BK Murli 13 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 13 June 2016 Nepali

    ३१ जेष्ठ सोमबार 13.06.2016 बापदादा मधुवन

    “मीठे बच्चे– बाबाको श्रीमत छ यस पुरानो दुनियाँदेखि आफ्नो मुख मोड, जीवनमुक्तिको लागि तिमीले दैवी आचरण धारण गर।”  

    प्रश्न:

    कुनचाहिँ आचरण बाबाले सिवाय कसैले सिकाउन सक्दैन?

    उत्तर:

    पवित्र बन्ने र बनाउने। यो हो सबैभन्दा श्रेष्ठ दैवी आचरण। तिमी घर-गृहस्थमा रहेर पवित्र बस। यो शिक्षा एक बाबाले नै दिनुहुन्छ, अरु कसैले दिन सक्दैन। तिमी बच्चाहरूको बेहदको संन्यास छ। तिमीले यस पुरानो दुनियाँलाई नै बुद्धिद्वारा बिर्सिन्छौ। तिमीले जान्दछौ– पवित्रताको धारणाद्वारा अरु सबै आचरणहरू स्वतः आउँछन्।

    गीतः–

    आज अन्धेरे में हं हम इंसान.....

    ओम् शान्ति।

    बच्चाहरूले गीतको एक लाइन सुन्यौ। एकातिर छ सारा दुनियाँ, भक्ति मार्गवाला र अर्कोतर्फ छौ तिमी ज्ञान मार्गवाला। उनीहरू भक्तिको सिँढी चढिरहेका छन् र तिमी बच्चाहरू फेरि ज्ञानको सिँढी चढ्छौ। भक्तिको सिँढी झर्छौ। बच्चाहरूले जान्दछन्– आधाकल्पदेखि भक्तिको सिँढी चढ्नुपर्ने हुन्छ। भक्ति पनि पहिला अव्यभिचारी हुन्छ, पछि व्यभिचारी बन्छ। बिल्कुलै अन्ध-श्रद्वामा आउँछन्। केही पनि बुझ्दैनन्। गायन पनि गर्छन्– हामी अन्धकारमा छौं। सतगुरू विना घोर अन्धकार। गुरू त यहाँ धेरै छन्। तर सच्चा गुरू को हुनुहुन्छ? साधु-सन्त, महात्मा, भक्त आदि सबैले साधना गर्छन् अथवा याद गर्छन्। शास्त्र, वेद, उपनिषद् आदि पढ्छन्। फेरि भन्दछन्– भगवान जब आउनुहुन्छ, अनि हाम्रो सद्गति गर्नुहुन्छ। सद्गतिदातालाई नै पतित-पावन भनिन्छ। अहिले तिमी बच्चाहरू घोर अन्धकारमा छैनौ। तिमी ज्ञानको उज्यालोमा आएका छौ। पतित-पावन बाबालाई चिन्दछौ र उहाँलाई याद गर्छौ। जति जुन बच्चाले याद गर्छ र ज्ञानको धारणा गर्छ, उति उसको अज्ञान अन्धकार विनाश हुन्छ। अब उज्यालोमा लैजाने एक बाबा हुनुहुन्छ। ज्ञान अंजन सतगुरू दिया.... कुनै सुर्मा (गाजल) होइन। यो ज्ञानको कुरा हो। ज्ञान सँगै योग पनि हुन्छ। अवश्य जो मनुष्यले भक्ति सिकाउँछन्, उनीहरूसँग पनि योग रहन्छ। तर तिमी बच्चाहरूको बुद्धियोग लागेको छ– निराकार परमपिता परमात्मासँग। तिमीहरू मध्ये पनि नम्बरवार छन्। तिमी बच्चाहरू सिवाय अरु कुनै मनुष्यको परमपिता परमात्मा सर्वशक्तिमान्सँग योग छैन। तिमीले बाबासँग र मुक्ति, जीवनमुक्तिधामसँग योग लगाउनुपर्छ। जीवनमुक्तिको लागि दैवी आचरण पनि धेरै राम्रो हुनुपर्छ। यतिबेला त सबैको आचरण आसुरी छ। परमपिता परमात्माको पनि गुण गायन गर्छन् नि। मनुष्य सृष्टिका बीजरुप हुनुहुन्छ, सत्य हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, आनन्दका सागर, ज्ञानका सागर हुनुहुन्छ। पवित्रताका सागर हुनुहुन्छ सदाको लागि। उहाँको यो पद अविनाशी छ, अरु कुनै मनुष्यको यो अविनाशी पद हुन सक्दैन। हुन त तिमी अहिले ज्ञानको सागर, पवित्रताको सागर बन्छौ तर सीमित बन्छौ। बाबा भन्नुहुन्छ– म असीमिति हुँ। तिमीलाई असीमित बनाउन सक्दिनँ। नत्र सृष्टि कसरी चल्छ? ८४ जन्म कसरी भोग्छौ? तिमी सदाको लागि बन्न सक्दैनौ। तिमीलाई सीमित बनाउँछु, २१ जन्मको लागि तिमी बन्छौ। २१ पीँढी पनि लेखिएको छ। तिमी सदाको लागि बन्ने यो ड्रामामा नियम छैन। म त छु नै सदा पवित्र। म रहन्छु नै परमधाममा। मसँग ज्ञान, पवित्रता आदि छँदैछ। तिमीले बिर्सिन्छौ, त्यसैले यतिबेला बाबा आएर बच्चाहरूलाई घोर अन्धकारबाट निकालेर ज्ञान र योगद्वारा पवित्र बनाउनु हुन्छ। अरु कसैले भन्न सक्दैन– म परमधामबाट आएको हुँ, अब मलाई याद गर। यो मेरो महावाक्यलाई कसैले नक्कल गर्न सक्दैन। म आउँछु नै तिमी बच्चाहरूलाई २१ जन्मको लागि राजाहरूका राजा बनाउन। त्यसैले बन्नुपर्छ नि। बन्छन् पनि उनै, जो कल्प पहिले बनेका छन्। 

    तिमीले जान्दछौ– कति बच्चाहरू पवित्र बन्छन्, कति अजामिल जस्तै पापी बन्छन्। कति अशुद्ध बन्छन्। बाबाले आएर मैला कपडा सफा गर्नुपर्छ। आत्मा नै मैलो बन्छ। आत्मालाई सम्झाइन्छ– तिमीलाई मायाले कति मैलो बनाएको छ, केवल यो एक जन्मको कुरा होइन। यो त जन्म जन्मान्तरको कुरा हो, जुन आत्मालाई सफा गर्नको लागि लक्ष्यरुपी साबुन दिन्छु। मलाई याद गर्यौ भने तिम्रो आत्मा, जुन निभ्न लागेको छ, जति म पितालाई याद गर्छौ, त्यो यस योगद्वारा जाग्दछ। स्मृति दिलाउनुहुन्छ– तिमीलाई मैले स्वर्गमा पठाएको थिएँ, फेरि मायाले मैलो बनाइदिएको छ। अब फेरि मैले तिमीलाई स्वर्गको मालिक बनाउन आएको छु। मैले यस ब्रह्मा तनद्वारा शिक्षा दिइरहेको छु। आत्मासँग कुरा गर्छु– हे बच्चाहरू! लौकिक पितालाई बिर्स। देह सहिति देहका सबै सम्बन्धलाई भुलेर म आफ्नो पितालाई याद गर्यौ भने तिम्रो आत्मा सफा हुँदै जान्छ। फेरि तिमीलाई भविष्यमा शरीर पनि नयाँ मिल्छ। फेरि तत्व आदि सबै नयाँ सतोप्रधान हुन्छन्। बाबा भन्नुहुन्छ– अब यस पुरानो दुनियाँलाई बिर्सिंदै जाऊ। मलाई याद गर्यौ भने तिमी मेरो पासमा आएर फेरि स्वर्गमा जानेछौ। यो पुरानो दुनियाँ हो। यसमा कुनै चीज बनाए भने त्यसको नयाँ नाम राखिदिन्छन्। जस्तै नयाँ दिल्ली, पुरानो दिल्ली भन्छन्। तर दुनियाँ त पुरानो हो नि। अब तिमी बच्चाहरूको यस पुरानो दुनियाँबाट बुद्धियोग बिल्कुलै हट्नुपर्छ। हामी आत्माहरूको प्यारो घर वा निर्वाणधाम छ, वहाँ जानु छ। आफूलाई आत्मा निश्चय गर्नुपर्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने अन्त मति सो गति हुन्छ। मनुष्य जसले धेरैलाई याद गर्छन्, कसैले गुरूलाई, कसैले कृष्णलाई। कृष्ण आदि कहाँ गए? यो कसैले जान्दैनन्। पुनर्जन्ममा सबै आउनैपर्छ, यो जानेका छैनन्। यो रसम-रिवाज सृष्टिको आरम्भबाट चल्दै आउँछ। सत्ययुगको आरम्भका देवी-देवताहरू हुन्छन्। अवश्य पुनर्जन्म त्यहीँबाट शुरु भएको हो। सबैभन्दा पहिला श्रीकृष्ण प्रथम पवित्र मनुष्य, उनको महिमा धेरै छ। लक्ष्मी-नारायणको त्यति छैन किनकि बच्चाहरू पवित्र सतोप्रधान हुन्छन्। त्यसैले महिमा गरिन्छ। कृष्णको धेरै महिमा छ। तर कृष्णपुरी कहाँ छ? यो जान्दैनन्। वैकुण्ठ भन्दछन् पनि सत्ययुगलाई फेरि थाहा छैन कृष्णलाई द्वापरयुगमा किन भनिदिएका हुन्! उही चीज अर्कै नाम, रुप, देशमा आउन सक्दैन। कृष्ण त सत्ययुगमा थिए। तिमीले जान्दछौ– यी जगत अम्बा, जगतपिता गएर लक्ष्मी-नारायण बन्छन्। सत्ययुगलाई कृष्णपुरी भनिन्छ। अहिले कंसपुरी छ। यी सबै आसुरी नाम हुन्। वहाँ थिए दैवी सम्प्रदाय। यहाँ छन् आसुरी सम्प्रदाय। बाबा बसेर बच्चाहरूलाई संगममा सम्झाउनु हुन्छ। उहाँ बाबा हुनुहुन्छ रचयिता। उहाँलाई भनिन्छ– मनुष्य सृष्टिका बीजरुप। अवश्य नयाँ मनुष्य सृष्टि रच्नुहुन्छ। तिमीले गायन पनि गर्छौ– बाबा हजुर पतित-पावन हुनुहुन्छ। आएर यस पतित सृष्टिलाई पावन बनाउनुहोस्। पावन सृष्टि रचेर पतित सृष्टिलाई विनाश गराउनुहोस्। अवश्य ब्रह्माद्वारा पावन सृष्टि रचेर शंकरद्वारा पतित सृष्टिको विनाश गराउनुहुन्छ। यी कुरा अरु कसैले जान्दैनन्। अहिले तिमी बच्चाहरूले बाबासँग योग लगाउँछौ। तिमीले देखेका छौ– बाबाले मैला कपडालाई सट्का लगाउनुहुन्छ। कुनै त फाट्छन्, कुनै च्यातिन्छन्। कुनै त धेरै मैला, अजामिल जस्ता पापी छन्, जसलाई बिल्कुलै धारणा हुँदैन। बाबाले कति राम्रा कुरा सुनाउनुहुन्छ। मीठा प्यारा बच्चाहरू! म परम प्रिय बाबालाई याद गर। अति प्रिय परमधामलाई याद गर। यो पनि तिमीले अहिले जान्दछौ। दुनियाँमा कसैलाई थाहा छैन– यो त अति दुःखधाम हो। मनुष्यले त्राहि-त्राहि गरिरहन्छन्, एक अर्कालाई पिटिरहन्छन्। फेरि भन्छन्– भगवान रक्षा गर्नुहोस्, अवश्य मुखबाट निस्किन्छ। बाबा त मुक्तिदाता हुनुहुन्छ। 

    तिमीले जान्दछौ– बाबा आउनुभएको छ सबैलाई सुखधाममा लिएर जानको लागि। तिमी बच्चाहरूमा पनि नम्बरवार छ, जसलाई यो नशा हुन्छ। यो पढाइ कुनै कम छैन। हेर, पढाउनु हुन्छ पनि कसलाई! अजामिल जस्ता पापी आत्माहरूलाई पढाएर स्वर्गका मालिक बनाइदिनुहुन्छ। तमोप्रधान त सबै छन्। उनीहरूलाई सतोप्रधान दुनियाँमा लैजानुपर्छ। बच्चाहरूलाई घरी-घरी सम्झाउनु हुन्छ, यहाँ दैवीगुण धारण गर्नु छ। यहाँ तिमीलाई लक्ष्य-उद्धेश्य बुद्धिमा हुन्छ। यो पवित्रताको आचरण अरु कसैले सिकाउँदैन। संन्यासीहरूले त घरबार छुटाउँछन्। यहाँ बाबा भन्नुहुन्छ– तिमीले घरबार छोड्नु पर्दैन। तिमीले त यस पुरानो दुनियाँलाई छोड्नु छ। त्यो हो हदको संन्यास, यो हो बेहदको संन्यास। ती संन्यासीहरूलाई पनि कति मान मिल्छ। साधु समाजले सरकारलाई पनि राय दिन्छन्। पछि गएर यी संन्यासी आदि पनि तिमी माताहरूको चरणमा पर्नेछन्। माताहरू विना उनीहरूको उद्धार हुन सक्दैन किनकि तिमीले ज्ञान दिन्छौ। वास्तवमा चरणमा पर्ने कुरा होइन। हो, कसैले नमस्ते वा राम-राम भन्छन् भने जवाफ दिनु पर्ने हुन्छ। बाबाले पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू नमस्ते। मैले तिमी बच्चाहरूलाई आफू भन्दा पनि उच्च बनाउँछु। तिमीलाई ब्रह्माण्ड र सृष्टि दुवैको मालिक बनाउँछु अनि म वानप्रस्थमा जान्छु। तर तिमी श्रीमतमा पनि चल्नुपर्छ। यो पुरानो दुनियाँसँग मुख मोड्नुपर्छ। राम, रावण र सीताको खेलौना हुन्छ नि। सीताले रावणसँग मुख मोड्छिन्, रामतिर सम्मुख हुन्छिन्। कृष्णको पनि चित्र छ– नर्कलाई लात हानिरहेका छन् र स्वर्गको गोला हातमा छ। बाबाले राम्ररी सम्झाउनु हुन्छ तर विरलै व्यापारीहरूले यो व्यापार गर्छन्। बाबालाई आफ्नो पुरानो तन-मन-धन दिएर नयाँ लिनु– यो धेरै फस्टक्लास विमा हो। बाबा भन्नुहुन्छ– तिमीले आफ्नो आत्मालाई पवित्र बनायौ भने फेरि शरीर पनि पवित्र मिल्छ। फेरि तिमीले स्वर्गको राजाईं गर्छौ। त्यसैले उहाँलाई सौदागर, जादुगर भन्दछन्। पतितलाई पावन बनाउनु, यसलाई ईश्वरीय जादुगरी भनिन्छ नि। बाबा भन्नुहुन्छ– नर्कवासीहरूलाई स्वर्गवासी बनाउने, यो कति फस्टक्लास जादू हो। यसमा प्राप्ति धेरै छ। बाबा भन्नुहुन्छ– राजाहरूका राजा बन, अनुशरण गर। बाबा बस्नु भएको छ नि। यी अधरकुमार हुन्, मम्मा कुमारी कन्या हुन्। त्यसैले अनुशरण गर्नुपर्छ। वर्सा बाबाबाट मिल्छ। तिमीले भन्छौ– हामी भाइ-बहिनीले बाबाबाट वर्सा लिन्छौं। हुन त लौकिकमा छोरीलाई अंश मिल्दैन, छोरालाई अंश मिल्छ। यहाँ त सबैलाई मिल्छ किनकि तिमीहरू सबै आत्मा हौ नि। बाबा भन्नुहुन्छ– सबै मेरो पासमा आउनुपर्छ। फेरि त यो भाइ-बहिनीको नाता पनि टुट्छ। वहाँ हुन्छ बाबा र बच्चाको नाता, निर्वाणधाममा। त्यसैले भन्दछन्– हामी सबै भाइ-भाइ हौं। यदि ईश्वरलाई सर्वव्यापी भन्ने हो भने फेरि फादरहुड हुन्छ। यो सर्वव्यापीको ज्ञानले कति नोक्सान भएको छ। 

    अब तिमी बच्चाहरूको बाबासँग योग छ। बाबालाई याद गर्नमा नै धेरै मेहनत छ। यस्तो पनि होइन, तिमीलाई कसैले नेष्ठामा बसाऊन्। तिमीलाई त लक्ष्य मिलेको छ। यहाँ त तिमीले केवल बसेर मुरली सुनाउँछौ। योग त तिम्रो सदैव रहन्छ। मुरली सुनेर फेरि हिँड्दा-डुल्दा यादमा रहनु छ। हामी यात्रामा गइरहेका छौं। जति हुन सक्छ यादमा रहनु छ। ८ घण्टा सेवा गर, त्यो पनि छुट छ। बाँकी समय दिनु छ। मूल कुरा हो नै पवित्रताको। तिमीले जान्दछौ– यो हो काँडाको जंगल। एक अर्कालाई काँडा लगाइरहन्छन्। बाबा भन्नुहुन्छ– अब श्रीमतमा चल। शिवबाबाले पनि कुरा गर्नुहुन्छ। ब्रह्माले पनि कुरा गर्छन् तर तिमीलाई थाहा छ– शिवबाबाले हामीलाई पढाउनु हुन्छ, तिमी विद्यार्थी हौ। तिमीले भन्छौ– उहाँ हाम्रा बाबा पनि हुनुहुन्छ, टिचर र सतगुरू पनि हुनुहुन्छ। ग्यारेन्टी गर्नुहुन्छ– तिमीलाई फर्काएर लैजान्छु। यस्तो कसैले ग्यारेन्टी गर्न सक्दैन। यो कुरा बाबाले नै भन्नुहुन्छ– परमपिता परमात्माले नै सुख मिल्ने धर्म स्थापना गर्नुहुन्छ। उहाँ बाबालाई कसैले जान्दैनन्। यदि बाबालाई चिनेको भए सम्पत्तिलाई पनि जान्ने थिए। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) लक्ष्य-उद्देश्यलाई सदा सामुन्ने राखेर दैवीगुण धारण गर्नु छ। सतोप्रधान दुनियाँमा जानको लागि पवित्रताको आचरण अपनाउनु छ। बुद्धिद्वारा बेहदको संन्यास गर्नु छ।

    २) परमप्रिय बाबा र आफ्नो सुखधामलाई याद गर्नु छ। यस दुःखधामबाट बुद्धिको योग निकालिदिनु छ।

    वरदान:

    मालिकपनको स्मृतिद्वारा सर्वोच्च अधिकारीको अनुभव गर्ने कम्बाइन्ड स्वरुपधारी भव:-  

    पहिला आफ्नो शरीर र आत्माको कम्बाइन्ड रुपलाई स्मृतिमा राख। शरीर रचना हो, आत्मा रचयिता हो। यसबाट मालिकपन स्वतः स्मृतिमा रहन्छ। मालिकपनको स्मृतिबाट स्वयंलाई सर्वोच्च अधिकारी अनुभव गर्छौ। शरीरलाई चलाउनेवाला हुन्छौ। दोस्रो, बाबा र बच्चा (शिव-शक्ति)को कम्बाइन्ड स्वरुपको स्मृतिद्वारा मायाको विघ्नलाई अधिकारसँग पार गर्छौ।

    स्लोगन:

    विस्तारलाई सेकेण्डमा समाहित गरेर ज्ञानको सारको अनुभव गर र गराऊ।   



    ***OM SHANTI***