BK Murli 29 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 29 June 2016 Nepali

    १५ आषाढ बुधबार 29.06.2016 बापदादा मधुवन

    “मीठे बच्चे– तिमी अहिले सच्चा-सच्चा राजयोगी हौ, तिमीलाई राजऋषि भनिन्छ, राजऋषिको अर्थ नै हो पवित्र।”  

    प्रश्न:

    तिमी बच्चाहरूले मनुष्यलाई मायारुपी रावणको दलदलबाट कहिले निकाल्न सक्छौ?

    उत्तर:

    जब तिमी स्वयं त्यस दलदलबाट निक्लिएका हुन्छौ। दलदलबाट निक्लिएका बच्चाहरूको निशानी हो– इच्छा मात्रम् अविद्या। एक बाबा बाहेक अरु केही पनि याद नआओस्। राम्रो कपडा लगाऊँ, राम्रो चीज खाऊँ... यो लालच नहोस्। तिमी पूरा वनवाहमा छौ। यस शरीरलाई पनि भुल– मेरो केही पनि छैन, म आत्मा हुँ। यस्ता आत्म-अभिमानी बच्चाहरूले नै मनुष्यलाई रावणको दलदलबाट निकाल्न सक्छन्।

    गीतः–

    तू प्यार का सागर है....

    ओम् शान्ति।

    कुनै समय जब गीत बजाइन्थ्यो, बच्चाहरूलाई गीतको अर्थ सोधिन्थ्यो। अब बताऊ– तिमीले कहिलेदेखि मार्ग (राह) भुलेका हौ? (कसैले भने द्वापरदेखि, कसैले भने सत्ययुगदेखि) जसले भने द्वापरदेखि भुलेका छौं, त्यो गलत हो। सत्ययुगदेखि मार्ग भुलेका हौ। मार्ग बताउनेवाला त अहिले तिमीलाई मिल्नु भएको छ। सत्ययुगमा मार्ग बताउनेलाई जान्दैनन्। वहाँ बाबालाई कसैले पनि जान्दैनन्, अर्थात् भुलेका छन्। भुल्नु पनि ड्रामामा निश्चित छ। फेरि अहिले राह बताउन आउनु भएको छ। भन्दछन् नि– प्रभु राह देखाउनुहोस्। हामीले सत्ययुगदेखि बाबालाई भुलेका छौं। बाबाले प्रश्न सोध्नुहुन्छ ताकि बुद्धि चलोस्। यो ज्ञान नै निराला छ नि। ज्ञानको सागर बाबा नै हुनुहुन्छ। बाबाले सम्मुख सम्झाउनु हुन्छ। ज्ञानको सागर, सुखको सागर म नै हुँ। तिमीले पनि जान्दछौ– वास्तवमा पतित-पावन पनि एक बाबा नै हुनुहुन्छ। यो त भक्ति गर्नेले पनि मान्छन्। पावन दुनियाँ हो नै शान्तिधाम र सुखधाम। सुखधाम र दुःखधाम आधा-आधा छ। यो त बच्चाहरूले राम्रोसँग जान्दछन्। बाबा प्यारको सागर हुनुहुन्छ, त्यसैले त सबैले उहाँलाई फादर भनेर पुकार्छन्। तर उहाँ को हुनुहुन्छ? कसरी आउनुहुन्छ? यो बिर्सिएका छन्। ५ हजार वर्षको कुरा हो, यी देवी-देवताहरूको राज्य थियो। सत्ययुगमा हुन्छ सद्गति फेरि दुर्गति कसरी हुन्छ, कसले बताउने? बाबाले नै आएर सम्झाउनु हुन्छ– द्वापरदेखि तिम्रो दुर्गति भएको हो, त्यसैले त बोलाउँछौ। तिमीले बुझेका छौ– यो कुनै नयाँ कुरा होइन। बाबा कल्प-कल्प आउनुहुन्छ। अहिले निराकार बाबाले आत्माहरूलाई सम्झाउनु हुन्छ। कसैले पनि आफ्नो आत्मालाई जान्दैनन्। यसरी कहिले कसैले बताउँदैन– हाम्रो आत्मामा सारा पार्ट भरिएको छ। कहिल्यै भन्दैनन्– म अनेक चोटि यो बनेको छु, पार्ट खेलेको छु। ड्रामालाई उनीहरूले जानेकै छैनन्। लाखौं बर्ष भने पनि ड्रामा त हो नि। ड्रामा दोहोरिन्छ। यो त भन्छन् नि। यो ज्ञान बाबाले नै बच्चाहरूलाई सम्मुखमा दिनुहुन्छ। मुखद्वारा कुरा गरिरहनुभएको छ। तिमी जान्दछौ– हामीलाई शिवबाबाले आफ्नो बनाएर ब्राह्मण बनाउनु भएको छ। शिवबाबाका यी बच्चा पनि हुन्, स्त्री पनि हुन्। हेर, कति बच्चाहरूको सम्हाल गरिन्छ। एक्लै मेल हुनाको कारणले बच्चाहरूलाई सम्हाल्नको लागि सरस्वतीलाई सहयोगी बनाउनु भएको छ। यी कुरा शास्त्रमा छैनन्। यो हो प्राक्टिकल। बाबाले नै राजयोग सिकाउनु हुन्छ, जसलाई राजयोग सिकाउनुभयो, उनीहरू राजा बने। ८४ जन्ममा आउँछन्। बाइबिल, कुरान, वेद-शास्त्र आदि त धेरै पढ्छन् तर केही पनि बुझ्दैनन्। अहिले तिमी कुनै तत्व योगी होइनौ। तिम्रो त बाबासँग योग छ अर्थात् बाबाको याद छ। तिमी अहिले राजयोगी, राजऋषि हौ अर्थात् योगीराज हौ। योगी पवित्रलाई भनिन्छ। स्वर्गको राजाई लिनको लागि तिमी योगी बनेका छौ। बाबाले सबैभन्दा पहिला भन्नुहुन्छ– पवित्र बन। योगी नाम नै उनको हो। तिमी सबै राजयोगी हौ। यो तिमी ब्रह्मा मुख बंशावली ब्राह्मणहरूको कुरा हो। तिमीलाई राजयोग सिकाइरहनु भएको छ, विद्यार्थी भयौ नि। विद्यार्थीहरूले कहिल्यै टिचरलाई बिर्सिन्छन् र? जान्दछौ– शिवबाबाले हामीलाई पढाइरहनु भएको छ। तर मायाले फेरि पनि भुलाइदिन्छ। तिमीले आफूलाई पढाउनेवाला टिचरलाई भुल्छौ! भगवानले पढाउनु हुन्छ– यो सम्झ, तब त नशा चढ्छ। विद्यालयमा आई.सी.एस. पढ्छन् भने कति नशा रहन्छ। तिमी बच्चाहरू त २१ जन्मको लागि यो राजयोगको पढाइ पढ्छौ। फेरि पनि पढ्नु त पर्छ नि। राजविद्या पनि पढ्नुपर्छ, भाषा आदि सिक्नुपर्छ। 

    तिमी बच्चाहरूले बुझेका छौ– सत्ययुगदेखि हामी यो बाटो भुल्न शुरु गर्छौं। फेरि एक-एक पीँढी, एक-एक जन्म तल झर्छां। अहिले तिमीलाई सारा याद छ। कसरी हामी चढ्छौं, कसरी हामी झर्छां। यो सिँढी राम्रोसँग याद गर। ८४ जन्म पूरा भए, अब हामी जानु छ। त्यसैले खुशी हुन्छ, यो बेहदको नाटक हो। आत्मा कति सानो छ। पार्ट खेल्दा-खेल्दा आत्मा थाक्छ, अनि भन्छन्– बाबा राह देखाउनुहोस् तब हामीले विश्राम पाउँछौं, सुख-शान्ति पाउँछौं। तिमी सुखधाममा छँदा तिम्रो लागि वहाँ सुख-शान्ति पनि हुन्छ। वहाँ कुनै हंगामा हुँदैन। आत्मालाई शान्ति हुन्छ। शान्ति मिल्ने दुई स्थान छन्– शान्तिधाम र सुखधाम। दुःखधाममा अशान्ति छ। यो पढाइ हो। तिमी जान्दछौ– हामीलाई बाबाले शान्तिधाम हुँदै सुखधाममा लैजादै हुनुहुन्छ। तिमीलाई भन्नुपर्ने आवश्यकता छैन। तिमी जान्दछौ– हामी यहाँ पार्ट खेल्न आएका छौं फेरि जानु छ। यो खुशी छ। शान्तिको खुशी छैन। हामीलाई मज्जा आउँछ, खुशी हुन्छ। जान्दछौं– बाबालाई याद गर्नाले विकर्म विनाश हुन्छ। कसैले भन्छन्– हामीलाई मनको शान्ति मिलोस्। यो अक्षर पनि गलत छ। हामी बाबालाई याद गर्छौं ताकि विकर्म विनाश होस्। मन शान्त त रहन सक्दैन। कर्म गरे विना रहन सक्दैन। बाँकी महसुसता हुन्छ– हामी बाबाबाट पवित्रता, सुख-शान्तिको वर्सा लिइरहेका छौं। त्यसैले खुशी हुनुपर्छ। यो त हो नै दुःखधाम। यसमा सुख हुन सक्दैन। मनुष्यले शान्तिधाम, सुखधामलाई भुलेका छन्। जससँग धेरै पैसा छ, सम्झन्छन्– हामी सुखमा छौं। संन्यासीहरू घरबार छोडेर जंगलमा जान्छन्। कुनै हंगामा त हुँदैन। त्यसैले शान्ति त हुन्छ तर त्यो भयो अल्पकालको लागि। आत्माको जुन शान्ति स्वधर्म हो, त्यस शान्तिमा तिमी रहन्छौ। यहाँ त प्रवृत्तिमा आउनु नै छ। पार्ट खेल्न नै छ। यहाँ आउँछौ नै कर्म गर्न। कर्ममा त आत्मा अवश्य आउनु नै छ। तिमी बच्चाहरू बुझेका छौ– यो ज्ञान बेहदको बाबाले दिइरहनु भएको छ। निराकार भगवानुवाच, अब तिमीले जान्दछौ– हामी आत्मा हौं, हाम्रो पिता परमात्मा हुनुहुन्छ। परम आत्मा अर्थात् परमात्मा। उहाँलाई यो आत्माले बोलाउँछ। उहाँ बाबा नै सर्वका सद्गति दाता हुनुहुन्छ। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देही-अभिमानी बन। यसमा नै मेहनत छ। आधाकल्पदेखि जुन मैला परेको छ, त्यो यस यादले नै निस्कन्छ। तिमी सच्चा सुन बन्नु छ। जसरी सच्चा सुनमा खाद मिलाएर फेरि गहना बनाउँछन्। तिमी वास्तवमा सच्चा सुन थियौ फेरि तिमीमा खाद पर्छ। अब तिम्रो बुद्धिमा छ– हामीले पार्ट खेलेका छौं। अब हामी जान्छौं माइती घर। जस्तै बेलायतबाट जब आफ्नो घर फर्किन्छन् भने खुशी हुन्छ, तिमीलाई पनि खुशी छ। तिमी जान्दछौ– बाबाले हाम्रो लागि स्वर्ग ल्याउनु भएको छ। बेहदको बाबाको सौगात हो– बेहदको बादशाही अर्थात् सद्गति। संन्यासीहरूले मुक्तिको सौगात मन पराउँछन्। कोही मर्छ भने पनि भन्छन्– स्वर्गवासी भयो। संन्यासीहरूले भन्छन्– ज्योति ज्योतिमा समाहित भयो, जसमा सबै मिल्छन्। त्यो त रहने स्थान हो, जहाँ हामी आत्माहरू रहन्छौं। बाँकी कुनै ज्योति वा आगो कहाँ हो र, जसमा सबै मिलुन्। ब्रह्म महतत्व हो, जसमा आत्माहरू रहन्छन्। बाबा पनि वहाँ रहनुहुन्छ। उहाँ पनि बिन्दु हुनुहुन्छ। बिन्दुको कसैलाई साक्षात्कार भयो भने बुझ्न सक्दैनन्। बच्चाहरूले धेरै भन्छन्– बाबा याद गर्न गार्हो हुन्छ। बिन्दु रुपलाई कसरी याद गर्ने? आधाकल्प त ठूलो लिंग रुपलाई याद गर्यौं। त्यो पनि बाबाले सम्झाउनु हुन्छ। बिन्दुको त पूजा हुन सक्दैन। बिन्दुको मन्दिर कसरी बनाउने? बिन्दु त देख्नमा पनि आउँदैन, यसैले शिवलिंग ठूलो बनाउँछन्। बाँकी आत्माहरूको शालिग्राम त धेरै सानो-सानो बनाउँछन्, अण्डा जस्तै बनाउँछन्। कतिले भन्छन्– पहिले यो किन बताउनु भएन, परमात्मा बिन्दु समान हुनुहुन्छ? बाबा भन्नुहुन्छ– त्यस समय यो बताउने पार्ट नै थिएन। अरे, तिमीले आई.सी.एस शुरुबाटै किन पढ्दैनौ? पढाइको पनि नियम हुन्छ नि। कसैले यस्तो कुरा सोध्छ भने तिमीले भन्न सक्छौ– ठीक छ, बाबासँग सोध्छौं वा हामी भन्दा ठूलो टिचर हुनुहुन्छ, उहाँसँग लेखेर सोध्छौं। बाबालाई बताउनु छ भने बताउनुहुन्छ वा पछि गएर बुझ्नेछौं। एकैचोटि त सुनाउँदिनँ। यी सबै हुन् नयाँ कुरा। वेद-शास्त्रमा जे छ, बाबा बसेर त्यसको सार बताउनु हुन्छ। यो पनि भक्ति मार्गमा निश्चित छ, फेरि पनि तिमीलाई पढ्नै पर्छ। यो भक्तिको पार्ट खेल्नु नै पर्छ। पतित बन्ने पार्ट पनि खेल्नु छ। भन्दछन्– भक्तिको दलदलमा फँसेका छौं। बाहिरबाट त धेरै सुन्दर छ, जसरी मृग तृष्णाको उदाहरण दिइन्छ। भक्ति पनि धेरै आकर्षक छ। बाबा भन्नुहुन्छ– यो मरुभूमिमा देखिने पानी जस्तै हो। मृगतृष्णा समान यस दलदलमा फँस्छन्। फेरि निस्कन मुश्किल हुन्छ, एकदमै फँस्न पुग्छन्। जान्छन् अरुलाई निकाल्न फेरि स्वयं फँस्न पुग्छन्। यसरी धेरै फँसे। आश्चर्यवत सुनन्ती, कथन्ती अरुलाई निकालवन्ती, चल्दा-चल्दै फेरि आफैं फँस्न पुग्छन्। कति राम्रा-राम्रा फस्टक्लास थिए। फेरि उनीहरू निक्लिन धेरै मुश्किल हुन्छ। बाबालाई भुल्छन्, त्यसैले दलदलबाट निकाल्न कति मेहनत लाग्छ। जति सम्झाए पनि बुद्धिमा बस्दैन। अब तिमीले बुझ्न सक्छौ– हामी माया रुपी रावणको दलदलबाट कति निक्लेका छौं। जति-जति निक्लन्छौ, उति खुशी हुन्छ। जो स्वयं निक्लेको हुन्छ, उसको पासमा अरुलाई निकाल्ने शक्ति हुन्छ। बाण चलाउनेवाला कोही तीक्ष्ण हुन्छन्, कोही कमजोर हुन्छन्। भील र अर्जुनको पनि उदाहरण छ नि। अर्जुन साथमा रहनेवाला थिए। अर्जुन एउटा मात्र होइन, जो बाबाको बनेर बाबाको साथमा रहन्छन्, उनीहरूलाई भनिन्छ अर्जुन। साथमा रहने र बाहिर रहनेमा रेस गराइन्छ। भील अर्थात् बाहिर रहनेवाला अगाडि गयो। दृष्टान्त एकको दिइन्छ। कुरा त धेरैको हो। तीर पनि यो ज्ञानको हो। हरेकले आफूलाई जान्न सक्छ– मैले कति बाबालाई याद गर्छु? अरु कसैको याद त आउँदैन! राम्रो चीज लगाउने वा खाने लालच त रहँदैन! यहाँ राम्रो लगाउँछौ भने वहाँ कम हुन्छ। हामी त यहाँ वनवाहमा रहनु छ। बाबा भन्नुहुन्छ– तिमीले आफ्नो यस शरीरलाई पनि भुल। यो त पुरानो तमोप्रधान शरीर हो। तिमी स्वर्गको मालिक बन्छौ। इच्छा मात्रम् अविद्या। 

    बाबा भन्नुहुन्छ– तिमीले यहाँ गहना आदि पनि नलगाऊ, यस्तो किन भन्नुहुन्छ? यसका पनि अनेक कारण छन्। कसैको गहना हरायो भने भन्छन्– बी. के.लाई दिएर आई। त्यस्तै बाटोमा चोरीचकारी पनि हुन सक्छ। आजकल लुट्नेवालामा माताहरू पनि धेरै हुन्छन्। महिलाले पनि डाँका मार्छन्। दुनियाँको हाल हेर कस्तो छ? तिमीले बुझेका छौ– यो दुनियाँ बिल्कुलै वेश्यालय हो। हामी यहाँ शिवबाबाको साथमा शिवालयमा बसेका छौं। उहाँ सत हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, आनन्द स्वरुप हुनुहुन्छ। आत्माको नै महिमा हो। आत्माले नै भन्छ– म राष्ट्रपति हुँ, म फलानो हुँ। र, तिम्रो आत्माले भन्छ– हामी ब्राह्मण हौं। बाबासँग वर्सा लिइरहेका छौं। आत्म-अभिमानमा रहनु छ, यसमा नै मेहनत छ। यो मेरो फलानो हो, यो मेरो हो... यो याद रहन्छ। हामी आत्मा भाइ-भाइ हौं, यो भुल्छौं। यहाँ मेरो-मेरो छोड्नुपर्ने हुन्छ। म आत्मा हुँ, यिनको आत्माले पनि जान्दछ– बाबाले सम्झाइरहनु भएको छ, मैले पनि सुनिरहन्छु। पहिले मैले सुन्छु। त्यसो त मैले पनि सुनाउन सक्छु तर बच्चाहरूको कल्याण अर्थ भन्छु– तिमीले सदा सम्झ शिवबाबाले सम्झाउनु हुन्छ। विचार-सागर मन्थन गर्नु बच्चाहरूको काम हो। जसरी तिमीले गर्छौ, त्यसैगरी मैले पनि गर्छु। नत्र पहिलो नम्बरमा कसरी जान सक्छु? तर आफूलाई गुप्त राख्छु। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) मेरो-मेरो सबै छोडेर आफूलाई आत्मा सम्झनु छ। आत्म-अभिमानी रहने मेहनत गर्नु छ। यहाँ बिल्कुलै वनवाहमा रहनु छ। कुनै पनि लगाउने, खाने इच्छाबाट इच्छा मात्रम् अविद्या बन्नु छ।

    २) पार्ट खेल्दै, कर्म गर्दै आफ्नो शान्ति स्वधर्ममा स्थित रहनु छ। शान्तिधाम र सुखधामलाई याद गर्नु छ। यस दुःखधामलाई भुल्नु छ।

    वरदान:

    स्व-स्थितिद्वारा सबै परिस्थितिहरूको सामना गर्ने अव्यक्त स्थितिको अभ्यासी भव:-  

    जब अव्यक्त स्थितिको अभ्यासको आदत बन्छ तब स्व स्थितिद्वारा हरेक परिस्थितिको सामना गर्न सक्छौ। यो आदतले अदालतमा जानबाट बचाउँछ। त्यसैले यस अभ्यासलाई जब नेचुरल र नेचर बनाउँछौ तब नेचुरल क्यालामिटिज आउँछन् किनकि जब सामना गर्नेले, स्व-स्थितिले हरेक परिस्थितिलाई पार गर्नेले शक्ति धारण गर्छन् तब पर्दा खुल्नेछ। यसको लागि पुराना बानीहरूबाट, पुराना संस्कारहरूबाट, पुराना कुराबाट... पूरा वैराग्य चाहिन्छ।

    स्लोगन:

    स्वयंलाई निमित्त करनहार सम्झन्छौ भने कुनै पनि कर्ममा थकावट आउन सक्दैन।   



    ***OM SHANTI***