BK Murli 28 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 28 May 2016 Nepali

    १५ जेष्ठ २०७३ शनिबार 28.05.2016 बापदादा मधुबन

    “मीठे बच्चे– श्रीमतमा चलेर सबैलाई सुख देऊ, आसुरी मतमा चलेर दुःख दिदै आयौ। अब सुख देऊ, सुख लेऊ।”   

    प्रश्न:

    बुद्धिमान बच्चाहरूले कुन रहस्य जानेको हुनाले उच्च पद पाउने पुरूषार्थ गर्छन्?

    उत्तर:

    उनीहरूले सम्झन्छन्– दुःख र सुख, हार र जितको खेल हो। अब आधाकल्प सुखको खेल चल्नेवाला छ। वहाँ कुनै पनि प्रकारको दुःख हुँदैन। अब नयाँ राजधानी आउँदैछ, त्यसको लागि बाबा आफ्नो परमधाम छोडेर हामी बच्चाहरूलाई पढाउन आउनुभएको छ। अब पुरूषार्थ गरेर उच्च पद लिनु छ।

    गीतः–

    बदल जाये दुनियाँ न बदलेंगे हम.....

    ओम् शान्ति।

    मीठा-प्यारा बच्चाहरूले अर्थ बुझ्यौ। यहाँ कुनै कसम खाने आवश्यकता छैन। यो त आत्मामा समझ चाहिन्छ। आत्मा तमोप्रधान हुने भएका कारण बिलकुलै बेसमझ भएका छन्। बच्चाहरूले जान्दछन्– हामी कति बेसमझ थियौं। अहिले कति समझदार बनेका छौं। अरु सत्सङ्ग आदिमा यी कुरा हुँदैनन्। उनीहरू शास्त्र, रामायण आदि पढ्छन्। एउटा कानबाट सुन्यो, अर्का कानबाट निस्किएर जान्छ। कुनै प्राप्ति छैन। यज्ञ, तप, दान-पुण्य आदि धेरै गर्छन्, धक्का खाइरहन्छन्। प्राप्ति केही पनि छैन। यस दुनियाँमा कसैलाई सुख छैन। अहिले बाबाले सारा समझ दिनुहुन्छ। सबैलाई सुख-शान्ति दिनेवाला एक बाबा नै हुनुहुन्छ। मनुष्य त बिलकुलै घोर अँध्यारोमा छन्। भक्ति मार्गकाले पनि याद गरिरहन्छन्– हे दुःख-हर्ता, सुख-कर्ता, सद्गति दाता। हेर, दुनियाँमा के भइरहेको छ। सबैलाई दुःख भइरहन्छ। जति पनि मनुष्य मात्र छन्, कसैलाई पनि यो थाहा छैन– बाबा को हुनुहुन्छ? बाबाबाट के वर्सा मिल्छ? बेहदको बाबालाई जान्दै-जान्दैनन्। धक्का खाइरहन्छन्, शान्तिको लागि। अब यो कसले भन्यो– मनको शान्ति चाहियो? आत्माले भन्छ, यो पनि मनुष्यले जान्दैनन्। देह-अभिमान छ नि। साधु-सन्त आदि सबै दुःखी छन्, सबैले शान्ति चाहन्छन्। बिमारी आदि त साधु-सन्तलाई पनि लाग्छ। दुर्घटना हुन्छन्। दुनियाँमा दुःख सिवाय अरु केही पनि छैन। अहिले तिमी बुद्धिमान बनेका छौ। बाबाले सम्झाउनुभएको छ– ड्रामामा नयाँ दुनियाँ, पुरानो दुनियाँ, सुख र दुःखको खेल बनेको छ। बाबाले तिम्रो बुद्धिको ताला खोल्नुभएको छ। अरु सबै मनुष्यको बुद्धिमा गोदरेजको ताला लागेको छ, बिलकुलै तमोप्रधान बुद्धि छन्। तिमी बच्चाहरूले नम्बरवार पुरूषार्थ अनुसार जान्दछौ। वास्तवमा बेहदको बाबा मिल्नुभएको छ। उहाँले हामीलाई सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सुनाउनुहुन्छ– यो खेल कसरी बनेको छ। जब सुख हुन्छ तब दुःखको नाम निशान हँदैन। तिमी बच्चाहरूको बुद्धिमा छ– हामीले बाबाबाट सुख-शान्ति-सम्पत्तिको वर्सा लिइरहेका छौं। सत्ययुग देखि लिएर त्रेता अन्त्यसम्म कुनै दुःख हुँदैन। अहिले तिमी प्रकाशमा छौ। तिमीले पुरूषार्थ गरिहेका छौ– आफ्नो राजधानीमा एक अर्काभन्दा उच्च पद पाऊँ भनेर। यो स्कुल हो बेहदको। बेहदका बाबाले पढाउनुहुन्छ। तिमी जान्दछौ– उहाँ हाम्रो अति प्यारो बाबा हुनुहुन्छ, जसको अपरम्पार महिमा छ। उहाँ सर्वोच्च बाबाले श्रीमत दिनुहुन्छ। बाँकी सबै मनुष्यले आसुरी मतमा एक अर्कालाई दुःख नै दिन्छन्। तिमीले श्रीमतमा सबैलाई सुख दिनु छ। यस ड्रामामा हामी कलाकारहरू हौं, यो कसैले पनि जान्दैनन्। तिमी बच्चाहरूले अहिले जान्दछौ– यस ड्रामामा तिमीहरूको नै अलराउन्ड पार्ट छ। पहिले तिमीले केही पनि जान्दैनथ्यौ। अहिले त मूलवतन देखि लिएर सूक्ष्मवतन, स्थूलवतन सबैलाई तिमीले जानेका छौ। तिमीलाई सच्चा ज्ञान छ। परमपिता परमात्माले हामीलाई यिनीद्वारा पढाइरहनुभएको छ। बाबाले हामीलाई त्रिलोकको सारा ज्ञान दिइरहनु भएको छ। यो हो नै काँडाको जंगल। बच्चाहरूले जान्दछन्– अहिले हामी काँडाबाट फूल अर्थात् मनुष्यबाट देवता बन्छौ। यहाँ त साना-ठूला सबैले दुःख दिन्छन्। गर्भमा मातालाई बच्चाले दुःख दिन्छन्। यो धेरै फोहोरी पुरानो दुनियाँ हो। यस सृष्टिचक्रलाई कसैले पनि जान्दैनन्। हामी कहाँबाट आयौं, कति जन्म लियौं, फेरि कहाँ जानु छ? केही पनि जान्दैनन्। बेहदको बाबा अर्थात् सबै सीताहरूका एक राम उहाँ निराकार हुनुहुन्छ। तिमी सबै सीताहरू हौ। बाबा साजन हुनुहुन्छ। एक साजनका सबै सजनीहरू, भक्तिनीहरू हुन्। जति पनि सीताहरू छन्, सबै रावणको जेलमा फँसेर शोक वाटिकामा आएका छन्। सारा दुनियाँका सबै मनुष्यले एक भगवान्लाई याद गर्छन्। भक्तहरूको रक्षक भगवान्लाई भनिन्छ। तिमीहरू सबै अहिले ब्रह्मामुख वंशावली ब्राह्मण हौ। ब्राह्मणले जान्दछन्– हामीलाई शिवबाबाले पढाइरहनु भएको छ। बाबाबाट वर्सा अवश्य मिल्छ। शिवबाबा हुनुहुन्छ स्वर्गको रचयिता। स्वर्ग भन अथवा दैवी राजधानी भन– यो स्वर्गको राजधानी हो नि। लक्ष्मी-नारायण स्वर्गका मालिक हुन्। यो पनि तिमीले अहिले बुझेका छौ। यहाँ जब सत्ययुग थियो, लक्ष्मी-नारायणको राज्य थियो। अहिले कलियुग छ। मनुष्य त बिचरा घोर अँध्यारोमा भएका कारण केही जान्दैनन्– अब कलियुगको अन्त्य छ। विनाश सामुन्ने खडा छ। तिमी सबै सीताहरूका सद्गति दाता एक राम हुनुहुन्छ। सीताहरू सबै दुर्र्गतिमा छन्, तर यो कसैले कहाँ बुझ्दछन् र– हामी दुर्गतिमा छौं भनेर। आफ्नो धनको नै नशा छ। मेरो यत्रो भवन छ, यति धन छ, यति महल छन्। कसैलाई थाहा छैन– दुःखको दुनियाँ अब बदलिनु छ। मृत्यु सामुन्ने खडा छ। सबै माटोमा मिलेर जानु छ। यो जे-जति पुरानो दुनियाँमा देख्छौ, विनाश हुन्छ। विनाशको लागि पूरा तयारी भइरहेको छ। यो त्यही महाभारत लडाईं हो। उहाँ नै गीताको भगवान हुनुहुन्छ। तर बाबाको जीवनीमा बच्चाको नाम राखिदिएका छन्। अहिले शिवबाबाबा तिमीलाई राजयोग सिकाइरहनु भएको छ। ठूलो भन्दा ठूलो भूल यो हो, भगवान्को नाम हटाइदिएका छन्। 

    तिमी बच्चाहरूले जान्दछौ– हामीलाई कुनै मनुष्यले, साधु-सन्त आदिले पढाउँदैनन्, शिवबाबाले हामीलाई पढाउनुहुन्छ। उहाँ बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, सद्गुरू पनि हुनुहुन्छ। यो त भुल्नु हुँदैन। बाबा भन्नुहुन्छ– मेरा सबै बच्चा हुन् तर सबैलाई कहाँ पढाउँछु र! बाबा भन्नुहुन्छ– म फेरि राजयोग सिकाउन आएको छु। पहिले स्वर्गवासी थिए, हीराजस्तै थिए, अहिले कौडीजस्तै बनेका छन्। घरमा कति अशान्ति छ। भन्छन्– बाबा मलाई क्रोध आउँछ, बच्चाहरूलाई पिट्नुपर्छ। डर लाग्छ, मैले ५ विकार शिवबाबालाई दान दिएँ फेरि म यो किन गर्दै छु? बाबा सम्झाउनुहुन्छ– अहिले सबैमाथि ५ विकारको ग्रहण लागेको छ। देह-अभिमानको भूत आउनाले फेरि सबै भूत लाग्छन्। अब बाबा भन्नुहुन्छ– देही-अभिमानी बन। अहिले तिमीलाई समझ मिलेको छ। सत्ययुगमा पनि हामी आत्म-अभिमानी थियौं। सम्झन्छन्– आत्माको यो शरीर अहिले पुरानो भएको छ। आयु पूरा भएको छ यसैले यो शरीर छोडेर अब नयाँ लिनु छ। (सर्पको उदाहरण) सर्पको एउटा काँचुली पुरानो भएपछि फेरि अर्का नयाँ लिन्छ। यो दृष्टान्त हो सत्ययुगको लागि। वहाँ तिमी यसरी शरीर छोड्दछौ, दुःखको कुनै कुरा हुँदैन। यहाँ कति दुःख हुन्छ। रूनु, पिट्नु आदि हुन्छ। अहिले तिमी बच्चाहरू जान्दछौ– यो पुरानो शरीर हो। यहाँ कुनै नयाँ शरीर मिल्दैन। यो अन्तिम पुरानो जुत्ती हो। अहिले तिमी यसबाट हैरान भएका छौ। वहाँ त खुशीसँग एउटा शरीर छोडेर अर्का लिन्छौ। यी कुरालाई पनि तिमीले जान्दछौ। यहाँ कति नयाँ आउँछन्, कहाँ बुझ्छन् र! दुई-चार दिन यहाँबाट बुझेर जान्छन् फेरि भुल्छन्। हो, राम्रोसँग सुने, खुशी भए भने प्रजामा आउँछन्। प्रजा पनि त धेरै बन्नु छ नि। यो हो ईश्वरको द्वार अथवा घर। तिमी ईश्वरको घरमा बसेका छौ। परमपिता आफ्नो परमधाम छोडेर यहाँ साधारण तनमा आएर बस्नुभएको छ। वहाँ त बाबाको पासमा आत्माहरू रहन्छन्। यहाँ संगममा बाबा स्वयं आउनुभएको छ– पतितहरूलाई पावन बनाउन। उहाँलाई शिव निराकार नै भनिन्छ। निराकार बाबालाई आत्माहरूले ओ गड फादर भनेर पुकार्छन्। मनुष्यले नबुझिकनै भनिदिन्छन्– ओ गड फादर। यी लक्ष्मी-नारायणलाई पनि युरोपियनहरूले भगवती-भगवान भन्छन्। यिनीहरूलाई यस्तो कसले बनायो? यी देवताहरूलाई भन्छन्– हजुर सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण हुनुहुन्छ फेरि स्वयंलाई के भन्छन्? यो जान्दैनन्– यी पनि मनुष्य हुन्। यहाँ नै राज्य गरेर गएका हुन्। उनीहरूका पछि गएर महिमा गाउँछन्। आफूलाई नीच पापी भनिरहन्छन्। कृष्णको मन्दिरमा पनि गएर महिमा गर्छन्। शिवको यस्तो महिमा गर्दैनन्। उहाँको महिमा अलग छ। सामान्यतया शिवको पासमा गएर भन्छन्– झोली भरेर दिनुहोस्। फेरि भन्छन्– उहाँ भाङ पिउनेवाला हुनुहुन्छ, धतुरो खानेवाला हुनुहुन्छ। अरे वहाँ भाङ-धतुरो कहाँबाट आयो? केही पनि जान्दैनन्। माँगिरहन्छन्– पति चाहियो, यो चाहियो.... दीपावलीमा पनि लक्ष्मीको अह्वान गर्छन्। उनी को हुन्, यो कसैलाई थाहा छैन। ८-१० हातहरू कहिल्यै हुन्छ र? यो चतुर्भुज रुप देखाउँछन् किनकि प्रवृत्ति मार्ग हो। उनको नाम विष्णु राखिदिएका छन्। लक्ष्मी-नारायण त सत्ययुगमा रहन्छन्। मनुष्यलाई यो थाहा छैन– विष्णुका दुई रुप लक्ष्मी-नारायणद्वारा पालना हुन्छ। चित्रहरूमा लक्ष्मीलाई ४ हातहरू दिन्छन्। ४ हात हुनेहरूका बच्चा भए भने उनीहरूका पनि ४ हात हुनुपर्यो नि। केही पनि जान्दैनन्। तिमी अहिले सम्झन्छौ– बाबा जबसम्म आउनुभएको थिएन तबसम्म त हामीले पनि केही जान्दैनथ्यौं। अहिले सारा विश्वको आदि-मध्य-अन्त्यलाई जानेका छौं। बाबा आएर पतित दुनियाँलाई पावन बनाउनुहुन्छ। बोलाउँछन् पनि– हे पतित-पावन आउनुहोस्। अब परमात्मा कसरी आउनुहुन्छ? आएर कसरी पतितहरूलाई पावन बनाउनुहुन्छ? बाबा भन्नुहुन्छ– ५ हजार वर्ष पहिले मैले दैवी स्वराज्य बनाएका थिएँ फेरि तिमीले ८४ जन्म कसरी लियौ? यो समझ पहिले तिम्रो बुद्धिमा बिलकुल थिएन। यी ब्रह्मालाई पनि थाहा थिएन। राधा-कृष्ण, लक्ष्मी-नारायणको पूजा गरिरहन्छन्। तर यो पनि थाहा छैन– राधा-कृष्ण नै स्वयंवरपछि लक्ष्मी-नारायण बनेका हुन् यसैले राजकुमारी राधा, राजकुमार कृष्ण भनिन्छ। स्वयंवरपछि महाराजा-महारानी बन्छन्। यी जो स्वयं बनिरहेका छन्, उनलाई पनि थाहा छैन। हुन त कसैलाई साक्षात्कार पनि हुन्छ तर केही पनि बुझ्दैनन्। फेरि पनि भक्तहरूको भावना अल्पकालको लागि पूरा गर्न म साक्षात्कार गराउँछु। यहाँ त ध्यान-साक्षात्कारको कुरै छैन। बाबा त सम्झाउनुहुन्छ– साक्षात्कारमा माया प्रवेश गर्यो भने पद भ्रष्ट हुन्छ। धेरै आएर भन्छन्– हामीलाई शिवबाबाको साक्षात्कार होस्। अरे तिमीलाई सम्झाइन्छ– जूनकीरी कति सानो हुन्छ, आँखाले देखिन्छ। आत्मा त त्यो भन्दा पनि सानो बिन्दु हुन्छ। जसरी आत्मा छ त्यस्तै परमात्माको रुप छ। साक्षात्कार पनि भयो भने त्यही सानो बिन्दुको हुन्छ। यो त सानो बिन्दी हो जुन भृकुटीको बीचमा रहन्छ। आत्माको साक्षात्कार हुने हो भने पनि केही बुझ्दैनन्। 

    तिमी बच्चाहरूले जान्दछौ– अहिले हामी शिवबाबाका सन्तान हौं। सबै ब्रह्माकुमार-कुमारीहरूले शिवबाबाबाट वर्सा लिइरहेका छौं। हाम्रो लक्ष्य-उद्देश्य नै यो हो। विद्यार्थी हौं नि। तिमी भन्छौ– बाबाबाट सहज राजयोग सिक्न आएका छौं। यो लक्ष्य-उद्देश्य हो। यो बच्चाहरूले भुल्नु हुँदैन। भक्तिमार्गमा भक्तहरूले देवताहरूका चित्रलाई साथमा राख्छन्। फेरि तिमीले यो त्रिमूर्तिको चित्र पकेटमा राख्नुपर्छ। उहाँ शिवबाबाद्वारा हामी यस्तो लक्ष्मी-नारायण बनिरहेका छौं। अच्छा।

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) शिवबाबालाई विकारहरूको दान दिएर फेरि कहिल्यै फिर्ता लिनु हुँदैन। देह-अभिमानको भूतबाट बच्नु छ। यस भूतबाट सबै भूत आउँछन्। यसैले आत्म-अभिमानी बन्ने अभ्यास गर्नु छ।

    २) साक्षात्कारको आशा राख्नु हुँदैन। लक्ष्य-उद्देश्यलाई सम्मुख राखेर पुरूषार्थ गर्नु छ। श्रीमतमा सबैलाई सुख दिनु छ।

    वरदान:

    साधारणतालाई समाप्त गरेर महानताको अनुभव गर्ने श्रेष्ठ पुरूषार्थी भव:-   

    जो श्रेष्ठ पुरूषार्थी छ, उसको हर संकल्प महान् हुन्छ किनकि उसको हर संकल्प, श्वासमा स्वतः बाबाको याद हुन्छ। जसरी भक्तिमा भन्छन्– अनहद शब्द सुनियोस्, अजपाजाप चलिरहोस्। यस्तो पुरूषार्थ निरन्तर होस्, यसलाई श्रेष्ठ पुरूषार्थ भनिन्छ। याद गर्नु छैन, स्वतः याद आइरहोस्, तब साधारणता खत्तम हुँदै जान्छ र महानता आउँछ– यही हो अगाडि बढ्नेको निशानी।

    स्लोगन:

    मनन शक्तिद्वारा सागरको गहिराइमा जाने आत्मा नै रत्नको अधिकारी बन्छ।  



    ***OM SHANTI***