BK Murli 20 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 20 May 2016 Nepali

    ७ जेष्ठ २०७३ शुक्रबार 20.05.2016 बापदादा मधुबन

    “मीठे बच्चे– बाबाद्वारा तिमीलाई जुन सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान मिलेको छ, त्यसलाई तिमीले बुद्घिमा राख्छौ त्यसैले तिमी हौ स्वदर्शन चक्रधारी।”  

    प्रश्न:

    आत्मालाई पावन बनाउनको लागि रुहानी बाबाले कुनचाहिँ इन्जेक्शन लगाउनुहुन्छ?

    उत्तर:

    मनमनाभवको। यो इन्जेक्शन रुहानी बाबा सिवाय कसैले लगाउन सक्दैन। बाबा भन्नुहुन्छ– मीठे बच्चे! तिमीले मलाई याद गर। यादबाट नै आत्मा पावन बन्छ। यसमा संस्कृत आदि पढ्न पनि आवश्यक छैन। बाबाले त हिन्दीमा, सीधा शब्दमा सुनाउनुहुन्छ। आत्मालाई जब यो निश्चय हुन्छ– रुहानी बाबाले हामीलाई पावन बनाउने युक्ति बताइरहनुभएको छ, अनि विकारहरूलाई पनि छोड्दै जान्छन्।

    ओम् शान्ति।

    ओम् शान्तिको अर्थ त बच्चाहरूलाई सम्झाइएको छ। आत्माले आफ्नो परिचय दिन्छ। मेरो स्वरुप शान्त छ र मेरो रहने स्थान शान्तिधाम हो, जसलाई परमधाम, निर्वाणधाम पनि भनिन्छ। बाबाले पनि भन्नुहुन्छ– देह-अभिमान छोडेर देही-अभिमानी बन, बाबालाई याद गर। वहाँ हुनुहुन्छ पतित-पावन। यो कसैले पनि जानेको छैन– हामी आत्मा हौं, यहाँ आएका छां पार्ट खेल्न। अब ड्रामा पूरा हुन्छ, फर्केर जानु छ। त्यसैले भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। यसैलाई संस्कृतमा भनिन्छ, मनमनाभव। बाबाले कुनै संस्कृतमा भन्नुभएको छैन। बाबाले त यो हिन्दी भाषामा सम्झाउनुहुन्छ। जसरी सरकारले भन्छ– एउटै हिन्दी भाषा हुनुपर्छ। बाबाले पनि वास्तवमा हिन्दीमा नै सम्झाउनुभएको छ। तर यो समयमा अनेक धर्म, मठ, पंथ भएको कारणले भाषाहरू पनि अनेक प्रकारका भएका छन्। सत्ययुगमा यति भाषाहरू हुँदैनन्, जति यहाँ छन्। गुजरातमा रहनेको भाषा अलग छ। जो जुन गाउँमा रहन्छ, उसले वहाँको भाषा जानेको हुन्छ। अनेक मनुष्य छन्, अनेक भाषाहरू छन्। सत्ययुगमा त एउटै धर्म, एउटै भाषा थियो। अहिले तिमी बच्चाहरूलाई सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान बुद्धिमा छ, यो कुनै शास्त्रमा छैन। यस्तो कुनै शास्त्र छैन जसमा यो ज्ञान होस्। न कल्पको आयु नै लेखिएको छ, न कसैलाई थाहा छ। सृष्टि त एउटै छ। सृष्टिको चक्र घुमिरहन्छ। नयाँबाट पुरानो, पुरानोबाट फेरि नयाँ हुन्छ, यसलाई नै भनिन्छ स्वदर्शन चक्र। जसलाई यो चक्रको ज्ञान छ, उसलाई भनिन्छ स्वदर्शन चक्रधारी। आत्मामा ज्ञान रहन्छ। यो सृष्टिचक्र कसरी घुम्छ, उनीहरूले फेरि कृष्णलाई, विष्णुलाई स्वदर्शन चक्र दिएका छन्। अब बाबाले सम्झाउनुहुन्छ– उनीहरूमा त ज्ञान थिएन। सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान त बाबाले नै दिनुहुन्छ। यो हो स्वदर्शन चक्र। बाँकी कुनै हिंसाको कुरा होइन, जसबाट गला काटियोस्। त्यो सबै झुटो लेखिदिएका छन्। यो ज्ञान बाबा सिवाय कुनै मनुष्यले दिन सक्दैन। मनुष्यलाई कहिल्यै भगवान भन्न सकिँदैन, जबकि ब्रह्मा, विष्णु, शंकरलाई पनि देवता भनिन्छ। जुन बाबाको महिमा छ त्यो देवताहरूको पनि छैन। बाबाले त राजयोग सिकाइरहनु भएको छ। यस्तो भनिदैन बच्चाहरूको पनि त्यही महिमा हुन्छ, जुन बाबाको छ। बच्चाहरूले फेरि पनि पुनर्जन्म लिन्छन्, बाबा त पुनर्जन्ममा आउनुहुन्न। बच्चाहरूले बाबालाई याद गर्छन्। उच्च भन्दा उच्च हुनुहुन्छ भगवान, वहाँ सदा पावन हुनुहुन्छ। बच्चाहरू पावन बनेर फेरि पतित बन्छन्। बाबा त हुनुहुन्छ नै पावन। बाबाको वर्सा पनि अवश्य चाहिन्छ, बच्चाहरूलाई। एउटा त मुक्ति चाहियो, दोस्रो जीवनमुक्ति चाहियो। शान्तिधामलाई मुक्ति, सुखधामलाई जीवनमुक्ति भनिन्छ। मुक्ति त सबैलाई मिल्छ। जीवनमुक्ति जसले पढ्छ उसले पाउँछ। भारतवर्षमा अवश्य जीवनमुक्ति थियो, बाँकी सबै मुक्तिधाममा थिए। सत्ययुगमा केवल भारतखण्ड थियो। लक्ष्मी-नारायणको राज्य थियो। बाबाले सम्झाउनुभएको छ– लक्ष्मी-नारायणको मन्दिर सबैभन्दा धेरै बनाउँछन्। बिडला आदि जसले मन्दिर बनाउँछन्, उनीहरूले यो जान्दैनन्– लक्ष्मी-नारायणलाई यो बादशाही कहाँबाट मिल्यो, कति समय राज्य गरे? फेरि कहाँ गए, केही पनि जान्दैनन्। त्यसैले गुडियाको पूजा भयो नि, यसलाई भनिन्छ, भक्ति। आफै पूज्य फेरि आफै पुजारी। पूज्य र पुजारीमा धेरै फरक छ, त्यसको पनि अर्थ हुन्छ नि। पतित उसलाई भनिन्छ, जो विकारी हुन्छ। क्रोधीलाई पतित भनिदैन। जो विकारमा जान्छन्, उनलाई पतित भन्ने गरिन्छ। यस समयमा तिमीलाई ज्ञान अमृत मिल्छ। ज्ञानका सागर हुनुहुन्छ नै एक बाबा। बाबाले सम्झाउनुभएको छ– भारतवर्ष नै सतोप्रधान उच्च भन्दा उच्च थियो, अहिले तमोप्रधान छ, यो तिम्रो बुद्धिमा छ। यहाँ कुनै राजाई त छैन। यहाँ छ नै प्रजाको प्रजा माथि राज्य। सत्ययुगमा धेरै कम हुन्छन्, अहिले त कति छन्। विनाशको तयारी पनि हुन्छ। दिल्ली परिस्तान त बन्नु नै छ। तर यो कसैले जानेको छैन। उनीहरूले सम्झन्छन्– यो नयाँ दिल्ली हो। यो पुरानो दुनियाँलाई पल्टाउने को छ! यो कसैलाई थाहा छैन। कुनै शास्त्रमा पनि छैन। सम्झाउने एक बाबा नै हुनुहुन्छ। अहिले तिमी बच्चाहरूले नयाँ दुनियाँको लागि तयारी गरिरहेका छौ। कौडीबाट हीरा जस्तै बनिरहेका छौ। भारतवर्ष कति सम्पन्न थियो, अरु कुनै धर्म थिएन। अहिले त अनेक धर्म छन्। रहमदिल बाबालाई याद गर्छन्। पहिले सुखधाम थियो, यो भूलेका छन्। अहिले त भारतको के हाल छ। नत्र पहिले स्वर्ग थियो। बाबाको जन्मस्थान हो नि। ड्रामा अनुसार उहाँलाई दया आउँछ। भारत त प्राचीन देश हो। भन्छन् पनि– क्राइस्टभन्दा ३ हजार वर्ष पहिले स्वर्ग थियो र अरु कुनै धर्म थिएन। अहिले बिल्कुल तल आइपुगेको छ। गायन त गर्छन्– हाम्रो देश सबभन्दा उच्च थियो। नाम नै थियो हेविन, स्वर्ग। यसको महिमा पनि कसैलाई थाहा छैन। बाबा नै आएर सम्झाउनुहुन्छ। यसलाई सत्य-नारायणको कथा भन्ने गरिन्छ। बाबा नै बसेर सम्झाउनुहुन्छ– पूरा ५ हजार वर्ष पहिले यहाँ लक्ष्मी-नारायणको राज्य थियो, जसको चित्र पनि छ। तर उनीहरूलाई यो राज्य कसरी मिल्यो? सत्ययुग भन्दा पहिले के थियो? संगम भन्दा पहिले के थियो? कलियुग। यो हो संगमयुग, जसमा बाबालाई आउनुपर्छ। किनभने जब पुरानो दुनियाँलाई नयाँ बनाउनु छ तब मलाई आउनुपर्छ, पतित दुनियाँलाई पावन बनाउन। मेरो लागि फेरि भनिदिएका छन्, सर्वव्यापी, युग-युगमा आउनुहुन्छ। त्यसैले मनुष्य अलमलमा परेका छन्। संगमयुगलाई केवल तिमीले जानेका छौ। तिमी को हौ? यो बोर्डमा पनि लेखिएको छ प्रजापिता ब्रह्माकुमार कुमारी, ब्रह्माको पिता को? शिव उच्च भन्दा उच्च। त्यसपछि छन् ब्रह्मा फेरि ब्रह्माद्वारा रचना हुन्छ। प्रजापिता त अवश्य ब्रह्मालाई नै भनिन्छ। शिवलाई प्रजापिता भनिदैन। शिव सबै आत्माहरूका निराकार पिता हुनुहुन्छ। फेरि यहाँ आएर प्रजापिता ब्रह्माद्वारा एडप्ट गर्नुहुन्छ। बाबाले सम्झाउनुहुन्छ– मैले यिनमा प्रवेश गरेको छु। उनीद्वारा तिमी मुखवंशावली ब्राह्मण बनेका हौ। ब्रह्माद्वारा नै तिमीलाई ब्राह्मण बनाएर फेरि देवता बनाउँछु। अहिले तिमी ब्रह्माका बच्चा बनेका छौ। ब्रह्मा कसका बच्चा हुन्? ब्रह्माको पिताको कुनै नाम छ? उहाँ हुनुहुन्छ शिव निराकार बाबा। उहाँ आएर यिनमा प्रवेश गरेर एडप्ट गर्नुहुन्छ, मुख वंशावली बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– म यिनको धेरै जन्मको अन्त्यमा प्रवेश गर्छु। यिनी मेरो बन्छन्, संन्यास धारण गर्छन्। के को संन्यास? ५ विकारको। घरबार छोड्न आवश्यक छैन। गृहस्थ व्यवहारमा रहँदै पवित्र रहनु छ। म एकलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। यही योग हो, जसबाट मैला निस्किन्छ र तिमी सतोप्रधान बन्छौ। भक्तिमा जति नै गंगा स्नान गरुन्, जप-तप आदि गरुन्, तल झर्नु अवश्य छ। सतोप्रधान थियौ, अहिले तमोप्रधान छौ फेरि सतोप्रधान कसरी बन्ने? त्यो मार्ग बाबा सिवाय कसैले बताउन सक्दैन। बाबाले त बिल्कुल सहज रीतिले बताउनुहुन्छ– म एकलाई याद गर। उहाँले आत्माहरूसँग कुरा गर्नुहुन्छ। कुनै गुजरातीहरू वा सिन्धीहरूसँग कुरा गर्नुहुन्न। यो हो नै रुहानी ज्ञान। शास्त्रहरूमा छ जिस्मानी ज्ञान। रुहलाई नै ज्ञान चाहिन्छ, रुह नै पतित बनेको छ, उसलाई नै रुहानी इन्जेक्शन चाहिएको छ। बाबालाई भनिन्छ नै रुहानी अविनाशी सर्जन। उहाँ आएर आफ्नो परिचय दिनुहुन्छ– म तिम्रो रुहानी सर्जन हुँ। तिम्रो आत्मा पतित भएको कारणले शरीर पनि रोगी भएको छ। यस समय भारतवासी तथा सारा दुनियाँ नर्कवासी छन्, फेरि स्वर्गवासी कसरी बन्न सक्छन्, यो बाबाले सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ– म नै आएर सबै बच्चाहरूलाई स्वर्गवासी बनाउँछु। तिमीले पनि बुझ्दछौ– साच्चिकै हामी नर्कवासी थियां। कलियुगलाई नर्क भनिन्छ। अहिले नर्कको पनि अन्त्य छ। भारतवासी यस समयमा रौरव नर्कमा परेका छन्, यसलाई स्वराज्य पनि भनिदैन। लडाईं-झगडा गरिरहन्छन्। अब बाबाले स्वर्गमा लैजान लायक बनाउनुहुन्छ, त्यसैले उहाँले भनेको मान्नुपर्छ। आफ्नो धर्म-शास्त्रलाई पनि जान्दैनन्, बाबालाई नै जान्दैनन्।

    बाबा भन्नुहुन्छ– मैले तिमीलाई पतितबाट पावन बनाएको थिएँ, न कि श्रीकृष्णले। कृष्ण त पावन नम्बरवन थिए। उनलाई भन्छन् पनि श्याम-सुन्दर। कृष्णको आत्माले पुनर्जन्म लिँदा-लिँदा अहिले श्याम बनेको छ। काम-चितामा बसेर काला बनेका छन्। जगत् अम्बालाई काली किन देखाउँछन्? यो कसैले जानेको छैन। जसरी कृष्णलाई कालो देखाइएको छ, त्यस्तै जगत्-अम्बालाई पनि काली देखाउँछन्। अहिले तिमी काला छौ फेरि सुन्दर बन्छौ। तिमीले सम्झाउन सक्छौ– भारत धेरै सुन्दर थियो। सुन्दरता हेर्नु छ त अजमेर (सुनको द्वारिका)मा हेर। स्वर्गमा सुन-हीराका महल थिए। अहिले त गिटी-ढुंगाका छन्, सबै तमोप्रधान छन्। तिमी बच्चाहरूले जानेका छौ– शिवबाबा ब्रह्मा दादा दुवै सँगै हुनुहुन्छ त्यसैले भनिन्छ बापदादा। वर्सा शिवबाबाबाट मिल्छ। यदि दादाबाट भन्छौ भने त बाँकी शिवबाबासँग के छ त? वर्सा शिवबाबाबाट मिल्छ, ब्रह्माद्वारा। ब्रह्माद्वारा विष्णुपुरीको स्थापना। अहिले त रावण राज्य छ, तिमीहरू सिवाय सबै नर्कवासी छन्। तिमी अहिले संगममा छौ। अहिले पतितबाट पावन बनिरहेका छौ फेरि विश्वको मालिक बन्नेछौ। यो कुनै मनुष्यले पढाउँदैन। तिमीलाई मुरली कसले सुनाउनुहुन्छ? शिवबाबाले। परमधामबाट आउनुहुन्छ, पुरानो दुनियाँ, पुरानो शरीरमा। कसैलाई निश्चय भयो भने त फेरि बाबासँग मिलन नगरी रहन सक्दैनन्। भन्नेछन्– पहिला बेहदका बाबासँग त मिलन गरौं, पर्खिन सक्दैनन्। भन्छन्– बेहदका बाबा, जसले स्वर्गको मालिक बनाउनुहुन्छ, उहाँको पास मलाई तुरून्त लैजानुहोस्। हेरौं त सही शिवबाबाको रथ कुनचाहि हो! उनीहरूले पनि घोडालाई सिँगार्छन्। पटका निशानी राख्छन्। त्यो रथ थियो मुहम्मदको, जसले धर्म स्थापना गरे। हिन्दूहरूले फेरि बसाहालाई तिलक लगाएर मन्दिरमा राख्छन्। सम्झन्छन्, यसमा शिवको सवारी भयो। अब बसाहमा त न शिवको, न शंकरको सवारी हुन्छ। केही पनि बुझ्दैनन्। शिव निराकार हुनुहुन्छ उहाँले कसरी सवारी गर्नुहुन्छ। खुट्टा चाहियो, ताकि बसाहामा बस्न सकियोस्। यो हो अन्धश्रद्धा। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) बाबाद्वारा जुन ज्ञान अमृत मिल्छ, त्यो अमृतलाई पिउनु र पिलाउनु छ। पुजारीबाट पूज्य बन्नका लागि विकारको त्याग गर्नु छ।

    २) बाबा जसले स्वर्गमा जान लायक बनाइरहनुभएको छ उहाँको सबै कुरा मान्नु छ। पूरा निश्चय बुद्धि बन्नु छ।

    वरदान:

    शक्तिशाली ब्रेकद्वारा वरदानी रुपद्वारा सेवा गर्ने लाइट माइट हाउस भव:-  

    वरदानी रुपद्वारा सेवा गर्नका लागि पहिला स्वयंमा शुद्ध संकल्प हुनुपर्छ तथा अन्य संकल्पहरूलाई सेकेण्डमा नियन्त्रण गर्ने विशेष अभ्यास हुनुपर्छ। सारा दिन शुद्ध संकल्पहरूको सागरमा लहराइराख र जतिबेला चाह्यो शुद्ध संकल्पको सागरको गहिराइमा गएर शान्त स्वरुप बन। यसका लागि ब्रेक शक्तिशाली होस्, संकल्पमाथि पूरा नियन्त्रण होस् अनि बुद्धि र संस्कार माथि पूरा अधिकार होस्, तब लाइट माइट हाउस बनेर वरदानी रुपबाट सेवा गर्न सक्छौ।

    स्लोगन:

    संकल्प, समय र बोलीको बचत गर्यौ भने बाबाको सहयोग लिन सक्नेछौ।  



    ***OM SHANTI***