BK Murli 4 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 4 May 2016 Nepali

    2073 वैशाख 22 बुधबार

    “मीठे बच्चे– जब तिमी सम्पूर्ण पावन बन्छौ, तब नै बाबाले तिम्रो बलिहारी स्वीकार गर्नुहुन्छ। आफ्नो दिलसँग सोध– म कति पावन बनेको छु?”  

    प्रश्न:

    तिमी बच्चाहरू अहिले खुशी-खुशी बाबामाथि बलि चढ्छौ, किन?

    उत्तर:

    किनकि तिमीले जान्दछौ– अहिले हामी बलिहार जान्छौं भने बाबा २१ जन्मको लागि बलिहार जानुहुन्छ। तिमी बच्चाहरूलाई यो पनि थाहा छ– अब यस अविनाशी रूद्र ज्ञान यज्ञमा सबै मनुष्यहरू स्वाहा हुनु छ। त्यसैले तिमीले पहिले नै खुशी-खुशी आफ्नो तन-मन-धन सफल गरिदिन्छौ।

    गीतः

    मुखडा देख ले प्राणी...

    ओम् शान्ति।

    शिव भगवानुवाच। अवश्य आफ्ना बच्चाहरूलाई नै ज्ञान सिकाउनुहुन्छ वा श्रीमत दिनुहुन्छ– हे प्यारा बच्चाहरू वा हे प्राणी। शरीरबाट प्राण निस्कन्छ वा आत्मा निस्कन्छ, एउटै कुरा हो। हे प्राणी वा हे बच्चाहरू। तिमीले देख्यौ– मेरो जीवनमा कति पाप थियो र कति पुण्य थियो! हिसाब त बताइदिएको छु– तिम्रो जीवनमा आधाकल्प पुण्य, आधाकल्प पाप हुन्छ। पुण्यको वर्सा बाबाबाट मिल्छ, जसलाई राम भनिन्छ। राम निराकारलाई भनिन्छ, नकि सीतावाला रामलाई। तिमी बच्चाहरू, जो आएर ब्रह्मा मुखवंशावली ब्राह्मण बनेका छौ। तिम्रो बुद्धिमा आएको छ– अवश्य आधाकल्प हामी पुण्य आत्मा नै थियौं, फेरि आधाकल्प पाप आत्मा बन्यौं। अब पुण्य आत्मा बन्नु छ। कति पुण्य आत्मा बनेका छौ, त्यो हरेकले आफ्नो दिलसँग सोधोस्। पाप आत्माबाट पुण्य आत्मा कसरी बन्ने– त्यो पनि बाबाले सम्झाउनुभएको छ। यज्ञ, तप आदिले तिमी पुण्य आत्मा बन्दैनौ। त्यो हो भक्तिमार्ग, यसबाट कुनै पनि आत्मा पुण्य आत्मा बन्न सक्दैन। अहिले तिमी बच्चाहरू सम्झन्छौ– हामी पुण्य आत्मा बनिरहेका छौं। आसुरी मतले पाप आत्मा बन्दै-बन्दै सिँढी झर्दै आएका छौ। कति समय हामी पुण्य आत्मा बन्छौं वा सुखको वर्सा लिन्छौं– यो कसैलाई थाहा छैन। उहाँ बाबालाई याद त सबै मनुष्यले गर्छन्, उहाँलाई नै परमपिता परमात्मा भनिन्छ। ब्रह्मा-विष्णु-शंकरलाई परमात्मा भनिदैन, त्यस्तै कसैलाई पनि परमात्मा भन्न सकिँदैन। चाहे यस समयमा तिमी प्रजापिता ब्रह्मा भन्छौ तर प्रजापितालाई कहिल्यै भक्तिमार्गमा याद गर्दैनन्। याद त फेरि पनि सबैले निराकार बाबालाई नै गर्छन्– ओ गड फादर, हे भगवान! शब्द नै निस्कन्छ। एकलाई नै याद गर्छन्। मनुष्यले आफूलाई गड फादर भन्न सक्दैनन्। न ब्रह्मा-विष्णु-शंकरले आफूलाई गड फादर भन्न सक्छन्। उनीहरूको शरीरको नाम त छ नि। एक गड फादर नै हुनुहुन्छ, जसको आफ्नो शरीर छैन। भक्तिमार्गमा पनि शिवको धेरै पूजा गर्छन्। अहिले तिमी बच्चाहरू जान्दछौ– शिवबाबाले यस शरीरद्वारा हामीसँग कुरा गर्नुहुन्छ– हे बच्चाहरू! कति प्यारले भन्नुहुन्छ– सम्झाउनुहुन्छ– म सबैको पतित-पावन, सद्गतिदाता हुँ। मनुष्यले बाबाको महिमा गर्छन् नि तर उनीहरूलाई थाहा छैन– ५ हजार वर्ष पछि आउनुहुन्छ। अवश्य जब कलियुगको अन्त्य हुन्छ तब नै आउनुहुन्छ। अहिले कलियुगको अन्त्य हो त्यसैले अवश्य अहिले आउनुभएको छ। तिमीलाई कृष्णले पढाउँदैनन्। श्रीमत मिल्छ, श्रीमत कुनै कृष्णको हुँदैन। कृष्णको आत्मा पनि श्रीमतले नै देवता बनेको थियो फेरि ८४ जन्म लिँदै अहिले तिमी आसुरी मतवाला बनेका छौ। बाबा भन्नुहुन्छ– म आउँछु नै तब, जब तिम्रो चक्र पूरा हुन्छ। तिमी जो शुरुमा आएका थियौ, अब जीर्ण अवस्थामा छौ। वृक्ष पुरानो जीर्ण हुन्छ भने सारा वृक्ष त्यस्तै हुन्छ। बाबा सम्झाउनुहुन्छ– तिमी तमोप्रधान बन्नाले सबै तमोप्रधान बनेका छन्। यो मनुष्य सृष्टिको भेराइटी धर्मको वृक्ष हो, यसलाई उल्टो वृक्ष भनिन्छ। यसको बीज माथि छ। त्यस बीजबाट नै सारा वृक्ष निस्कन्छ। मनुष्य भन्छन् पनि– “ओ गड फादर” आत्माले भन्छ, आत्माको नाम आत्मा नै हो। आत्मा शरीरमा आउँछ त्यसैले शरीरको नाम राखिन्छ, खेल चल्छ। आत्माहरूको दुनियाँमा खेल चल्दैन। खेल खेल्ने ठाउँ नै यो हो। नाटकमा प्रकाश आदि सबै हुन्छ। बाँकी जहाँ आत्माहरू रहन्छन्, वहाँ सूर्य, चन्द्रमा हुँदैनन्, ड्रामाको खेल चल्दैन। रात-दिन यहाँ हुन्छन्। सूक्ष्मवतन वा मूलवतनमा रात-दिन हुँदैनन्, कर्मक्षेत्र यो हो। यसमा मनुष्यले राम्रा काम पनि गर्छन्, खराब काम पनि गर्छन्। सत्ययुग-त्रेतामा राम्रा कर्म हुन्छन् किनकि वहाँ ५ विकार रुपी रावणको राज्य नै हुँदैन। बाबाले बसेर कर्म, अकर्म, विकर्मको रहस्य बताउनुहुन्छ। कर्म त गर्नु नै छ, यो कर्मक्षेत्र हो। सत्ययुगमा जो मनुष्यले कर्म गर्छन् त्यो अकर्म हुन्छ। वहाँ रावण राज्य नै हुँदैन, त्यसलाई स्वर्ग भनिन्छ। यस समयमा हेविन छैन। सत्ययुगमा एक भारतवर्ष नै थियो अरु खण्ड थिएनन्। हेवनली गड फादर भन्छन् भने अवश्य हेविन नै रच्नुहुन्छ होला। यो सबै देशकाले जान्दछन्– भारत प्राचीन देश हो। सबैभन्दा पहिले केवल भारत नै थियो, यो कसैलाई थाहा छैन। अहिले त छैन नि। यो हो नै ५ हजार वर्षको कुरा। भन्छन् पनि क्राइस्ट भन्दा ३ हजार वर्ष पहिले भारत हेविन थियो। रचयिताले अवश्य रचना रच्नुहुन्छ। तमोप्रधान बुद्धि भएकोले यति पनि बुझ्दैनन्। भारत त सबैभन्दा उच्च खण्ड हो। पहिलो वंश हो मनुष्य सृष्टिको। यो पनि ड्रामा बनेको छ। धनीले गरिबलाई मदत गर्छन्। यो पनि चल्दै आउँछ। भक्तिमार्गमा पनि धनीले गरिबलाई दान गर्छन्। तर यो हो नै पतित दुनियाँ। त्यसैले जे जति दान-पुण्य गर्छन्, पतितले नै गर्छन्। जसलाई दान गर्छन् उनीहरू पनि पतित नै छन्। पतितले पतितलाई दान गर्छन्, त्यसको फल के पाउँछन्। जतिसुकै दान-पुण्य गरे पनि गिर्दै आएका छन्। भारत जस्तो दानी खण्ड अरु कुनै हुँदैन। यस समय तिम्रो जे जति तन, मन, धन छ त्यो सबै यसमा स्वाहा गर्छौ। यसलाई भनिन्छ राजस्व अश्वमेध अविनाशी ज्ञान यज्ञ। आत्माले भन्छ– यो जुन पुरानो शरीर छ, यसलाई पनि यहाँ स्वाहा गर्नु छ किनकि तिमीले जान्दछौ– सारा दुनियाँका मनुष्य मात्र यसमा स्वाहा हुन्छन्, त्यसैले हामी किन खुशीले बाबामाथि बलि नचढ्ने। आत्माले जान्दछ– हामीले बाबालाई याद गर्छौं। भन्दै पनि आएका छन्– बाबा हजुर जब आउनुहुन्छ, हामी हजुरमाथि बलि चढ्छौं किनकि अहिले हामी बलिहार जानाले हजुर फेरि २१ जन्मको लागि बलिहार जानुहुन्छ। यो सौदागरी हो। हामी हजुरमाथि बलिहार जान्छौं भने हजुर पनि २१ पटक बलिहार जानुहुन्छ। बाबा भन्नुहुन्छ– जबसम्म तिम्रो आत्मा पवित्र बन्दैन, तबसम्म मैले बलिहारी स्वीकार गर्दिनँ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने आत्मा पवित्र बन्छ। बाबालाई भुल्नाले तिमी कति पतित दुःखी भएका छौ। मनुष्य दुःखी हुन्छन् भने फेरि शरणागति लिन्छन्। अहिले तिमी ६३ जन्म रावणबाट धेरै दुःखी भएका छौ। एक सीताको कुरा होइन, जति पनि मनुष्य मात्र छन् सबै सीताहरू हुन्। रामायणमा त कथा लेखिदिएका छन्। रावणले सीतालाई शोक बाटिकामा राख्यो। वास्तवमा कुरा सारा यस समयको हो। सबै रावण अर्थात् ५ विकारको जेलमा छन् त्यसैले दुःखी भएर पुकार्छन्– हामीलाई यसबाट छुटाउनुहोस्। एकको कुरा होइन। बाबाले सम्झाउनुहुन्छ– सारा दुनियाँ रावणको जेलमा छ। रावण राज्य हो नि। भन्छन् पनि– रामराज्य चाहियो। गान्धीले पनि भने, संन्यासीले कहिल्यै यस्तो भन्दैनन् रामराज्य चाहियो। हिन्दूहरूले नै भन्छन्। यस समयमा आदि सनातन देवी-देवता धर्म छैन, अरु शाखाहरू छन्। सत्ययुग थियो, जहाँ एकै आदि सनातन देवी-देवता धर्म थियो। अहिले त्यो नाम नै बदलिएको छ। आफ्नो धर्मलाई बिर्सिएर फेरि अरु-अरु धर्ममा परिवर्तित भएका छन्। मुसलमानहरू आए, कति हिन्दूहरूलाई आफ्नो धर्ममा परिवर्तन गरिदिए। क्रिश्चियन धर्ममा पनि धेरै परिवर्तित भएका छन् त्यसैले हिन्दूहरूको जनसंख्या कम भएको छ। नत्र हिन्दूहरूको जनसंख्या सबैभन्दा बढी हुनु पर्ने थियो। अनेक धर्ममा परिवर्तित भएका छन्। बाबा भन्नुहुन्छ– तिम्रो जुन आदि सनातन देवी-देवता धर्म हो, त्यो सबैभन्दा उच्च छ। सतोप्रधान थियौ, अब उनीहरू नै बदलिएर फेरि तमोप्रधान बनेका छन्। अब तिमी बच्चाहरू जान्दछौ– ज्ञानसागर, पतित-पावन जसलाई बोलाउँछन्, उहाँले नै सम्मुख पढाइरहनु भएको छ। उहाँ ज्ञानका सागर, प्रेमका सागर हुनुहुन्छ। क्राइस्टको यस्तो महिमा गरिदैन। कृष्णलाई ज्ञानसागर, पतित-पावन भनिदैन। सागर एकै हुन्छ। चारैतर्फ वरिपरि सागर नै सागर छ। सागर दुईवटा छैन। यो मनुष्य सृष्टिको नाटक हो, यसमा सबैको अलग-अलग पार्ट छ। बाबा भन्नुहुन्छ– मेरो कर्तव्य सबैभन्दा अलग छ, म ज्ञानको सागर हुँ। मलाई नै तिमीले पुकार्छौ– हे पतित-पावन, फेरि भन्छौ– मुक्तिदाता। मुक्त केबाट गर्नुहुन्छ? यो पनि कसैले जान्दैनन्। तिमीले जान्दछौ– हामी सत्ययुग त्रेतामा धेरै सुखी थियौं, त्यसलाई स्वर्ग भनिन्छ। अहिले त छ नै स्वर्ग यसैले पुकार्छन्– दुःखबाट मुक्त गरेर सुखधाममा लैजानुहोस्। संन्यासीले कहिल्यै भन्दैनन्– फलानो स्वर्गवासी भयो, उनीहरूले फेरि भन्छन्– पार निर्वाण गयो। बेलायतमा पनि भन्छन्– लेफ्ट फर हेवनली अवोड। सम्झन्छन्– गड फादरको पासमा गयो। हेवनली गड फादरले भन्नुहुन्छ– वास्तवमा हेवन थियो। अहिले छैन। हेल पछि हेवन हुनुपर्छ। गड फादरलाई यहाँ आएर हेवन स्थापना गर्नु छ। सूक्ष्मवतन, मूलवतनमा कुनै हेवन हुँदैन। अवश्य बाबालाई नै आउनुपर्छ। 

    बाबा भन्नुहुन्छ– म आएर प्रकृतिको आधार लिन्छु, मेरो जन्म मनुष्यहरूको जसरी हुँदैन। म गर्भमा आउँदिनँ, तिमीहरू सबै गर्भमा आउँछौ। सत्ययुगमा गर्भमहल हुन्छ किनकि वहाँ कुनै विकर्म हुँदैन जसले गर्दा सजाय भोग्नुपरोस् त्यसैले त्यसलाई गर्भमहल भनिन्छ। यहाँ विकर्म गर्छन्, जसको सजाय भोग्नुपर्छ, त्यसैले गर्भजेल भनिन्छ। यहाँ रावण राज्यमा मनुष्यहरूले पाप गरिरहन्छन्। यो हो नै पाप आत्माहरूको दुनियाँ। त्यो हो पुण्य आत्माहरूको दुनियाँ– स्वर्ग। त्यसैले भन्छन्– पीपलको पातमा कृष्ण आउनुभयो। यो कृष्णको महिमा देखाउँछन्। सत्ययुगमा गर्भमा दुःख हुँदैन। बाबाले कर्म, अकर्म, विकर्मको गति सम्झाउनुहुन्छ। जसको फेरि शास्त्र गीता बनाएका छन्। तर त्यसमा शिव भगवानुवाचको सट्टामा कृष्णको नाम राखेका छन्। अब तिमीले जान्दछौ– हामीले बेहदका बाबाबाट बेहद सुखको वर्सा लिन्छौं। अहिले भारत रावणबाट श्रापित भएको छ त्यसैले दुर्गति भएको छ। यो ठूलो श्राप पनि ड्रामामा निश्चित छ। बाबाले आएर वर दिनुहुन्छ– आयुष्मान भव, पुत्रवान भव, सम्पत्तिवान भव.... सबै सुखको वर्सा दिनुहुन्छ। तिमीलाई आएर पढाउनुहुन्छ, जुन पढाइले तिमी देवता बन्छौ। यो नयाँ रचना भइरहेको छ। ब्रह्माद्वारा तिमीलाई बाबाले आफ्नो बनाउनुहुन्छ। गाइएको पनि छ प्रजापिता ब्रह्मा। तिमीहरू उनका सन्तान ब्रह्माकुमार-कुमारी बनेका छौ। हजुरबुवाको वर्सा बाबाद्वारा लिन्छौ। पहिले पनि लिएका थियौ। अहिले फेरि बाबा आउनुभएको छ। बाबाका बच्चाहरू भएपछि बाबाको पासमा जानुपर्छ। तर गाइएको छ, प्रजापिता ब्रह्माद्वारा मनुष्य सृष्टिको स्थापना हुन्छ। त्यसैले त्यो यहाँ हुन्छ नि। आत्माको सम्बन्धमा भनिन्छ हामी भाइ-भाइ हौं। प्रजापिता ब्रह्माका सन्तान बन्नाले तिमी भाइ-बहिनी बन्छौ। यस समयमा तिमी सबै भाइ-बहिनी हौ, तिमीले बाबाबाट वर्सा लिएका थियौ। अहिले पनि बाबाबाट वर्सा लिइरहेका छौ। शिवबाबाले भन्नुहुन्छ– मलाई याद गर। तिमी आत्माहरूले शिवबाबालाई याद गर्नु छ। याद गर्नाले नै तिमी पावन बन्छौ, अरु कुनै उपाय छैन। पावन नबनेसम्म तिमी मुक्तिधाममा जान पनि सक्दैनौ। जीवन मुक्तिधाममा पहिले आदि सनातन देवी-देवता धर्म थियो, फेरि नम्बरवार अरु-अरु धर्म आए। बाबा अन्त्यमा आएर सबैलाई दुःखबाट मुक्त गर्नुहुन्छ। उहाँलाई भनिन्छ पनि मुक्तिदाता। बाबा भन्नुहुन्छ– तिमीले केवल मलाई याद गर्यौ भने तिम्रा पाप भस्म हुन्छ। बोलाउँछन् पनि– बाबा आउनुहोस्, हामीलाई पतितबाट पावन बनाउनुहोस्। टिचरले त पढाउँछ, यसमा केही चरित्रको के कुरा हुन्छ र? यो पनि पढाइ हो। बाबा ज्ञानका सागरले नै आएर ज्ञान दिनुहुन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) कर्म, अकर्म र विकर्मको गतिलाई जानेर अब कुनै पनि विकर्म गर्नु छैन। कर्मक्षेत्रमा कर्म गर्दै विकारहरूको त्याग गर्नु नै विकर्मबाट बच्नु हो।

    २) यस्तो पावन बन्नु छ ताकि बाबाले हाम्रो बलिहारीलाई स्वीकार गर्नु हुनेछ। पावन बनेर पावन दुनियाँमा जानु छ। तन-मन-धन यस यज्ञमा स्वाहा गरेर सफल गर्नु छ।

    वरदान:

    यस लोकको लगावबाट मुक्त बनेर अव्यक्त वतनको भ्रमण गर्नेवाला उड्ता पक्षी भव  

    बुद्धिरुपी विमानद्वारा अव्यक्त वतन वा मूलवतनको भ्रमण गर्नको लागि उड्ता पक्षी बन। बुद्धिद्वारा जब चाह्यो, जहाँ चाह्यो पुगिहाल। यो तब हुन्छ, जब यस लोकको लगावबाट बिल्कुलै पर रहन्छौ। यो असार संसार हो। यस असार संसारसँग जब कुनै काम छैन, कुनै प्राप्ति छैन भने बुद्धिद्वारा पनि जान बन्द गरिदेऊ। यो रौरव नर्क हो यसमा जाने संकल्प र स्वप्न पनि नआओस्।

    स्लोगन:

    आफ्नो चलन र चेहराबाट सत्यताको सभ्यताको अनुभव गराउनु नै श्रेष्ठता हो।   



    ***OM SHANTI***