BK Murli 31 May 2016 Nepali

 BK Murli 31 May 2016 Nepali

१८ जेष्ठ २०७३ मंगलबार 31.05.2016 बापदादा मधुबन

“मीठे बच्चे– रावणले तिमीलाई धेरै पीडित बनाएको छ, अहिले भक्तहरूका रक्षक भगवान आउनुभएको छ तिम्रो पीडालाई हटाउन।”   

प्रश्न:

सपूत बच्चाका मुख्य दुई निशानीहरू सुनाऊ?

उत्तर:

(१) सपूत बच्चाले सदा माता-पिताको अनुसरण गरेर तख्तनशीन बन्छ। खुब पुरूषार्थमा लागिरहन्छ। (२) उसको दिल बाबासँग धेरै सच्चा हुन्छ। सच्चा दिलवाला सदा श्रीमतमा चल्छन्। यदि भित्र सच्चाइ छैन भने यादमा रहन सक्दैनन्।

गीतः–

भोलेनाथ से निराला..........

ओम् शान्ति।

मीठा-प्यारा बच्चाहरूले यो भक्तिमार्गको गीत सुन्यौ। भक्तहरूले यस गीतको अर्थ जान्दैनन्। तिमी भगवान्का बच्चा बनेका छौ। भगवान रक्षक हुनुहुन्छ, भक्तहरूका। तिमी पनि रक्षक हौ भक्तहरूका। भक्तहरूको रक्षा गर्छौ। कुनचाहिँ आपद छ, जसकारण भक्तले रक्षाको लागि भगवान्लाई बोलाउँछन्? भक्तहरूलाई रावणद्वारा धेरै दुःख छ। रावण सम्प्रदाय पीडित छन्–दुःखबाट। त्यसैले भोलानाथलाई याद गर्छन्। उनीहरू हुन् रावण सम्प्रदायका, तिमीहरू हौ राम सम्प्रदायका। भक्तहरूलाई यो थाहा छैन हाम्रा रक्षक को हुनुहुन्छ? हुन त गायन गर्छन्– भोलानाथ रक्षक हुनुहुन्छ। तर के रक्षा गर्नुहुन्छ, त्यो जान्दैनन्। तिमी बच्चाहरूले अहिले जानेका छौ– भोलानाथ शिवबाबा नै बिग्रेकोलाई बनाउनेवाला हुनुहुन्छ। दुनियाँलाई त थाहा छैन भगवान कसलाई भनिन्छ। भगवान्को बारेमा थाहा भएको भए त भगवान्को रचनाको आदि-मध्य-अन्त्यको पनि जानकारी हुन्थ्यो। न भगवान्लाई जान्दछन्, न रचनाको जानकारी छ। त्यसैले यस्ता मनुष्य सम्प्रदायलाई अन्धा पनि भनिन्छ। अर्कातर्फ तिमी छौ, जसलाई दिव्य दृष्टि मिलेको छ। अब तिम्रो नाम नै हो ब्रह्माकुमार-कुमारीहरू। बोर्डमा पनि नाम छ– ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय। केवल ब्रह्माकुमारी हुन सक्दैनन्। प्रजापिता ब्रह्मा छन् नि। पिताका पासमा बच्चाहरू र बच्चीहरू दुवै हुन्छन्। प्रजापिता ब्रह्माका नै यतिका धेरै बच्चाहरू हुन सक्छन्। त्यसैले बुझ्नुपर्छ– उहाँ बेहदको पिता हुनुहुन्छ। यो पनि जान्दछौ– ब्रह्मा-विष्णु-शंकरलाई रच्नेवाला बाबा नै हुनुहुन्छ, जसलाई निराकार भनिन्छ। उहाँ हुनुभयो बेहदको बाबा। यो पनि जान्दछौ– परमपिताले परमात्मा ब्रह्माद्वारा रचना रच्नुहुन्छ। सारा रचना उहाँको हो। सबै मनुष्य मात्र वास्तवमा शिववंशी हुन्। अहिले तिमी आएर प्रजापिता ब्रह्माका सन्तान बनेका छौ। यो हो नयाँ रचना। परमपिता परमात्माले ब्रह्माद्वारा रचना रच्नुहुन्छ, त्यसैले तिमीलाई ब्रह्माकुमार-कुमारी भनिन्छ। यतिका बेहदका बच्चाहरू छन्, अवश्य बेहदको वर्सा लिन्छन्। बच्चाहरूले जान्दछन्– हामी ब्रह्माकुमार-कुमारीहरूलाई शिवबाबाले गोद लिनुभएको छ। शिवबाबा भन्नुहुन्छ– तिमी मेरा बच्चाहरू हौ। तिमी आत्माहरू पनि निराकार थियौ। तर ज्ञान त साकारमा चाहिन्छ। तिमीले जान्दछौ– हामी आदि सनातन देवी-देवता धर्मका थियौं, ब्रह्माद्वारा रचना यहाँ हुन्छ। शिवजयन्ती पनि यहाँ मनाइन्छ। यहाँ मगध देशमा नै जन्म लिनुभएको छ। बाबा भन्नुहुन्छ– यो देश धेरै पवित्र, स्वर्ग थियो। अहिले यसलाई नर्क, मगध देश भनिन्छ। फेरि स्वर्ग बन्दैछ। तिमी बच्चाहरूको बुद्धिमा छ– शिवबाबाले हामीलाई फेरि राजयोग सिकाएर पवित्र बनाउनु हुन्छ। गायन पनि गर्छन्– पतित-पावन भक्तहरूका रक्षक भगवान। भक्तहरूले नै पुकार्छन्। पतित भएर पनि आफूलाई पतित सम्झिदैनन्। बाबाले सम्झाउनु हुन्छ– तिमी सबै पतित हौ। पावन दुनियाँ सत्ययुगलाई, पतित दुनियाँ कलियुगलाई भनिन्छ। बाबाले तिमीलाई सबै सत्य बताउनु हुन्छ। लाखौं वर्षको त कुनै चीज हुँदैन। मनुष्य घोर अन्धकारमा छन्, सम्झन्छन्– कलियुग त अहिले धेरै सानो बच्चा छ। तिमीले जान्दछौ– मृत्यु सामुन्ने खडा छ। अन्धकार र उज्यालोको वर्णन संगममा नै गरिन्छ। अब तिमी प्रकाशमा आएका छौ। सत्ययुगमा तिमीले यो वर्णन गर्न सक्दैनौ। वहाँ यो ज्ञान नै रहँदैन। यस समय बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ– तिमी सत्ययुगमा सूर्यवंशी घरानाका थियौ फेरि अन्त्यमा आएर शूद्रवंशी घरानाका बनेका छौ। अहिले फेरि ब्राह्मणवंशी बनेका छौ। अहिले तिमी हौ सर्वोत्तम ब्राह्मण कुलका। तिमी हौ उच्च भन्दा उच्च। यो ईश्वरीय कुल हो नि। बाबाको पासमा आउँछन् भने बाबा सोध्नुहुन्छ– कसको पासमा आएका छौ? भन्छन् बाबाको पासमा। बाबा दुई छन्– एक लौकिक, दोस्रो पारलौकिक। सबै शालिग्रामहरूका बाबा एकै शिव हुनुहुन्छ। तिम्रो बुद्धिमा यो कुरा रहन्छ। हामी एक बाबाको बच्चा हौं, जसबाट वर्सा लिन्छौं। निराकारले वर्सा त साकारद्वारा दिनुहुन्छ नि। बाबा स्वयं भन्नुहुन्छ– म साधारण तनमा आएर प्रवेश गर्छु। अब बाबाले बच्चाहरूलाई भन्नुहुन्छ– प्यारा बच्चाहरू! देही-अभिमानी भव। आफूलाई आत्मा सम्झ। यो देह विनाशी हो, आत्मा अविनाशी हो। आत्माले नै ८४ जन्म लिनुपर्छ, नकि देहले। देह त परिवर्तन भइरहन्छ, फेरि अरु मित्र-सम्बन्धी मिल्छन्। अहिले आत्माले बेहदको बाबाबाट वर्सा लिनु छ, परमपिता परमात्माद्वारा। तिमीले नै सुनेर धारण गर्छौ। संस्कार तिम्रो आत्मामा हुन्छ। आत्मामा नै संस्कार रहन्छ। यस्तो होइन, शरीरको संस्कार भनिन्छ। तिम्रो आत्माको संस्कार तमोप्रधान छ। त्यसलाई अब परिवर्तन गर्नु छ। काया कल्पतरु भनिन्छ। काया कल्पवृक्ष समान बन्छ। आयु पनि धेरै हुन्छ। तिमीले जान्दछौ– यहाँ त आयु धेरै कम रहन्छ। सानो आयुमा नै बस्दा-बस्दै अकालमा मृत्यु हुन जान्छ। अहिले तिमीले काल माथि विजय प्राप्त गर्छौ। वहाँ कालले कहिल्यै खाँदैन। अकालमा कहिल्यै शरीर छुट्दैन। तिमीले जान्दछौ– अहिले यो शरीर वृद्ध भएको छ, यसलाई छोडेर नयाँ लिनु छ। शरीर छोड्ने समयमा पनि बाजा बज्दछ, जन्म लिने समयमा पनि बाजा बज्दछ। वहाँ रूने कुरा नै हुँदैन। तिमीलाई भ्रमरीको उदाहरण पनि सम्झाइएको छ। तिमी हौ ब्राह्मण-ब्राह्मणीहरू। ब्राह्मणी र भ्रमरी राशि मिल्छ। जो काम भ्रमरीले गर्छ, त्यही तिमीले पनि गर्छौ। आश्चर्य छ नि। भ्रमरीको दृष्टान्त, कछुवाको, सर्पको यो सबै शास्त्रमा छ। संन्यासी आदिले पनि यो उदाहरण दिन्छन्। अहिले तिमी बच्चाहरूले बाबाद्वारा यो सबै बुझिरहेका छौ। त्यो त भयो भक्तिमार्ग। विगतको गायन गर्नु। यसको फेरि पछि गायन हुन्छ। यस समयमा नै बाबा यस तनमा आउनुहुन्छ, यिनीलाई भगवान भनिदैन। त्यो त अन्धश्रद्धा हो। यस्ता पनि मनुष्य छन्, जसले रामलाई, कृष्णलाई भगवान सम्झन्छन्। कृष्णको लागि, रामको लागि पनि भनिदिन्छन्– ती त सर्वव्यापी हुन्। कोही कृष्णपन्थी, कोही राधेपन्थी हुन्छन्। राधे पन्थीले भन्छन् सर्वत्र राधे नै राधे छन्। कृष्णपन्थीले भन्छन्, जहाँ हेर कृष्ण नै कृष्ण छन्। राम पन्थी राम नै राम भन्छन्। सम्झन्छन्– राम, कृष्ण भन्दा ठूला हुन् किनकि रामलाई त्रेतामा र कृष्णलाई द्वापरमा लिएर गएका छन्। कति अज्ञान छ। अब बाबाले तिमी बच्चाहरूलाई सम्झाइरहनु भएको छ, कति धेरै ब्रह्माकुमार-कुमारीहरू छन्, अवश्य बेहदको बाबा हुनुहुन्छ। तिमीले कसैसँग पनि सोध्न सक्छौ– कहिल्यै नाम सुन्नु भएको छ प्रजापिता ब्रह्माको? बाबाले स्वर्गको नयाँ रचना रच्नुभयो। गायन पनि गरिन्छ– ब्रह्माद्वारा ब्राह्मण। जबसम्म तिमीहरू सबै ब्राह्मण ब्रह्माका मुख वंशावली बन्दैनौ, हजुरबुवाबाट वर्सा लिन सक्दैनौ। बेहदका बच्चाहरूले बेहदको वर्सा बाबाबाट नै लिन्छन्। अवश्य लिएका थियौ। अवश्य स्वर्गवासी थियौ। अहिले नर्कवासी बनेका छौ, अब फेरि प्रजापिता ब्रह्माद्वारा परमपिता परमात्माले विष्णुपुरी स्वर्ग रचिरहनु भएको छ। कति सरल छ। शिवबाबाले सोध्नुहुन्छ– पहिले तिमीलाई यो ज्ञान थियो? यिनको आत्माले भन्दछ– ममा यो ज्ञान थिएन। म पनि विष्णुको पुजारी थिएँ,। हामी पूज्य थियौं त्यही अब आएर पुजारी बनेका छौं। अब बाबा आएर पुजारीबाट पूज्य देवता बनाइरहनु भएको छ। तिमी बच्चाहरूमा भित्र धेरै खुशी हुनुपर्छ। परमपिता परमात्माले आएर हामीलाई गोद लिनुभएको छ। मनुष्यले मनुष्यलाई गोद लिन्छन् नि। धेरै मनुष्य हुन्छन्, जसका आफ्ना बच्चा हुँदैनन् तब उनले गोद लिन्छन्। अब बाबाले जान्नुहुन्छ– मेरा सबै बच्चाहरू रावणका बनिसकेका छन्, त्यसैले मैले आएर फेरि गोद लिनुपर्छ। ब्रह्माद्वारा आफ्ना बच्चाहरूलाई गोद लिनुहुन्छ। यो गोद लिने कार्य कति अनौठा छ। तिमीले नै जान्दछौ शिवबाबाले हामीलाई ब्रह्माद्वारा गोद लिनु भएको छ। शिवबाबा भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई गोद लिएको छु, तिमीलाई बेहदको सुखको वर्सा दिनको लागि। यी ब्रह्माले त दिन सक्दैनन्। यी पनि मनुष्य हुन् नि। प्रजापिता ब्रह्मा मनुष्यले यो ज्ञान दिदैनन्। ज्ञानको सागर निराकार परमपिता परमात्माले नै बसेर यो ज्ञान दिनुहुन्छ। ब्रह्मा अथवा विष्णुलाई ज्ञानसागर भनिदैन। यी तीनैको महिमा फरक-फरक छ। ज्ञानसागर, पतित-पावन एक बाबा हुनुहुन्छ। सारा दुनियाँका मनुष्य मात्रले उहाँलाई बोलाउँछन्। अंगे्रजीमा पनि भन्दछन्–उहाँ लिब्रेटर हुनुहुन्छ। जसबाट दुःख मिल्छ त्यसबाट मुक्त गरिन्छ। बाबा पनि यहाँ आएर रावणबाट मुक्त गर्नुहुन्छ। रावणराज्य पनि यहाँ भएको हो। यहाँ नै रावणलाई जलाउँछन्। जलाएर फेरि भन्छन्– सुनको लंका लुट्न जान्छौं। उनीहरूलाई त केही पनि थाहा छैन। रावण के चीज हो, कहिलेको यो दुश्मन हो। सम्झन्छन्– रामकी सीता अपहरण गरियो। यो बुझ्दैनन्– हामी सबै सीता हौ। हामी रावणको जेलमा फँसेका छौं। यो ज्ञान कसैमा पनि छैन। कथा बसेर सुनाउँछन्। शिवबाबा भन्नुहुन्छ– म दूर देशको रहनेवाला आएको छु यस पराई देशमा। यो पतित दुनियाँ पुरानो हो नि, यो हो रावणको दुनियाँ। बोलाउँछन् पनि– हे बाबा आउनुहोस्, हामी पतित बनेका छौं। बाबा भन्नुहुन्छ– पावन बनाउनको लागि म यस पतित दुनियाँमा आउनुपर्छ। र, म आउँछु पनि त्यस तनमा, जो पहिलो नम्बरमा पावन थियो, जुन सुन्दर थियो त्यही अहिले श्याम बनेको छ। कति आश्चर्यजनक कुरा छ! कृष्णलाई श्याम-सुन्दर किन भनिन्छ, यो कसैलाई पनि थाहा छैन। के एक कृष्णलाई नै सर्पले डस्यो? सत्ययुगमा सर्प आदि कहाँ हुन्छन् र! बाबा भन्नुहुन्छ– यो अन्तिम जन्म पवित्र बन्यौ भने पवित्र दुनियाँका मालिक बन्छौ। केवल मलाई याद गर र पवित्र बन। अल्फलाई याद गर, बे बादशाही तिम्रो हो। यो हो सहज राजयोग, सहज राजाई। बच्चा जन्मियो, वर्साको हकदार बन्यो। यहाँ पनि बच्चाहरूले जान्दछन्– हामी बाबाको बनेका छौं त्यसैले स्वर्गको राजाईका हामी हकदार हौं। अब बाबा भन्नुहुन्छ– सतोप्रधानबाट तिमी तमोप्रधान बनेका छौ। फेरि सतोप्रधान बन्नु छ। योग र ज्ञान सिकाउन एक सेकेण्ड लाग्छ। बच्चा जन्मियो, वारिस निश्चय गर्छन्। तिमी बाबाको बनेका छौ त्यसैले राजधानीको वर्सा तिम्रो हो। तर राजा-रानी सबै बन्दैनन्। यो हो राजयोग। राजा-रानी, प्रजा, धनवान, गरिब सबै चाहिन्छ त्यसैले रूद्रमाला पनि बनेको छ, जो भक्तिमार्गमा जप्छन्। तिमीले जान्दछौ– हामी राजयोग सिक्न आएका छौं। माता-पितालाई अनुसरण गरेर सूर्यवंशी, चन्द्रवंशी बन्छौ। सपूत बच्चा त्यो हो, जसले माता-पितालाई अनुसरण गरेर तख्तनशीन बन्छ। पुरूषार्थ धेरै गर्नुपर्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर, तर गर्दैनन्, श्रीमतमा चल्दैनन्। भित्र सच्चाई छैन। दिल सच्चा भए श्रीमतमा चल्थे, बाबालाई याद गरिरहन्थे। श्रीमतमा चलेर नै हजुरबुवाबाट वर्सा मिल्छ। ब्रह्माले स्वर्गको वर्सा दिन सक्दैनन्। हजुरबुवाको कमाईमा नाती-नातिनाहरूको हक रहन्छ। बाबाको कमाईमा बच्चाहरू भागिदार बन्छन् त्यसैले हकदार हुन्। यहाँ तिमीलाई शिवबाबाबाट वर्सा मिल्छ। ज्ञान रत्न बाबाबाट नै मिल्छ। 

तिमी जान्दछौ– हामी ब्राह्मण नै फेरि देवी-देवता बन्छौं। जगत् अम्बा को हुन्? बाबाले सम्झाउनु हुन्छ– उनी ब्राह्मणी थिइन, ज्ञान-ज्ञानेश्वरी थिइन्। फेरि राज-राजेश्वरी बन्छिन्। तिमी पनि यस्तै बन्छौ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) आत्मामा जुन तमोप्रधान संस्कार छन्, त्यसलाई यादको बलबाट परिवर्तन गर्नु छ। सतोप्रधान बन्नु छ।

२) बाबाबाट राजाईको वर्सा लिनको लागि सदा सपूत बच्चा बनेर श्रीमतमा चल्नु छ। सच्चा बाबासँग सच्चा रहनु छ। माता-पितालाई पूरा अनुसरण गर्नु छ। ज्ञान रत्नको दान गरिरहनु छ।

वरदान:

आफ्नो अव्यक्त शान्त स्वरुपद्वारा वातावरणलाई अव्यक्त बनाउने साक्षात् मूर्ति भव:-  

जसरी सेवाका अन्य कार्यक्रम बनाउँछौ, त्यस्तै बिहानदेखि रातीसम्म यादको यात्रामा कसरी र कहिले रहने– यो पनि कार्यक्रम बनाऊ। बीच-बीचमा दुई-तीन मिनेटको लागि संकल्पको ट्राफिकलाई विराम देऊ। जब कोही व्यक्त भावमा ज्यादा आउँछ भने उसलाई नभनिकन आफ्नो अव्यक्त शान्त रुप यस्तो धारण गर, जसबाट उसले पनि इशाराले बुझोस्। यसबाट वातावरण अव्यक्त रहन्छ। अनोखापन देखिन्छ र तिमी साक्षात्कार गराउने साक्षात् मूर्ति बन्नेछौ।

स्लोगन:

सम्पूर्ण सत्यता नै पवित्रताको आधार हो।   



***OM SHANTI***

Google+ Followers