BK Murli 12 June 2016 Nepali

 BK Murli 12 June 2016 Nepali

३० जेष्ठ २०७३ आइतबार 12.06.2016 बापदादा मधुबन

ब्रह्मा बाबाको एक शुभ आशा


आज बापदादा विजयी रत्नहरूलाई देखिरहनु भएको छ। आज भक्तहरूले विजया दशमी मनाइरहेका छन्। भक्तहरूको कर्म हो जलाउनु र तिमी बच्चाहरूको हुन्छ मिलन मनाउनु। जलाए पछि मिलन मनाइन्छ। भक्ति मार्गमा पनि रावणलाई जलाएपछि अर्थात् विजय प्राप्त गरेपछि कुनचाहिँ मिलन देखाउँछन्? भक्तिको कुरालाई त राम्रोसँग जान्दछौ। रावण समाप्त भएपछि कुनचाहिँ स्टेज हुन जान्छ? त्यसको निशानी के हो? “भरत मिलाप”। यो हो ब्रदरहुडको स्थिति। भाइ-भाइको दृष्टिको निशानी हो– सेवा र स्नेह। स्नेहको निशानी दीपमाला देखाइएको हुन्छ। सेवाको सफलताको आधार ब्रदरहुड देखाइएको छ। यसको विना दीपमाला मनाउन सक्दैनन्। दीपमाला नभएसम्म राज्य तिलक गर्न सकिँदैन। आजको यादगार विजय दशमी मनायौ। यसको आधार पहिला अष्टमी मनाउँछन्। विना अष्टमीको विजय हुँदैन। कहाँसम्म पुगेका छौ? अष्टमी मनायौ? सबै नौ दुर्गा बन्यौ? अष्ट शक्ति र एक शक्तिवान। सर्वशक्तिमान बाबाको साथ अष्ट शक्ति स्वरुप, यस्तो नौ दुर्गा बनेका छौ? दुर्गा अर्थात् दुर्गुण समाप्त गरेर सर्वगुण सम्पन्न बन्नु, तब नै दशहरा मनाउन सक्छौ। बापदादा देख्न आउनु भएको छ– बच्चाहरूले दशहरा मनाए। हरेकले आफैंलाई राम्रोसँग जान्दछौ र मान्दछौ– मैले दशहरा मनाएँ? या अष्टमी मनाएँ? अविनाशी रुपमा जलायौ या अल्प समयको जलायौ? रावणलाई जलायौ या सर्व वंशलाई जलायौ? रावणलाई समाप्त गर्यौ वा रावण राज्यलाई समाप्त गर्यौ? 

आज वतनमा ब्रह्मा बाबाको रुह-रिहान चलिरहेको थियो– कुन समय? (क्लासको समय) बापदादा पनि बच्चाहरूको रुह-रिहान सुन्नुहुन्छ। सबै मेजारिटी बच्चाहरू, जब यो प्रश्न सोधिन्छ– दशहरा मनायौ? नत हो मा हात उठाउँछन्, नत होइनमा हात उठाउँछन्। यदि लेखेर दिए भने जवाफ दिनमा पनि बडो चलाख छन्। झूट पनि बोल्दैनन्, तर स्पष्ट पनि लेख्दैनन्। तीन चार जवाफ सबैलाई आउँछ र त्यही जवाफमा कुनै न कुनै जवाफ दिन्छन्। ब्रह्मा बाबाको रुह-रिहान चलिरहेको थियो। ब्रह्माबाबा त घरको गेटको उद्घाटन गर्नको लागि बच्चाहरूको आह्वान गरिरहेका छन्। तर सबैको आजको प्रश्नको उत्तर कागजमा होइन, मनको संकल्पद्वारा त बाबाको अगाडि स्पष्ट नै छ। क्लासको समय बच्चीले (दादीले) प्रश्न सोधिरहेकी थिइन् र बापदादा सबैको उत्तर देखिरहनु भएको थियो। उत्तरको सार त सुनि नै दिएँ। सुनाउने पनि आवश्यकता छैन, तिमीले बढी जान्दछौ। उत्तर देखेर ब्रह्मा बाबाले के गरे? बडो राम्रो कुरा गरे। ब्रह्माको बाबाको विशेषता सम्पन्न संस्कारलाई जान्दछौ। विशेषताको संस्कारको नै पार्ट बजाए, अब त्यो के होला? त्यस कुराको सम्बन्ध ब्रह्मा बाबाको आदिकालको प्रवेशताको जीवनसँग सम्बन्धित छ। रिजल्ट देखेपछि एक सेकेण्डको लागि ब्रह्मा बाबा बडो सोचमा पर्नु भयो र बोल्नु भयो– आज एउटा कुरा मेरो पूर्ण गर्नुपर्छ, कुनचाहिँ? ब्रह्माबाबाले भने– “आज मलाई चाबी दिनुहोस्।” कुनचाहिँ? सबैको बुद्धिलाई परिवर्तन गर्ने, सम्पन्न बनाउने। जसरी आदिमा पनि चाबीको नशा थियो, खजाना छ, चाबी छ, अब खोल्नु छ। यसरी ब्रह्मा बाबाले पनि आज सम्पन्न बनाउने चाबीको बाबासँग माग गरे। त्यस समयको दृश्यलाई साकारमा अनुभव गर्नेले जान्न सक्छन्– ब्रह्मा र बाबाको कस्तो कुराकानी चल्दथ्यो। बाबाले ब्रह्मालाई चाबी दिन सक्नुहुन्छ त? ब्रह्मालाई बाबाले हुन्न भन्न सक्नुहुन्छ र? बच्चाले पनि नत हुन्न भन्छन्, नत हुन्छ भन्छन्। 

तर यति अवश्य हो– ब्रह्मा बाबालाई बच्चाहरूलाई सदा सम्पन्न देख्ने धेरै-धेरै इच्छा छ। बन्नेछौं, यस्तो होइन, अब बन्छौं। जब बच्चाहरूको कुरा चल्छ, ब्रह्माको अनुहार दीपमालाको समान बन्न जान्छ। यस्तो तीव्र उमंग र मास्टर सागरको समान उंचा लहर पैदा हुन्छ, त्यसै उमंगको उच्च लहरमा सबैलाई सम्पन्न बनाएर दीपमाला बालिदिऊँ। ब्रह्मा बाबाको साकारी चरित्रमा पनि यो अनुभव गरेका छौ– ब्रह्मालाई एउटा बोली जन्मबाट नै राम्रो लाग्दैनथ्यो, त्यो कुनचाहिँ? आफ्नो कार्यमा पनि त्यो राम्रो लागेन, न बच्चाहरूको। “कहिलेसम्म गरौं?” यो शब्द राम्रो लागेन। हर कुरामा तुरून्त गरे र गराए। सेवाको प्लानमा देख्यौ, स्वको परिवर्तनमा देख्यौ, अहिले भर्खरै जाऊ, अहिले भर्खरै गर। ट्रेनको समय थोरै छ भने पनि जाऊ, ट्रेन छुट्छ। त्यसैले के संस्कार रह्यो? अहिले-भर्खरै, पछि होइन तर अहिले। जसरी विशेष भाषा “अहिले-भर्खरै” को सुन्यौ। यसैगरी आज वतनमा, अहिले-भर्खरै हुनुपर्छ। यही भाषा चलिरहेको थियो। एउटा अर्को हाँसोको कुरा सुनाऊँ, त्यो के होला? ब्रह्माबाबा स्वयं सम्पन्न हुनुको कारण यो देख्न सक्दैनन्– बच्चाहरूले “कहिलेसम्म” किन भन्छन्! यसैले घरी-घरी बाबालाई भन्छन्– यो किन बदलिदैन? उसले यस्तो किन गर्छ? अहिलेसम्म बच्चाहरूले यस्तो किन भन्छन्! आश्चर्य लाग्छ। ड्रामाको कुरा अलग रह्यो। यो रमणिक हाँसोको कुरा हो। यस्तो होइन, ड्रामालाई जान्दैनन् तर बच्चाहरूलाई देखेर स्नेहको कारण बाबासँग हाँसो गर्छन्। बाबासँग हाँसो गर्न त छुट्टी छ हैन? बाबा पनि मुस्कुराउनु हुन्छ। अब ब्रह्मा बाबा के चाहनुहुन्छ। यो त जान्यौ नि? अब मुक्त बनेर मुक्तिधामको गेट खोल्नको लागि बाबाको साथी बन। यो हो ब्रह्मा बाबाको बच्चाहरू प्रति शुभ आशा। पहिला यो दीपावली मनाऊ। बाबाको शुभ आशाको दीपक जगाऊ। यसै एक दीपकबाट दीपमाला स्वतः नै बल्छ। बुझ्यौ? अच्छा, फेरि भरत मिलापको रहस्य सुनाउँला।

यस्ता बापदादाको श्रेष्ठ संकल्पलाई साकारमा ल्याउने, अविनाशी दृढ संकल्पले जलाएर अविनाशी विजयी बन्ने, साकार बाबा समान सदा “अहिले” को भाषा कर्ममा ल्याउने, “कहिले” लाई समाप्त गरेर सबैलाई साकार बाबाको स्वरुप, अनुहारमा देखाउने, यस्ता विजयी रत्नहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

कुमारीहरूसँगः– कुमारीहरू त हौ नै उडता पंछी किनकि कुमारी अर्थात् सदा हल्का। कुमारी अर्थात् कुनै बोझ छैन। हल्का चीज माथी जान्छ नि। सदा माथी जानेवाला अर्थात् उँचा स्टेजमा जानेवाला। यस्तो छौ? कहाँसम्म पुगेका छौ? जो बाबाको श्रीमत छ, त्यसै प्रमाण, त्यही रेखाभित्र सदा रहने सदा माथी उडिरहन्छन्। तिमी रेखाभित्र रहने को हौ? सच्चा सीता। सबै सच्चा सीता हौ नि? पक्का? रेखादेखि बाहिर पाउ निकाल्यौ भने रावण आउँछ। रावण प्रतीक्षामा रहन्छ– कहीँ कसैले पाउ निकाल्यो भने मैले भगाऊँ! कुमारी अर्थात् सच्चा सीता। यहाँबाट बाहिर गएपछि पनि बदलिनु छैन किनकि मधुबनमा वायुमण्डलको वरदानको प्रभाव रहन्छ। यहाँ एक्स्ट्रा लिफ्ट हुन्छ। वहाँ मेहनतबाट चल्नुपर्छ। कुमारीहरूलाई देखेर बापदादालाई हजार गुणा खुशी हुन्छ किनकि कसाईसँग बच्यौ, त्यसैले खुशी हुन्छ नि। अच्छा, अहिले पक्का प्रतीज्ञा गरेर जाऊ। 

पाण्डवहरूसँगः– सबै पाण्डव शक्ति स्वरुप हौ नि? शक्ति र पाण्डव कम्बाइन्ड छौ? सर्वशक्तिवान्को अगाडि शक्ति बन्छौ र पार्ट खेल्नमा पाण्डव। सर्वशक्तिवान्लाई शक्ति बनेर याद गरेनौ भने मज्जा आउँदैन। आत्मा सीता हो र उहाँ राम हुनुहुन्छ। यस पार्टमा पनि धेरै मज्जा छ। यही पार्ट सबैभन्दा अनौठो छ संगमयुगको, जसमा पाण्डव शक्तिहरू बन्छन् र शक्तिहरू भाइ बन्छन्। यसबाट सिद्ध हुन्छ– देहभान भुलेका छन्। आत्मामा दुवै संस्कार छन्, कहिले पुरूषको, कहिले स्त्रीको पार्ट त बजायौ हैन? संगममा मज्जा हुन्छ सजनी बनेर साजनलाई याद गर्न। शक्ति बनेर सर्वशक्तिवानलाई याद गर्न। सीता बनेर रामलाई याद गर्न। 

माताहरूसँगः– शक्ति सेना सदा शस्त्रधारी छौ हैन? शक्तिहरूको शृंगार हो नै शस्त्र। जो सदा शस्त्रधारी छन्, उनै सदा महादानी, वरदानी हुन्। सबै शस्त्र कायम रहन्छ? कहिलेकाहीँ होइन, सदा। शक्तिहरूको तपस्याले सर्वशक्तिवान्लाई ल्यायौ। अब शक्तिहरूले सर्वशक्तिवान्लाई प्रत्यक्ष गर्नु छ। हर कदममा वरदान दिँदै जाऊ, शुभ भावनाद्वारा सबैलाई वरदान दिनु छ। 

सुखको सागरको बच्चा सदा सुख स्वरुप हौ नि? सदा मिलन मेलाको खुशीमा झुलिरहन्छौ हैन! खाँदा, पिउँदा, हिँड्दा अशोक अर्थात् संकल्प मात्रमा पनि शोक वा दुःखको लहर नआओस्। सदा सुख स्वरुप। दुःखलाई छोड पत्र दिनेवाला किनकि दुःखको दुनियाँमा आधा कल्प रह्यौ। अब त सुखको पालो हो। सुखको सागर मिल्नुभयो भने दुःख किन? सदा सुखी– यही वरदान बाबासँग सदाको लागि मिल्यो। अच्छा! 

प्रश्नः– 

जब स्थूल साधन समाप्त हुन्छ, त्यस समय सेवा गर्नको लागि अहिलेदेखि कुन कुरामा ध्यान हुनुपर्छ? 

उत्तरः– 

स्वयंको संकल्पलाई पावरफुल बनाउने ध्यान हुनुपर्छ, जसबाट यसको प्रभाव टाढासम्म पुग्न सकोस्। संकल्पमा यति शक्ति आओस्, जुन संकल्प तिमीले यहाँ गर्यौ, त्यसको फल वहाँ मिल्यो। जसरी बाबा भक्तिको फल दिनुहुन्छ, त्यसैगरी तिमी श्रेष्ठ आत्माहरूले परिवारमा सहयोगको फल देऊ र त्यस फलको भिन्न-भिन्न अनुभव गर। अब यो सेवा आरम्भ गर। 

प्रश्नः– 

बापदादाद्वारा कुन-कुन अविनाशी खजाना प्राप्त भएको छ? ती खजानाबाट के प्राप्ति भएका छन्? 

उत्तरः– 

१) पहिलो सबैभन्दा ठूलो खजाना हो ज्ञान धन, जसबाट पुरानो देह र दुनियाँबाट मुक्त, जीवन मुक्त स्थितिको प्राप्ति हुन्छ र मुक्तिधाममा जान्छौ। २) योगको खजानाबाट सर्व शक्तिहरूको प्राप्ति हुन्छ। ३) धारणा गर्ने खजानाबाट सर्व गुणहरूको प्राप्ति हुन्छ। ४) सेवाको खजानाबाट आशीर्वादको खजाना, खुशीको खजाना मिल्छ। ५) संगमको समयको खजाना, जुन सबैभन्दा ठूलो अमूल्य खजाना हो, जसमा सबै खजाना जम्मा गर्न सक्छौ। 


प्रश्नः– 

संगमको समय अमूल्य किन छ?

उत्तरः– 

किनकि संगम समयमा नै परमात्मा बाबा र बच्चाहरूको मधुर मिलन हुन्छ। जो अरु कुनै युगमा हुँदैन। २) संगम समय नै हो, जसमा बापदादाद्वारा सर्व खजाना मिल्छ। अन्य कुनै पनि युगमा जम्माको खाता, जम्मा गर्ने बैंक हुँदैन। ३) संगमको समय, एक जन्ममा अनेक जन्महरूको लागि खजाना जम्मा गर्न सक्छौ। 

प्रश्नः– 

खजाना दिनेवाला एक हुनुहुन्छ, सबैलाई एकै किसिमको एकै समयमा दिनुहुन्छ तर खजाना धारण नम्बरवार हुन्छ, किन? 

उत्तरः– 

किनकि धारण गर्नमा हरेकको आ-आफ्नो पुरूषार्थ छ। एक त आफ्नो पुरूषार्थबाट प्रारब्ध बनाउन सक्छन्। दोस्रो, सदा स्वयं सन्तुष्ट रहनु र सबैलाई सन्तुष्ट गर्नु, सन्तुष्टताको विशेषताबाट खजाना जम्मा गर्न सक्छन् र तेस्रो सेवाबाट खुशीको खजाना प्राप्त गर्न सक्छन्। 

प्रश्नः– 

सम्बन्ध-सम्पर्कमा आउँदा कुन कुराको ध्यान रह्यो भने सेवामा पुण्यको र आशीर्वादको खाता सहजै जम्मा गर्न सक्छौ? 

उत्तरः– 

सदा निमित्त भाव, निर्माण भाव, निःस्वार्थ भाव, हर आत्मा प्रति शुभ-भावना र शुभ-कामना रह्यो भने सेवामा वा सम्बन्ध-सम्पर्कमा आउँदा पुण्यको खाता र आशीर्वादको खाता सहजै जम्मा गर्न सक्छौ।


वरदान:

एक बाबामा सारा संसारको अनुभव गर्ने बेहदको वैरागी भव:-  

बेहदको वैरागी उही बन्न सक्छ, जसले बाबालाई नै आफ्नो संसार सम्झन्छ। जसको बाबा नै संसार छ, ऊ आफ्नै संसारमा रहन्छ। दोस्रोमा जाँदै जाँदैन त्यसैले किनारा स्वतः हुन्छ। संसारमा व्यक्ति र वैभव सबै आउँछ। बाबाको सम्पत्ति नै आफ्नो सम्पत्ति– यसै स्मृतिमा रहनाले बेहदको वैरागी हुन्छौ। कसैलाई देखेर पनि देख्दैनौ। देखिँदै देखिन्न।

स्लोगन:

शक्तिशाली स्थितिको अनुभव गर्नको लागि एकान्त र रमणिकताको सन्तुलन राख।  



***OM SHANTI***

Google+ Followers