BK Murli 18 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 18 June 2016 Nepali

    ०४ आषाढ शनिबार 18.06.2016 बापदादा मधुवन

    “मीठे बच्चे– बाबाको साथमा उड्नको लागि सम्पूर्ण पवित्र बन, सम्पूर्ण समर्पण होऊ। यो देह मेरो होइन, बिलकुल अशरीरी बन।”   

    प्रश्न:

    उच्च लक्ष्यमा पुग्नको लागि कुनचाहिँ डर निस्किनुपर्छ?

    उत्तर:

    कोही बच्चाहरू मायाको तूफानदेखि धेरै डराउँछन्। भन्छन्– बाबा तूफानले धेरै हैरान गर्छ, यसलाई रोकिदिनुहोस्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो त बक्सिङ्ग हो। त्यस बक्सिङमा पनि यस्तो हुँदैन– एकै तर्फबाट मात्र आक्रमण भइरहोस्। यदि एउटाले १० थप्पड लगायो भने अर्काले ५ अवश्य लगाउँछ, त्यसैले तिमीले डराउनु छैन। महावीर बनेर विजयी बन्नु छ, तब उच्च लक्ष्यमा पुग्न सक्छौ।

    गीतः–

    दर पर आये हैं कसम लेके.......

    ओम् शान्ति।

    बच्चाहरूले गीत सुन्यौ। अवश्य गीतमा कुनै रहस्य भरिएको हुनुपर्छ, जसको रेकर्ड किनेर बाबा बसेर तिनको अर्थ सम्झाउनुहुन्छ। यसलाई जीवन छँदै मरेर बाबाको बन्नु भनिन्छ। बाबाको बनेपछि शिक्षकको बन्नु, शिक्षकको बनेपछि धेरैले गुरू गर्छन्। क्रिश्चियनहरूको पनि जब बच्चा पैदा हुन्छ तब क्रिश्चियनाइज गर्छन्। गुरूको गोदमा लगेर दिन्छन्। फेरि पादरी होस् वा अन्य कोही होस्। पादरी त क्राइस्ट होइनन्। भन्छन्– उनको नाममा हामी क्रिश्चियन बन्छौं।

    अहिले तिमी बच्चाहरू पहिले बाबाका बन्छौ, अशरीरी बन्छौ। मेरो तन-मन-धन जे जति छ, त्यो बाबालाई अर्पण गर्छु। जीवन छँदै मर्छु अर्थात् म आत्मा उहाँको बन्छु। यो बुद्धिमा रहनु छ– जति पनि मेरो वस्तु छ, मेरो शरीर, मेरो धन, दौलत, सम्बन्धी आदि जे जति छ सबैलाई भुल्नु छ। मरेपछि सबै भुल्छन् नि। कति ठूलो लक्ष्य छ। म अशरीरी आत्मा हुँ– यो पक्का गर्नु छ। यस्तो होइन, तिमी शरीर छोडेर मर्छौ। होइन, आत्मा सम्पूर्ण पवित्र कहाँ बनेको छ र! बन्न त बाबाका बनेका छौ तर बाबा भन्नुहुन्छ– तिम्रो आत्मा अपवित्र छ। आत्माको पंख टुटेको छ। अहिले आत्मा उड्न सक्दैन। तमोप्रधान भएकाले एउटा पनि मनुष्य फर्केर जान सक्दैन। मायाले एकदम पंख तोडिदिएको छ। बाबाले सम्झाउनुभएको छ– आत्मा सबैभन्दा तीव्र जान्छ। त्योभन्दा चाँडो चल्ने चीज कुनै हुँदैन। आत्मासँग अरु कसैको तुलना गर्न सकिंदैन। अन्त्यमा लामुखट्टे जस्तै सबै आत्माहरू भाग्छन्। कहाँ जान्छन्? धेरै टाढा सूर्य चन्द्रमा भन्दा पनि पर। वहाँ गएर फेरि फर्किनु छैन। उनीहरूको रकेट आदि त गएर फेरि फर्किएर आउँछन्। सूर्यसम्म त पुग्न सक्दैनन्। तिमी त उनीहरूभन्दा धेरै टाढा जानु छ। सूक्ष्मवतन भन्दा माथि मूलवतनमा जानु छ। आत्मालाई पंख मिल्छ। हिसाब-किताब चुक्त गरेर आत्मा पवित्र बनेर जान्छ। महाविनाशको समयको महिमा धेरै लेखिएको छ। सबै आत्माहरूलाई हिसाब-किताब चुक्ता गरेर जानु छ। अहिले त सबै आत्माहरू मैला, पाप आत्मा छन्। हुन त ठूला गुरू साधु-सन्त आदि छन्। सम्झन्छन्– हामी गुरू हौं। अहम् ब्रह्मस्मि... अहम् ब्रह्मोहम्। म ब्रह्ममा पुगेको छु। बसेका छन् यहाँ, फेरि ब्रह्ममा कहाँ पुगेका छन्? अहिले तिमी जान्दछौ– हामी आत्मा ब्रह्ममा रहनेवाला हौं। तर अहिले वहाँ कोही पनि जान सक्दैन। सबै आत्माहरूले यहाँ पुनर्जन्म लिन्छन्। यो बेहदको ड्रामा हो। सबै कलाकारहरूले पार्ट खेल्न वहाँबाट अवश्य आउनुपर्छ। सबै आत्माहरू स्टेजमा आएका छन्। जब विनाशको समय हुन्छ, तब सबै आउँछन्। वहाँ रहेर के गर्ने! कलाकारले पार्ट बजाए विना घरमा कहाँ बस्छन् र! नाटकमा अवश्य आउनुपर्छ। वहाँबाट जब सबै आउँछन्, तब फेरि बाबाले सबैलाई लिएर जानुहुन्छ। बाबा भन्नुहुन्छ– हुन त म यहाँ छु तर पनि आत्माहरू आइरहन्छन्, वृद्धि भइरहन्छ नम्बरवार। फेरि तिमी जान्छौ पनि नम्बरवार। सारा तिम्रो अवस्थामा आधारित छ, यसैले तिमी मरजीवा बन्नु छ। म आत्मा हुँ– यो निश्चय गर्न मेहनत छ। बच्चाहरू घरी-घरी देह-अभिमानमा आएर भुल्छन्। देही-अभिमानी तब रहन्छन्, जब पूरा समर्पण हुन्छन्, बाबा यो सबै हजुरको हो। म पनि हजुरको हुँ। मानौं यो देह मेरो होइन, यसलाई म छोडिदिन्छु। बाबा म हजुरको हुँ। बाबा भन्नुहुन्छ– मेरो बनेर सबैबाट ममत्व मेटाइदेऊ। बाँकी यस्तो होइन– यहाँ आएर बस्नु छ। तिमीले आफ्नो धन्दा पनि गर्नु छ। घर सम्हाल्नु छ। बच्चाहरूले माता-पिताको ऋण उतार्नु पर्छ। उनीहरूको सेवा गरेर रिटर्न दिनु छ। माता-पिताको पालनाको ऋण चढ्छ, बच्चाहरूमाथि। अहिले बाबाले तिम्रो पालना गरिरहनुभएको छ। शुरुमा जति पनि आए, झट्ट सरेन्डर गरिदिए। आफूसँग केही राखेनन्, सरेन्डर गरे, त्यस धनबाट तिमी बच्चाहरूले विश्वलाई पावन बनाइरहेका छौ। पहिले बिलकुल पवित्र थियो। तिमीहरू जस्तो पवित्र सुखी कोही हुन सक्दैन। भारतभूमि सबैभन्दा ठूलो तीर्थ हो, जहाँ पतित-पावन बाबा आएर सारा सृष्टिलाई, पतितहरूलाई पनि पवित्र बनाउनु हुन्छ। अहिले यो तत्व आदि सबै दुश्मन छन्। भूकम्प आउँछ, तूफान लाग्छ किनकि तमोप्रधान छ। प्राकृतिक प्रकोप आउँछ, धेरै दुःख दिन्छ। यस समय सबै दुःखका चीज छन्। सत्ययुगमा हुन्छन् सबै सुखका चीजहरू। वहाँ यी तूफान वा तातो वायु आदि केही हुँदैनन्। तिमीहरूमा पनि यी कुरा धेरै कमले मत्र बुझ्दछन्। आज छन्, भोलि हुँदैनन् भने भनिन्छ केही बुझेनन्। आउन त यहाँ आउँछन्, तर सबै कायम कहाँ रहन्छन् र! यहाँबाट गएर १० दिनपछि समाचार लेख्छन्– बाबा फलानालाई मायाले खायो। यस्तो भइरहन्छ। सानो फूल ठूलो भएपछि त्यसमा फल आउँछ। उनीहरूमा फेरि अरुलाई आफू समान बनाउने तागत रहन्छ। उनीहरूको फल निस्कन्छ। 

    बाबाको बन्यो फेरि प्रजा पनि बनाउनु छ, वारिस पनि बनाउनु छ। पण्डा बनेर बाबाको पासमा आएँ। अब पुगिहाल्यो। यति मात्रै होइन, लक्ष्य ठूलो छ। भन्छन्– मायाको तूफान धेरै आउँछन्। तिमी बाबाको बनेका छौ, तूफान त आउँछन्। भन्छन्– बाबा म हजुरको थिएँ। हजुरबाट वर्सा लिएको थिएँ फेरि पुनर्जन्म लिँदै ८४ जन्म पास गरेँ फेरि आएर हजुरको बनेको छु। म त हजुरबाट वर्सा लिएर नै छोड्छु। यस्तो बाबालाई यति याद गर्नुपर्छ र आफू समान बनाएर फल दिनुपर्छ। नत्र त माला कसरी बन्छ? बाबाको वारिस कसरी बनाउँछौ? प्रजा पनि चाहिन्छ, वारिस पनि चाहिन्छ, जो गद्दीमा बसून्। बाबाको पासमा त धेरै आउँछन् फेरि छोड-पत्र दिन्छन्। बुद्धिको योग टुट्यो, खेल समाप्त। 

    कति बच्चाहरू बाबासँग आएर सोध्छन्– बाबा अवस्थालाई कसरी जमाउने? कुनै तूफान नलागोस्। यसको मार्ग त बताइ नै रहनुहुन्छ– बाबालाई याद गर। तूफान त लाग्छन्। बक्सिङ्गमा यस्तो कहिल्यै देखेका छौ, जसमा एउटै मात्र थप्पड खाइरहोस्? अवश्य दुवैमा नै हिम्मत हुन्छ। यदि एउटाले ५ थप्पड लगायो भने अर्काले १० लगाउँछ। यो पनि बक्सिङ्ग हो। बाबालाई याद गरिरह्यौ भने माया भाग्दै जान्छ तर यो झट्ट त हुँदैन नि। मायासँग कुस्ती लड्नु छ। यस्तो नसम्झ– मायाले थप्पड लगाउँदैन। जो सुकै भए पनि, ठूलो बक्सिङ्ग छ। धेरै डराउँछन्, मायाले एकदम नाकमा दम गरिदिन्छ। युद्धस्थल हो नि। बुद्धियोग लगाउनमा मायाले बडो विघ्न पार्छ। मेहनत सारा योगमा छ। भन्न त बाबा भन्नुहुन्छ– ज्ञानी आत्मा मलाई प्रिय लाग्छ तर यस्तो होइन केवल ज्ञान दिनेवाला प्रिय छन्। पहिले त योग पूरा हुनुपर्छ। बाबालाई याद गर्नु छ। मायाको विघ्नसँग डराउनु छैन। विश्वको मालिक बन्छौ नि। सबै बन्छन्? १६१०८ को माला त धेरै ठूलो हुन्छ। अन्त्यमा आएर पूरा हुन्छ। त्रेता अन्त्यसम्म कति प्रिन्स-प्रिन्सेस बन्छन्, केही त निशानी हुन्छ नि। ८ को पनि निशानी छ। १०८ को पनि निशानी छ। यो बिलकुल सही हो। त्रेता अन्त्यमा यति १६१०८ प्रिन्स-प्रिन्सेस हुन्छन्। शुरुमा त हुँदैनन्। पहिले थोरै हुन्छन् फेरि वृद्धि हुँदै जान्छ। ती सबै यहाँ बन्छन्। मौका धेरै राम्रो छ तर मेहनत धेरै छ। गीतमा पनि भन्छन्, कहिल्यै छोड्दिनँ, मर्नेछु ....। बाबा यो तन-मन-धन सबै हजुरको हो। म अशरीरी बनेर हजुरलाई याद गर्छु। बुद्धियोग हजुरसँग लगाउँछु। बाबा फेरि भन्नुहुन्छ– यो सबै तिमी बच्चाहरूको लागि नै हो। बच्चाहरू भन्छन्– मेरो सबै कुरा हजुरको हो। भन्छन् नि– यो सबै भगवान्ले दिनुभएको हो। बाबा भन्नुहुन्छ– अब यो सबै खत्तम भएर जानेछ। तिम्रो पासमा के छ? यो शरीर पनि खत्तम हुन्छ। अब म फेरि तिमीलाई बदली गरिदिन्छु। केवल सट्टा-पट्टा गर्नुहुन्छ नि। त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू अशरीरी बन। मलाई याद गर। बुद्धिद्वारा सबै कुरा समर्पित गर। राजा हरिश्चन्द्रको कथा छ नि। उनले भने– अमानत राख्नुहोस्। 

    बाबा भन्नुहुन्छ– यी सबै शास्त्र आदिको सार तिमीलाई सम्झाउँछु। मैले नै तिमीलाई ब्रह्मा मुखद्वारा राजा-रानी बनाएको थिएँ फेरि अहिले बनाउँछु। कहिल्यै पनि मनुष्यले मनुष्यलाई गीता सुनाएर, राजयोग सिकाएर राजा-रानी बनाउन सक्दैनन्। फेरि गीता सुन्नाले के फाइदा। बाबा भन्नुहुन्छ– म स्वयं कल्प-कल्प आएर तिमीलाई स्वर्गको मालिक बनाउँछु। मेरो बन्छौ, तब त वारिस बन्छौ नि। त्यसैले जति योगमा रहन्छौ, त्यति शुद्ध बन्दै जान्छौ। बाबा यो सबै हजुरको हो। म त ट्रस्टी हुँ। हजुरको हुकुम विना म केही पनि गर्दिनँ। शरीर निर्वाह कसरी गर्ने, त्यो पनि मत लिन्छन्। प्रायः गरिबले नै पूरा हिसाब दिन्छन्। धनवानले दिन सक्दैनन्। समर्पित हुन सक्दैनन्, कोही कम मात्र निस्कन्छन्। जसरी एक जनकको नाम छ। बाल बच्चाहरू छन्, संयुक्त सम्पत्ति छ भने कसरी अलग हुने? धनवानहरूले आफ्नो सम्पत्ति कसरी निकालून्, ताकि समर्पित हुन सकून्? बाबा हुनुहुन्छ नै गरिब निवाज। सबैभन्दा गरिब माताहरू छन्, उनीहरूभन्दा गरिब कन्याहरू छन्। कन्यालाई कहिल्यै वर्साको नशा हुँदैन। बच्चाहरूलाई पिताको जागिरको नशा रहन्छ। त्यसैले त्यो सबैलाई छोडेर फेरि वैकुण्ठको वर्सा लिनुपर्छ। दान हमेशा गरिबलाई नै दिइन्छ। भारत सबैभन्दा गरिब छ, अमेरिका धेरै धनवान छ। उसलाई कहाँ वर्सा दिनुहुन्छ र? भारत सबैभन्दा धनवान थियो, अरु कुनै धर्म थिएन। केवल हिन्दूहरू नै थिए, एक भाषा थियो। गड इज वन। म एक राज्य, एक धर्म, एक भाषा स्थापना गर्छु। एक सर्वशक्तिमान, एउटा गभर्मेन्ट स्थापना गर्छु। एकबाट फेरि दुई तीन हुन्छन्। अहिले कति धर्म छन् फेरि अवश्य एक धर्ममा आउनुपर्छ। ५ हजार वर्षको कुरा हो। विद्वानहरूले सत्ययुगको आयु लाखौ वर्ष लगाइदिएका छन्। बुझ्दैनन्, सत्ययुग के हुन्छ? सम्झन्छन्– स्वर्गवासी भए, सायद माथि गए। दिलवाडा मन्दिरमा पनि स्वर्ग माथि छतमा छ। त्यसैले मनुष्य अलमलिन्छन्। वास्तवमा स्वर्ग कुनै माथि छैन। तिमीले अहिले जान्दछौ– बाबाको पासमा गएर फेरि यहाँ नै आएर राज्य गर्नेछौं। यो ज्ञान बुद्धिमा रहनुपर्छ, जुन कसैलाई सम्झाउन सकियोस्। कच्चालाई त माया पंक्षीले खान्छ यसैले फोटो पनि मगाइन्छ। रजिस्टर राखिन्छ। 

    बाबाको पासमा समाचार आउँछ– फलानोले एउटै यस्तो ज्ञानको तीर चलायो जसकारण म बाबाको बनेँ। शास्त्रहरूमा पनि लेखिएको छ– कुमारीहरूद्वारा बाण हान्न लगाए। अरे, बाबालाई किन भुल्नुभएको हो? यसलाई ज्ञान बाण भनिन्छ। केवल बाबाको याद दिलाउनु छ। बाँकी कुनै हिंसक बाणको कुरा होइन। बाबा भन्नुहुन्छ– म ब्रह्मा मुखद्वारा सबै शास्त्रहरूको रहस्य तिमीलाई सम्झाउँछु। ब्रह्मा त अवश्य यहाँ नै हुनुपर्छ। उनीहरूले फेरि विष्णुको नाभी कमलबाट ब्रह्मा देखाएका छन्। तर केही पनि जान्दैनन्। मनुष्यलाई त जे आयो त्यही लेखिदिए। गन्दगी त धेरै छ। ऋद्धि सिद्धिवाला पनि धेरै भएका छन्। सत्य जब निस्कन्छ, झुटाहरूले यसको सामना गर्छन्। अब तिमीले बुझेका छौ– शिवबाबा हुनुहुन्छ निराकार र यी ब्रह्मा हुन् साकार। बाँकी नाभी आदिको त कुनै कुरा नै होइन। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) अब ज्ञानी आत्मा बन्नु छ, केवल ज्ञान सुन्ने सुनाउनेवाला होइन। यादको पनि मेहनत गर्नु छ। अशरीरी भएर अशरीरी बाबालाई याद गर्नु छ।

    २) बाबाको बनेर अरु सबै कुराबाट ममत्व मेटाइदिनु छ। यो देह पनि मेरो होइन। पूरा देही-अभिमानी बनेर सम्पूर्ण समर्पण हुनु छ।

    वरदान:

    समय र संकल्प सहित आफ्नो सबै खजानालाई अर्पण (विल) गर्ने मोहजित भव:-   

    जसरी बच्चालाई सबै कुरा विल गरिन्छ, यस्तै तिमीले पनि बाबालाई आफ्नो वारिस बनाएर सबै कुरा विल गरिदियौ भने विल पावर आउँछ। यस विल पावरबाट मोह स्वतः नष्ट हुन्छ। जसरी साकार बाबाले पूरै आफूलाई विल गरे, त्यस्तै तिम्रो जुन स्मृति छ, समय र संकल्पका खजाना छन् तिनलाई विल गर्यौ भने अर्थात् श्रीमत अनुसार सेवामा लगायौ भने मोहजित, बन्धनमुक्त बन्छौ।

    स्लोगन:

    एक अर्काको स्नेही बन्नको लागि सरलता र सहनशीलताको गुण धारण गर।   



    ***OM SHANTI***