BK Murli 10 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 10 May 2016 Nepali

    २८ बैशाख २०७३ मंगलबार 10.05.2016 बापदादा मधुबन 

    “मीठे बच्चे– कालहरूका काल बाबा आउनुभएको छ तिमीलाई कालमाथि विजय प्राप्त गराउन। मनमनाभवको मन्त्रद्वारा नै तिमीले कालमाथि विजय प्राप्त गर्न सक्छौ।”   

    प्रश्न:

    रुहानी बाबाले तिमी रुहानी यात्रीहरूलाई कुनचाहिँ एक विशेष शिक्षा दिनुहुन्छ?

    उत्तर:

    हे रुहानी यात्रीहरू! देह-अभिमान छोडेर देही-अभिमानी बन। रावणले आधा कल्पदेखि तिमीलाई देह-अभिमानी बनायो, अब आत्म-अभिमानी बन। यो रुहानी ज्ञान परम आत्माले नै तिमीलाई दिनुहुन्छ, अरु कसैले पनि दिन सक्दैन।

    गीतः–

    ओम् नमो शिवाय.........

    ओम् शान्ति।

    बच्चाहरूले आफ्नो बाबाको महिमा सुने। गायन पनि छ– उच्च भन्दा उच्च भगवान। उहाँ हुनुहुन्छ सबै बच्चाहरूका बाबा। बाँकी जति पनि छन्, उनीहरू आपसमा भाइ-भाइ हुन् र सबैका बाबा पनि एक हुनुहुन्छ। उहाँ हुनुहुन्छ शिवबाबा। बाबाले सम्झाउनुभएको छ– हे प्यारा बच्चाहरू! भक्तिमार्गमा तिमीहरूका दुई पिता हुन्छन्– लौकिक पिता र पारलौकिक पिता। रचयिताबाट रचनालाई वर्सा मिल्छ, त्यो हो हदको वर्सा, यो हो बेहदको वर्सा। बेहदका बाबा त एकै हुनुहुन्छ, जसबाट बेहदको वर्सा मिल्छ। उहाँ हुनुहुन्छ निराकार, उहाँको नाम हो परमपिता परमात्मा शिव। भन्दछन् पनि– शिव परमात्माए नमः, उहाँ हुनुहुन्छ उच्च भन्दा उच्च। तिम्रो बुद्धि जान्छ, निराकार बाबा तर्फ। उहाँ रहनुहुन्छ परमधाममा, जहाँबाट तिमी आत्माहरू आउँछौ। बाबा पनि त्यहीँ रहनुहुन्छ। उहाँ हुनुहुन्छ नै सबैका सद्गति गर्नेवाला। त्यसमा पनि भारतवर्ष परमपिता परमात्माको जन्म स्थान हो, शिवजयन्ती पनि यहाँ नै मनाउँछन्। उहाँ रुहानी बाबालाई नै ज्ञानका सागर, पतित-पावन, लिबरेटर, गाइड भनिन्छ। उहाँ नै दुःख-हर्ता, सुख-कर्ता हुनुहुन्छ– यो कुरा सबैले जान्दछन्। यो दुःखधाम हो, पहिले सुखधाम थियो। बाबाले बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– हे बच्चाहरू, तिमी विश्वको मालिक थियौ जब तिम्रो आदि सनातन देवी-देवता धर्म थियो। देवी-देवता धर्म-श्रेष्ठ, कर्म-श्रेष्ठ थिए, अहिले यिनीहरू धर्म-भ्रष्ट, कर्म-भ्रष्ट बनेका छन्। आफूलाई पावन देवता कहलाउन सक्दैनन्। कलियुग अन्त्यसम्म भक्तिमार्ग चल्छ, यसमा ज्ञान हुँदैन। ज्ञानबाट हुन्छ सद्गति। सर्वका सद्गति दाता बाबा जबसम्म आउनुहुन्न तबसम्म सद्गति हुन सक्दैन। बाबा भन्नुहुन्छ– म कल्पको संगमयुगमा आउँछु। यस समयमा छ नै पतित दुनियाँ। पावन एक पनि हुँदैन। हुन त संन्यासी पवित्र बन्छन् तर फेरि उनले पुनर्जन्म त यहाँ नै लिनुपर्छ। विषबाट जन्म लिनुपर्छ। फर्केर जाँदैनन्। जब चक्र पूरा हुन्छ, तब नै बाबा आएर लिएर जानुहुन्छ। यसलाई भनिन्छ रुहानी ज्ञान। परम आत्माले, रुहानी ज्ञान दिनुहुन्छ। परम आत्मा नै ज्ञानका सागर, पतित-पावन हुनुहुन्छ। बाँकी शास्त्रको ज्ञान त हो नै भक्तिमार्ग। बाबा भन्नुहुन्छ– यज्ञ, तप, तीर्थ आदि गर्दै अझै तल गिर्दै आयौ। तिमी पहिले सतोप्रधान थियौ। यहाँ पवित्रता थियो, सुख, शान्ति पनि थियो। स्वास्थ्य, सम्पति दुवै थियो। आज भन्दा ५००० वर्ष पहिलेको कुरा हो, यो भारतवर्ष स्वर्ग थियो। त्यस समयमा अरु कुनै धर्म थिएन। केवल एकै आदि सनातन देवी-देवता धर्म थियो, जो परमपिता परमात्माले स्थापना गर्नुभएको थियो। स्वर्गको स्थापना त उहाँले नै गर्नुहुन्छ। मनुष्यले त गर्न सक्दैनन्। यस्तो त भनिदैन– कृष्ण रचयिता हुन्। होइन, रचयिता एकै निराकार शिव हुनुहुन्छ। बाँकी हुन् उहाँका रचना। रचयिताबाट नै रचनालाई वर्सा मिल्छ। 

    बाबाले सम्झाउनुहुन्छ– म तिम्रो बेहदको पिता हुँ, तिमीलाई बेहदको वर्सा दिन्छु, २१ जन्मको लागि। सूर्यवंशी, चन्द्रवंशी पवित्र धर्म स्थापना गर्छु। ब्राह्मण धर्म हो चोटी। सबैभन्दा उच्च हुनुहुन्छ रुहानी बाबा, आत्माहरूलाई आफू समान बनाउनुहुन्छ। बाबा ज्ञानका सागर, सुखका सागर हुनुहुन्छ भने तिमीलाई पनि बनाउनुहुन्छ। भारतवर्ष नै सुखधाम थियो, अहिले त दुःखधाम छ। बाबा कसरी आउनुहुन्छ, यो कसैलाई पनि थाहा छैन। सत्ययुग आदिदेखि कलियुग अन्त्यसम्म यो सारा इतिहास-भूगोल भारतवर्षको नै हो। यी लक्ष्मी-नारायण कति स्वस्थ, सम्पन्न थिए। कहिल्यै बिमारी हुँदैनथे। अहिले कालमाथि विजय प्राप्त पाउने शिक्षा लिइरहेका छौ। जसलाई कालहरूका पनि काल, महाकाल भनिन्छ, उहाँले तिमीलाई कालमाथि विजय प्राप्त गराउनुहुन्छ। नाम पनि सुन्यौ– शिवाय नमः। तिमीले यस्तो त भन्दैनौ परमात्मा सर्वव्यापी हुनुहुन्छ, कुकुर, बिरालोमा हुनुहुन्छ, यसलाई भनिन्छ धर्मको ग्लानि। बाबाको ग्लानि गर्छन्। अहिले यो हो कल्पको संगम समय। यस समयमा नै विनाश कालमा विपरीत बुद्धि भनिन्छ। अब विनाश त सामुन्नेमा खडा छ। गीतामा पनि लेखिएको छ– यादव, कौरव, पाण्डवले के गर्छन्? सर्व शास्त्रमयी शिरोमणि श्रीमत भगवत गीता हो, त्यसबाट नै फेरि अरु शास्त्र निस्किन्छन्। तिमीले जान्दछौ– गीता हो देवता धर्मको शास्त्र। बाबा भन्नुहुन्छ– म आउँछु तिमीलाई शूद्रबाट ब्र्राह्मण बनाउँछु अनि देवी-देवता बनाउँछु। फेरि तिमी क्षत्रिय, वैश्य, शूद्र बन्छौ। बाबाले सम्झाउनुहुन्छ– तिमीले ८४ लाख जन्म कसरी लिन्छौ! सबै भन्दा धेरै जन्म अवश्य उनले लिन्छन्, जो सबैभन्दा पहिला सत्ययुगमा आउँछन्। बढीमा ८४ जन्म लिएका छन् हिन्दूहरूले, कम्तीमा एक जन्म। यो पनि बाबाले बसेर सम्झाउनुहुन्छ। बाबा बाहेक कसैलाई पनि ज्ञानका सागर भनिदैन। पतित-पावन, ज्ञानका सागर भन्नाले बुद्धि माथितिर जान्छ। बाबाले नै सबैलाई मुक्त गरेर फर्काएर लिएर जानुहुन्छ, सर्वका सद्गति दाता एकै बाबा हुनुहुन्छ। ठीक छ फेरि सर्वको दुर्गति कसरी हुन्छ? कसले गर्छ? सद्गति सत्ययुगलाई, दुर्गति कलियुगलाई भनिन्छ। बाबा भन्नुहुन्छ– मैले कल्प-कल्प तिमी बच्चाहरूलाई आएर सद्गति गर्छु। तिमी बच्चाहरूले सारा विश्वको इतिहास-भूगोल जान्दछौ। विद्यालयमा त आधा मात्र इतिहास-भूगोल मात्र सिकाउँछन्। सत्ययुग, त्रेतामा कसले राज्य गर्थे, कसैलाई थाहा छैन। चित्रमा त अवश्य छ– यी लक्ष्मी-नारायणले राज्य गर्थे। कति समय त्यो राजधानी चल्यो, तिमीले बताउन सक्छौ। क्रिश्चियन वंश २ हजार वर्ष चल्यो, बौद्ध वंश यतिसम्म चल्यो, इस्लामी...... उनीहरू भन्दा पहिले चन्द्रवंशी थिए जो १२५० वर्ष चल्यो। सत्ययुग-त्रेतामा सूर्यवंशी-चन्द्रवंशी थिए, अरु कुनै धर्म थिएन। तिमी नै सूर्यवंशी-चन्द्रवंशी बन्छौ। अब फेरि बनेका छौ ब्राह्मण वंशी। यो सारा नाटक यहाँ नै बनेको छ। यहीँ स्वर्ग र नर्क बन्छ अरु धर्मकालाई भनिदैन। उनीहरू त स्वर्गमा हुँदैनन्। कोही मरे भने भन्दछन्– स्वर्गवासी भयो, तर बुझ्दैनन्। नर्कवासीहरूले त नर्कमा नै जन्म लिनुपर्छ। स्वर्गवासीले स्वर्गमा नै पुनर्जन्म लिन्छन्। तिमी बच्चाहरूले जान्दछौ– यी लक्ष्मी-नारायण स्वर्गवासी थिए। उनीहरूले यो राजधानी कसरी पाए? लाखौं वर्षको कुरा त याद रहन सक्दैन। सत्ययुगमा यी शास्त्र आदि हुँदैनन्। यो सारा भक्तिको सामग्री हो। सिँढी तल झर्नु नै छ। सतोप्रधानबाट सतो-रजो-तमोमा, यो सिँढी झर्न ५ हजार वर्ष लाग्छ। सत्ययुगमा १६ कला सम्पूर्ण फेरि त्रेतामा २ कला कम, आत्मामा चाँदीको मिसावट पर्यो। कपर एजमा आएपछि कपरको मिसावट पर्यो। यस समय बिलकुलै तमोप्रधान छन्। आत्मामा नै मैला पर्छ। तिमीले नै पूरा ८४ जन्म लिन्छौ। यो रुहानी बाबा शिवबाबा आएर रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ। तिमी अब आत्म-अभिमानी बन्नु छ। रावणको प्रवेशता हुनाले सबै देह-अभिमानी बन्छन्। अब आफूलाई आत्मा सम्झनुपर्छ। हामीले नै ८४ जन्म लिएर भिन्न-भिन्न पार्ट खेल्दै आएका छौं। अब ८४ को चक्र पूरा भयो। अब त शरीर पनि जीर्ण भइसकेको छ। द्वापरदेखि रावण राज्य हुन्छ। सत्ययुगमा हुन्छ रामराज्य। सत्ययुगमा तिमी आत्म-अभिमानी थियौ। द्वापर, कलियुगमा तिमी देह-अभिमानी बन्छौ। न आत्मालाई, न परमात्मालाई जान्दछौ। 

    बाबाले सम्झाउनुहुन्छ– आत्मा एक सितारा हो। भृकुटीको बीचमा चम्किन्छ अजब सितारा.... त्यसलाई दिव्य दृष्टिले सिवाय देख्न सकिन्न। त्यो बिलकुल सूक्ष्म छ। आत्माले नै एक शरीर छोडेर अर्को लिन्छ। हामी आत्माले ८४ जन्म लियौं। परमपिता परमात्मा पनि बिन्दु हुनुहुन्छ, उहाँलाई नै ज्ञानका सागर, पतित-पावन, नलेजफुल भनिन्छ। परमपिता परम आत्मामा सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान छ। बीजरुप हुनाले उहाँलाई सत्-चित-आनन्द स्वरुप भनिन्छ। बाबामा जुन ज्ञान छ, त्यो अवश्य सुनाउनु हुन्छ। यो हो आध्यात्मिक ज्ञान। सबै रुहका बाबा आएर आत्माहरूलाई पढाउनुहुन्छ। तिमी आत्म-अभिमानी बन्नु छ, शिवबाबाले हामीलाई पढाउनु हुन्छ, उहाँ नै ज्ञानका सागर हुनुहुन्छ। बाबा नै आएर स्वर्गको रचना रच्नुहुन्छ। तिमीलाई स्वर्गको लायक बनाउनुहुन्छ। यो सृष्टि चक्रको रहस्य कुनै मनुष्यले जान्दैनन्। बाबालाई नै नजानेका हुनाले यो हाल भएको हो। यहाँ पवित्रता थियो त्यसैले शान्ति र सम्पन्नता पनि थियो। अहिले त हो नै नर्क फेरि स्वर्गमा कोही कसरी जान सक्छ! बिलकुल नै पत्थर बुद्धि भइसकेका छन्।

    बाबा भन्नुहुन्छ– मैले बच्चाहरूको लागि कुनै त उपहार लिएर आउँछु। तिमीलाई स्वर्गको मालिक बनाउँछु। जसले कल्प पहिले वर्सा लिएका थिए, उनैले अहिले पनि लिन्छन्। मनुष्यबाट देवता बन्छन्। वास्तवमा प्रजापिता ब्रह्माका त सबै बच्चाहरू हुन्। अहिले ब्रह्माद्वारा शिवबाबाले रचना रचिरहनु भएको छ। ब्रह्माकुमार-ब्रह्माकुमारी बन्दै जान्छन्। शिव बाबाबाट वर्सा लिनको लागि पुरूषार्थ त गर्नुपर्छ। तमोप्रधानबाट सतोप्रधान त बन्नुपर्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई याद गर्यौ भने तिम्रा सबै विकर्म विनाश हुन्छन्। यो रुहानी ज्ञान बाबाले बाहेक अरु कसैले पनि दिन सक्दैन। रुहानी बाबाले नै रुहलाई ज्ञान दिनुहुन्छ। तिमीले रुहानी यात्रा गर्छौ। देह-अभिमानलाई छोडेर देही-अभिमानी बन्छौ। आत्मा अविनाशी छ। आत्मामा नै पार्ट भरिएको छ। आत्माले कसरी ८४ जन्मको पार्ट खेल्छ, अहिले थाहा भएको छ। हामी सूर्यवंशी थियौं त्यसपछि चन्द्रवंशी बन्यौं फेरि हामीले सूर्यवंशी बन्नुपर्छ। अहिले बाबाले सतोप्रधान बन्ने शिक्षा दिनुहुन्छ, म एकलाई याद गर। भगवानुवाच– गीताका भगवान शिवबाबा हुनुहुन्छ, न कि श्रीकृष्ण। कृष्णको आत्माले पनि अहिले सिकिरहेको छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) रुहानी यात्रा गर्नु र गराउनु छ। स्वयंलाई सतोप्रधान बनाउनको लागि एक बाबालाई याद गर्नु छ। आत्म-अभिमानी बन्ने पूरा-पूरा पुरूषार्थ गर्नु छ।

    २) कालमाथि विजय प्राप्त गर्नको लागि बाबाको शिक्षालाई ध्यानमा राख्नु छ। आफूलाई आत्मा सम्झेर आत्माहरूलाई ज्ञान दिनु छ।

    वरदान:

    सेकेण्डमा संकल्पहरूलाई विराम दिएर आफ्नो फाउण्डेशनलाई मजबुत बनाउने पास विद अनर भव   

    कुनै पनि पेपर परिपक्व बनाउनको लागि, जगलाई बलियो बनाउनको लागि आउँछ, त्यसमा नआत्तिऊ। बाहिर हलचल भए पनि एक सेकेण्डमा विराम लगाउने अभ्यास गर, जतिसुकै विस्तार होस्, एक सेकेण्डमा समेट। भोक-प्यास, ठण्डी-गर्मी सबै भएर पनि संस्कार प्रकट नहोस्, समेट्ने शक्तिद्वारा विराम लगाऊ। धेरै समयको यही अभ्यासले पास विद अनर बनाउँछ।

    स्लोगन:

    आफ्नो सुख-शान्तिको प्रकम्पनबाट सबैलाई सुख चैनको अनुभूति गराउनु नै सच्चा सेवा हो।   



    ***OM SHANTI***