BK Murli 24 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 24 May 2016 Nepali

    ११ जेष्ठ २०७३ मंगलबार 24.05.2016 बापदादा मधुबन

    “मीठे बच्चे– यही रुहानी नशामा रहने गर– हामी ईश्वरीय परिवारका हौं, हामीले आफ्नो गुप्त दैवी राजधानी स्थापना गरिरहेका छौं।”   

    प्रश्न:

    बच्चाहरूमा कुनचाहिँ बानी पक्का भयो भने सारा दिन खुशी भइरहन्छ?

    उत्तर:

    यदि बिहान सबेरै उठेर विचार सागर मन्थन गर्ने बानी छ भने सारा दिन अपार खुशी रहन्छ। बाबाको श्रीमत छ– प्यारा बच्चाहरू! अमृतबेला उठेर आफ्नो बाबासँग मीठा-मीठा कुरा गर। विचार गर– हामी अहिले कुन परिवारका हौं, हाम्रो कर्तव्य के हो? यदि बुद्धिमा रह्यो– हाम्रो यो ईश्वरीय परिवार हो, हामीले आफ्नो नयाँ राजधानी स्थापना गरिरहेका छौं, तब सारा दिन खुशी भइरहन्छ।

    ओम् शान्ति।

    तिमी बच्चाहरूले जान्दछौ– यो रुहानी परिवार हो, त्यो सबै हो लौकिक परिवार। यो हो रुहानी परिवार। रुहानी बाबाको यो परिवार हो, जसरी लौकिक घरमा माता-पिता, बच्चाहरू हुन्छन्, त्यो भयो हदको परिवार। तिमी अहिले बेहदको परिवारका भयौ। बच्चाहरूले गाउने पनि गर्छन् तिमी माता-पिता..... त्यसैले परिवार जस्तै भयो। रचयिताका रचना भए। हुन त बच्चाहरू उहाँका रचना हुन्, तर जान्दैनन्। तिमी बच्चाहरूले अहिले जान्दछौ– अवश्य बेहदका बाबाको यो परिवार हो। ईश्वरीय विश्व विद्यालय। यसको लागि गायन छ– विनाशकाले प्रीत बुद्धि विजयन्ती। यस्तो परिवारको कहिल्यै पनि गीतामा गायन छैन। तिमी ईश्वरीय परिवारले गुप्त दैवी राजधानी स्थापना गरिरहेका छौ। कसैलाई पनि थाहा छैन। तिमीलाई नशा छ, जस-जसले बाबालाई याद गर्छन्, उनलाई नशा रहन्छ। देह-अभिमानमा आउनाले त्यो नशा उत्रिन्छ। यो ईश्वरीय परिवार हो। हामी घर जानु छ फेरि दैवी राजधानीमा आउँछौं। वहाँ हुन्छ दैवी परिवार। त्यो हो आसुरी परिवार, यो हो तिम्रो ईश्वरीय परिवार। रुहानी बापदादाका बच्चाहरू भाइ-बहिनी हौ। यो हो रुहानी प्रवृत्ति मार्ग। सत्ययुगमा ईश्वरीय परिवार भनिदैन। वहाँ दैवी परिवार हुन्छ। यो ईश्वरीय परिवार बडो बेजोडको छ। तिमीले जान्दछौ– अहिले हामीले ईश्वरीय परिवार, दैवी राज्य स्थापना गरिरहेका छौं। यस प्रकारले आफूसँग कुरा गर्दै, विचार सागर मन्थन गर्नुपर्छ। बिहान सबेरै उठेर यादमा बस, तब विचार सागर मन्थन गर्ने बानी पर्छ। उमंगमा आउँदै जान्छौ। जब अरु सबै मनुष्य निद्रामा सुतेका हुन्छन्, तिमी त्यस समयमा जाग्दछौ। तिमीले बिहान सबेरै उठेर यस्तो-यस्तो ख्याल गर्नुपर्छ, फेरि हेर तिमीलाई कति खुशी रहन्छ। जुन श्रीमत मिल्छ, त्यसमा चल्नुपर्छ। तिमीलाई धेरै खुशी हुन्छ, ईश्वरीय परिवारको याद आउँछ। आसुरी परिवारबाट दिल हट्दै जान्छ। नयाँ घर जब बिलकुल तयार हुन्छ, पुरानोबाट आसक्ति हट्छ। जबसम्म नयाँ बन्दैन, तबसम्म केही न केही मर्मत आदि गरिरहन्छन्। फेरि दिल हट्छ। यो पुरानो दुनियाँ पनि यस्तै हो। 

    अब तिमीले जान्दछौ– यो पुरानो घर हो, हामी नयाँ घरमा जादै छौं। फेरि नयाँ चोला फेर्नेछौं। यो देह पनि पुरानो हो। अहिले तिमीले भविष्य २१ जन्मको लागि राज्य-भाग्य लिइरहेका छौ। यहाँ राज्य गर्नु छैन। यहाँ हुन्छ स्थापना। यो कुरा केवल तिमीले नै जान्दछौ। हो पनि यो गीता, राजयोग हो नि। यसलाई भनिन्छ सहज राजयोग। अनेक पटक तिमीले यस राजयोग अभ्यासद्वारा दैवी राज्य स्थापना गर्छौ। वहाँ यो कुरा याद रहँदैन। यदि वहाँ यो कुरा याद रह्यो भने फेरि त सुखको महसुसता नै रहँदैन। चिन्ता लाग्छ। यस समयमा तिमीलाई गुप्त नशा छ। उच्च भन्दा उच्च बाबाको यो परिवार हो। यसलाई भनिन्छ ईश्वरीय गुप्त परिवार। ईश्वरीय विश्व विद्यालय, ईश्वरीय यज्ञ पनि भनिन्छ। परिवार हो, त्यसैले हामी धेरै प्यारो बन्नुपर्छ। भविष्यमा तिमी धेरै प्यारा बन्छौ। तिमी हौ रुप-वसन्त। आत्मा रुप पनि हो, वसन्त पनि हो। यति सानो आत्माले अविनाशी पार्ट खेल्छ। यतिबेला तिमी रुप-वसन्त बनेका छौ। बाबा ज्ञानका सागर हुनुहुन्छ। ज्ञान अवश्य दिनुहुन्छ तब, जब यस शरीरमा आउनुहुन्छ। तिमीले जान्दछौ– ज्ञानको वर्षा बर्साउनुहुन्छ। एक-एक रत्न लाखौं रूपैयाँको छ। अहिले तिमी आत्माहरूलाई बाबाको परिचय मिलेको छ। बाबाले स्मृति दिलाउनुभएको छ। तिम्रो बुद्धिमा छ– यो ८४ को चक्र कसरी फिर्छ। त्यसैले तिम्रो नाम नै छ स्वदर्शन चक्रधारी। विष्णु वा लक्ष्मी-नारायण स्वदर्शन चक्रधारी थिएनन्, उनमा यो ज्ञान हुँदैन। अहिले आत्मालाई यो ज्ञान मिलेको छ। सृष्टिको चक्र कसरी फिर्छ। हुन त त्रिमूर्ति भन्छौ तर पनि शिवलाई देखाउँदैनन्। त्रिमूर्तिका चित्र धेरै देखेका छौ। त्यसमा पनि प्रायः सूक्ष्मवतनमा ब्रह्माका दाह्री-जुँगा आदि हुँदैनन्। यो केवल ब्रह्मालाई नै देखाउँछन्। प्रजापिता त यहाँ नै हुनुहुन्छ नि। यो भयो धेरै पुरानो, ग्रेट-ग्रेट ग्राण्ड फादर। त्यसैले यो भयो प्रजापिता ब्रह्माको वंशावली। बाबाले सृष्टि रच्नुहुन्छ, ब्रह्माद्वारा। त्यसैले ब्रह्मा ठूला भए नि। देखाउँछन् पनि वृद्ध। यिनले ८४ जन्मको चक्र लगाएका छन्। अहिले तिमीले यी कुरालाई बुझिसकेका छौ। यो पनि जान्दछौ– बाबाका त सबै बच्चाहरू हुन्। आत्माहरूलाई बाबाको परिचय दिनु छ। अहिले विश्वको धेरै कल्याण भइरहेको छ। सबै आत्माहरू पवित्र भएर मुक्तिधाममा जान्छन्। तिमी छौ नै सारा विश्वको सेवामा। तिमी अहिले थोरै मात्र छौ, यी कुरालाई बुझ्दछौ त्यसैले सारमा सम्झाइन्छ, प्यारा बच्चाहरू मनमनाभव। बेग्लै पनि सम्झाइन्छ, जे छ त्यो दैवी राजधानी स्थापना गर्नमा लगाऊ। बापू गान्धीले के गर्थे! उनी पनि रामराज्य चाहन्थे। कस्तो अनौठो खेल छ नि। अहिले तिमीले साक्षी भएर खेल हेर्छौ। तिमीलाई हाँसो लाग्छ। कहाँको कुरा कहाँ लिएर जान्छन्। 

    बाबा भन्नुहुन्छ– ड्रामा अनुसार दुनियाँको गति बिग्रेको छ, त्यसैले बाबा आएर सद्गति गर्नुहुन्छ। तिमी बच्चाहरूलाई नशा चढेको छ। उहाँ हुनुहुन्छ सारा विश्वका निराकार बापूजी। यी ब्रह्मा पनि कसका बच्चा हुन्? शिवबाबाका। उहाँ कसका बच्चा? यी माताहरूले भन्छन्– शिवबाबा हाम्रो बच्चा। यो हो शिवबाबाको खेलपाल। बाँकी ध्यान-साक्षात्कारमा त मायाको धेरै प्रवेशता हुन्छ। यो जो भन्छन्– ममा शिवबाबा आउनुहुन्छ, शिवबाबाले यो भन्नुहुन्छ। यो सबै भूतको प्रवेशता हो। तिमी बच्चाहरू होशियार रहनुपर्छ। यो भूतको बिमारी यस्तो छ, जसले दुवै संसारबाट उडाइदिन्छ। यो कहिल्यै पनि ख्याल आउनु हुँदैन– साक्षात्कार भए हुन्थ्यो। यो सबै भक्तिको ईच्छा हो। ज्ञान मार्गलाई राम्ररी बुझ्नुपर्छ। मायाले अनेक प्रकारले धोका दिन्छ। साक्षात्कार आदिबाट केही पनि फाइदा छैन। बाबा भन्नुहुन्छ– यिनीद्वारा आफ्नो बनाउँछु। बाबाको आज्ञा छ– तिमीले कुनै पनि देहधारीलाई याद गर्नु छैन। तिमीले आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। आफ्नो कल्याणको लागि बाबालाई याद गर्नु छ। यो त धेरै बुझ्नुपर्ने कुरा हो। बाबालाई कुनै पनि समाचार लेख्न सक्छौ। कति बच्चाहरूलाई यति पनि अक्कल छैन– बेहदका बाबालाई चिट्ठीमा आफ्नो खुशी-राजीको समाचार लेखौं। लौकिक पितालाई त चिट्ठी लेखिएन भने आराम नै हुँदैन। यहाँ पनि बेहदका बाबा हुनुहुन्छ। देख्नुहुन्छ– महिना-डेढ महिना चिट्ठी आएन भने सम्झनुहुन्छ, यसलाई सायद मायाले खाइसक्यो, जसले यस्ता पारलौकिक बाबालाई चिट्ठी लेख्दैनन्। यति त लेख्नुपर्छ– बाबा, म नारायणी नशामा सधैं रहन्छु। हजुरले दिनुभएको युक्तिमा नै तत्पर छु। तब बाबा सम्झनुहुन्छ खुशी-राजी छन्। चिट्ठी लेखेनन् भने सम्झनुहुन्छ बिरामी छन्। यादमा नै रहँदैनन्। नत्र बाबालाई समाचार दिनु छ, बाबा मैले यो सेवा गरेँ, यिनलाई सम्झाएँ, यिनको बुद्धिमा पूरा बसेन। तब सम्झाउँछु यस प्रकारले बुझाऊ।

    बच्चाहरूले गीत सुन्यौ। जसले गीत बनाए, उनीहरूले यस गीतको अर्थ जान्दैनन्। त्यो त सबै हो भक्तिमार्ग। जुन कुरा भन्छन् त्यो केही पनि बुझ्दैनन्। मुख्य कुरा बाबालाई नै चिनेका छैनन्। बाबालाई जान्नाले सद्गति हुन्छ। बाबालाई नजान्नाले बिलकुल दुर्गति भएको छ। अब बाबाले तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ– म तिमीलाई सद्गतिमा लैजान्छु, बाँकी सबैलाई मुक्तिमा लिएर जान्छु। भारतवर्ष जीवनमुक्तिमा हुँदा बाँकी सबै मुक्तिमा हुन्छन्। यो परिवर्तन बाबाले बाहेक अरु कसैले पनि गर्न सक्दैन। सर्वका सद्गति दाता एकै बाबा हुनुहुन्छ। सर्वको सद्गति अवश्य कल्प-कल्प संगममा नै हुन्छ।

    तिमी जान्दछौ– हामी आत्माहरूका रुहानी बाबा एक हुनुहुन्छ। उहाँलाई आत्माले नै याद गर्छ। भक्तिमार्गमा तिम्रा दुई पिता हुन्छन्। सत्ययुगमा हुन्छन् एक पिता। संगममा हुन्छन् ३ पिता। प्रजापिता ब्रह्मा पनि पिता हुन् नि। शिव पनि पिता हुनुहुन्छ। उहाँ हुनुहुन्छ सर्व आत्माहरूका पिता, उहाँबाट नै वर्सा लिनुपर्छ। उहाँलाई याद गर्नाले नै विकर्म विनाश हुन्छ। ब्रह्मालाई याद गर्नाले विकर्म विनाश हुँदैन, त्यसैले शिवबाबालाई नै याद गर्नुपर्छ। हामी उहाँका बनेका छौं, यो हो सच्चा-सच्चा वास्तविक ज्ञान, रुहानी बाबाको रुहानी बच्चाहरूका लागि। बाँकी सबै छन् देह-अभिमानी। देह-अभिमानी पतित मनुष्यले जे कार्य गर्छन् त्यो पतित नै गर्छन्। दान-पुण्य आदि जे गरे पनि त्यो सबैले पतित नै बनाउँछ। रावण राज्यमा यो हुन्छ नै। अब बाबा आएर आदेश दिनुहुन्छ। भन्नुहुन्छ– प्यारा बच्चाहरू! खबरदार, विकारमा नजाऊ, काम माथि विजय प्राप्त गर्नु छ। तूफान आदि त धेरै आउँछन्। यसमा निराश हुनु हुँदैन। मायाका यति धेरै विकल्प आउँछन्, जुन अज्ञानकालमा पनि आएका हुँदैनन्, यस्ता पनि विकल्प आउँछन्। भन्छन्– भक्तिमार्गमा त धेरै खुशी हुन्छ। अहिले हजुरलाई याद गर्न चाहन्छु तर गर्न सक्दिनँ। बिन्दु याद आउँदैन। ठूलो चीज भए त याद आउँथ्यो। 

    बाबा भन्नुहुन्छ– तिमीले शिवबाबा भनेर याद गर, यस पुरानो दुनियाँलाई भुल। तिमीले शान्तिधाममा याद गर। केवल शान्तिधामलाई याद गर्नु छैन, बाबाको यादबाट नै विकर्म विनाश हुन्छ। आत्माको स्वीट बाबासँग प्यार हुनुपर्छ। आधाकल्पका प्यारा हुनुहुन्छ। आत्माले भन्छ–हामीले आधा कल्प हजुरलाई बिर्सियौं। यहाँ ब्राह्मणीले जसलाई लिएर आउँछन्, धेरै खबरदारीले निश्चय बुद्धिलाई नै लिएर आउनुपर्छ। यदि यहाँ आएर फेरि गएर कोही पतित बने भने दण्ड ब्राह्मणीमा आउँछ। त्यसैले ब्राह्मणीमा धेरै जिम्मेवारी छ। बाबाले यो रथ लिनुभएको छ। सबै कुराका अनुभवी छन्। यहाँ त गन्दगीको कुरा छैन। आपसमा हाँस्नु, खेल्नु कुराकानी गर्नु यसमा कुनै मनाही छैन। बाँकी अलिकति पनि कुनै आत्मासँग प्रेम भयो भने फेरि बढ्दै जान्छ। उसको याद आइरहन्छ त्यसैले यसबाट पनि पर जानुपर्छ। 

    अहिले तिमी घरमा बसेका छौ वा सत्ययुगमा बसेका छौ? (घरमा)। बाबाले बच्चाहरूलाई घरमा पढाउनुहुन्छ। तिमी सबैको यो घर हो। जब बाहिर जान्छौ भने यस्तो भनिदैन। यहाँ धेरै राम्रो नशा रहन्छ। देहको अभिमान छोड्नु छ। देही-अभिमानी बन्यौ भने जात-पातको सबै भेदभाव निस्किन्छ। पुरानो दुनियाँ तमोप्रधान छ, उनीहरूमा भेदभाव अझै बढ्दै जान्छ। पहिला ब्रिटिश सरकारको समयमा भाषाको खिटपिट थिएन, अब दिन-प्रतिदिन फूट बढ्दै जान्छ। फेरि सत्ययुगमा एउटै भाषा हुन्छ। कुनै भेदभाव हुँदैन। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) कुनै पनि देहधारीको याद नआओस्, यसको लागि कसैसँग पनि प्रेम गर्नु हुँदैन। यसबाट पनि पर जानु छ। धेरै खबरदारी राख्नु छ। मायाको विकल्पबाट आत्तिनु हुँदैन, विजयी बन्नु छ।

    २) ध्यान-साक्षात्कारमा मायाको धेरै प्रवेशता हुन्छ। यस भूत प्रवेशताबाट आफूलाई बचाउनु छ। बाबालाई आफ्नो सच्चा-सच्चा समाचार दिनु छ।

    वरदान:

    याद र सेवाको डबल लकद्वारा सदा सेफ, सदा खुशी र सदा सन्तुष्ट भव:-   

    सारा दिन संकल्प, बोल र कर्म बाबाको याद र सेवामा लागिरहोस्। हर संकल्पमा बाबाको याद होस्, बोलीद्वारा बाबाले दिनुभएको खजाना अरुलाई देऊ, कर्मद्वारा बाबाको चरित्रलाई सिद्ध गर। यदि यस्तो याद र सेवामा सदा व्यस्त रह्यो भने डबल लक लाग्छ, फेरि माया कहिल्यै आउन सक्दैन। जसले यस स्मृतिद्वारा पक्का लक लगाउँछन्, उनीहरू सदा सेफ, सदा खुशी, सदा सन्तुष्ट रहन्छन्।

    स्लोगन:

    “बाबा” शब्दको डायमण्ड चाबी साथमा छ भने सर्व खजानाको अनुभूति भइरहन्छ।   



    ***OM SHANTI***