BK Murli 30 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 30 June 2016 Nepali

    १६ आषाढ विहिबार 30.06.2016 बापदादा मधुवन

    “मीठे बच्चे– सूर्यवंशी राज्य पद लिनको लागि आफ्नो सबैथोक बाबामा स्वाहा गर, सूर्यवंशी राज्य पद अर्थात् एयरकन्डीशन टिकट।”  

    प्रश्न:

    यस दुनियाँमा तिमी बच्चाहरू भन्दा अधिक भाग्यमानी अरु कोही पनि छैन, कसरी?

    उत्तर:

    तिमी बच्चाहरूको सम्मुख बेहदको बाबा हुनुहुन्छ। उहाँबाट तिमीलाई बेहदको वर्सा मिलिरहेको छ। तिमी यस समय बेहद बाबा, टिचर र सतगुरूको बनेर उहाँबाट बेहदको प्राप्ति गर्छौ। दुनियाँले त उहाँलाई चिनेका पनि छैनन्। त्यसैले तिमीहरू जस्तो भाग्यमानी उनीहरू कसरी हुन सक्छन्?

    गीतः–

    बडा खुशनसीब है...

    ओम् शान्ति।

    ब्राह्मण कुल भूषण बच्चाहरूले जान्दछन्– अहिले हामी ब्राह्मण सम्प्रदायका हौं फेरि दैवी सम्प्रदाय बन्छौं। बच्चाहरूलाई बाबा बसेर सम्झाउनु हुन्छ, बेहदको बाबा सम्मुख हुनुहुन्छ र उहाँबाट बेहदको वर्सा मिलिरहेको छ। बाँकी अरु के चाहियो? भक्ति मार्ग कहिलेदेखि चल्छ, यो कसैलाई थाहा छैन। भक्ति मार्गवाला भक्तले भगवानलाई अथवा सजनीले साजनलाई याद गर्छन्। तर आश्चर्य छ– उहाँलाई चिनेकै छैनन्। यस्तो कहिल्यै देखेका छौ– सजनीले साजनलाई नचिनेको? नत्र याद गर्न कसरी सक्छन्? भगवान त सबैका पिता हुनुहुन्छ। बच्चाहरूले बाबालाई याद गर्छन्। तर परिचय विना याद गर्नु सबै व्यर्थ हुन्छ, त्यसैले याद गरेर कुनै फायदा हुँदैन। याद गरेर मात्र कसैले पनि लक्ष्य-उद्देश्यलाई प्राप्त गर्दैन। भगवान को हुनुहुन्छ, उहाँबाट के मिल्छ? केही पनि जान्दैनन्। यतिका सबै धर्महरू– क्राइस्ट, बौद्ध आदि प्रीसेप्टर अथवा धर्म स्थापना गर्नेलाई उनका अनुयायीहरूले याद गर्छन् तर उनलाई याद गरेर मलाई के मिल्छ, केही पनि थाहा छैन। यसभन्दा त लौकिक पढाइ राम्रो हो। लक्ष्य-उद्देश्य त बुद्धिमा रहन्छ नि। बाबासँग के मिल्छ? टिचरसँग के मिल्छ? र, गुरूसँग के मिल्छ? यो अरु कसैले पनि बुझ्न सक्दैनन्। तिमी यहाँ बाबाको, फेरि टिचरको, फेरि सतगुरूको बन्छौ। बाबा र टिचर भन्दा गुरू उच्च हुन्छन्। अब तिमी बच्चाहरूलाई निश्चय भयो– हामी बाबाको बनेका छौं। बाबाले हामीलाई ५ हजार वर्ष पहिले जसरी आएर स्वर्गको मालिक बनाउनु हुन्छ अथवा शान्तिधामको मालिक बनाउनु हुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले मसँग आफ्नो वर्सा लिन्छौ नि! सबैले भन्छन्– हो, बाबा किन नलिने? ठीक छ, चन्द्रवंशी राम पदको लागि राजी हुन्छौ? तिमीलाई के चाहिन्छ? बाबा सौगात लिएर आउनुभएको छ। तिमीले सूर्यवंशी लक्ष्मीलाई वरण गर्छौ या चन्द्रवंशी सीतालाई? तिमीले आफ्नो अनुहार त हेर। श्री नारायणलाई वा श्री लक्ष्मीलाई वरण गर्न लायक छौ? लायक नबनी वरण गर्न कसरी सक्छौ? अहिले बाबा बसेर सम्झाउनु हुन्छ, हुबहु जसरी कल्प पहिले सम्झाउनु भएको थियो, फेरि सम्झाइरहनु भएको छ। तिमीले फेरि आएर वर्सा लिइरहेका छौ। तिम्रो लक्ष्य-उद्देश्य नै हो बेहदको बाबासँग बेहदको वर्सा लिने। त्यो हो सूर्यवंशी राज्य पद, सेकेण्ड ग्रेड हो चन्द्रवंशी। जस्तै एयरकन्डीशन, फस्टक्लास, सेकेण्ड क्लास हुन्छन् नि। त्यस्तै, सत्ययुगको पूरा राजधानी, एयरकन्डीशन सम्झ। एयरकन्डीशन भन्दा राम्रो त कुनै हुँदैन। फेरि हुन्छ फस्टक्लास। अब बाबा भन्नुहुन्छ– तिमी एयरकन्डीशनको सूर्यवंशी राज्य लिन्छौ वा चन्द्रवंशी फस्टक्लासको? त्यो भन्दा पनि कम त फेरि सेकेण्ड क्लासमा नम्बरवार वारिस बनेर फेरि तिमी पछि गएर राज्य पाउँछौ। नत्र थर्डक्लास प्रजा फेरि त्यसमा पनि टिकट रिजर्व हुन्छ। फस्टक्लास रिजर्व, सेकेण्ड क्लास रिजर्व, नम्बरवार श्रेणी हुन्छन् नि। बाँकी सुख त वहाँ हुन्छ नै। अलग-अलग विभाग त हुन्छन् नि। धनवान मानिसले टिकट लिन्छन् एयरकन्डीशनको। तिमीहरूमा धनवान को बन्छन्? जसले सबैथोक बाबालाई दिन्छन्। बाबा यो सबैथोक हजुरको हो। यहाँ नै महिमा गायन गरिन्छ– सौदागर, रत्नागर, जादुगर। यो महिमा हो बाबाको नकि कृष्णको। कृष्णले त वर्सा लिए, सत्ययुगमा प्रारब्ध पाए। उनी पनि बाबाको बने। प्रारब्ध कहीँबाट त पाए होलान् नि। लक्ष्मी-नारायणले सत्ययुगमा प्रारब्ध भोग्छन्। अब तिमी बच्चाहरूले राम्रोसँग जान्दछौ– अवश्य यिनीहरूले पास्टमा प्रारब्ध बनाएका थिए। नेहरूको प्रारब्ध कति राम्रो थियो। अवश्य राम्रो कर्म गरेका थिए। विना ताज भारतका बादशाह थिए। भारतको महिमा त धेरै छ। भारतवर्ष जस्तो उच्च देश कुनै हुन सक्दैन। भारत परमपिता परमात्माको जन्म-भूमि हो। यो रहस्य कसैको बुद्धिमा बस्दैन। परमात्माले नै सबैलाई सुख-शान्ति दिनुहुन्छ, आधाकल्पको लागि। भारतभूमि नै नम्बरवन तीर्थ स्थान हो। तर ड्रामा अनुसार एक बाबालाई बिर्सिनाले सृष्टिको हालत कस्तो हुन गयो, त्यसैले शिवबाबा फेरि आउनुहुन्छ। निमित्त त कोही बन्छन् नि। 

    अब बाबा भन्नुहुन्छ– अशरीरी भव, आफूलाई आत्मा निश्चय गर। म आत्मा कसको सन्तान हुँ, यो कसैले जान्दैनन्। आश्चर्य छ नि। भन्दछन् पनि– हे परमपिता कृपा गर्नुहोस्। शिव जयन्ती पनि मनाउँछन्, तर उहाँ कहिले आउनुभएको थियो, कसैलाई थाहा छैन। यो हो ५ हजार वर्षको कुरा। बाबा नै आएर नयाँ दुनियाँ सत्ययुग स्थापना गर्नुहुन्छ। सत्ययुगको आयु लाखौं वर्ष त हुँदै होइन। त्यसैले घोर अन्धकार छ नि। गीताको उपदेश कतिले आएर सुन्छन्। तर न पढाउनेले, न पढ्नेले केही बुझ्दछन्। बाबा कति सहज गरेर सम्झाउनु हुन्छ– केवल बाबालाई याद गर। गृहस्थ व्यवहारमा रहेर कमल फूल समान बन। विष्णुलाई नै सबै अलंकार देखाएका छन्। शंख पनि दिएका छन्, फूल पनि दिएका छन्। वास्तवमा देवताहरूलाई कहाँ दिन मिल्छ र। यो कति गहन गम्भीर कुरा छ। यी हुन् ब्राह्मणहरूको अलंकार। तर ब्राह्मणहरूलाई कसरी दिने? आज ब्राह्मण छन्, भोलि शूद्र बन्न पुग्छन्। ब्रह्माकुमार नै शूद्र कुमार बन्छन्। मायाले समय लगाउँदैन। यदि कुनै लापर्बाही गरे, बाबाको श्रीमतमा चलेनन्, बुद्धि खराब भयो, मायाले राम्रोसँग थप्पड मारेर मुख नै मोडिदिन्छ। मनुष्यहरू रिसाए भन्छन् नि– थप्पड लगाएर मुखै बङ्ग्याइ दिउँला। माया पनि यस्तो छ। बाबालाई भुल्यौ भने मायाले एक सेकेण्डमा थप्पड लगाएर मुख मोडिदिन्छ। एक सेकेण्डमा जीवनमुक्ति पाउँछौ। तर मायाले सेकेण्डमा जीवनमुक्ति खतम गरिदिन्छ। कति राम्रा-राम्रा बच्चाहरूलाई मायाले पक्रिन्छ। देख्छ– कहीँ लापर्बाह छ भने झट्ट थप्पड लगाइदिन्छ। बाबा त आएर पुरानो दुनियाँबाट मुख फेरिदिनुहुन्छ। लौकिक पिता कुनै गरिब हुन्छन्, पुरानो झुपडीमा रहन्छन् फेरि नयाँ बनाउँछन् भने बच्चाहरूको बुद्धिमा रहन्छ– अब नयाँ भवन तयार हुन्छ, हामी गएर बस्न्छौं। पुरानो भत्काइदिन्छन्। अहिले बाबाले तिम्रो लागि हत्केलामा बहिश्त अथवा वैकुण्ठ ल्याउनुभएको छ। भन्नुहुन्छ– प्यारा बच्चाहरू! आत्माहरूसँग कुरा गर्नुहुन्छ। यी आँखाद्वारा तिमी बच्चाहरूलाई हेरिरहेको छु। बाबा सम्झाउनु हुन्छ– म पनि ड्रामाको वश हुँ। यस्तो होइन, ड्रामामा नभएको गर्न सक्छु। बच्चाहरू बिरामी हुन्छन्, यस्तो होइन मैले ठीक गरिदिन्छु, अपरेशन गर्नबाट छुटाइदिन्छु! कर्मभोग त सबैलाई भोग्नैपर्छ। तिमीहरूमाथि त बोझ धेरै छ किनकि तिमीहरू सबैभन्दा पुराना हौ। सतोप्रधानबाट एकदम तमोप्रधान बनेका छौ। अब तिमी बच्चाहरूलाई बाबा मिलेको छ, त्यसैले बाबाबाट वर्सा लिनुपर्छ। तिमीले जान्दछौ– कल्प-कल्प ड्रामा अनुसार हामीले बाबाबाट वर्सा लिन्छौं। जो सूर्यवंशी, चन्द्रवंशी घरानाका हुन्, उनीहरू अवश्य आउँछन्। जो देवता थिए, फेरि शूद्र बनेका छन्, फेरि उनै ब्राह्मण बनेर दैवी सम्प्रदाय बन्छन्। यो कुरा बाबा सिवाय अरु कसैले सम्झाउन सक्दैन। 


    बाबालाई तिमी बच्चाहरू कति प्यारो लाग्छौ। भन्नुहुन्छ– तिमी उही कल्प पहिलेका मेरा बच्चा हौ। म कल्प-कल्प तिमीलाई आएर पढाउँछु। कति अद्भुत कुरा छ। निराकार भगवानुवाच। शरीरद्वारा वाच हुन्छ नि। शरीर अलग भएपछि त आत्माले वाच गर्न सक्दैन। आत्मा अलग हुन्छ। अब बाबा भन्नुहुन्छ– अशरीरी भव। यस्तो होइन, प्राणायाम आदि चढाउनु छ। सम्झनु छ– म आत्मा अविनाशी हुँ। मेरो आत्मामा ८४ जन्मको पार्ट भरिएको छ। बाबा स्वयं भन्नुहुन्छ– मेरो आत्माले पनि जुन कर्म गर्छ, त्यो सबै पार्ट भरिएको छ। भक्ति मार्गमा वहाँ पार्ट चल्छ, फेरि ज्ञान मार्गमा यहाँ आएर ज्ञान दिन्छु। भक्तहरूलाई ज्ञानको बारेमा थाहा नै छैन। कसैले रक्सी पिएकै छैन भने स्वाद कस्तो हुन्छ के थाहा? ज्ञान पनि जब लिन्छन्, तब थाहा हुन्छ। ज्ञानद्वारा सद्गति हुन्छ, त्यसैले अवश्य ज्ञानसागरले नै सद्गति गर्न सक्नुहुन्छ। बाबा भन्नुहुन्छ– म सर्वका सद्गति दाता हुँ। सर्वोदया लीडर हुनुहुन्छ नि। कति किसिम-किसिमका हुन्छन्। वास्तवमा सबैलाई दया गर्ने त बाबा हुनुहुन्छ। बाबासँग भन्छन्– हे भगवान दया गर्नुहोस्। सबै माथि कृपा उहाँले गर्नुहुन्छ, बाँकी सबै हुन् हदको दया गर्नेवाला। बाबाले त सारा दुनियाँलाई सतोप्रधान बनाउनु हुन्छ। त्यसमा तत्व पनि सतोप्रधान बन्छ। यो काम हो नै परमात्माको। त्यसैले सर्वोदयाको अर्थ कति महान् छ। एकदम सबै माथि दया गर्नुहुन्छ। स्वर्गको स्थापनामा कुनै पनि दुःखी हुँदैन। वहाँ नम्बरवन फर्नीचर, वैभव आदि मिल्छन्। दुःख दिने जनावर, झिँगा आदि कुनै हुँदैनन्। वहाँ पनि ठूलो मानिसको घरमा कति सफाई रहन्छ। कहिल्यै तिमीले झिँगा देख्ने छैनौ। कुनै लामखुट्टे आदि घुस्न सक्दैन। स्वर्गमा कुनैको ताकत हुँदैन, जो आऊन्। फोहोर गर्ने कुनै चीज हुँदैन। नेचुरल फूल आदिको सुगन्ध रहन्छ। तिमीलाई सूक्ष्मवतनमा बाबा शूबीरस पिलाउनुहुन्छ। अब सूक्ष्मवतनमा त केही पनि छैन। यो सबै साक्षात्कार हुन्। वैकुण्ठमा कति राम्रा-राम्रा फूल, बगैंचा आदि हुन्छन्। सूक्ष्मवतनमा कहाँ बगैंचा हुन्छन् र। यो सबै हुन् साक्षात्कार। यहाँ बसेर तिमीले साक्षात्कार गर्छौ। 


    गीत पनि बडो फस्टक्लास छ। तिमीले जान्दछौ– हामीलाई बाबा मिलेको छ, अरु के चाहियो? बेहदको बाबासँग बेहदको वर्सा लिन्छौं, त्यसैले बाबालाई याद गर्नुपर्छ। बाबाको मत प्रसिद्ध छ। श्रीमतद्वारा हामी सर्वश्रेष्ठ बन्छौं। बाँकी सबैको हो आसुरी मत, त्यसैले उनीहरूले जान्दैनन्– सत्ययुगमा सदैव सुख थियो। लक्ष्मी-नारायणको राज्य थियो। बचपनमा उनै राधा-कृष्ण हुन्छन्, उनको लीला आदि केही हुँदैन। स्वर्गमा त सबै बच्चाहरू बडो फस्टक्लास हुन्छन्। चंचलताको कुनै कुरा नै हुँदैन। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

    धारणाको लागि मुख्य सारः

    १) जब यस पुरानो दुनियाँबाट मुख मोडिसक्यौ भने फेरि यस्तो कुनै लापर्बाही गर्नु छैन, नत्र मायाले आफू तर्फ मुख फेरिदिन्छ। श्रीमतको अवज्ञा गर्नु छैन। बाबासँग पूरा वर्सा लिनु छ।

    २) बाबामा आफ्नो सबैथोक स्वाहा गरेर पक्का वारिस बनेर सत्ययुगी एयरकन्डीशनको टिकट लिनु छ। लक्ष्य-उद्देश्यलाई बुद्धिमा राखेर पुरूषार्थ गर्नु छ।

    वरदान:

    श्रेष्ठ मतको आधारमा मायावी सँगदोषबाट टाढा रहने शक्ति स्वरुप भव:-   

    बच्चाहरूको एउटा कम्पलेन रहन्छ– सम्बन्धीले सुन्दैनन्, सँगत राम्रो छैन, यसकारण शक्तिशाली बन्न सक्दिनँ। तर श्रेष्ठ मतको आधारमा ज्ञान स्वरुप, शक्ति स्वरुपको वरदानी बनेर आफ्नो स्थितिलाई अचल बनाऊ। साक्षी भएर हरेकको पार्ट हेर। आफ्नो सतोगुणी पार्टमा स्थित रहने गर। सदा बाबाको सँगतमा रहने गर, तब तमोगुणी आत्माको सँगतको प्रभाव पर्न सक्दैन।

    स्लोगन:

    जो कर्म रुपी कल्प वृक्षको डालीमा बसेर कर्म गर्दा-गर्दै पनि उपराम स्थितिमा रहन्छ, उही कर्मयोगी हो।   


    ***OM SHANTI***