BK Murli 13 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 13 May 2016 Nepali

    ३१ बैशाख २०७३ शुक्रबार 13.05.2016 बापदादा मधुबन

    “मीठे बच्चे– सदैव याद राख– धेरै गयो थोरै रह्यो, अब त घर जानु छ, यो फोहोरी शरीर र दुनियाँलाई भुल्नु छ।”  

    प्रश्न:

    कुनचाहिँ नशा निरन्तर रह्यो भने स्थिति बडो फस्टक्लास हुन्छ?

    उत्तर:

    निरन्तर नशा रहोस्– मिरुआ मौत मलूका शिकार। म फरिश्ता बनेर आफ्नो प्रियतम्को साथमा घर जान्छु, बाँकी सबै समाप्त हुनेछ। अब हामीले यो पुरानो शरीर छोडेर नयाँ लिन्छौं। यो ज्ञान सारा दिन बुद्घिमा टप्किरहोस् तब अपार खुशी रहन्छ। स्थिति फस्टक्लास बन्छ।

    गीतः–

    यह कौन आज आया.......

    ओम् शान्ति।

    यो कसले भन्यो? बच्चाहरूले। अतीन्द्रिय सुखमय जीवनमा आएर भन्छन्– बेहदका बाबा आउनुभएको छ। के को लागि? यो पतित दुनियाँ बदलेर पावन दुनियाँ बनाउन। पावन दुनियाँ कति ठूलो होला! पतित दुनियाँ कति ठूलो छ, यो तिमी बच्चाहरूको बुद्घिमा आउनुपर्छ। यहाँ कति करोडां मनुष्य छन्। यसलाई पतित भ्रष्टाचारी दुनियाँ भनिन्छ। मीठा-प्यारा बच्चाहरूको दिलमा आउनुपर्छ– हाम्रो नयाँ दुनियाँ कति सानो होला, हामीले कसरी राज्य गर्छौं। हाम्रो जस्तो कुनै देश हुन सक्दैन। यो कसैले बुझ्दैन– दुनियाँ पहिले स्वर्ग थियो, त्यो जस्तो अरु कुनै हुन सक्दैन। तिमीलाई यो समझमा आउँछ– यो भारत त अहिले कुनै कामको छैन। पहिले स्वर्ग थियो, अहिले छैन। यो कसैलाई याद आउँदैन, हाम्रो देश सबैभन्दा उच्च थियो, सबैभन्दा प्राचीन हो। तिमी बच्चाहरूको बुद्घिमा आउँछ, त्यो पनि नम्बरवार पुरूषार्थ अनुसार। यति खुशी, यति सम्मान रहन्छ? बेहदका बाबा आउनुभएको छ। कल्प-कल्प आउनुहुन्छ, माया रावणले जुन हाम्रो राज्य-भाग्य खोसेको छ, त्यो हामी आत्माहरूलाई फेरि बाबा आएर दिनुहुन्छ। यस्तो होइन, कुनै लडाईंबाट खोसिएको हो। होइन। रावण राज्यमा हाम्रो मत भ्रष्टाचारी हुन्छ। श्रेष्ठचारीबाट हामी भ्रष्टाचारी बन्न पुग्छां। दुनियाँ हेर कति बढेको छ, हाम्रो देश कति सानो थियो। स्वर्गमा कति सुखी रहन्छौं। हीरा जुहारतका महल हुन्छन्। त्यहाँ रावण हुँदैन। तिमी बच्चाहरूको बुद्घिमा खुशी हुनुपर्छ, अतीन्द्रिय सुख रहनुपर्छ। बाबा भन्नुहुन्छ– देही-अभिमानी बन। देहको भान तोड्नको लागि बाबाले भन्नुभएको थियो– १०८ ठाउँमा च्यात्तिएको कपडा लगाऊ। हुन त बाबाको ठूला मानिसहरूसँग, जुहारीहरूसँग सम्बन्ध थियो, त्यो नशा टुटोस् कसरी? देही-अभिमानी बन्नुपर्छ। हामी आत्मा हौं, यो त पुरानो शरीर हो। यसलाई छोडेर नयाँ फस्टक्लास शरीर लिनु छ। 

    सर्पले त एउटा काँचुली छोडेर अर्को लिन्छ। तिमी बच्चाहरूको बुद्घिमा ज्ञान छ– यो पुरानो शरीर छोडेर अर्को नयाँ शरीर मिल्छ। यो त सारा ज्ञान बच्चाहरूको बुद्घिमा टप्किरहनु छ। यो त फोहोरी दुनियाँ हो, यसलाई देखेर पनि बुद्घिद्वारा भुल्नुपर्ने हुन्छ। हामी यात्रामा गइरहेका छां, हाम्रो बुद्घिको योग घरतर्फ गइरहेको छ। अभ्यास त गर्नु पर्यो नि। यो शरीर पनि पुरानो छ, दुनियाँ पनि पुरानो छ। साक्षात्कार गरेका छौं, अब यो देह र देहको सबै सम्बन्ध छोडेर घर जानु छ। भित्र खुशी हुन्छ, अब हामीलाई फर्केर जानु छ। बुद्घियोग वहाँ लगाउनुपर्ने हुन्छ। एक अर्कालाई यही सुनाउनु छ– मनमनाभव। यो बडो शक्तिशाली मन्त्र हो। गीता त धेरै पढ्छन् तर अर्थ बुझ्दैनन्। जसरी अरु शास्त्र पढ्छन्, त्यसरी पढ्छन्। यो कसैको बुद्घिमा आउँदैन। हामीले भविष्यको लागि राजयोग सिकिरहेका छौं। धेरै गयो अब बाँकी थोरै समय छ। यसरी आफूलाई बहलाएर खुशीमा आउनु छ। यो त सबै खलास हुनु छ। मिरुआ मौत मलूका शिकार। हामी मलूक बनेर आफ्नो प्रियतमको साथ घर जान्छौं। आत्माहरूका बाबा बसेर यो शिक्षा दिनुहुन्छ। हुनुहुन्छ साधारण तर सबैभन्दा उच्च हुनुहुन्छ। बाबा आउनुभएको छ बेहदको वर्सा दिन, कल्प-कल्प आउनुहुन्छ। यो त फोहोरी दुनियाँ हो। यस्तो-यस्तो कुरा गर्नुपर्ने हुन्छ। यसलाई भनिन्छ विचार सागर मन्थन। यी शास्त्र आदि त जन्म-जन्मान्तर पढ्यौ। अब थाहा भयो– हिन्दूहरूले जति जप-तप आदि गरेका छन्, त्यति अरु कसैले गरेका छैनन्। जो पहिला शुरुमा आए उनीहरूले नै भक्ति गरेका हुन् र उनीहरू नै ज्ञान-योगमा पनि अगाडि जान्छन् किनभने उनीहरू फेरि पहिला नम्बरमा आउनु छ। देख्दछौ, कसै-कसैले त धेरै राम्रो पुरूषार्थ गर्छन्। 

    तिमी बच्चाहरू जो यो रुहानी सेवामा लागेका छौ, उनीहरूलाई त धेरै राम्रो छ। वास्तवमा भठ्ठीमा बसेका छन्। त्यो सम्बन्ध अटुट भएको छ र जो गृहस्थ व्यवहारमा रहन्छन्, यो सुन्दै सुनाउँदै गर्छन्, उनीहरू पुराना भन्दा पनि अगाडि गइरहेका छन्। देखिन्छ नयाँ आउनेहरू धेरै अगाडि जान सक्छन्। तिमीले लिस्ट निकाल्यौ भने थाहा हुन्छ। सबैभन्दा पहिला तिम्रो माला बनाइन्थ्यो फेरि देखियो– कति राम्रा-राम्रा बच्चाहरू ३-४ नम्बरवाला पनि निस्किए। एकदम गएर प्रजामा परे। अब तिम्रो यो विद्यार्थी जीवन हो, गृहस्थ व्यवहारमा रहँदै साथ-साथै यो कोर्स पढ्छौ। धेरै बच्चाहरूले डबल कोर्स गर्छन्, लिफ्ट मिल्छ। तिम्रो कोर्स हो– गृहस्थ व्यवहारमा रहँदै यो पढ्नु। यसमा पनि कन्याहरू धेरै अगाडि जानुपर्छ। कन्याहरूको कारणले कन्हैया वा गोपाल नामको पनि गायन भएको छ। छन त गोपहरू पनि छन् किनभने प्रवृत्ति मार्ग हो नि। तिमी सत्ययुगमा देवी-देवता धर्मका थियौ। यी लक्ष्मी-नारायणले प्रवृत्तिमार्गमा राज्य गर्दथे। यो तिम्रो बुद्घिमा टप्किनुपर्छ– हामी के बन्छौं! देवताहरू कति फस्टक्लास छन्। उनीहरूको पछि गएर महिमा गाउँछन्– तपाईं सर्वगुण सम्पन्न, १६ कला सम्पन्न..... हामी पापी कपटी हौं। हामी निर्गुण हारेमा कुनै गुण छैन.... अब यसमा भगवानले तरस खानु छैन वा कृपा गर्नु छैन। वास्तवमा तरस वा कृपा आफूलाई नै गर्नुपर्ने हुन्छ। तिमी नै देवता थियौ, अहिले के बनेका छौ आफूलाई हेर, फेरि पुरूषार्थ गरेर देवता बन। श्यामबाट सुन्दर बन्नको लागि पुरूषार्थ गर्नुपर्छ। यो त भक्तिमार्गमा भन्छन्– मर्ने थिएँ, फलानाको कृपा भयो बाँचे, उनको आशीर्वादले। महात्मा आदिको हात समातेर भन्छन्– तपाईंको आशीर्वाद चाहियो। यहाँ त पढाइ हुन्छ। कृपा आदिको कुरा छैन। मनमनाभवको अर्थ छ नि। मन्त्र त धेरै दिन्छन्। अनेक प्रकारका हठयोग सिकाउँछन्। हरेकको अलग-अलग शिक्षा हुन्छ। हठयोगको नमुना हेर्नु छ भने जयपुरको म्युजियममा गएर हेर। यहाँ त कति आरामले बसेका छौ। बुद्घिमा छ– हामीलाई बाबाले फेरि राज्य दिइरहनुभएको छ। 

    वहाँ नै अद्वैत देवी-देवता धर्म थियो अरु कुनै धर्म थिएन। दुई हातबाट मात्रै ताली बज्छ। एक धर्म छ भने मारामार हुँदैन। अहिले हो कलियुग। कलियुग पूरा भएपछि भक्ति पनि पूरा हुन्छ। अहिले त मनुष्यको कति वृद्घि भइरहन्छ। धर्ती बढ्दैन। धर्ती त त्यही हो। बाँकी मनुष्य थोरै धेरै हुन्छन्। वहाँ मनुष्य धेरै कम हुन्छन्, दुनियाँ त यही हुन्छ। दुनियाँ कुनै सानो हुँदैन। तिमी बच्चाहरूलाई धेरै खुशी रहनुपर्छ। हामीले योगबलबाट आफ्नो राज्य स्थापना गरिरहेका छौं, बाबाको श्रीमतमा। बाबा भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने तिम्रो पाप भस्म हुन्छ। आत्मामा नै मैला परेको छ नि। केवल भन्छन्– सतो, रजो, तमो....। यो देखाउँदैनन्– आत्मामा नै मैला पर्छ। पहिला सुनको युग थियो, पवित्र सुन थियौं फेरि चाँदी थपिन्छ, त्यसलाई चाँदीको युग भनिन्छ, चन्द्रवंशी। अंग्रेजी शब्द कति राम्रा छन्। गोल्डन, सिलवर, कपर फेरि आइरन। बाबाले सम्झाउनुहुन्छ– आत्मामा मैला परेको छ, त्यो निस्कन्छ कसरी? सतोबाट तमो बनेको छ फेरि तमोबाट सतो कसरी बन्छ? सम्झन्छन्– गंगामा स्नान गर्नाले सतोप्रधान बनिन्छ। तर यो त हुन सक्दैन। गंगा-स्नान आदि त सधैं गरिरहन्छन्। कोही त नेमी हुन्छन्। नहरमा पनि गएर स्नान गर्छन्। तिमीलाई बाबा भन्नुहुन्छ– यो नियम राख बाबालाई याद गर्ने। यादको स्नान वा यात्रा गर। ज्ञान-स्नान पनि गराउनुहुन्छ, योगको यात्रा सिकाउनुहुन्छ। बाबाले ज्ञान दिनुहुन्छ। यसमा योगको पनि ज्ञान, सृष्टिचक्रको पनि ज्ञान छ। बाँकी शास्त्रहरूको ज्ञान त धेरै दिन्छन् योगलाई त जानेकै छैनन्। हठयोग सम्झिएका छन्। योग आश्रम त धेरै छन्। मनमनाभवको मन्त्र दिन्छन् तर बाबा सिवाय कुनै पनि मनुष्यसँग यो ज्ञान छैन। अब ८४ जन्मको चक्र पूरा भएको छ। फेरि नयाँ दुनियाँ हुन्छ। तिम्रो बुद्घिमा छ– वृक्षको वृद्घि कसरी हुन्छ? यो राजाई स्थापना भइरहेको छ, सबै एकै पटक कहाँ जान्छन् र! ब्राह्मणहरूको वृक्ष धेरै ठूलो हुन्छ। फेरि थोरै-थोरै गरेर जान्छन्। प्रजा बनिरहन्छन्। अलिकति पनि कसैले सुन्यो भने प्रजामा आउँछन्। 

    सेन्टर पनि धेरै वृद्घि हुँदै जान्छन्। प्रदर्शनीहरू धेरै जहाँ-तहाँ भइरहन्छन्। जसरी मन्दिर, टिकाणे निस्किदै जान्छन्, त्यस्तै तिम्रो प्रदर्शनी पनि गाउँ-गाउँमा हुन्छ। घर-घरमा प्रदर्शनी राख्नुपर्छ। वृद्घि हुँदै जान्छ त्यसैले अन्त्यमा यी चित्रहरूको पनि छपाई गर्नुपर्ने हुन्छ। सबैको पास बाबाको सन्देश जानेछ। तिमी बच्चाहरूलाई धेरै ठूलो सेवा गर्नु छ। अहिले यो प्रोजेक्टर प्रदर्शनीको फेशन निस्किएको छ त्यसैले गाउँ-गाउँमा देखाउनुपर्छ। उनीहरूले राम्रोसँग लिन्छन्। शिवजयन्तीको गायन गरिन्छ तर वहाँ कसरी आउनुहुन्छ? यो कसैलाई थाहा छैन। शिव पुराण आदिमा यी कुरा छैनन्। यी कुरा तिमीले सुन्छौ। सुन्नेबेलामा राम्रो लाग्छ फेरि बिर्सिन्छन्। राम्रोसँग प्वाइन्ट धारणा भयो भने सेवा पनि राम्रोसँग गर्न सकिन्छ। तर सबै प्वाइन्ट कसैलाई धारणा हुँदैन। भाषण गरेर आउँछन् फेरि ख्याल आउँछ– यो प्वाइन्ट पनि सम्झाएको भए राम्रो हुन्थ्यो। जसलाई देह-अभिमान हँदैन उसले तुरून्तै बताउँछ। भाषण गरेर फेरि विचार गर्छन्– मैले सबै प्वाइन्ट ठीक सम्झाएँ? बाँकी यो प्वाइन्ट बिर्सिएछु, प्वाइन्ट कुनै साथमा जाँदैन। यो हो केवल अहिलेको लागि। फेरि यो खतम हुन्छ। यी आँखाले जे अहिले देख्छौ फेरि सत्ययुगमा त्यो हुँदैन। तिमीलाई ज्ञानको तेस्रो नेत्र अहिले मिल्छ। अहिले तिमी त्रिनेत्री बन्छौ। बाबा आएर तिमीलाई ज्ञान दिइरहनुभएको छ जुन आत्माले धारण गर्छ। आत्मालाई तेस्रो नेत्र मिल्छ। यो ज्ञान कसैमा छैन– म आत्मा हुँ। यो शरीरद्वारा यो गर्छु। बाबाले हामीलाई पढाउनुहुन्छ। यो बुद्घिमा राख्न मेहनत छ। बच्चाहरूले मेहनत गर्नुपर्छ र खुशीमा रहनुपर्छ। अब हाम्रो राज्य आउनै लाग्यो। तिमीले जानेका छौ– हाम्रो राज्यमा के-के हुन्छ! तिमी बच्चाहरूलाई त धेरै खुशी हुनुपर्छ– हामीले यो पढाइबाट राज्य लिन्छौं। पढ्ने विद्यार्थीलाई लक्ष्य याद रहन्छ। हामी पढ्दैछौं भविष्यको लागि। राम्रो पढ्यौं भने राजगद्दीमा बस्छौं। उनीहरू त प्रसिद्ध हुन्छन्। अहिले लिस्ट निकाल्यो, माला बनायो भने सबैले भन्छन्– फलानो बच्चीलाई हाम्रो पासमा पठाउनुहोस्, रिफ्रेश गर्न। भाषण गर्नेलाई बोलाउँछन्, त्यसैले उनीहरूको सम्मान पनि गर्नुपर्छ। हामी पनि यिनी जस्तै होशियार बन्नु छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) अतीन्द्रिय सुखको अनुभव गर्नको लागि देहको भानलाई तोड्ने पुरूषार्थ गर्नु छ। अब फर्केर घर जानु छ त्यसैले बुद्घियोग घरमा लागिरहोस्।

    २) गृहस्थ व्यवहारमा रहँदै पढाइ पनि पढ्नु छ, डबल कोर्स लिनु छ। ज्ञानको स्नान र यादको यात्रा गर्नु र गराउनु छ।

    वरदान:

    युद्घमा डराउनु वा पछाडि हट्नुको सट्टा बाबाको साथद्वारा सदा विजयी भव:-  

    सेनामा युद्घ गर्ने योद्घाहरूको नारा हुन्छ– हार्नु वा पछाडि फर्किनु कमजोरहरूको काम हो, योद्घा अर्थात् मर्नु वा मार्नु। तिमी रुहानी योद्घा पनि डराउने वा पछाडि हट्नेवाला होइनौ, सदा अगाडि बढ्दै विजयी बन्नेवाला हौ। यस्तो कहिल्यै नसोच– कहाँसम्म युद्घ गर्ने, यो त सारा जिन्दगीको कुरा हो तर ५००० वर्षको प्रारब्धको हिसाबले यो सेकेण्डको कुरा हो, केवल विशाल बुद्घि बनाएर बेहदको हिसाबले हेर र बाबाको याद वा साथको अनुभूतिद्वारा विजयी बन।

    स्लोगन:

    सदा आशा र विश्वासको आधारमा विजयी बन।  



    ***OM SHANTI***