BK Murli 26 May 2016 Nepali

 BK Murli 26 May 2016 Nepali

१३ जेष्ठ २०७३ बिहिबार 26.05.2016 बापदादा मधुबन

“मीठे बच्चे– आत्म-अभिमानी भव। हिँड्दा-डुल्दा, उठ्दा-बस्दा यही अभ्यास गरिरह्यौ भने तिम्रो धेरै उन्नति हुँदै जान्छ।”  

प्रश्न:

बाबाको यथार्थ याद कुन बच्चाहरूको बुद्धिमा रहन्छ?

उत्तर:

जुन बच्चाहरूले बाबालाई यथार्थ रुपमा चिनेका छन्। कति बच्चाहरूले भन्छन्– बिन्दुलाई कसरी याद गर्ने? भक्तिमा त अखण्ड ज्योति मान्दै, याद गर्दै आएका छन्। अहिले बिन्दु भन्दा अलमलिन्छन्। त्यसैले पहिला यो निश्चय हुनुपर्छ– बाबा अखण्ड ज्योति हुनुहुन्न। उहाँ त अति सूक्ष्म बिन्दु हुनुहुन्छ, तब याद यथार्थ रुपमा रहन सक्छ।

ओम् शान्ति।

सबै बच्चाहरू यादमा बसेका छौ। मनमनाभव। यो संस्कृत शब्द वास्तवमा भन्नुभएको होइन। बाबाले जब सहज राजयोग सिकाउनुभयो, तब यो संस्कृत शब्द बोल्नुभएन। यिनले त संस्कृत जान्दा पनि जान्दैनन्। बाबाले त हिन्दीमा नै सम्झाउनुहुन्छ। हुन त यो रथले हिन्दी, सिन्धी तथा इंगलिश जान्दछन् तर बाबाले हिन्दीमा नै सम्झाउनुहुन्छ। जो जुन धर्मको हुन्छ, उनको आफ्नो भाषा छ। यहाँ हिन्दी भाषा नै चल्छ, यो भाषा बुझ्न सहज छ र यो विद्यालय पनि अद्भुत छ। यसमा कुनै पनि कागज, पेन्सिल, पन्ना आदिको आवश्यकता छैन। यहाँ त केवल एक शब्दलाई याद गर्नु छ अर्थात् बाबालाई याद गर। गडलाई अथवा ईश्वरलाई अथवा परमपिता परमात्मालाई कसैले याद नै नगरुन्– यो मुश्किल छ, याद सबैले गर्छन् तर उहाँको परिचय छैन। बाबा नै आएर आफ्नो परिचय दिनुहुन्छ। शास्त्रहरूमा जो कल्पको आयु यति लामो लेखिएको छ, उहाँ बाबा आएर सम्झाउनुहुन्छ। धेरै ठूलो कुरा पनि छैन। अहिल्या, बूढी-बूढी माताहरूले त के बुझ्न सक्छन्। यो त धेरै सहज छ। कुनै सानो बच्चाले पनि बुझ्न सक्छ। बाबा शब्द कुनै नयाँ होइन। शिवको मन्दिरमा जाँदा बुद्धिमा आउँछ– उहाँ शिवबाबा हुनुहुन्छ, उहाँ निराकार हुनुहुन्छ। सबै मनुष्यहरूले बाबा भन्छन्। हामी सबै आत्माहरूका पिता एक हुनुहुन्छ। सबै जीव आत्माहरू, जो शरीरमा निवास गर्छन्, बाबालाई याद गर्छन्। सबै धर्मका जति पनि छन्, सबैले परमपिता परमात्मालाई याद अवश्य गर्छन्। उहाँ हुनुहुन्छ परमधाममा रहनेवाला बाबा। हामी पनि वहाँका निवासी हौं। त्यसैले अब केवल बाबालाई याद गर्नु छ। चाहन्छन् पनि, हामी पावन बनौं। बोलाउँछन् पनि– हे पतितहरूलाई पावन बनाउनेवाला आउनुहोस्। नयाँ दुनियाँ पावन थियो, अब फेरि पुरानो भएको छ, यसलाई कुनै नयाँ भनिदैन। तिमीले जान्दछौ– नयाँ दुनियाँमा देवी-देवताले राज्य गर्थे। जब नयाँ दुनियाँ थियो, त्यो भन्दा पहिले के थियो? संगम। यो भन्दा पनि सहज भन्नुपर्छ, नयाँ भन्दा पहिले पुरानो थियो। संगमलाई मनुष्यले यति सजिलै बुझ्न सक्दैनन्। नयाँ दुनियाँ, पुरानो दुनियाँ, यसको बीचलाई फेरि संगम भनिन्छ। बाबाको लागि नै भनिन्छ– हे पतित-पावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्। हामी पतित बनेका छौं। नयाँ दुनियाँमा कसैले पुकार्दैनन्। अहिले तिम्रो समझमा आएको छ– यो विश्व पावन थियो। हे पतित-पावन आउनुहोस्, यो त धेरै समयदेखि बोलाउँदै आएका छन्। उनलाई यो थाहा छैन– पतित दुनियाँ कहिले पूरा हुन्छ? भन्दछन्, शास्त्रहरूमा यस्तो लेखिएको छ– अझै ४० हजार वर्ष कलियुग चल्छ। बिल्कुलै घोर अन्धकारमा छन्। अहिले तिमी प्रकाशमा छौ। बाबाले तिमीलाई अब उज्यालोमा ल्याउनुभएको छ। यो ५ हजार वर्षमा सृष्टिको चक्र पूरा हुन्छ। हिजोको कुरा हो। तिमीले राज्य गथ्र्यौ, अवश्य यी लक्ष्मी-नारायणको राज्य थियो, स्वर्ग थियो। पावन दुनियाँमा कुनै उपद्रव आदि हुन सक्दैन। उपद्रव हुन्छ नै रावण राज्यमा। यहाँ तिमीलाई बाबा सम्झाउनुहुन्छ, तिमीले सम्मुखमा कानद्वारा सुन्छौ। कसले सुन्छ? आत्माले। आत्मालाई धेरै खुशी हुन्छ, हामीसँग बाबा फेरि आएर मिलन गर्नुहुन्छ। बाबाबाट वर्सा लिएका थियां, अब बाबा भन्नुहुन्छ– मलाई याद गर। यसमा लेख्नु-पढ्नु पर्ने कुरा छैन। जब कोही आउँछन् भने सोधिन्छ– तपाईंको आगमन कसरी भयो? उनले भन्छन्– यहाँका महात्मासँग भेट गर्न। किन? तपाईंलाई के आवश्यकता छ? भन्नुहोस् कुनै भिक्षा चाहियो? संन्यासी हो भने रोटी टुक्रा चाहियो होला। संन्यासी कसैको पासमा जान्छन् वा बाटोमा मिल्छन् भने धार्मिक मनुष्यले सम्झन्छन्– यो फेरि पनि पवित्र मनुष्य हो, यसलाई भोजन खुवाउनु राम्रो हो। अहिले त पवित्रता पनि बाँकी छैन। बिल्कुलै तमोप्रधान दुनियाँ हो, यसमा धेरै फोहोर छ। मनुष्य कति हैरान हुन्छन्। यहाँ त हैरान हुनुपर्ने कुनै कुरा छैन। बाबा भन्नुहुन्छ– लेख्नुपर्ने, गर्नुपर्ने पनि कुरा छैन। यो प्वाइन्ट आदि पनि लेख्छौ, धारणा गर्नको लागि। जस्तै डाक्टरहरूसँग पनि कति औषधिको ज्ञान हुन्छ, यतिका सबै औषधिको नाम याद रहन्छ। वकिलको बुद्धिमा कति कानुनका कुरा याद रहन्छ। तिमीले याद के गर्नु छ? एउटा कुरा, त्यो पनि धेरै सहज छ। तिमीले भन्दछौ– एक शिवबाबालाई याद गरौं। उनीहरूले भन्छन्– शिवबाबा कसरी आउनुहुन्छ? यो पनि तिमी सिवाय अरु कसैलाई थाहा छैन। ईश्वर कहाँ हुनुहुन्छ? उनले त भन्छन्– नाम-रुप देखि भिन्न हुनुहुन्छ या फेरि भनिदिन्छन् सर्वव्यापी हुनुहुन्छ। रात-दिनको फरक हुन जान्छ– दुवै शब्दमा। नाम-रुप देखि भिन्न त कुनै चीज हुँदैन। फेरि भनिदिन्छन्– कुकुर, बिरालो सबैमा परमात्मा हुनुहुन्छ। दुवै एक-अर्काको विपरीत कुरा भयो। बाबाले आफ्नो परिचय दिएर भन्नुहुन्छ– म बाबालाई याद गर। गायन पनि छ– सहज राजयोग। बाबा भन्नुहुन्छ– योगको शब्द निकालिदेऊ, याद गर। जसरी सानो बच्चाले आमा-बुवालाई देख्नासाथ झट्ट गला लाग्छ। पहिले सोच्छ र– यी मेरा माता-पिता हुन् कि होइनन्? सोच्दैन, यसमा सोच्नुपर्ने कुरै हुँदैन। तिमीले पनि केवल शिवबाबालाई याद गर्नु छ। भक्तिमार्गमा पनि तिमीले शिवमाथि फूल चढाउँदै आयौ। सोमनाथको मन्दिर कति भरिभराऊ बनाएका थियौ, जुन पछि गएर मुहम्मद गजनवीले आएर लुटेको थियो। सोमनाथको मन्दिर भारतमा प्रसिद्ध छ। सबैभन्दा पहिले त शिवको पूजा हुनुपर्छ। बच्चाहरूलाई यो सबै ज्ञान अहिले बुद्धिमा आएको छ। हुन त पूजा आदि गर्दै आयौ तर तिमीलाई यो थाहा थिएन– यो जड चित्र हो। अवश्य चैतन्यमा आएको हुनुपर्छ तब त वर्ष-वर्ष शिवजयन्ती पनि मनाउँछन्। यो पनि भन्छन्– शिव परमात्मा निराकार हुनुहुन्छ। आत्माले जान्दछ– म पनि निराकार हुँ। अहिले तिमी आत्म-अभिमानी बन्छौ, धेरै सहज छ। उहाँ त हाम्रो बाबा हुनुहुन्छ। ज्ञानको सागर, सुखको सागर, पतित-पावन हुनुहुन्छ। उहाँको धेरै महिमा छ। ब्रह्मा, विष्णु, शंकरको यति महिमा छैन। एकको नै महिमा गाउँछन्। अब तिमी बच्चाहरूले जान्दछौ– बाबा आएर हामीलाई वर्सा दिइरहनुभएको छ। जस्तै लौकिक पिताले बच्चाहरूको लालन-पालन गर्छन्, पढाउँदैनन्। पढाइको लागि विद्यालयमा जान्छन् फेरि वानप्रस्थमा गुरू गर्छन्। आजकल त साना-ठूला सबैलाई गुरू गराइदिन्छन्। यहाँ त तिमी बच्चाहरूलाई भनिन्छ– शिवबाबालाई याद गर, सबैको हक छ। सबै मेरा बच्चाहरू हुन्। तिमीहरूमा पनि कोही छन्, जसले राम्रोसँग याद गर्छन्। कतिले त भन्छन्– बाबा, कसलाई याद गरौं? बिन्दुलाई कसरी याद गरौं? ठूलो चीजलाई याद गरिन्छ। ठीक छ परमात्मा, जसलाई तिमीले याद गर्छौ, उहाँ के चीज हो? भनिदिन्छन्– अखण्ड ज्योति स्वरुप हुनुहुन्छ। तर यस्तो हुनुहुन्न। अखण्ड ज्योतिलाई याद गर्नु गलत हुन जान्छ। याद त एक्युरेट हुनुपर्छ। पहिला एक्युरेट जान्नुपर्छ। बाबाले नै आएर आफ्नो परिचय दिनुहुन्छ, र फेरि बच्चाहरूलाई सारा सृष्टिको आदि-मध्य-अन्त्यको समाचार पनि सुनाउनुहुन्छ। विस्तारमा पनि, सारमा पनि। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! पावन बन्नु छ भने त्यसको लागि एउटै उपाय छ– मलाई याद गर, मलाई भन्छौ नै पतित-पावन। आत्मालाई पावन बनाउनु छ। आत्माले नै भन्छ– म पतित बनेको छु। हामी पावन थियौं, अहिले पतित बनेका छौं। सबै तमोप्रधान छन्। हरेक चीज पहिला सतोप्रधान फेरि तमोप्रधान हुन्छ। आत्माले स्वयं भन्छ– म पतित बनेको छु, मलाई पावन बनाउनुहोस्। शान्तिधाममा पतित हुँदैनन्। यहाँ पतित छन्, त्यसैले दुःखी छन्। जब पावन थिए, सुखी थिए। त्यसैले आत्माले नै भन्छ– हामीलाई पावन बनाउनुहोस् अनि हामी दुःखबाट छुट्छौं। आत्माले नै सबै थोक गर्छ। आत्मा नै न्यायाधीश, वकिल आदि बन्छ। आत्माले नै भन्छ– म राजा हुँ, म फलाना हुँ। अब यो शरीर छोडेर अर्को लिनु छ। यसलाई भनिन्छ– आत्म-अभिमानी। देहमा रहँदै आत्म-अभिमानी। रावणको राज्यमा देह-अभिमानी हुन्छन्। आत्म-अभिमानी अहिले नै बाबाले बनाउनुहुन्छ। यस समय आत्मा पतित दुःखी छ, त्यसैले पुकार्छ– हे बाबा आउनुहोस्। यो पनि तिमीले जान्दछौ– ड्रामा प्लान अनुसार पतितबाट पावन, पावनबाट पतित बन्दै आएका छौं। चक्र घुमि नै रहन्छ। अहिले तिम्रो बुद्धिमा बसेको छ, हाम्रा ८४ जन्म कसरी पूरा भए। अब यो कुरा नबिर्स। स्वदर्शन चक्रधारी बन। उठ्दा-बस्दा, हिँड्दा-डुल्दा बुद्धिमा सारा ज्ञान छ। तिमीले बुझेका छौ– बेहदको बाबासँग हामी बेहदको वर्सा लिइरहेका छौं। बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ– तिमीले एक बाबालाई नै याद गर्नु छ। बाबालाई याद गर्नु, रोटी टुक्रा खानु छ। पुगिहाल्यो। 

मीठा-प्यारा सिकीलधे बच्चाहरूलाई बाबा घरी-घरी भन्नुहुन्छ– पेटको लागि केवल रोटी खाए पुग्छ। पेटले कुनै धेरै खाँदैन। एक पाउ आँटाको खान्छ। दाल रोटी, १० रूपैयाँमा पनि मनुष्यले पेट भर्छ भने १० हजारमा पनि पेट पाल्छ। गरिबले खान्छन् पनि के! फेरि पनि हट्टा-कट्टा रहन्छन्। भिन्न-भिन्न चीजहरू मनुष्यले खान्छन् त्यसैले झन् बिरामी हुन्छन्। डाक्टरहरूले पनि भन्छन्– एकै प्रकारको खाना खायौ भने बिरामी हुँदैनौ। त्यसैले बाबा पनि सम्झाउनुहुन्छ– रोटी खाऊ। जे मिल्यो त्यसमा खुशी रहने गर। दाल-रोटी जस्तो अरु कुनै चीज हुँदैन। धेरै लालच पनि रहनु हुँदैन। संन्यासीहरूले के गर्छन्? घरबार छोडेर जंगलमा जान्छन्। तत्वलाई परमात्मा सम्झेर याद गर्छन्, सम्झन्छन्– ब्रह्ममा लीन हुन्छौं। तर यस्तो त हुँदैन। आत्मा त अमर छ। लीन हुने कुरै छैन। बाँकी आत्मा पवित्र, अपवित्र बन्छ। तिमीलाई कति राम्रो ज्ञान मिलेको छ। तिमीले नै प्रारब्ध भोग्छौ फेरि यो ज्ञान बिर्सिन्छौ। फेरि सिँढी झर्नुपर्छ। अब तिम्रो बुद्धिमा सारा ज्ञान बसेको छ– हामी ८४ जन्म कसरी लिन्छौ? यो पार्ट कहिल्यै पनि कसैको बन्द हुँदैन। यो बनिबनाऊ ड्रामा हो, जुन घुमि नै रहन्छ। यो भन्न सक्दैनौ– भगवान्ले कहिले, कसरी, कहाँ बसेर बनाउनुभयो? यो त चल्दै आउँछ। विश्वको इतिहास-भूगोल दोहोरिइरहन्छ। यी कुरालाई कसैले बुझेकै छैन। तिमीले जान्दछौ– हामी ड्रामा प्लान अनुसार आएका हां। अब फेरि ड्रामा अनुसार राज्य लिइरहेका छौं। यो कुरा अरु कसैले बुझ्न सक्दैन। सोधिन्छ– ड्रामा सर्वशक्तिमान छ वा ईश्वर? भन्छन् ईश्वर सर्वशक्तिमान हुनुहुन्छ। सम्झन्छन्– उहाँले सबै थोक गर्न सक्नुहुन्छ। बाबा भन्नुहुन्छ– म पनि ड्रामाको बन्धनमा बाँधिएको छु। पतितहरूलाई पावन बनाउन मलाई आउनुपर्छ। तिमी सत्ययुगमा सुखी बन्छौ। म पनि गएर विश्रामी हुन्छु– परमधाममा। तिमी मेरो शिरमा चढ्छौ। तिम्रो बाघमा सवारी देखाइएको छ। 

तिमीले जान्दछौ– सेकेण्ड बाई सेकेण्ड जे पनि चल्छ, त्यो ड्रामामा निश्चित छ। तिमी बच्चाहरूलाई कति राम्रो ज्ञान मिलेको छ। अब केवल बाबा र वर्सालाई याद गर। पुगिहाल्यो। कागज, पेन्सिल आदिको कुनै आवश्यकता छैन। ब्रह्मा बाबाले पनि पढ्छन्, यिनले त केही पनि राख्दैनन्। केवल बाबालाई याद गर्नु छ, तब वर्सा मिल्छ। कति सहज छ। यादबाट तिमी सदा स्वस्थ बन्छौ। यो हो धारणाको कुरा। लेखेर के फायदा छ? यो त सबै विनाश हुन्छ। तर कसैले याद राख्नको लागि लेख्छन्। जस्तै कुनै कुरा सम्झिनुपर्ने छ भने गाँठो बाँध्छन्। तिमीले पनि गाँठो बाँध, शिवबाबा र वर्सालाई याद गर्नु छ। यो त धेरै सहज छ– योग अर्थात् याद। भन्छन्– बाबा याद टिक्दैन। योगमा कसरी बसौं? अरे! लौकिक पिताको याद उठ्दा-बस्दा, हिँड्दा-डुल्दा रहन्छ। तिमीले पनि केवल याद गर। पुग्यो, बेडा पार हुन्छ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) स्वदर्शन चक्रधारी बनेर ८४ को चक्र बुद्धिमा घुमाइरहनु छ। बेहदका बाबालाई याद गरेर बेहदको वर्सा लिनु छ, पावन बन्नु छ।

२) कुनै पनि चीजको लालच गर्नु छैन, जे मिल्यो त्यसमा खुशी रहनु छ। रोटी-टुक्रा खानु छ, बाबाको यादमा रहनु छ।

वरदान:

समर्पणताद्वारा बुद्धिलाई स्वच्छ बनाउनेवाला सर्व खजानाहरूले सम्पन्न भव:-   

ज्ञानको, श्रेष्ठ समयको खजाना जम्मा गर्नु वा स्थूल खजानालाई एकबाट लाख गुणा बनाउनु अर्थात् जम्मा गर्नु... यी सबै खजानाहरूमा सम्पन्न बन्ने आधार हो स्वच्छ बुद्धि र सच्चा दिल। तर बुद्धि स्वच्छ तब बन्छ, जब बुद्धिद्वारा बाबालाई चिनेर, उहाँ बाबाको अगाडि समर्पण गरिदेऊ। शूद्र बुद्धिलाई समर्पण गर्नु अर्थात् दिनु नै दिव्य बुद्धि लिनु हो।

स्लोगन:

“एक बाबा दोस्रो न कोही” यस विधिद्वारा सदा वृद्धि (उन्नति) गर्दै जाऊ।   



***OM SHANTI***

Google+ Followers