BK Murli 7 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:








    BK Murli 7 May 2016 Nepali

    2073 वैशाख 25 शनिबार

    “मीठे बच्चे– तिमी यहाँ आएका छौ आत्म-अनुभूति गर्न, तिमीले आफूलाई आत्मा सम्झिएर परमात्मा बाबाबाट सुन, देही-अभिमानी रहने अभ्यास गर।”   

    प्रश्न:

    तिमी बच्चाहरूसँग कसै-कसैले सोध्छन्– तपाईंले आत्माको साक्षात्कार गर्नुभएको छ? तिमीले उनलाई कुनचाहिँ उत्तर दिनुपर्छ?

    उत्तर:

    भन– हो, मैले आत्माको साक्षात्कार गरेको छु। आत्मा ज्योतिर्बिन्दु छ। आत्मामा नै असल र खराब संस्कार छ। आत्माको सारा ज्ञान अहिले हामीलाई मिलेको छ। जबसम्म आत्माको साक्षात्कार गरेको थिइनँ, तबसम्म देह-अभिमानी थिएँ। अहिले हामीलाई परमात्माद्वारा परमात्म-अनुभूति र आत्म-अनुभूति भएको छ।

    गीतः

    न वह हमसे जुदा होंगे.........

    ओम् शान्ति।

    मीठा-प्यारा रुहानी बच्चाहरूले यो गीत सुन्यौ। रुहानी बच्चाहरूले भन्छन्– शरीरद्वारा। यस्तो कसैले कहिल्यै भन्दैन– हामी बलिहार जान्छौं साधु-सन्तहरूमाथि। बच्चाहरूले जान्दछन्– हामी बाबाको साथमा जानु छ, यो शरीर छोडिदिनु छ। त्यसैले भन्छन्– यो शरीर छोडेर हामी जान्छौं बाबाको साथमा। बाबा आउनुभएको छ नै साथमा लिएर जान। यो धेरै बुझ्नुपर्ने कुरा छ। बच्चाहरूले बोलाउँछन्, आएर हामी पतितहरूलाई पावन बनाउनुहोस्, फेरि के गरुँ। यहीँ त छोडेर जानुहुन्न। यो सारा दुनियाँ पतित छ, यस पतित दुनियाँबाट पावन दुनियाँमा लिएर जानको लागि बाबा आउनुभएको छ। हामी आत्माहरूलाई साथमा लिएर जानुहुन्छ। यो सारा दुनियाँ विकारी छ, यो पनि तिमीले जान्दछौ। तिमीले कसैलाई विकारी, पतित भन्यौ भने पनि रिसाउँछन्। मनुष्यहरूलाई बडो युक्तिसँग सम्झाउनुपर्छ। महिमा गर्नु छ एक बाबाको। अहिले तिमी बच्चाहरूलाई ज्ञान मिलेको छ, बडो समझसँग कुरा गर्नु छ। कहीँ धेरै प्रश्न उत्तर गर्छन् भने भन– अहिले हामी भर्खरै सिक्दै छौं, बडी दिदी आएर उत्तर दिनुहुन्छ। 

    तिमीले भन्दछौ– शिवबाबाले सम्झाउनुहुन्छ, भगवानुवाच– मनुष्य सबै पतित छन्। भगवान त पतित हुन सक्नुहुन्न। पतित-पावनलाई बोलाउँछन् किनकि पतित छन्। देहधारीहरूलाई भगवान भन्न सकिँदैन। भगवान निराकार शिवलाई भनिन्छ, शिवका मन्दिर पनि धेरै छन्। सबैभन्दा पहिले जब एउटा कुरालाई बुझ्दछन्, तब टिक्न सक्छन्। सबैभन्दा पहिले बताऊ, शिव भगवानुवाच। शिवबाबा भन्नुहुन्छ– म एकलाई याद गर। उहाँको आफ्नो शरीर छैन। ब्रह्मा-विष्णु-शंकरको पनि आफ्नो सूक्ष्म शरीर छ। देखिनमा आउँछ। उहाँ त देखिनमा आउनुहुन्न। उहाँलाई भनिन्छ नै परमपिता परमात्मा। तिमी पनि भन्छौ– म आत्माले एउटा शरीर छोडेर अर्का लिन्छु। तिमीले आफ्नो आत्माको साक्षात्कार गरेका छौ। भक्तिमार्गमा साक्षात्कारको लागि नवधा भक्ति गर्छन्। तर भक्तहरूले कहिल्यै साक्षात्कार गरेका हुँदैनन्। त्यो के चीज हो, त्यो बिलकुलै जान्दैनन्। केवल भन्छन्– उहाँ निराकार हुनुहुन्छ। बातचित त आत्माले गर्छ। संस्कार पनि आत्मामा रहन्छ। आत्मा निस्किएर गएपछि न आत्मा, न शरीरले कुरा गर्न सक्छ। आत्मा विना शरीरले केही गर्न सक्दैन। पहिले त आत्मालाई चिन्नु छ र बाबाद्वारा नै बाबालाई पहिचान गर्न सकिन्छ। आत्मालाई परमपिता परमात्माको साक्षात्कार कसरी हुन सक्छ? जबकि आफूलाई नै जान्न र देख्न सकिँदैन। भन्न त भन्छन्– “अजब सितारा चम्कन्छ” तर यो कसैलाई थाहा छैन– आत्मामा ८४ जन्मको पार्ट भरिएको छ। मनुष्य बिलकुल देह-अभिमानी रहन्छन्। अब बाबा भन्नुहुन्छ– देही-अभिमानी बन। आफूलाई आत्मा सम्झिएर फेरि मद्वारा सुन। सुन्नेवाला आत्मा हो, आत्मालाई सुनाउनेवाला परमात्मा चाहिन्छ। मनुष्यलाई सम्झाउने मनुष्य नै हुनुपर्छ। यो आत्माको ज्ञान कसैलाई छैन। त्यसैले भनिएको छ पहिले आत्मालाई जान। आत्म-अनुभूति गर। आत्माले स्वयं भन्छ– आत्मालाई मैले अनुभूति कसरी गरुँ। यो कहाँ कसैलाई थाहा छ र, म आत्मामा कसरी सारा पार्ट भरिएको छ। साधु संन्यासी आदि कसैले बताउन सक्दैन। बाबाले नै आएर बच्चाहरूलाई आत्म-अनुभूति गराउनुपर्छ। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झिएर म निराकार परमपिता परमात्मासँग सुन। आत्मा र परमात्माको जब मिलन हुन्छ तब यी कुरा हुन्छन्। दुनियाँलाई यो थाहै छैन– परमपिता परमात्मा कहिले आउनुहुन्छ? कसरी आएर सम्झाउनुहुन्छ? नजानेका कारण मतभेदमा आउँछन्। ती सबैको आधार हो शास्त्र। बाबा भन्नुहुन्छ– यसबाट न तिमीले मलाई अनुभूति गर्न सक्छौ, न आफूलाई अनुभूति गर्न सक्छौ। उनीहरूले त भनिदिन्छन्– आत्मा नै परमात्मा। यसो भन्दा के हुन्छ। हामीलाई पतितबाट पावन कसले बनाउँछ? त्रिकालदर्शी कसले बनाउँछ? कसैले पनि आत्मा र परमात्माको ज्ञान त दिन सक्दैन त्यसैले तिमी भन्छौ– जुन आत्माहरूले आफ्नो पितालाई जान्दैन, उनीहरू नास्तिक हुन्। उनीहरूले फेरि भनिदिन्छन् जसले भक्ति गर्दैन, ऊ नास्तिक हो। अब तिमी बच्चाहरू भक्ति त गर्दैनौ। तिम्रो पासमा चित्र धेरै राम्रा छन्। चित्रहरूमा पनि सम्झाइन्छ। कसैले विश्वको मानचित्र नै देखेको छैन भने उसलाई के थाहा, लन्डन कहाँ छ? अमेरिका कहाँ छ? जबसम्म टिचरले बसेर मानचित्रमा देखाउँदैन। तिमीले यी चित्रहरू बनाएका छौ तर विस्तारमा कसैले सम्झाउन सक्दैन। सूर्यवंशीहरूले यो राजधानी कहाँबाट लिए? फेरि चन्द्रवंशीहरूले कसरी लिए? के सूर्यवंशीसँग लडाईं गरे? तिमीले बुझेका छौ– सबैलाई एक बाबाबाट मिल्छ। सूर्यवंशी, चन्द्रवंशी त विश्वको मालिक हुन्। अर्का कुनै धर्म हुँदैन त्यसैले लडाईंको कुरा नै हुँदैन। अहिले तिमी जान्दछौ– हामी विश्वको मालिक बन्छौं। यस्तो होइन– सूर्यवंशीहरूलाई चन्द्रवंशीहरूले जिते वा युद्ध चल्यो। होइन, अलग अलग घराना हुन्छ। 

    अहिले तिम्रो बुद्धिमा यी चित्रहरूको सारा ज्ञान छ। विद्यालयमा पनि विद्यार्थीले पढ्दछन् भने बुद्धिमा सारा ज्ञान आउँछ। साना बच्चाहरूलाई किताबमा देखाइन्छ– यो हात्ती हो, यो फलानो हो। अब तिमीले यस ड्रामालाई जानेका छौ। यो सारा चक्र बुद्धिमा छ। यी हुन् सारा नयाँ कुरा र यी कुरालाई ब्राह्मण कुलले मात्र बुझ्दछन्। अरुले त बसेर फाल्तु विवाद गर्छन्। यस्तो पनि होइन– सबैलाई एकसाथ सम्झाउन सकिन्छ। होइन, अलग-अलग सम्झाउनुपर्छ। काइदा पनि छ– पहिले बाबालाई, आत्मालाई बुझेपछि क्लासमा बसून्। नत्र बुझ्नै सक्दैनन्। संशय ल्याइरहन्छन्। तिमीले सम्झाउनु छ– भगवान एकमात्र हुनुहुन्छ, उहाँ सर्वोच्च हुनुहुन्छ। देवताहरूलाई पनि भगवान भन्न सकिँदैन। आत्माको ज्ञान पनि तिमीलाई मिलेको छ। कर्मको भोग त आत्माले नै भोग्दछ। संस्कार आत्मामा नै रहन्छ। आत्माले सुन्छ यी अंगहरूद्वारा। भगवान बाबा एक हुनुहुन्छ, वर्सा उहाँबाट मिल्छ। बाबाले सम्झाउनुभएको छ– तिमी आफूलाई आत्मा निश्चय गर र बाबासँग बुद्धियोग लगाऊ। जन्म-जन्मान्तर भक्ति गर्दै आएका छौ। हनुमान्का पुजारी छन् भने हनुमान्लाई याद गर्छन् वा कृष्णका पुजारी छन् भने कृष्णलाई याद गर्छन्। अहिले तिमीलाई सम्झाइन्छ– तिमी आत्मा हौ। तिम्रो परमपिता परमात्मा हुनुहुन्छ। उहाँलाई याद गर्नाले नै तिमीलाई वर्सा मिल्छ, जो बाबा स्वर्गको रचयिता हुनुहुन्छ। त्यसैले अवश्य हामी स्वर्गमा हुनु पर्ने हो। भारतवर्ष स्वर्ग थियो। अहिले त स्वर्ग छैन, जहाँ राजाई होस्। नर्कमा त रावणको राजाई छ। हाम्रो राजधानी कसरी चल्यो फेरि तल झर्यो, केही पनि जान्दैनन्। अहिले तिमीले जान्दछौ– पुनर्जन्म लिँदा लिँदा हामी तल झर्नु नै छ। अहिले फेरि बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमी पावन बन्छौ। स्वर्गको वर्सा मिल्छ। हामी बाबाको बनेपछि बाबाको वर्सा मिल्छ। तर जबसम्म तमोप्रधानबाट सतोप्रधान बन्दैनौं, योगबाट पावन बन्दैनौं, वर्सा मिल्न सक्दैन। बाबा भन्नुहुन्छ– मलाई याद गर्नाले तिम्रो विकर्म विनाश हुन्छ, विकर्माजित बन्छौ, यो ग्यारेन्टी छ। ज्ञान दिनुपर्छ। कसैले बुझ्दछन्, कोही उल्टो बुद्धिका छन् भने त हल्ला मच्चाउन थाल्छन्। कोही न कोही विघ्न पार्नेहरू निस्कन्छन्। कसैले हंगामा गर्यो भने भन्नुपर्छ– एकान्तमा आएर बुझ्नुहोस्। यहाँको नियम छ– ७ दिन भट्ठीमा रहेर बुझ्नु, किनकि यो ज्ञान नयाँ हुने भएकोले मनुष्य अलमलिन्छन्। कसैले पहिलो पल्ट नयाँ सेन्टर खोल्छ भने त्यसमा होसियार हुनुपर्छ, ताकि सबैलाई सम्झाउन सकोस्। भगवान त सबैका एक हुनुहुन्छ, सबै आत्माहरू भाइ-भाइ हुन्। परमात्मा सबैको बाबा हुनुहुन्छ। पुकार्छन् पतित-पावन आउनुहोस्। अवश्य उहाँ पावन हुनुहुन्छ, उहाँ कहिल्यै पतित बन्नुहुन्न। बाबा नै आएर पतितहरूलाई पावन बनाउनुहुन्छ। सत्ययुगमा सबै पावन हुन्छन्। कलियुगमा सबै छन् पतित। पतित धेरै छन्, पावन थोरै हुन्छन्। सत्ययुगमा सबै त जाँदैनन्। जो पतितबाट पावन बन्छन्, उनीहरू नै पावन दुनियाँमा जान्छन्। बाँकी सबै निर्वाण दुनियाँमा जान्छन्। यो पनि जान्दछौ– सारा दुनियाँ आएर मत लिँदैनन्। तिमीले सारा दुनियाँलाई मत दिन त मुश्किल छ। अब सबैको विनाशको समय छ। विनाश सबैको हुनु छ। सम्झाउने बडो युक्ति चाहिन्छ। जो शान्तिसँग बसेर सुनून्, बाधा नगरुन्। पहिले-पहिले त बाबाको परिचय दिनु छ। शिवबाबा नै पतित-पावन हुनुहुन्छ, उहाँले नै सम्झाउनुहुन्छ। गीतामा पनि शब्द प्रसिद्ध छन्। पतित-पावन बाबाले नै भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। गीतासँग नै यी शब्दहरूले सम्बन्ध राख्छन्। शिवबाबाले भन्नुभएको छ– मलाई याद गर। म सर्वशक्तिमान, पतित-पावन हुँ। गीता ज्ञानदाता, ज्ञानको सागर हुँ। गीताका शब्द त छन् नि। उनीहरूले त केवल भन्छन्– कृष्ण भगवानुवाच, तिमी भन्छौ– शिव भगवानुवाच। भगवान निराकार हुनुहुन्छ, उहाँ कहिल्यै पुनर्जन्ममा आउनुहुन्न, अलौकिक दिव्य जन्म लिनुहुन्छ। स्वयं पनि सम्झाउनुहुन्छ– म साधारण वृद्ध तनमा आउँछु, जसलाई नै भागीरथ भनिन्छ। ब्रह्माद्वारा नै रचना रच्नुहुन्छ। ती मनुष्यको नाम ब्रह्मा राखिन्छ। व्यक्त ब्रह्माबाट फेरि पावन अव्यक्त फरिश्ता बन्छन्। बाबा आउनुहुन्छ नै पतितहरूलाई पावन बनाउनुहुन्छ। अवश्य फेरि पतित दुनियाँ पतित शरीरमा आउनुहुन्छ। यो हो विस्तारको ज्ञान। पहिले त सम्झाउनुपर्छ, भगवान भन्नुहुन्छ– कल्प पहिले जस्तै मलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। पतितबाट पावन बन। गाउँछन् पनि– हे पतित-पावन आउनुहोस्। गंगा त छन् नै। तिमीले पुकार्छौ भने अवश्य कहीँबाट आउनुहुन्छ। पतित-पावन आउनुहुन्छ पतितबाट पावन बनाउने पार्ट खेल्न। बाबा भन्नुहुन्छ– तिमी पावन थियौ फेरि तिम्रो आत्मामा खाद परेको छ, त्यो योगबलबाट नै निस्कन्छ। तिमी पवित्र बनेर जान्छौ फेरि पावन दुनियाँमा नै आउँछौ। पतित दुनियाँको विनाश हुन्छ। जो सम्झाइन्छ, त्यसलाई राम्रोसँग धारणा गर्नु छ। हामी त केवल सर्वोच्च बाबाको महिमा गर्छौं। बेहदका पिता सम्झाउनुहुन्छ– ८४ जन्मको पार्ट खेल्दा खेल्दा कति पतित बनेका छौ। पहिले पावन थियौ, अहिले पतित बनेका छौ फेरि यादको यात्रामा रहनाले तिमी पावन बन्छौ। भक्तिमार्गमा तिमी सिँढी तल झर्दै आयौ। यो त बिलकुलै सहज कुरा हो। यो त बच्चाहरूको बुद्धिमा बस्नुपर्छ। सवेरै उठेर विचार सागर मन्थन गर्नुपर्छ, फेरि जो आउँछन् उनीहरूलाई सम्झाउनु छ। मुरलीका मुख्य प्वाइन्टहरू नोट गर्नुपर्छ फेरि रिपीट गर्नुपर्छ, ताकि दिलमा पक्का होस्। 

    पहिले-पहिले मुख्य कुरा हो बाबालाई याद गर्नु। बाबाले नै भन्नुहुन्छ– मनमनाभव, मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। अब गर नगर तिम्रो मर्जी। बाबाको आदेश त मिलेको छ। पावन दुनियाँमा जानु छ भने पतित दुनियाँमा बुद्धिको योग जानु हुँदैन। विकारमा जानु हुँदैन। ज्ञान त धेरै मिलिरहन्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) सबेरै-सबेरै उठेर विचार सागर मन्थन गर्नु छ। बाबाले जे सुनाउनुहुन्छ त्यसलाई नोट गरेर रिपीट गर्नु छ। अरुलाई सुनाउनु छ। सबैलाई पहिले-पहिले बाबाको नै परिचय दिनु छ।

    २) पावन दुनियाँमा जानको लागि यस पतित दुनियाँबाट बुद्धियोग निकालिदिनु छ।

    वरदान:

    सदा साथको अनुभवद्वारा मेहनतको अविद्या गर्ने अतीन्द्रिय सुख वा आनन्द स्वरुप भव  

    जसरी बच्चा यदि पिताको काखमा छ भने उसलाई थकावट हुँदैन। आफ्नो गोडाले हिँड्ने हो भने थाक्दछ पनि, रून्छ पनि। यहाँ पनि तिमी बच्चाहरू बाबाको काखमा बसेर चलिरहेका छौ। थोरै पनि मेहनत वा मुश्किलको अनुभव छैन। संगमयुगमा जो यसरी सदा साथ रहने आत्माहरू छन्, उनीहरूको लागि मेहनत अविद्या मात्रम् हुन्छ। पुरूषार्थ पनि एउटा स्वाभाविक कर्म हुन जान्छ, यसैले सदा अतीन्द्रिय सुख वा आनन्द स्वरुप स्वतः बन्छन्।

    स्लोगन:

    रुहे गुलाब बनेर आफ्नो रुहानी वृत्तिद्वारा वायुमण्डलमा रुहानियतको सुवास फैलाऊ।  



    ***OM SHANTI***