BK Murli 25 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 25 June 2016 Nepali

    ११ आषाढ शनिबार 25.06.2016 बापदादा मधुवन

    “मीठे समझदार बच्चे– सदा याद राख हामी अविनाशी आत्मा हौ। अब हामी बाबाको साथमा पहिलो तल्लामा जानु छ।”   

    प्रश्न:

    कुनचाहिँ मेहनत तिमी हरेक बच्चाहरुले अवश्य गर्नु छ?

    उत्तर:

    बाबाले तिमीलाई जुन यति ज्ञान दिनुहुन्छ, त्यसलाई आफ्नो दिलमा राख। भित्र-भित्रै त्यसलाई मनन गरेर हजम गर, जसबाट शक्ति मिलोस्। यो हरेकले मेहनत अवश्य गर्नुपर्छ। जसले यस्तो गुप्त मेहनत गर्छन्, उनीहरु सदा हर्षित रहन्छन्। उनीहरुलाई नशा रहन्छ– हामीलाई पढाउने को हुनुहुन्छ! हामी कसको सामुन्ने बसेका छौं!

    ओम् शान्ति।

    यो कसले भन्यो? दुई पटक भनिन्छ– ओम् शान्ति, ओम् शान्ति। एक शिवबाबाले भन्नुभयो, एक ब्रह्मा बाबाले। यहाँ बापदादा एकसाथ हुनुहुन्छ। त्यसैले भन्नुपर्छ– ओम् शान्ति, ओम् शान्ति। अब पहिला कसले भन्यो? पछि कसले भन्यो? पहिला शिवबाबाले भन्नुभयो ओम् शान्ति। म शान्तिको सागर हुँ, पछि कसले भन्यो? दादाको आत्माले भन्यो। बच्चाहरुलाई याद दिलाइन्छ– ओम् शान्ति, म त सदैव देही-अभिमानी हुँ, कहिल्यै देह-अभिमानमा आउँदिनँ। एकै बाबा हुनुहुन्छ, जो सदैव देही-अभिमानी रहनुहुन्छ। ब्रह्मा, विष्णु, शंकरलाई यस्तो भनिँदैन। तिमी जान्दछौ– ब्रह्मा, विष्णु, शंकरको पनि सूक्ष्म रुप छ। त्यसैले ओम् शान्ति गर्नेवाला एकै शिवबाबा हुनुहुन्छ, जसको कुनै शरीर छैन। बाबाले तिमीलाई राम्रोसँग सम्झाउनुहुन्छ र भन्नुहुन्छ– म एकै पटक आउँछु, म सदैव देही-अभिमानी छु। म पुनर्जन्ममा आउँदिनँ, यसैले मेरो महिमा नै भिन्नै छ। मलाई निराकार परमपिता परमात्मा भन्दछन्। भक्तिमार्गमा पनि शिवको लागि भन्छन्– निराकार परमपिता परमात्मा हुनुहुन्छ। निराकारको पूजा हुन्छ। उहाँ कहिल्यै देहमा आउनुहुन्न अर्थात् देह-अभिमानी बन्नुहुन्न। ठीक छ, फेरि त्यसको तल आऊ सूक्ष्मवतनमा, जहाँ ब्रह्मा-विष्णु-शंकर रहन्छन्। शिवको नाम रुप त देखिँदैन। चित्र बन्छन् तर उहाँ हुनुहुन्छ निराकार, उहाँ कहिल्यै साकार बन्नुहुन्न। पूजा पनि निराकारको नै हुन्छ। बच्चाहरुको बुद्धिमा सारा ज्ञान रहन्छ। भक्ति त गरेका छन्। चित्र बच्चाहरुले देखेका छन्। तिमी जान्दछौ– सत्ययुग-त्रेतामा न चित्रको भक्ति हुन्छ, न विचित्रको। बुद्धिमा आउँछ परमपिता परमात्मा विचित्र हुनुहुन्छ। उहाँको न सूक्ष्म, न स्थूल चित्र हुन्छ। उहाँको महिमा गाइन्छ, दुःख-हर्ता, सुख-कर्ता, पतित-पावन। तिमीले अरु कसैको चित्रलाई पतित-पावन भन्दैनौ। कोही पनि मनुष्य छैन जसको बुद्धिमा यो कुरा होस्। ब्रह्मा-विष्णु-शंकर हुन् सूक्ष्मवतनवासी। पहिलो तल्ला फेरि दोस्रो तल्ला। सबैभन्दा उँच मूलवतन, त्यस तल्लामा रहनेवाला हुनुहुन्छ परमपिता परमात्मा। सेकेण्ड नम्बर तल्लामा सूक्ष्म शरीरवाला छन्। थर्ड तल्लामा स्थूल शरीरधारी छन्। यसमा अलमलिनु छैन। यी कुरा परमपिता परमात्मा सिवाय कसैले सम्झाउन सक्दैन। माथि सृष्टि छ आत्माहरुको। त्यसलाई निराकारी दुनियाँ भनिन्छ, हामी सबै आत्माहरुको दुनियाँ, इन्कर्पोरियल विश्व। फेरि हामी आत्माहरु साकारी (करपोरियल) दुनियाँमा आउँछौं। वहाँ रहन्छन् आत्माहरु, यहाँ रहन्छन् जीव आत्माहरु। यो बुद्धिमा रहनुपर्छ। वास्तवमा हामी निराकारी बाबाका बच्चाहरु हौं। हामी पनि पहिला निराकार बाबाको पासमा रहन्थ्यौं। निराकारी दुनियाँमा नै आत्माहरु रहन्छन्, जो पार्ट खेल्न अहिलेसम्म आइरहन्छन्– साकारमा। त्यो भयो निराकार बाबाको वतन। हामी आत्माहरु हौं, यो नशा हुनुपर्छ। अविनाशी चीजको नशा रहनुपर्छ। विनाशी चीजको कहाँ नशा हुन्छ र! देहको नशा हुनेहरुलाई देह-अभिमानी भनिन्छ। देह-अभिमानी राम्रो कि आत्म-अभिमानी राम्रो? बुद्धिमान् को? आत्म-अभिमानी। आत्मा नै अविनाशी छ, देह त विनाशी छ। आत्माले भन्छ– मैले ८४ देह लिन्छु। म आत्मा परमधाममा बाबाको साथमा रहनेवाला हुँ। वहाँबाट आउँछु पार्ट खेल्न। आत्माले भन्छ– हे बाबा। साकारी सृष्टिमा छन् साकारी बाबा। निराकारी सृष्टिमा निराकार बाबा। यो त बिलकुल सहज कुरा हो। अब ब्रह्मालाई प्रजापिता ब्रह्मा भनिन्छ। त्यो त यहाँ हुन्छन् नि। वहाँ हामी आत्माहरु सबै एक बाबाका बच्चा भाइ-भाइ हौं, बाबा शिवको साथमा रहनेहरु। परमात्माको नाम हो शिव। आत्माको नाम हो शालिग्राम। आत्माको पनि रचयिता हुनुुपर्यो नि। दिलमा हमेशा कुरा गरिराख। जुन ज्ञान मिल्यो त्यो आफ्नो दिलमा राख्ने गर्न मेहनत गर्नु छ। आत्माले नै विचार गर्छ। पहिला त यो निश्चय गर– म आत्मा बाबाको साथमा रहनेवाला हुँ। हामी उहाँका बच्चा हौं त्यसैले अवश्य वर्सा प्राप्त हुनुपर्छ। यो पनि तिमीले जान्दछौ– यो जुन आत्माहरुको वृक्ष छ, त्योभन्दा पहिला अवश्य बीज हुनुपर्छ, जस्तो वंशवृक्ष बनाउँछन्। हजुरबुवा फेरि उनीबाट २-४ बच्चा निस्किए, फेरि उनीबाट अरु निस्किन्छन्। एकबाट अर्को गर्दै वृक्ष ठूलो हुन्छ। वंशावलीको नक्सा हुन्छ। फलानाबाट फलानो निस्कियो..... ।

    तिमी बच्चाहरुले जान्दछौ– मूलवतनमा सबै आत्माहरु रहन्छन्। त्यसको पनि चित्र छ। सर्वोच्च हुनुहुन्छ बाबा। तिमी बच्चाहरुको बुद्धिमा छ– बाबा यस शरीरमा आउनुभएको छ। रुहानी बाबा यसमा आएर आत्माहरुलाई पढाउनुहुन्छ। सूक्ष्मवतनमा त पढाउनुहुन्न। सत्ययुगमा त यो ज्ञान कसैलाई पनि हुँदैन। बाबाले नै यस संगमयुगमा आएर यो ज्ञान दिनुहुन्छ। यस मनुष्य सृष्टिरुपी वृक्षको ज्ञान कसैलाई छैन। कल्पको आयु नै धेरै लामो लेखिदिएका छन्। अहिले बाबा तिमीलाई सम्झाउनुहुन्छ– प्यारा बच्चाहरु! अब तिमीहरु फेरि घर जानु छ। त्यो हो आत्माहरुको घर। बाबा र बच्चा रहन्छन्। सबै भाइ-भाइ हुन्। भाइ-बहिनी भनिन्छ जब यहाँ शरीर धारण गरिन्छ। हामी आत्माहरु सबै भाइ-भाइ हौं। भाइको अवश्य पिता पनि हुनुपर्छ नि। उहाँ हुनुहुन्छ परमपिता परमात्मा। सबै आत्माहरु शरीरमा रहँदै उहाँलाई याद गर्छन्। सत्ययुग-त्रेतामा कसैले याद गर्दैनन्। पतित दुनियाँमा सबैले उहाँलाई याद गर्छन् किनकि सबै रावणको जेलमा छन्। सीताले पुकारेकी थिइन्– हे राम। बाबा सम्झाउनुहुन्छ, राम कुनै त्रेतावाला याद आउँदैन। राम परमपिता परमात्मालाई सम्झिएर याद गरिरहन्छन्। आत्माले पुकार्छ। अहिले तिमीले जान्दछौ– आधाकल्प फेरि हामीले कसैलाई पुकार्दैनौं किनकि सुखधाममा रहन्छौं। यस समय बाबाले नै सम्झाउनुहुन्छ, अरु कसैले जान्दै-जान्दैन। उनीहरुले त भनिदिन्छन्– आत्मा सो परमात्मा, आत्मा परमात्मामा लीन हुन्छ। बाबा सम्झाउनुहुन्छ– आत्मा त अविनाशी छ। एउटा पनि आत्माको विनाश हुन सक्दैन। जसरी बाबा अविनाशी, त्यस्तै आत्मा पनि अविनाशी छ। यहाँ आत्मा पतित तमोप्रधान बन्छ, फेरि बाबाले सतोप्रधान पवित्र बनाउनुहुन्छ। सारा दुनियाँ तमोप्रधान बन्नु नै छ। फेरि सतोप्रधान बन्नु छ। पतित दुनियाँलाई पावन बनाउन बाबालाई आउनुपर्छ। उहाँलाई भनिन्छ नै गड फादर। बाबा पनि अविनाशी हुनुहुन्छ, हामी आत्माहरु पनि अविनाशी छौं, यो ड्रामा पनि अविनाशी छ। तिमी बच्चाहरुले जान्दछौ– यो विश्वको इतिहास-भूगोल कसरी रिपीट हुन्छ। यी चारै युगमा हाम्रो पार्ट चल्छ। हामी सूर्यवंशी फेरि चन्द्रवंशी बन्छौं। चन्द्रवंशी जसरी सेकेन्ड ग्रेडमा आउँछन्। १४ कला हुनेलाई सूर्यवंशी भन्न सकिँदैन। वास्तवमा देवी-देवता पनि उनीहरुलाई भन्न सकिँदैन। देवी-देवता सम्पूर्ण निर्विकारी, १६ कला सम्पूर्णलाई भनिन्छ। रामलाई १४ कला सम्पन्न भनिन्छ। तिम्रो नै ८४ जन्मको हिसाब सम्झाइन्छ। नयाँ चीज फेरि पुरानो हुन्छ भने त्यसमा मज्जा रहँदैन। पहिले सम्पूर्ण पवित्र रहन्छन्, फेरि थोरै वर्ष पास भएपछि अलि पुरानो भनिन्छ। भवनको पनि उदाहरण दिइन्छ। यस्तै हर चीज हुन्छ। यो दुनियाँ पनि विशाल रंगमञ्च हो। यो आकाश तत्व धेरै ठूलो छ, यसको कुनै अन्त्य छैन। यसको अन्त्य कहाँ छ, त्यो निकाल्न सकिँदैन। चल्दै जाऊ, अन्त्य हुन सक्दैन। ब्रह्म महतत्वको पनि कुनै अन्त्य हुन सक्दैन। वैज्ञानिकहरुले कति कोशिस गर्छन् अन्त्य भेट्न, तर जान सक्दैनन्, अन्त्य पाउन सक्दैनन्। ब्रह्म तत्व धेरै ठूलो, बेअन्त छ। हामी आत्माहरु धेरै कम ठाउँमा रहन्छौ। यहाँ बिल्डिङ्ग आदि कति ठूला-ठूला बनाउँछन्। धर्तीको स्पेस धेरै ठूलो छ। खेती आदि पनि त चाहियो नि। वहाँ त केवल आत्माहरु रहन्छन्। आत्माले शरीर विना कसरी खान्छ? वहाँ त अभोक्ता हुन्छन्। खाने वा भोग्ने आदिको कुनै चीज हुँदैन। बाबा सम्झाउनुहुन्छ– यो ज्ञान तिमी बच्चाहरुलाई एकै पटक मिल्छ। फेरि कल्पपछि तिमी बच्चाहरुलाई दिइन्छ। त्यसैले यो नशा हुनुपर्छ। हामी देवता धर्मवाला थियौं। तिमीले भन्दछौ– बाबा आजभन्दा ५ हजार वर्ष पहिले हामी हजुरको पासमा आएका थियौं, शूद्रबाट ब्राह्मण बन्न। अब फेरि हामी हजुरको पासमा आएका छौं। उहाँ निराकार भएकोले तिमी भन्छौ दादाको पासमा आएका छौं। बाबाले यिनमा प्रवेश गर्नुभएको छ। बाबा भन्नुहुन्छ– जसरी तिमी अंगद्वारा पार्ट खेल्छौं, त्यस्तै म पनि अंगहरुको आधार लिन्छु। नत्र मैले पार्ट कसरी खेलूँ? शिवजयन्ती पनि मनाउँछन्। शिव त निराकार हुनुहुन्छ। उहाँको जयन्ती कसरी भयो? मनुष्यले त एक शरीर छोडेर अर्का लिन्छन्। बाबा भन्नुहुन्छ– म कसरी आएर तिमी बच्चाहरुलाई राजयोग सिकाऊँ? मनुष्यबाट देवता बनाउनको लागि राजयोग बाबाले नै आएर सिकाउनुहुन्छ। मलाई नै पतित-पावन, ज्ञानका सागर भन्छन्। मलाई वृक्षको आदि-मध्य-अन्त्यको बारेमा थाहा छ। 

    तिमी बच्चाहरुले बुझेका छौ– बाबा यिनमा प्रवेश गरेर हामीलाई सबै ज्ञान सम्झाउनुहुन्छ। ब्रह्मा-विष्णु-शंकरको पार्टलाई पनि बुझ्नुपर्छ। बाबालाई त चिनेका छौ– उहाँ पतित-पावन हुनुहुन्छ। हरेकको महिमा अलग-अलग, ड्युटी अलग-अलग हुन्छ। राष्ट्रपति, प्रधानमन्त्री आदि बन्छन्। आत्माले भन्छ, यो मेरो शरीर हो। म प्रधानमन्त्री हुँ। आत्मा शरीरसँग नहुने हो भने बोल्न सक्ने थिएन। शिवबाबा पनि निराकार हुनुहुन्छ। उहाँलाई पनि बोल्नको लागि कर्मेन्द्रियहरुको आधार लिनुपर्छ, यसैले देखाउँछन्– मुखबाट गंगा निस्कियो। अब शिव त हुनुहुन्छ बिन्दी। उहाँको मुख कहाँबाट आयो? त्यसैले यसमा आएर बस्नुहुन्छ, यिनीद्वारा ज्ञान गंगा बगाउनुहुन्छ। बाबालाई नै सबैले याद गर्छन्– हे पतित-पावन आउनुहोस्। हामीलाई यस दुःखबाट छुटाउनुहोस्। उहाँ नै ठूलो भन्दा ठूलो सर्जन हुनुहुन्छ। उहाँमा नै पतितहरुलाई पावन बनाउने ज्ञान छ। सबै पतितहरुलाई पावन बनाउनेवाला एक सर्जन हुनुहुन्छ। सत्ययुगमा सबै निरोगी हुन्छन्। यी लक्ष्मी-नारायण सत्ययुगका मालिक हुन्। यिनलाई यस्तो कर्म कसले सिकायो, जो यस्तो निरोगी बने? बाबाले नै आएर श्रेष्ठ कर्म सिकाउनुहुन्छ। यहाँ त विकर्म गरेर पश्चात्ताप गरिरहन्छन्। सत्ययुगमा यस्तो भनिँदैन– कर्म नै यस्तो छ। वहाँ कुनै दुःख रोग हुँदैन। यहाँ त एक अर्कालाई दुःख नै दिइरहन्छन्। सत्ययुग-त्रेतामा दुःखको कुरा हुँदैन, जसकारण भनियोस्– यो कर्मको भोग हो। कर्म-अकर्म-विकर्मको अर्थ कसैले बुझ्न नै सक्दैनन्। तिमीले जान्दछौ– हरेक चीज पहिले सतोप्रधान फेरि सतो-रजो-तमो बन्छ। सत्ययुगमा ५ तत्व पनि सतोप्रधान रहन्छन्। हाम्रो शरीर पनि सतोप्रधान प्रकृतिको हुन्छ, फेरि आत्माको दुई कला कम भएपछि शरीर पनि यस्तै बन्छ। सृष्टिको पनि दुई कला कम हुन्छ। यो सबै बाबाले नै बसेर सम्झाउनुहुन्छ, अरु कसैले सम्झाउन सक्दैन। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरुप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरुलाई नमस्ते। रुहानी बच्चाहरुको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) अहिलेदेखि नै बाबाको श्रीमत अनुसार यस्तो श्रेष्ठ कर्म गर्नु छ, जसले गर्दा कहिल्यै पश्चात्ताप गर्नु नपरोस् अर्थात् कर्मको सजाय खानु नपरोस्।

    २) कुनै पनि विनाशी चीजको नशा राख्नु छैन। यो देह पनि विनाशी हो, यसको पनि नशा राख्नु छैन, समझदार बन्नु छ।

    वरदान:

    स्थूल र सूक्ष्म दुवै प्रकारले स्वयंलाई व्यस्त राख्ने मायाजित, विजयी भव:-   

    स्वयंलाई सेवाधारी सम्झिएर आफ्नो रूची र उमंगले सेवामा बिजी रह्यौ भने मायालाई मौका मिल्दैन। जब संकल्पबाट, बुद्धिबाट, चाहे स्थूल कर्मणाबाट फ्री रहन्छौ, तब मायाले मौका लिन्छ। तर स्थूल र सूक्ष्म दुवै प्रकारले खुशी-खुशीसँग सेवामा बिजी रह्यौ भने खुशीको कारण मायाले सामना गर्ने साहस राख्न सक्दैन। त्यसैले स्वयं नै शिक्षक बनेर बुद्धिलाई व्यस्त राख्ने सधैं प्रोग्राम बनायौ भने मायाजित विजयी बन्छौ।

    स्लोगन:

    निश्चय र नशाले भन– बाबा मसँग हुनुहुन्छ तब माया समीप आउन सक्दैन।   



    ***OM SHANTI***