BK Murli 24 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 24 June 2016 Nepali

    १० आषाढ शुक्रबार 24.06.2016 बापदादा मधुवन

    कर्म नै सुख र दुःखको उत्तरदायी  

    प्रश्न:

    (मातेश्वरीज्यूको पुण्य स्मृति दिवसमा क्लासमा सुनाउनको लागि जगदम्बा माँ को मधुर महावाक्य)

    उत्तर:

    यो त मनुष्यले जान्दछन्– दुःख र सुखको जीवन कर्मको आधारद्वारा प्रारब्धको रुपमा चल्छ। अवश्य पहिले कर्म हुन्छ, त्यसको जुन प्रारब्ध हुन्छ त्यो दुःख वा सुखको रुपमा भोग्नुपर्ने हुन्छ। त्यसैले सुख वा दुःखको सम्बन्ध हुन गयो कर्मसँग। कर्मलाई कुनै भाग्य भनिँदैन। कतिले यस्तो सम्झन्छन्– जे भाग्यमा होला! त्यसैले दुःख र सुखलाई आफ्नो भाग्य सम्झन्छन्। यस्तो सम्झन्छन्, मानौं यो भाग्य भगवान्ले बनाउनुभएको हो वा कोही अरुले बनाएको हो। त्यसैले भनिदिन्छन्– भाग्यमा जे होला.... तर यो पनि बुझ्न धेरै आवश्यक छ– भाग्य पनि कसले बनायो? भाग्य परमात्माले बनाउनुभयो वा भाग्य पहिले नै बनेको हुन्छ? यस्तो भाग्य पनि त मैले नै बनाएको हो, जसकारण दुःख र सुख भोग्नु परेको छ। दुःख र सुख बनाउनेवाला कुनै परमात्मा त हुनुहुन्न नि। आफ्नो कर्म र कर्म गर्नेवाला पनि मनुष्य हो त्यसैले यो जिम्मेवारी आफ्नो भयो। जस्तो करनी त्यस्तै भरनी, यो त सुनेकै उखान हो, जसले गर्छ उसले पाउँछ। गीतामा पनि वर्णन छ– जीवात्मा आफ्नै शत्रु र आफ्नो मित्र हो। भगवान्ले यस्तो भन्नुभएको छैन– म तिम्रो शत्रु हुँ वा म तिम्रो मित्र हुँ! जीवात्मा आफ्नो शत्रु र आफ्नो मित्र हो। त्यसैले आफूसँग मित्रता र आफूसँग शत्रुता गर्नेवाला को भयो? स्वयं मनुष्य। त्यसैले जब यो कुरा यति स्पष्ट छ– दुःख-सुखको जिम्मेवार मनुष्य स्वयं हो। कसैले पनि आफूलाई दुःख होस् भनेर चाहँदैन। जुन पनि रुपमा दुःख आउँछ, त्यसलाई भगाउने कोसिस गर्छन्। कुनै लडाईं-³गडा भयो भने त्यसलाई समाप्त गर्ने कोसिस गर्छन्। यस्तोमा कसै-कसैको अकालमा मृत्यु पनि भयो भने पनि दुःख लाग्छ, सम्³न्छन्– किन यस्तो भयो? त्यसैले मनुष्यले आवेशमा आएर भगवान्लाई पनि गाली गर्न थाल्छन्। अहिले तिम्रो अगाडि यी सबै जुन कुरा आए, यो अकाले मृत्यु जुन भयो, त्यो के भगवान्ले गर्नुभयो? मेरो सामुन्ने जुन रोगको रुपमा दुःख आयो, के भगवान्ले गर्नुभयो? यी जुन लडाईं-³गडा, संसारका जति पनि दुःखका कारण छन्– के त्यो सबै भगवान्ले गर्नुभयो? अरे! भगवान्लाई त भनिन्छ– दुःख-हर्ता, सुख-कर्ता। त्यसैले जब कुनै पनि दुःख आउँछ भने उहाँलाई याद गर्छन्। शरीरको रोग लाग्दा पनि भन्छन् हे भगवान्! दुःखमा उहाँलाई नै याद गर्छन्। यदि उहाँले नै दिएको हो भने जो दुःख दिने हुन्छ, उसलाई के गर्नुपर्छ? बताऊ– के दुःख दिनेलाई याद गर्नुपर्छ? यो पनि त सोच्नुपर्छ– दुःखको समयमा जब उहाँ याद आउँछ भने उहाँको लागि त भन्न सकिँदैन– यो दुःख उहाँले दिनुभएको हो। यो पनि बुझ्नुपर्ने कुरा हो। याद पनि यसैले गरिन्छ– अवश्य उहाँको सम्बन्ध हामीसँग कुनै अर्को कुरामा छ, नकि दुःख दिनेमा।

    ओम् शान्ति।

    त्यसैले यही जानकारीको लागि यहाँ बताइन्छ नि– यो चीज जुन आफ्नो दुःखको कारण हो, त्यो दुःखलाई मेटाउने कुन उपचार छ! किन भएको छ, त्यो कुरालाई जान्न पनि जीवनको लागि धेरै आवश्यक छ। हेर, बिचरा कति अनभिज्ञ छन्। जसले जानेका पनि छन्, उनीहरुले भन्छन्– के गरुँ, कसरी गरुँ, के आफ्नो गृहस्थ-व्यवहार छोड्दिऊँ! उनीहरुले फेरि कति बहाना निकाल्छन्, त्यसैले आश्चर्य लाग्छ– हेर मनुष्यको बुद्घि जो यति दुःखी हुँदा पनि कति बुद्घि एकदम यी कुराबाट हटेको छ, जुन बु³र पनि जान्नको लागि समय दिँदैनन्। हामीले त्यहीँ कुरालाई जानेर, धारण गरेर, अनुभव पाएर बताउँछौं– यो अनुभवको चीज हो। अवश्य अनुभव भएको छ त्यसैले त यति भन्न पनि आउँछ– प्राक्टिकलमा कसरी सुखको प्राप्ति हुन सक्छ! जुन धेरै समयदेखि आश राख्दै आएका छौं, अहिले उहाँ सुखदाता स्वयंले हामीलाई आफ्नो परिचय दिइरहनुभएको छ– हे बच्चाहरु! तिमी दुःखी किन भएका हौ? कारण त तिम्रो नै हो तर कुन कुराको कारणले तिमीले दुःख पाइरहेका छौ? तिम्रो कुनचाहिँ कर्म यस्तो छ जुन दुःखको कारण बन्दै गइरहेको छ? त्यो कुनचाहिँ कुरा हो, त्यो आएर बु³। हेर, कति अफर गरिन्छ फेरि पनि आश्चर्य लाग्छ, यो सुनेर पनि बिचरा भन्छन्– अब होस् यसरी नै चल्छौं। यसलाई नै भनिन्छ– अहो मम माया। एकदम मायाले समातेर बसेको छ। जुन चीजको लागि सारा दिन टाउको दुखाइ रहन्छन्, त्यही चीज बाबा आएर सामुन्ने बताउनुहुन्छ, सामुन्ने दिनुहुन्छ– प्यारा बच्चाहरु! तिम्रो सुखको कारण के हो र दुःखको कारण के हो? यी सबै कुरा बसेर सम्झाउनुहुन्छ। फेरि पनि भन्छन् फुर्सत छैन, के गरुँ!

    धारणाको लागि मुख्य सारः

    बाबा स्वयं भन्नुहुन्छ– म अहिले आएको छु तिम्रो सबै दुःख हर्न र तिमीलाई सुख प्राप्त गराउन किनकि गाउँछन् नै दुःख-हर्ता, सुख-कर्ता। कहिल्यै यस्तो भन्दैनन्– दुःख-कर्ता, सुख-हर्ता। दुःख-हर्ता। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरु! म आएको छु तिम्रो दुःख हर्न। दुःख हर्नको लागि मैले तिमीद्वारा नै यस्तो कर्म गराउँछु, जसबाट तिम्रो दुःख नष्ट हुन सकोस्। मैले जे सिकाउँछु, सम्झाउँछु त्यसलाई बु³र त्यो पुरूषार्थ गर, त्यसैबाट दुःखलाई नष्ट गर। तिम्रो दुःख नष्ट गर्ने मैले शिक्षा दिन्छु, जसलाई धारण गर किनकि तिम्रो चीज हो नि। तर कति बिचराहरुले यस्तो कारण दिन्छन् मानौं, हामीले कुनै भगवान् माथि दया गर्छौं। कतिले भन्छन्– समय मिल्यो भने गरौंला। अरे भाइ! ख्वाउने-पिलाउने यी सबै जुन कुरा छन्, त्यही कर्मले बनाएको खातामा नै त तिमी अलमलिएका छौ। त्यसैमा त दुःखी भएका छौ। जबकि एकातर्पm भन्छौ पनि दुःखबाट छुटौं र अर्कोतर्पm यी सबै दुःखहरुबाट छुट्ने मार्ग स्वयं बाबाले सम्झाइरहनुभएको छ, तैपनि हेर, कतिको बुद्घिमा बस्दैन! यसैगरी कतिले सम्³न्छन्– यो धन, सम्पत्ति, यो शरीर पनि माया हो। फेरि यस्तो-यस्तो उपाय गर्छन्, सोच्छन्– हामी यसबाट छुटौं। तर होइन, तिम्रो दुःखको कारण कुनै अर्को छ। यो मेरो रचना जुन अनादि छ– त्यो कुनै दुःखको कारण होइन। तिमीमा एउटा बेग्लै अलग कुनै चीज आएको छ, जसलाई नै ५ विकार (माया) भनिन्छ। माया विकारहरुलाई भनिन्छ। विकार कुनै शरीर होइन, संसार विकार होइन, धन सम्पत्ति विकार होइन। विकार एउटा अलग चीज हो। जुन आउनाले फेरि यी सबै चीजहरु दुःखका कारण बनेका छन्। नत्र यी सबै पदार्थ आत्माको सुखका कारण हुन्। उसको लागि सबै सम्पत्ति, धन आदि जुन छन्, ती सबै सुखका कारण हुन्। तर यी सबै कुराको पूर्ण ज्ञान नहुनाको कारण, यी सबै चीजहरु दुःखदायी बनेका छन्। त्यसैले बाबा भन्नुहुन्छ– मैले यो रचना जुन रचेको छु अनादि, त्यो कुनै दुःखको कारण होइन। दुःखको कारण तिमी बनेका छौ। तिमीमा कुनै अर्को अलग चीज आएको छ। त्यो अलग चीज हो यो माया ५ विकार। अब तिमीले यसलाई निकाल। कतिले त भनिदिन्छन्– यो पनि सबै भगवानले दिएको हो। तर भगवान्ले त सुखका चीजहरु दिनुभयो नि, त्यसमा तिमीले विकार मिसाएर सबै चीजहरुलाई बिगारिदिएका छौ। तिमीहरु सबै बाबाका बच्चा हौ, त्यसैले अब ती चीजहरुलाई निकाल अनि बल्ल तिम्रो लागि सुखको कारण हुन जान्छ। यी सबै कुरा बुझ्नुपर्ने हुन्छ। त्यसैको लागि भनिन्छ पटक-पटक, आऊ केही बु³। तर कति यहाँ आउँछन्, सुन्छन् पनि तर बाहिर गएपछि फेरि कुरा समाप्त हुन्छ। त्यसैले आश्चर्य नै भनिन्छ नि। तर जसले आफ्नो जीवनको लागि चाहना गर्दै आएका छौ त्यसको कारण कुनचाहिँ हो र कसरी त्यसको नाश हुन्छ– त्यसको लागि केही आएर सम्³। यस्तो होइन– के गरुँ, त्यो गरुँ या यो गरुँ...कतिले फेरि सम्झन्छन्– यो त कुनै वृद्घहरुको काम हो। अरे जीवन बनाउन के वृद्घहरुलाई मात्रै आवश्यक छ! वृद्घ त तिनी भए जसले उल्टो सिँढी चढ्छन्, फेरि देखेर उत्रिन्छन्, त्यो भन्दा त किन सिँढी चढ्नु भन्दा पहिला नै होशियार नहुने– हामीले जीवन कसरी चलाउने? यो त सम³को कुरा हो नि। त्यसैले उनीहरु सल्लाह दिइन्छ– कोही यी कुरालाई बु³र आफ्नो जीवनको दुःखको जुन जड छ, दुःखको जुन कारण छ त्यसलाई मेटाउने पूरा-पूरा प्रयास गर्नुपर्छ।

    भगवान् जो सबैका पिता हुनुहुन्छ, उहाँबाट आफ्नो अधिकार लिनु छ। यत्तिकै केवल कहाँ उहाँलाई बाबा भन्ने कुरा हो र। उहाँबाट हामीलाई जुन प्राप्ति हुन्छ, त्यो लिनु छ। तर भगवान्ले स्वयं भन्नुभएको छ– करोडौंमा कोहीले मात्र मलाई जान्दछ, अहिले त्यहीँ हाल भइरहेको छ। तर फेरि पनि भनिन्छ कोही त छ नि। करोडौंमा कोही, के थाहा यिनैमा कोही भए निस्केलान् र आफ्नो सौभाग्य बनाउलान्। अच्छा!

    वरदान:

    यो पुरानो दुनियाँलाई विदेश सम्झिएर यसबाट उपराम रहने स्वदेशी भव:-  

    जसरी कति मानिसले विदेशको चीजहरुलाई छुँदा पनि छुँदैनन्। सम्³न्छन्– आफ्नो देशको चीजलाई प्रयोग गरुँ। त्यसैगरी तिम्रो लागि यो पुरानो दुनियाँ नै विदेश हो, यसबाट उपराम होऊ अर्थात् पुरानो दुनियाँका जुन चीजहरु छन्, स्वभाव-संस्कार छन् त्यस तर्पm अलिकति पनि आकर्षित नहोऊ। स्वदेशी बन अर्थात् आत्मिक रुपमा आफ्नो उच्च देश परमधाम र यो ईश्वरीय परिवारको हिसाबले मधुबन देशको निवासी सम्³र, यसको नशामा रहने गर।

    स्लोगन:

    झमेलामा फँस्नुको साटो सदा मिलन मेलामा रहने गर।  



    ***OM SHANTI***