BK Murli 22 May 2016 Nepali

 BK Murli 22 May 2016 Nepali

९ जेष्ठ २०७३ आइतबार 22.05.2016 बापदादा मधुबन

सदा मिलनको झूलामा झुल्ने आधार


आज चारै तर्फका यादमा रहनेवाला बच्चाहरूलाई बापदादा साकार वा आकारमा सम्मुख देख्दै यादको रेसपण्ड पदमगुणा याद-प्यार दिइरहनुभएको छ। कोही तनबाट, कोही मनबाट एउटै मिलनको संकल्पमा, एउटैको यादमा स्थित छौ। बापदादाले खजाना त दिइसक्नु भयो। साकारद्वारा, आकार अव्यक्त रुपद्वारा सर्व खजानाहरूको मालिक बनाइसक्नु भएको छ। जब सर्व खजानाको मालिक बन्यौ भने बाँकी के रहन गयो? केही बाँकी छ र? बापदादाले त केवल मालिकहरूलाई मालेकम् सलाम गर्न आउनुभएको छ। देख्नमा त मास्टर बनि नै सक्यौ, बाँकी के रह्यो र? 

सुन्नेको हिसाब निकाल र सुनाउने वालाको पनि हिसाब निकाल। अथाह सुन्यौ, अथाह सुनायौ। सुन्दा-सुन्दा सुनाउनेवाला पनि बन्यौ। सुनाउनेहरूले के सुन्नु छ? तिम्रो नै गीत हो, अनुभवको गीत गाउँछौ, “पाउनु थियो पाइसकेँ, अब काम के बाँकी रह्यो?” यो कसको गीत हो? ब्रह्मा बाबाको हो या ब्राह्मणहरूको पनि हो? यही गीत हो नि तिम्रो? बाबा पनि सोध्नुहुन्छ– काम के बाँकी रह्यो? बाबा तिमीमा समाहित हुनुभयो र तिमी बाबामा समाहित भयौ। जब समाहित भइसक्यौ भने बाँकी के रहन गयो? समाहित भयौ या समाहित भइरहेका छौ? के भन्छौ? समाहित भयौ वा समाहित भइरहेका छौ? नदी र सागरको मेला त भइसक्यो नि। समाहित हुनु अर्थात् मिलन मनाउनु। मिलन त मनायौ नि? सागर गंगाबाट अलग छैन, गंगा सागरबाट अलग छैन। गंगा सागरको अविनाशी मेला हो। समाहित भयौ अर्थात् समान बन्यौ। समान बन्ने वालाहरूलाई बापदादा पनि स्नेहको बधाई दिनुहुन्छ। 

यस पटक बापदादा केवल देख्न आउनुभएको छ। मालिकहरूको आज्ञा मानेर मिलन गर्नको लागि आउनुभएको छ। मालिकहरूलाई हुन्न भन्न सक्नुहुन्न। “जी हाजिर” को पाठ पढेर हाजिर हुनुभएको छ। यस्तै तत् त्वम्। बापदादाले आदिकालदेखि “तत् त्वम्” को वरदान नै दिइरहनुभएको छ। संकल्प र स्वरुप दुवैमा तत् त्वम्को वरदानी हौ। धर्म र कर्म दुवैमा तत् त्वम्को वरदानी हौ। यस्ता वरदानी सदा समीप र समानको अनुभवी हुन्छन्। बापदादा यस्ता समीप र समान बच्चाहरूलाई देखेर हर्षित हुनुहुन्छ। अमृत बेलादेखि लिएर बेलुकासम्म केवल एक शब्द धर्म र कर्ममा ल्यायौ भने सदा मिलनको झूलामा झुलिरहन्छौ। जुन मिलनको झूलामा प्रकृति र माया दुवै नै तिम्रो झूलालाई झुलाउने दासी बन्नेछन्। सर्व खजाना तिम्रो यस श्रेष्ठ झूलाको शृङ्गार बन्छन्। शक्तिहरूलाई, गुणहरूलाई, मेहनत गरेर धारण गर्नु पर्दैन। यी स्वयं तिम्रो शृङ्गार बनेर तिम्रो अगाडि स्वतः आउनेछन्। यस्तो मिलनको झूला, जसमा बाबा र तिमी, समान अर्थात् समाहित हुन्छौ। यस्तो झूलामा सदा झुल्ने आधार एक शब्द हो– “बाबा समान”।

समान भएनौ भने समाहित हुन सक्दैनौ। यदि समाहित हुन आउँदैन भने संगमयुगलाई गुमायौ किनकि संगमयुग हो नै नदी र सागरको मिलनको मेला। मेला अर्थात् समाहित हुनु, मिलन मनाउनु। समाहित हुन आउँछ? मेला मनाउँदैनौ भने के गर्छौ? झमेला गर्छौ। या हुन्छ झमेला या हुन्छ मेला। बच्चाहरूले भन्छन्– एक्लै छु तर बाबा भन्नुहुन्छ एक्लो हुने नै छैन, जसलाई एक्लो भन्छौ उसमा पनि साथ हुनुहुन्छ। संगमयुग हो नै कम्बाइण्ड रहनेको युग। बााबासँग त एक्लो हुन सक्दैनौ नि। सदाको साथी हुनुहुन्छ। बाँकी साना-साना बच्चा झमेलामा फँस्छन् र झमेला पनि अनेक छन्, एउटा मात्र होइन। मेला एक छ, झमेला अनेक। मेलामा रह्यौ भने झमेला समाप्त हुन्छ। अब त सम्पन्नताको प्रारब्धी बन। अल्पकालको प्रारब्धलाई समाप्त गरेर सम्पूर्णताको सम्पन्नताको प्रारब्धलाई अनुभवमा ल्याऊ। अच्छा! 

यस्ता बाबा समान, सदा बाबाको साथ मिलन मनाउने झूलामा झुल्ने, पाउनु थियो त्यो पाइसकेँ– यस्ता सर्व प्राप्ति स्वरुप, सदा हर संकल्प र बोलीमा, कर्ममा जी हजुर र जी हाजिर गर्ने, यस्ता सर्व श्रेष्ठ आत्माहरूलाई, साकारद्वारा वा आकारद्वारा मिलन मनाउने, देश विदेशका सर्व बच्चाहरूलाई, बालक सो मालिकहरूलाई बाबाको मालेकम् सलाम एवं याद-प्यार साथ-साथ श्रेष्ठ आत्माहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

प्राण अव्यक्त बापदादाको पार्टीहरूसँग मधुर भेटघाट 

कर्नाटक जोनः–

१) सबैले सदा साक्षी स्थितिमा स्थित भएर हर कर्म गर्छौ? जो साक्षी भएर कर्म गर्छन्, उनीहरूलाई स्वतः नै बाबाको साथीपनको अनुभव पनि हुन्छ। साक्षी नभए बाबा पनि साथी हुनुहुन्न, त्यसैले सदा साक्षी अवस्थामा स्थित होऊ। देहबाट पनि साक्षी, जब देहको सम्बन्ध र देहको साक्षी बन्छौ, स्वतः नै यस पुरानो दुनियाँबाट साक्षी हुन्छौ। देखेर पनि, सम्पर्कमा आएर पनि सदा न्यारा र प्यारे। यही स्टेजले सहज योगीको अनुभव गराउँछ। सदा साक्षी, यसलाई भनिन्छ साथमा रहेर पनि निर्लेप। आत्मा निर्लेप छैन तर आत्म-अभिमानी स्टेज निर्लेप छ अर्थात् मायाको लेप वा आकर्षणबाट पर छ। न्यारा अर्थात् निर्लेप। सदा यस्तो अवस्थामा स्थित रहन्छौ? कुनै पनि प्रकारको मायाको आक्रमण नहोस्। बाबामा बलिहार जाने आत्मा मायाको आक्रमणबाट सदा बचिरहन्छन्। बलिहार हुने माथि आक्रमण हुन सक्दैन। यस्ता छौ नि? जसरी फस्ट चान्स मिलेको छ, त्यसैगरी बलिहार र मायाको वारबाट टाढा रहनमा पनि फस्ट। फस्टको अर्थ नै हो फास्ट जानु। यस स्थितिमा सदा फस्ट। सदा खुशी होऊ, सदा भाग्यवान बन।

२) जसरी बाबाका गुणहरूको वर्णन गर्छौ, त्यसैगरी स्वयंमा पनि ती सर्व गुण अनुभव गर्छौ? जसरी बाबा ज्ञानका सागर, सुखका सागर हुनुहुन्छ त्यसैगरी स्वयंलाई पनि ज्ञान स्वरुप, सुख स्वरुप अनुभव गर्छौ? हर गुणको अनुभव केवल वर्णन होइन तर अनुभव। जब सुख स्वरुप बन्छौ, सुख स्वरुप आत्माद्वारा सुखका किरणहरू विश्वमा फैलिन्छन् किनकि मास्टर ज्ञान सूर्य हौ। जसरी सूर्यका किरणहरू सारा विश्वमा जान्छन्, त्यसैगरी तिमी ज्ञान सूर्यका बच्चाहरूको ज्ञान, सुख, आनन्दको किरणहरू सर्व आत्माहरूसम्म पुग्छन्। जति उच्च स्थान र स्थितिमा हुन्छौ, त्यति चारैतर्फ स्वतः फैलिँदै रहन्छ। यस्तो अनुभवीमूर्त छौ। सुन्नु-सुनाउनु त धेरै भयो, अब अनुभवलाई बढाऊ। बोल्नु अर्थात् स्वरुप बनाउनु, सुन्नु अर्थात् स्वरुप बन्नु। 

३) सदा खुशीका खजानाहरूसँग खेल्नेवाला हौ नि? खुशी पनि एक खजाना हो, जुन खजानाद्वारा अनेक आत्माहरूलाई मालामाल बनाउन सक्छौ। आजकल विशेष यसै खजानाको आवश्यकता छ। अरु सबै छ तर खुशी छैन। तिमीहरू सबैलाई त खुशीको खानी मिलेको छ। अनगिन्ती खजाना मिलेको छ। खुशीको खजानामा पनि भेराइटी छ नि। कहिले कुन कुराको खुशी, कहिले कुन कुराको खुशी। कहिले बालकपनको खुशी, कहिले मालिकपनको खुशी। कति प्रकारको खुशीको खजाना मिलेको छ। त्यसलाई वर्णन गर्दै अरुलाई पनि मालामाल बनाउन सक्छौ। यी खजानाहरूलाई सदा कायम राख र सदा खजानाहरूको मालिक बन। 

सदा बाबाद्वारा मिलेका शक्तिहरूलाई कार्यमा लगाउँदै गर। बाबाले त शक्तिहरू दिइसक्नु भएको छ। अब केवल त्यसलाई कार्यमा लगाऊ। मिलेको छ, केवल यसमा खुशी नबन। जो मिलेको छ त्यो स्वयं प्रति र सर्व प्रति प्रयोग गर्यौ भने सदा मालामाल अनुभव गर्छौ। 

४) सबै वरदानी आत्माहरू हौ नि? यस समय विशेष भारत खण्डमा कसको याद चलिरहेको छ? वरदानीहरूको। देवी अर्थात् वरदानी। देवीहरूलाई विशेष वरदानीको रुपमा याद गर्छन्। के यस्तो महसुस हुन्छ– हामीलाई याद गरिरहेका छन्? अनुभव हुन्छ? भक्तहरूको पुकार महसुस हुन्छ या केवल ज्ञानको आधारबाट जान्दछौ? एउटा हुन्छ जान्नु, दोस्रो हुन्छ अनुभव हुनु। अनुभव हुन्छ? वरदानीमूर्त बन्नको लागि विशेषता कुनचाहिँ चाहिन्छ? तिमीहरू सबै वरदानी हौ नि। वरदानीको विशेषता के हो? उनीहरू सदा बाबाको समान र समीप रहनेवाला हुन्छन्। यदि कहिले बाबा समान र कहिले बाबा समान हुँदैनौ भने स्वयंको पुरूषार्थी वरदानी बन्न सक्दैन किनकि बाबाले पुरूषार्थ गर्नुहुन्न। उहाँ सदा सम्पन्न स्वरुपमा हुनुहुन्छ। यदि धेरै पुरूषार्थ गर्छौ भने पुरूषार्थी त साना बच्चा हुन्, बाबा समान होइन। समान अर्थात् सम्पन्न। यस्ता सदा समान रहनेवाला सदा वरदानी हुन्छन्। अच्छा! 

अव्यक्त मुरलीबाट छानिएका महावाक्य (प्रश्न-उत्तर)

प्रश्नः– 

पूर्व जन्महरूको हिसाब-किताबको बोझलाई समाप्त गर्नेहरूले पनि वर्तमान समय कुनचाहिँ बोझ आफू माथि चढाउँछन्? 

उत्तरः– 

यदि ब्रह्माकुमार-कुमारी वा विश्व-सेवाधारी कहलाएर कुनै विकल्प वा विकर्म गर्छन् भने सय गुणा बोझ चढ्छ। कोही आफ्ना संस्कारहरूको वश, स्वभावको वश, ज्ञानको बुद्धिको अभिमान वश, नाम र शानको स्वार्थ वश, स्वयंलाई सुविधा प्राप्त गर्ने वश, अलबेलापन वा आलस्यको वश... यस्ता अनेक बोझ उठाइरहन्छन्। यदि सेवाधारी कहलाएर कुनै यस्तो उल्टो कर्म गरेर डिससर्विसको वातावरण, भायब्रेशन फैलाउनृ निमित्त बन्छन् भने एक पटकको डिससर्विसले दस पटकको सेवालाई समाप्त गरिदिन्छ। उनीहरूले सम्झन्छन्– मैले धेरै सेवा गर्छु तर खाता खाली हुन्छ। 

प्रश्नः– 

जसको खाता खाली छ, उसको निशानी के हुन्छ? 

उत्तरः– 

उसलाई यादमा शक्ति वा प्राप्तिको अनुभव हुँदैन। भित्री सन्तुष्टता हुँदैन। हर समय कुनै न कुनै परिस्थिति, व्यक्ति, प्रकृति वा वैभव स्थितिलाई हलचलमा लैजान वा खुशी, शक्ति समाप्त गर्ने निमित्त बन्छन्। बाहिरबाट हर्षितमुख वा पुरूषार्थी सम्झन्छन् तर भित्र बिल्कुल उल्झनमा हुन्छन्। 

प्रश्नः– 

यदि नाम शानको खाता फुल छ र खजानाहरूको खाता, अनुभूतिहरूको खाता खाली छ भने उसको निशानी के हुन्छ? 

उत्तरः– 

१) यस्ता आत्मा स्वयं विघ्नहरूको वश हुनाको कारणले सेवाको कार्यमा विघ्न रुप बन्छन्। २) बोझ बढ्नुको कारण अनेक प्रकारका मानसिक व्यर्थ चिन्तन वा मानसिक अशान्ति रुपी अनेक रोग पैदा हुन्छन्। ३) उनको पुरूषार्थको रफ्तार तीव्र हुन सक्दैन। उनले प्लान बनाउँछन्– यो गर्नेछु, त्यो गर्नेछु तर सफल हुन सक्दैन। ४) यस्ता बोझवाला आत्माहरू जो विघ्नरुप वा डिससर्विसको निमित्त बन्छन्। बाबालाई अर्पण गरेको आफ्नो तन, मन वा ईश्वरीय सेवाका लागि प्राप्त भएको धन आफ्नो विघ्नहरूको कारण वेस्ट गर्छन् अर्थात् सफलता पाउँदैनन्। उसलाई वेस्ट गरेको पनि बोझ चढ्छ। यसैले पापको गहन गतिलाई पनि राम्ररी जानेर वेस्ट नगर र बोझ घटाऊ। धर्मराज पुरीमा जानु भन्दा पहिला आफ्नो धर्मराज बन। अच्छा, ओम् शान्ति। 


वरदान:

कारणलाई निवारणमा परिवर्तन गरेर सदा अगाडि बढ्ने समर्थ स्वरुप भव:-  

ज्ञानमार्गमा जति अगाडि बढ्छौ, त्यति माया भिन्न-भिन्न रुपबाट परीक्षा लिन आउँछ किनकि यी परीक्षाहरू नै अगाडि बढाउने साधन हुन् नकि गिराउने। तर निवारणको सट्टा कारण सोच्छौ भने समय र शक्ति व्यर्थ जान्छ। कारणको सट्टा निवारण सोच र एक बाबाको यादको लगनमा मगन रह्यौ भने समर्थ स्वरुप बनेर निर्विघ्न हुन्छौ।

स्लोगन:

जसले आफ्नो दृष्टि, वृत्ति र स्मृतिको शक्तिबाट शान्तिको अनुभव गराउँछ, ऊ नै महादानी हो ।   



***OM SHANTI***

Google+ Followers