BK Murli 22 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 22 June 2016 Nepali

    ०८ आषाढ बुधबार 22.06.2016 बापदादा मधुवन

    “मीठे बच्चे– पूरा वर्सा लिनको लागि एक बाबासँग पूरा प्रीत राख, तिम्रो प्रीत कुनै पनि देहधारीसँग हुनु हुँदैन।”  

    प्रश्न:

    जो आफ्नो दैवी सम्प्रदायका हुन्, उनीहरुको मनमा कुनचाहिँ शब्द गुञ्जिरहन्छ?

    उत्तर:

    जब तिमीले उनीहरुलाई बताउँछौ– बाबालाई याद गर्नाले विकर्म विनाश हुन्छ र देवी-देवता धर्मको स्थापना हुन्छ, यी शब्द उनीहरुको मनमा गुञ्जिरहन्छ। उनीहरुको बुद्धिमा आउँछ– हामी देवता बन्नु छ त्यसैले हाम्रो खानपिन शुद्ध हुनुपर्छ।

    गीतः–

    भोलेनाथ से निराला ...

    ओम् शान्ति।

    भोलेनाथका बच्चाहरुले सुनिरहेका छन्। कसबाट? भोलानाथबाट। भोलानाथ शिवलाई नै भनिन्छ। उहाँको नाम नै शिव हो। भोलानाथका बच्चा अर्थात् शिवका बच्चा। आत्माहरुले सुनिरहेका छन् यी कानद्वारा। अहिले तिमी बच्चाहरु आत्म-अभिमानी बनेका छौ। बच्चाहरुले टेपमा पनि मुरली सुन्दछन्, सम्झन्छन्– शिवबाबाले हामीलाई आफ्नो परिचय दिनुहुन्छ, म सबै आत्माहरुको पिता हुँ, जसलाई तिमीले परमपिता परम आत्मा अर्थात् परमात्मा भन्छौ। उहाँलाई सदा फादर नै भनिन्छ। कसले भन्छ उहाँ पिता हुनुहुन्छ? आत्माले। आत्मालाई अहिले ज्ञान मिलेको छ अरु कुनै पनि मनुष्यलाई यो ज्ञान छैन। हामी आत्माहरुका दुई पिता हुनुहुन्छ। एक साकार, एक हुनुहुन्छ निराकार। उहाँ परमपिता हुनुहुन्छ यो ज्ञान अरु कसैले दिन सक्दैन। बाबा बाहेक अरु कसैले पनि यो सोध्न सक्दैन। बाबाले नै सोध्नुहुन्छ– तिमीले जो परमपिता परमात्मा, गड फादर भन्छौ, त्यो कसको लागि भन्छौ? लौकिक पिताको लागि वा पारलौकिक पिताको लागि? के लौकिक पितालाई गड फादर भन्न सकिन्छ? हिन्दीमा (नेपालीमा) शब्द पनि छ परमपिता। उहाँ त एक निराकार नै हुनुहुन्छ। ईश्वर, प्रभु वा भगवान भन्नाले पिता सिद्ध हुँदैन। गड फादर शब्द राम्रो छ। आत्माले भन्छ– उहाँ हाम्रो गड फादर हुनुहुन्छ। लौकिक फादर त केवल शरीरको पिता हुनुहुन्छ। तिमीहरु सबैलाई सोधिन्छ– तिम्रो कति पिता छन्? एक हुनुहुन्छ लौकिक, दोस्रो हुनुहुन्छ पारलौकिक। दुवैमा ठूलो कुनचाहिँ? अवश्य भन्छौ पारलौकिक पिता। उहाँको महिमा छ– सबै पतितहरुलाई पावन बनाउनेवाला पारलौकिक पिता। यो पनि अहिले तिमीले जान्दछौ। दुनियाँमा यो कसैले पनि बुझेको छैन। बाबाले सम्झाउनुभएको छ– तिम्रो पारलौकिक पितासँग प्रीत छ। अरुको छ विनाशकाले विपरीत बुद्धि। अझै विनाशको समय बाँकी छ। उही महाभारतको लडाईं अब लाग्नेछ। एक अर्कालाई एरोप्लेन, ट्यांक आदि सप्लाई गरिरहेका छन्। सबैलाई दिदै जान्छन्। पैसामा जसलाई जे चाहिन्छ दिइरहन्छन्। उधारोमा पनि लिन्छन्। प्लेन, बारुद आदि यो सबै खरीद गर्छन्। यी सबै चीजहरु धेरै महँगा हुन्छन्। बेलायतीले बनाउँछन्, उनीहरुले फेरि अरुलाई बेच्छन्। भारतवासीहरुले बारुद एरोप्लेन आदि कहाँ बेच्छन् र! यी सबै चीजहरु बाहिरबाट आएका हुन्। अब जुन चीज खरीद गर्छन् त्यो अवश्य काममा ल्याउँछन्। फाल्नको लागि कहाँ लिन्छन् र! उनीहरु हुन् विनाशकाले विपरीत बुद्धि यादव सम्प्रदाय, जो यूरोपमा रहन्छन्। त्यसमा सबै आउँछन्। भारतवर्ष त अविनाशी खण्ड हो किनकि अविनाशी बाबाको जन्मभूमि हो। बाबा आउनुहुन्छ नै तब जब पुरानो दुनियाँ खतम हुनु छ र जन्म वहाँ लिनुहुन्छ, जुन कहिले पनि खतम हुँदैन। बाबा आउनुभएको थियो, त्यसैले त शिवजयन्ती मनाउँछन् तर उनीहरुलाई थाहा छैन– शिवबाबा कहिले आउनुहुन्छ? आउनुहुन्छ पनि त्यस समयमा, जब विनाशको लागि तयारी भइरहेको हुन्छ। 

    बाबा भन्नुहुन्छ– उनीहरु हुन् यूरोपवासी यादव सम्प्रदाय, जो सत्ययुगमा हुँदैनन्। न बौद्धी, न क्रिश्चियन आदि हुन्छन्। बाबा भन्नुहुन्छ– उनीहरुको छ विनाशकाले विपरीत बुद्धि किनकि परमात्मा बाबालाई सर्वव्यापी भनिदिन्छन्। तिमी हौ विनाशकाले प्रीत बुद्धि। तिमीले बाबालाई जान्दछौ। बुझेका छौ– हामीले ८४ जन्म लिएका छौं। ८४ जन्ममा पाप आत्मा, तमोप्रधान बनेका छौं। तिमीहरुले नै ८४ जन्म लिएका छौ। अब नाटक पूरा हुन्छ, सबै फर्केर जानु छ। तिमीलाई बाबाले राजयोग सिकाइरहनु भएको छ। यो हो सबैको कयामतको समय अर्थात् मृत्युको समय। ती यादवहरुको पनि ईश्वरसँग प्रीत छैन, त्यसैले विनाशकाले विपरीत बुद्धि भनिन्छ। कुनै पनि देहधारी मनुष्यसँग प्रीत लगाउनु छैन। त्यो त हो रचना, उनीहरुबाट वर्सा मिल्न सक्दैन। भाइलाई भाइबाट कहाँ वर्सा मिल्छ र! यो त राम्रोसँग सम्झाइएको छ। 

    तिमी बच्चाहरुले अब बुझेका छौ– उनीहरुको छ विनाशकाले विपरीत बुद्धि र तिमीहरुको छ प्रीत बुद्धि। यसमा पनि जो तीव्र प्रीतवाला छन्, उनीहरुले बाबासँग पूरा प्रीत राख्छन्। हामीले बाबाबाट २१ जन्म स्वर्गको वर्सा लिन्छौं। उहाँ बाबाले नै सत्य बताउनुहुन्छ, अरु कसैसँग प्रीत राख्नु छैन। जब नयाँ घर बन्छ भने नयाँ घरसँग प्रीत रहन्छ। सम्झिइन्छ– पुरानो घर अब भत्किन्छ। हामी पनि पुरानो दुनियाँबाट दिल तोड्दै जान्छौं। बाबा सम्झाउनुहुन्छ– दिन-प्रतिदिन वायुमण्डल खराब हुँदै जान्छ। कति हंगामा हुन्छ, त्यसैले सम्झन्छन्– अब यो खतम हुनु छ। हामी जानु छ नयाँ दुनियाँमा। त्यसैले नयाँ दुनियाँलाई याद गर्नुपर्छ। बेहदका बाबा र बेहदको वर्सालाई याद गर्नु छ, अरु कसैलाई याद गर्नाले वर्सा मिल्दैन। मनुष्यले भक्तिमार्गमा त कति याद गर्छन्। माता-पिता, मित्र सम्बन्धीहरुलाई याद गर्दा-गर्दै पनि देवी-देवतालाई कति याद गर्छन्! पानीमा स्नान गर्छन्, त्यसलाई पतित-पावनी भन्छन्। तीर हानेर गंगा निस्केको मान्दछन्। गंगा जल मुखमा दिन्छन्। सम्झन्छन् अलिकति पनि गंगा जल मिल्नाले मुक्ति पाउँछन्। बाबा भन्नुहुन्छ– यहाँ छ ज्ञानको कुरा। तिमीले अलिकति पनि ज्ञान सुन्छौ भने फल मिल्छ। यो ज्ञान सुन्ने कुरा हो। अमृत पिउने चीज होइन, यो ज्ञान हो। यस्तो नसम्झ– भोगको दिनमा अमृत पिलाइन्छ। त्यो त गुलियो पानी हो। बाँकी यो हो ज्ञानको कुरा। ज्ञान अर्थात् बाबा र सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्नु। यो सृष्टिचक्र कसरी घुम्छ? कस-कसले ८४ जन्म लिन्छन्? सबैले त लिन सक्दैनन्। सबैभन्दा पहिले शुरुमा तिमीहरु नै आउँछौ। तिमीहरुले नै पूरा ८४ जन्म लिन्छौ। जो देवता थिए उनीहरु नै ८४ जन्म भोगेर पतित बन्छन्। बाबा आएर फेरि काँडाबाट फूल बनाउनुहुन्छ। मनुष्य देह-अभिमानमा आएर ५ विकारमा फँस्न पुग्छन्। अहिले हो रावण राज्य। सत्ययुग थियो दैवी राज्य। शिवबाबाले नै स्वर्गको पुरी रच्नुहुन्छ। सूर्यवंशी लक्ष्मी-नारायणको राज्य थियो। अहिले तिमीले जान्दछौ– स्थापना भइरहेको छ। तिम्रो विनाशकाले प्रीत बुद्धि छ, त्यसैले विजयी छौ। सारा विश्वमाथि तिमीले विजय पाउँछौ। यो राम्रोसँग याद गर्नु छ। हामी जो अहिले कलियुगमा छौं, फेरि बदलिएर स्वर्गमा जान्छौं। पुरानो दुनियाँलाई छोड्नु छ। यो विकारी सम्बन्ध, यसलाई बन्धन भनिन्छ। तिमी विकारी बन्धनबाट निस्केर निर्विकारी सम्बन्धमा जान्छौ, फेरि दोस्रो जन्ममा तिमी विकारी बन्धनमा आउँदैनौ। वहाँ हुन्छ नै निर्विकारी सम्बन्ध, यस समयमा आसुरी बन्धन छ। आत्माले भन्छ– मेरो शिवबाबासँग प्रीत छ। तिमी ब्राह्मणहरुको प्रीत छ किनकि यथार्थ रीति जान्दछौ। बाबा र सृष्टिचक्रलाई जानेर तिमीले फेरि अरुलाई सम्झाउँछौ। जति जसले अरुलाई सम्झाउँछन्, उति धेरैको कल्याण गर्छन्। जसले बढी सम्झाउँछन्, उनीहरु नै होशियार हुन्, उच्च पद पनि उनीहरुले नै पाउँछन्। सेवा कम गर्छन् भने पद पनि कम पाउँछन्। पतित त सारा दुनियाँ छ। हरेकलाई पतितबाट पावन बन्ने बाटो बताउनु छ, अरु कुनै उपाय छैन। यादबाट नै विकर्म विनाश हुन्छ। जो दैवी सम्प्रदायका छन्, उनीहरुको सामुन्ने नै यी शब्द गुञ्जन्छ, सम्झन्छन्– यो त ठीक कुरा हो। अवश्य नै हामी देवी-देवता बन्छौं। हाम्रो भोजन पनि शुद्ध हुनुपर्छ। दैवीगुण पनि यहाँ नै धारण गर्नु छ, सर्वगुण सम्पन्न बन्नु छ। अहिले तिमी बनिरहेका छौ। यी लक्ष्मी-नारायण देवता हुन्, यिनलाई भोग लगाउँदा के चुरोट आदिको भोग लगाउँछन् र? चुरोट पिउने उच्च पद पाउन सक्दैन। यो कुनै दैवी चीज होइन। चुरोट पिउँछौ वा लसुन-प्याज आदि खान्छौ भने अझै गिर्छौ। भन्छन्– यो छोड्नाले स्वास्थ्य नै खराब हुन्छ। बाबा भन्नुहुन्छ– शिवबाबालाई याद गर। यी सबै बानीहरुलाई छोड्यौं भने तिम्रो सद्गति हुन्छ। चुरोटको बानी त धेरैमा हुन्छ। ज्ञान दिइन्छ– देवताहरुलाई कहिल्यै यी चीजहरुको भोग लगाइँदैन। तिमीहरु देवता जस्तो यहाँ नै बन्नु छ। तिमीले यस्ता छि-छि चीजहरु खाइरहन्छौ भने दुर्गन्ध आइरहन्छ। चुरोट वा रक्सी पिउनेबाट टाढैबाट दुर्गन्ध आउँछ। तिमी बच्चाहरुले देवी गुण धारण गर्नु छ, वैष्णव बन्नु छ। तिमी विष्णुको सन्तान हौ, तिमी विष्णु अर्थात् दैवी सन्तान बन्छौ। यहाँ छौ तिमी ईश्वरीय सन्तान। यो तिम्रो सर्वोत्तम जन्म हो। देवताहरु भन्दा पनि उत्तम तिमी हौ। तिमी अरुलाई पनि उत्तम बनाउनेवाला हौ। यो हो बेहदका बाबाको मिशन। क्रिश्चियनहरुको मिशन हुन्छ नि। आफ्नो क्रिश्चियन धर्ममा धेरैलाई परिवर्तन गर्छन्। यो हो ईश्वरीय मिशन। तिमी शूद्रबाट ब्राह्मण धर्ममा परिवर्तन भएर देवता धर्ममा बदलिन्छौ। तिमी जान्दछौ– हामी शूद्रबाट अहिले ब्राह्मण बनेका छौं। तिमी जीवन छँदै मरेका छौ फेरि गएर देवता बन्छौ। गर्भबाट जन्म मिल्छ। 

    यहाँ बाबाले तिमीलाई धर्मात्मा बनाउन धर्मको बच्चा बनाउनुभएको छ। बाबाले तिमीलाई आफ्नो बनाउनुभएको छ। बच्चाहरुलाई बाबाले सिकाउनुहुन्छ, ब्राह्मणबाट फेरि देवता बन्छौ। यी मनुष्य कति उच्च छन्, यिनीहरुमा सबै दैवीगुण छन्। जब तिमी आत्मा पवित्र बन्छौ, फेरि शरीर पनि पवित्र चाहिन्छ। पुरानो शरीर खतम हुनु छ फेरि तिमीलाई नयाँ सतोप्रधान शरीर चाहिन्छ। सत्ययुगमा ५ तत्व पनि सतोप्रधान बन्छन्। बाबा भन्नुहुन्छ– तिमी शूद्र वर्णमा थियौ। अब फेरि ब्राह्मण वर्णको बनेका छौ फेरि दैवी वर्णमा आउँछौ। ८४ जन्म लिन्छौ नि। ब्राह्मण वर्णलाई हटाइदिएका छन्। अब बाबाले शूद्रबाट ब्राह्मण बनाएर फेरि देवता बनाउनुहुन्छ। अब तिमी ब्राह्मण हौ चोटी। बाजोलीको खेल हुन्छ नि। अहिले ब्राह्मण छौ फेरि देवता, क्षत्रिय.... फेरि ब्राह्मण बन्छौ। यसलाई चक्र भनिन्छ। अहिले तिमी ब्राह्मण वर्णमा छौ। यो ज्ञान अहिले छ फेरि त प्रारब्ध मिल्छ। वहाँ तिमी २१ जन्म नम्बरवार यस समयको पुरूषार्थ अनुसार सदा सुखी रहन्छौ। कोही राजाई घरानामा, कोही प्रजामा जान्छौ। राजाई घरानामा सुख धेरै हुन्छ फेरि कला कम हुन्छ। तिमीलाई ८४ जन्मको ज्ञान मिलेको छ। स्मृति आएको छ। बाबा आएर सम्झाउनुहुन्छ– मीठा-प्यारा बच्चाहरु! तिम्रो अब ८४ जन्म पूरा भएको छ। कसैले ८४ जन्म, ८०, ५० वा ६० जन्म पनि लिएका छन्। सबैभन्दा बढी तिमी बच्चाहरुले सुख देख्छौ। यस ड्रामामा तिमीहरुको नाम प्रसिद्ध छ। देवताहरु भन्दा पनि तिमी उच्च हौ। तिमीले जान्दछौ– हामी नै पूज्य बन्छौं। सत्ययुगमा हामीले कसैलाई पुज्दैनौं। नत हामीलाई कसैले पुज्दछन्। वहाँ हामी हुन्छौं नै पूज्य फेरि कलाहरु कम हुँदै जान्छन्। हामी पूज्यबाट फेरि पुजारी बनेर शिर निहुराउँछौं। द्वापरमा हामी पुजारी बन्न शुरु गर्छौं। अन्त्यमा फेरि सबै व्यभिचारी बन्छन्। यो शरीर ५ तत्वले बनेको छ, त्यसको कोही बसेर पूजा गर्छन् भने त्यसलाई भनिन्छ भूत पूजा। हरेकमा ५ भूत छन्। देह-अभिमानको भूत फेरि काम-क्रोधको भूत। भूत सम्प्रदाय भन अथवा आसुरी सम्प्रदाय, कुरा एउटै हो। बाबा आएर फेरि दैवी सम्प्रदाय बनाउनुहुन्छ। बाबा आउनुहुन्छ भूतहरुबाट छुटाउन र आफ्नो साथमा योग लगाएर देवता बनाउनुहुन्छ। गुरूनानकले पनि महिमा गाएका छन्– परमपिता परमात्माले मनुष्यलाई देवता बनाउनुभयो। उहाँले नै पतितलाई पावन बनाउनुहुन्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरुप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरुलाई नमस्ते। रुहानी बच्चाहरुको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १)ब्राह्मणबाट देवता बन्नको लागि जति पनि फोहोरी बानीहरु छन्, ती सबैलाई छोड्नु छ। शूद्रलाई ब्राह्मण धर्ममा परिवर्तन गरेर देवता बनाउनको लागि ईश्वरीय मिशनको कार्यमा सहयोगी बन्नु छ। रक्सी, चुरोट वा जति पनि फोहोरी बानी छ, त्यसलाई निकालिदिनु छ।

    २)यस विनाश कालको समयमा एक बाबासँग सच्चा प्रीत राख्नु छ। पुरानो घर भत्किनेवाला छ, त्यसैले यसबाट दिल निकालेर नयाँसँग लगाउनु छ।

    वरदान:

    मरजीवा स्थितिद्वारा हिम्मत र उल्लासको अविनाशी छाप लगाउने प्राप्ति सम्पन्न भव:-  

    जो प्राप्तिहरुले सम्पन्न छन्, उनीहरुको हरेक चलन, नयन र चैनबाट उमंग-उत्साह देखिन्छ। तर हिम्मत र उल्लासको अविनाशी छाप लगाउनको लागि आफ्नो विगतको वा ईश्वरीय मर्यादाको विपरीत जो संस्कार, स्वभाव, संकल्प वा कर्म हुन्छन्, तिनीहरुबाट मरजीवा बन। प्रतिज्ञारुपी स्वीचलाई सेट गरेर प्राक्टिकलमा प्रतिज्ञा अनुसार चलिराख। हिम्मतको साथमा उल्लास भयो भने प्राप्तिको झलक टाढैबाट देखिन्छ।

    स्लोगन:

    मेला वा झमेलामा डबल लाइट रहनेवाला नै धारणामूर्त हो।   



    ***OM SHANTI***