BK Murli 21 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 21 May 2016 Nepali

    ८ जेष्ठ २०७३ शनिबार 21.05.2016 बापदादा मधुबन

    “मीठे बच्चे– जसरी बाबा प्रेमको सागर हुनुहुन्छ, उहाँले जस्तो प्रेम दुनियाँमा कसैले गर्न सक्दैन, त्यस्तै तिमी बच्चाहरू पनि बाबा समान बन, कसैलाई असन्तुष्ट नगर।”   

    प्रश्न:

    कुन प्रकारका विचार चलिरह्यो भने खुशीको पारा चढिरहन्छ?

    उत्तर:

    (१) अहिले हामी ज्ञान रत्नहरूले आफ्नो झोली भरिरहेका छौं, फेरि यी खानी आदि सबै भरपुर हुन्छन्। सत्ययुगमा हामीले सुनका महल बनाउँछौं। (२) हाम्रो यो ब्राह्मण कुल उत्तम कुल हो, हामीले सच्चा सच्चा सत्य-नारायणको कथा, अमरकथा सुन्छौं र सुनाउँछौं.... यस्ता यस्ता विचार चलिरह्यो भने खुशीको पारा चढिरहन्छ।

    ओम् शान्ति।

    तिमी बच्चाहरू बाबाको यादमा बसेका छौ, यो श्रीमत अर्थात् श्रेष्ठभन्दा श्रेष्ठ मत मिल्छ। यादको यात्रा धेरै मीठो छ। बच्चाहरूले नम्बरवार पुरूषार्थ अनुसार जान्दछन्– जति बाबालाई याद गर्छौं, त्यति बाबा मीठा लाग्छ। सेक्रीन हुनुहुन्छ नि। एक बाबाले नै प्रेम गर्नुहुन्छ, बाँकी त सबैले दुःख दिन्छन्। दुनियाँ साराले एक अर्कालाई दुःख दिन्छन्। बाबाले प्रेम गर्नुहुन्छ, उहाँलाई केवल तिमी बच्चाहरूले जानेका छौ। बाबा भन्नुहुन्छ– म जो हँ, जस्तो हँ, कति महान् छु। बताऊ तिम्रो बाबा कत्रो हुनुहुन्छ? तब भन्छौ– बिन्दु हुनुहुन्छ, अरु त कसैले जान्दैनन्। बच्चाहरूले पनि घरी-घरी भुल्छन्। भन्छन्, भक्तिमार्गमा त ठूला-ठूला चित्रहरूको पूजा गथ्र्यां। अब बिन्दुलाई कसरी याद गर्ने? बिन्दुले बिन्दुलाई नै याद गर्छ नि। आत्माले जान्दछ– म बिन्दु हुँ। हाम्रो बाबा पनि यस्तै हुनुहुन्छ। आत्मा नै राष्ट्रपति, आत्मा नै नोकर हुन्छ। पार्ट आत्माले नै खेल्छ। बाबा सबैभन्दा मीठो हुनुहुन्छ। सबैले याद गर्छन्– हे पतित-पावन, दुःख-हर्ता सुख-कर्ता आउनुहोस्। अब तिमी बच्चाहरूलाई यो निश्चय छ– हामी जसलाई बिन्दु भन्छौं, उहाँ धेरै सूक्ष्म हुनुहुन्छ तर महिमा कति छ। गाउन त महिमा गाउँछन्, ज्ञानका सागर, शान्तिका सागर हुनुहुन्छ। तर बुझ्दैनन्– उहाँले कसरी आएर सुख दिनुहुन्छ। मीठा प्यारा हरेक बच्चाहरूले बुझ्न सक्छन्– को-को कति श्रीमतमा चल्छन्? श्रीमत मिल्छ सेवा गर्नको लागि। धेरै मनुष्य बिमारी रोगी छन्, धेरै छन् जो स्वस्थ पनि छन्। तिमीले जान्दछौ– सत्ययुगमा आयु धेरै लामो सरदर १२५-१५० वर्षको थियो। हरेकले आफ्नो पूर्ण आयु पूरा गर्छ। यो त बिलकुलै फोहोरी दुनियाँ हो, जसको बाँकी थोरै समय मात्र छ। मनुष्यहरूले ठूला-ठूला धर्मशाला आदि अहिले सम्म बनाइरहन्छन्। जान्दैनन्, यो बाँकी कति समय छ? मन्दिर आदि बनाउँछन्, लाखौं रूपैया खर्च गर्छन्। त्यसको आयु बाँकी कति समय छ? तिमीहरूले जान्दछौ– यो त टुट्यो कि टुट्यो। तिमीहरूलाई बाबाले भवन आदि बनाउनको लागि कहिल्यै मनाही गर्नुहुन्न। तिमीले आफ्नै घरमा एउटा कोठामा हस्पिटल कम युनिभर्सिटी बनाऊ। विना कुनै खर्च, स्वास्थ्य, सम्पन्नता, सुख २१ जन्मको लागि लिनु छ, यस ज्ञानद्वारा। यो पनि सम्झाउनुभएको छ– तिमीहरूलाई धेरै सुख मिल्छ। जब तमोप्रधान बन्छौ, तब धेरै दुःख हुन्छ। जति जति तमोप्रधान बन्दै जान्छन्, त्यति दुनियाँमा दुःख अशान्ति बढ्दै जान्छ। मनुष्य धेरै दुःखी हुन्छन्। फेरि जय-जयकार हुँदै जान्छ। तिमी बच्चाहरूले जो विनाश दिव्य दृष्टिबाट देखेका छौ, त्यो फेरि यथार्थमा देख्नु छ। स्थापनाको साक्षात्कार पनि धेरैले गरेका छन्। साना बच्चीहरूले धेरै साक्षात्कार गर्थे। ज्ञान केही पनि थिएन। पुरानो दुनियाँको विनाश पनि अवश्य हुनु छ। तिमी बच्चाहरूले जान्दछौ– बाबाले आएर स्वर्गको वर्सा दिनुहुन्छ, तापनि बच्चाहरूले फेरि पुरूषार्थ गर्नु छ, उच्च पद पाउन। तिमी बच्चाहरूलाई बाबा बसेर यी सबै कुरा सम्झाउनुहुन्छ। उनीहरूले कहाँ जान्दछन् र बाँकी थोरै समय छ। बाबा भन्नुहुन्छ– म दाता हुँ, म तिमीहरूलाई दिन आएको छु। मनुष्यहरू भन्छन्– पतित-पावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्। 

    बाबा भन्नुहुन्छ– पहिले तिमी कति समझदार थियौ, सतोप्रधान थियौ। अहिले त तमोप्रधान बनेका छौ। तिम्रो बुद्धिमा पनि अहिले आएको छ, पहिले कहाँ बुझेका थियौ र– हामीले विश्वमा राज्य गथ्र्यां। तिमी विश्वको मालिक थियौ फेरि अवश्य बन्छौ। इतिहास-भूगोल रिपीट हुन्छ। बाबाले सम्झाउनुभएको छ– ५००० वर्ष पहिले म आएको थिएँ, तिमीलाई स्वर्गको मालिक बनाएको थिएँ। फेरि तिमी ८४ जन्मको सिँढी झर्छौ। यो विस्तार कुनै पनि शास्त्रमा छैन। शिवबाबाले कुनै शास्त्र आदि पढ्नुभएको छ र? उहाँलाई त ज्ञानका अथोरिटी भनिन्छ। उनीहरू पनि शास्त्र आदि पढेर शास्त्रको अथोरिटी बन्छन्। उनीहरूले पनि त गायन गर्छन्– पतित-पावन आउनुहोस्। गंगा स्नान गर्न जान्छन्। वास्तवमा यो भक्ति हो नै गृहस्थीहरूको लागि। बाबा बसेर सम्झाउनुहुन्छ– उनीहरूलाई पनि थाहा छैन, सद्गति दाता को हुनुहुन्छ? बाबा सम्झाउनुहुन्छ– तिमीले मलाई बोलाउँछौ पनि, हे पतित पावन आउनुहोस्। म तिमीलाई पावन बनाउँछु। म तिमीलाई पढाउनको लागि आउँछु, यस्तो होइन हामीमाथि कृपा गर्नुहोस्। म त शिक्षक हुँ, तिमीले कृपा आदि किन माग्छौ? आशीर्वाद त अनेक जन्म लिँदै आयौ। अब आएर माता-पिताको सम्पत्तिको मालिक बन, आशीर्वाद के दिने! बच्चा पैदा भयो, बाबाको सम्पत्तिको मालिक बन्यो। लौकिक पितालाई भन्छन्, कृपा गर्नुहोस्। यहाँ त कृपाको कुरा छैन। केवल बाबालाई याद गर्नु छ। यो पनि कसैलाई थाहा छैन– बाबा बिन्दु हुनुहुन्छ। अहिले तिमीलाई बाबाले बताउनुभएको छ। सबै भन्छन् पनि– परमपिता परमात्मा, गड फादर, सुप्रिम सोल। त्यसैले परम आत्मा हुनुभयो नि। उहाँ हुनुहुन्छ सुप्रिम। बाँकी सबै आत्माहरू हुन्। सुप्रीम बाबा आएर आफू समान बनाउनुहुन्छ, अरु केही गर्नुहुन्न। कसैको बुद्धिमा कहाँ हुन्छ र बेहदका बाबा जो स्वर्गको रचयिता हुनुहुन्छ, उहाँ आएर स्वर्गको मालिक बनाउनुहुन्छ! तिमीले अहिले जान्दछौ– कृष्णको हातमा स्वर्गको गोला छ। गर्भबाट बच्चा बाहिर निस्कन्छ, तबदेखि नै आयु शुरु हुन्छ। श्रीकृष्णले त पूरै ८४ जन्म लिन्छन्। गर्भबाट बाहिर आयो, उसै दिनबाट ८४ जन्म गनिन्छ। लक्ष्मी-नारायणलाई त ठूलो हुनमा ३०-३५ वर्ष लाग्छ नि। त्यसैले त्यो ३०-३५ वर्ष ५ हजार वर्षबाट कम गर्नुपर्छ। शिवबाबाको त गणना गर्न सकिँदैन। शिवबाबा कहिले आउनुभयो, समय दिन सकिँदैन। शुरुबाट साक्षात्कार हुन्थ्यो। मुसलमानहरू पनि बगैंचा आदि देख्थे। यो नवधा भक्ति त कसैले गरेनन्। घरै बसेर आफै ध्यानमा गइरहन्थे। उनीहरूले त कति नवधा भक्ति गर्छन्। बाबा बसेर सम्मुखमा सम्झाउनुहुन्छ। बाबा दूरदेशबाट आउनुभएको छ, यो बच्चाहरूले जान्दछन्। यिनमा प्रवेश गरेर हामीलाई पढाउनुहुन्छ। तर फेरि बाहिर गएपछि नशा कम हुन्छ। याद रहोस्, खुशीको पारा पनि चढिरहोस् अनि कर्मातीत अवस्था हुनेछ, तर त्यसमा समय चाहिन्छ। अब हेर, श्रीकृष्णको आत्मालाई अन्तिम जन्ममा सम्पूर्ण ज्ञान छ फेरि गर्भबाट बाहिर निस्कन्छ, पाईको पनि ज्ञान हुँदैन। बाबा आएर सम्झाउनुहुन्छ– कृष्णले कुनै मुरली बजाएका होइनन्। उनले त ज्ञान जान्दैनन्। लक्ष्मी-नारायणले नै जान्दैनन् भने फेरि ऋषि, मुनि, संन्यासी आदिले कसरी जानून्! विश्वको मालिक लक्ष्मी-नारायणले नै जानेका थिएन् भने फेरि यी संन्यासीहरूले कसरी जान्दछन्? सागरमा पीपलको पातमाथि आए, यो गरे.... यी सबै कथाहरू हुन्, जसलाई बसेर लेखेका छन्। गंगा नदीमा पाइला राख्दा गंगा तल गइन्, विचार गर– मनुष्यले के कुरा बनाउन सक्दैनन्! अहिले बाबा सम्झाउनुहुन्छ– कुनै पनि उल्टो-सुल्टो कुरामा कहिल्यै विश्वास नगर। शास्त्र आदि मनुष्यले कति पढ्छन्। बाबा भन्नुहुन्छ– पढेको सबै भुलिदेऊ। यस देहलाई पनि भुल। आत्माले नै एक शरीर छोडेर अर्को लिएर पार्ट खेल्छ। भिन्न-भिन्न नाम, रुप, देशको चोला पहिरिन्छ। अब बाबा भन्नुहुन्छ– यो फोहोरी वस्त्र हो। आत्मा र शरीर दुवै पतित छन्। आत्मालाई नै श्याम र सुन्दर भनिन्छ। आत्मा पवित्र हुँदा शरीर पनि सुन्दर थियो। फेरि काम चितामा बसेर कालो बनेको छ। अहिले फेरि बाबाले ज्ञान चितामा बसाउनुहुन्छ। पतित-पावन बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने यो मैला निस्किएर जान्छ। आत्मामा नै मैला पर्छ। कलियुग अन्त्यमा तिमी गरिब छौ। उहाँ फेरि सत्ययुगमा तिमीले सुनका महल बनाउँछौ। आश्चर्य छ, यहाँ हीराको कति मान छ। वहाँ त पत्थरजस्तै हुन्छन्। अहिले तिमी बाबाबाट ज्ञान रत्नहरूको झोली भरिरहेका छौ। लेखिएको छ– सागरबाट रत्नहरूको थाली भरेर लिएर आउँछन्। सागरबाट जति पनि चाहिन्छ त्यति लेऊ। खानी भरिपूर्ण हुन्छन्। तिमीहरूले साक्षात्कार गरेका छौ। माया-मच्छन्दरको पनि खेल देखाउँछन्। उसले देख्यो सुनको ईंटा थियो, लिएर जान्छु। तल आउँदा केही थिएन। वहाँ त सुनको ईंटाको महल बनाउँछौ। यस्ता-यस्ता विचार आउनुपर्छ तब खुशीको पारा चढ्छ। बाबाको परिचय दिनु छ। शिवबाबा ५ हजार वर्ष पहिले पनि आउनुभएको थियो, यो कसैलाई थाहा छैन। तिमीले जान्दछौ– ५ हजार वर्ष पहिले आएर राजयोग सिकाएको थिएँ, कल्प-कल्प तिमीहरूलाई नै सिकाउँछु। जो जो आएर ब्राह्मण बन्छन्, उनीहरू फेरि देवता बन्छन्। विराट रुप पनि बनाउँछन्। त्यसमा ब्राह्मणहरूको चोटीलाई गुम गराइदिएका छन्। ब्राह्मणहरूको कुल धेरै उत्तम भनेर गायन गरिएको छ, उनीहरू हुन् जिस्मानी। तिमी हौ रुहानी। तिमीले सच्चा-सच्चा कथा सुनाउँछौ। यही सत्य-नारायणको कथा, अमरकथा हो। तिमीलाई अमर कथा सुनाएर अमर बनाइरहनु भएको छ। यो मृत्युलोक समाप्त हुनेछ। शिवबाबा भन्नुहुन्छ– म तिमीलाई लिन आएको छु। कति धेरै आत्माहरू हुन्छन्। आत्मा फर्केर घरमा जान्छन् भने कहाँ आवाज हुन्छ र! माहुरीको हुल जाँदाखेरि त आवाज कति हुन्छ। रानीको पछि माहुरी सबै उड्छन्। उनीहरूको आपसमा कति एकता छ। कुमालकोटीको उदाहरण पनि यहाँको हो। तिमीले मनुष्यबाट देवता बनाइदिन्छौ। पतितहरूलाई तिमीले ज्ञानको भूँ भूँ गर्छौ भने पावन विश्वको मालिक बन्छन्। तिम्रो हो प्रवृत्ति मार्ग, त्यसमा पनि बहुमत माताहरूको छ त्यसैले वन्दे मातरम् भनिन्छ। ब्रह्माकुमारी उनीहरू हुन् जसले बाबाद्वारा २१ जन्मको वर्सा दिलाउँछन्। बाबाले सदा सुखको वर्सा दिनुहुन्छ। जसले सेवा गर्छन्, पढे लेखेमा हुन्छौ नवाब....। राजा बन्नु राम्रो वा नोकर बन्नु राम्रो? अन्त्य समयमा तिमीलाई सबै थाहा हुन्छ। हामी के बन्छौं? फेरि पछुताउँछौ। म श्रीमतमा किन चलिनँ! बाबा भन्नुहुन्छ– अनुसरण गर। यस्तो पनि होइन– कसैले एउटा कोठा दिऊन्, सेवाकेन्द्रका लागि, स्वयं माँसाहार गरिरहन्छन्। उनीहरू पुण्य आत्मा, यिनीहरू पाप आत्मा, फेरि आश्रम रहँदैन। घरमा स्वर्ग बनाउँछन् भने स्वयं पनि स्वर्गमा हुनु पर्यो नि। केवल आशीर्वादमा अडिनु छैन। बाबालाई याद गर्नु छ। पवित्र बनाएर नै साथ लिएर जानुहुन्छ। तिमीलाई त धेरै खुशी रहनुपर्छ, कति ठूलो चिट्ठा मिल्छ। बाबालाई जति याद गर्छा, त्यति विकर्म विनाश हुन्छ। बाबाले जति प्रेम दुनियाँमा कसैले गर्न सक्दैन। उहाँलाई भनिन्छ नै– प्रेमका सागर। तिमी पनि यस्तै बन। यदि कसैलाई दुःख दियौ, असन्तुष्ट बनायौ भने दुःखी भएर मर्नेछौ। यो बाबाले कुनै श्राप दिनुभएको होइन, सम्झाउनुहुन्छ। सुख दियौ भने सुखी हुन्छौ, सबैलाई प्रेम गर। बाबा पनि प्रेमका सागर हुनुहुन्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) कुनै पनि उल्टो-सुल्टो कुरामा विश्वास गर्नु हुँदैन। जति पनि उल्टो पढेका छौ, त्यसलाई भुलेर अशरीरी बन्ने अभ्यास गर्नु छ।

    २) केवल आशीर्वादमा चल्नु छैन। स्वयंलाई पवित्र बनाउनु छ। बाबालाई हर कदममा अनुसरण गर्नु छ, कसैलाई पनि दुःख दिनु हुँदैन। असन्तुष्ट बनाउनु हुँदैन।

    वरदान:

    आफ्नो सहयोगबाट निर्बल आत्माहरूलाई वर्साको अधिकारी बनाउने वरदानीमूर्त भव:-  

    अब वरदानी स्वरुपद्वारा संकल्प शक्तिको सेवा गरेर निर्बल आत्माहरूलाई बाबाको समीप ल्याऊ। धेरैजसो आत्माहरूमा शुभ इच्छा उत्पन्न भइरहेको छ– आध्यात्मिक शक्तिले जे गर्न सक्छ, त्यो अरु कसैले गर्न सक्दैन। तर आध्यात्मिकता तर्फ चल्नको लागि आफूलाई हिम्मतहीन सम्झन्छन्। उनीहरूलाई आफ्नो शक्तिद्वारा हिम्मतको खुट्टा देऊ तब बाबाको समीप हिँडेर आउँछन्। अब वरदानीमूर्त बनेर आफ्नो सहयोगले उनीहरूलाई वर्साको अधिकारी बनाऊ।

    स्लोगन:

    आफ्नो परिवर्तनद्वारा सम्पर्क, बोली र सम्बन्धमा सफलता प्राप्त गर्नेवाला नै सफलतामूर्त हो।   



    ***OM SHANTI***