BK Murli 6 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 6 May 2016 Nepali

    2073 वैशाख 24 शुक्रबार

    “मीठे बच्चे– अहिले तिमी शूद्र घरानाबाट निस्केर ब्राह्मण घरानामा आएका छौ, बाबाले ब्रह्मा मुखद्वारा तिमीलाई आफ्नो बनाउनुभएको छ त्यसैले यसै खुशीमा रहने गर।”  

    प्रश्न:

    कुनचाहिँ गुप्त रहस्य ब्राह्मण कुलका बच्चाहरूले मात्र जान्न सक्छन्?

    उत्तर:

    निराकार शिवबाबा हाम्रो पिता हुनुहुन्छ अनि यी ब्रह्मा हाम्रो माता हुन्। निराकार भगवान कसरी माता-पिता, बन्धु-सखा बन्नुहुन्छ? यो अति गुप्त रहस्य ब्राह्मण कुलका बच्चाहरूले मात्र जान्न सक्छन्। त्यसमा पनि जो दैवी कुलमा उच्च पद पाउनेवाला हुन्छन् उनैले यो रहस्य यथार्थ रीति जान्न सक्छन्।

    ओम् शान्ति।

    प्यारा बच्चाहरू बसेका छौ, बुझिरहेका छौ– हाम्रो बापदादा आउनुभएको छ। बाबा त दादा सँगै हुनुहुन्छ, त्यसैले त भनिन्छ बापदादा आउनुभएको छ। उहाँ टिचर पनि हुनुहुन्छ। बाबाले दादा विना त केही पनि बताउन सक्नुहुन्न। बुद्धि चल्नुपर्छ किनकि यो नयाँ कुरा हो नि। अज्ञान कालमा याद गरिन्छ सिंगललाई। भनिन्छ हाम्रो गुरू फलाना हुनुहुन्छ। उनको शरीरको नाम जान्दछन्। हाम्रो बुवा, हाम्री आमा फलाना ठाउँमा हुनुहुन्छ। उहाँको नाम रुप सबै कुरा छन्। मनुष्यहरूले फेरि छोटकरीमा लेखिदिए। मनुष्यहरूले जे बनाए त्यसमा केही न केही गल्ती छ। गायन छ– त्वमेव माता च पिता त्वमेव..... यसरी एकको लागि नै गाइन्छ। ब्रह्माको लागि पनि गाइँदैन। उनको नाम-रुप बुद्धिमा आउँदैन। न विष्णुको, न शंकरको। गाइन्छ पनि– तिमी माता पिता, हामी बालक तिम्रो। यसो भन्दा बुद्धि माथि तिर जान्छ। कृष्णको याद कसैले गर्न सक्दैन। फेरि पनि याद त निराकारको नै गर्छन्, उनकै महिमा हो। त्यसैले बाबा सम्झाउनुहुन्छ– यहाँ जब बस्छौ तब लौकिक सम्बन्धबाट बुद्धियोग निकालेर, पारलौकिक बाबालाई याद गर। यस समय बाबा सम्मुख हुनुहुन्छ। भक्तिमार्गमा जे गाउँछन्, त्यसबेला माथि हेरेर भन्छन्– तिमी मात-पिता... हे भगवान भनेर याद गरिन्छ। जब भगवान भन्छां, त्यतिबेला शिवलिंगलाई पनि याद गर्दैनौं। सुगाले जस्तै यत्तिकै गाउँछौं। लक्ष्मी-नारायणको लागि पनि यस्तो भन्न सक्दैनौं। उनीहरू त महाराजा- महारानी हुन्। उनका बच्चाले नै माता-पिता भन्छन्, बन्धु भन्दैनन्। भक्तहरूले गाउँछन्– पतित-पावन, तर यो बुद्धिमा आउँदैन उहाँ शिवलिंग हुनुहुन्छ। त्यत्तिकै केवल भनिदिन्छन्– हे भगवान! हे भगवान! कसले भन्यो, कसलाई भनियो? केही थाहा छैन। यदि म आत्मा हुँ, उहाँलाई बोलाउँछु भन्ने ज्ञान भएको भए उहाँ निराकार परमात्मा हुनुहुन्छ भनेर जान्ने थिए। उहाँको रुप नै लिंग हो। यथार्थ रुपले कसैले बाबालाई याद गर्दैनन्। उहाँबाट के मिल्छ, कहिले हुन्छ– यो केही पनि जान्दैनन्। तिमीले पनि जान्दैनथ्यौ। अहिले त बाबाको बनेका छौ। तिमी जान्दछौ– हामीलाई शिवबाबाले ब्रह्माद्वारा आफ्नो बच्चा बनाउनुभएको हो। यी ब्रह्मा माँ हुन्। यिनै ब्रह्मा माताद्वारा शिवबाबाले गोद लिनुभयो। यस समय तिमीले राम्रोसँग जान्दछौ। हामी शिवबाबाका बच्चाहरू हौं। साकारमा फेरि प्रजापिता ब्रह्माका बच्चाहरू हौं। प्रजापिता ब्रह्माद्वारा मनुष्यको सृष्टि रच्नुहुन्छ। यस्तो होइन, कुनै नयाँ सृष्टि रच्नुहुन्छ। होइन, यस समयमा आएर गोद लिनुहुन्छ, एडाप्ट गर्नुहुन्छ। अब माता-पिता भन्छौ भने शिव पिता हुनुभयो, अनि ब्रह्मा माता हुनुभयो। उनलाई भनिन्छ मात-पिता। बाबाले ब्रह्माद्वारा भन्नुहुन्छ– तिमी आत्माहरू मेरा बच्चाहरू हौ। फेरि बसेर आत्मालाई परिचय दिनुहुन्छ– आत्मा के हो? भनिन्छ पनि भृकुटीको बीचमा बस्छ, तारा जस्तै छ। बाँकी केही पनि जान्दैनन्। यो त भन्न सक्दैनन्– आत्माले ८४ जन्म लिन्छ। आत्माले शरीरद्वारा पार्ट खेल्छ। भिन्न-भिन्न नाम, रुप, देश, काल अनुसार आत्माले एउटा शरीर छोडेपछि सारा परिवार नै बदलिन्छ। कसैले एडप्ट गर्छन् भने परिवार नै बदलिन्छ। माता-पिता, जसबाट जन्म लियो, उनलाई पनि जान्दछन्। फेरि जसले गोद लिन्छन् उसैको घरको बन्न पुग्छन्। यहाँ तिमी शूद्र घरानाबाट निस्केर अब ब्राह्मण घरानामा आएका छौ। ब्रह्मा तनद्वारा तिमीलाई एडप्ट गरियो। तिमी त ब्राह्मण कुलमा आयौ। यी कुरा शास्त्रमा लेखिएको छैन, सम्झाइन्छ। लेख्नाले कसैले बुझ्दैनन्। 

    अहिले तिमी बच्चाहरूले नै जान्दछौ– हामी परमपिता परमात्माका सन्तान बनेका छौं। यिनी भए माता। ब्रह्मालाई प्रजापिता नै भनिन्छ। यिनीद्वारा तिमी बच्चाहरूलाई गोद लिन्छु– यी कति गुप्त कुरा हुन्। सम्मुख रहने बाहेक अरु कसैले बुझ्न सक्दैन। बुझ्छन् पनि उनैले, जो यस ब्राह्मण कुलका हुन्छन्। दैवी कुलमा उच्च पद पाउनेहरू हुन्छन्। नयाँ कसैको बुद्धिमा यो कुरा बस्न सक्दैन। न बुद्धिमा बस्छ, न अरु कसैलाई सम्झाउन सक्छन्। तिमीहरूमा पनि नम्बरवार पुरूषार्थ अनुसार छन्, जसको बुद्धिमा बस्छ। गायन गरिन्छ– त्वमेव माताश्च पिता... याद गरिन्छ शिव बाबालाई। फेरि भन्दछन्, तिमी माता-पिता। एक बाबा फेरि माता-पिता कसरी? यी कुरा अरु कसैले सम्झाउन सक्दैन। जसरी शास्त्रहरूमा व्यासजीले जे लेख्नुभयो, त्यसलाई मनुष्यहरूले कण्ठ गरेका छन्। त्यसैगरी तिमीलाई पनि भन्छन्– तिमीलाई कसैले बतायो, तिमीले कण्ठ गर्यौ। नयाँ मनुष्यको लागि बुझ्न धेरै मुश्किल छ। यहाँ बस्नेहरूमा पनि कसैले यति कसैलाई बुझाउन सक्दैनन्। तिमी आत्मा हौ– तिम्रा पिता परमपिता परमात्मा हुनुहुन्छ। उहाँ बेहदका पिताले नै बेहदको वर्सा दिनुहुन्छ। वर्सा दिनुभएको थियो फेरि पुनर्जन्म लिंदा लिंदा ८४ जन्म पूरा भयो, अब बाबा फेरि वर्सा दिन आउनुभएको छ। यो कसैलाई सम्झाउन कति सजिलो छ। तिमी माता-पिता भनेर कसलाई भनिएको हो? विचार गर्नुपर्ने कुरा हो नि। ब्रह्माद्वारा एडप्ट गरिन्छ फेरि माता पनि अवश्य हुनुपर्छ। जो अनन्य बच्ची छन्, ड्रामा प्लान अनुसार उनलाई जगत् अम्बाको टाइटल दिइन्छ। पुरूषलाई जगत् अम्बा भन्न सकिदैन, यिनलाई जगत् पिता भनिन्छ। यिनको प्रजापिता नाम प्रख्यात छ। प्रजा माता को त? मातालाई एडप्ट गरिन्छ। आदिदेव त छन् फेरि आदि देवीलाई तयार गरिन्छ। जगत् अम्बा त एउटै छिन्, उनको महिमा छ। जगत् अम्बाको नाममा कति मेला लाग्छ। तर उनको कर्तव्यलाई कसैले जान्दैन। कलकत्तामा कालीको मन्दिर छ। बम्बैमा पनि जगत् अम्बाको मन्दिर छ। अनुहार बेग्ला बेग्लै छन्। जगत् अम्बा को हुन्? यो कसैले पनि जान्दैन। उनलाई पनि भगवती भनिन्छ। अब जगत् अम्बालाई भगवती भन्न सकिंदैन। उनी त ब्राह्मणी हुन्, ज्ञान-ज्ञानेश्वरी हुन्, उनलाई बाबाबाट ज्ञान मिलेको छ। तिमी सबै जगत् अम्बाका बच्चाहरू हौ। ज्ञान सुनेर फेरि सुनाउँछौ। तिम्रो धन्दा नै यही भयो। तिमीलाई ईश्वरले पढाउनुहुन्छ, कुनै मनुष्यले पढाउँदैन। यी ब्रह्मा पनि त मनुष्य हुन्। मनुष्यले कसैलाई पनि पावन बनाउन सक्दैन। मनुष्यको बुद्धि यति बोधो भएको छ, जसकारण केही पनि बुझ्न सक्दैन। पतित-पावन त एक बाबा नै हुनुहुन्छ। उहाँ आउनुहुन्छ नै पतितहरूलाई पावन बनाउन। यो सारा दुनियाँ तमोप्रधान छ, सबै पतित छन्। नयाँ दुनियाँ पावन, पुरानो दुनियाँ पतित। पुरानो दुनियाँमा छन् नर्कवासी। नयाँ दुनियाँमा छन् स्वर्गवासी। बुद्धिले पनि भन्छ– सत्ययुगमा केवल देवी-देवताहरू हुन्छन्, अरु कोही हुँदैनन्। अहिले तिमी बच्चाहरूलाई यो ज्ञान मिलेको छ। नयाँ दुनियाँमा पहिले सूर्यवंशी देवता थिए, फेरि चन्द्रवंशी भए, त्यसैले सूर्यवंशी पास्ट भए। चन्द्रवंशी पछि फेरि वैश्य वंशी... आउँछन्, अवश्य लक्ष्मी-नारायणको राज्य थियो। त्यो भन्दा अगाडि के थियो? यो कसैले बुझ्न सक्दैनन्। तिमी बच्चाहरूलाई बाबाले चक्रको रहस्य सम्झाउनुभएको छ। द्वापरमा हुन्छन् वैश्य वंशी। कलियुगमा हुन्छन् शूद्रवंशी। 

    अहिले तिमी जान्दछौ– हामी ब्राह्मण बनेका छौं। तिमीलाई बाबाले आफ्नो बनाउनुभएको छ अर्थात् शूद्र धर्मबाट देवता धर्ममा ट्रान्सफर गर्नुभएको छ। अब सूर्यवंशी, चन्द्रवंशी त छँदै छैनन्। न लक्ष्मी-नारायणको राज्य छ, न रामराज्य छ। अब छ कलियुगको अन्त्य। कलियुग पछि अवश्य सत्ययुग आउँछ। कलियुगमा यो पुरानो, पतित दुनियाँ छ, महादुःखी छन्। त्यसैले गएर देवताहरूको महिमा गाउँछन्, टाउको टेक्छन्। लक्ष्मी-नारायणलाई यो राज्य कसले दियो? कोही छ जसले बताउन सक्छ? कसैको पनि ख्यालमा छैन किनकि बुद्धिमा छ, कलियुग अहिले बच्चा छ। चालिस हजार वर्ष बाँकी छ, त्यसैले ख्यालै आउँदैन। अहिले तिमीलाई ख्याल आउँछ। कति बच्चाहरू भन्छन् हामीलाई याद रहँदैन। किन रहँदैन? किनकि बिहान सबेरै उठेर यादमा बसेर धारणा गर्दैनन्। बुझेका पनि छन्, तर कसैलाई बुझाउन सक्दैनन्। यस्तो त अवश्य हुन्छ। सबै एकरस र समझदार त बन्न सक्दैनन्। समझदार पनि चाहिन्छ, बेसमझ पनि चाहिन्छ। धेरै समझदारहरू त गएर राजा-रानी बन्छन्। जति जति जसले धेरै सम्झन्छ र सम्झाउँछ उसको नाम प्रख्यात हुन्छ। प्रदर्शनीहरू हुन्छन् भने लेख्छन्– बाबा! फलानीलाई पठाइदिनुहोस्। के तिमीले सम्झाउन सक्दैनौ? बाबा! उनको धेरै अभ्यास छ। हामी अलि कच्चा छौं। बाबा स्वयं पनि भन्नुहुन्छ– कहींबाट पनि निमन्त्रणा आयो भने लेखेर पठाऊ, को को छन्? मै हेर्छु– कस-कसलाई पठाउनुपर्छ? त्यस निमन्त्रणमा संन्यासी पनि छन् त? फेरि त धेरै योग्य ब्रह्माकुमारीलाई पठाउनुपर्छ। योग्य कुमारका छिन्, मनोहर छिन्, गंगे छिन्– यिनीहरू मध्ये कसैलाई पठाइदेऊ। बच्चाहरू त धेरै छन्। जगदीशलाई पठाइदेऊ, रमेशलाई पठाइदेऊ। तिमीले पनि जान्दछौ– को को होशियार छन्। जस्तै जज, मजिस्टे«ट हुन्छन्। एक अर्का भन्दा होशियार हुन्छन्। सरकारलाई थाहा हुन्छ, एक अर्को भन्दा होशियार छ। तब त केस एक अर्को भन्दा माथि जान्छ, फेरि उच्च अदालतमा जाऊ, फेरि त्यसभन्दा पनि माथि। त्यसले पनि ठीकसँग न्याय दिएन भने फेरि त्यस भन्दा माथि जान्छन्– यिनीमाथि तिमीले दया गर। अब यी सबै कुरा यहाँ हुन्छन्। सत्ययुग, त्रेतायुगमा हुँदैनन्। फेरि द्वापरमा राजा-रानीको राज्य हुन्छ। वहाँ त महाराजा-महारानीले नै केस सम्हाल्छन्। केस पनि थोरै हुन्छन्। अहिले त तमोप्रधान पतित छन् नि। बादशाहसम्म मुद्दा पुग्यो भने त थोरै सजायँ दिन्छन्। गल्ती ठूलो भयो भने सजायँ पनि ठूलो दिइन्छ। यहाँ त कति जज, वकिलहरू हुन्छन्। कारोबारमा यति फरक छ, सत्ययुगमा के हुन्छ, यो कसैलाई थाहा छैन। अहिले बाबाले सम्झाउनुभएको छ– कसैसँग पनि सोध, यी लक्ष्मी-नारायणलाई जान्नुहुन्छ? जस्तै बिरला छन्, धेरै मन्दिरहरू बनाइरहन्छन्, कुनै असल बच्चाले उनलाई चिठ्ठी लेख। हजुरले लक्ष्मी-नारायणको मन्दिर त धेरै बनाउनुहुन्छ। उनीहरूलाई यो राजधानी कसरी मिल्यो, जबकि सत्ययुग भन्दा पहिला त कलियुग थियो। कलियुगमा त केही छँदै छैन। देवताहरूले त कसैसँग लडाईं लडेनन्। लडाईंबाट कोही विश्वको मालिक बन्न सक्दैन। विश्वको जो मालिक थिए उनको यो लक्ष्मी-नारायणका चित्र राखिएको छ। अहिले त हो कलियुग। यहाँ हतियारहरूको लडाईं चल्छ। बाबाले सम्झाउनुभएको छ– क्रिश्चियन धर्मका सबै आपसमा मिले भने, आपसमा प्रीति राखे भने विश्वको मालिक बन्न सक्छन्। तर विश्वको मालिक त लक्ष्मी-नारायण नै बन्छन्। बुद्धिले भन्छ– यी आपसमा मिले भने त मालिक बन्न सक्छन् तर सत्ययुगमा राजा-रानी त कोही पनि बन्न सक्दैनन्। ड्रामा नै यस्तो बनेको छ। अहिले हामी फेरि योगबलले स्वर्गको वर्सा लिइरहेका छौं। तिमी बताउन सक्छौ– कल्प पहिले पनि संगममा बाबाबाट पद पाएका थियौं। ८४ जन्म पूरा भयो, फेरि वर्सा लिइरहेका छौं। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलार्र्र्र्ई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालार्र्र्ई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) स्वयंले धारणा गर्न र अरुलाई गराउनको लागि सबेरै-सबेरै उठेर बाबाको यादमा बस्नु छ। जो बुझेका छौ, त्यो अरुलाई बुझाउने अभ्यास गर्नु छ।

    २) लौकिक सम्बन्धहरूबाट बुद्धियोग निकालेर एक पारलौकिक बाबालाई याद गर्नु छ। बाबाबाट जुन ज्ञान मिलेको छ, त्यो सुनेर सबैलाई सुनाउनु छ। यही तिम्रो धन्दा हो।

    वरदान:

    सबै आत्माहरूलाई शक्तिहरूको दान दिने मास्टर बीजरुप भव  

    अनेक भक्त आत्मारुपी पातहरू जुन सुकेर गएका छन्, ओइलाएका छन् तिनीहरूलाई फेरि आफ्नो बीजरुप स्थितिद्वारा शक्तिहरूको दान देऊ। उनीहरूलाई सर्व प्राप्ति गराउने आधार हो तिम्रो इच्छा मात्रम् अविद्याको स्थिति। जब स्वयं इच्छा मात्रम् अविद्या हुन्छौ, तब अरु आत्माहरूका सबै इच्छाहरूलाई पूर्ण गर्न सक्छौ। इच्छा मात्रम् अविद्या अर्थात् सम्पूर्ण शक्तिशाली बीजरुप स्थिति। त्यसैले मास्टर बीजरुप बनेर भक्तहरूको पुकार सुन, प्राप्ति गराऊ।

    स्लोगन:

    सदा परमात्माको छत्रछायाँमा रहनु नै अलौकिक जीवनको सुरक्षाको साधन हो।   




    ***OM SHANTI***