BK Murli 1 July 2016 Nepali

BK Murli 1 July 2016 Nepali

१७ आषाढ शुक्रबार 01.07.2016 बापदादा मधुवन

“मीठे बच्चे– बाबा जस्तो निरहंकारी र निष्काम सेवाधारी कोही छैन, सारा विश्वको बादशाही बच्चाहरूलाई दिएर स्वयं वानप्रस्थमा बस्नुहुन्छ।”  

प्रश्न:

बाबाको कुनचाहिँ सन्देश तिमीले सारा विश्वलाई बताउनु छ?

उत्तर:

सबैलाई बताऊ– हामी दुःख-हर्ता सुख-कर्ताका बच्चाहरू हां। हामीले कहिल्यै पनि कसैलाई दुःख दिनु हुँदैन। सुखदाता बाबालाई याद गरौं, उहाँलाई अनुसरण गर्यौं भने आधाकल्पका लागि सुखधाममा जान्छौं। यो सन्देश सबैलाई दिनु छ। जसले यो सन्देशलाई जीवनमा धारण गर्छ, उही २१ जन्मका लागि मायाको बेहोसीबाट छुट्छ।

गीतः–

हमारे तीर्थ न्यारे हैं.......

ओम् शान्ति।

मीठा-प्यारा रुहानी बच्चाहरूले यो गीतको अर्थ त बुझ्यौ। हामी आत्माहरूका उहाँ बाबा हुनुहुन्छ। मुख्य हो नै आत्मा। अहिले तिमी बच्चाहरूले जान्दछौ– हाम्रो आत्मा परमपिता परमात्माको सम्मुख बसिरहेको छ। तिम्रो आत्मा परमात्माको सामुन्ने बसेको छ। तिम्रो त आफ्नो शरीर छ, उहाँको त सापटी लिएको शरीर हो। गुरूहरूले मनुष्यहरूलाई यात्रामा लैजान्छन्। भक्तिमार्गमा धेरै गुरू हुन्छन्। यहाँ त स्त्रीले आफ्नो पतिलाई पनि गुरू, ईश्वर सम्झन्छन्। बाबा बच्चाहरूलाई सम्झाउनुहुन्छ– तिमी बच्चा हौ नि। जान्दछौ– हामी बेहदका बाबाका बच्चा हौं। बेहदको वर्सा फेरि लिन आएका छौं, अब हामीले सद्गति पाउनु छ। यो त निश्चय छ नि। सारा दुनियाँ दुर्गतिमा छ, पतित छ। पावन हुनका लागि बोलाउँछन् त्यसैले यहाँ कति धेरै गुरूहरू छन्। कसैका १०० चेला, कसैका ५००, कसैका ५० पनि हुन्छन्। कसैका लाखौं करोडौं पनि हुन्छन्। जस्तै आगाखाँ गुरू छन्, उनका कति चेला छन्, कति उनलाई सम्मान दिन्छन्। फेरि पनि जे गर्नेवाला होस् तर उसको मान कति छ। भक्तिमार्गमा गुरू अनेक छन्, फेरि उनीहरू पनि नम्बरवार हुन्छन्। कसैको कमाई पद्मौंको हुन्छ। आगाखाँको कमाई धेरै छ। उनलाई हीरामा जोखेर दान गरेका थिए, उनका शिष्यहरूले। एकातर्फ हीरा अर्कोतर्फ उनीहरूको गुरू। हीरा दान गर्छन्, कति हीरा होला! आजभोलि सुनमा त धैरैलाई जोख्छन्। त्यस्तै प्लेटिनियम हुन्छ, त्यो सुन भन्दा पनि धेरै महँगो हुन्छ। त्यसमा पनि जोखेका थिए। गुरूको मान हेर कति छ... यस्ता गुरूहरू त धेरै छन्। अब यहाँ सद्गुरूलाई तिमी के दिन्छौ? उहाँलाई जोख्छौ? हीरामा जोख्छौ? उहाँलाई जोख्न सकिन्छ? उहाँ स्वयंको नै वजन छैन। शिव त हुनुहुन्छ नै बिन्दु, उहाँको वजन तिमीले के गर्न सक्छौ! उहाँ तिम्रा गुरू, कति अनौठो हुनुहुन्छ, सबै भन्दा हल्का। बिलकुल सूक्ष्म हुनुहुन्छ। तिम्रा गुरू एक हुनुहुन्छ। तिमी जान्दछौ– शिवबाबा त दाता हुनुहुन्छ। भगवानले कहिल्यै केही लिनुहुन्न, उहाँले त दिनुहुन्छ। ईश्वर अर्थ दान सबैले गर्छन्, सम्झन्छन्– अर्को जन्ममा यसको फल मिल्छ। कामना त राख्छन्। अब उहाँ त हुनुहुन्छ– बेहदका बाबा। उहाँले जस्तो निष्काम सेवा, कसैले गर्न सक्दैन। निष्काम सेवा पनि कस्तो छ! बच्चाहरूलाई विश्वको मालिक, सुखधामको मालिक बनाउनुहुन्छ। बाबा स्वयं कहाँ विश्वको मालिक बन्नुहुन्छ! उहाँलाई भनिन्छ– सुखका सागर, शान्तिका सागर, पवित्रताका सागर। बच्चाहरूलाई हरेक कुरा राम्रोसँग सम्झाइन्छ। एक बाबाबाट नै तिमीलाई जीवनमुक्ति मिल्छ। बाबासँग स्वर्गको वर्सा मिल्छ। निश्चय भयो, पुग्यो। बाबा र वर्सालाई याद गर्नु छ। उहाँलाई भनिन्छ– ज्ञानका सागर। सारा सागर मसी बनाऊ। सारा जंगल कलम बनाऊ.... तैपनि अन्त्य हुन सक्दैन। तिमीले शुरुदेखि लेख्दै गयौ भने, तिम्रा धेरै पुस्तक हुन्छन्। यो ज्ञान धेरै मूल्यवान छ, जुन धारण गर्नु छ। जान्दछौ– यसको कुनै परम्परा त चल्दैन। अहिले तिमीलाई ज्ञान मिल्छ। बाबा आएर बच्चाहरूलाई आफ्नो परिचय दिनुहुन्छ, यही पर्याप्त छ। बाबाको परिचय दिनाले, रचयितालाई जान्नाले रचनाको पनि ज्ञान हुन्छ। बुद्घिले भन्छ– जो सत्ययुगमा आउँछन्, उनीहरूको धेरै पुनर्जन्म हुन्छ। चक्रमा जो पहिला आउँछन्, उनै आउँछन्। यो चक्रलाई पनि राम्रोसँग बुझ्नुपर्छ। गीतमा पनि सुन्यौ, हाम्रो तीर्थ अलग्गै छ। उनीहरूले त जन्म-जन्मान्तर तीर्थ यात्रा आदि गर्दै आएका छन्। यो केवल तिम्रो एक जन्मको यात्रा हो। यो रुहानी यात्रामा अलिकति पनि कुनै मेहनत छैन। ज्ञान दिने एक सद्गुरू हुनुहुन्छ। सद्गति त कसैको पनि हुँदैन। उहाँ हुनुहुन्छ सुप्रीम ज्ञानका सागर, सबैको सद्गति हुन्छ। बाँकी के चाहियो! तत्व पनि सतोप्रधान हुन्छ। यहाँ तमोप्रधान छन्, त्यसैले वायु आदि पनि त्यस्तै तमोप्रधान हुन्छन्। कति भू-कम्प आदि गइरहन्छ। सत्ययुगमा कुनै पनि दुःख दिने चीज हुँदैनन्। बाबा हुनुहुन्छ नै दुःख-हर्ता सुख-कर्ता। तिमी उहाँका बच्चा हौं, कसैलाई पनि दुःख दिनु छैन। सबैलाई यो सुखको वर्सा पाउने बाटो बताउनु छ।

बाबा भन्नुहुन्छ– तिमीले सुख नै दिनु छ। बाबाले तिमीलाई आधाकल्पका लागि यस्तो सुख दिनुहुन्छ, वहाँ दुःखको नाम नै रहँदैन। तिमीले जान्दछौ– बाबाद्वारा २१ जन्मको सुखको वर्सा पाउन हामी यहाँ आएका छौं। तिमी विद्यार्थी हौ नि। तिम्रो दिलमा छ– शिवबाबासँग स्वर्गको सुख लिन्छौं अनि सबै दुःख दूर हुन्छन्। बाबाले हामीलाई सञ्जीवनी बूटी दिनुहुन्छ– सुरजित हुनका लागि। फेरि २१ जन्म कहिल्यै मूर्छित हुने छैनौं। त्यो सञ्जीवनी बूटी हो– मनमनाभव। सर्वका सद्गति दाता एक बाबा नै हुनुहुन्छ– उहाँलाई निराकार निरहंकारी भनिन्छ। जुन तनमा आउनु हुन्छ, उनी पनि साधारण छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म तिम्रो आज्ञाकारी पिता हुँ। ठूला मानिसले सधैं यस्तो लेख्छन्। म आज्ञाकारी सेवाधारी हुँ। आफूलाई कहिल्यै श्री लेख्दैनन्। आजभोलि त लेख्छन्– श्री-श्री फलाना। आफूले आफंलाई श्री-श्री लेखिरहन्छन्। उहाँ बाबा हुनुहुन्छ– निराकारी, निरहंकारी। अहिले तिमी उहाँका सम्मुख बसेका छौ। जान्दछौ– उहाँ हाम्रो बाबा, शिक्षक, सद्गुरू हुनुहुन्छ, बाँकी त सबै भक्तिमार्गका अनेक गुरू छन्। गुरूहरूका पनि गुरू हुन्छन्। उहाँका कोही गुरू छैनन्। उहाँ सत बाबा, सत शिक्षक, सद्गुरू हुनुहुन्छ। 

तिमीले जान्दछौ– आत्माले नै संस्कार धारण गरिरहेको छ। बाबा पनि आत्मा हुनुहुन्छ, उहाँमा पनि गुण छ। तिम्रा गुण अलग-अलग हुन्छन्। यस समयमा जुन गुण तिमीहरूमा छन्, त्यो बाबाका हुन्। फेरि सत्ययुगमा तिम्रा दैवी गुण हुन्छन्। बाबा ज्ञानका सागर, प्यारका सागर हुनुहुन्छ। कृष्णको महिमा अलग्गै छ। शिवबाबालाई १६ कला सम्पूर्ण भन्न सकिँदैन। उहाँ त स्थिर हुनुहुन्छ नै। बाबा भन्नुहुन्छ– यो टाइटल तिमीले मलाई दिन सक्दैनौ। म कहाँ विकारी बन्छु र! जसकारण फेरि सर्वगुण सम्पन्न बन्न परोस्! मेरो महिमा यिनको जस्तो कहाँ गरिन्छ! यो ज्ञानलाई जसले कल्प पहिले सुनेको छ उनीहरू नै आउँछन्, आएर बाबासँग सुन्छन् र बाबालाई याद गर्छन्। अन्त्यमा हाय-हाय गरेर रून्छन् फेरि जय-जयकार हुन्छ। अहिले तिमीले यात्राको पनि रहस्य बुझेका छौ। यो यात्राबाट फेरि तिमी कहिल्यै मृत्युलोकमा फर्किदैनौ। ती यात्राबाट फेरि घर फर्केर आउँछन्। कति मनुष्य स्नान गर्न जान्छन्। भक्तिको विस्तार हेर कति छ। जसरी वृक्ष कति ठूलो अथाह हुन्छ, बीज त बिलकुल सानो हुन्छ। त्यस्तै भक्तिको पनि विस्तार कति छ। ज्ञानको एउटा डुब्कीले पनि सद्गति गरिदिन्छ। भक्तिमा तल झर्न आधाकल्प लाग्छ। यहाँ तिमीलाई सिँढी चढ्न एक सेकेण्ड लाग्छ– लिफ्ट कति राम्रो छ। तलबाट एकदम माथि, आफ्नो घर लैजान्छ। यसलाई भनिन्छ चढ्ती कला सर्वका भला। सर्वका सद्गति दाता एक बाबा नै हुनुहुन्छ। अहिले ज्ञान र भक्तिको फरक देख्यां। ज्ञान, भक्ति, वैराग्य हुन्छ नि। संन्यासीहरूको हो हदको वैराग्य। बाबाले सम्झाउनुभएको छ– वैराग्य दुई प्रकारका हुन्छन्– एक हुन्छ हदको वैराग्य जसबाट कुनै सद्गति हुँदैन। अर्को हुन्छ बेहदको वैराग्य, जसबाट तिम्रो सद्गति हुन्छ। अहिले सद्गतिको लागि तिमी बच्चाहरूलाई श्रीमत मिल्छ– श्रेष्ठ भन्दा श्रेष्ठ बन्ने। अहिले श्रेष्ठ दुनियाँको स्थापना भइरहेको छ, श्रीमतमा। यो भ्रष्ट दुनियाँ रावणको मतमा बनेको हो। हामी श्रेष्ठ बनिरहेका छौं– यो कुरा तिमीले नै जान्दछौ। दुनियाँले बिलकुल जान्दैन। तिम्रो लागि त भन्छन्– यी ब्रह्माकुमारीहरू विनाश गराउनेवाला हुन्। साच्चिकै विनाश त हुनु नै छ। यसैबाट त कल्याण हुन्छ। कल्याणकारी बाबा आउनुहुन्छ अनि महाभारत लडाईं शुरु हुन्छ। भन्छन्– हामीले भनेका थियौं नि ब्रह्माकुमारीहरूले विनाश गर्छन्। अवश्य विनाश त हुनु नै छ, पुरानो दुनियाँ विनाश हुन्छ। हामीले नयाँ दुनियाँ स्थापना गर्छौं। पुरानो पछि नयाँ अवश्य हुन्छ नै। कल्प-कल्प विनाश हुन्छ, तब नै स्वर्गको द्वार खुल्छ। तर उनीहरूले बुझ्ने कसरी? पछि गएर धेरैले बुझ्नेछन्। बाबा जब आउनुहुन्छ, पुरानो दुनियाँ सारा स्वाहा हुन्छ। तिम्रो यो यज्ञ त अनौठो छ, जसमा आहुती हुनु छ। यो पनि तिमीले जान्दछौ, अरु कसैले जान्दैनन्। विजय त पाण्डवहरूको हुनु छ, अरु सबै खतम हुन्छन्। बाँकी तिमी पाण्डव रहन्छौ फेरि नयाँ दुनियाँमा राज्य गर्छा। यो ज्ञान धेरै अनौठो छ। सबैका दुःख-हर्ता, सुख-कर्ता, सद्गति दिने एक बाबा नै हुनुहुन्छ। कति मीठा, कति प्यारा बाबा हुनुहुन्छ। भन्दै आयौ– मीठा बाबा, हजुर जब आउनुहुन्छ, हजुरमा हामी समर्पण हुन्छां। मेरो त एक हजुर, दोस्रो न कोही। यसको अर्थ यो होइन– घरबार छोडेर यहाँ आएर बस्ने हो। होइन, गृहस्थ व्यवहारमा बस। ७ दिनको कोर्स गरेर फेरि कहीँ पनि जाऊ, केवल मनमनाभव होऊ। बाबालाई याद गर्नु छ र वर्सा पाउनु छ। यादको यात्रामा रहनु छ, यसबाट नै बेडा पार हुन्छ। यो पनि तिमीले जान्दछौ– पवित्र रहनु छ। तामसी खाना आदि खानु छैन। मुरली त मिल्छ नै। कुनै समय मुरली नमिल्न पनि सक्छ, आपत आयो, उपद्रव आदि भयो भने त मुरली मिल्न सक्दैन। तिमीले यी आँखाले जे पनि देखिरहेका छौ ती रहँदैनन्, सबै भस्म हुन्छन्। प्रलय त हुँदैन। दुनियाँ त एउटै छ, नयाँ सो पुरानो हुन्छ। नयाँ दुनियाँ, पुरानो दुनियाँ भनिन्छ। अब त भनिन्छ– यो पुरानो दुनियाँ हो, समय थोरै बाँकी छ। उनीहरू भन्छन्– कल्पको आयु लाखौं वर्षको छ। कलियुगको लागि भन्छन् ४० हजार वर्ष बाँकी छ। वास्तवमा ५ हजार वर्षको चक्र हो। तिम्रो बुद्घिमा सारा ज्ञान छ। मनुष्य त बिलकुल पत्थरबुद्घि छन्। कलाकार भएर नाटकका रचनाकार, निर्देशकलाई जान्दैनन् भने उनलाई के भन्ने! विश्वको इतिहास-भूगोल कसरी दोहोरिन्छ, यो त जान्नु पर्यो नि। जसले राम्ररी जान्दछ, बुद्घिमा धारण गरेर अरुलाई धारण गराउँछ, उसले उँच पद पाउँछ। बाबा भन्नुहुन्छ– जुन ज्ञान ममा थियो, त्यो अहिले तिमीलाई दिइरहेको छु। ड्रामा प्लान अनुसार मैले दोहोर्याउँछु। मेरो पनि ड्रामामा पार्ट छ। भक्तिमार्गमा पनि पार्ट खेलेँ, अहिले आएर तिमीलाई आफ्नो र रचनाको आदि-मध्य-अन्त्यको परिचय दिन्छु। म पनि ड्रामाको बन्धनमा छु। म आउँछु नै एक पटक– आफ्नो परिचय दिन र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउन। अच्छा!

मीठे-मीठे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) बाबा समान आज्ञाकारी बन्नु छ। कहिल्यै पनि कुनै कुरामा आफ्नो अहंकार देखाउनु छैन। निराकारी र निरहंकारी भएर रहनु छ।

२) बाबा, टिचर र सद्गुरूको अन्तरलाई बुझेर निश्चयबुद्घि बनेर श्रीमतमा चल्नु छ। रुहानी यात्रामा रहनु छ।

वरदान:

स्वयं प्रति वा सर्व आत्माहरू प्रति लफुल बन्नेवाला, ल मेकर सो न्यु वल्र्ड मेकर भव:-  

जो स्वयं प्रति ल फुल बन्छ, उही अरु प्रति पनि ल फुल बन्न सक्छ। जसले स्वयं नै नियमलाई तोड्छ, उसले अरु प्रति नियम चलाउन सक्दैन। त्यसैले आफूले आफंलाई हेर– बिहानदेखि रातीसम्म मनसा संकल्पमा, वाणीमा, कर्ममा, सम्पर्क वा एक-अर्कोलाई सहयोग दिनमा वा सेवामा कहीँ पनि नियम त तोड्दिनँ! जो नियम बनाउनेवाला हुन्छ, ऊ नियम तोड्नेवाला बन्न सक्दैन। जो यस समयमा नियम बनाउनेवाला बन्छ उनै शान्ति बनाउने, नयाँ दुनियाँ बनाउनेवाला बन्छन्।

स्लोगन:

कर्म गर्दा कर्मको राम्रो वा नराम्रो प्रभावमा नआउनु नै कर्मातीत बन्नु हो।   


***OM SHANTI***


Google+ Followers