BK Murli 15 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 15 June 2016 Nepali

    ०१ आषाढ बुधबार 15.06.2016 बापदादा मधुवन

    “मीठे बच्चे– आफूलाई आत्मा सम्झेर आत्मासँग कुरा गर्यौ भने फूलमा सुगन्ध आउँदै जान्छ, देह-अभिमानको दुर्गन्ध निस्कन्छ।”  

    प्रश्न:

    आफ्नो सुगन्ध चारैतर्फ फैलाउने सच्चा फूल वा पुतली को हुन्?

    उत्तर:

    सच्चा फूल ती हुन् जसले अनेकौंलाई आफू समान सुगन्धित फूल बनाउँछन्। श्रीमतमा चलेर दिपकमा जलेर मर्नेवाला अर्थात् पूरा-पूरा बलिहार जाने, जीवन छँदै मर्नेवाला सच्चा फूल वा पुतलीहरूको सुगन्ध स्वतः नै चारैतर्फ फैलिन्छ।

    गीतः–

    महफिल में जल उठी शमा...

    ओम् शान्ति।

    तिमी पुतलीहरूले गीत सुन्यौ। पुतली भन वा फूल भन कुरा एउटै हो। बच्चाहरूले सम्झन्छन्– हामी सच्चा पुतली बनेका छौं वा केवल चक्कर लगाउँछौं? दिपकलाई भुल्छन्। हरेकले आफ्नो दिलसँग सोध्नु छ– म कहाँसम्म फूल बनेको छु? ज्ञानको सुगन्ध फैलाउँछु? आफू समान फूल कतिलाई बनाएको छु? यो त बच्चाहरूले जान्दछन्– ज्ञानका सागर बाबा हुनुहुन्छ, उहाँको कति सुगन्ध छ? जो राम्रा फूल वा पुतली छन्, उनीहरूको अवश्य राम्रो सुगन्ध आउँछ। उनीहरू सधैं खुशी रहन्छन्, अरुलाई पनि आफू समान फूल वा पुतली बनाउँछन्। फूल नभए पनि कोपिला बनाउँछन्। पूरा पुतली त ती हुन्, जो जीवन छँदै मर्छन्। बलि चढ्छन् अथवा ईश्वरीय सन्तान बन्छन्। कुनै धनी व्यक्तिले कुनै गरिब बच्चालाई गोदमा लिन्छन् भने बच्चालाई ती धनी व्यक्तिको गोदमा आएपछि उनै आमा-बुवा याद आउँछ, गरिब आमा-बुवालाई भुल्छन्। जान्दछन्– मेरो माता-पिता गरिब छन् तर याद धनी माता-पितालाई गर्छन्, जसबाट धन मिल्छ। साधु-संन्यासी आदिले साधना गर्छन् मुक्तिधाममा जानको लागि। सबैले मुक्तिको लागि नै पुरूषार्थ गर्छन् तर मुक्तिको अर्थ बुझ्दैनन्। कसैले भन्छन् ज्योति ज्योतिमा समाहित हुन्छ। कसैले सम्झन्छन्– पार निर्वाणधाममा जान्छौं। निर्वाणधाममा जानुलाई ज्योति ज्योतिमा समाहित हुनु वा मिल्नु भनिदैन। तिमीले बुझेका छौ– हामी दूर देशका निवासी हौं। यस फोहरी दुनियाँमा रहेर के गर्ने? बच्चाहरूलाई सम्झाइएको छ, जब कसैसँग भेट हुन्छ भने भन– यो बनिबनाऊ ड्रामा हो। सत्ययुग त्रेता... फेरि संगमयुग। यो पनि सम्झाइएको छ– सत्ययुग पछि त्रेताको संगम हुन्छ। त्यसमा युग फेरिन्छ र यहाँ कल्प फेरिन्छ। बाबा युगे-युगे आउनुहुन्न, जस्तो मनुष्य सम्झन्छन्। बाबा भन्नुहुन्छ– जब सबै तमोप्रधान बन्छन्, कलियुगको अन्त हुन्छ, त्यस कल्पको संगममा आउँछु। युग पूरा भएपछि कलाहरू कम हुन्छन्। जब पूरा ग्रहण लाग्छ तब म आउँछु। म युगे-युगे आउँदिनँ। यो बाबाले बसेर पुतलीहरूलाई सम्झाउनुहुन्छ। पुतलीहरूमा पनि नम्बरवार छन्। कोही त जलेर मर्छन्, कोही चक्कर लगाएर जान्छन्। श्रीमतमा तिमी नै चल्न सक्छौ। यदि कहीँ श्रीमतमा चलेनौ भने मायाले पछार्छ। श्रीमतको धेरै गायन छ। श्रीमत भागवत गीता भनिन्छ। शास्त्र त पछि गएर जसले बनाए। त्यस समयमा बुद्धि रजो हुनाको कारणले सम्झे कृष्ण द्वापरमा आए। म आउँछु नै तब, जब आदि सनातन देवी-देवता धर्म प्रायः लोप हुन्छ। बाँकी सबै धर्महरू रहन्छन्। यस्तो होइन, ती देवता धर्मवाला मनुष्य गुम हुन्छन् तर यो भुल्छन्– हामी देवी-देवता धर्मका थियौं। आफूलाई हिन्दू धर्म बताउँछन्, यो पनि ड्रामामा निश्चित छ। जब बिर्सिन्छन्, तब त फेरि म आएर देवी-देवता धर्मको स्थापना गरुँ। उहाँ एउटै बाबा हुनुहुन्छ, जसले आएर दुःखधामबाट सुखधामको मालिक बनाउनु हुन्छ। तिमीले भन्छौ– अहिले हामी नर्कका मालिक छौं। दुनियाँलाई तमोप्रधान त बन्नु नै छ। सबै पतित छन्, तब त पावनको अगाडि गएर नमस्ते गर्छन्। अब बाबा भन्नुहुन्छ– श्रीमतमा चल। जन्म-जन्मान्तरको बोझ शिरमाथि धेरै छ। नत्र त्राहि-त्राहि गर्नु पर्नेछ। उनीहरूले त सम्झन्छन्– आत्मा निर्लेप छ तर होइन, आत्माले नै सुख-दुःख देख्छ। यो कसैले बुझ्दैन। बाबाले घरी-घरी सम्झाउनुहुन्छ– लक्ष्य धेरै उँच छ। यस समयमा तिमी पुरूषार्थ गर्छौ, जब दुःखी हुन्छौ। जान्दछौ– सत्ययुगमा हामी धेरै सुखी रहन्छौं। वहाँ यो थाहा हुँदैन– हामी फेरि दुःखधाममा जानु छ। हामी सुखमा कसरी आयौं, कति जन्म लिन्छौं, केही पनि जान्दैनन्। अहिले तिमी जान्दछौ भने उच्च को ठहरियो? तिमी ईश्वरका सन्तान हुनाको कारण जसरी ईश्वर ज्ञानका सागर हुनुहुन्छ त्यस्तै तिमी पनि ज्ञानका सागर ठहरियौ। अहिले तिमी ईश्वरका सन्तान हौ, तर नम्बरवार। कोही त बडो मस्त रहन्छन्, सम्झन्छन– हामी बाबाको मतमा चलिरहन्छौं। जति मतमा चल्छौ, उति श्रेष्ठ बन्छौ। बाबा सम्मुखमा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। प्यारा बच्चाहरू! देह-अभिमानलाई छोड, देही-अभिमानी बन, निरन्तर याद गर। बाबा त सदैव सुखदाता हुनुहुन्छ नै। यस्तो होइन– दुःख पनि बाबाले नै दिनुहुन्छ। बाबाले कहिले पनि बच्चाहरूलाई दुःख दिनुहुन्न। बच्चाहरूले आफ्नो उल्टो चलनले दुःख पाउँछन्। बाबाले दुःख दिन सक्नुहुन्न। भन्छन् हे भगवान बच्चा दिनुभयो भने कुलको वृद्धि हुन्छ। बच्चाहरूलाई धेरै प्यार गर्नुहुन्छ। बाँकी दुःख आफ्नै कर्मले पाउँछन्। अब बाबाले तिमी बच्चाहरूलाई धेरै सुखी बनाउनुहुन्छ। भन्नुहुन्छ श्रीमतमा चल। आसुरी मतमा चल्नाले तिमीले दुःख पाउँछौ। बच्चाहरू बाबाको, टिचर अथवा ठूलाको आज्ञा नमान्नाले दुःखी हुन्छन्। दुःखदायी स्वयं नै बन्छन्, मायाको बन्न पुग्छन्। ईश्वरको मत अहिले नै तिमीलाई मिल्छ। ईश्वरीय मतको रिजल्ट २१ जन्म चल्छ फेरि आधाकल्प मायाको मतमा चल्छन्। ईश्वरले एक पटक आएर मत दिनुहुन्छ। मायाले त आधाकल्पदेखि मत दिइरहन्छ। बाबाले एक पटक मत दिनुहुन्छ। मायाको मतमा चल्नाले १०० प्रतिशत दुर्भाग्यशाली बन्न पुग्छन्। त्यसैले जो राम्रा-राम्रा फूल छन्, उनीहरू यसै खुशीमा मस्त रहन्छन्, नम्बरवार छन् नि। पुतलीहरू कोही त बाबाको बनेर श्रीमतमा चल्छन्। गरिबहरूले नै आफ्नो चार्ट लेख्छन्। धनवानलाई डर रहन्छ– कतै हाम्रो पैसा नलेऊन्। धनवानको लागि धेरै मुश्किल छ। बाबा भन्नुहुन्छ– म गरिब निवाज हुँ। दान पनि जहिले पनि गरिबहरूलाई नै दिइन्छ। सुदामाको कुरा छ नि– कनिका, चामल लिएर उनलाई महल दिइयो। तिमी हौ गरिब। सम्झ कोहीको पासमा २५-५० रुपैयाँ छ, त्यसमध्ये २०-२५ पैसा दिन्छन्। धनवानले ५० हजार दिन्छन् भने पनि बराबर हुन्छ। त्यसैले गरिब निवाज नाम गाइएको छ। धनवानले भन्छन्– हामीलाई फुर्सत मिल्दैन किनकि पूरा निश्चय छैन। तिमी हौ गरिब। गरिबलाई धन मिल्नाले खुशी हुन्छ। बाबाले सम्झाउनु छ– यहाँका गरिब वहाँ धनवान बन्छन् र यहाँका धनवान वहाँका गरिब बन्छन्। 

    कतिले भन्छन्– हामी यज्ञको ख्याल राखौं वा परिवारको ख्याल राखौं? बाबा भन्नुहुन्छ– तिमीले आफ्नो कुटुम्बको धेरै राम्ररी सम्हाल गर। राम्रो भयो, तिमी यस समयमा गरिब भयौ। धनवान हुन्थ्यौ भने बाबाबाट पूरा वर्सा लिन सक्दैनथ्यौ। संन्यासीले यस्तो भन्दैनन्। उनीहरू त पैसा लिएर आफ्नो कमाई गर्छन्। शिवबाबाले कहाँ बनाउनुहुन्छ र! यी घर आदि सबै तिमी बच्चाहरूले आफ्नो लागि नै बनाएका छौ। यो कसैको सम्पत्ति होइन, यो त अस्थायी हो किनकि अन्त्य समयमा बच्चाहरू यहाँ आएर रहनु छ। हाम्रो यादगार पनि यहाँ छ। पछि गएर यहाँ आएर विश्राम लिन्छौ। बाबाको पासमा उनै भाग्छन्, जो योगयुक्त हुन्छन्। उनीहरूलाई मदत पनि मिल्छ। बाबाको धेरै मदत मिल्छ। तिमीलाई यहाँ बसेर विनाश देख्नु छ। जसरी शुरुमा बाबाले तिमी बच्चाहरूलाई बहलाउनु भयो, फेरि पछि गएर बहलाउनु हुनेछ। धेरै प्यार गर्नुहुन्छ। मानौं वैकुण्ठमा बसेका छौ, धेरै नजिक हुँदै जान्छौ। यो त सम्झन्छौ– हामी यात्रामा छौं। थोरै समय पछि विनाश हुन्छ। तिमी धेरै खुशी हुन्छौ। अब हामी गएर राजकुमार बन्छौं। किसिम-किसिमका फूल छन्। हरेक बच्चाहरूले बुझ्नु छ– मैले कति ज्ञानको सुगन्ध दिइरहेको छु? कतिलाई ज्ञान र योगको शिक्षा दिन्छु? जसले गर्छन्, उनीहरू भित्र प्रफुल्लित हुन्छन्। बाबाले जान्नुहुन्छ– यी कुन अवस्थामा रहन्छन्? यिनको अवस्थाले कहाँसम्म फड्को मार्न सक्छ? उनीहरूले फड्को मार्न सक्छन्, जो पुतली बनिसकेका हुन्छन्। बाबाले सम्झाउनुहुन्छ– मायाको तूफान त धेरै आउँछ, तिनबाट आफूलाई बचाउनु छ। अहिले यो राजयोग परमपिता परमात्माले आएर सिकाउनुहुन्छ। परमात्मा आएर आत्माहरूलाई सम्झाउनुहुन्छ। आत्मालाई ज्ञान छ– म आत्माले यस भाइ आत्मालाई सम्झाउँछु। जसरी परमात्मा बाबाले हामी आत्मा बच्चाहरूलाई सम्झाउनुहुन्छ। हामी पनि आत्मा हौं। बाबाले हामीलाई सिकाउनुहुन्छ, हामीले फेरि यी आत्माहरूलाई सम्झाउँछौं। तर यो आत्मापनको निश्चय नहुनाको कारणले आफूलाई मनुष्य सम्झेर, मनुष्यलाई नै सम्झाउँछन्। म परम आत्माले तिमी आत्माहरूसँग कुरा गर्छु। तिमीले आत्मालाई सुनाउँछौ। यसरी तिमीले देही-अभिमानी भएर कसैलाई सुनाउँछौ भने तुरून्तै तीर लाग्छ। यदि स्वयं नै देही-अभिमानी रहन सक्दैनौ भने धारणा गराउन सक्दैनौ। यो बडो उच्च लक्ष्य हो। बुद्धिमा यो रहनुपर्छ– मैले यी अंगहरूद्वारा सुन्छु। बाबा भन्नुहुन्छ– मैले आत्मा बच्चाहरूसँग कुरा गर्छु। बाबाको आज्ञा छ– अशरीरी बन। देह-अभिमानलाई छोड, मलाई याद गर– यो बुद्धिमा आउनुपर्छ। मैले आत्माहरूसँग कुरा गर्छु, शरीरसँग होइन। शरीर भए पनि उनको आत्मासँग नै कुरा गर्छु। तिमी बच्चाहरूले सम्झन्छौ– हामी बाबाको त बनेका छौं तर होइन यसमा धेरै सूक्ष्म बुद्धि चल्छ। म आत्मा हुँ, म यिनको आत्मालाई सम्झाउँछु। यो हाम्रो भाइ हो, यिनलाई बाटो बताउनु छ। आत्माले बुझिरहेको छ। यसरी सम्झ तब आत्मालाई तीर लाग्छ। देहलाई देखेर सुनाउँछौ भने आत्माले सुन्दैन। पहिले आफैंलाई यो चेतावनी देऊ– म आत्मासँग कुरा गर्छु। आत्मालाई नत स्त्री, न पुरूष भनिन्छ। आत्मा त न्यारा छ। स्त्री-पुरूष त शरीरबाट थाहा हुन्छ। जसरी ब्रह्मा-सरस्वतीलाई स्त्री-पुरूष भनिन्छ। शिवबाबालाई नत स्त्री, नत पुरूष भनिन्छ। बाबाले आत्माहरूलाई सम्झाउनुहुन्छ। लक्ष्य उच्च छ। प्वाइन्ट धेरै कडा छ। आत्मालाई इन्जेक्सन लगाउनु छ, तब देह-अभिमान टुट्छ। नत्र सुगन्ध आउँदैन। तागत रहँदैन। कुरा धेरै सानो छ। म आत्मासँग कुरा गर्छु। बाबा भन्नुहुन्छ– तिमी फर्केर जानु छ यसैले देही-अभिमानी बन। मनमनाभव। फेरि स्वतः नै मध्याजी भव आउँछ। अहिले धेरै सूक्ष्म बुद्धि मिल्छ। सबेरै बसेर विचार सागर मन्थन गर्नु छ। दिनमा त सेवा गर्नु छ किनकि कर्मयोगी हौ। लेखिएको पनि छ– निद्रालाई जित्नेवाला बन। रातीमा जागेर कमाई गर। दिनमा त मायाको धेरै झमेला हुन्छ। अमृतबेलामा वायुमण्डल राम्रो हुन्छ। बाबालाई यो त लेख्दैनन्– फलानो समयमा उठेर विचार सागर मन्थन गर्छु। बडो मेहनत छ। विश्वको तिमी मालिक बन्छौ। यहाँ त हदको मालिक छौ। पानीको सिमानाको लागि पनि कति झगडा चल्छ। दुश्मनी हुन्छ। आपसमा एक-अर्कालाई भाइ-भाइ सम्झिदैनन्। केवल त्यसै भनिदिन्छन्– हामी सबै एक हौं। एक त हुन सक्दैनन्। अनेक आत्माहरू छन्। सबैको आ-आफ्नो पार्ट छ। तिमी यहाँ बसेका छौ। कल्प पहिले पनि बसेका थियौ। पात हल्लियो, ड्रामा अनुसार। यस्तो होइन, पात-पातलाई परमात्माले हल्लाउनुहुन्छ। यस्तो-यस्तो कुरा बुझेर फेरि बुझाऊ। हरेकले जान्न सक्छ– म पुतली बनेको छु! म बाबाको मतमा चल्छु! फाल्तु कुरा त गर्दिनँ! कहीँ आफ्नो पैसा पाप तर्फ त लगाइराखेको छैन? अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) स्वयंलाई आत्मा सम्झेर आत्मासँग कुरा गर्नु छ। देही-अभिमानी बनेर सुन्दा-सुनाउँदा धारणा राम्रो हुन्छ।

    २) निद्रालाई जित्नेवाला बन्नु छ, राति जागेर कमाई गर्नु छ। विचार सागर मन्थन गर्नु छ। कुनै पनि फाल्तु कुरामा आफ्नो समय गुमाउनु छैन।

    वरदान:

    साकार बाबा समान हरेक कर्मलाई यादगार बनाउनेवाला आधारमूर्त र उद्धारमूर्त भव:-   

    जसरी साकार बाबाले आफ्नो हरेक कर्मलाई यादगार बनाए, यसैगरी तिम्रो हरेक कर्म यादगार तब बन्छ, जब स्वयंलाई आधारमूर्त र उद्धारमूर्त सम्झेर चल्छौ। जसले आफूलाई विश्व परिवर्तनको आधारमूर्त सम्झन्छन्, उनीहरूको हरेक कर्म उच्च हुन्छ र वृत्ति-दृष्टिमा जब सबैको कल्याणको भावना रहन्छ, हरेक कर्म श्रेष्ठ हुन्छ। यस्तो श्रेष्ठ कर्म नै यादगार बन्छ।

    स्लोगन:

    सत्यताको शक्तिलाई धारण गर्नको लागि सहनशील बन।   



    ***OM SHANTI***