BK Murli 14 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 14 June 2016 Nepali

    ३२ जेष्ठ मंगलबार 14.06.2016 बापदादा मधुवन

    “मीठे बच्चे– बाबाको आशीर्वाद लिनु छ भने सेवाधारी सपूत बच्चा बनेर सबैलाई सुख देऊ, कसैलाई पनि दुःख नदेऊ।”   

    प्रश्न:

    धर्मराजको सजायबाट छुट्नको लागि कुन ईश्वरीय नियममा ध्यान दिनुपर्छ?

    उत्तर:

    कहिल्यै पनि ईश्वरको सम्मुख प्रतिज्ञा गरेर त्यसको अवज्ञा गर्नु हुँदैन। कसैलाई दुःख दिनु हुँदैन। क्रोध गर्नु, दिक्क पार्नु अर्थात् यस्तो चाल-चलन चल्नु हुँदैन, जसबाट ईश्वरको नाम बदनाम हुन्छ। उनले धेरै सजाय खानुपर्छ त्यसैले यस्तो कुनै कर्म गर्नु हुँदैन। मायाको जतिसुकै तूफान आओस्, बिमारी आओस् तर सत्य-असत्य कुराको बुद्धिद्वारा निर्णय गरेर गलत कर्मबाट सधं बचिराख।

    गीतः–

    कौन आया मेरे मन के द्वारे.............

    ओम् शान्ति।

    यो ओम् शान्ति कसले भन्यो? बाबा र दादाले। यो त बच्चाहरूलाई अवश्य निश्चय छ– हाम्रो पारलौकिक बाबा हुनुहुन्छ परमपिता परमात्मा शिव र यी (ब्रह्मा) सबै बच्चाहरूका अलौकिक बाबा हुनुहुन्छ, यिनलाई नै प्रजापिता ब्रह्मा भनिन्छ। यतिका बच्चाहरू अरु कसैका हुन्छन् र! प्रजापिता ब्रह्मा बाहेक। पहिला थिएनन्, जब बेहदको बाबाले यिनमा प्रवेश गर्नुभयो तब यी भए दादा। यी दादा स्वयं भन्छन्– तिमीलाई पारलौकिक बाबाको सम्पत्ति मिल्छ। नातिहरू हजुरबुवाको सम्पत्तिको अधिकारी हुन्छन्। उनको बुद्धियोग हजुरबुवामा जान्छ किनकि हजुरबुवाको सम्पतिको हक मिल्नु छ। जस्तै राजाको पासमा जुन बच्चाले जन्म लिन्छ, उसले भन्छ यो पुर्खाको सम्पत्ति हो। पुर्खाको सम्पत्तिमा उनीहरूको हक हुन्छ नै। तिमी बच्चाहरूले जान्दछौ– हामीले बेहदको बाबाद्वारा ठूलो भन्दा ठूलो सम्पति, स्वर्गको बाहशाही लिइरहेका छौं। हामीलाई उहाँ बाबाले पढाइरहनु भएको छ। तिमी अहिले सम्मुख बसेका छौ। सम्मुखको नशा पनि नम्बरवार पुरूषार्थ रहन्छ। कसैको दिलमा त धेरै प्रेम रहन्छ। हामी आएर सर्वोच्च भगवान्का यी साकार माता-पिताद्वारा हकदार (वारिस) बन्छौं। बेहदका बाबा धेरै मीठो हुनुहुन्छ, जसले हामीलाई राजाईको लायक बनाउनुहुन्छ। मायाले बिलकुल नालायक बनाइदिएको छ। हिजो बाबाको पासमा कोही भेट्नको लागि आएका थिए, तर उनले केही पनि बुझ्दैनथे। बाबाले सम्झउनुभयो– यी सबै ब्रह्माकुमार हुन्। तिमी पनि ब्रह्माका वा शिवका बच्चा हौ नि। भन्न त भने अवश्य। यो केवल सुनेर भने तर दिलमा लागेन। तीर लागेन, साँच्चै हामी उहाँका बच्चा हौं। यिनी पनि उहाँको बच्चा हुन्, वर्सा लिइरहेका छन्। त्यसैगरी यहाँ पनि कति बच्चाहरू छन्, जसको बुद्धिमा साह्रै थोरै मात्र बस्छ। त्यो खुशी, त्यो नशा देखिँदैन। भित्र धेरै खुशीको पारा चढ्नुपर्छ। त्यो सारा चेहरामा आउँछ। अहिले तिमी सजनीहरूको ज्ञान शृङ्गार भइरहेको छ। तिमी जान्दछौ– हामी साजनका सजनी हौं। एक किसानको छोरीको कथा छ नि। 

    एक राजाले किसानको छोरीलाई लिएर आयो तर उनलाई राजाईमा आनन्द आएन। उसले छोरीलाई फर्काएर गाउँमा नै छोडेर आयो। भने– तिमी राजाईको लायक छैनौ। यहाँ पनि बाबाले शृङ्गार गर्नुहुन्छ। तिमी भविष्यमा महारानी बन। कृष्णको लागि पनि भन्छन्– भगाए, पटरानी बनाउनको लागि तर केही पनि बुझ्दैनन्। सबै अधार्मिक विचार भएका। सम्झन्छन्– यसरी नै दुनियाँ चलिरहन्छ। प्रकृति हो। धेरै छन् जो मन्दिर-आश्रममा पनि जादैनन्, नत शास्त्र आदिलाई मान्छन्। सरकारले पनि धर्मलाई मान्दैन। भारतवर्ष कुन धर्मको थियो, अहिले कुन धर्मको छ, बिलकुल केही जान्दैनन्। अहिले तिमी बच्चाहरू हौ दैवी कुलका। जसरी उनीहरू क्रिश्चियन कुलका हुन्, त्यस्तै तिमी ब्राह्मण कुलका हौ। बाबा भन्नुहुन्छ– सबैभन्दा पहिला तिमी बच्चाहरूलाई पतित शूद्रबाट ब्राह्मण बनाउँछु। पावन बन्दै-बन्दै फेरि २१ जन्मको लागि तिमी दैवी सम्प्रदाय बन्छौ। दैवी गोदमा जान्छौ। पहिला थियौ आसुरी गोदमा। आसुरी गोदबाट फेरि तिमी ईश्वरीय गोदमा आएका छौ। एक बाबाका बच्चाहरू भाइ-बहिनी हौ। यो एक आश्चर्य हो। सबैले भन्छन् हामी ब्राह्मण कुलका हौं। मलाई श्रीमतमा चल्नु छ, सबैलाई सुख दिनु छ, बाटो बताउनु छ। दुनियाँमा कोही छैनन्, जसले मुखले भनून्– बेहदको बाबाबाट बेहदको वर्सा कसरी लिन सकिन्छ? तिमीलाई बेहदको बाबा मिल्नुभएको छ। तिमी नै उहाँका बच्चा बनेका छौ। बुद्धिले जान्दछ– कल्प पहिले जसले बाबाबाट वर्सा लिएका थिए, उनैले लिन्छन्। अलिकति पनि बुद्धिमा छ भने कुनै समय आइपुग्छन्। आउँछन् केही न केही लिनको लागि। तिमीहरू मध्येमा पनि नम्बरवारले जान्दछन्। आज पावन बन्नको लागि आएका छन्, भोलि फेरि पतित बन्छन्। कसैको नराम्रो संगतमा लाग्नाले भुल्दछन्– बाबाको बनेर फेरि बाबालाई छोडँ भने महान् पाप आत्मा बन्छु। जस्तै कसैले कसैको हत्या गर्छन् भने पाप लाग्छ। त्यो पाप पनि थोरै हो। यहाँ जो बाबाका बनेर छोड्छन्, प्रतिज्ञा गरेर फेरि विकारी बन्छन् भने धेरै पाप लाग्छ। 

    अज्ञान कालमा त्यति लाग्दैन, जति ज्ञानमा लाग्छ। अज्ञान कालमा त मनुष्यहरूमा क्रोध सामान्य हुन्छ। यहाँ तिमीले कसैमा क्रोध गर्यौ भने सय गुणा दण्ड हुन जान्छ। अवस्था बिलकुल गिर्छ किनकि ईश्वरको आज्ञा मान्दैनौ। धर्मराजको आज्ञा मिल्छ– पवित्र बन्नुपर्छ। तिमी ईश्वरको बनेर अलिकति पनि उहाँको आज्ञाको अवज्ञा गर्यौ भने सयगुणा दण्ड चढ्छ। रचयिता त उहाँ एक हुनुहुन्छ। ब्रह्मा-विष्णु-शंकर पनि उहाँका रचना हुन्। धर्मराज पनि रचना हुन्। धर्मराजको रुप पनि बाबाले साक्षात्कार गराउनुहुन्छ। फेरि त्यस समयमा सिद्ध गरेर बताउँछन्– हेर तिमीले प्रतिज्ञा गरेका थियौ– मैले क्रोध गर्ने छैन, कसैलाई दुःख छैन, फेरि पनि तिमीले यिनलाई दुःख दियौ, हैरान गर्यौ। अब खाऊ सजाय। साक्षात्कार विना सजाय दिइँदैन। प्रमाण त चाहियो नि। उसले पनि सम्झन्छ– अवश्य मैले बाबालाई छोडेर यो कुकर्म गरें। बदनामी गराउनाले फेरि धेरै जना माथि विपद आउँछ। कति अबलाहरू बन्धनमा पर्छन्। सारा दण्ड बदनामी गराउने माथि पर्छ। त्यसैले बाबा भन्नुहुन्छ– महान् पाप आत्मा देख्नु छ भने यहाँ देख्न सक्छौ। धोबीको पासमा धेरै मैला सडेका कपडा छन् भने सट्का लगाउँदा फाट्दछन्। यहाँ पनि सट्का सहन गर्न नसकेर बाहिर जान्छन्। ईश्वरको गोदमा आएर सिधै उहाँको अवज्ञा गर्यो भने सजाय खानुपर्छ। जो प्रमुख ब्राह्मणीले पार्टी लिएर आउँछन्, उनी माथि ठूलो जिम्मेवारी हुन्छ। एक जनाले मात्र पनि यदि हात छोड्यो, विकारी बन्यो भने उसको पाप लिएर आउनेमा आउँछ। यस्ता कसैलाई पनि इन्द्रसभामा ल्याउनु हुँदैन। नीलम परी, पुखराज परीको कहानी पनि त छ नि। इन्द्र सभामा पतित कसैलाई लुकाएर ल्याइयो, अनि इन्द्र सभामा गन्ध आउन थाल्यो। त्यसैले ल्याएर आउने माथि दण्ड पर्यो। यस्ता केही कहानी छन्। तिनी पत्थर बनिन्। बाबा पारसनाथ बनाउनुहुन्छ, यदि अवज्ञा गरे भने पत्थर बन्छन्। राजाई पाउने सौभाग्य गुमाउँछन्। मानौ कसैले गरिब राजाको गोद लिन्छ, यदि नालायक बन्यो र राजाले निकालिदिए भने के हुन्छ? फेरि कंगालको कंगाल नै बन्छ। यहाँ पनि यस्तै हो। 

    फेरि धेरै दुःख महसुस हुन्छ त्यसैले बाबा भन्नुहुन्छ– कहिल्यै पनि कुनै अवज्ञा नगर। बाबा हुनुहुन्छ साधारण त्यसैले शिवबाबालाई भुलेर साकारमा बुद्धि लाग्न थाल्छ। अब तिमी बच्चाहरूलाई श्रीमत मिल्छ। जो फोहरी बन्छन्, यस्ताहरू इन्द्रसभामा बस्न सक्दैनन्। हरेक सेन्टर इन्द्रप्रस्थ हो, जहाँ ज्ञानको वर्षा भइरहेको छ। नीलम परी, पुखराज परी नाम त छ नि। नीलम रतनलाई भनिन्छ। यो बच्चाहरूको नै नाम राखिन्छ। कोही त धेरै राम्रा रत्न छन्, कुनै दाग छैन। जुहारतहरूमा कुनै-कुनै धेरै दाग भएका हुन्छन्। कोही एकदम पवित्र हुन्छन्। यहाँ पनि नम्बरवार रत्न छन्। कोही-कोही रत्न धेरै मूल्यवान छन्। धेरै राम्रो सेवा गर्छन्। कोही त सेवाको बदलामा डिस-सर्विस गर्छन्। गुलाबको फूल र आँकको फूलमा कति फरक छ। शिवलिङ्गमा दुवै चढाउँछन्। अब तिमीले जानिसकेका छौ– हामी मध्ये फूल को-को छन्? उनैको सबैले माग गर्छन्– बाबा हामीलाई राम्रा-राम्रा फूल दिनुहोस्। अब राम्रा-राम्रा फूल कहाँबाट ल्याउने? रत्न ज्योति फूल त सामान्य हुन्छ। यो बगंचा हो नि। तिमी ज्ञान गंगा पनि हौ। बाबा त सागर हुनुहुन्छ नि। यी ब्रह्मा ब्रह्मपुत्र सबैभन्दा ठूलो नदी हुन्। कलकत्तामा ब्रह्मपुत्र नदी धेरै ठूलो छ, जहाँ सागर र नदीको धेरै ठूलो मेला लाग्छ। अवश्य ज्ञानसागर बाबा हुनुहुन्छ। उहाँ चैतन्य ज्ञानसागर हुनुहुन्छ। तिमी पनि चैतन्य ज्ञान नदी हौ। त्यो त हो पानीको गंगा। नदीको नाम राखिएको छ तर आसुरी सम्प्रदायले यो कुरा पनि भुलेका छन्। हरिद्वारमा गंगाको किनारामा चतुर्भुजको चित्र देखाइएको छ। त्यसलाई पनि गंगा भन्दछन् तर मनुष्यले यो कुरा बुझ्दैनन्– यी चतुर्भुज को हुन्? अवश्य यस समय तिमी स्वदर्शन चक्रधारी बन्छौ। तिमी हौ सच्चा ज्ञान नदीहरू। त्यो हो पानीको। वहाँ गएर स्नान गर्छन्। तर केही पनि बुझ्दैनन्। केवल देवी सम्झन्छन्। मनुष्यका त कहिल्यै पनि ४-८ भुजा हुँदैनन्। अर्थ केही पनि बुझ्दैनन्। तिमी बच्चाहरूले जान्दछौ– बाबाले हामीलाई के बनाउँदै हुनुहुन्छ! हामी त १०० प्रतिशत बेसमझ थियौं। 

    बाबाको गोद लिनाले हामी स्वर्गको मालिक बन्छौं। हुन त यहाँ कोही राजा छन् तर स्वर्गको सुख र अहिलेको सुखमा रात-दिनको फरक छ। तिमीहरूमा कोही यस्ता पनि छन्, जसले बाबालाई चिन्दैनन् र आफूलाई पनि चिन्दैनन्। हेर्नुपर्छ– मैले कति सुगन्ध दिन्छु? उल्टो-सुल्टो त बोल्दिनँ? क्रोध त गर्दिनँ? बाबाले तुरून्तै चाल-चलनबाट बुझ्नुहुन्छ– यो बच्चा कस्तो छ। सेवाधारी बच्चा बाबालाई धेरै प्यारो लाग्छ। सबै त समान प्यारा लाग्न सक्दैनन्। यस्ता बच्चाहरूको लागि भित्रबाट स्वतः आशीर्वाद निस्किन्छ। पिताको अवज्ञाकारी बच्चा छ भने भन्छन्– यस्तो बच्चा त मरे राम्रो। कति नाम बदनाम गर्छ, यसलाई भनिन्छ तकदिर। कसको तकदिरमा के छ, छिट्टै थाहा हुन्छ। बाबाले सम्झाउनुहुन्छ– यो सपूत बच्चा हो, त्यो कपूत हो। बापदादालाई चिनेनन्, तकदिरमा वर्सा लिनु छैन भने के गर्न सकिन्छ? यस ज्ञानमार्गमा नियम धेरै कडा छन्। पिता पवित्र बने तर बच्चा बनेनन् भने त्यो बच्चा हकदार बन्न सक्दैन। त्यसलाई बच्चा मानिदैन। फेरि भन्छन्– हामीले त शिवबाबालाई वारिस बनाउँछौ, तब बाबाले २१ जन्मको लागि हामीलाई रिटर्न दिनुहुन्छ। यसको अर्थ यो होइन बाबाको पासमा आएर बस्नु छ। होइन, गृहस्थ व्यवहारमा रहेर सबैलाई सम्हाल्नु पनि छ, तर ट्रस्टी भएर रहनु छ। यस्तो होइन– तिम्रा बच्चा आदिलाई बाबाले बसेर सम्हाल्नु हुन्छ। होइन, यस्ता ख्याल भएकाहरू भट्किन्छन्। यहाँ बाबाको साथमा त बिलकुल पवित्र चाहिन्छ। अपवित्र कोही पनि बस्न सक्दैनन्। नत्र पत्थरबुद्धि बन्छन्। बाबाले कुनै श्राप दिनुहुन्न। यो त एक नियम हो। बाबा भन्नुहुन्छ– अब फेरि खबरदार रहनु। कर्मेद्रियहरूबाट कुनै पाप गर्यो भने त्यो मर्यो। बडो ठूलो लक्ष्य छ। बाबाको बच्चा बनेपछि सारा बिमारी उल्टिन्छ। डराउनु हुँदैन। वैद्यहरूले पनि भन्छन्– फलानो औषधीले तिम्रो रोग बाहिर आउँछ। तिमी डराउनु हुँदैन। बाबा पनि स्वयं भन्नुहुन्छ– तिमी बाबाको बनेपछि माया रावणले तिमीलाई धेरै हैरान पार्नेछ। खुब तूफान ल्याउँछ। अहिले तिमीलाई सत्य-असत्यको बुद्धि मिलेको छ। अरु कसैको सही र गलत छुट्याउने बुद्धि छैन, सबैको छ विनाश कालमा विपरीत बुद्धि। प्रीत बुद्धि तिमीहरूमा पनि नम्बरवार पुरूषार्थ अनुसार छ। प्रीत बुद्धि भएकाहरूले बाबाको सेवा धेरै राम्रो सँग गर्छन्। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) ईश्वरको बच्चा बनेर अलिकति पनि उहाँको आज्ञाको अवज्ञा गर्नु हुँदैन। यी कर्मेन्द्रियहरूबाट कुनै पनि कुकर्म गर्नु हुँदैन। उल्टो-सुल्टो बोली बोल्नु हुँदैन। सपूत बनेर बाबाको आशीर्वाद लिनु छ।

    २) ट्रस्टी बनेर आफ्नो गृहस्थ व्यवहारलाई सम्हाल्नु छ। ज्ञानमार्गको जुन नियम छन्, तिनीहरूमा पूरा-पूरा चल्नु छ। सही र गलतलाई बुझेर मायासँग होशियार रहनु छ।

    वरदान:

    सतसङ्गद्वारा रुहानी रङ्ग लगाउने सदा हर्षित डबल लाइट भव:-  

    जुन बच्चाहरूले बाबालाई दिलको सच्चा साथी बनाउँछन्, उनीहरूलाई सङ्गको रुहानी रङ्ग सधैं लागिरहन्छ। बुद्धिद्वारा सत्य बाबा, सत्य शिक्षक र सद्गुरूको सङ्ग गर्नु– यही सतसङ्ग हो। जो यस सतसङ्गमा रहन्छन् उनीहरू सधैं हर्षित र डबल लाइट रहन्छन्। उनीहरूलाई कुनै पनि प्रकारको बोझ अनुभव हुँदैन। उनीहरूले यस्तो अनुभव गर्छन्, मानौं भरपुर छु, खुशीका खानी मेरो साथमा छ। जुन चीज बाबाको हो, त्यो सबै आफ्नो भयो।

    स्लोगन:

    आफ्नो मीठो बोली र उमंग-उत्साहको सहयोगबाट दिलशिकिस्तलाई शक्तिमान बनाऊ।   



    ***OM SHANTI***