BK Murli 21 June 2016 Nepali

BK Murli 21 June 2016 Nepali

०७ आषाढ मंगलबार 21.06.2016 बापदादा मधुवन

“मीठे बच्चे– शिवबाबा र ब्रह्मा बाबा दुवैको मत प्रख्यात छ, तिमीले दुवैको मतमा चलेर आफ्नो कल्याण गर्नु छ।”   

प्रश्न:

नम्बरवन ट्रस्टी को हो र कसरी?

उत्तर:

शिवबाबा हुनुहुन्छ नम्बरवन ट्रस्टी, उहाँमा बिलकुल आसक्ति छैन। भक्तिमार्गमा पनि तिमी उहाँको लागि जति पनि दान-पुण्य गर्छौ, त्यो सबै इनश्योर हुन्छ, जसको फल अर्को जन्ममा मिल्छ। अहिले पनि जसले बाबाको लागि आफ्नो सबैथोक इनश्योर गर्छन्, त्यसको पूरा रिटर्न बाबाले दिनुहुन्छ किनकि बाबा भन्नुहुन्छ– मैले स्वयं त सुख भोग्दिनँ। मैले तिम्रो लिएर के गर्ने?

गीतः–

दर पर आये हैं कसम लेके..........

ओम् शान्ति।

मीठा-प्यारा सिकीलधे बच्चाहरुले गीत सुन्यौ। बच्चाहरु उनलाई भनिन्छ, जो बाबाको बन्छन्। बाबाले सम्झाउनुभएको छ– यो हो अन्तिम मरजीवा जन्म। जीवन छँदै बाबाको बन्नु छ। यो त बच्चाहरुले जान्दछन्– श्रीमतको गायन छ। श्रीमत भगवानुवाच। गीतामा कृष्णको नाम राखेका छन् तर हुनुहुन्छ शिवबाबा। उहाँपछि ब्रह्मा अनि कृष्ण। श्रीमत कृष्णको भनिँदैन। श्रेष्ठ भन्दा श्रेष्ठ हाम्रो बाबा हुनुहुन्छ। पतित-पावन श्रीकृष्ण अथवा राधा आदिलाई भनिँदैन। उनीहरु दैवी गुण भएका मनुष्य हुन्। मनुष्यलाई पतित-पावन भनिँदैन। सत्ययुगमा यस्तो भनिँदैन पतित-पावन आऊ। पतितलाई पावन बनाउनेवाला एकै बाबा हुनुहुन्छ, जसको श्रीमतमा तिमी चलिरहेका छौ। प्रजापिता ब्रह्माको मत प्रख्यात छ। श्रीमत पनि प्रख्यात छ। तर त्यसमा भूल यही गरेका छन्, बाबाको बदलामा कृष्णको नाम राखिदिए। सबै धर्महरुका एकै बाबा हुनुहुन्छ। कृष्णलाई त सबैले मान्दैनन्। क्रिश्चियनहरुले क्राइष्टलाई फादर मान्दछन्, नकि कृष्णलाई किनकि क्रिश्चियन हुन् क्राइष्टका मुखवंशावली। शिवबाबा आएर तिमीलाई आफ्नो बनाउनुहुन्छ। भन्दछन्– बाबामा दिलदेखि नै समर्पित भएको छु। त्यसैले उहाँको निर्देशनमा चल्नुपर्छ। तिमीले बाबालाई आफ्नो मत दिनुपर्ने आवश्यकता छैन। उहाँ स्वयं मत दिनेवाला हुनुहुन्छ। यी त सबै बच्चाहरु हुन्। शिवबाबा प्रसिद्ध हुनुहुन्छ। उहाँले जुन मत दिनुहुन्छ, जे गर्नुहुन्छ त्यो सत्य। यस ब्रह्मालाई पनि पनि मत दिनुहुन्छ यसो गर। तिम्रो सम्बन्ध नै शिवबाबासँग छ। कसैको पनि अवगुण देख्नु छैन, श्रीमत अनुसार चल्नु छ। शिवबाबा त हुनुहुन्छ निराकार। उहाँको यो घर त होइन। तिमी यहाँ पुरानो घरमा रहन्छौ फेरि स्वर्गमा गएर आफ्नो घरमा गएर रहन्छौ। शिवबाबा भन्नुहुन्छ– म त रहन्न। म त यस समयमा थोरै समयको लागि आउँछु। 

तिमी हौ सच्चा-सच्चा रुहानी मुक्ति सेना। सुप्रिम बाबाले निर्देशन दिइरहनुभएको छ, हुबहु ड्रामा प्लान अनुसार कल्प पहिले जस्तै। कल्प-कल्प जे निर्देशन दिनुहुन्छ, त्यही दिनुहुन्छ। रात-दिन गहन कुरा सुनाइरहनुहुन्छ। नयाँ कसैले पनि यो बुझ्न सक्दैन। हुन त कोही ३५-४० वर्षदेखि रहन्छन् तर धेरै छन् जसले यी गम्भीर कुरालाई बुझ्दैनन्। बाबाले सधैं नयाँ कुरा सुनाइरहनुहुन्छ। कराचीदेखि लिएर मुरली निस्किदै आएको छ। पहिले बाबाले मुरली चलाउनु हुँदैनथ्यो। राती २ बजे उठेर १०-१५ पेज लेख्नुहुन्थ्यो। बाबाले लेखाउनुहुन्थ्यो त्यसपछि त्यसको प्रतिलिपि निस्कन्थ्यो। भक्तिमार्गमा त शास्त्र आदिका कागज सम्हाल्छन्। दिन-प्रतिदिन ठूला-ठूला किताब बनाइरहन्छन्। कतिको जीवनी बनाउँदै जान्छन्। त्यो फेरि पढेर राख्छन्। तिमीले त मुरली पढेर फालिदिन्छौ। नत्र यी महावाक्य सधैंको लागि राख्नुपर्छ। तर होइन, जान्दछौ– यी सबै विनाश हुन्छन्। चित्र आदि जे पनि तिमीले बनाउँछौ, केही समयको लागि हो। फेरि यो सबै दबिन्छ फेरि वहाँ शास्त्र, चित्र आदि केही पनि रहँदैन फेरि यो जे चलिरहेको छ, कल्पपछि नै हुन्छ। शास्त्र आदि फेरि द्वापरदेखि शुरु हुन्छन्। ग्रन्थ पनि पहिले त हातले लेखेको धेरै सानो थियो। अहिले ठूलो बनाएका छन्। दिन-प्रतिदिन ठूलो बनाउँदै जान्छन्। नत्र शिवबाबाको जीवनी कति लेख्नुपथ्र्यो। अहिले तिमी बच्चाहरुले भन्छौ– परमपिता परमात्माको जीवनी हामीले जान्दछौं। बाबाले बसेर सम्झाउनुहुन्छ– म भक्तिमार्गमा के गर्छु? भक्तिमार्गमा पनि बिमा गर्छु। ईश्वर अर्थ दान-पुण्य गर्छन् नि। भन्दछन्– यसले दान-पुण्य गरेको छ ईश्वर अर्थ। ईश्वरले ठूलो घरानामा जन्म दिएका छन्। भक्तिमार्गमा धर्मात्मा धेरै हुन्छन्। ईश्वर अर्थ, श्रीकृष्ण अर्थ दान-पुण्य गर्छन्। बाबा सम्झाउनुहुन्छ– म बच्चाहरुलाई अर्को जन्ममा अल्पकालको लागि फल दिँदै आएको छु। राम्रो वा नराम्रो फल त मिल्छ नि। कति धेरै बिमा भयो। जसले जस्तो कर्म गर्छ, त्यस अनुसार फल मिल्छ। मायाले उल्टो काम गराउँछ, जसबाट तिमी दुःख पाउँछौ। अब म तिमीलाई यस्तो कर्म सिकाउँछु, जहाँ कहिल्यै पनि दुःख हुँदैन र माया पनि वहाँ हुँदैन। बाँकी हो पद, जसले जति बिमा जम्मा गर्छ। शिवबाबा पनि ट्रस्टी हुनुहुन्छ नि। नम्बरवन ट्रस्टी हुनुहुन्छ। अरुको आसक्ति जान्छ, कोही ट्रस्टीले त खाता नै बर्बाद गर्छन्। बाबा त हेर कस्तो ट्रस्टी हुनुहुन्छ, भन्नुहुन्छ– यो सबै बच्चाहरुको लागि हो। तिम्रो सारा सम्बन्ध शिवबाबासँग छ। बाबा भन्नुहुन्छ– म सच्चा ट्रस्टी हुँ। मैले स्वयं सुख लिन्न, बच्चाहरुलाई सारा राजधानी दिन्छु। लौकिक पिताले पनि बच्चाहरुलाई सबै कुरा वर्सामा दिएर जान्छन्। मैले त स्वर्गमा केही पनि लिन्न। तिमीलाई नै सबै दिन्छु। त्यसैले तिम्रो सारा सम्बन्ध शिवबाबासँग छ। यी बाबाले पनि भन्छन्– मैले पनि पूरा बिमा गरेँ। तन-मन-धन बाबाको सेवामा छ। सिन्धीमा एक कहावत छ– जसको हात दाता रुपको हुन्छ, पहिला फल उसैलाई मिल्छ। बाबालाई सबै इन्श्योर गर्नु छ। दुई मुट्ठी चामल दिनाले महल मिल्यो। अहिले हेर घर बनेको छ। कसैले एक रुपैया पठायो, हाम्रो ईंट पनि लागोस् भनेर। बाबाले लेख्नुभयो– तिमीलाई त सबैभन्दा राम्रो महल मिल्छ किनकि तिमी गरिब छौ। म हुँ नै गरिब निवाज। गरिबको एक रूपैया बराबर धनवानको १० हजार। दुवैलाई उस्तै पद मिल्छ। धनवान धेरै मुश्किलले आउँछन्। सबैभन्दा स्वतन्त्र त कन्या हुन्छन्। नम्बरवन हेर मम्मा गइन्। उनको पासमा त केही पनि थिएन। गरिब घरकी थिइन् फेरि पनि नम्बरवनमा गइन्। यिनले सबै कुरा दिए फेरि पनि पहिला लक्ष्मी अनि नारायण। कति आश्चर्यजनक खेल छ। त्यसैले कहिल्यै कुनै कुरामा संशय हुनु हुँदैन। बापदादा कोही कम कहाँ हुनुहुन्छ र! अलिकति पनि यसमा संशय ल्याउनु हुँदैन। धेरै मीठो पनि बन्नु छ। कदम-कदममा श्रीमत लिनु छ। नत्र मायाले धेरै नोक्सान गरिदिन्छ। बच्चाहरुलाई कति डायरेक्शन दिनुपर्छ। बाबा भन्नुहुन्छ– पूरा समाचार लेख। बाबाले हर प्रकारको सम्हाल गर्नुहुन्छ। बाबालाई धेरै ख्याल रहन्छ– यो बच्चा कसरी अघि बढोस् । पढाइमा पूरा ध्यान दिनुपर्छ। हामी हौं अति प्यारा ईश्वर पिताका विद्यार्थी। भगवानुवाच पनि लेखिएको छ तर कृष्णको नाम राखिदिएका छन्। कृष्ण पनि सबै मनुष्य भन्दा सर्वोच्च हुन्। प्रथम राजकुमार हुन्। कृष्णको नाम राखेका छन्, नारायणको किन राखेनन्! कृष्ण हुन् बालक। सानोमा बालक सतोप्रधान हुन्छ। फेरि बचपनबाट युवा, फेरि वृद्ध अवस्था आउँछ। बच्चाहरुको नै महिमा गर्छन् किनकि पवित्र हुन्छन् नि। बालक ब्रह्म ज्ञानी समान भन्छन्। बच्चाहरुबाट कुनै पाप हुँदैन। कृष्ण पनि सानो बच्चा हुनाको कारण उनको जन्म दिन मनाउँछन्। फेरि पनि कृष्णलाई द्वापरमा देखाइएका छन्। यो सबै बाबाले बसेर सम्झाउनुहुन्छ। तिमी ब्राह्मणहरु सिवाय दुनियाँमा यस्तो कोही पनि छैन, जसलाई यी सबै कुरा थाहा होस्। ब्राह्मण हुन् उत्तम। तिमी ब्राह्मण हौ ईश्वरीय सन्तान। सत्ययुगमा ईश्वरीय सन्तान भनिँदैन। ईश्वरबाट अवश्य स्वर्गको प्राप्ति हुन्छ। यो हो तिम्रो अति दुर्लभ अमूल्य जीवन। सबैको त हुन सक्दैन। यो ड्रामा यस्तो बनेको छ। कल्प पहिले जसले पढेका थिए, उनले पढिरहेका छन्। भगवान्ले अवश्य भगवान्-भगवती पैदा गर्नुभयो। तर भगवान्-भगवती भन्न सकिँदैन। ईश्वर एक हुनुहुन्छ। निराकारको महिमा हो। साकारको कहाँ महिमा हुन्छ र! यी लक्ष्मी-नारायणलाई निराकारले यस्तो बनाउनुभयो। अहिले राजयोग सिकिरहेका छन्। राजाई स्थापना भयो, त्यस समयमा विनाश पनि भयो। बाबाले अवश्य स्वर्गको वर्सा दिनुहुन्छ। अहिले त छ संगमको कुरा। शिवबाबा आउनुहुन्छ, तब खेल पूरा हुन्छ, फेरि कृष्णको जन्म हुन्छ। मनुष्य त विचराहरु अलमलमा परेका छन्, त्यसैले त बाबा आएर सम्झाउनुहुन्छ। परमपिता परमात्माले ब्रह्माद्वारा सबै शास्त्रको सार बताउनुहुन्छ। अहिले तिमी मानौं मास्टर ज्ञानसागर भएका छौ। आत्माको नै महिमा हो। ज्ञानका सागर, आनन्दका सागर, सुखका सागर– यो बाबाको महिमा हो। बाबा भन्नुहुन्छ– यो भारतवर्ष त सबैभन्दा ठूलो तीर्थ स्थान हो। तर कृष्णको नाम राख्नाले सारा महिमा गुम गरिदिए। नत्र सबैले शिवको मन्दिरमा फूल चढाउँथे, सबैका सद्गतिदाता उहाँ एक हुनुहुन्छ। आधाकल्प तिमीले प्रारब्ध भोगेर तल आउँछौ। सबै तमोप्रधान बन्नु नै छ। अब बाबा भन्नुहुन्छ– तिमी बच्चाहरुको लागि नयाँ दुनियाँ स्थापना गरिरहेको छु। त्यसमा स्वयं आउँदिनँ, सबै कुरा तिमी बच्चाहरुको लागि हो। कुरा स्पष्ट छ। मनुष्यले त आफ्नो लागि गर्छन् फेरि भन्छन्– हामी निष्काम सेवा गर्छौं। तर निष्काम सेवा त कसैले गर्न सक्दैन। हरेक चीजको फल अवश्य मिल्छ। मैले त तिमी बच्चाहरुलाई अविनाशी ज्ञान रत्न दिन्छु। तिम्रो लागि नै वैकुण्ठ ल्याएको छु। बच्चाहरुलाई स्वराज्यको उपहार दिनुहुन्छ। त्यसैले त्यो लिनको लागि यस्तो लायक बन्नुपर्छ। स्वर्गको मालिक बन्नु छ। हत्केलामा स्वर्ग मिल्छ। सेकेण्डमा जीवनमुक्ति अथवा सेकेण्डमा बादशाही। दिव्यदृष्टि दाता शिवबाबा हुनुहुन्छ। सेकेण्डमा वैकुण्ठमा लिएर जानुहुन्छ। यी बाबाको हातमा कुनै चाबी छैन। बाबा भन्नुहुन्छ– मैले तिमी बच्चाहरुलाई राजाई दिन्छु। मैले गर्दिनँ। फेरि जब तिमी भक्तिमार्गमा जान्छौ, तब तिमीलाई दिव्य दृष्टिद्वारा बहलाउनुपर्छ। कति राम्ररी सम्झाउनुहुन्छ। यस्ता बाबा कल्प-कल्प, कल्पको संगमयुगमा एकै पटक आउनुहुन्छ। बनिबनाऊ बनिरहेको छ, अब कुनै नयाँ बन्नु छैन..... जुन कुरा हुन्छ, ड्रामामा निश्चित छ। त्यसलाई साक्षी बनेर हेर। बाबाले धेरै राम्रोसँग सम्झाउनुहुन्छ। प्यारा बच्चाहरु! म तिम्रो बिमा गराउने चुम्बक हुँ। तिम्रो एक पाई पनि गुमाउँदिनँ। तिमीलाई कौडीबाट हीरातुल्य बनाउँछु। यो सबै शिवबाबाले गर्नुहुन्छ यिनीद्वारा, उहाँ गर्ने गराउनेवाला हुनुहुन्छ। निराकार, निरहंकारी उहाँ हुनुहुन्छ। परमपिताले कसरी बसेर पढाउनुहुन्छ! यस्तो भन्नुहुन्न– चरणमा पर। बाबा आज्ञाकारी सेवक हुनुहुन्छ। बाबा भन्नुहुन्छ– जसलाई मालिक बनाएँ, उनीहरु सुख भोगेर अब दुःखी भएका छन्। सुख पनि धेरै मिल्छ। यति सुख कुनै पनि धर्मलाई मिल्दैन। यस्तो भन्न सकिँदैन– हिन्दूहरुलाई मात्रै किन, अरुले के गरे? अरे, यति धेरै मनुष्यहरु छन्, सबै त आउन सक्दैनन्। यो ड्रामा बनेको छ। यहाँ नै आदि सनातन देवी-देवता धर्म थियो। भगवान्ले आएर सहज राजयोग सिकाउनुभएको थियो। बाबा भन्नुहुन्छ– म फेरि आएको छु। तिमीले पनि जान्दछौ– ८४ जन्मको पार्ट खेल्यौँ अब फेरि हामी घरमा जान्छौं। यो धेरै पुरानो चोला भइसकेको छ (सर्पको उदाहरण)। संन्यासीहरुले भन्दछन्– आत्मा नै परमात्मामा लीन हुन्छ। यस्तो अवस्थामा रहँदा-रहँदा फेरि शरीर छोड्छन्। तर ब्रह्ममा लीन त कोही पनि हुँदैन, त्यहाँ पनि कोही धेरै तीक्ष्ण हुन्छन्। शान्तिमा बसेर शरीर छोडिदिन्छन्, त्यसको वायुमण्डलमा २-३ दिनसम्म सन्नाटा हुन्छ। तिमीले जान्दछौ– यो पुरानो शरीर छोडेर बाबाको पासमा जान्छौं। ब्रह्म त बाबा हुनुहुन्न। यो ती विचराहरुको भ्रम हो। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरुप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरुलाई नमस्ते। रुहानी बच्चाहरुको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) यस ड्रामाको हर दृश्य साक्षी भएर हेर्नु छ किनकि बनिबनाऊ बनिरहेको छ। कहिल्यै पनि कुनै कुरामा संशय उठाउनु हुँदैन।

२) बाबा बीमा गराउने चुम्बक (इन्श्योरेन्स म्यागनेट) हुनुहुन्छ, त्यसैले तन-मन-धन बाबाको सेवामा सफल गरेर आफ्नो भविष्य बनाउनु छ। बाबासँग पूरा-पूरा सम्बन्ध राख्नु छ। पूरा समाचार दिनु छ।

वरदान:

मास्टर अलमाइटी अथोरिटीको सीटमा सेट रहने, सहज र सदाको कर्मयोगी भव:-  

जस्तै कुनै मशीनलाई सेट गरिन्छ, एक पटक सेट गरेपछि फेरि स्वतः चलिरहन्छ। यसैगरी मास्टर अलमाइटी अथोरिटीको स्टेजमा स्वयंलाई एक पटक सेट गर्यौ भने कहिल्यै कमजोरीको शब्द निस्किदैन। हर संकल्प, शब्द वा कर्म त्यसै सेटिङ अनुसार स्वतः चलिरहन्छ। यही सेटिङले सहज र सदाको लागि कर्मयोगी, निरन्तर निर्विकल्प समाधिमा रहने सहज योगी बनाइदिन्छ।

स्लोगन:

म भन्नुको सट्टा बाबा-बाबा भन्नु– यही यादको प्रमाण हो।  



***OM SHANTI***

Google+ Followers