BK Murli 3 June 2016 Nepali

BK Murli 3 June 2016 Nepali

२१ जेष्ठ २०७३ शुक्रबार 3.06.2016 बापदादा मधुबन

“मीठे बच्चे– तिमीसँग अविनाशी ज्ञान रत्नहरूको अथाह खजाना छ, तिमीले यसको दान गर। तिम्रो द्वारबाट कोही पनि फर्केर जानु हुँदैन।”  

प्रश्न:

सर्व सम्बन्धहरूको सेक्रिन बाबाले आफ्ना बच्चाहरूलाई कुनचाहिँ श्रीमत दिनुहुन्छ?

उत्तर:

मीठे बच्चे, आफ्नो बुद्धियोग सबै तिरबाट हटाएर एक मलाई याद गरिराख। दुनियाँको कुनै पनि वस्तु, मित्र सम्बन्धी आदि याद नआओस् किनभने यस समय सबै दुःख दिनेवाला छन्। विश्वको मालिक बन्नु छ त्यसैले अवश्य ६३ जन्मको हिसाब-किताब चुक्ता गर्ने मेहनत गर्नुपर्छ। सबैथोक भुलेर अशरीरी बन, तब हिसाब-किताब चुक्ता हुन्छ। म सर्व सम्बन्धहरूको सेक्रिन हुँ।

ओम् शान्ति।

बापदादाले बच्चाहरूसँग सोध्नुहुन्छ– कसको यादमा बसेका छौ? (शिवबाबाको) ठूलो स्वरमा भन्नुपर्छ– शिवबाबाको यादमा बसेका छौं। तिमी बच्चाहरू अर्थात् आत्माहरूको सम्बन्ध छ शिवबाबासँग। तिमी शिवबाबाको बन्छौ यिनीद्वारा, किनभने शिवबाबा यिनीद्वारा नै मिल्नुहुन्छ। यिनलाई बीचको दलाल पनि भनिन्छ। तिम्रो दलालसँग कुनै सम्बन्ध छैन। यिनी त केवल बीचका माध्यम हुन्। लेन-देनको, सबैको हिसाब-किताब बाबासँग हुन्छ, यिनीसँग होइन। यिनको पनि लेन-देन बाबासँग छ। यिनले पनि उहाँ बाबासँग भन्छन्– बाबा मेरो सबैथोक हजुरको नै हो। तिमीलाई पनि एक त निश्चय छ– हामी आत्मा हौं र दोस्रो यो पनि निश्चय छ– हामी आत्माहरूले अहिले परमपिता परमात्मासँग वर्सा लिइरहेका छौं। मनसा-वाचा-कर्मणा, तन-मन-धनद्वारा हामी शिव बाबाको सहयोगी बन्छौं। यी सबैथोक शिवबाबालाई अर्पण गरिएको छ। फेरि शिवबाबाले निर्देशन दिनुहुन्छ– यसरी-यसरी यो गर्नु। यसलाई भनिन्छ श्रीमत। बाबा स्वयं भन्नुहुन्छ– म यो पुरानो तनमा प्रवेश गर्छु। यिनी पनि पतितबाट पावन बनिरहेका छन्। यो कसले भन्यो? शिवबाबाले। यिनी पनि पावन बनिरहेका छन्। यिनको पनि मसँग हिसाब-किताब छ। यिनीसँग कसैको हिसाब-किताब छैन। तिमीले चिट्टी लेख्छौ– शिवबाबा केअर अफ ब्रह्मा। तर माया यस्तो छ, जसले निरन्तर याद गर्न दिँदैन। बुद्धियोग घरी-घरी तोडिदिन्छ। यदि यो नै पक्का पुरूषार्थ गर्यौ भने फेरि अरु सबै कुरा भुल्छौ। शरीर पनि भुल्छौ। यो शरीर हुन्छ तर आत्मालाई यी सबै चीजहरूबाट घृणा हुन्छ। यस्तो अवस्था जमाउने अभ्यास गर्नुपर्ने हुन्छ। अन्त्यमा हामीलाई आफ्नो शरीर पनि याद नरहोस्। बाबा भन्नुहुन्छ– आफूलाई अशरीरी सम्झेर म बाबालाई याद गर। म सदैव अशरीरी हँ, तिमी पनि अशरीरी थियौ। फेरि तिमीले पार्ट खेल्यौ। अब फेरि तिमीले पार्ट खेल्नु छ, यो मेहनत छ। विश्वको मालिक बन्नु कुनै कम कुरा हो र! मनुष्य नै विश्वको मालिक बन्न सक्छ। यी देवताहरू पनि मनुष्य हुन्, तर यिनलाई दैवीगुण भएका देवता भनिन्छ। लक्ष्मी-नारायण विश्वको मालिक थिए, यिनका आफ्ना बच्चा हुन्छन्। उनैले यिनलाई माता-पिता मान्छन्। तर आजभोलि मनुष्य अन्धश्रद्घाले यी लक्ष्मी-नारायणलाई त्वमेव माताश्च पिता.... भन्छन्। वास्तवमा यो महिमा हो शिवबाबाको। देवताहरूको महिमा गाउँछन्– हजुर सर्वगुण सम्पन्न..... तर उनीहरूको पूजा किन गर्छन्, यो कसैलाई थाहा छैन। अहिले तिमीले यस्तो महिमा गाउँदैनौ– तिमी माता-पिता....। हो, तिमीले जानेका छौ– शिवबाबा वहाँ निराकार परमपिता परमात्मा हुनुहुन्छ। उहाँबाट नै अपार सुख मिल्छ। बाँकी जति पनि सम्बन्धी आदि छन्, उनीहरूबाट दुःख नै मिल्छ। उहाँ त एक सेक्रिन हुनुहुन्छ, जसबाट सर्व सम्बन्धको रस मिल्छ। त्यसैले बाबा भन्नुहुन्छ– मामा, काका, चाचा, आदि सबैबाट बुद्धियोग हटाएर म एकलाई याद गर। तिमीले गाउँछौ पनि– दुःख-हर्ता, सुख-कर्ता.... सर्वका सद्गतिदाता एउटै हुनुहुन्छ, उहाँ नै हाम्रो सबैथोक हुनुहुन्छ। लौकिक बाबाबाट पनि दुःख मिल्छ। बाँकी टिचरले कसैलाई दुःख दिँदैनन्। टिचरसँग गएर पढ्नाले तिमीले शरीर निर्वाह गर्छौ। कला सिकाउने पनि हुन्छन्। उनीहरू सबैले अल्पकालको लागि सिकाउँछन्। भक्तिमा पनि महिमा एक राम अथवा परमपिता परमात्माको नै गर्छन्, उहाँलाई नै याद गर्छन्। वास्तवमा भक्ति पनि एकको नै गर्नु छ। उहाँले नै तिमीलाई पूज्य बनाउनुहुन्छ। तिमीले पहिला शुरुमा एक शिवबाबाको नै पूजा गर्छौ। त्यसलाई सतोप्रधान भक्ति भनिन्छ। फेरि आत्मा पनि सतोप्रधानबाट सतो, रजो, तमो बन्छ। तिमीले बुझेका छौ– हामी पुजारी बन्छौं। तिमीले पहिला एक शिवको नै पूजा गर्छौ फेरि कलाहरू कम हुँदै जान्छन्। भक्ति पनि सतोप्रधानबाट सतो, रजो, तमो बन्न जान्छ। सारा ड्रामा तिमी माथि नै बनेको छ। आफैं पूज्य आफैं पुजारी, जसले ८४ जन्म पूरा लिन्छ उनीहरूको नै कथा हो। उनीहरूलाई नै बाबा बसेर बताउनुहुन्छ– तिमीले ८४ जन्म कसरी लियौ। हिसाब नै उनीहरूको हो। जो सबैभन्दा पहिला पूज्य देवी-देवता बन्छन्, उनीहरू नै पुजारी बन्छन्। बाबा भन्नुहुन्छ– म कल्प-कल्प आएर तिमीलाई पढाउँछु र देवी-देवता धर्मको स्थापना गर्छु, राजयोग सिकाउँछु। गीतामा गल्तीले कृष्ण भगवानुवाच लेखिदिएका छन्। भगवान त एउटै हुनुहुन्छ। उनीहरूले त भन्छन्– जहाँ-तहाँ, कण-कणमा परमात्मा हुनुहुन्छ। तर यस्तो त हुन सक्दैन। भगवान्को त महिमा अपरमअपार छ। भन्दछन्– हे बाबा हजुरको गति मत न्यारी अर्थात् हजुरको जुन श्रीमत मिल्छ, त्यो सबैभन्दा अलग्गै छ। बाबालाई भन्छन् नै गति-सद्गति दाता परमपिता परमात्मा, बुद्धि माथि जान्छ। दुःखको बेलामा उहाँको नै याद आउँछ। यदि राम-सीता बुद्धिमा छ भने फेरि सारा रामायण बुद्धिमा आउँछ। तिमीले त पुकार्छौ नै उहाँ एक बाबालाई। एक बाबा सिवाय कोही पनि साकारी मनुष्य वा आकारी देवतासँग बुद्धि लगाउनु छैन। पतित-पावन हुनुहुन्छ नै एक बाबा। कुनै पनि सत्संगमा गएर यहीँ गाउँछन्-पतित-पावन सीताराम, अर्थ केही छैन। यो सबै हो– भक्तिमार्गको गायन। सबै रावणको जेलमा छन्। भक्तिमार्गमा धेरै भट्किन्छन्। यहाँ भट्किने कुनै कुरा छैन। बाबाले सम्झाउनुहुन्छ– तिमी बच्चाहरूले प्वाइन्टहरू बुद्धिमा राम्रोसँग धारण गर्नु छ, पढाइ सधैं गर्नु छ। यदि कुनै कारणले बिहान आउन सकिँदैन भने दिउँसो आउनुपर्छ। कसैलाई हैरान पनि गर्नु हुँदैन (लौकिकमा)। दिनमा कुनै समय आएर पढ्दा हुन्छ। यी बच्चीहरू बिहान देखि बेलुकासम्म सेवामा छन्। सारा दिन सेवा स्थानहरू खुल्ला रहन्छन्। जो आए पनि उनलाई रास्ता बताउनु छ। सबैभन्दा पहिला त बताउनु छ– विचार गर्नुहोस्, तपाईंका दुई पिता छन्। दुःखमा पारलौकिक बाबालाई याद गर्नुहुन्छ नि। अहिले शिवबाबा भन्नुहुन्छ– म एकलाई याद गर। मृत्यु नजिकै खडा छ। यो त्यही महाभारत लडार्इं हो। ठूला-ठूला पदमपति, करोडपति छन्, ठूला-ठूला घर आदि बनाउँछन्। तर त्यो कहाँ रहने छ र, त्यो सबै भत्किन्छ। उनीहरूले सम्झन्छन्– कलियुगको आयु लाखौं वर्ष छ। यसलाई भनिन्छ घोर अन्धकार। कसैसँग पैसा छ, सोध्छन् घर बनाऊँ। बाबा भन्नुहुन्छ– पैसा छ भने ठीक छ बनाऊ। पैसा पनि त माटोमा मिल्नेछ। यो त अस्थायी हो। नत्र यो सबै पैसा पनि जान्छ। केही पनि रहँदैन, ठिकै छ बनाऊ। फेरि त्यसमा गीता पाठशालाको प्रबन्ध गर। जो तिम्रो द्वारमा कोही आउँछ, उसलाई भिक्षा यस्तो देऊ, जसले उसलाई एकदम विश्वको मालिक बनाओस्। तिमीसँग अथाह ज्ञान धन छ, त्यति कसैसँग छैन। तिमीहरू मध्ये सबैभन्दा धनवान त्यो हो, जसमा धेरै ज्ञान रत्न बुद्धिमा भरिएको हुन्छ। जो आए पनि तिमीले उसको झोली भरिदेऊ। तिमीसँग यति खजाना छ। केवल यो बोर्ड लगाई देऊ– आउनुहोस्! हामीले तपाईंलाई सदा सुखी स्वर्गको वर्सा पाउने बाटो देखाउँछौं। तर बच्चाहरूमा त्यो नशा रहँदैन। यहाँ नशा चढ्छ, बाहिर गएर भुल्छन्। सोख हुनुपर्छ। जो आए पनि उसलाई बाटो बताऊ, जसद्वारा बेडा पार होस्। तिमीसँग धेरै भारी धन छ। कोही पनि भिखारी आओस् वा लखपति आओस् तिमीले उनीहरूलाई पनि धेरै रत्न दिन सक्छौ। बाबाले यहाँ नशा चढाउनुहुन्छ, फेरि सोडावाटर हुन्छन्। बाबाले तिम्रो अविनाशी ज्ञान रत्नले झोली भरिदिनुहुन्छ। तर नम्बरवार छन्। कसैको तकदिरमा छ भने पूरा रीतिले धारणा गर्छन्। बाबा भन्नुहुन्छ– कोशिश गरेर तिमी निरन्तर यादमा रहने गर। यस्तो होइन, सेन्टरमा गएर एकै ठाउँमा बस्नु छ। होइन, हिँड्दा-डुल्दा, जहिले समय मिल्छ, बाबाको याद गरिरहनु छ। हातले काम गर, दिल अर्थात् बुद्धिको योग बाबासँग होस्। बाबाको यादले तिम्रो धेरै कल्याण हुन्छ। २१ जन्मको लागि तिमी धनवान बन्छौ। बेहदको बाबाले बेहदको वर्सा दिनुहुन्छ। विश्व स्वर्ग थियो। अहिले नर्क बनेको छ।

बाबा भन्नुहुन्छ– अब मलाई याद गर्यो भने तिम्रो आत्मा सतोप्रधान बन्छ। बाबालाई याद गर्यो भने नशा चढ्छ। हामी जस्तो धनवान सृष्टिमा कोही पनि छैन। बाबा नै याद हुँदैन भने धन कहाँबाट आउँछ? स्वर्गमा त तिमी बच्चाहरूलाई अपार सुख मिल्छ। शास्त्रहरूमा त कति दन्त्य कथाहरू लेखिदिएका छन्। गाउँछन् पनि– राम राजा, राम प्रजा... धर्मको उपकार होस्। फेरि भन्छन्– रामकी सीता अपहरण गरियो, बाँदरहरूका सेना लिइयो.... पहिले स्वयं पनि पढ्थेँ, केही पनि बुझ्दैनथेँ। अहिले कति समझमा आउँछ। कति आश्चर्यका कुरा लेखिएको छ। बाबा भन्नुहुन्छ– मलाई प्रकृतिको आधार लिनुपर्छ। त्रिमूर्तिमा पनि ब्रह्मा, विष्णु, शंकर देखाउँछन्। तर यो पनि बुझ्दैनन्– विष्णु को हुन्? कहाँका निवासी हुन्? विष्णुको मन्दिरलाई नर-नारायणको मन्दिर भन्छन्। तर अर्थ केही पनि बुझ्दैनन्। विष्णुको यो दुई रुप लक्ष्मी-नारायण हो, जसले सत्ययुगमा राज्य गर्थे। अहिले तिमी मनुष्यबाट देवता बनिरहेका छौ। कोही आए पनि भन– यी ब्रह्माकुमार-ब्रह्माकुमारी हुन्। त्यसैले प्रजापिता ब्रह्मा सबैका बाबा हुन्। धेरै भन्दा धेरै प्रजा छन्। नाम त सुनेका छौ नि। भगवान्ले ब्रह्माद्वारा ब्राह्मण रच्नुभयो। बाबाले अवश्य बच्चाहरूलाई वर्सा त दिनुभयो नि। तिमी बच्चाहरूलाई विश्वको मालिक बनाउनुहुन्छ। तिमीले शिवबाबाबाट वर्सा पाउँछौ। एक छन् लौकिक बाबा, दोस्रो हुनुहुन्छ पारलौकिक बाबा। अब यी तिमीलाई अलौकिक बाबा मिलेको छ। यिनी त जौहरी थिएँ। यिनले कहाँ केही जानेका थिए! यिनको लागि भनिन्छ– यिनको धेरै जन्मको अन्त्यको जन्मको पनि अन्त्यमा यिनमा प्रवेश गर्छु। वानप्रस्थी बन्ने चलन पनि यहाँ नै छ। ६० वर्ष पछि गुरूको पासमा जान्छन्। बाबा यिनमा प्रवेश गरेर भन्नुहुन्छ– अब तिमीलाई घर जानु छ। मुक्ति सबैले चाहन्छन् तर मुक्तिलाई जानेको कसैले छैन। ब्रह्ममा लीन त कोही हुन सक्दैन। यो त सृष्टिको चक्र घुमिरहन्छ, सबैले पार्ट खेल्नु नै छ। भनिएको छ– विश्वको इतिहास-भूगोल दोहोरिन्छ। यो अनादि ड्रामा बनेको छ। ८४ जन्मको पार्ट तिमीले खेल्नु नै छ। यो ज्ञानको डान्स हुन्छ। उनीहरूले फेरि डमरु देखाउँछन्। अब सूक्ष्म वतनवासी शंकरले डमरु कसरी बजाउँछन्।

बाबाले सम्झाउनुभएको छ– तिमी बाँदर जस्ता थियौ। तिमी बाँदरको सेना लिइयो। तिम्रो अगाडि बाबाले ज्ञानको डमरु बजाइरहनु भएको छ। तिमीलाई ज्ञान दिनुहुन्छ। अहिले तिम्रो चेहरा र चलन दुवै परिवर्तन गरिरहनुभएको छ। काम-चितामा बसेर तिमी काला भएका छौ। बाबाले फेरि तिमीलाई ज्ञान-चितामा बसाएर चेहरा र चलन दुवै परिवर्तन गरेर कालोबाट गोरो बनाइदिनुहुन्छ। यहाँ बाबाले कति नशा चढाउनुहुन्छ, फेरि नशा किन हराउँछ? अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) बाबाले जो अथाह ज्ञान धन दिनुभएको छ, त्यसलाई धारण गरेर स्वयं पनि धनवान बन्नु छ र अरुलाई दान पनि गर्नु छ। जो आउँछन्, उनको झोली भरिदिनु छ।

२) बाबाको यादद्वारा नै कल्याण हुन्छ, त्यसैले जति हुन सक्छ हिँड्दा-डुल्दा पनि बाबाको यादमा रहनु छ। सर्व सम्बन्धको रस एक बाबासँग लिनु छ।

वरदान:

समयको श्रेष्ठ खजानालाई सफल गरेर सदा सर्व सफलतामूर्त भव:-  

जुन बच्चाले समयको खजानालाई स्वयंको वा सर्वको कल्याण प्रति लगाउँछ, उसको सर्व खजाना स्वतः जम्मा हुन जान्छ। समयको महत्वलाई जानेर त्यसलाई सफल गर्नेले संकल्पको खजाना, खुशीको खजाना, शक्तिहरूको खजाना, ज्ञानको खजाना र श्वासको खजाना... यी सबै खजाना स्वतः जम्मा गर्छ। केवल अलबेलापनलाई छोडेर समयको खजानालाई सफल गर, तब सदा सर्व सफलतामूर्त बन्छौ।

स्लोगन:

एकाग्रताद्वारा सागरको तल गएर अनुभवहरूको हीरा मोती प्राप्त गर्नु नै अनुभवीमूर्त बन्नु हो।  



***OM SHANTI***

Google+ Followers