BK Murli 25 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 25 May 2016 Nepali

    १२ जेष्ठ २०७३ बुधबार 25.05.2016 बापदादा मधुबन

    “मीठे बच्चे– आफूले आफैँसँग सोध– म कर्मेन्द्रियजित बनेको छु? कुनै पनि कर्मेन्द्रियले मलाई धोका त दिँदैन!”  

    प्रश्न:

    कर्मातीत बन्नको लागि तिमी बच्चाहरूले आफुसँग कुनचाहिँ प्रतिज्ञा गर्नु छ?

    उत्तर:

    आफुसँग प्रतिज्ञा गर– मेरो कुनै पनि कर्मेन्द्रिय कहिल्यै पनि चलायमान हुन सक्दैन। मैले आफ्ना कर्मेन्द्र्रियहरूलाई वशमा राख्नु छ। बाबाले जति पनि निर्देशन दिनुभएको छ, त्यसलाई व्यवहारमा ल्याउनु नै छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! कर्मातीत बन्नु छ भने कुनै पनि कर्मेन्द्रियबाट विकर्म नगर। माया बडो प्रबल छ। आँखा धोकेबाज छन् त्यसैले आफ्नो सम्हाल गर।

    ओम् शान्ति।

    प्यारा बच्चाहरू! आत्म-अभिमानी भएर बसेका छौ? आफँसँग सोध, हरेक कुरा आफँसँग सोध्नुपर्ने हुन्छ। बाबाले युक्ति बताउनुहुन्छ, आफँसँग सोध– आत्म-अभिमानी भएर बसेको छु? बाबालाई याद गर्छु? किनकि यो तिम्रो हो रुहानी सेना। ती सेनाहरूमा त हमेसा युवकहरू नै भर्ती हुन्छन्। यस सेनामा कोही १४-१५ वर्षका जवान पनि छन् भने ९० वर्षका वृद्धहरू पनि छन्, साना बच्चाहरू पनि छन्। यो सेना हो मायामाथि विजय पाउनको लागि। हरेकले मायामाथि विजय पाएर बेहदका बाबाको वर्सा पाउनु छ किनकि माया धेरै शक्तिशाली छ। बच्चाहरू स्वयंले पनि जान्दछन्– माया बडो प्रबल छ। हरेक कर्मेन्द्रियले धेरै धोका दिन्छ। सबैभन्दा बढी धोका दिने कुनचाहिँ कर्मेन्द्रिय हो? आँखाले नै सबैभन्दा बढी धोका दिन्छ। आफ्नी स्त्री हुँदा-हुँदै पनि कोही राम्री देख्छन् भने छिटै उसले खिच्दछ। आँखाले धेरै धोका दिन्छ। उसलाई हात लगाउने दिल हुन्छ। बच्चाहरूलाई सम्झाइन्छ– सदैव बुद्धिद्वारा यो सम्झ, हामी ब्रह्माकुमार-कुमारी भाइ-बहिनी हौं, यसमा मायाले धेरै गुप्त रुपमा धोका दिन्छ त्यसैले यो चार्टमा पनि लेख्नुपर्छ– आज सारा दिनमा कुन-कुन कर्मेन्द्रियले मलाई धोका दियो? सबैभन्दा बढी दुश्मन छन् यी आँखाहरू। त्यसैले यो लेख्नुपर्छ– फलानीलाई देखें, मेरो दृष्टि गयो। सूरदासको पनि उदाहरण छ नि। आफ्नो आँखालाई निकालिदिए। आफ्नो जाँच गर्यौ भने आँखाले बढी धोका दिएको पाउँछौ। आफ्नी स्त्रीलाई पनि छोडेर कोही राम्री देख्छन् भने उसमा होमिन्छन्। कोहीमा गाउने सीप छ, शृङ्गार राम्रो छ भने आँखा तुरून्त चलायमान हुन्छन्। त्यसैले बाबा भन्नुहुन्छ– यी आँखाले धेरै धोका दिन्छन्। सेवा राम्रो गरे पनि आँखाले धेरै धोका दिन्छ। यस दुश्मनको धेरै जाँच राख्नु छ। नत्र सम्झ– मैले आफ्नो पदलाई भ्रष्ट गर्दैछु। जो समझदार बच्चाहरू छन् उनीहरूले आफ्नो डायरीमा नोट गर्नुपर्छ– फलानीलाई देख्दा मेरो दृष्टि गयो, त्यसैले मैले आफूले आफैंलाई सजाय दिनु छ। भक्तिमार्गमा पनि पूजाको समयमा बुद्धि अरु-अरु तर्फ भाग्छ भने आफैंलाई चुट्की काट्छन्। त्यसैले कोही यस्ती स्त्री आदि सम्मुख आउँछन् भने किनारा गर्नुपर्छ। उभिएर हेरिरहनु हुँदैन। आँखाले धेरै धोका दिन्छ यसैले संन्यासीहरू आँखा बन्द गरेर बस्छन्। स्त्रीलाई पछाडि, पुरूषलाई अगाडि बसाउँछन्। कति यस्ता पनि हुन्छन्, जसले स्त्रीलाई बिल्कुल हेर्दैनन्। तिमी बच्चाहरूले त धेरै मेहनत गर्नु छ। विश्वको राज्य भाग्य लिनु कम कुरा हो र! उनीहरूले त हदै गरे १०, १२, २० हजार, एक-दुई लाख, करोड जम्मा गर्छन् र समाप्त हुन्छन्। तिमी बच्चाहरूलाई त अविनाशी वर्सा मिल्छ। सबैकुरा मिल्छ। कुनै यस्तो कुरा रहँदैन जसको प्राप्तिको लागि टाउको दुःखाउनु परोस्। कलियुगको अन्त्य र सत्ययुग आदिमा रात-दिनको फरक छ। यहाँ त केही पनि छैन। 

    अहिले तिम्रो यो हो पुरूषोत्तम संगमयुग। पुरूषोत्तम शब्द अवश्य लेख्नु छ। भगवान्लाई मनुष्यबाट देवता बनाउन समय लाग्दैन...। तिमी अहिले ब्राह्मण बनेका छौ। मनुष्य त बिल्कुलै घोर अँध्यारोमा छन्। धेरै छन् जसले स्वर्गलाई देख्न सक्दैनन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिम्रो धर्म धेरै सुख दिनेवाला छ। मनुष्यहरूलाई कहाँ थाहा छ र! सबैले बिर्सिएका छन्– स्वर्ग के चीज हो? क्रिश्चियनहरूले पनि स्वयं भन्छन्, हेविन थियो। यी लक्ष्मी-नारायणलाई गड-गडेज भन्छन् नि। अवश्य गडले नै यस्तो बनाएको हुनुपर्छ। बाबा सम्झाउनुहुन्छ– मेहनत धेरै गर्नु छ। सधैं आफ्नो चार्ट हेर। कुनचाहिँ कर्मेन्द्रियले मलाई धोका दियो? मुखले पनि धेरै धोका दिन्छ। पहिले कचहरी हुन्थ्यो। सबैले आ-आफ्नो भूल बताउँथे। मैले फलानो चीज लुकाएर खाएँ। राम्रा-राम्रा ठूलो घरानाका बच्चीहरूले पनि बताउँछन्, यसरी-यसरी मायाले आक्रमण गर्छ। लुकाएर खानु पनि चोरी हो। त्यो पनि शिवबाबाको यज्ञको चोरी– यो त धेरै खराब हो। कखको चोर सो लखको चोर। मायाले एकदम नाकबाट पक्रन्छ। यो बानी धेरै खराब हो। खराब बानी छ भने हामी के बन्छौं! स्वर्गमा जानु कुनै ठूलो कुरा होइन। तर त्यसमा फेरि पद पनि त छ नि। कहाँ राजा, कहाँ प्रजा! कति फरक छ। कर्मेन्द्रियहरूले धेरै धोका दिन्छन्। यिनको सम्हाल गर्नु छ। उच्च पद पाउनु छ भने बाबाको निर्देशनमा पूरा चल्नु छ। बाबाले निर्देशन दिनुहुन्छ, मायाले फेरि बीचमा विघ्न पार्छ। बाबा भन्नुहुन्छ– नबिर्स, नत्र अन्त्यमा धेरै पछुताउँछौ। फेल हुँदाको फेरि साक्षात्कार पनि हुन्छ। अहिले तिमीले भन्छौ– म नरबाट नारायण बन्छु। तर आफँसँग सोध, आफ्नो चार्ट राख। धेरै छन् जसले मुश्किल मानेर व्यवहारमा ल्याउँछन्। तर यसमा बाबा भन्नुहुन्छ– यसले तिम्रो धेरै उन्नति हुन्छ। सारा दिनको चार्ट जाँच गर्नुपर्छ। यी आँखाले धेरै धोका दिन्छन्। कसैलाई देख्छन् भने ख्याल आउँछ, यो त धेरै राम्री छ, फेरि कुरा गर्न लाग्छन्। दिल हुन्छ उसलाई केही सौगात दिऊँ, यो खुवाऊँ, यही चिन्तन चलिरहन्छ। बच्चाहरूले सम्झन्छन्– यसमा मेहनत धेरै छ। कर्मेन्द्रियले धेरै धोका दिन्छन्। रावण राज्य हो नि। बाबा भन्नुहुन्छ– वहाँ चिन्ताको कुनै कुरा हुँदैन किनकि रावण राज्य नै हुँदैन। चिन्ताको कुरा नै हुँदैन। वहाँ पनि चिन्ता भयो भने फेरि नर्क र स्वर्गमा फरक नै के रह्यो? तिमी बच्चाहरू धेरै उच्च पद पाउनको लागि भगवान्सँग पढ्छौ। बाबा सम्झाउनुहुन्छ– मायाले निन्दा गराउँछ। तिमीले अपकार गर्यौ, मैले उपकार गर्छु। प्यारा बच्चाहरू! तिमीले यदि कुदृष्टि राख्छौ भने आफ्नै नोक्सान गर्छा। धेरै ठूलो लक्ष्य छ त्यसैले बाबा भन्नुहुन्छ– आफ्नो चार्ट हेर। कुनै विकर्म त गरिनँ? कसैलाई धोका त दिइनँ? अब विकर्माजित बन्नु छ। विकर्माजितको संवत्को बारेमा तिमी बच्चाहरू बाहेक कसैलाई थाहा छैन। बाबाले सम्झाउनुभएको छ– विकर्माजित राजाको संवत ५ हजार वर्ष भयो, फेरि विकर्म गरेपछि वाम मार्गमा जान्छन्। कर्म, अकर्म, विकर्म शब्द त छ नि। मायाको राज्यमा मनुष्यले जे कर्म गर्छन्, त्यो विकर्म नै बन्छ। सत्ययुगमा विकार हुँदैन। त्यसैले विकर्म पनि बन्दैन। यो पनि तिमीले जान्दछौ किनकि तिमीलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ। तिमी त्रिनेत्री बनेका छौ। त्यसैले त्रिकालदर्शी, त्रिनेत्री बनाउनेवाला बाबा हुनुहुन्छ। तिमी आस्तिक बनेका छौ, त्यसैले त्रिकालदर्शी बनेका छौ। सारा ड्रामाको रहस्य बुद्धिमा छ– मूलवतन, सूक्ष्मवतन, स्थूलवतन, ८४ को चक्र फेरि अरु धर्मको वृद्धि हुँदै जान्छ। उनीहरूले कुनै सद्गति गर्न सक्दैनन्। उनीहरूलाई गुरू पनि भन्न मिल्दैन। सबैको सद्गति गर्ने एक बाबा हुनुहुन्छ। अब सबैको सद्गति हुनु छ। उनीहरूलाई धर्म स्थापक भनिन्छ, गुरू होइन। धर्म स्थापक धर्म स्थापनाको निमित्त बनेका छन्। सद्गति कहाँ गर्छन् र! उनीहरूलाई याद गर्नाले कुनै सद्गति हुन सक्दैन। विकर्म विनाश हुन सक्दैन। त्यो सबै हो भक्ति। बाबाले सम्झाउनुहुन्छ– माया बडो शक्तिशाली छ, यससँग नै लडाईं हुन्छ। तिमी हौ शिवशक्ति पाण्डव सेना। तिमी सबै पण्डा हौ। शान्तिधाम, सुखधामको बाटो बताउँछौ। गाइड तिमी हौ। भन्दछौ– बाबालाई याद गर्नाले विकर्म विनाश हुन्छ र फेरि अर्कातर्फ यदि पाप कर्म गर्छौं भने सय गुणा पाप लाग्छ। जति हुन सक्छ कुनै विकर्म गर्नु हुँदैन। कर्मेन्द्रियले धेरै धोका दिन्छन्। बाबाले हरेकको चलनबाट बुझ्नुहुन्छ। बच्चाहरूलाई मायाको तूफान आउँछ। स्त्री-पुरूष सम्झनाले नै तूफान आउँछ। त्यसैले यी आँखाहरू माथि कति अधिकार राख्नुपर्छ। हामी त शिवबाबाका बच्चा हौं। बाबासँग प्रतिज्ञा गरेर राखी पनि बाँध्छन् फेरि पनि मायाले धोका दिन्छ, फेरि छुट्न सक्दैनन्। जब कर्मेन्द्रियहरू वशमा हुन्छन्, तब कर्मातीत अवस्था हुन सक्छ। भन्न त सहज छ– म लक्ष्मी-नारायण बन्छु तर समझ पनि चाहिन्छ नि। बाबा भन्नुहुन्छ, निर्देशनमा चल। बाबा-बाबा भन्दै गर। बाबासँग हामी पूरा वर्सा लिन्छौं। यस्तो टिचर कहिल्यै पनि, कहीँ पनि मिल्दैन। यी सबै कुरालाई देवताहरूले पनि जान्दैनन् भने पछि आउने धर्मकाले कसरी जान्न सक्छन्? यी बाबाले भन्छन्– मैले केही भन्छु भने पनि सम्झ यो शिवबाबाले भन्नुभएको हो। यस्तो नसम्झ– यो दादाले भन्नुभएको हो। यो त मेरो रथ हो, यिनले के गर्छन्? तिमी बच्चाहरूलाई राजाई त मैले दिन्छु। यस रथले कहाँ दिन्छन् र! यी त बिल्कुल खाली छन्। यिनले पनि बाबाबाट वर्सा लिन्छन्। जसरी तिमीले पुरूषार्थ गर्छौ, त्यसैगरी यिनले पनि पुरूषार्थ गर्छन्। यिनको पनि विद्यार्थी जीवन हो। यो रथ लोनमा लिइएको छ, तमोप्रधान छ। तिमी पूज्य देवता बन्नको लागि, मनुष्यबाट देवता बन्नको लागि पढ्छौ। कसैको तकदिरमा छैन भने भन्छन्– मलाई त संशय छ शिवबाबाले कसरी आएर पढाउनुहुन्छ, मलाई त समझमा आउँदैन। बाबाको याद विना विकर्म विनाश हुन सक्दैन। पूरा सजायँ खानु पर्नेछ। यो राजाई स्थापना भइरहेको छ। राजाहरूका कति दासीहरू हुन्छन्। बाबा त राजाहरूको सम्पर्कमा आएका छन्। दासीहरूलाई दाइजो दिन्छन्। यहाँ त यतिका दासीहरू हुन्छन् भने सत्ययुगमा कति होलान्। यो पनि राजधानी स्थापना भइरहेको छ। बाबाले जान्नुहुन्छ– के-के गरिरहेका छन्। हरेकको चार्टबाट बाबाले बताउन सक्नुहुन्छ। यस समयमा मर्यो भने के बन्छन्! कर्मातीत अवस्थालाई सबैले नम्बरवार पछि प्राप्त गर्छन्। त्यसैले यो कमाई हो। कमाईमा मनुष्य कति व्यस्त रहन्छन्। खाना खाँदै रहन्छन्, टेलीफोन कानमा हुन्छ। यस्ता मनुष्यले ज्ञान लिन सक्दैनन्। यहाँ गरिब, साधारण नै आउँछन्। धनीले भन्छन् फुर्सद छैन। ठीकै छ केवल बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। बाबाले मीठा-प्यारा बच्चाहरूलाई घरी-घरी सम्झाउनुहुन्छ। हरेकलाई यो सन्देश दिनु छ, ताकि कसैले भन्न नपाओस्– हामीलाई के थाहा शिवबाबा आउनुभएको छ। सारा दिन बाबा-बाबा भनिराख। कति बच्चीहरूले धेरै याद गर्छन्। शिवबाबा भन्ने बित्तिकै कति बच्चाहरूलाई प्रेमको आँसु आउँछ। कहिले गएर मिलन गरुँ! नदेखेर पनि तड्पिरहन्छन् र यहाँ देखेकाले फेरि मान्दैनन्। उनीहरू टाढा बसेर पनि आँसु बहाउँछन्। अनौठो छ नि। ब्रह्माको पनि धेरैलाई साक्षात्कार हुन्छ। पछि गएर धेरैलाई साक्षात्कार हुनेछ। मनुष्यहरूलाई मर्ने समयमा सबैले आएर भन्छन्– भगवान्लाई याद गर्नुहोस्। तिमीले पनि शिव बाबालाई याद गर। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! पुरूषार्थमा मेक अप गर्दै जाऊ। मौका मिल्छ भने मेक अप गर। कमाई कति ठूलो छ। कोही-कोही त यस्ता छन्, जति सम्झाए पनि बुद्धिमा बस्दैन। बाबा भन्नुहुन्छ– यस्तो बन्नु छैन। आफ्नो कल्याण गर। बाबाको श्रीमतमा चल। तिमीलाई बाबाले पुरूषहरूमा उत्तम पुरूष बनाउनुहुन्छ। यो हो लक्ष्य-उद्देश्य। बाबाले सेवाको लागि कति युक्तिहरू बताइरहनुहुन्छ। सन्देश त सबैलाई दिनु छ, सबैले भनून्– यिनले त सत्य भन्छन्। यस लडाईंबाट सारा विश्वमा सुख-शान्ति हुन्छ। यस्ता-यस्ता पर्चाहरू सबै भाषामा छपाउनुपर्छ। विश्व कति ठूलो छ। हरेकलाई थाहा हुनुपर्छ, कसैले नभनुन्– हामीलाई थाहै भएन। तिमीले भन्छौ– अरे! हवाईजहाजबाट पर्चा खसाल्यौं, अखबारमा छपायौं, तपाईं ब्यूझिनुभएन। यो पनि देखाइएको छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) स्वयंमा जति पनि नराम्रो बानी छ, जाँच गरेर त्यसलाई निकाल्नको लागि मेहनत गर्नु छ। आफ्नो सच्चा-सच्चा चार्ट राख्नु छ। बाबाको निर्देशनमा चल्नु छ।

    २) यस्तो कुनै कर्म गर्नु हुँदैन जसले गर्दा बाबाको नाम बदनाम होस्। आफ्नो उन्नतिको ख्याल गर्नु छ। अलिकति पनि कुदृष्टि राख्नु छैन।

    वरदान:

    ब्राह्मण जीवनको नीति र रीति प्रमाण सदा चल्ने व्यर्थ संकल्प मुक्त भव:-   

    जो ब्राह्मण जीवनको नीति र रीति प्रमाण चल्दै सदा श्रीमतको आज्ञालाई स्मृतिमा राख्छन् र सारा दिन शुद्ध प्रवृत्तिमा व्यस्त रहन्छन्, उनीहरूमाथि व्यर्थ संकल्प रुपी रावणले आक्रमण गर्न सक्दैन। बुद्धिको प्रवृत्ति हो शुद्ध संकल्प गर्नु, वाणीको प्रवृत्ति हो बाबाद्वारा जे सुन्यो, त्यो सुनाउनु र कर्मको प्रवृत्ति हो कर्मयोगी बनेर हरेक कर्म गर्नु। यसै प्रवृत्तिमा व्यस्त रहनेहरूले व्यर्थ संकल्पहरूबाट निवृत्ति प्राप्त गर्न सक्छन्।

    स्लोगन:

    आफ्नो हरेक नयाँ संकल्पद्वारा नयाँ दुनियाँको नयाँ झलकको साक्षात्कार गराऊ।   



    ***OM SHANTI***