BK Murli 10 June 2016 Nepali

BK Murli 10 June 2016 Nepali

२८ जेष्ठ २०७३ शुक्रबार 10.06.2016 बापदादा मधुबन

“मीठे बच्चे– यादद्वारा आत्माको मैला निकाल्दै जाऊ। आत्मा जब बिल्कुल पावन बन्छ तब घर जान सक्छ।”  

प्रश्न:

यो अन्तिम जन्ममा बाबाको कुन निर्देशन पालन गर्दा नै बच्चाहरूको कल्याण छ?

उत्तर:

बाबा भन्नुहुन्छ– मीठे बच्चे! यो अन्तिम जन्ममा बाबाबाट पूरा वर्सा लेऊ। बुद्धिलाई बाहिर नभट्काऊ, विषलाई छोडेर अमृत पिऊ। यस अन्तिम जन्ममा तिमीले ६३ जन्मको बानी मेटाउनु छ। त्यसैले रात दिन मेहनत गरेर देही-अभिमानी बन।

ओम् शान्ति।

शान्तिधाम विश्रामपुरी हो। यो दुनियाँबाट सबै थाकेका छन्। चाहन्छन्– हामी आफ्नो सुखधाममा जाऔँ। यो दुनियाँ राम्रो लाग्दैन। स्वर्गलाई देख्छन् त्यसैले नर्कसँग दिल कसरी लागोस्। भन्दछन्– बाबा चाँडो गर्नुहोस्, यो दुःखधामबाट लैजानुहोस्। बाबाले पनि सम्झाउनु हुन्छ– यो त फोहोरी दुनियाँ हो। यसको नाम नै छ राक्षसी दुनियाँ, नर्क। यो कुनै राम्रो शब्द हो र? कहाँ दैवी दुनियाँ, कहाँ राक्षसी दुनियाँ। यो राक्षसी दुनियाँमा सबै हैरान भएका छन्। तर फर्किएर कोही जान सक्दैन। तमोप्रधानताको खाद परेको छ। त्यो खाद आत्माबाट निस्कियोस, त्यसको लागि पुरूषार्थ गरिरहेका छौ। जो राम्रो पुरूषार्थी छ, उसको अवस्था अन्त्यमा राम्रो हुन्छ। यो पुरानो दुनियाँ खलास हुन्छ, अब त बाँकी थोरै दिन छ। जबसम्म बाबा आएर फर्काएर लैजानुहुन्न, तबसम्म कोही फर्किएर जान सक्दैन। दुनियाँमा दुःख छ नि। घरमा पनि कुनै न कुनै दुःख रहन्छ। तिमी बच्चाहरूको दिलमा छ– बाबाले अब हामीलाई दुःखबाट छुटाउन आउनुभएको छ। जो राम्रो निश्चय बुद्धि छ, उसले बाबाको यादलाई कहिल्यै भुल्दैन। उहाँलाई भनिन्छ नै सर्वका दुःख-हर्ता। बच्चाहरूले नै चिन्दछन्। यदि सबैले चिने भने त फेरि यति सबै मनुष्य कहाँ गएर बस्ने, यो हुन सक्दैन। त्यसैले ड्रामामा युक्ति पनि यस्तो रचिएको छ। जो श्रीमतमा चलेको हुन्छ, उसैले उच्च पद पाउन सक्छ, यो त ठीक हो। सजायँ खाएर पनि शान्तिधाम अथवा पावन दुनियाँमा जान्छन्। तर उच्च पद पाउन त पुरूषार्थ गर्नुपर्छ नि। दोस्रो, पावन नबनेसम्म पावन दुनियाँमा कोही जान सक्दैन। यस्तो जुन भन्छन्– फलाना ज्योति, ज्योतिमा समाहित भए, फर्किएर गए, यो हुन सक्दैन। जो सबैभन्दा पहिला सृष्टिमा अएका हुन्, लक्ष्मी-नारायण, उनीहरू पनि फर्किएर जान सक्दैनन् भने अरु कसरी जान सक्छन्? यिनीहरूको पनि अब ८४ जन्म पूरा भयो। अब जानको लागि तपस्या गरिरहेका छन्। सबैले पुकार्छन् नै एक बाबालाई। ओ गड फादर, ओ लिबरेटर, उहाँ गड फादर हुनुहुन्छ– दुःख-हर्ता, सुख-कर्ता। कृष्ण आदिलाई कहाँ पुकार्छन् र। क्रिश्चियन होस्, मुसलमान होस्, सबैले ओ गड फादर भनेर पुकार्छन्। आत्माले बोलाउँछ– आफ्नो फादरलाई। फादर भन्छन् तब, जब सम्झन्छन हामी आत्मा हां। आत्मा पनि कुनै चीज हो नि। आत्मा कुनै ठूलो चीज होइन। यो त एउटा तारा हो, अति सूक्ष्म छ। जस्तो बाबा हुनुहुन्छ, त्यस्तै आत्माको स्वरुप छ। अब तिमीले बाबाको महिमा गर्छौ– वहाँ सत-चित हुनुहुन्छ, ज्ञानको सागर, आनन्दका सागर हुनुहुन्छ। तिम्रो आत्मा पनि उहाँ समान बन्छ। तिम्रो बुद्धिमा अब सारा सृष्टिको आदि-मध्य-अन्त्यको ज्ञान आइसकेको छ। अरु कुनै मनुष्य मात्रमा यो ज्ञान छैन। सारा भारत, सारा बेलायतमा खोज, कसैलाई पनि थाहा छैन। आत्माले ८४ जन्मको पार्ट खेल्छ। ८४ लाख त असम्भव छ। ८४ लाख जन्मको त कसैले वर्णन नै गर्न सक्दैन। बाबा भन्नुहुन्छ– तिमीले आफ्नो जन्मको जान्दैनौ, मैले सुनाउँछु। त्यो सबै सुनेर पनि पत्थरबुद्धिहरूले बुझ्दैनन्– ८४ लाख जन्मको विषयमा त कसैले सुनाउन सक्दैन। 

अहिले तिमीले बुझेका छौ– हामी ब्राह्मण हौं, हामीले ८४ जन्म लिएका छौ। ब्रह्माले पनि ८४ जन्म लिएका छन्, विष्णुले पनि ८४ जन्म लिएका छन्। ब्रह्मा सो विष्णु, विष्णु सो ब्रह्मा। लक्ष्मी-नारायणले नै ८४ जन्म लिएर फेरि ब्रह्मा-सरस्वती बन्छन्। यो पनि बुझ्नुपर्ने कुरा छ नि। बाबा भन्नुहुन्छ– हरेक ५ हजार वर्ष पछि आएर सम्झाउँछु। ५ हजार वर्षको चक्र हो। अहिले तिमीले वर्णको रहस्य पनि बुझेका छौ। हम सो को अर्थ पनि बुझेका छौ, हामी आत्मा सो देवता बन्छौं फेरि हामी नै क्षत्रिय, हामी नै वैश्य, शूद्र बन्छां। यति-यति जन्म लिन्छौं, फेरि हामी नै ब्राह्मण बन्छां। ब्राह्मणहरूको यो एक जन्म हो। यो हो नै तिम्रो हीरा जस्तो जन्म।

बाबा भन्नुहुन्छ– यो तिम्रो उत्तम शरीर हो, यसबाट तिमीले स्वर्गको वर्सा पाउन सक्छौ। त्यसैले अब कहीँ नभट्क। ज्ञान अमृत पिऊ। समझमा पनि आउँछ– वास्तवमा ८४ जन्म लिन्छौं। तिमी पहिले सत्ययुगमा सतोप्रधान थियौ। फेरि सतो बन्यौ। फेरि चाँदीको मिसावट पर्यो। एकदम पूरा हिसाब बताउनु हुन्छ। अब सरकारले पनि भन्छ– सुनमा मिसावट गर। १४ करेटको सुन लगाऊ। सुनमा मिसावट गर्नु– यसलाई भारतवासी अपसगुन मान्छन्। विवाहमा एकदम सच्चा सुन लगाउँछन्। सुनमा पनि भारतवासीको धेरै प्रेम छ। किन? यहाँको कुरै नगर। सत्ययुगमा त सुनका महल थिए, सुनका ईंटा थिए। जस्तै यहाँ ईंटाको थुप्रो लागेको हुन्छ। वहाँ सुन-चाँदी प्रशस्त रहन्छ। माया मच्छन्दरको खेल देखाउँछन्। उसले सुनको ईंटा देख्यो, सोच्यो लैजान्छु। तल झरेपछि देख्यो केही पनि छैन। केही न केही कुरा मिल्छ। बच्चीहरूले सम्झन्छन्– अहिले हामी फेरि स्वर्गमा जान्छौं, फेरि यदि पति आदिले दुःख दिए भने बिचरी भित्र रुन्छन्। कहिले म सुखधाममा जान पाउँला? बाबा अब चाँडो गर्नुहोस्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! चाँडो कसरी गरुँ, पहिला तिमी योगबलले आफ्नो मैला त निकाल। योगको यात्रामा रहने गर। बाबाले धैर्य दिनुहुन्छ। पुकार्छन् पनि– पतित-पावन आउनुहोस्। गायन पनि गर्छन्– सर्वका सद्गति दाता एक। यहाँको नै कुरा हो। अकासुर-बकासुर– यी सबै कुरा संगम समयका हुन्। यो हो नै आसुरी दुनियाँ। बाबाले सम्झाउनु हुन्छ– म कल्प-कल्प संगममा आउँछु, जब सारा वृक्ष जीर्ण अवस्थामा पुग्छ।

तिमीले जानेका छौ, सत्ययुगमा हरेक चीज सतोप्रधान हुन्छ। यहाँ यति जनावर पंक्षी आदि छन्, यति सबै वहाँ हुँदैनन्। ठूला मानिसको घरमा राम्रो सफाई रहन्छ। उनीहरूको रहने स्थान, फर्निचर आदि धेरै राम्रो हुन्छ। तिमी पनि यति उच्च देवता बन्छौ। वहाँ यस्तो कुनै फोहोरी चीज हुन सक्दैन। यहाँ त लामखुट्टे आदि अनेक प्रकारका बिमारी, कति फोहोर रहन्छ। गाउँघरमा यति फोहोर रहँदैन। ठूला-ठूला शहरहरूमा धेरै फोहोर रहन्छ किनभने धेरै मनुष्य भएका छन्। बस्ने ठाउँ छैन। तिमी सारा विश्वको मालिक बन्छौ। मनुष्यले गायन गर्छन्– घटमा नै ब्रह्मा, घटमा नै विष्णु.... घटमा नै ९ लाख तारा। ब्रह्मा सो विष्णु बन्छन्। विष्णुको साथमा तारा पनि छन्। सत्ययुगमा यी देवता हुन्छन्, त्यतिबेला यति धेरै कहाँ हुन्छन् र। वृक्ष पहिला सानो हुन्छ फेरि बढ्दै जान्छ। सत्ययुगमा त धेरै कम हुन्छन्। मीठा नदीहरू माथि रहन्छन्। यहाँ नदीहरूबाट धेरै नहर निकाल्छन्। वहाँ नहर आदि कहाँ हुन्छन् र। मुट्ठी जति त मनुष्य हुन्छन्। यतिको लागि गंगा जमुना त हुन्छन् नै। ती नदीहरूको आस-पास रहन्छन्। ५ तत्व पनि देवताहरूको गुलाम बन्छन्। कहिल्यै पनि बेनियम पानी पर्दैन। कहिल्यै नदी उच्छल खाँदैन। नाम नै छ स्वर्ग। अहिले त भन्छन्– स्वर्गको आयु यति लाख वर्ष हुन्छ। ठिक छ, वहाँ फेरि कसले राज्य गर्दथ्यो? यो त बताउन्। कति गफ लगाइरहन्छन्।

तिमीले जान्दछौ– हामीले कल्प पहिले जसरी यो पार्ट खेलिरहेका छौं। रूद्र ज्ञान यज्ञमा अनेक प्रकारका असुरहरूको विघ्न पर्छ। मनुष्यहरूले फेरि सम्झन्छन्– असुरहरूले माथिबाट फोहोर, गोबर आदि खसाल्थे। तर होइन। तिमीले देखेका छौ– कति विघ्न पर्छ। अबलाहरू माथि अत्याचार हुन्छ, तब त पापको घडा भरिन्छ। बाबा भन्नुहुन्छ– थोरै सहन त गर्नुपर्छ। तिमीले आफ्नो बाबा र वर्सालाई याद गदै गर। पिटाई खाने बेलामा पनि बुद्धिमा याद गर– शिवबाबा। तिम्रो त बुद्धिमा ज्ञान छ। कसैलाई फाँसीमा चढाउँछन् भने पादरीहरूले भन्छन्– गड फादरलाई याद गर। यस्तो भन्दैनन, क्राइस्टलाई याद गर। इशारा गडको लागि गर्छन्। वहाँ यति प्यारा हुनुहुन्छ, सबैले वहाँलाई पुकार्छन्। आत्माले नै पुकार्छ। अब देही-अभिमानी बन्नमा नै मेहनत छ। ६३ जन्म तिमी देह-अभिमानमा रह्यौ। अहिले यो एक जन्ममा त्यो आधा कल्पको बानी मेटाउनु छ। तिमीलाई थाहा छ– देही-अभिमानी बन्नाले हामी स्वर्गको मालिक बन्छौं। कति उच्च प्राप्ति छ। त्यसैले रात-दिन यही कोसिसमा रहनुपर्छ। मनुष्यले धन्दा आदिको लागि पनि मेहनत गर्छन्। आमदानीमा मनुष्यलाई कहिल्यै झुट्का वा हाई आउँदैन किनभने आमदानी हुन्छ। पैसाको खुशी रहन्छ। थाक्ने कुरै रहँदैन। बाबा पनि अनुभवी छन् नि। राती स्टीमर आयो भने माल खरिद गर्दथे। जबसम्म ग्राहकको खल्ती खाली हुँदैन, तबसम्म उसलाई छोडिदैन। बाबाले रथ पनि पूरा अनुभवी लिनुभएको छ। यिनले सबै अनुभव गरेका छन्। गाउँलेका छोरा थिए। १० आना मन अनाज बेच्दथे। अब त हेर विश्वको मालिक बन्नेछन्। एकदम गाउँले थिए। फेरि उन्नति गरेर एकदम जुहारतको धन्दामा लागे। केवल जुहारतको कुरा। यो फेरि हो सच्चा जुहारत। यो हुन्छ रोयल व्यापार। बाबा धेरै अनुभवी छन्। बाबा वाइसराय आदिको घरमा यसरी जान्थे, मानौं आफ्नो घर हो। यसलाई फेरि भनिन्छ अविनाशी ज्ञान रत्न। जति यो बुद्धिमा धारण गर्छौ, त्यति यसबाट तिमी पदमपति बन्छौ। शिव बाबालाई भनिन्छ सौदागर, रत्नागर। उहाँको महिमा पनि गाउँछन् फेरि भनिदिन्छन् सर्वव्यापी। महिमाको साथ-साथै फेरि यति ग्लानि। कस्तो हालत भएको छ भक्ति मार्गको। बाबा भन्नुहुन्छ– जब भक्ति पूरा हुन्छ, तब भक्तहरूका रक्षक बाबा आउनुहुन्छ। धेरै भक्ति कसले गर्छ, यो पनि सिद्घ हुन्छ। सबैभन्दा धेरै भक्ति तिमीले गर्छौ। तिमीहरू नै यहाँ आएर सबैभन्दा पहिला ब्राह्मण बन्छौ र बाबाबाट वर्सा लिन्छौ फेरि पूज्य बन्नको लागि। रावणले पुजारी बनाएको छ, बाबाले पूज्य बनाउनु हुन्छ। यो हो भगवानुवाच। भगवान एक हुनुहुन्छ। २-३ भगवान हुँदैनन्। गीता भगवान्ले उच्चारण गर्नुभएको हो। शिव भगवानुवाचको बदला कृष्णको नाम लेखिदिएका छन्, त्यसैले कति फरक भएको छ। ड्रामा अनुसार फेरि पनि गीताको नाम यसरी नै परिवर्तन हुनेछ। फेरि बोलाउनेछन्– हे पतित-पावन आउनुहोस्। बाबाले पावन बनाउनु हुन्छ, रावणले पतित बनाउँछ। बुझ्नको लागि कति बुद्धि चाहिन्छ। श्रीमत, श्रेष्ठ भन्दा पनि श्रेष्ठ मत हो नै एक बाबाको। यी लक्ष्मी-नारायण स्वर्गको मालिक बाबाको मतले नै बनेका हुन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) यो एक जन्ममा ६३ जन्मको पुरानो देह-अभिमानको बानी मेटाउने मेहनत गर्नु छ। देही-अभिमानी बनेर स्वर्गको मालिक बन्नु छ।

२) यस हीरा तुल्य उत्तम जन्ममा बुद्धिलाई भट्काउनु छैन, सतोप्रधान बन्नु छ। अत्याचारलाई सहन गरेर बाबाबाट पूरा वर्सा लिनु छ।

वरदान:

एक बाबाको स्मृतिद्वारा सच्चा सुहागको अनुभव गर्ने भाग्यवान आत्मा भव:-  

जसले कुनै पनि आत्माको बोली सुनेर पनि सुन्दैन, कुनै अन्य आत्माको स्मृति संकल्प वा स्वप्नमा पनि ल्याउँदैन अर्थात् कुनै पनि देहधारीको झुकावमा आउँदैन, एक बाबा दोस्रो न कोही– यो स्मृतिमा रहन्छ, उसलाई अविनाशी सुहागको तिलक लाग्छ। यस्तो सच्चा सुहागवाला नै भाग्यवान हो।

स्लोगन:

आफ्नो श्रेष्ठ स्थिति बनाउनको लागि अन्तर्मुखी बनेर फेरि बहिर्मुखतामा आऊ।  



***OM SHANTI***

Google+ Followers