलाई भगाउने युक्ति बाबाले बताउनु हुन्छ– मलाई याद गर्यौ भने यी भूत निस्किदै जान्छन्। कुनै पनि भूतलाई साथमा लिएर नजाऊ। कसैसँग भूत छ भने यहाँ नै मलाई छोडेर जाऊ। तिमी भन्छौ पनि– बाबा आएर हाम्रो भूतलाई निकालेर पतितबाट पावन बनाउनुहोस्। बाबा कति सुन्दर फूल बनाउनु हुन्छ। बाबा र दादा दुवै मिलेर तिमी बच्चाहरूको शृंगार गर्नुहुन्छ। माता पिताले नै बच्चाहरूको शृंगार गर्छन् नि। ती हुन् हदका बाबा, यहाँ हुनुहुन्छ बेहदका बाबा। तिमी बच्चाहरू धेरै प्यारसँग चल्नु र चलाउनु छ। सबै विकारको दान दिनुपर्छ, दान दियौ भने ग्रहण छुट्छ। यसमा कुनै बहाना आदिको कुरा छैन। प्यारसँग तिमीले कसैलाई पनि वश गर्न सक्छौ। प्यारसँग ज्ञान देऊ, प्यार धेरै मीठो चीज हो– सिंहलाई, हात्तीलाई, जनावरलाई पनि मनुष्यले प्रेमद्वारा वशमा पार्छन्। तिनीहरू त फेरि पनि आसुरी मनुष्य हुन्। तिमी त अब देवता बनिरहेका छौ। त्यसैले दैवीगुण धारण गरेर धेरै-धेरै मीठो बन्नु छ। एक आपसमा भाइ-भाइ अथवा भाइ बहिनीको दृष्टिले हेर। आत्माले आत्मालाई कहिल्यै दुःख दिन सक्दैन। बाबा भन्नुहुन्छ– मीठे बच्चे, म तिमीलाई स्वर्गको राज्य भाग्य दिन आएको छु। अब तिमीलाई जे चाहिन्छ त्यो मबाट लेऊ। म त तिमीलाई विश्वको मालिक डबल सिरताज बनाउन आएको हुँ। तर मेहनत तिमीले गर्नु छ। मैले कसैमाथि ताज राख्दिनँ। तिमीले आफ्नै पुरूषार्थद्वारा नै आफूलाई राजतिलक दिनु छ। बाबा पुरूषार्थको युक्ति बताउनु हुन्छ– यसरी-यसरी विश्वको मालिक, डबल सिरताज आफूलाई बनाउन सक्छौ। पढाइमा पूरा ध्यान देऊ। कहिल्यै पनि पढाइलाई नछोड। कुनै पनि कारणले रिसाएर पढाइलाई छोडिदियौ भने धेरै घाटा पर्नेछ। घाटा र नाफालाई देख्दै गर। तिमी ईश्वरीय युनिभर्सिटीका विद्यार्थी हौ, ईश्वर बाबासँग पढिरहेका छौ, पढेर पूज्य देवता बनिरहेका छौ। त्यसैले विद्यार्थी पनि यस्तो नियमित बन्नुपर्छ। विद्यार्थी जीवन सर्वोत्तम हो। जति पढ्छौ अनि पढाउँछौ र आचरण सुधार्छौ त्यति उत्तम बन्छौ। मीठे बच्चे! अब तिम्रो वापसी यात्रा हो, जसरी सत्युगबाट त्रेता, द्वापर, कलियुगसम्म तल झर्दै आयौ, त्यस्तै अब तिमी कलियुगबाट माथि सत्ययुगसम्म जानु छ। जब त्रेतायुगसम्म पुग्छौ, तब फेरि यी कर्मेन्द्रियहरूको चञ्चलता खत्तम भएर जान्छ। यसैले जति बाबालाई याद गर्छौ त्यति तिमी आत्माहरूबाट रजो तमोको खिया निस्कँदै जान्छ र जति खिया निस्कँदै जान्छ त्यति बाबा चुम्बकतर्फ आकर्षण बढ्दै जान्छ। आकर्षण छैन भने अवश्य खिया लागेको छ। खिया निस्किएर पवित्र सुन बनोस्– यो हो अन्तिम कर्मातीत अवस्था। 

    तिमी गृहस्थ व्यवहारमा, प्रवृत्तिमा रहँदै कमल पुष्पसमान बन्नु छ। बाबा भन्नुहुन्छ– मीठे बच्चे! घर गृहस्थलाई पनि सम्हाल, शरीर निर्वाह अर्थ कामकाज पनि गर। साथसाथै यो पढाइ पनि पढिराख। गायन पनि छ– हथ कार डे दिल यार डे। कामकाज गर्दै एक माशुक बाबालाई याद गर्नु छ। तिमी आधाकल्पका आशिक हौ। नवधा भक्तिमा पनि हेर कृष्ण आदिलाई कति प्रेमसँग याद गर्छन्। त्यो नवधा भक्ति, अटल भक्ति। कृष्णको अटल याद रहन्छ तर त्यसबाट कसैलाई मुक्ति मिल्दैन। यो हो फेरि निरन्तर याद गर्ने ज्ञान। बाबा भन्नुहुन्छ– म पतित-पावन बाबालाई याद गर्यौ भने तिम्रो पाप नाश भएर जान्छ। तर माया पनि बडो पहलवान छ। कसैलाई छोड्दैन। मायासँग पटक-पटक हार खायौ भने शिर झुकाएर पश्चात्ताप गर्नुपर्छ। बाबाले बच्चाहरूलाई श्रेष्ठ मत दिनुहुन्छ नै श्रेष्ठ बन्नको लागि। बाबा हेर्नुहुन्छ– यति मेहनत बच्चाहरूले गर्दैनन् यसैले बाबालाई दया लाग्छ। यदि यो अभ्यास अहिले गरेनौ भने फेरि सजाय धेरै खानुपर्नेछ र कल्प-कल्प पाई पैसाको पद पाइरहनेछौ। 

    मूल कुरा, बच्चाहरूलाई बाबा सम्झाउनु हुन्छ– देही-अभिमानी बन। देह सहित देहका सबै सम्बन्धलाई भुलेर म एकलाई याद गर, पावन पनि अवश्य बन्नु छ। कुमारी जब पवित्र हुन्छन्, सबैले उनलाई शिर झुकाउँछन्। विवाह गरेपछि फेरि पुजारी बन्छन्। सबैको अगाडि शिर झुकाउनुपर्छ। कन्या पहिले माइती घरमा हुँदा यति धेरै सम्बन्ध याद रहँदैन। विवाहपछि देहको सम्बन्ध पनि बढ्छन् फेरि पति, बच्चाहरूमा मोह बढ्छ। सासु, ससुरा आदि सबै याद आउँछ। पहिले त केवल आमा बुवामा नै मोह हुन्छ। यहाँ त फेरि ती सबै सम्बन्धलाई बिर्सिनुपर्छ किनकि उहाँ एकै तिम्रो सच्चा-सच्चा माता-पिता हुनुहुन्छ नि। यो हो ईश्वरीय सम्बन्ध। गाउँछन् पनि– त्वमेव माताश्च पिता त्वमेव.... उहाँ माता पिताले त तिमीलाई विश्वको मालिक बनाउनु हुन्छ यसैले बाबा भन्नुहुन्छ– म बेहदको बाबालाई निरन्तर याद गर र कुनै पनि देहधारीसँग ममत्व नराख। स्त्रीलाई कलियुगी पतिको कति याद रहन्छ, उनले दलदलमा गिराइदिन्छन्। यहाँ बेहदको बाबाले त तिमीलाई स्वर्गमा लिएर जानुहुन्छ। यस्तो प्यारो बाबालाई धेरै प्रेमसँग याद गर्दै स्वदर्शन चक्र फिराइराख। यसै यादको बलद्वारा नै तिम्रो आत्मा कञ्चन बनेर स्वर्गको मालिक बन्छ। स्वर्गको नाम सुनेर नै दिल खुशी हुन्छ। जसले निरन्तर याद गर्छन् र अरुलाई पनि याद गराउँछन्, उनीहरूले नै उच्च पद पाउँछन्। यस्तो पुरूषार्थ गर्दा-गर्दै अन्त्यमा तिम्रो त्यो अवस्था जम्नेछ। यो त दुनियाँ पनि पुरानो हो, देह पनि पुरानो हो, देह सहित देहका सबै सम्बन्ध पनि पुराना छन्। ती सबैबाट बुद्धियोग हटाएर एक बाबासँग जोड्नु छ, जसकारण अन्त्यकालमा पनि उहाँ एक बाबाको नै याद रहोस्। अरु कुनै सम्बन्ध याद छ भने फेरि अन्त्यमा पनि उनीहरू याद आउँछन् अनि पद भ्रष्ट हुन्छ। अन्त्यकालमा जो बेहदको बाबाको यादमा रहन्छ, ऊ नै नरबाट नारायण बन्छ। बाबाको याद छ भने फेरि शिवालय टाढा छैन। 

    मीठा प्यारा सिकीलधे बच्चाहरू बेहदको बाबाको पासमा आउँछन् नै रिफ्रेस हुनको लागि किनकि बच्चाहरू जान्दछन्– बेहदको बाबाबाट बेहद विश्वको बादशाही मिल्छ। यो कहिल्यै भुल्नु हुँदैन। यो सदैव याद रहने हो भने पनि बच्चाहरूलाई अपार खुशी रहन्छ। यो ब्याजलाई हिँड्दा डुल्दा घरी-घरी हेरिराख– एकदम हृदयमा लगाइदेऊ। ओहो! भगवानको श्रीमतद्वारा हामी यस्तो बनिरहेका छौं। ब्याजलाई हेरेर त्यसलाई प्रेम गरिराख। बाबा, बाबा भनिरह्यौ भने सदैव स्मृति रहन्छ। हामी बाबाद्वारा यस्तो बन्छौं। बाबाको श्रीमतमा चल्नुपर्छ नि। प्यारा बच्चाहरूको विशाल बुद्धि हुनुपर्छ। सारा दिन सेवाको नै विचार चलिरहोस्। बाबालाई त त्यस्तो बच्चा चाहिन्छ, जो सेवा विना रहन सक्दैन। तिमी बच्चाहरूले सारा विश्वमा घेराउ लगाउनु छ अर्थात् पतित दुनियाँलाई पावन बनाउनु छ। सारा विश्वलाई दुःखधामबाट सुखधाम बनाउनु छ। शिक्षकलाई पनि पढाउँदा मजा आउँछ नि। तिमी त अब धेरै उच्च टिचर बनेका छौ। जति राम्रो टिचर, उसले धेरैलाई आफू समान बनाउँछन्, कहिल्यै थाक्दैनन्। ईश्वरीय सेवामा धेरै खुशी रहन्छ। बाबाको मदत मिल्छ। यो ठूलो बेहदको व्यापार पनि हो, व्यापारीहरू नै धनवान बन्छन्। उनीहरू यस ज्ञान मार्गमा पनि धेरै अगाडि जान्छन्। बाबा पनि बेहदको व्यापारी हुनुहुन्छ नि। सौदा बडो फस्टक्लास छ तर यसमा बडो साहस धारण गर्नुपर्छ। नयाँ नयाँ बच्चाहरू पुराना भन्दा पनि पुरूषार्थमा अगाडि जान सक्छन्। हरेकको व्यक्तिगत तकदिर छ, त्यसैले पुरूषार्थ पनि हरेकले आ-आफ्नो गर्नु छ। आफ्नो पूरा चेकिङ्ग गर्नुपर्छ। यस्तो चेकिङ्ग गर्नेवाला एकदम रात-दिन पुरूषार्थमा लाग्छन्, भन्छन्– म आफ्नो समय किन खेर फाल्ने? जति हुन सक्छ समय सफल गरुँ। आफूसँग पक्का प्रण गर्छन्– म बाबालाई कहिल्यै भुल्दिनँ। छात्रवृत्ति लिएरै छोड्छु। यस्ता बच्चाहरूलाई फेरि मदत पनि मिल्छ। यस्ता पनि नयाँ नयाँ पुरूषार्थी बच्चाहरू तिमीले देख्नेछौ। साक्षात्कार गरिरहन्छन्। जसरी शुरुमा भयो त्यसैगरी फेरि अन्त्यमा देख्नेछौ। जति समीप पुग्छौ, त्यति खुशीमा नाँचिरहन्छौ। उता रक्तरंजित खेल पनि चलिरहन्छ। 

    तिमी बच्चाहरूको ईश्वरीय दौड चलिरहेका छ, जति अगाडि दौडिँदै जान्छौ, उति नयाँ दुनियाँको दृश्य नजिक आइरहन्छ, खुशी बढ्दै जान्छ। जसलाई दृश्य नजिक देखिँदैन, उनीहरूलाई खुशी पनि हुँदैन। अब त कलियुगी दुनियाँसँग वैराग्य र सत्ययुगी नयाँ दुनियाँसँग प्यार हुनुपर्छ। शिवबाबा याद रह्यो भने स्वर्गको वर्सा पनि याद रहन्छ। स्वर्गको वर्सा याद रह्यो भने शिवबाबा पनि याद रहन्छ। तिमी बच्चाहरूले जान्दछौ– अहिले हामी स्वर्गतर्फ गइरहेका छौं, पाउ नर्कतर्फ छन्, शिर स्वर्गतर्फ छ। अहिले त साना ठूला सबैको वानप्रस्थ अवस्था छ। बाबालाई सदैव यो नशा रहन्छ, ओहो! म गएर यस्तो बालकृष्ण बन्छु, जसको लागि पहिले नै सौगात पनि पठाइरहन्छन्। जसलाई पूरा निश्चय हुन्छ उनै गोपीकाहरूले सौगात पठाउँछन्, उनीहरूलाई अतीन्द्रिय सुखको भासना आउँछ। हामी नै अमरलोकमा देवता बन्छौं। कल्प पहिले पनि हामी नै बनेका थियौं फेरि हामीले ८४ पुनर्जन्म लिएका हौं। यो बाजोली याद रह्यो भने पनि अहो सौभाग्य! सदैव अथाह खुशीमा रहने गर, धेरै ठूलो भाग्य चिठ्ठा मिलिरहेको छ। ५००० वर्ष पहिले पनि हामीले राज्यभाग्य पाएका थियौं फेरि भोलि पाउनेछौं। ड्रामामा निश्चित छ। जसरी कल्प पहिले जन्म लिएका थियौं, त्यसरी नै लिन्छौं, उनीहरू नै हाम्रा माता-पिता हुनेछन्। जो कृष्णका पिता थिए, उ नै फेरि बन्नेछन्। यसरी-यसरी जसले सारा दिन विचार गरिरहन्छ ऊ धेरै रमणिकतामा रहन्छ। विचार सागर मन्थन गर्दैनन् भने अस्वस्थ छन्। गाईले घाँस खाएपछि सारा दिन उग्राइरहन्छ, मुख चलि नै रहन्छ। मुख चलेन भने सम्झिइन्छ बिरामी छ, यहाँ पनि यस्तै हो। 

    बेहदको बाबा र दादा दुवैको मीठा-प्यारा बच्चाहरूसँग धेरै प्रेम छ, कति प्यारसँग पढाउनु हुन्छ। कालोबाट गोरो बनाउनु हुन्छ। त्यसैले बच्चाहरूलाई पनि खुशीको पारा चढिरहनुपर्छ। पारा चढ्छ यादको यात्राद्वारा। बाबा कल्प-कल्प धेरै प्रेमसँग सेवा गर्नुहुन्छ। ५ तत्व सहित सबैलाई पावन बनाउनु हुन्छ। कति ठूलो बेहदको सेवा छ। बाबा धेरै प्रेमसँग बच्चाहरूलाई शिक्षा पनि दिइरहनुहुन्छ किनकि बच्चाहरूलाई सुधार्ने बाबा वा शिक्षकको नै काम हो। बाबाको हो श्रीमत, जसद्वारा नै श्रेष्ठ बनिन्छ। जति प्यारसँग याद गर्छा, त्यति श्रेष्ठ बन्छौ। यो पनि चार्टमा लेख्नुपर्छ– म श्रीमतमा चल्छु वा आफ्नो मतमा चल्छु? श्रीमतमा चल्नाले नै तिमी एक्युरेट बन्छौ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) आफूले आफैंसँग प्रतिज्ञा गर्नु छ– मैले आफ्नो समय खेर फाल्ने छैन। संगमको हरपल सफल गर्नेछु। मैले बाबालाई कहिल्यै भुल्ने छैन। छात्रवृत्ति लिएरै छोड्नेछु।

    २) सदा स्मृति रहोस्– अहिले हाम्रो वानप्रस्थ अवस्था हो। पाउ नर्कतर्फ, शिर स्वर्गतर्फ छ। बाजोलीको खेललाई याद गरेर अथाह खुशीमा रहनु छ। देही-अभिमानी बन्ने मेहनत गर्नु छ।

    वरदान:

    हर कदम श्रीमत अनुसार चलेर मायालाई समर्पण गराउने सहजयोगी भव :-  

    जो बच्चाहरू हर कदम श्रीमत अनुसार चल्छन्, उनीहरूको अगाडि सारा विश्व समर्पित हुन्छ, साथ-साथै माया पनि आफ्नो वंश सहित समर्पित हुन्छ। पहिले तिमी बाबामा समर्पित होऊ, तब माया तिमीमा समर्पित हुन्छ। र, आफ्नो श्रेष्ठ स्वमानमा रहँदै हर आज्ञामा चलिरह्यौ भने जन्म जन्मान्तरको मुश्किलबाट छुट्छौ। अहिले सहजयोगी र भविष्यमा सहज जीवन हुन्छ। त्यसैले यस्तो सहज जीवन बनाऊ।

    स्लोगन:

    स्वयंको परिवर्तनद्वारा अन्य आत्माहरूको परिवर्तन गर्नु नै जीवनदान हो।   

     
    ***OM SHANTI***