BK Murli 23 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 23 June 2016 Nepali

    ०९ आषाढ बिहिबार 23.06.2016 बापदादा मधुवन

    “मीठे बच्चे– अमृतबेलाको समय धेरै राम्रो हुन्छ, त्यसैले बिहान सबेरै उठेर एकान्तमा बसेर बाबासँग मीठो-मीठो कुरा गर।”  

    प्रश्न:

    कुनचाहिँ ज्ञानले निरन्तर योगी बन्नमा धेरै मदत गर्छ?

    उत्तर:

    ड्रामाको। जुन कुरा बित्यो, ड्रामाको भावी। अलिकति पनि स्थिति हलचलमा नआओस्। चाहे जस्तोसुकै परिस्थिति किन नहोस्, भूकम्प आओस्, धन्दामा घाटा परोस् तर अलिकति पनि संशय पैदा नहोस्– यसलाई भनिन्छ महावीर। यदि ड्रामाको यथार्थ ज्ञान छैन भने आँसु बगाइरहन्छन्। निरन्तर योगी बन्नमा ड्रामाको ज्ञानले धेरै मदत गर्छ।

    गीतः–

    ओम् नमो शिवाए........

    ओम् शान्ति।

    बच्चाहरुले राम्रोसँग बुझेका छन्– पतित दुनियाँको अब अन्त्य भइरहेको छ। पावन दुनियाँको आदि (शुरुआत) हुँदैछ। यो केवल तिमी बच्चाहरुले नै जान्दछौ। बच्चाहरुलाई नै यो निर्देशन वा श्रीमत मिल्छ। कसले दिन्छ? सर्वोच्च भगवान्। सम्झाइरहनु हुन्छ– पतितबाट पावन बन्नु छ। यो ज्ञान तिम्रो लागि हो, अरु त सबै पतित छन्। यो पतित दुनियाँ विनाश अवश्य हुनु छ। पतित भनिन्छ विकारीलाई। बाबा सम्झाउनुहुन्छ– तिमीले जन्म-जन्मान्तर एक-अर्कालाई दुःख दिँदै आयौ, त्यसैले तिमीले आदि-मध्य-अन्त्य दुःख पाउँछौ। एक-अर्कालाई पतित बनाउँछौ। पुकार्छन् पनि– हामी पतित हौं..., तर बुद्धिमा पूरा बस्दैन। भन्दछन् पनि– पतित-पावन आउनुहोस् तर फेरि पनि पतितपना छोड्दैनन्। अहिले तिमीले बुझेका छौ– सारा कुरा हो पावन बन्ने। यो सम्झाउने पनि त कोही चाहियो। सम्झाउनेवाला हुनुहुन्छ नै एक। बाँकी यी जो गुरूहरु छन्, उनले कसैलाई पावन बनाउन सक्दैनन्। पावन पनि केवल एक जन्मको लागि होइन, जन्म-जन्मान्तरको लागि बन्नु छ। तिमीहरुमा पनि जो ज्ञानवान छन्, उनीहरु तीक्ष्ण हुन्छन्। ड्रामा अनुसार यो निश्चित छ। तिमीमा पनि महावीरपना हुनुपर्छ। त्यो आउँछ बाबाको यादमा रहनाले। बाबा धेरै राम्रोसँग बसेर सम्झाउनुहुन्छ। जस्तै बाबा भन्नुहुन्छ– सबेरै उठेर याद गर। यो समय धेरै सुन्दर हुन्छ याद गर्न, जसलाई प्रभात भनिन्छ। भक्तिमार्गमा पनि भन्छन्– राम सिमर प्रभात मोरे मन। बाबाले पनि भन्नुहुन्छ– सबेरै उठेर बाबालाई याद गर्यौ भने बडो मज्जा आउँछ। बाबाको यादमा बसेर यही ख्याल गर्नुपर्छ– कसरी कसैलाई सम्झाऊँ! अमृतबेलाको वायुमण्डल बडो शुद्ध रहन्छ। दिनमा त गोरखधन्दा रहन्छ। रात १२ बजेसम्म त विकारी वायुमण्डल रहन्छ। साधु-सन्त, भक्त आदि सबै भक्ति पनि प्रभातमा नै गर्छन्। हुन त याद दिनमा पनि गर्न सक्छन्। धन्दामा रहे पनि बुद्धिको योग जुन देवताको पुजारी होला, उनको पास जान्छ। तर यस्तो कसैको रहँदैन। भक्तिमार्गमा केवल दर्शनको लागि मेहनत गर्छन्। तर केही पनि मिल्दैन। उनीहरु पनि भक्ति गर्दै-गर्दै तमोप्रधान बन्नु नै छ। भक्तिमार्गमा पनि शिवमाथि बलि चढाउँछन्, जसलाई काशी कलवट भन्दछन्। शिवलाई याद गर्दै-गर्दै कुवामा हाम फाल्छन्। शिव माथि बलि चढाउँछन्। त्यो हो भक्तिमार्गको बलि। यो हो ज्ञानमार्गको बलि। त्यो पनि मुश्किल, यो पनि मुश्किल। भक्तिमार्गमा त्यसबाट केही फायदा छैन। यो मानौं आत्माले आफ्नो शरीरको घात गर्छ। यो कुनै ज्ञान होइन। उनले भनिदिन्छन्– आत्मा नै परमात्मा। आत्म-अभिमानी त एक बाबा नै हुनुहुन्छ, जसले बच्चाहरुलाई सम्झाउनुहुन्छ– परमात्मा त म एकै हुँ। हामी आत्मा नै परमात्मा भन्नु– यो सबैभन्दा ठूलो झुट हो। यो त हुन सक्दैन। 

    बाबा भन्नुहुन्छ– म आउँछु नै पतितहरुलाई पावन बनाउन, सो पावन बनाइरहेको छु। बाँकी त ड्रामामा जे हुनु छ सो हुन्छ नै। सम्झ, भूकम्प आयो, छत गिर्छ– भनिन्छ भावी, कल्प पहिले पनि यस्तै भएको थियो। यसमा अलिकति पनि विचलित हुने आवश्यकता छैन। ड्रामामा पक्का खडा रहनु छ। यसलाई नै महावीर भनिन्छ। दुर्घटना आदि त धेरै भइरहन्छन्। फेरि कसैको रक्षा गरिन्छ र? यो त ड्रामामा निश्चित छ। यस्तै नै ड्रामामा पार्ट छ। जसले ड्रामालाई जान्दैनन्, उनले देहलाई याद गरेर आँसु बगाउँछन्। उनले कहिल्यै शिवबाबालाई याद गर्न सक्दैनन् किनकि शिवबाबासँग प्यार छैन। सच्चा प्रीत छैन। बाबासँग त पूरा प्रीत हुनुपर्छ। शिवबाबाको साथ प्रीत बुद्धि तिमी कल्प-कल्प बन्छौ। देवताहरुको बाबासँग प्रीत बुद्धि थियो, यस्तो भनिँदैन। उनीहरुले यस प्रीतबाट त्यो पद पाएका हुन्। वहाँ त थाहा पनि हुँदैन। सारा कल्पमा तिमीलाई शिवबाबाको बारेमा थाहै हुँदैन, ताकि प्रीत राख्न सकियोस्। अहिले बाबाले आफ्नो परिचय दिनुभएको छ। अब बाबा भन्नुहुन्छ– अरु संगत तोडेर म एक साथ जोड। यो विनाश काल त अवश्य हो। यो पनि तिमी बच्चाहरुले जान्दछौ। मनुष्य त बिल्कुलै घोर अन्धकारमा छन्। तिमीले अहिले बुझेका छौ– हामीले त बाबासँग पूरा वर्सा लिनु छ। याद विना सतोप्रधान बन्न सकिँदैन। सर्जन बनेर आफ्नो रोगलाई देख्नु छ। देख्नु छ– श्रीमत अनुसार मेरो बाबासँग कति प्रीत छ? अमृतबेला नै बाबालाई याद गर्नु राम्रो हो। प्रभातको समय धेरै राम्रो हुन्छ। त्यतिबेला मायाको तुफान आउँदैन। रातको १२ बजेसम्म तपस्या गरेर कुनै फायदा छैन किनकि समय नै फोहोरी हुन्छ। वायुमण्डल खराब रहन्छ। त्यसैले १ बजेसम्म छोडी दिनुपर्छ। १ बजेपछि वायुमण्डल राम्रो रहन्छ। बाबा भन्नुहुन्छ– आफ्नो त हो नै सहज राजयोग। ठीक छ, आरामसँग बस। बाबाले आफ्नो अनुभव पनि सुनाउँछन्– कसरी बाबासँग कुरा गर्छु। बाबा, यो ड्रामा कस्तो अद्भुत छ! हजुर आएर कसरी पतितबाट पावन बनाउनुहुन्छ! सारा दुनियाँलाई कसरी पल्टाउनुहुन्छ! बडो आश्चर्य छ! जसरी बाबालाई विचार चल्छ, त्यस्तै बच्चाहरुलाई पनि आउनुपर्छ। कसरी मनुष्यहरुको बेडा पार गर्ने होला अथवा कसरी नाउ पार गर्ने होला? बाबा भन्नुहुन्छ– तिमीले पुकार्छौ– हे पतित-पावन आउनुहोस्। अब म आएको छु, अब तिमी पतित नबन। पतित बनेर सभामा आएर नबस। नत्र वायुमण्डल अशुद्ध गरिदिन्छौ। बाबालाई थाहा त हुन्छ। दिल्लीमा, मुम्बईमा यस्तो विकारमा जानेहरु आएर बस्दथे। गायन गरिएको छ– असुर आएर विघ्न पार्न बस्दथ्यो। विकारमा जानेलाई असुर भनिन्छ। वायुमण्डललाई खराब गर्छन्। उनको लागि सजाय धेरै कडा छ। बाबाले त सबै कुरा सम्झाउनुहुन्छ फेरि पनि आफ्नो घाटा नपारी रहन सक्दैनन्। झुटो पनि बोल्छन्। नत्र तुरून्तै लेख्नुुपर्छ– बाबा, मबाट यो गल्ती भयो, क्षमा गरिदिनुहोला। आफ्नो पाप लेखिदेऊ। नत्र वृद्धि भइरहन्छ, झन् रसातलमा जान्छौ। आउँछन् केही लिनको लागि, उल्टै कान कटाउँछन्। यो पनि ड्रामामा पार्ट छ। यस्ता असुर कल्प पहिले पनि थिए, अहिले पनि छन्। अमृत छोडेर विष पिउँछन्। आफ्नो पनि घात गर्छन् र अरुलाई पनि नोक्सान पुर्याउँछन्। वायुमण्डल खराब गरिदिन्छन्। ब्राह्मणी पनि सबै एक समान छैनन्। महारथी, घोडेसवार, पैदल सेना सबै छन्। 

    तिमी बच्चाहरुलाई अथाह खुशी हुनुपर्छ– बाबा मिल्नुभयो, बाँकी के चाहियो? हो, आफ्ना बच्चा आदिलाई अवश्य सम्हाल्नु छ। यस्तो होइन, बाबा यी सबै हजुरका हुन्, अब हजुरले सम्हाल्नुहोस्। हामी त हजुरका बनिसक्यौं। बाबा सम्झाउनुहुन्छ– गृहस्थ व्यवहारमा रहँदै कमल फूल समान पवित्र बन। कुनै पनि पतित काम नगर। पहिलो कुरा हो काम विकारको। द्रौपदीले पनि यसमा नै पुकारिन्– मलाई यसले नंगन गर्छ। पुकार पनि तब गरेकी थिइन्, जब बाबा सुन्नेवाला आउनुभएको थियो। बाबा आउनुभन्दा पहिले कसैले पनि पुकार्दैनन्। कसलाई पुकार्ने? बाबा आउनुभएको छ, तब नै पुकार्छन्। पतितबाट पावन बनेर फेरि कहाँ जान्छौ? फर्केर जानु छ, त्यो त यही समय हो। सबैका सद्गति दाता, लिबरेटर एकै हुनुहुन्छ। यहाँ त दुःख छ। साधु-सन्त आदि कोही पनि सुखी हुन सक्दैनन्। सबैलाई कुनै न कुनै दुःख, रोग आदि हुन्छ नै। कुनै गुरू अन्धा-लुला पनि हुन्छन्। अवश्य कुनै यस्तो काम गरेका छन्, तब त अन्धा-लुला आदि बन्छन्। सत्ययुगमा कुनै अन्धा-लुला आदि कहाँ हुन्छन् र! मनुष्यले कहाँ बुझ्दछन् र! बाबा नै आएर सम्झाउनुहुन्छ। बाबा नै ज्ञानका सागर पतित-पावन हुनुहुन्छ। बाँकी त सबै हुन् भक्त। त्यो भक्तिमार्ग नै अलग छ। त्यो हो सिँढी झर्ने मार्ग। झर्न जीवनबन्धमा आउन ८४ जन्म लाग्छ र फेरि एक सेकेण्ड लाग्छ जीवनमुक्त बन्न, यदि उहाँको मतमा चलेर बाबालाई याद गरियो भने। नम्बरवार त छन् नि। भन्दछन्– हामीलाई फलानी टिचर मिल्यो भने राम्रो हुन्थ्यो। अवश्य स्वयं कमजोर छन्, तब त भन्छन् फलानीलाई २-४ महिनाको लागि पठाइदिनुहोस्। बाबा भन्नुहुन्छ– यो पनि भूल हो। तिमीले ब्राह्मणीलाई किन याद गर्छौ, जबकि बाबा सहज कुरा बताउनुहुन्छ– केवल बाबालाई याद गरेर स्वदर्शन चक्र फिराऊ, अरुलाई पनि सम्झाऊ। पुग्यो। यसमा ब्राह्मणी आएर के गर्छिन्? यो त सेकेण्डको कुरा हो। तिमी काम-धन्दामा यो बिर्सिन्छौ, फेरि पनि ब्राह्मणीले यही भन्छन्– मनमनाभव। कति बुद्धूले बुझ्दैनन्, केवल भन्छन् ब्राह्मणी राम्रो चाहियो। ज्ञान त तिमीलाई मिलेको छ नि। बाबा र वर्सालाई याद गर। देह-अभिमानलाई छोड। यो मेरो सेन्टर हो, यो यिनको सेन्टर हो। यो जिज्ञासु यहाँ किन जान्छ... यो सबै देह-अभिमान हो। सबै शिवबाबाका सेन्टरहरु हुन्, हाम्रो कहाँ हो र? तिमीलाई यो किन हुन्छ– फलाना मेरो सेन्टरमा किन आउँदैन? जहाँ पनि जान सक्छ। बाबा सदैव भन्नुहुन्छ– कसैसँग पनि माग्नु छैन। यो बुझ्न सक्छौ– बीज रोपिएन भने के मिल्छ? भक्तिमार्गमा पनि दान-पुण्य गरिन्छ। तिमीहरु सबैले भक्तिमार्गमा ईश्वरका लागि इनडायरेक्ट गथ्र्यौै। फेरि संन्यासीहरुलाई पनि धेरै दिन्छन्। नत्र दान गरिबलाई दिइन्छ, नकि धनवानलाई। यसमा अनाजको दान सबैभन्दा राम्रो हुन्छ। त्यो पनि बाबा सम्झाउनुहुन्छ– दान गरेमा अर्को जन्ममा उसलाई फल मिल्छ। ईश्वरले नै सबैलाई फल दिनुहुन्छ। साधु-सन्त आदिले कुनै रिटर्न दिन सक्दैनन्। दिने त एकै बाबा हुनुहुन्छ, जसद्वारा दिए पनि। बाबा सम्झाउनुहुन्छ– तिमीले ईश्वरका लागि दिन्थ्यौ, फेरि पनि अर्को जन्ममा तिमीलाई फल दिलाउँथेँ। अहिले त म डायरेक्ट आएको छु। अब तिमीलाई २१ जन्मको लागि रिटर्न मिल्छ। मृत्यु सामुन्ने खडा छ। भक्तिमार्गमा तिमीलाई यस्तो भनिँदैनथ्यो– मृत्यु सामुन्ने खडा छ त्यसैले आफ्नो सफल गर। बाबा सम्झाउनुहुन्छ– अब यो रुहानी हस्पिटल खोल। कसैले भन्छन्– घर बनाएर उसमा यो हस्पिटल खोलुँ? बाबा भन्नुहुन्छ– आज घर बनाऊ, भोलि मर्यौ भने यो सबै खतम हुन्छ। शरीरको भरोसा छैन। जो छ त्यसैमा एउटा कोठा छुट्याऊ, त्यसमा रुहानी हस्पिटल, रुहानी कलेज बनाऊ। धेरैको कल्याण गर्यौ भने धेरै उच्च पद पाउँछौ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरुप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरुलाई नमस्ते। रुहानी बच्चाहरुको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) श्रीमत अनुसार आफूले आफंैलाई हेर्नु छ– यस विनाश कालमा मेरो एक बाबासँग सच्चा प्रीत छ? अरु सबै संगत तोडेर एकसँग जोडेको छु? कहिलेकाहीँ कुनै विकर्म गरेर असुर त बन्दिनँ? यस्तो चेकिङ्ग गरेर स्वयंलाई परिवर्तन गर्नु छ।

    २) यस शरीरको कुनै भरोसा छैन, यसैले आफ्नो सबैथोक सफल गर्नु छ। आफ्नो स्थिति एकरस, अचल बनाउनको लागि ड्रामाको रहस्यलाई बुद्धिमा राखेर चल्नु छ।

    वरदान:

    श्रेष्ठ कर्मद्वारा स्मरण योग्य बन्नेवाला योगयुक्त, युक्तियुक्त भव:-  

    तिम्रो एक-एक कर्म जति श्रेष्ठ हुन्छ, उति नै श्रेष्ठ आत्माको रुपमा स्मरण गर्नेछन्। भक्तिमा नामको स्मरण गर्छन्, तर यहाँ जो श्रेष्ठ आत्माहरु छन्, उनको गुण र कर्मलाई उदाहरण दिनको लागि स्मरण गर्छन्। त्यसैले तिमी श्रेष्ठ कर्मको आधारमा स्मरण योग्य बन्दै जान्छौ। यसको लागि योगयुक्त बन। योगयुक्त बनेपछि हर संकल्प, शब्द वा कर्म युक्तियुक्त अवश्य हुन्छ। उनीहरुबाट अयुक्त कर्म वा संकल्प हुनै सक्दैन– यो पनि कनेक्शन छ।

    स्लोगन:

    निमित्त र निर्माणचित्त– यही सच्चा सेवाधारीको लक्षण हो।   



    ***OM SHANTI***