BK Murli 11 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 11 May 2016 Nepali

    २९ बैशाख २०७३ बुधबार 11.05.2016 बापदादा मधुबन 

    “मीठे बच्चे– तिमी बाबाको पासमा आएका छौ आफ्नो तकदिर उच्च बनाउन। जति श्रीमतमा चल्छौ उति तकदिर उच्च बन्छ।”  

    प्रश्न:

    भक्तिको कुनचाहिँ बानी अब तिमी बच्चाहरूमा हुनु हुँदैन?

    उत्तर:

    भक्तिमा अलिकति पनि दुःख भयो, बिमारी भयो भने भन्छन्– हे राम, हे भगवान! यसरी पुकार्ने बानी भक्तिमा हुन्छ। अब तिमीले कहिल्यै पनि मुखबाट यस्तो बोली निकाल्नु हुँदैन। तिमीले त भित्र-भित्रै मीठा बाबालाई प्रेमसँग याद गर्नु छ।

    गीतः–

    तकदीर जगाकर आई हूँ...

    ओम् शान्ति।

    हरेक मनुष्यले पुरूषार्थ गर्छन्– सुख र शान्तिको तकदिर बनाउन। साधु-सन्त संन्यासी आदिले भन्छन्– हामीलाई शान्ति चाहियो। दुःख हर्नुहोस्, सुख दिनुहोस्। सम्झन्छन्– भगवान नै मनुष्य मात्रका दुःख-हर्ता सुख-कर्ता हुनुहुन्छ। अब भगवानलाई मनुष्यले चिनेका त छैनन्। तिमीले त भन्छौ– शिवबाबा। ब्रह्मा, विष्णु, शंकरलाई बाबा भनिदैन। उनीहरू त देवता हुन्। भगवानलाई नै बाबा भनिन्छ। उहाँ हुनुहुन्छ निराकार, जसको पूजा गरिन्छ। जान्दछन्– शिवबाबा सबैका हुनुहुन्छ। तर यो ख्याल आउँदैन– हामी बाबा किन भन्छौं? बाबा त एक लौकिक पनि हुन्छन्, उहाँ फेरि कुनचाहिँ हुनुहुन्छ? यो आत्माले भन्छ– उहाँ निराकार बाबा हुनुहुन्छ। उहाँ पनि निराकार हुनुहुन्छ, हामी आत्माहरू पनि निराकार छौं। साकार बाबा हुँदा-हुँदै पनि आत्माले उहाँ बाबालाई भुल्दैन। गड फादर हुनुहुन्छ, हामी उहाँका बच्चाहरू हौं। यहाँ भनिन्छ परमपिता। अंगे्रजीमा भनिन्छ– गड फादर, सुप्रीम सोल, सबैभन्दा उच्च। लौकिक पिता त शरीरका रचयिता हुन् र उहाँ हुनुहुन्छ पारलौकिक पिता। बाबाले नै बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। बाबालाई याद गरिन्छ किनकि बाबाबाट वर्सा मिल्छ। तिमी बाबाको पासमा आएका छौ वर्सा लिन। दुःख-हर्ता, सुख-कर्ता बाबाले नै आएर सुखको मार्ग बताउनुहुन्छ। फेरि वहाँ दुःखको नाम निशान हुँदैन। यहाँ त धेरै दुःख छ नि, सबैले पुकार्छन्। अब त दुनियाँमा धेरै दुःख आउनेवाला छ। कोही मर्छन् भने कति दुःखी हुन्छन्। हे भगवान भन्दै पुकार्छन्। उहाँ नै कल्याणकारी बाबा हुनुहुन्छ। गायन गरिन्छ भने अवश्य दुःख हर्नुभएको छ, सुख दिनुभएको छ नि। बाबाले आएर सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! तिमी कल्प-कल्प जब धेरै दुःखी पतित हुन्छौ तब पुकार्छौ, हे बाबा आउनुहोस्। म कल्प-कल्प आउँछु नै संगममा। पावन दुनियाँको आदि र पतित दुनियाँको अन्त्यलाई संगम भनिन्छ। यो एउटै संगमयुगको नै गायन छ। बाबा आउनुहुन्छ सबैको ज्योति जगाउन, दुःख हरेर सुख दिन। तिमी जान्दछौ– हामी पारलौकिक बाबाको पासमा आएका छौं, जो बाबाले यिनमा प्रवेश गर्नुभएको छ। स्वयं भन्नुहुन्छ– म यिनमा प्रवेश गरेर यिनको नाम ब्रह्मा राख्छु। तिमी सबै हौ ब्रह्माकुमार-ब्रह्माकुमारी, तिमीलाई यो निश्चय छ। हामी ब्रह्माका सन्तान बनेका छौं– बाबाबाट सुखको वर्सा लिन। जब यी लक्ष्मी-नारायणको राज्य थियो, तिमी बच्चाहरूलाई नै सुख थियो। अहिले हो कलियुग, दुःखधाम। यसपछि फेरि सत्ययुग आउँछ। विश्वको इतिहास-भूगोल दोहोरिन्छ नि। सत्ययुगमा फेरि यी लक्ष्मी-नारायणको नै राज्य हुन्छ। यो चक्र घुमिरहन्छ। बाबाले सम्झाउनुभएको छ– तिमी नर्कवासी बनेका छौ अब फेरि स्वर्गवासी बन्नु छ। तिमी देवी-देवताहरूको धेरै सानो वृक्ष थियो। अब तिमीलाई स्मृति आएको छ, हामीले नै ८४ जन्म लिएका छौं। हामी सारा विश्वको मालिक थियौं, फेरि पुनर्जन्म लिँदै आएका छौं। अहिले तिम्रो ८४ जन्मको अन्त्यको पनि अन्त छ। दुनियाँ नयाँबाट पुरानो अवश्य हुन्छ। नयाँ दुनियाँ पावन थियो, अहिले पुरानो पतित दुनियाँ छ। कति दुःखी कंगाल छन् । भारतवर्ष धेरै धनवान थियो, पवित्र गृहस्थ आश्रम थियो, पवित्र प्रवृत्ति मार्ग थियो, सम्पूर्ण निर्विकारी थिए, सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण थिए। यी कुरा शास्त्रमा छैनन्। शास्त्र हुन् भक्तिमार्गको लागि। भक्तिको नै रीति-रिवाज तिनीहरूमा छ। बाबासँग मिलन गर्ने बाटो शास्त्रहरूबाट मिल्न सक्दैन। सम्झन्छन् पनि– भगवान यहाँ आउनु हुन्छ, फेरि वहाँ पुग्ने त कुरा नै भएन। यज्ञ, तप आदि गर्नु– त्यो कुनै बाटो होइन। भगवानलाई पुकार्छन् आउनुहोस्, आएर बाटो बताउनुहोस्। हाम्रो आत्मा तमोप्रधान बनेको छ, जसले गर्दा उड्न सक्दैन अर्थात् बाबाको पासमा जान सक्दैन। त्यसो त आत्माले एक शरीर छोडेर अर्को लिन्छ। कहाँको कहाँ पुग्छ। अमेरिका पनि जान सक्छ। कसैको कसैसँग सम्बन्ध हुन्छ भने तुरून्तै आत्मा वहाँ उड्छ, एक सेकेन्डमा। बाँकी उडेर आफ्नो घर फर्केर जाओस्, यो हुन सक्दैन। पतित वहाँ जान सक्दैन। त्यसैले पुकार्छन्– हे पतित-पावन आउनुहोस्। बाबा जब आउनुहुन्छ त आएर सम्झाउनुहुन्छ– म आउँछु नै तब जब सारा दुनियाँ पतित बन्छ। पतित दुनियाँमा एउटा पनि पावन छैन। सम्झन्छन्– गंगा पतित-पावनी हो त्यसैले गंगा स्नान गर्न जान्छन्। तर पानीबाट त कोही पनि पावन हुन सक्दैन। पुरानो दुनियाँ हो नै पतित, नयाँ दुनियाँ हो पावन। अहिले तिमी बेहदका बाबासँग वर्सा लिन आएका छौ। तिमीलाई पुण्य आत्मा बन्नु छ। तिम्रो आत्मा सतोप्रधान थियो, त्यही अहिले तमोप्रधान छ। फेरि सतोप्रधान कुनै गंगा स्नानले बन्दैन। पतितहरूलाई पावन बनाउनु– यो त बाबाको नै काम हो। बाँकी ती पानीका नदीहरू त सबै ठाउँमा छन्। बादलबाट पानी बर्षिन्छ, सबैलाई मिल्छ। यदि पानीको नदीले पावन बनाउने भए, फेरि त सबैलाई पावन बनाउने थियो। पावन बन्ने युक्ति बाबाले नै आएर बताउनुहुन्छ, यी द्वारा। यिनको आफ्नो आत्मा छ। बाबा भन्नुहुन्छ– मेरो आफ्नो शरीर छैन। कल्प-कल्प यिनमा नै आउँछु, तिमीलाई सम्झाउन। तिमीले आफ्नै जन्मलाई जान्दैनौ। कल्पको आयु लाखौं वर्ष भनिदिन्छन्।

    बाबा भन्नुहुन्छ– यो ८४ जन्मको चक्र हो। ५ हजार वर्षमा ८४ लाख जन्म कसैले लिन सक्दैन। त्यसैले बाबा सम्झाउनुहुन्छ– स्वर्गमा तिमी १६ कला सम्पूर्ण थियौ फेरि २ कला कम भयो फेरि बिस्तारै-बिस्तारै कला कम हुँदै गयो। नयाँ दुनियाँ नै फेरि पुरानो बन्छ। द्वापर, कलियुगलाई पतित दुनियाँ भनिन्छ। यी कुरा कुनै शास्त्रमा छैनन्। मलाई नै ज्ञानका सागर भनिन्छ। मैले कुनै शास्त्र पढ्छु र? मैले यस सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्दछु। भक्तहरूलाई यो ज्ञान हुन सक्दैन। त्यो सबै हो भक्तिको ज्ञान। गाउँछन् पनि– हामी पापी हौं, नीच हौं। हामीमा कुनै गुण छैन। हजुरले नै दया गर्नुहोस्.... यिनीमाथि दया गर्नुभयो तब नै मनुष्यबाट देवता बनेका हुन्। यसलाई भनिन्छ उच्च भन्दा उच्च तकदिर। विद्यालयमा तकदिर बनाउन जान्छन्। कोही न्यायाधीश, कोही इन्जिनियर बन्छन्। त्यो हो विकारी तकदिर, यहाँ तिम्रो बन्छ ईश्वरद्वारा तकदिर। त्यसैले बोलाउँछन्। दुःख-हर्ता सुख-कर्ता, देवता बनाउनको लागि बाबा बाहेक कसैले पढाउन सक्दैन। बाबा आत्माहरूसँग बसेर कुरा गरिरहनुभएको छ। आत्माले भन्छ– यो मेरो शरीर हो। शरीरले त भन्दैन, मेरो आत्मा। शरीर भित्र आत्मा छ, उसले भन्छ– यो मेरो शरीर हो। मनुष्यले भन्छन्– मेरो आत्मालाई नदुखाऊ। आत्मा शरीरमा नहुँदो हो त बोलोस् पनि कसरी? आत्माले भन्छ– मैले एक शरीर छोडेर अर्को लिन्छु। हामीले अवश्य ८४ जन्म भोगेका छौं, नर्कवासी बन्यौं। अब फेरि तिमी स्वर्गवासी बन्ने पुरूषार्थ गरिरहेका छौ। स्वर्गवासी त बाबाले नै बनाउनुहुन्छ। स्वर्ग भनिन्छ नै सत्ययुगलाई। यो जुन फलानो स्वर्गवासी भयो भन्छन्, यो झूटो बोल्छन्। यो त नर्क हो। कोही मर्यो भने भन्छन्– स्वर्गमा गयो फेरि नर्कमा किन खाना खान बोलाउँछन्? स्वर्गमा त उनलाई धेरै वैभव मिल्छ फेरि तिमी नर्कमा किन बोलाउँछौ? मनुष्यमा यति पनि समझ छैन। बाबाले बसेर सम्झाउनुहुन्छ– अब कलियुग खतम हुनु छ, यसलाई आगो लाग्छ। यी सबै खतम हुन्छन्। तिमी बच्चाहरू, जसले बाबाबाट वर्सा लिन्छौ, सत्ययुगमा आएर राज्य गर्छौ। यी लक्ष्मी-नारायणलाई यो वर्सा कसले दियो? बाबाले। तिमी अहिले बाबाद्वारा लायक बनिरहेका छौ। तिमीले भन्दछौ– हामी नर्कवासीबाट स्वर्गवासी बनिरहेका छौं। बाबा भन्नुहुन्छ– म स्वर्गवासी बन्दिनँ। म त परमधाममा रहन्छु। नर्कवासी-स्वर्गवासी तिमी बन्छौ। आत्माको निवासस्थान शान्तिधाम हो फेरि तिमी सुखधाममा आउँछौ। यो हो नै दुःखधाम, यसको अब विनाश हुनु छ। यो कसैलाई पनि थाहा छैन– भगवानले ब्रह्माको तनमा आएर राजयोग सिकाउनुहुन्छ। उनीहरूले सम्झन्छन्– कृष्ण आउनुभयो, कृष्णको तनमा पनि भन्दैनन्। कृष्णलाई भगवान भन्न सकिँदैन। उनी त विश्वको मालिक हुन्। लिबरेटर सबैको एक हुनुहुन्छ, उहाँ हुनुहुन्छ सुप्रीम आत्मा, परम-आत्मा। दुनियाँमा कुनै पनि सतसङ्ग छैन, जहाँ यस्तो सम्झुन्– हामी बाबाबाट स्वर्गको वर्सा लिन्छौं। पतितबाट पावन बनाउनेवाला त एक बाबा नै हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म तिम्रो सच्चा गुरू हुँ, तिमीलाई पावन बनाउँछु। बाँकी गंगाको पानीले पावन बनाउन सक्दैन। यो हो नै पाप आत्माहरूको दुनियाँ। जे सुकै गरे पनि सिँढी तल झर्नु नै छ। सतोप्रधानबाट तमोप्रधान बन्नु नै छ। तिमीले भक्ति गर्दैनौ। हाय-राम पनि भन्दैनौ। उहाँ त तिम्रा पिता हुनुहुन्छ, तिमीलाई पढाइरहनुभएको छ। हे भगवान आउनुहोस्, हे राम पनि भन्नु हुँदैन। तर धेरैमा यो बानी बसेकाले यी शब्द निस्किहाल्छ। तिमीलाई बाबाले भन्नुहुन्छ– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ र तिमी मेरो पासमा आउँछौ। याद एकलाई नै गर्नु छ। 

    बाबा भन्नुहुन्छ– यो तिम्रो अन्तिम जन्म हो। अहिले वर्सा लियौ भने लियौ, नत्र कहिल्यै पाउन सक्दैनौ। बाबाले सम्झाउनुभएको छ, यी जसले आफूलाई हिन्दू कहलाउँछन्, उनीहरू वास्तवमा देवी-देवता धर्मवाला हुन्। क्रिश्चियन धर्मकाले कहिल्यै नाम परिवर्तन गर्दैनन्। तमोप्रधान छन् तर पनि क्रिश्चियन धर्ममा नै छन्। तिमी देवी-देवता हौ तर पतित भएको कारणले आफूलाई हिन्दू भनिदिन्छौ, आफूलाई देवता भन्न सक्दैनौ। यो भुलेका छौ हामी वास्तवमा देवी-देवता थियौं। आफूलाई देवी-देवता धर्मवाला कोही कहलाउँदैनन् किनकि विकारी छन्। यो हो देह-अभिमान। बच्चाहरूलाई धेरै राम्रोसँग सम्झाइन्छ। यहाँ कोही साधु, सन्त आदि छैनन्। हामी व्यापारी हौं, फलानो हौं– यो सबै हो देह-अभिमान। अब तिमीलाई देही-अभिमानी बन्नु छ। देही-अभिमानी बन्नुमा नै मेहनत छ। तिमीलाई बाबाबाट वर्सा लिनु छ भने बाबालाई याद गर्नु छ। कम कार डे, दिल यार डे...। तिमी आशिक हौ, एक माशूकका। सबैका सद्गतिदाता एक माशूक हुनुहुन्छ। उहाँ आउनुहुन्छ नै तब, जब सबैलाई सद्गति प्राप्त गर्नुपर्ने हुन्छ, स्वर्गको स्थापना गर्नुपर्ने हुन्छ। त्यसपछि दुःखको नाम निशान गुम हुन्छ। अहिले तिमी बच्चाहरू यहाँ आएका छौ– बेहदका बाबासँग स्वर्गको २१ जन्मको लागि सदा सुखको वर्सा पाउन। अरु कुनै पनि मनुष्य मात्रले कसैलाई स्वर्गको मालिक बनाउन सक्दैन। शिवबाबा यहाँ नै आएर स्वर्ग बनाउनुहुन्छ। शिवजयन्ती पनि मनाउँछन् तर बाबासँग हामीलाई स्वर्गको वर्सा मिल्छ, यो भुलेका छन्। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) पढाइको आधारमा आफ्नो तकदिर उच्च बनाउनु छ, मनुष्यबाट देवता बन्नु छ। पावन बनेर फर्केर घर जानु छ, फेरि नयाँ दुनियाँमा आउनु छ।

    २) हातले काम गर्दै एक बाबाको यादमा रहनु छ। कुनै पनि उल्टो कुरा सुन्नु पनि छैन, सुनाउनु पनि छैन।

    वरदान:

    सदा पश्चात्तापबाट पर, प्राप्ति स्वरुप स्थितिको अनुभव गर्ने सद्-बुद्धिवान भव:-  

    जुन बच्चाहरूले बाबालाई आफ्नो जीवन रुपी डुंगा दिएर मैपनलाई मेटाउँछन्, श्रीमतमा मनमत मिसाउँदैनन्, उनीहरूले सदा पश्चात्तापबाट पर प्राप्ति स्वरुपको अनुभव गर्छन्। उनीहरूलाई नै सद्-बुद्धिवान भनिन्छ। यस्ता सद्-बुद्धिवानले तूफानलाई तोफा सम्झेर, स्वभाव-संस्कारको टक्करलाई अगाडि बढ्ने आधार सम्झेर, सदा बाबालाई साथी बनाउँदै साक्षी भएर हरेक पार्टलाई देख्दै सदा हर्षित भएर रहन्छन्।

    स्लोगन:

    जो सुखदाता बाबाका सुखदायी बच्चाहरू छन्, उनीहरूको पासमा दुःखको लहर आउन सक्दैन।  



    ***OM SHANTI***