BK Murli 12 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 12 May 2016 Nepali

    ३० बैशाख २०७३ बिहिबार 12.05.2016 बापदादा मधुबन 

    “मीठे बच्चे– यस पुरानो दुनियाँ वा देहधारीहरूसँग कहिल्यै दिल नलगाऊ। दिल लगायौ भने तकदिर फुट्छ।”  

    प्रश्न:

    बाबाले बच्चाहरूलाई यस नाटकको कुनचाहिँ गहन रहस्य सुनाउनुभएको छ?

    उत्तर:

    प्यारा बच्चाहरू! अब यो नाटक समाप्त हुँदैछ त्यसैले सबै आत्माहरू यहाँ हाजिर हुनु नै छ। सबै धर्मका आत्माहरू अब यहाँ हाजिर हुन्छन् किनकि सबैका बाबा यहाँ हाजिर हुनु भएको छ। सबै बाबाको अगाडि सलामी भर्न आउनु नै छ। सबै धर्मका आत्माहरूले मनमनाभवको मन्त्र लिएर जान्छन्। उनीहरू कुनै मध्याजी भवको मन्त्रलाई धारण गरेर चक्रवर्ती बन्दैनन्।

    गीतः–

    दिल का सहारा टूट न जाये...

    ओम् शान्ति।

    सबै सेन्टरका बच्चाहरूले गीत सुने। तिमीले आज सुनिरहेका छौ, अरु बच्चाहरूले २-४ दिन पछि सुन्नेछन्। यदि पुरानो दुनियाँ, पुरानो शरीरसँग दिल लगायौ भने तकदिर फुट्छ किनकि यो शरीर यस पुरानो दुनियाँको हो। यदि देह-अभिमानी बन्छौ भने जुन तकदिर बनिरहेको छ, त्यो फुट्छ। अब अभागीबाट तिमी भाग्यमानी बनिरहेका छौ त्यसैले जति हुन सक्छ एक बाबालाई याद गर, जसले बेहदको वर्सा दिनुहुन्छ। बाबालाई र वर्सालाई याद गर। यस पुरानो दुनियाँमा बाँकी थोरै समय छ। यसमा तिमीले पुरूषार्थ गरेर सर्वगुण सम्पन्न अवश्य बन्नु छ। धेरै छन्, जो पवित्र रहन्छन् पनि। कति घरी-घरी गिर्न पुग्छन्। बाबा भन्नुहुन्छ– तिमी बाबाको साथमा सेवा साथी बन्नुपर्छ, धेरै ठूलो सेवा छ। सारा दुनियाँलाई पतितबाट पावन बनाउनु छ। यस्तो पनि होइन, सबैले बाबालाई मदत गर्छन्। जसले कल्प पहिले मदत गरेका थिए, ब्राह्मण कुलभूषण बी.के. बनेका थिए, उनै समझदार बन्छन्। प्रजापिता ब्रह्माको नामको त गायन छ। ब्रह्माका बच्चाहरूलाई अवश्य बी. के. नै भनिन्छ। अवश्य पहिले थिए। आदिदेव, आदिदेवीलाई पनि याद गर्छन्, जुन चीज बितेर गयो, त्यो फेरि अवश्य हुनु छ। यो जान्दछौ– सत्ययुग बितेर गयो, त्यसमा आदि सनातन देवी-देवताहरूको राज्य थियो, जुन अहिले छैन। देवी-देवताहरू, जो पवित्र प्रवृत्ति मार्गका थिए, उनले राज्य गर्थे, उनै अहिले ८४ जन्मको अन्त्यमा छन्। अहिले न पवित्र छन्, न त्यो राजाई छ, पतित बनेका छन्। फेरि बाबा आउनुभएको छ, पावन बनाउन। भन्नुहुन्छ– पतितहरूसँग बुद्धियोग नलगाऊ, एक बाबालाई याद गर। 

    तिमीले जान्दछौ– हामी बाबाको रायमा चलेर बाबाबाट वर्सा लिइरहेका छौं। कसरी वर्सा पाउनु छ, त्यो पनि युक्ति बताउनुहुन्छ। मनुष्यले त अनेक प्रकारका युक्तिहरू रच्छन्। कोही विज्ञान घमण्डी छन्, कोही डाक्टरी घमण्डी छन्। लेख्छन्– मनुष्यहरूको मुटु खराब हुन्छ, त्यसैले अर्को प्लास्टिकको मुटु बनाएर राख्न सकिन्छ। सक्कलीलाई निकालेर नक्कलीलाई प्रयोगमा ल्याउँछन्। यो पनि कति ठूलो सीप हो। यो भयो अल्पकाल सुखको लागि। भोलि मर्यो भने शरीर नै खतम हुन्छ। प्राप्ति त केही हुँदैन। अल्पकालको लागि मिल्यो। विज्ञानद्वारा धेरै चीज कमाल गरेर देखाउँछन्, त्यो पनि अल्पकालको लागि। यो त कुरा नै बिल्कुल भिन्नै छ। पावन आत्मा ८४ जन्म लिँदा-लिँदा अब पतित बनेको छ। त्यस पतित आत्मालाई फेरि पावन बनाउने काम बाबा बाहेक अरु कसैले गर्न सक्दैन। एकको नै गायन छ– सर्वका पतित-पावन, सर्वका सद्गति दाता, सबैमाथि दया दृष्टि राख्नेवाला, सर्वोदया लीडर हुनुहुन्छ। मनुष्यले आफूलाई सर्वोदया लीडर कहलाउँछन्। अब सर्व अर्थात् त्यसमा सबै आउँछ। सबैलाई दया गर्ने त एकै बाबा हुनुहुन्छ, जसलाई रहमदिल, सुखका सागर भनिन्छ। बाँकी मनुष्यले सबैप्रति के दया गर्न सक्छन्! आफैप्रति गर्न नसक्नेले अरुप्रति के दया गर्न सक्छन्! उनले दया गर्छन्, अल्पकालको। नाम कति ठूला-ठूला राखिदिएका छन्। 

    अब बाबा भन्नुहुन्छ– तिमीलाई कति सहज युक्ति बताउँछु सदा स्वस्थ, सदा सम्पन्न बन्ने। युक्ति बिल्कुल साधारण छ, केवल मलाई याद गर किनकि तिमीले मलाई नै बिर्सियौ। सत्ययुगमा त तिमी सुखी रहन्छौ त्यसैले मलाई याद नै गर्दैनौ। तिम्रो ८४ जन्मको इतिहास-भूगोल तिमीलाई सुनाएको छु। तिमीले यस्तो राज्य गथ्र्यौ, सदा सुखी थियौ फेरि दिन-प्रतिदिन झर्दै-झर्दै तमोप्रधान, दुःखी, पतित बन्यौ। अहिले बाबाले फेरि तिमी बच्चाहरूलाई कल्प पहिले जस्तै वर्सा दिइरहनुभएको छ। कल्प-कल्प आएर वर्सा लिन्छौ, श्रीमतमा चल्छौ, श्रीमत हो नै बापदादाको मत। उहाँ सिवाय श्रीमत कहाँबाट मिल्न सक्छ। बाबा भन्नुहुन्छ तिमीले विचार गर– यो सीप कसैमा छ? छैन। तिमीलाई विश्वको मालिक बनाउने युक्ति बाबाले नै बताउनुहुन्छ। भन्नुहुन्छ– यो भन्दा अरु कुनै उपाय छैन। पतित-पावन बाबाले नै ज्ञान दिनुहुन्छ, उच्च पद पाउनको लागि। यस्तो होइन, केवल सृष्टि चक्रलाई जानेपछि तिमी पवित्र बन्छौ। बाबा भन्नुहुन्छ– मलाई याद गर। यस योग अग्निद्वारा तिम्रो पापको घडा जुन भरिएको छ, त्यो समाप्त हुन्छ। 

    बाबा भन्नुहुन्छ– तिमीले नै ८४ जन्म लिँदा-लिँदा धेरै पतित बनेका छौ। आजकल त फेरि स्वयंलाई शिवोहम् ततत्वम् भनिदिन्छन् या त फेरि भन्छन्– तिमी परमात्माका रुप हौ, आत्मा नै परमात्मा। अहिले बाबा आउनुभएको छ, तिमीले जान्दछौ– शिवबाबाको याद दिलाउनुपर्छ। सर्वका सद्गति दाता एक परमपिता परमात्मा नै हुनुहुन्छ। शिवका मन्दिर अलग बन्छन्। शंकरको रुप नै अलग छ। प्रदर्शनीमा पनि देखाउनु पर्ने हुन्छ। शिव निराकार, शंकर आकारी हुन्। कृष्ण त फेरि साकारमा हुन्छन्। साथमा राधालाई देखाउनु ठीक हो। तब सिद्ध हुन्छ– यिनै फेरि लक्ष्मी-नारायण बन्छन्। कृष्ण त द्वापरमा गीता सुनाउन आउँदैनन्। पतित हुन्छन् कलियुग अन्त्यमा, पावन हुन्छन् सत्ययुगमा। त्यसैले अवश्य संगममा आउनुहुन्छ। यो बाबाले नै जान्नुहुन्छ, उहाँ नै त्रिकालदर्शी हुनुहुन्छ। कृष्णलाई त्रिकालदर्शी भनिदैन। उनले कहाँ तीनै कालको ज्ञान सुनाउन सक्छन् र! उनलाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान नै छैन। भन्दछन्– साना बच्चा हुन्, दैवी राजकुमार-राजकुमारी कलेजमा पढ्न जान्छन्। पहिले यहाँ पनि राजकुमार-राजकुमारीको कलेज थियो, अहिले मिसिएको छ। कृष्ण राजकुमार थिए, अरु पनि राजकुमार-राजकुमारी हुन्छन्। सँगसँगै पढ्छन्। त्यो त हो नै पावन दुनियाँ। एक शिवबाबा नै सर्वका सद्गति दाता हुनुहुन्छ। मनुष्य सर्वका सद्गति दाता हुन सक्दैनन्। बाबा नै आएर सबैलाई मुक्ति-जीवनमुक्ति दिनुहुन्छ। यो पनि बुझाइएको छ– देवताहरूको राज्यमा अरु कुनै धर्म थिएन। उनीहरू त आएका हुन् नै आधामा। सत्ययुगमा हुन कसरी सक्छ? ती हुन् हठयोगी, निवृत्ति मार्गका। उनले राजयोग त बुझ्न सक्दैनन्। यो राजयोग हो, प्रवृत्ति मार्गको लागि। पहिले पवित्र प्रवृत्ति मार्ग थियो, अब कलियुगमा पतित प्रवृत्ति मार्ग बनेको छ। भगवानुवाच– म एकलाई याद गर। पुरानो दुनियाँ अथवा देहका सम्बन्धहरूसँग दिल लगायौ भने तकदिर फुट्छ। धेरैको तकदिर फुट्छ। कुनै अकर्तव्य गरेको भए अन्तिममा त्यो सबै सामुन्ने आउनेछ, साक्षात्कार हुन्छ। कति बच्चाहरूले धेरै लुकाउँछन्। यस जन्ममा गरेका पाप कर्म बाबालाई सुनाएमा आधा सजाय छुट्छ, तर लाजले गर्दा सुनाउँदैनन्। फोहोरी काम त धेरै गर्छन्। बुद्धिमा याद त रहन्छ, बताएमा छुट्छ। बाबा अविनाशी सर्जन हुनुहुन्छ। बिमारी लाजले गर्दा सर्जनलाई बताएनन् भने त निको हुन्छ कसरी? कुनै पनि विकर्म गरेका छौ भने बताएमा आधा माफ हुन्छ। नबताउनाले त्यो वृद्धि हुँदै जान्छ। झन् फँस्दै जान्छन्। फेरि तकदिर खतम हुन्छ, दुर्भाग्य आउँछ। बाबा भन्नुहुन्छ– देहसँग पनि सम्बन्ध नराख, सदैव म एकलाई याद गरिराख फेरि कुनै फोहोरी काम हुँदैन। बाबा धर्मराज पनि हुनुहुन्छ, उहाँसँग पनि लुकाइरहन्छौ भने फेरि तिमीलाई जस्तो सजाय कसैलाई मिल्दैन। जति समय समीप हुँदै जान्छ, सबैलाई साक्षात्कार भइरहन्छ। अहिले सबैको विनाशको समय हो, सबै पतित छन्। पापको दण्ड अवश्य मिल्छ। जसरी एक सेकेण्डमा जीवनमुक्ति मिल्छ, त्यस्तै एक सेकेण्डमा सजायको भासना यस्तो आउँछ मानौं धेरै समयदेखि सजाय खाइरहेको छु। यो अति सूक्ष्म मेशीनरी हो। सबैको विनाशको समय हो। सजाय भोग्नु त पर्छ अवश्य। फेरि सबै आत्माहरू पवित्र भएर जान्छन्। बाबा नै आएर पतित आत्माहरूलाई पावन बनाउनुहुन्छ। बाबा सिवाय अरु कसैमा तागत छैन। ६३ जन्म पाप गर्दा-गर्दा अहिले तिम्रो पापको घडा भरिएको छ। मायाको ग्रहण सबैलाई लागेको छ। ठूलो ग्रहण तिमीलाई लागेको छ। तिमी सर्वगुण सम्पन्न थियौ, फेरि तिमीलाई ग्रहण लाग्यो, ज्ञान पनि अहिले तिमी बच्चाहरूलाई मिलेको छ। बाबा भन्नुहुन्छ– तिमी विश्वको मालिक थियौ, फेरि ८४ जन्म तिमीले भोग्यौ। कसरी सीधा बताउनुहुन्छ– तिमी वास्तवमा देवी-देवता धर्मका थियौ, फेरि पतित हुनाले हिन्दू भनिदियौ। हिन्दू धर्म त कसैले स्थापना गरेकै होइन। मठ पंथलाई डिनायस्टी भनिदैन, राजाईं राजाहरूको हुन्छ। लक्ष्मी-नारायण द फस्ट, सेकेण्ड, थर्ड... यस्तो राजाई चल्छ। पावनबाट पतित अवश्य बन्नु नै छ। पतित हुनाले देवी-देवता कहलाउन सक्दैनन्। तिमीले बुझेका छौ– हामी पूज्य आदि सनातन देवी-देवता धर्मका थियौं। आफ्नो धर्मका चित्रहरूलाई नै पुज्दछन्। केवल यो बिर्सिएका छन्– हामी नै पूज्य देवी-देवता थियौं, अहिले पुजारी बनेका छौं। अहिले तिमीले बुझेका छौ– बाबाले वर्सा दिनु भएको थियो, फेरि पतित बन्यौ। आफ्नै चित्रहरूको बसेर पूजा गर्यौ। आफै पूज्य, आफै पुजारी। यो तिमीलाई नै भनिन्छ, अरु कसैलाई भनिदैन। बाबा यहाँ नै आएर ज्ञान दिनुहुन्छ, फेरि देवता बनाउनको लागि। बाँकी सबै हिसाब-किताब चुक्ता गरेर फर्केर जान्छौं। आत्माहरू सबैले बाबालाई पुकारिरहन्छन्– हे परमपिता। यो पनि बुझ्नु पर्ने कुरा हो। यस समय तिम्रा ३ पिता छन्। एक– शिवबाबा, दोस्रो– लौकिक पिता र यी अलौकिक प्रजापिता ब्रह्मा। बाँकी सबैका २ पिता छन्। लौकिक र पारलौकिक। सत्ययुगमा केवल एकै लौकिक पिता हुन्छन्। पारलौकिक बाबालाई जानेका हुँदैनन्। वहाँ त हुन्छ नै सुख फेरि पारलौकिक बाबालाई याद किन गर्ने? दुःखमा स्मरण सबैले गर्छन्। यहाँ फेरि तिम्रा ३ पिता छन्, यो पनि बुझ्नुपर्ने कुरा हो। वहाँ आत्म-अभिमानी रहन्छन् फेरि देह-अभिमानमा आउँछन्। यहाँ तिमी आत्म-अभिमानी पनि छौ, परमात्म-अभिमानी पनि छौ। शुद्ध अभिमान छ– हामी सबै बाबाका बच्चाहरू हौं, उहाँबाट वर्सा लिइरहेका छौं। उहाँ बाबा, शिक्षक, सतगुरू हुनुहुन्छ। उहाँको यो महिमा पनि सम्झाउनुपर्ने हुन्छ। उहाँ नै आएर सबै बच्चाहरूलाई वर्सा दिनुहुन्छ। सत्ययुगमा तिमीलाई प्राप्त थियो फेरि ८४ जन्ममा लिएर गुमायौ। अब यो सम्झाउन कति सहज छ। बाबालाई भनिन्छ पतित-पावन, सर्वका सद्गति दाता। यो दुनियाँ नै पतितहरूको हो। कसैले सद्गति दिन कसरी सक्छ? बाँकी कसैले धेरै शास्त्र पढेका छन् भने अन्त मती सो गति हुन्छ, फेरि बचपनमा नै कण्ठ हुन्छ। बाबाले तिमी बच्चाहरूलाई कति राम्रा मीठा-मीठा कुरा सुनाउनुहुन्छ। प्यारा बच्चाहरू! तिमी तमोप्रधान बनेका छौ। अब फेरि बाबालाई याद गर्यौ भने मैला निस्कन्छ। अब नाटक पूरा हुन्छ, सबै जना हाजिर हुनु छ। क्राइस्ट आदि सबैको आत्मा हाजिर छ, ऊ पनि बाबाको पासमा सलामी भर्न आउनेछ। चक्रवर्ती राजा त बन्नु छैन। केवल बाबालाई याद गर्नेछ, मन्मनाभवको मन्त्र लिएर जान्छ। तिम्रो छ मनमनाभव र मध्याजी भवको डबल मन्त्र। बाबाले कति राम्रो युक्ति बताउनु हुन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) यस पुरानो दुनियाँमा रहेर पनि पुरूषार्थ गरेर सर्वगुण सम्पन्न अवश्य बन्नु छ। यस पुरानो शरीर वा पुरानो दुनियाँसँग दिल लगाउनु हुँदैन। भाग्यवान बन्नु छ।

    २) आत्म-अभिमानी र परमात्म-अभिमानी रहनु छ। यस विनाशको समयमा बाबासँग केही पनि लुकाउनु हुँदैन। अविनाशी सर्जनसँग राय लिइरहनु पर्छ।

    वरदान:

    आश्चर्यजनक दृश्य देखेर पनि पहाडलाई रायो बनाउने साक्षी द्रष्टा भव:-  

    सम्पन्न बन्नु भन्दा पहिले अनेक नयाँ-नयाँ वा आश्चर्यजनक दृश्य सामुन्ने आउँछन्, तर त्यो दृश्यले साक्षी द्रष्टा बनाओस्, नहल्लाओस्। साक्षी द्रष्टाको स्थितिको सीटमा बसेर हेर्दा वा निर्णय गर्दा धेरै आनन्द आउँछ। भय हुँदैन, मानौं अनेक पटक देखेको दृश्य फेरि हेरिरहेको छु। उसले राजयुक्त, योगयुक्त बनेर वायुमण्डललाई डबल लाइट बनाउँछ। उसलाई पहाड समान पेपर पनि रायो समान अनुभव हुन्छ।

    स्लोगन:

    परिस्थितिहरूमा आकर्षित हुनुको सट्टा त्यसलाई साक्षी भएर खेलको रुपमा हेर।   



    ***OM SHANTI***