BK Murli 26 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 26 June 2016 Nepali

    १२ आषाढ आइतबार 26.06.2016 बापदादा मधुवन

    “वर्तमान नै भविष्यको आधार”


    आज वृक्षपति बाबा आफ्नो वृक्षका पहिलो-पहिलो पातहरुलाई वा वृक्षका आधारमूर्त श्रेष्ठ आत्माहरुलाई देखिरहनुभएको छ। ब्राह्मण आत्माहरु नै नयाँ वृक्षका कलमी हुन्। कलमी नै आधार हो– नयाँ वृक्षको। तिमी हर आत्मा नयाँ वृक्षका कलमी हौ, यसैले हर आत्मा अमूल्य छौ। सदा आफूलाई यस्तो आधारमूर्त वृक्षको कलमी सम्झेर चल्छौ? कलमीमा जुन कमजोरी हुन्छ, त्यो कमजोरी सारा वृक्षमा हुन्छ। यति ठूलो जिम्मेवारी हरेकले आफूलाई सम्झन्छौ? यो त सम्झदैनौ– हामी साना छौं वा पछि आएका हौं, जिम्मेवारी ठूलाहरु माथि छ। यस्तो त सम्झदैनौ हैन? जब वर्सा लिनमा नयाँ, चाहे साना, चाहे ठूला हरेकले आफूलाई पूरा अधिकारी सम्झन्छौ। कसैले पनि चन्द्रवंशीको वर्सा लिनको लागि तयार हुँदैनौ। सबैले यही हक राख्छौ– हामी सूर्यवंशी बन्छौं। साथ-साथ संगमयुगको प्राप्तिमा, बाबामा आफ्नो पूरा हक लगाउँछौ। यही बोल बोल्छौ– पहिला हामी साना बच्चाहरुको बाबा हुनुहुन्छ। बाबाको साना माथि धेरै स्नेह छ, यसैले हाम्रो नै बाबा हुनुहुन्छ। पहिला हामीलाई सबै अधिकार हुनुपर्छ। स्नेहसाथ आफ्नो अधिकारको वर्णन गर्छौ। जसरी बाबामा, प्राप्तिमा आफ्नो अधिकार सम्झन्छौ। त्यसैगरी जिम्मेवारीमा पनि साना-ठूला सबै अधिकारी हौ। सबै साथी हौ। यस्तो जिम्मेवारीको अधिकारी सम्झेर चल। स्व-परिवर्तन, विश्व-परिवर्तन दुवैको जिम्मेवारीको ताजधारी सो विश्वको राज्यको ताज अधिकारी हुन्छौ। संगमयुगी ताजधारी सो भविष्यको ताजधारी। वर्तमानमा भएन भने भविष्यमा हुँदैन। वर्तमान नै भविष्यको आधार हो। चेक गर र ज्ञानको दर्पणमा दुवै स्वरुप हेर– संगमयुगी ब्राह्मण र भविष्य देव पदधारी। दुवै रुप देखेर फेरि दुवैमा चेक गर– ब्राह्मण जीवनमा डबल ताज छ वा सिंगल ताज छ? एउटा हो पवित्रताको ताज, दोस्रो हो प्राक्टिकल जीवनमा पढाइ र सेवाको। दुवै ताज समान छन्? सम्पूर्ण छन्? वा केही कमी छ? यदि यहाँ कुनै पनि ताज अधुरो छ, चाहे पवित्रताको, चाहे पढाइ वा सेवाको, वहाँ पनि सानो ताज अधिकारी वा एक ताजधारी अर्थात् प्रजा पदवाला बन्नुपर्छ किनकि प्रजाको पनि लाइटको ताज त हुन्छ अर्थात् पवित्र आत्माहरु हुन्छन्। तर विश्व-राजन् वा महाराजन्को ताज प्राप्त हुँदैन। कुनै महाराजन् कुनै राजन् अर्थात् राजा, महाराजा र विश्व महाराजा– यसै आधारमा नम्बरवार ताजधारी हुन्छन्। 

    यसरी तख्तलाई हेर– वर्तमान समय ब्राह्मण जीवनमा कति समय अकाल तख्तधारी र दिलतख्तधारी, दुवै तख्तनशीन कति समय रहन्छौ? अकाल तख्तनशीन निरन्तर हुन्छौ अर्थात् सदाकाल हुन्छौ भने दिलतख्तनशीन पनि सदाकाल हुन्छौ। दुवैको सम्बन्ध छ। ब्राह्मण जीवनमा कहिलेकाहीँ तख्तनशीन हुन्छौ भने भविष्यमा पनि पूरा आधाकल्प तख्तनशीन अर्थात् रोयल फेमिलीमा आउन सक्दैनौ किनकि रोयल फेमिली नै तख्तनशीन गाइन्छ। यहाँको सदा कालको तख्तनशीन सो भविष्य सदाकालको राज्य अधिकारी अर्थात् तख्तनशीन। त्यसैले दर्पणमा हेर– वर्तमान कस्तो र भविष्य कस्तो? यसै रीति तिलकलाई चेक गर– अविनाशी अर्थात् अमिट तिलकधारी छौं? संगमयुगमा नै देवोका देवको सुहाग र ईश्वरीय सन्तानको भाग्यको तिलक मिल्छ। यो सुहाग र भाग्यको तिलक अविनाशी छ? मायाले सुहाग वा भाग्यको तिलक मेटि त दिंदैन? यहाँको सुहाग, भाग्यको सदा तिलकधारी सो भविष्यको सदा राज्य-तिलकधारी। हर जन्ममा राज्य तिलकको उत्सव हुन्छ। राजाको साथ रोयल फेमिलीको पनि तिलक-दिवस मनाइन्छ। वहाँको हर जन्मको राज तिलकको उत्सव र यहाँ ब्राह्मण जीवनमा सदा बाबासँग मिलन मेलाको, स्वयंको सदा चढ्ती कलाको, हर प्रकारको सेवाको अर्थात् तन-मन-धन-जन सबै सेवाको सदा उत्साह र उमंग हुन्छ। अहिलेको उत्साह र भविष्यको उत्सव हुन्छ। 

    यसै प्रकार तन-मन-धनको सम्बन्ध छ। यहाँ आदिदेखि अहिलेसम्म र अहिलेबाट अन्त्यसम्म आफ्नो तनलाई कति समय सेवामा समर्पण गर्यौ? मनलाई कति समय याद र मनसा सेवामा लगायौ? मनसा सेवा हो शुभ भावना र श्रेष्ठ कामना। यसमा पनि सेवा हदको रह्यो वा बेहदको रह्यो? सबै प्रति शुभ-भावना र श्रेष्ठ कामना रह्यो वा कसै प्रति रह्यो, कसै प्रति रहेन? यसै प्रकार धन, स्व प्रति लगाउँछौ, स्वार्थ वश लगाउँछौ वा निःस्वार्थ सेवामा लगाउँछौ? अमानतमा ख्यानत त गर्दैनौ? बेहदको सट्टा हदमा त लगाउँदैनौ? यस चेकिंगको आधारमा वहाँ पनि प्रारब्धमा प्रतिशतको आधारमा नम्बरवार पदको प्राप्ति हुन्छ। सबैमा फुल प्रतिशत छ भने फुल समय र फुल प्रारब्ध। नत्र राज्यमा र समयमा फरक हुन्छ। फुल समयवाला र फुल प्रारब्धवाला वन-वन-वनको सम्वतदेखि सबैभन्दा पहिला सम्पूर्ण फुल सतोप्रधान प्रकृति, फुल राज्य-भाग्य, सम्वत पनि वन, प्रारब्ध पनि वन, प्रकृतिको सुख पनि वन। नत्र फेरि सेकेण्ड, थर्ड यो शुरु हुन्छ। 

    अब दुवै रुपबाट चेक गर– ब्राह्मण र देवता। संगमयुगी र सत्ययुगी, दुवै स्वरुपलाई अगाडि राख। संगमयुगमा छ भने सत्ययुगमा हुन्छ नै, निश्चित छ। त्यसैले ब्राह्मण जीवनको १६ रुहानी शृङ्गारहरुलाई हेर। १६ कलाहरुलाई हेर। स्वयंले स्वयंलाई हेर, जे कमी देख्छौ त्यसलाई अब भर्दै जाऊ। बुझ्यौ– के गर्नु छ? स्वलाई दर्पणमा हेर। 

    आज महाराष्ट्रको टर्न हो, त्यसैले महान् बन्ने कुरा सुनाउँछु नि। महाराष्ट्र अर्थात् अहिलेको पनि महान् र भविष्यमा पनि महान्। 

    यस्ता बेहदका सेवाधारी, सबै प्रति सदा शुभचिन्तक, सदा याद र सेवाको उत्साहमा रहने, सदाको सुहाग र भाग्यको तिलकधारी, यस्ता वर्तमानको राज्य अलंकारी, श्रेष्ठ आत्माहरुलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरुको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

    आज बीच-बीचमा बिजुली धेरै आउने जाने भइरहेको थियो, बाबाले भन्नुभयो– बिजुलीको हलचलमा बुद्धिको हलचल त छैन? तिम्रो यस साकार सृष्टिको गीत हो, जुन भक्तहरुले गाउँछन्, बाबालाई भन्छन्– ‘हेर तिम्रो संसारको हालत के भयो†.... बाबाले पनि देखिरहनु भएको छ। भक्तहरुको आवाज पनि आइरहेको छ र देखिरहनु पनि भएको छ। जब नाम नै छ असार संसार भने कुनै पनि साधनमा सार नै के हुन्छ? 

    महाराष्ट्र जोनका पार्टीहरुसँग अव्यक्त बापदादाको मधुर भेटघाटः–

    १) संगमयुगको सबै भन्दा ठूलो खजाना कुनचाहिँ हो? बाबा नै सबै भन्दा ठूलो खजाना हुनुहुन्छ। बाबा मिल्यो, सबैथोक मिल्यो। बाबा नभए केही पनि छैन। सत्ययुगमा पनि यस्तो ठूलो खजाना हुँदैन। प्रारब्ध हुन्छ, यस्तो खजाना हुँदैन। यस युगमा सबै खजाना मिल्छ। संगमयुगमा सत्ययुगको भन्दा पनि श्रेष्ठ खजाना मिल्छ। यस्तो युगमा, जुन सबै खजाना प्राप्त हुने युग हो र प्राप्त गर्ने आत्माहरु पनि तिमी नै हौ। यस्ता आत्माहरु सम्पन्न हुन्छन् नि। ब्राह्मणहरुको जीवनमा कुनै वस्तु अप्राप्त हुँदैन। देवताहरुको जीवनमा बाबाको अप्राप्ति हुन्छ, तर ब्राह्मणहरुको जीवनमा कुनै पनि अप्राप्ति हुँदैन। मनको अविनाशी गीत यही बजिरहन्छ– अप्राप्त छैन कुनै वस्तु हामी ब्राह्मणहरुको खजानामा! खजानाहरुको मालिक छौ या बन्नु छ? बालक बन्नु अर्थात् मालिक बन्नु। मालिक त बन्यौ बाँकी सम्हाल्न कतिसम्म आउँछ, यसमा हरेक नम्बरवार छन्। सदा यसै खुशीमा नाँचिराख– म बालक सो मालिक हुँ!

    २) सबै निश्चयबुद्धि विजयन्ती हौ नि! निश्चयमा कहिलेकाहीँ डगमग त हुँदैनौ? अचल, अडोल, महावीर हौ नि? महावीरको विशेषता के हो? सदा अचल अडोल, संकल्प वा स्वप्नमा पनि व्यर्थ संकल्प नआओस्– यसलाई भनिन्छ अचल, अडोल, महावीर। यस्ता छौ नि? जे हुन्छ, त्यसमा कल्याण भरिएको छ। जसलाई अहिले जान्दैनौ तर पछि गएर बुझ्दै जानेछौ। कुनै पनि कुरा एक कालको दृष्टिबाट नहेर, त्रिकालदर्शी भएर हेर। अहिले यो किन? अहिले यो के हो? यस्तो होइन, त्रिकालदर्शी भएर हेर्नाले सदा यही संकल्प रहन्छ– जो भइरहेको छ त्यसैमा कल्याण छ। यसरी नै त्रिकालदर्शी भएर चल्छौ नि? सेवाको आधारमूर्त जति मजबुत हुन्छौ, त्यति नै सेवाको बिल्डिंग पनि मजबुत हुन्छ। जे बाबाले भन्नुहुन्छ त्यही गर, फेरि त बाबा नै जान्नुहुन्छ। जसरी बाबा चलाउनुहुन्छ त्यसैगरी चल्यौ भने त्यसमा कल्याण भरिएको छ। बाबा भन्नुहुन्छ– यसरी चल, यसरी बस, जी हाजिर। यस्तो किन? होइन। जी हाजिर। बुझ्यौ– जी हजुर वा जी हाजिर। तब सदा उड्ती कलामा रहन्छौ। रोकिदैनौ, उड्दै रहन्छौ किनकि हल्का हुन्छौ नि। 

    ३) सबैले आफूलाई सदा विश्वमा करोडौंमा कोही, कोहीमा पनि कोही, यस्तो श्रेष्ठ आत्मा सम्झन्छौ? यस्तो अनुभव हुन्छ– यो हाम्रो नै गायन हो? एउटा हुन्छ ज्ञानको आधारबाट जान्नु, दोस्रो हुन्छ कसैको अनुभव सुनेर त्यस आधारमा मान्नु र तेस्रो हुन्छ स्वयं अनुभव गरेर महसुस गर्नु। यस्तो महसुस हुन्छ– हामी कल्प पहिलेवाला करोडौंमा कोही, कोहीमा पनि कोही श्रेष्ठ आत्माहरु हौं? यस्ता आत्माहरुको निशानी के हुन्छ? यस्ता श्रेष्ठ आत्माहरु सदा बाबा दिपकको पछाडि पुतली बनेर होम्मिने हुन्छन्, चक्कर लगाउनेवाला होइन। आयो चक्कर लगायो, थोरै केही पायो, यस्तो होइन। तर स्वाहा हुनु अर्थात् मर्नु– यस्ता जलेर मर्ने पुतली हौ नि? जल्नु नै बाबाको बन्नु हो। जो जल्छ, उही बन्छ। जल्नु अर्थात् परिवर्तन हुनु। 

    सदा हर परिस्थितिमा एकरस स्थिति रहोस्, त्यसको सहज साधन के हो? किनकि सबैको लक्ष्य एउटै हो। जस्तै एउटै बाबा, एउटै घर, एउटै राज्य हुन्छ, त्यस्तै अहिले पनि एकरस स्थिति। एकरस स्थितिमा रहने सहज साधन के मिलेको छ? एक शब्द बताऊ? त्यो एक शब्द हो ट्रस्टी। यदि ट्रस्टी बन्यौ भने न्यारा र प्यारा हुनाले एकरस हुन्छौ। जब गृहस्थी छौ भने अनेक रस छन्। मेरो-मेरो धेरै हुन्छ। कहिले मेरो घर, कहिले मेरो परिवार.... गृहस्थीपन अर्थात् अनेक रसहरुमा भट्किनु। ट्रस्टीपन अर्थात् एकरस। ट्रस्टी सदा हल्का र सदा चढ्ती कलामा जान्छ। यो सारा ग्रुप ट्रस्टी ग्रुप हो नि। अलिकति पनि मेरोपन छ भने मेरो अर्थात् गृहस्थीपन। जहाँ मेरोपन हुन्छ वहाँ ममता हुन्छ। ममतावालालाई गृहस्थी भनिन्छ, ट्रस्टी होइन। गृहस्थी त आधाकल्प रह्यौ र गृहस्थीपनको जीवनमा के प्राप्ति भयो? त्यसको पनि अनुभव गर्यौ। अब ट्रस्टी बन। यदि अलिकति पनि गृहस्थीपन छ भने मधुबनमा छोडेर जाऊ। जसले दुःखको लहर पैदा गर्छ, त्यसलाई छोडेर जाऊ र जसले सुख दिन्छ त्यसलाई लिएर जाऊ। 

    बापदादासँग मीठी दादीजीले अम्बाला मेलामा जाने छुट्टी लिइरहनुभएको छ, बापदादाले भन्नुभयोः–

    बापदादा अनेक बच्चाहरुको खुशी देखेर खुशी हुनुहुन्छ! सेवाको लागि जहाँ पनि जाऊ, अनेक खजाना अनेकलाई मिल्छ। ड्रामामा अहिलेसम्म जाने पार्ट छ त्यसैले गइरहेकी छौ, रोकिनु छ भने सेकेण्डमा रोकिन्छ। जसरी साकारमा देख्यौ– तयार भएकी पनि थियौ (जानलाई), पार्ट सकिएको थियो त्यसैले तयार भएर पनि जान सकिनौ। यस्तै यो पनि ड्रामामा सकिएको छ भने सेकेण्डमा अचानक हुनेछ। अहिलेसम्म त जानु पनि छ, रिफ्रेश गर्नु पनि छ। सबैको दिललाई खुशी पार्नु– यो पनि धेरै ठूलो पुण्य हो। सबैको आह्वान छ नि। आह्वानमा प्रत्यक्ष हुनु नै पर्छ। जड चित्रहरुको पनि आह्वान गर्छन् भने उसमा पनि प्राणको अनुभव हुन्छ। यस्तो आह्वान गर्न पनि यहाँबाट नै शुरु हुन्छ। यसैले सबैलाई यादप्यार दिंदै यही भन्नु– अब वाचाको साथ-साथ संकल्प शक्तिको सेवा, जुन अन्तिम पावरफुल सेवा हो, त्यो पनि गर। संकल्प शक्ति र वाणीको शक्ति, मनसा सेवा र वाणीको सेवा दुवैको जब कम्बाइण्ड रुप हुन्छ तब सहजै सफलता हुन्छ। सिंगलबाट सिंगल रिजल्ट हुन्छ। कम्बाइण्ड सेवाबाट दुई गुणा रिजल्ट हुन्छ। पहिला संकल्प शक्ति फेरि वाणीको शक्ति। मनसा र वाचा दुवै सेवा साथ-साथ हुनुपर्छ। वाणीमा मनसा सेवा हुन सक्दैन, यो पनि होइन। मनसामा वाणी बोल्न सकिँदैन्– यो पनि होइन। वाणीको सेवा गर्ने थोरै हुन्छन्। बाँकी रेखदेख गर्ने, अर्को सेवामा जो रहन्छन्, उनीहरुले मनसा सेवा गर्नुपर्छ। यसबाट वायुमण्डल योगयुक्त बन्छ। संगठनमा मिलन धेरै हुन्छ। तर मिलनको साथ सेवा गर्ने पनि लक्ष्य होस्। हरेकले सम्झून्– हामीले सेवा गर्नु छ फेरि वातावरण पावरफुल रहन्छ र सेवा पनि डबल हुन्छ। उमंग उत्साहसाथ गरिरहेका छौ, यो धेरै राम्रो छ! तर उमंग उत्साहको साथ-साथ यो पनि लक्ष्य जरुरी छ। अच्छा– सबैलाई धेरै-धेरै याद दिनु। 


    वरदान:

    साधारणताद्वारा महानतालाई प्रसिद्ध गर्ने सिम्पल र स्याम्पल भव:-  

    जस्तै कुनै सिम्पल चीज यदि स्वच्छ छ भने आफू तर्फ आकर्षित अवश्य गर्छ। यस्तै मनसाको संकल्पमा, सम्बन्धमा, व्यवहारमा, रहन सहनमा जो सिम्पल र स्वच्छ रहन्छ, ऊ स्याम्पल बनेर सबैलाई आफू तर्फ स्वतः आकर्षित गर्छ। सिम्पल अर्थात् साधारण। साधारणताद्वारा नै महानता प्रसिद्ध हुन्छ। जुन साधारण अर्थात् सिम्पल छैन, ऊ समस्या रुप बन्छ।

    स्लोगन:

    दिलैदेखि भन– मेरो बाबा, तब मायाको बेहोशीले बन्द भएका आँखा खुल्नेछन्।   



    ***OM SHANTI***