BK Murli 15 May 2016 Nepali

BK Murli 15 May 2016 Nepali

२ जेष्ठ २०७३ आइतबार 15.05.2016 बापदादा मधुबन

रुहे-गुलाबको विशेषता


आज बागवान आफ्ना रुहे-गुलाब बच्चाहरूलाई देखिरहनुभएको छ। चारै तर्फका रुहे गुलाब बच्चा बापदादाको सम्मुख छौ। साकारमा चाहे जहाँ पनि बसेका छौ (आज आधा भाइ-बहिनी तल सानो हलमा मुरली सुनिरहेका छन्) तर बापदादा उनीहरूलाई पनि आफ्नो आँखाको अगाडि नै देखिरहनु भएको छ। अहिले पनि बापदादा बच्चाहरूको संकल्पलाई सुनिरहनुभएको छ। सबैले सम्मुख मुरली सुन्न चाहन्छन् तर तल भए तापनि बापदादा बच्चालाई अगाडि देखिरहनुभएको छ। हरेक रुहे गुलाबको सुगन्ध बापदादाको पास आइरहेको छ। छन् त सबै नम्बरवार तर यस समय सबै एक बाबा, दोस्रो न कोही। यसै रुहानी सुगन्धमा नम्बरवन स्थितिमा छन् यसैले रुहानी सुगन्ध वतनसम्म पनि पुगिरहेको छ। रुहानी सुगन्धको विशेषता जान्दछौ? कुन आधारमा रुहानी सुगन्ध सदाकाल एकरस र टाढा-टाढा सम्म फैलिन्छ अर्थात् प्रभाव पार्छ? यसको मूल आधार हो रुहानी वृत्ति। सदा वृत्तिमा रहोस्– रुहले रुहलाई देखिरहेको छु, आत्माले नै बोलिरहेको छ। आत्माले नै अलग-अलग आफ्नो पार्ट खेलिरहेको छ। म रुह हुँ, सदा सुप्रिम रुहको छत्रछायामा चलिरहेको छु। म रुह हुँ– हर संकल्प पनि सुप्रिम रुहको श्रीमतको विना चल्न सक्दैन। म रुहलाई गराउनेवाला सुप्रिम रुह हुनुहुन्छ। गराउनेवालाको आधारमा म निमित्त गर्नेवाला हुँ। म गर्नेवाला, उहाँ गराउनेवाला हुनुहुन्छ। उहाँले चलाइरहनुभएको छ, म चलिरहेको छु। हर डाइरेक्शनमा म रुहको लागि संकल्प, बोली र कर्ममा सदा हजुर हाजिर हुनुहुन्छ त्यसैले हजुरको अगाडि सदा म रुहको जी हजुर छ। सदा रुह र सुप्रिम रुह कम्बाइण्ड हुँ। सुप्रिम रुह म रुहको विना रहन सक्नु हुन्न र म पनि सुप्रिम रुहको विना अलग हुन सक्दिनँ। यसरी हर सेकेण्ड हजुरलाई हाजिर अनुभव गर्नेवाला सदा रुहानी सुगन्धमा अविनाशी र एकरस रहन्छन्। यो हो नम्बरवन सुगन्धित रुहे गुलाबको विशेषता। 

यस्ताको दृष्टिमा पनि सदा सुप्रिम रुह समाहित भएको हुन्छ। ऊ बाबाको दृष्टिमा र बाबा उनको दृष्टिमा समाहित भएका हुन्छन्। यस्ता रुहे गुलाबलाई देह वा देहको दुनियाँ वा पुरानो देहको दुनियाँको वस्तु, व्यक्ति देखेर पनि देखिँदैन। देहद्वारा बोलिरहेको छु तर देख्छ रुहलाई नै, बोल्छ रुहबाट नै किनकि उनको आँखाको दुनियाँमा सदा रुहानी दुनियाँ हुन्छ। फरिश्ताहरूको दुनियाँ हुन्छ। देवताहरूको दुनियाँ हुन्छ। सदा रुहानी सेवामा रहन्छन्। दिन होस् वा रात होस् तर उनको लागि सदा रुहानी सेवा हुन्छ। यस्ता रुहे गुलाबको सदा रुहानी भावना रहन्छ– सर्व रुहहरू हामी समान वर्साको अधिकारी बनून्। परवश आत्माहरूलाई बाबाद्वारा प्राप्त भएका शक्तिहरूको सहयोग दिएर उनीहरूलाई पनि अनुभव गराऊँ। कसैको पनि कमजोरी र कमीलाई देख्नु छैन। आफूले धारण गरेका गुणहरूको, शक्तिहरूको सहयोग दिनेवाला दाता बन्नु छ। ब्राह्मण परिवारको लागि सहयोगी, अन्य आत्माहरूको लागि महादानी। यो यस्तो हो, यो भावना होइन, तर यसलाई पनि बाबा समान बनाऊँ, यो शुभ-भावना। साथ-साथै यही श्रेष्ठ कामना। यी सर्व आत्माहरू कंगाल, दुःखी, अशान्तबाट सदा शान्त, सुख-रुप मालामाल बनून्। सदा स्मृतिमा एकै धुन हुन्छ– विश्व परिवर्तन छिटो भन्दा छिटो कसरी हुन सक्छ। यसलाई भनिन्छ रुहे गुलाब। 

आज महाराष्ट्रको टर्न छ। महाराष्ट्रले सदा एकै महा शब्दलाई सदा राखे भने सबै महान् अर्थात् नम्बरवन बन्छन्। महाराष्ट्र वालाहरूको के लक्ष्य छ? महान् बन्ने। स्वलाई पनि महान् बनाउनु छ। विश्वलाई पनि महान् बनाउनु छ। यही सदा स्मृतिमा रहन्छ हैन? र, कर्नाटक सदा नाटकमा हीरो पार्ट खेल्नेवाला हुन्। बन्नु पनि हीरो छ, बनाउनु पनि हीरो छ। आन्ध्रा अर्थात् अँध्यारो मेटाउनेवाला। सबै प्रकारको अँध्यारो। आन्ध्रामा गरिबीको अन्धकार पनि ज्यादै छ। गरिबीलाई मेटाएर सर्वलाई सम्पन्न बनाउनु छ। आन्ध्रा विश्वलाई सदा धनवान बनाउनेवाला हुन्। न तनको गरिबी, न धनको गरिबी, न मनको शक्तिको गरिबी। तन-मन-धन तीनै गरिबीलाई मेटाउने। यस अन्धकारलाई मेटाएर सदा प्रकाश ल्याउने। आन्ध्रा निवासी भए मास्टर ज्ञान सूर्य। मद्रास अर्थात् सदा रासमा मगन रहने। संस्कार मिलनको पनि रास, खुशीको पनि रास। र, फेरि स्थूलमा पनि रास गर्नेवाला। मद, मग्नलाई पनि भनिन्छ। सदा यसै रासमा मग्न रहनेवाला। बुझ्यौ सबैको कर्तव्य के हो? अब त सबैसँग मिलेँ नि। मिल्नु अर्थात् लिनु। लियौ हैन? आखिर त नयन मिलनसम्म पुग्नु छ। बापदादाको लागि तल वा माथि बसेका सबै भी.आई.पी. हुन्। 

टिचर्सको साथ– बापदादा सर्व निमित्त बनेका सेवाधारीहरूलाई कुन रुपमा देख्न चाहनुहुन्छ? यो जान्दछौ? बापदादा सर्व सेवाधारीहरूलाई सदा आफू समान, जसरी बाबा कर्तव्यको कारण अवतरित हुनुहुन्छ, त्यसैगरी हर सेवाधारी सेवाप्रति अवतरित हुने सबै अवतार बन। एक अवतार ड्रामा अनुसार सृष्टिमा आउँछ भने कति परिवर्तन गरिदिन्छ। ऊ पनि आत्मिक शक्तिवाला र यी यतिका परमात्म शक्ति स्वरुप चारै तर्फ अवतार अवतरित भए भने के हुन जान्छ? सहज परिवर्तन हुन जान्छ। जसरी बाबाले लोन लिनु हुन्छ, बन्धनमा आउनु हुन्न। जहिले चाहनुहुन्छ आउनुहुन्छ, जहिले चाहनु हुन्छ जानुहुन्छ, निर्बन्धन हुनुहुन्छ। त्यसैगरी सबै सेवाधारी शरीरको संस्कारको, स्वभावको बन्धनहरूबाट मुक्त, जब चाह्यो जसरी चाह्यो त्यस्तो संस्कार आफ्नो बनाउन सकियोस्। जसरी देहलाई चलाउन चाह्यो त्यसरी चलाउन सकियोस्। जस्तो स्वभाव बनाउन चाह्यो त्यस्तो बनाउन सकियोस्। यस्तो होइन– मेरो स्वभाव नै यस्तो छ– के गरुँ। मेरो संस्कार, मेरो बन्धन यस्तो छ! तर यस्तो निर्बन्धन बन, जसरी बाबा निर्बन्धन हुनुहुन्छ। कसैले सोच्दछन्– हामी त जन्म-मरणको चक्रको कारण शरीरको बन्धनमा छौं, तर यो बन्धन हो र! अब त शरीर तिम्रो हुँदै होइन। फेरि बन्धन तिम्रो कहाँबाट आयो! जब मरजीवा बन्यौ भने शरीर कसको भयो? तन-मन-धन तीनै अर्पण गरेका छौ या केवल दुईलाई अर्पण गर्यौ, एकलाई होइन। जब मेरो तन नै होइन, मेरो मन नै होइन भने बन्धन हुन सक्छ? यो पनि कमजोरीको बोल हो– के गरुँ जन्म-जन्मको संस्कार छ, शरीरको हिसाब-किताब छ। तर अब पुरानो जन्मको पुरानो खाता संगमयुगमा समाप्त भयो। नयाँ शुरु गर्यौ। अब उस तर्फको पुरानो रजिस्टर समाप्त भयो। नयाँ शुरु गर्यौ। अब उस तर्फको पुरानो रजिस्टर समाप्त भयो या अहिलेसम्म सम्हालेर राखेका छौ? खतम गरेका छैनौ र! बुझ्यौ, बापदादा के देख्न चाहनु हुन्छ? 

यतिका सबै अवतार प्रकट भयौ भने त सृष्टिमा हलचल मचिन्छ। अवतार अर्थात् माथिबाट आउने आत्मा। मूलवतनको स्थितिमा स्थित भएर माथिबाट तल आऊ। तलबाट माथि नजाऊ। हौ नै परमधाम निवासी आत्मा, सतोप्रधान आत्मा। आफ्नो आदि अनादि स्वरुपमा बस। अन्त्यको स्मृतिमा होइन, अनादि आदिमा रहने गर। फेरि के हुन्छौ? स्वयं पनि निर्बन्धन र जसको सेवाको निमित्त बनेका छौ, उनीहरू पनि निर्बन्धन हुन्छन्। नत्र उनीहरू पनि कुनै न कुनै बन्धनमा बाँधिन पुग्छन्। स्वयंलाई निर्बन्धन अवतरित आत्मा सम्झेर कर्म गर्यौ भने अरुले पनि तिमीलाई अनुसरण गर्नेछन्। जसरी साकार बाबालाई देख्यौ, के याद रह्यो? बाबाको साथ म पनि कर्मातीत स्थितिमा हुँ या दैवी बचपन रुपमा। अनादि, आदि रुप सदा स्मृतिमा रह्यो भने फलो फादर हुन्छ। टिचर्ससँग सन्तुष्ट छौ भनेर सोध्नुपर्ने आवश्यकता नै छैन। टिचरहरूसँग सोध्नु अर्थात् टिचर्सको अपमान गर्नु जस्तो हुन्छ यसैले बापदादा अपमान त गर्न सक्नु हुन्न। बाबा समान निमित्त हौ। निमित्तको अर्थ नै हो सदा गर्ने-गराउनेवालाको स्मृति स्वरुप। यही स्मृति समर्थ स्मृति हो। गर्नेवाला हुँ तर गर्ने-गराउनेवालाको आधारमा गर्नेवाला हुँ। निमित्त हुँ तर निमित्त बनाउनेलाई बिर्सिनु छैन। मैपन होइन, सदा बापदादा नै मुखमा, मनमा, कर्ममा रहोस्– यही पाठ पक्का छ हैन!

पार्टीहरूको साथः–

१) अमृतबेला देखि लिएर रातीसम्म जति पनि बाबाले श्रेष्ठ मत दिनुभएको छ, त्यसै मत अनुसार सारा दिनचर्या व्यतीत गर्छौ? उठ्ने कसरी, चल्ने कसरी, खाने कसरी, कार्य व्यवहार कसरी गर्ने, सबैको लागि श्रेष्ठ मत मिलेको छ। त्यसै श्रेष्ठ मतको प्रमाण हरेक कार्य गर्छौ?

हरेक कर्म गर्दा आफ्नो स्थिति श्रेष्ठ रहोस्– त्यसको लागि कुनचाहिँ एक शब्द सदा स्मृतिमा राख्नु छ? ट्रस्टी। यदि कर्म गर्दा ट्रस्टीपनको स्मृति रह्यो भने स्थिति श्रेष्ठ बन्छ किनकि ट्रस्टी बनेर चल्नाले सारा बोझ बाबामा जान्छ। तिमी सदा डबल लाइट बन्छौ। डबल लाइट हुनाले हाई जम्प दिन सक्छौ। यदि गृहस्थी सम्झ्यौ भने पुच्छर जोडिन्छ। सारा बोझ आफैं माथि आउँछ। बोझ वालाले छलांग लगाउन सक्दैन। झन् श्वास स्वाँ स्वाँ हुन्छ। ट्रस्टी सम्झिनाले स्थिति सदा उच्च रहन्छ। त्यसैले सदा ट्रस्टी भएर रहने श्रेष्ठ मतलाई स्मृतिमा राख। 

२) बापदादाद्वारा सबै बच्चाहरूलाई कुनचाहिँ नम्बरवन श्रीमत मिलेको छ? नम्बरवन श्रीमत हो– आफूलाई आत्मा सम्झ र आत्मा सम्झेर बाबालाई याद गर। केवल आत्मा सम्झनाले पनि बाबाको शक्ति मिल्दैन। याद नटिक्नुको कारण नै हो– आत्मा सम्झेर याद गर्दैनौ। आत्माको सट्टा आफूलाई साधारण शरीरधारी सम्झेर याद गर्छौ त्यसैले याद टिक्दैन। त्यसै पनि कुनै दुई चीजलाई जब जोडिन्छ भने पहिला समान बनाउँछन्। त्यसरी नै आत्मा सम्झेर याद गर्यौ भने याद सहज हुन्छ किनकि समान भयौ नि। यो पहिलो श्रीमत नै प्राक्टिकलमा सदा ल्याउँदै गर। यही मुख्य फाउण्डेशन हो। यदि फाउण्डेशन कच्चा भयो भने अगाडि चढ्ती कला हुन सक्दैन। अहिले भर्खरै चढ्ती कला, अहिले भर्खरै तल आउँछौ। घरको पनि जग यदि पक्का छैन भने चिरा पर्न जान्छ या गिर्छ। त्यसरी नै यदि यो आधार मजबुत छैन भने मायाले तल झारिदिन्छ यसैले आधार सदा पक्का। सहज कुरा माथि पनि घरी-घरी अटेन्शन। यदि अटेन्शन दिँदैनौ भने सहज कुरा पनि मुश्किल हुन जान्छ। 

३) सदा यो नशा रहन्छ– हामी नै कल्प-कल्पका अधिकारी आत्माहरू हौं। हामी नै थियौं, हामी नै हौं। हामी नै कल्प-कल्प हुन्छौं। कल्प पहिलाको दृश्य यसरी नै स्पष्ट स्मृतिमा आउँछ। आज ब्राह्मण छौं भोलि देवता बन्छौं। हामी नै देवता थियौं– यो नशा रहन्छ? हम सो, सो हम यो मन्त्र सदा याद रहन्छ? यसै एक नशामा रह्यौ भने जसरी नशामा सबै कुरा बिर्सिन्छ, संसार नै बिर्सिन्छ। यसैगरी यस स्मृतिमा रहनाले यो पुरानो दुनियाँ सहजै भुलिन्छ। यस्तो आफ्नो अवस्था अनुभव गर्छौ? सदा चेक गर– आज ब्राह्मण भोलि देवता, यो कति समय नशा रह्यो। जब व्यवहारमा जान्छौ तापनि यो नशा कायम रहन्छ या हल्का हुन जान्छ? जो जस्तो हुन्छ उसलाई त्यो याद रहन्छ। जस्तै राष्ट्रपति हुन्छ, उनले कुनै पनि काम गर्दा म राष्ट्रपति हुँ, यो बिर्सिदैनन्। तिमीले पनि सदा आफ्नो पोजिशन याद राख। यसबाट सदा खुशी रहन्छ। नशा रहन्छ। सदा नशा चढिरहोस्। हामी नै देवता बन्छौं। अहिले पनि ब्राह्मण चोटी हौ। ब्राह्मण त देवता भन्दा पनि उच्च हुन्। यस नशालाई माया जति पनि तोड्ने कोसिस गरोस् तर तोड्न नसकोस्। माया तब आउँछ, जब एक्लो गराउँछ। बाबासँग अलग गराइदिन्छ। डाकूले पनि एक्लो बनाएर फेरि आक्रमण गर्छ नि। यसैले सदा कम्बाइण्ड रहने गर। कहिल्यै पनि एक्लो नबन। म र मेरो बाबा, यसै स्मृतिमा कम्बाइण्ड रहने गर। 

४) सबैले आफूलाई महान् भाग्यशाली सम्झन्छौ, हैन? हेर कति ठूलो भाग्य छ, वरदान भूमिमा वरदानहरूबाट झोली भर्नको लागि आइपुगेका छौ। यस्तो भाग्य विश्वमा कति थोरै आत्माहरूको छ। करोडौंमा कोही र कोहीमा पनि कोही। यो खुशी सदा राख– जो सुन्थ्यौ, वर्णन गथ्र्यौ, करोडौंमा कोही, कोहीमा पनि कोही आत्मा, ती हामी नै हौं। यति खुशी छ? सदा यसै खुशीमा नाँचिराख– वाह मेरो भाग्य! यही गीत गाइराख र यसै गीत सँगै खुशीमा नाँच्दै राख। यो गीत गाउन त आउँछ नि– वाह रे मेरो भाग्य र वाह मेरो बाबा! वाह ड्रामा वाह, यो गीत गाउँदै गर। धेरै लक्की हौ। बाबा त सदा हर बच्चालाई लभ्ली बच्चा नै भन्नुहुन्छ। लभ्ली पनि हौ, लकीएस्ट पनि हौ। कहिल्यै आफूलाई साधारण नसम्झ, धेरै श्रेष्ठ हौ। भगवान तिम्रो बन्नु भयो भने अरु के चाहियो! जब बीजलाई आफ्नो बनाइदियौ भने वृक्ष त आइ नै हाल्यो नि। सदा यसै खुशीमा रहने गर। तिम्रो खुशीलाई देखेर अरु पनि खुशीमा नाँच्दै रहन्छन्। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


वरदान:

आफ्नो स्व-स्वरुप र स्वदेशको स्वमानमा स्थित रहने मास्टर मुक्तिदाता भव:-  

आजकलको वातावरणमा हर आत्मा कुनै न कुनै कुराको बन्धनको वशमा छन्। कोही तनको दुःखको वशीभूत छन्, कोही सम्बन्धको, कोही इच्छाहरूको, कोही आफ्नो दुःखी संस्कार-स्वभावको, कोही प्रभु प्राप्ति नमिल्नुको कारण, पुकार्ने चिल्लाउनेको दुःखको वशीभूत... यस्ता दुःख-अशान्तिको वशमा भएका आत्माहरूले आफूलाई मुक्त गर्न चाहन्छन्। त्यसैले उनीहरूलाई दुःखमय जीवनबाट मुक्ति दिनको लागि आफ्नो स्व-स्वरुप र स्वदेशको स्वमानमा स्थित भएर रहमदिल बनेर मास्टर मुक्तिदाता बन।

स्लोगन:

सदा अचल अडोल रहनको लागि एकरस स्थितिको आसनमा विराजमान होऊ।   



***OM SHANTI***

Google+ Followers