BK Murli 20 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 20 June 2016 Nepali

    ०६ आषाढ सोमबार 20.06.2016 बापदादा मधुवन

    “मीठे बच्चे– शिवबाबाले तिम्रो फूल आदि स्वीकार गर्न सक्नुहुन्न किनकि उहाँ पूज्य वा पुजारी बन्नुहुन्न, तिमीले पनि संगममा फूलको हार पहिरिनु हुँदैन।”  

    प्रश्न:

    भविष्यमा राज्य तख्तको अधिकारी को बन्छ?

    उत्तर:

    जसले अहिले माता-पिताको दिलतख्तलाई जितेका छन्, उनै भविष्यमा तख्तनशीन बन्छन्। आश्चर्य छ, बच्चाहरुले माता-पिता माथि पनि विजय प्राप्त गर्छन्! मेहनत गरेर आफ्ना माता-पिता भन्दा पनि अगाडि जान्छन्।

    गीतः–

    छोड भी दे आकाश सिंहासन.....

    ओम् शान्ति।

    मीठा-प्यारा सिकीलधे बच्चाहरुले गीत सुन्यौ। यस गीतबाट सर्वव्यापीको ज्ञान त हट्छ। याद गर्छन्, अहिले दुनियाँ धेरै दुःखी छ। ड्रामा अनुसार यी सबै गीत बनेका छन्। दुनियाँले यसको अर्थ जान्दैनन्। बाबा आउनुहुन्छ पतितहरुलाई पावन बनाउन वा दुःखीहरुलाई दुःखबाट मुक्त गरेर सुख दिनको लागि। बच्चाहरुले जानेका छन्, उही बाबा आउनुभएको छ। बच्चाहरुलाई पहिचान प्राप्त भएको छ। बाबा स्वयं बसेर बताउनुहुन्छ– म साधारण तनमा प्र्रवेश गरेर सारा सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सुनाउँछु। सृष्टि एउटै हो, केवल नयाँ र पुरानो हुन्छ। जसरी शरीर बाल्यावस्थामा नयाँ हुन्छ फेरि पुरानो हुन्छ। नयाँ शरीर, पुरानो शरीर दुइवटा शरीर त भनिँदैन। हो एउटै, केवल नयाँबाट पुरानो बन्छ। त्यस्तै दुनियाँ एउटै छ। नयाँबाट अहिले पुरानो हुन्छ। नयाँ कहिले थियो? यो कुरा फेरि कसैले बताउन सक्दैन। बाबा आएर सम्झाउनुहुन्छ– प्यारा बच्चाहरु! जब नयाँ दुनियाँ थियो, विश्व नयाँ थियो। सत्ययुग भनिन्थ्यो। त्यही फेरि पुरानो बनेको छ। यसलाई पुरानो दुनियाँ, ओल्ड वल्र्ड भनिन्छ। नयाँ दुनियाँबाट फेरि पुरानो बनेको छ फेरि त्यो नयाँ अवश्य बन्नु छ। नयाँ दुनियाँको बच्चाहरुले साक्षात्कार गरेका छन्। ठीक छ, त्यो नयाँ दुनियाँका मालिक को थिए? अवश्य यी लक्ष्मी-नारायण थिए। आदि सनातन देवी-देवता त्यस दुनियाँका मालिक थिए। यो कुरा बाबाले बच्चाहरुलाई सम्झाइरहनु भएको छ। बाबा भन्नुहुन्छ– अब निरन्तर यही याद गर। बाबा परमधामबाट हामीलाई पढाउन आउनुहुन्छ। राजयोग सिकाउन आउनुभएको छ। सारा महिमा उहाँ एकको नै छ, यिनको महिमा केही छैन। यतिबेला सबै तुच्छ बुुद्धिका छन्, केही पनि जान्दैनन्, त्यसैले म आउँछु। गीत पनि बनाएका छन्। यसबाट सर्वव्यापीको ज्ञान त हट्छ। हरेकको पार्ट आ-आफ्नो छ। बाबाले घरी-घरी भन्नुहुन्छ– देह-अभिमानलाई छोडेर तिमी आत्म-अभिमानी बन र कर्मेन्द्रियहरुद्वारा शिक्षा धारण गर। हुन त यी बाबालाई हिँड्दा-डुल्दा देख्छौ तर याद शिवबाबालाई गर। सम्झ– शिवबाबाले नै सबै कुरा गर्नुहुन्छ। ब्रह्मा त मानौं छँदै छैनन्। हुन त यिनको रुप यी आँखाद्वारा देखिन्छ। तिम्रो बुद्धि शिवबाबा तर्फ जानुपर्छ। शिवबाबा नहुने हो भने यिनको आत्मा, यिनको शरीर कुनै कामको हुँदैन। सदैव सम्झ– यिनमा शिवबाबा हुनुहुन्छ। उहाँले यिनीद्वारा पढाउनुहुन्छ। यिनी तिम्रो टिचर होइनन्। सुप्रीम टिचर उहाँ हुनुहुन्छ। याद उहाँलाई गर्नुपर्छ। कहिल्यै पनि देहलाई याद गर्नु छैन। बुद्धियोग बाबासँग लगाउनु छ। बच्चाहरुले याद गर्छन् फेरि आएर ज्ञान-योग सिकाउनुहोस्, परमपिता परमात्माले सिवाय कसैले राजयोग सिकाउन सक्दैन। बच्चाहरुको बुद्धिमा छ– उहाँ नै बसेर गीताको ज्ञान सुनाउनुहुन्छ फेरि यो ज्ञान प्रायः लोप हुन्छ। वहाँ आवश्यकता नै हुँदैन। राजधानी स्थापना भइसकेको हुन्छ। सद्गति हुन्छ। ज्ञान दिइन्छ दुर्गतिबाट सद्गति हुनको लागि। बाँकी सबै त हुन् भक्तिमार्गको कुरा। मनुष्यले जप-तप, दान-पुण्य आदि जे जति गर्छन्, सबै भक्तिमार्गका कुरा हुन्, यसबाट मसँग कसैको मिलन हुन सक्दैन। आत्माका पँखेटा भाँचिएका छन्। पत्थरबुद्धिको बनेको छ। पत्थरबाट फेरि पारस बनाउन म आउनुपर्छ। बाबा भन्नुहुन्छ– अहिले कति मनुष्य छन्। सस्र्यूंले जस्तै संसार भरिएको छ। अब सबै समाप्त हुन्छ। सत्ययुगमा त यति मनुष्य हुँदैनन्। नयाँ दुनियाँमा वैभव धेरै र मनुष्य थोरै हुन्छन्। यहाँ त यतिका मनुष्य छन् जसकारण खानको लागि पनि पुग्दैन। पुरानो बलौटे जमिन छ फेरि नयाँ हुन्छ। वहाँ हुन्छ नै सबै कुरा नयाँ। नामै कति मीठो छ, हेविन, बहिस्त, देवताहरुको नयाँ दुनियाँ। पुरानोलाई भत्काएर नयाँमा बस्ने मन हुन्छ नि। अब हुन्छ नयाँ दुनियाँ, स्वर्गमा जाने कुरा। यसमा पुरानो शरीरको कुनै मूल्य छैन। शिव बाबाको त कुनै शरीर हुँदैन। 

    बच्चाहरुले भन्दछन्, बाबालाई हार पहिर्याऊँ। तर यिनलाई हार पहिर्यायौ भने तिम्रो बुद्धियोग यिनमा जान्छ। शिवबाबा भन्नुहुन्छ– हारको आवश्यकता छैन। तिमी नै पूज्य बन्छौ। पुजारी पनि तिमी बन्छौ। आफै पूज्य आफै पुजारी। त्यसैले आफ्नै चित्रलाई पूजा गर्न लाग्छन्। बाबा भन्नुहुन्छ– म न पूज्य बन्छु, न फूल आदिको आवश्यकता छ। मैले किन यो पहिरिऊँ? त्यसैले कहिल्यै फूल माला आदि लिन्नँ। तिमी पूज्य बन्छौ त्यसैले जति चाहिन्छ त्यति फूल पहिरिनु। म त तिमी बच्चाहरुको परमप्रिय आज्ञाकारी पिता पनि हुँ, टिचर पनि हुँ, सेवक पनि हुँ। ठूला-ठूला रोयल मानिसहरुले जब तल सही गर्दा लेख्छन्– मिन्टो, करजेन आदि..... आफूलाई लर्ड (स्वामी) कहिल्यै लेख्दैनन्। यहाँ त श्री लक्ष्मी-नारायण, श्री फलाना। एकदम श्री शब्द राखिदिन्छन्। त्यसैले बाबा बसेर सम्झाउनुहुन्छ– अब यो शरीरलाई याद नगर। आफूलाई आत्मा निश्चय गरेर बाबालाई याद गर। यस पुरानो दुनियाँमा आत्मा र शरीर दुवै पतित छन्। सुन ९ क्यारेटको छ भने गहना पनि ९ क्यारेट हुन्छ। सुनमा मिसावट गरिन्छ। आत्मालाई कहिल्यै निर्लेप सम्झनु हुँदैन। यो ज्ञान तिमीलाई अहिले छ। तिमीले आधाकल्प २१ जन्मको लागि प्रारब्ध पाउँछौ त्यसैले कति पुरूषार्थ गर्नुपर्छ! तर बच्चाहरुले घरी-घरी बिर्सिन्छन्। शिवबाबाले ब्रह्माद्वारा हामीलाई शिक्षा दिइरहनुभएको छ। ब्रह्माको आत्माले पनि उहाँ शिवबाबालाई याद गर्छ। ब्रह्मा, विष्णु, शंकर हुन् सूक्ष्मवतनवासी। बाबाले सबैभन्दा पहिला सूक्ष्म सृष्टि रच्नुहुन्छ। निर्वाणधाम हो, सबैभन्दा उच्च धाम। आत्माहरुको निर्वाणधाम सबैभन्दा उच्च छ। एक भगवान्लाई सबै भक्तहरुले याद गर्छन्। तर तमोप्रधान बनेका छन् त्यसैले बाबालाई बिर्सिएर, ढुङ्गा-मूढा सबैको पूजा गरिरहन्छन्। हामीलाई थाहा छ– जे कुरा हुन्छ ड्रामा शुट हुँदै जान्छ। ड्रामामा एक पटक जुन शुटिङ्ग हुन्छ, मानौ बीचमा कुनै पंक्षी आदि उड्यो भने त्यही घरी-घरी दोहोरिइरहन्छ। पुतली उडिरहेको शूट भयो भने फेरि दोहोरिइरहन्छ। यो ड्रामाको सेकेण्ड सेकेण्ड पनि दोहोरिन्छ। शूट भइरहन्छ। यो बनिबनाऊ ड्रामा हो। तिमी कलाकारहरु हौ, सारा ड्रामालाई साक्षी भएर हेर्छौ। एक-एक सेकेन्ड ड्रामा अनुसार बित्छ। पात हल्लियो, ड्रामा भयो। यस्तो होइन पात-पात भगवान्को हुकुमबाट चल्छ। होइन, यो सबै ड्रामामा निश्चित छ। यसलाई राम्ररी बुझ्नुपर्छ। बाबाले नै आएर राजयोग सिकाउनुहुन्छ र ड्रामाको ज्ञान दिनुहुन्छ। चित्र पनि कति राम्रा बनेका छन्। संगमयुगमा घडीको सुई पनि देखाइएको छ। कलियुग अन्त्य र सत्ययुगको आदिको संगम हो। अहिले पुरानो दुनियाँमा अनेक धर्म छन्। नयाँ दुनियाँमा फेरि यी हुँदैनन्। तिमी बच्चाहरुले सदैव यस्तो सम्झ– हामीलाई बाबाले पढाउनुहुन्छ, हामी ईश्वरीय विद्यार्थी हौं। भगवानुवाच– मैले तिमीलाई राजाहरुका राजा बनाउँछु। राजाहरुले पनि लक्ष्मी-नारायणलाई पूजा गर्छन्। उनीहरुलाई पूज्य बनाउनेवाला म हुँ। जो पूज्य थिए, उनै अहिले पुजारी भएका छन्। तिमी बच्चाहरुले बुझेका छौ– हामी नै पूज्य थियौं फेरि हामी नै पुजारी बन्यौं। बाबा त बन्नुहुन्न। बाबा भन्नुहुन्छ– नत म पुजारी हुँ, नत पूज्य बन्छु त्यसैले मैले नत हार पहिरिन्छु, नत पहिराउनुपर्छ। फेरि मैले किन फूललाई स्वीकार गरुँ? तिमीले पनि स्वीकार गर्न सक्दैनौ। नियम अनुसार ती देवताहरुको हक छ, उनीहरुको आत्मा र शरीर पवित्र हुन्छन्। उनै हकदार छन् फूलका। वहाँ स्वर्गमा त हुन्छन् नै सुगन्धित फूल। फूल हुन्छन् नै सुगन्धको लागि। पहिरिनको लागि पनि हुन्छन्। बाबा भन्नुहुन्छ– अहिले तिमी बच्चाहरु विष्णुको गलाका हार बन्छौ। नम्बरवार तिमी तख्तमा बस्नु छ। जसले कल्प पहिले जति पुरूषार्थ गरेका छन्, त्यति अहिले गर्छन् र गर्न लाग्छन्। नम्बरवार त छन्। बुद्धिले भन्छ– फलानो बच्चा धेरै सेवाधारी छ। जसरी दोकानमा सेठ बन्छन्, भागीदार बन्छन्, म्यानेजर बन्छन्। तलकालाई पनि लिफ्ट मिल्छ। यो पनि त्यस्तै हो। तिमी बच्चाहरुले पनि माता-पिताको मन जित्नु छ। तिमीले आश्चर्य मान्छौ– माता-पिता भन्दा अगाडि कसरी जान सकिन्छ! बाबाले त बच्चाहरुलाई मेहनत गरेर लायक बनाउनुहुन्छ, तख्तनशीन बनाउनको लागि। त्यसैले भन्नुहुन्छ– अब मेरो दिलरुपी तख्तलाई जित्नाले भविष्यमा तख्तनशीन बन्छौ। पुरूषार्थ यति गर, नरबाट नारायण बन। लक्ष्य-उद्देश्य मुख्य हो नै एक, फेरि राजाई स्थापना भइरहेको छ, त्यसमा भेराइटी पद हुन्छन्। 

    तिमीले मायालाई जित्नको लागि पूरा-पूरा पुरूषार्थ गर्नु छ। बच्चा आदिलाई पनि प्यारसँग चलाऊ तर साक्षी भएर रहने गर। भक्तिमार्गमा भन्दथे नि– प्रभु यो सबै हजुरले दिनुभएको हो। हजुरको अमानत हजुरलै नै लिनुभयो। फेरि त रूनुपर्ने कुरै छैन तर यो त हो नै रूने दुनियाँ। मनुष्यहरुले कथा धेरै सुनाउँछन्। मोहजित राजाको कथा पनि सुनाउँछन्। फेरि कुनै दुःख अनुभव हुँदैन। एक शरीर छोडेर अर्को लियो। वहाँ कहिल्यै कुनै बिमारी आदि हुँदैन। सदा स्वस्थ, निरोगी काया हुन्छ २१ जन्मको लागि। बच्चाहरुलाई सबै साक्षात्कार हुन्छ। वहाँको रसम-रिवाज कसरी चल्छ, के डे«स लगाउँछन्? स्वयंवर आदि कसरी हुन्छ? सबै बच्चाहरुले साक्षात्कार गरेका छन्। त्यो पार्ट सबै बित्यो। त्यतिबेला यति ज्ञान थिएन। अहिले दिन-प्रतिदिन तिमी बच्चाहरुमा धेरै तागत आउँदै जान्छ। यो पनि सबै ड्रामामा निश्चित छ। आश्चर्य छ नि। परमपिता परमात्माको पनि कति महान् पार्ट छ। स्वयं बसेर सम्झाउनुहुन्छ– भक्तिमार्गमा पनि माथि बसेर मैले कति काम गर्छु। तल त कल्पमा एकै पटक आउँछु। धेरै निराकारका पुजारी पनि हुन्छन् तर निराकार परमात्माले कसरी आएर पढाउनुहुन्छ, यो कुरा गुम गरिदिएका छन्। गीतामा पनि कृष्णको नाम राखिदिएका छन् त्यसैले निराकारसँगको प्रीत टुटेको छ। यो त परमात्माले नै आएर सहज योग सिकाउनुभयो र दुनियाँलाई परिवर्तन गराउनुभयो। दुनियाँ परिवर्तन भइरहन्छ। युग घुमिरहन्छ। यस ड्रामाको चक्रलाई अहिले तिमीले बुझिसकेका छौ। मनुष्यले केही पनि जान्दैनन्। सत्ययुगका देवी-देवताहरुलाई पनि जान्दैनन्। केवल देवताहरुका निशानीहरु रहेका छन्। बाबा सम्झाउनुहुन्छ– सदैव यस्तो सम्झ हामी शिवबाबाका हौं। शिवबाबाले हामीलाई पढाउनुहुन्छ। शिवबाबाले यी ब्रह्माद्वारा सदैव शिक्षा दिनुहुन्छ। शिवबाबाको यादमा फेरि धेरै मज्जा आउँछ। यस्ता परमपिता परमात्मा को हुनुहुन्छ? उहाँ पिता पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सतगुरू पनि हुनुहुन्छ। कति पिताले बच्चाहरुलाई पढाउँछन् भने पनि अवश्य उनीहरुले भन्छन्– मेरो बुवा टिचर हुनुहुन्छ तर ती पिता गुरू त हुँदैनन्। हो, टिचर हुन सक्छन्। पितालाई गुरू कहिल्यै भन्न सकिँदैन। यिनका पिता टिचर पनि थिए, पढाउँथे। ती हुन् हदका पिता शिक्षक, यहाँ हुनुहुन्छ बेहदको पिता टिचर। तिमीले आफूलाई ईश्वरीय विद्यार्थी सम्झन्छौ भने पनि अहो सौभाग्य। परमपिता परमात्माले पढाउनुहुन्छ, कति स्पष्ट छ। कति मीठा बाबा हुनुहुन्छ। मीठो चीजलाई याद गरिन्छ। जसरी प्रेमी-प्रेमिकाको प्यार हुन्छ। उनीहरुको विकारको लागि प्यार हुँदैन। केवल एक अर्कालाई हेरिरहन्छन्। तिम्रो फेरि हो आत्माको परमात्मा बाबासँग योग। आत्माले भन्छ– बाबा कति ज्ञानका सागर हुनुहुन्छ, प्रेमका सागर हुनुहुन्छ। यस पतित दुनियाँ, पतित शरीरमा आएर हामीलाई कति उच्च बनाउनुहुन्छ। गायन पनि छ– भगवानलाई मनुष्यबाट देवता बनाउन समय लाग्दैन। सेकेण्डमा वैकुण्ठमा जान्छन्। सेकेण्डमा मनुष्यबाट देवता बन्छन्। यो हो लक्ष्य-उद्देश्य। त्यसको लागि पढाइ पढ्नुपर्छ। गुरू नानकले पनि भनेका छन् नि– भगवानले विकारी, फोहोरी कपडा धुनुहुन्छ...... लक्ष्य साबुन हो नि। बाबा भन्नुहुन्छ– कति असल धोबी हुँ। तिम्रो वस्त्र, तिम्रो आत्मा र शरीर कति शुद्ध बनाउँछु। त्यसैले यिनलाई कहिल्यै याद गर्नु छैन। यो सारा कार्य शिवबाबाको हो, उहाँलाई नै याद गर। यिनी भन्दा मीठो उहाँ हुनुहुन्छ। आत्मालाई भन्नुहुन्छ– यी आँखाद्वारा ब्रह्मालाई देख्छौ तर तिमीले याद शिवबाबालाई गर। शिवबाबाले यिनीद्वारा तिमीलाई कौडीबाट हीरा जस्तो बनाइरहनुभएको छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरुप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरुलाई नमस्ते। रुहानी बच्चाहरुको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) बाबाको दिल रुपी तख्तलाई जित्नको लागि पुरूषार्थ गर्नु छ। परिवारमा ट्रस्टी भएर प्यारले सबैलाई चलाउनु छ। मोहजित बन्नु छ।

    २) योगबलबाट आत्मालाई स्वच्छ बनाउनु छ। यी आँखाले सबै कुरा देखेर पनि याद एक बाबालाई गर्नु छ। यहाँ फूल, हार स्वीकार नगरेर सुगन्धित फूल बन्नु छ।

    वरदान:

    संगमयुगमा अतीन्द्रिय सुखको अनुभव गर्ने डबल प्राप्तिको अधिकारी भव:-  

    जुन बच्चाले संगमयुगमा अतीन्द्रिय सुखको अनुभव गर्छन्, उनलाई सदा शान्ति र खुशीको डबल प्राप्तिको नशा रहन्छ किनकि अतीन्द्रिय सुखमा यी दुवै प्राप्तिहरु समाहित छन्। अहिले तिमी बच्चाहरुलाई जुन बाबा र वर्साको प्राप्ति भएको छ, यो सारा कल्पमा हुन सक्दैन। यतिबेलाको प्राप्ति अतीन्द्रिय सुख र ज्ञान फेरि कहिल्यै मिल्न सक्दैन। त्यसैले यस डबल प्राप्तिको अधिकारी बन।

    स्लोगन:

    एक अर्काको संस्कारलाई जानेर उनीहरुसँग मिलेर चल्नु– यही उन्नतिको साधन हो।   



    ***OM SHANTI***