BK Murli 11 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 11 June 2016 Nepali

    २९ जेष्ठ २०७३ शनिबार 11.06.2016 बापदादा मधुबन

    “मीठे बच्चे– यस समय तिमी बाबामाथि बलिहार गयौ भने २१ जन्मको लागि तिमी सदा सुखी बन्छौ।”   

    प्रश्न:

    ज्ञानी बच्चाहरूलाई आफ्नो अवस्था ठीक राख्नको लागि कुनचाहिँ बानी पक्का बनाउनुपर्छ?

    उत्तर:

    सबेरै सबेरै उठ्ने। सबेरै सबेरै उठेर बाबाको यादमा बस्नु– यो धेरै राम्रो धारणा हो। जो बच्चाहरू छिटै सुत्छन् र छिटै उठ्छन्, उनीहरूको अवस्था सारा दिन ठीक रहन्छ। अज्ञानीहरूको निद्राभन्दा ज्ञानी बच्चाहरूको निद्रा आधा हुनुपर्छ। १० बजे सुत, २ बजे उठेर बस।

    गीतः–

    मुझको सहारा देने वाले........

    ओम् शान्ति।

    बच्चाहरू सबै सम्मुख बसेका छन् त्यसैले जान्दछन्– हामी जीव आत्माहरू हौं। यहाँ त जीव आत्माहरू हुन्छन् नि। जब आत्माको शरीर हुँदैन तब नांगो हुन्छ, त्यसलाई अशरीरी भनिन्छ। तिमी त शरीरको साथमा बसेका छौ। आत्मा वा परमात्मा शरीरमा नआएसम्म बोल्न सक्दैन। तिमी जीव आत्माहरूले जान्दछौ– अहिले बाबाको सम्मुखमा बसेका छौ, हुबहु जसरी ५ हजार वर्ष पहिले सम्मुख आएका थियौ। बच्चाहरूले अवश्य पिताबाट वर्सा नै लिन्छन्। जान्दछन्– हामी आफ्नो परमपिता परमात्मा बेहदका बाबाको सम्मुखमा बसेका छौं। किन बसेका छौ? बाबाबाट बेहदको वर्सा लिन। जसरी विद्यालयमा सम्झन्छन्– हामी शिक्षकद्वारा इन्जिनियर, कानुन सिक्छौं। यो लक्ष्य-उद्देश्य रहन्छ। तिमी बच्चाहरूले जान्दछौ– परमपिता परमात्माले हामीलाई ब्रह्माको तनमा बसेर राजयोग सिकाउनु हुन्छ। भगवानुवाच– यो त बच्चाहरूलाई सम्झाइएको छ– भगवान निराकारलाई भनिन्छ। जीव आत्माहरूले पुनर्जन्म अवश्य लिन्छन्। कुनै पनि संन्यासीसँग तिमीले सोध्न सक्छौ– मनुष्यले पुनर्जन्म लिन्छ? तब उनले लिँदैन भन्दैनन्। नत्र ८४ लाख जन्म कसरी भन्छन्? सोध– तपाईंले पुनर्जन्मलाई मान्नुहुन्छ? यो त वास्तवमा हो– आत्माले संस्कार अनुसार एउटा शरीर छोडेर फेरि अर्का लिन्छ। यसरी नै कसैले ८४ जन्म लिन्छन्। ८४ लाख जन्मको त कुरा नै छैन। पहिलो जन्म धेरै राम्रो सतोप्रधान हुन्छ। अन्तिम जन्म फोहोरी हुन्छ। १६ कलाबाट फेरि १४ कला, १२ कला हुँदै जान्छ, पुनर्जन्म अवश्य लिन्छ। सोध्नुपर्छ– ठीक छ, परमपिता परमात्माले पुनर्जन्म लिनुहुन्छ वा पुनर्जन्म रहित हुनुहुन्छ? हेर यो प्वाइन्ट धेरै सूक्ष्म छ। यदि जन्म मरणभन्दा अलग हुनुहुन्छ भन्ने हो भने त शिव जयन्ती सिद्ध हुँदैन। शिव जयन्ती त मनाइन्छ। शिव जयन्ती हो, तर जन्मको साथसाथै मर्नु जसलाई भनिन्छ, त्यो हुँदैन। यदि मर्ने हो भने त फेरि पुनर्जन्म लिनुपर्यो। बाबा कहिल्यै पुनर्जन्म लिनुहुन्न। उहाँ यस तनमा एकै पटक आउनुहुन्छ। उहाँ पुनर्जन्ममा आउनुहुन्न। परमपिता परमात्मा पुनर्जन्म रहित हुनुहुन्छ। उहाँ कहिल्यै सतोप्रधानबाट तमोप्रधान बन्नुहुन्न। आत्माहरू त सबै जन्म मरणमा आउँदा आउँदा पतित बन्छन्, फेरि बाबा आउनुहुन्छ पावन बनाउन। यसबाट सिद्ध हुन्छ– आत्मा नै पतित हुन्छ। आत्मा घरबाट पावन आउँछ फेरि मायाले पतित बनाइदिन्छ। बाबाले त कहिल्यै पतित बनाउनुहुन्न। बाबाले कहिल्यै पनि बच्चाहरूलाई नराम्रो मत दिन सक्नुहुन्न। यस समयका मनुष्यले पतित मत नै दिन्छन्। अब पावन बाबा भन्नुहुन्छ– पतित नबन अर्थात् विकारमा नजाऊ। रावणको मतबाट दुःखधाम बन्यो। पहिले सुखधाम थियो। यस्तो होइन– बाबाले नै सुख-दुःख दिनुहुन्छ। बाबाले कहिल्यै बच्चाहरूलाई दुःखको मत दिन सक्नुहुन्न। मायाले नै दुःख दिन्छ। त्यस मायालाई जित पाएपछि तिमी जगत् जित बन्छौ। मनुष्यले मायाको अर्थ बुझ्दैनन्। उनीहरूले धनलाई माया भन्छन्। भन्छन् नि– यसलाई मायाको नशा धेरै छ। तर मायाको नशा हँदैन। वहाँ रावणको पुतला बनाएर जलाउँदैनन्। पुतला त दुश्मनको बनाएर जलाउँछन्। रावणराज्य शुरु हुन्छ आधाकल्पबाट। देह अहंकार आएपछि फेरि अरु विकार आउँछन्। शास्त्रमा लेखिएको छ– देवताहरू वाम मार्गमा अर्थात् विकारमा जान्छन्। मायाको वश भएपछि परवश हुन्छन्। परमतमा चलिरहन्छन्। अहिले तिमी श्रीमतमा चल्छौ। परमतको अर्थ हो मायाको मत। श्री अर्थात् श्रेष्ठ मत हो बाबाको। त्यो हो रावणको मत, परमत। त्यसैले बाबाले भन्नुभएको छ– आसुरी सम्प्रदाय सबै रावणको जन्जीरमा दुःखी छन्। 

    मनुष्यहरूले सत्ययुगको आयु लाखौं वषै सम्झेका छन्। तिमीले हिसाब बताउँछौ– ५ हजार वर्ष कसरी हुन्छ? क्राइस्ट लगभग २ हजार वर्ष भयो, बुद्ध २२५० वर्ष भयो फेरि इस्लामीलाई २५०० वर्ष भयो। सबैलाई मिलाएर आधाकल्प भयो। उनीहरू भन्दा अघि त देवताहरूको राज्य थियो फेरि देवताहरूलाई लाखौं वर्ष कसरी भन्न सक्छन्। यति मनुष्य हुन्छन् फेरि त मनुष्य धेरै हुने भए। यति धेरै त छैनन्। ५ हजार वर्षमा नै करोडौं मनुष्य हुन्छन्। भन्छन् पनि– क्राइस्ट भन्दा ३ हजार पहिले यहाँ आदि सनातन देवी देवता धर्म थियो। ५ हजार वर्ष पूरा हुन्छ। नाटक पूरा त हुन्छ नि। यी कुरालाई कसैले जान्दैनन्। म जो हुँ, जस्तो हँ, यो चक्र घुमिरहन्छ, यसलाई कसैले जान्न सक्दैन। बाबाले नै सम्झाउनु हुन्छ– यो हो गीता अध्याय। बाबाले आएर सहज राजयोग सिकाउनुभएको थियो। बाबा वृद्धहरूलाई पनि सम्झाउनु हुन्छ– यो धेरै सहज कुरा हो। केवल बाबा र वर्सालाई याद गर्नु छ। बच्चा पैदा भयो मतलब वारिस पैदा भयो। तिमीले बुझेका छौ– हामी बाबाका वारिस हौं। ५ हजार वर्षपछि फेरि मिल्न आएका छौं। यो बडो गुप्त कुरा छ। बाबा सोध्नुहुन्छ– पहिले कहिल्यै मिलेका थियौ? भन्छन्, हो बाबा। आत्माले यस मुखद्वारा भन्छ– म ५ हजार वर्ष पहिले हजुरसँग मिलेको थिएँ। हजुर यस तनद्वारा शिक्षा दिन आउनुभएको थियो। जो पक्का-पक्का बच्चाहरू छन्, उनीहरूले सम्झन्छन्– हामी बाबाबाट बेहदको वर्सा लिन बसेका छौं। हामी बेहदको बाबाका बनेका छौं, ब्रह्माद्वारा। बाबा भन्नुहुन्छ– मलाई चिन्यौ? म तिम्रो बाबा हुँ। तिमीले भन्दछौ– हो बाबा, हामी आत्माहरूको हजुर परमपिता परमात्मा बाबा हुनुहुन्छ। बाबा पनि भन्नुहुन्छ– तिमीलाई मैले स्वर्गमा पठाएको थिएँ, वर्सा दिएको थिएँ, फेरि मायाले छिन्यो फेरि अहिले दिन्छु। मायाले वर्सा छिन्छ, बाबा दिलाउनुहुन्छ। यो अनेक पटक खेल भइसकेको छ, भइरहन्छ। अन्त्य छैन। बाबाको बन्छन्, फेरि कोही सगे, कोही लगे। कोही सौतेला, कोही मातेला बन्छन्। कच्चा पक्का त हुन्छन् नि। पक्कालाई पनि कहिले मायाले एकदम जितिदिन्छ। बच्चाहरू भन्दछन्– बाबा म जबसम्म जिउँदो रहन्छु, हजुरबाट वर्सा लिइरहन्छु। विकर्मको बोझ शिरमा धेरै छ। जति तिमी यादमा रहन्छौ, यस योग अग्निबाट तिमी पाप आत्माबाट पुण्य आत्मा बन्दै जान्छौ। आगोले चीजलाई पवित्र बनाउँछ। तिम्रो हो योग अग्नि। यो बेहदको यज्ञ हो। बेहदको सेठले बेहदको यज्ञ रच्नुभएको छ। यति वर्ष कुनै पनि यज्ञ चल्दैन। ७-८ दिन वा एक महिनाको लागि यज्ञ रच्दछन्। तिम्रो यो यज्ञ त कति वर्षदेखि चलिरहेको छ। बाबा त सुनाइरहनुहुन्छ। भन्नुहुन्छ– नभुल, मलाई याद गर्यौ भने तिम्रो जन्म जन्मान्तरको विकर्मको बोझ काटिँदै जान्छ। भगवानुवाच– म आफ्नो बाबालाई याद गर। अवश्य आउनुभएको हुनुपर्छ तब त भन्नुहुन्छ नि। 

    बाबा भन्नुहुन्छ– अब तिमी फर्केर जानु छ। तिम्रो आत्मा यस समय धेरै पतित छ। अब तिमी जान्दछौ– योगबाट हामी पावन बन्दै जान्छौं। तिम्रो त प्रतिज्ञा छ– हजुर जब आउनुहुन्छ, तब अरु सबै सँगत तोडेर हजुरसँग जोड्नेछु। हजुरमाथि अर्पण हुन्छु। स्त्री, पुरूषमाथि र पुरूष स्त्रीमाथि बलिहार जान्छन्। यहाँ बाबामाथि बलिहारी जानु छ। विवाहमा एक-अर्कामा बलिहार जान्छन् नि। बाबा भन्नुहुन्छ– अब तिमी कुनै मनुष्यमाथि बलिहार जानु छैन। तिम्रो प्रतिज्ञा छ– हजुरमाथि बलिहार जान्छु। तिमी ममाथि बलिहार गयौ भने २१ जन्म तिमीलाई सदा सुखी बनाउँछु। कति भारी वर्सा छ। श्रीमतद्वारा तिमी श्रेष्ठ बन्छौ, यो नभुल। लक्ष्मी-नारायणको चित्र पनि घरमा लगाऊ। हामी बाबाबाट यो वर्सा लिइरहेका छौं। बाबा परमधामबाट आउनुभएको छ। तर माया चिल पनि कम छैन। सबैको कुरा होइन, नम्बरवार छन्। कसैले त एकदम भुल्छन्– मैले बाबाबाट वर्सा लिन्छु। यहाँ बसेका छन् त्यसैले नशा चढ्छ। यहाँबाट बाहिर निस्किएपछि भुल्छन् फेरि बिहान रिफ्रेस हुन्छन् फेरि सारा दिन भुल्छन्। ४-५ वर्ष रहेर राम्रो सेवा गर्ने पनि आज हेर छैनन्। कुनै अवज्ञा गरेका छन्, त्यसैले मायाले जोडले थप्पड मार्यो अनि गए। बाबा भन्नुहुन्छ– चढ्यौ भने प्रेम रस चाख्छौ, गिर्यौ भने चकनाचुर। देख्दछौ– कसरी चकनाचुर भएर जान्छन्। वैकुण्ठमा त अवश्य जान्छन्। तर पद त नम्बरवार छ नि। रहन त वहाँ सबै सुखी रहन्छन् फेरि पनि पोजिसन त हुन्छ नि। विद्यालयमा पोनिसन पाउनको लागि नै पुरूषार्थ गर्छन्। यस्तो होइन– प्रजा नै सही, जो तकदिरमा छ। यसलाई तमोप्रधान पुरूषार्थ भनिन्छ। सतोप्रधान उनीहरूलाई भनिन्छ, जो बाबाबाट पूरा वर्सा लिने प्रतिज्ञा गर्छन्। यो घोडदौड हो। सबै नम्बरवन त जाँदैनन्। यो मानव दौड हो। हामी छिटै शिवबाबाको गलामा हार बनौं भन्ने तिमी चाहन्छौ भने उहाँलाई याद गर्नुपर्छ। सारा कुरा यादमा आधारित छ। मायाले विघ्न यसरी ल्याउँछ, जसले एकदम दौडबाट नै छुटाइदिन्छ। तिम्रो हो मानव दौड। आत्माले भन्छ– म धेरै दुःखी भएको छु। शरीर लिँदा-लिँदा धेरै हैरान भएको छु। भन्छ– अब बाबाको पासमा जान्छु। बाबाले युक्ति त बताउनुभएको छ। भन्दछन्– बाबा म हजुरको यादमा नै रहन्छु। जति समय निकाल्न सक्छौ त्यति राम्रो हो। सरकारी सेवामा पनि ८ घण्टा दिन्छौ, यस्तै यादमा पनि ८ घण्टा त बस। सृष्टिलाई स्वर्ग बनाउनु यो कति भारी सेवा हो। केवल बाबालाई याद गर अनि सुखधामलाई याद गर। यो ८ घण्टा सेवा गर्यौ भने तिमीले पूरा वर्सा पाउँछौ। यस प्रकार याद गर्दै-गर्दै तिम्रो विकर्म विनाश हुन्छ। ८ घण्टा यस सेवामा देऊ, बाँकी १६ घण्टा तिमी स्वतन्त्र छौ। जति हुन सक्छ तिमी घरी-घरी याद गर। याद त जहाँ पनि बसेर गर्न सक्छौ। सबैभन्दा राम्रो समय तिमीलाई बिहान मिल्छ। सिन्धीमा कहावत पनि छ– सेवेरे सोना, सवेरे उठना.... त्यही मनुष्य बडो गुणवान हुन्छ। यो गायन पनि अहिलेको हो। बाबा भन्नुहुन्छ– रातमा छिटै सुत र फेरि बिहान सबेरै उठ। अज्ञानी मानिसले ८ घण्टा निद्रा गर्छन्, तिम्रो निद्रा आधा हुनुपर्छ। ४-५ घण्टा निद्रा, बस। तिमी कर्मयोगी हौ नि। रातीमा १० बजे सुत २ बजे उठ। शिवबाबालाई याद गर्नाले तिम्रो कमाइ धेरै हुन्छ। तिमीलाई स्वास्थ्य र सम्पत्ति दुवै मिल्छ। ठीक छ, २ बजे नभए ३ बजे उठ, ४ बजे उठ। फस्टक्लास समय यो हो। शान्ति रहन्छ, सबै अशरीरी बन्छन्। त्यस समय सन्नाटा धेरै हुन्छ। अमृतबेलाको यादले राम्रो असर गर्छ। बाबा धेरैजसो रातमा जागिरहन्छन्। सूक्ष्म सेवामा थकावट हुँदैन। कमाईबाट त खुशी हुन्छ। तिमी बच्चाहरू सबेरै उठेर आफ्नो अविनाशी कमाई गरिराख। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) २१ जन्म सदा सुखी बन्नको लागि एक बाबामाथि पूरा-पूरा बलिहार जानु छ। श्रीमतद्वारा श्रेष्ठ बन्नु छ। मनमत वा परमतलाई त्यागिदिनु छ। कुनै अवज्ञा गर्नु छैन।

    २) सबेरै सबेरै उठेर यादमा बसेर कमाइ गर्नु छ। सृष्टिलाई स्वर्ग बनाउने सेवा कम से कम ८ घण्टा अवश्य गर्नु छ।

    वरदान:

    ईश्वरीय भाग्यमा लाइटको क्राउन प्राप्त गर्ने सर्व प्राप्ति स्वरुप भव:-  

    दुनियाँमा भाग्यको निशानी राजाईं हुन्छ र राजाईंको निशानी ताज हुन्छ। यस्तै ईश्वरीय भाग्यको निशानी लाइटको ताज (क्राउन) हो। र, यस क्राउनको प्राप्तिको आधार हो पवित्रता। सम्पूर्ण पवित्र आत्माहरू लाइटको ताजधारी हुनुका साथै सर्व प्राप्तिहरूमा पनि सम्पन्न हुन्छन्। यदि कुनै पनि प्राप्तिको कमी छ भने लाइटको क्राउन स्पष्ट देखिँदैन।

    स्लोगन:

    आफ्नो रुहानी स्थितिमा स्थित रहने आत्मा नै मनसा महादानी हो।   



    ***OM SHANTI***