BK Murli 4 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 4 June 2016 Nepali

    २२ जेष्ठ २०७३ शनिबार 4.06.2016 बापदादा मधुबन

    “मीठे बच्चे– तिमीले पारलौकिक बाबालाई यथार्थ रुपमा जान्दछौ, यसैले तिमीलाई नै सच्चा प्रीत बुद्धि वा आस्तिक भनिन्छ।”   

    प्रश्न:

    बाबाको कुन कर्तव्यले सिद्ध हुन्छ– उहाँ भक्तहरूको रक्षक हुनुहुन्छ?

    उत्तर:

    सबै भक्तहरूलाई रावणको जेलबाट छुटाउनु, विपन्नबाट सम्पन्न बनाउनु– यो एक बाबाको नै कर्तव्य हो। जो पुराना भक्तहरू छन् उनीहरूलाई ब्राह्मण बनाएर देवता बनाउनु– यो नै उहाँको रक्षा हो। भक्तहरूको रक्षक आउनुभएको छ– आफ्ना सबै भक्तहरूलाई मुक्ति-जीवनमुक्ति दिन।

    गीतः–

    भोलेनाथ से निराला.....

    ओम् शान्ति।

    बच्चाहरूले यो कसको महिमा सुन्यौ? गायन छ– उँच ते उँच भगवान। भगवान्लाई नै बाबा भनिन्छ। उहाँ नै यस सारा रचनाको रचयिता हुनुहुन्छ। जसरी लौकिक पिता पनि रचयिता हुन् आफ्ना रचनाका। पहिले कन्यालाई आफ्नो स्त्री बनाउँछन् र फेरि उनीबाट रचना रच्दछन्। ५-७ बच्चा पैदा गर्छन्। उनीहरूलाई रचना भनिन्छ। पिता रचयिता ठहरिए। ती हुन् हदका रचयिता। यो पनि बच्चाहरूले जान्दछन्– रचनालाई रचयिता बाबाबाट वर्सा मिल्छ। मनुष्यका दुई पिता त हुन्छन् नै। एउटा लौकिक, अर्का पारलौकिक। बच्चाहरूलाई सम्झाएको छ– ज्ञान र भक्ति अलग अलग-छन्, फेरि हुन्छ वैराग्य। यस समय तिमी बच्चाहरू संगममा बसेका छौ र बाँकी सबै कलियुगमा बसेका छन्। हुन् त सबै बच्चाहरू हुन् तर तिमीले बेहदको बाबालाई जानेका छौ, जो सारा रचनाका रचयिता हुनुहुन्छ। लौकिक बाबा हुँदा-हुँदै पनि उहाँ पारलौकिक बाबालाई याद गर्छन्। सत्ययुगमा लौकिक पिता हुँदा पारलौकिक बाबालाई कसैले याद गर्दैन किनकि हो नै सुखधाम। उहाँ पारलौकिक बाबालाई दुःखमा याद गर्छन्। यहाँ पढाइन्छ, मनुष्यलाई समझदार बनाइन्छ। भक्तिमार्गमा मनुष्यले बाबालाई पनि जान्दैनन्। भन्छन् पनि– परमपिता परमात्मा, हे गड फादर, हे दुःख-हर्ता, सुख-कर्ता। फेरि भनिदिन्छन् सर्वव्यापी। पत्थरमा, कण-कण, कुकुर, बिरालो सबैमा हुनुहुन्छ। परमात्मा बाबालाई गाली दिन थाल्छन्। तिमी बाबाका बनेका छौ त्यसैले तिमी आस्तिक बन्यौ। तिम्रो बाबासँग प्रीत बुद्धि छ। बाँकी सबैको बाबासँग विपरीत बुद्धि छ। अब तिमी जान्दछौ– महाभारी लडाईं पनि सामुन्ने खडा छ। पुरानो दुनियाँको विनाश अर्थ हर ५ हजार वर्षपछि कलियुगी पतित दुनियाँ पूरा भएर फेरि सत्ययुगी पावन दुनियाँ स्थापना हुन्छ, बाबाद्वारा। उहाँलाई याद गर्छन्– हे पतित-पावन आउनुहोस्। हे खिवैया मलाई यस विषय सागरबाट निकालेर क्षीरसागरमा लिएर जानुहोस्। गान्धीले पनि भन्दथे– पतित-पावन सीताराम... हे राम सबै सीताहरूलाई पावन बनाउनुहोस्। तिमी सबै सीता हौ, भक्तिनीहरू। उहाँ हुनुहुन्छ भगवान, सबैले उहाँलाई पुकार्छन्। उहाँले तिमीलाई पतितबाट पावन बनाइरहनु भएको छ। तिमीलाई कहीँ पनि धक्का खुवाउनु हुन्न। यसो भन्नुहुन्न– तीर्थहरूमा जाऊ, कुम्भको मेलामा जाऊ। यी नदीहरू कुनै पतित-पावनी होइनन्। पतित-पावन एक ज्ञानका सागर बाबा हुनुहुन्छ। सागर वा नदीहरूलाई कसैले याद गर्दैनन्। पुकार्छन् बाबालाई, हे पतित-पावन बाबा हामीलाई पावन बनाउनुहोस्। बाँकी पानीका नदीहरू त सारा दुनियाँमा छन्। ती कहाँ पतित-पावनी हुन् र। पतित-पावन एक बाबालाई नै भनिन्छ। उहाँ जब आउनुहुन्छ तब आएर पावन बनाउनुहुन्छ। भारतको महिमा धेरै ठूलो छ। भारतवर्ष सबै धर्मको तीर्थ स्थान हो। शिवजयन्ती पनि यहाँ गाइन्छ। सत्ययुग त हो पावन दुनियाँ, त्यसमा देवी-देवता रहन्छन्। देवताहरूको महिमा गाइन्छ, सर्वगुण सम्पन्न १६ कला सम्पूर्ण... चन्द्रवंशीलाई १४ कला भनिन्छ। फेरि सिँढी तल झर्छन्। बाबा आएर सेकेन्डमा सिँढी चढाएर शान्तिधाम सुखधाममा लिएर जानुहुन्छ। फेरि ८४ को चक्र लगाएर सिँढी झर्छन्। ८४ जन्म कसैले त अवश्य लिएका होलान्। मुख्य हो सर्वशास्त्रमयी शिरोमणि गीता, श्रीमत् भगवत् मतलब भगवान्ले गाउनुभएको। तर भगवान कसलाई भनिन्छ, यो पतित मनुष्यले जान्दैनन्। पतित-पावन सर्वका सद्गति दाता एक निराकार शिव नै हुनुहुन्छ तर उहाँ कहिले आउनुभयो, यो कसैले जान्दैनन्। बाबा स्वयं आएर आफ्नो परिचय दिनुहुन्छ। अहिले हेर यी बच्चा र बच्ची दुवैले बाबा भन्छन्। गाइन्छ पनि– हजुर माता-पिता... हजुरको यो राजयोग सिकेपछि अपार सुख मिल्छ। तिमी यहाँ आउँछौ नै बेहदको बाबाबाट स्वर्गको २१ जन्मको वर्सा पाउन। अब शिवजयन्ती पनि यहाँ नै मनाउँछन्। रावण पनि यहाँ नै देखाउँछन्। तर अर्थ केही पनि जान्दैनन्। शिव हाम्रो बेहदको बाबा हुनुहुन्छ, यो कसैले पनि जान्दैन, केवल शिवको पूजा गरिरहन्छन्। जब सारा वृक्ष तमोप्रधान हुन्छ, तब बाबा आउनुहुन्छ। नयाँ दुनियाँमा स्वर्ग थियो। यहाँ नै सत्ययुग थियो। यहाँ नै अहिले कलियुग छ। बाबा सम्झाउनुहुन्छ– सबैभन्दा पहिले तिमी स्वर्गको मालिक थियौ। अहिले तिमी ८४ जन्म भोगेर नर्कवासी बनेका छौ। अब मैले तिमीलाई राजयोग सिकाएर मनुष्यबाट देवता, पतितबाट पावन बनाउँछु। भक्ति अर्थात् ब्रह्माको रात। ज्ञान अर्थात् ब्रह्माको दिन। तिमी ब्रह्माकुमार-कुमारीहरू दिनमा जान्छौ। यस पुरानो दुनियाँलाई अब आगो लाग्नु छ, अवश्य महाभारत लडाईं हो। अवश्य यस महाभारत लडाईंपछि नै स्वर्ग बन्छ। अनेक धर्म विनाश भएर एक धर्मको स्थापना हुन्छ। तिमी बच्चाहरू बाबाको सहयोगी बनेर आदि सनातन देवी-देवता धर्मको स्थापना गरिरहेका छौ। तिमी स्वर्गको मालिक बन्न लायक बनेपछि फेरि विनाश शुरु हुन्छ। यो हो शिवबाबाको ज्ञान यज्ञ फेरि शिव भन वा रूद्र भन। कृष्ण ज्ञान यज्ञ कहिल्यै भनिदैन। सत्ययुग त्रेतामा यज्ञ हुँदैन। यज्ञ तब रचिन्छ, जब उपद्रव हुन्छ। अनाज भएन वा लडाईं लाग्यो भने यज्ञ रच्दछन्, शान्तिको लागि। तिमी बच्चाहरू जान्दछौ– विनाश नभइकन त स्वर्ग बन्न सक्दैन। भारत माता शिव शक्ति सेना गाइएको छ। वन्दना पवित्रको नै गरिन्छ। तिमी माताहरूलाई वन्दे मातरम् भनिन्छ किनकि तिमीले श्रीमत अनुसार सृष्टिलाई स्वर्ग बनाएका थियौ। अब बाबा भन्नुहुन्छ– मृत्यु त सबैको शिरमाथि खडा छ, त्यसैले अब यो एक जन्म पवित्र बन र बाबालाई याद गर, तब तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ। अहिले तिमी शूद्रबाट ब्राह्मण बनेर फेरि देवता बन्छौ, यो कुनै नयाँ कुरा होइन। कल्प-कल्प हर ५ हजार वर्षपछि यो चक्र घुमिरहन्छ। नर्कबाट स्वर्ग बन्छ। पतित दुनियाँमा मनुष्यले जे-जे कर्म गर्छन्, त्यो विकर्म नै बन्छ। बाबा भन्नुहुन्छ– ५ हजार वर्ष पहिले पनि तिमीलाई कर्म-अकर्म-विकर्मको गति सम्झाएको थिएँ। अहिले फेरि तिमीलाई सम्झाउँछु। म परमपिता परमात्मा निराकार तिम्रो पिता हुँ। यो शरीर, जसको मैले आधार लिएको छु, यिनी कुनै भगवान होइनन्। मनुष्यलाई देवता पनि भनिदैन। अब मनुष्यलाई भगवान कसरी भन्न सकिन्छ? बाबा सम्झाउनुहुन्छ– तिमीले ८४ जन्म दिँदै-लिँदै तल सिँढी झर्दै आएका छौ, माथि कोही जान सक्दैन। सबैले पतित बन्ने मार्ग नै बताउँछन्, स्वयं पनि पतित बन्दै जान्छन्। त्यसैले बाबा भन्नुहुन्छ– उनीहरूको पनि उद्धार गर्न म आउनुपर्छ। यो हो रावण राज्य। तिमी अहिले रावण राज्यबाट निस्किएर आएका छौ। बिस्तारै बिस्तारै सबैलाई थाहा हुन्छ। ब्राह्मण नबनिकन शिवबाबाबाट वर्सा लिन सक्दैनौ। पिता छन् नै दुई। एक निराकारी बाबा, एक साकारी बाबा। वर्सा मिल्छ एक साकारी बाबाबाट साकारी बच्चाहरूलाई र फेरि निराकारी बेहदको बाबाबाट वर्सा मिल्छ निराकारी आत्माहरूलाई। अब तिमी बच्चाहरूले जान्दछौ– मीठा-प्यारा शिवबाबाबाट हामी २१ जन्मको लागि सुखधामको वर्सा लिन आएका छौं। विश्वको मालिक बन्छौं, योगबलद्वारा। कुनै हतियार आदि छैन। बाबासँग योग लगाएर विकर्म विनाश गरेर विष्णुपुरीको मालिक बन्छौं। अब अमरलोकमा जानको लागि अमर कथा सुनिरहेका छौं। वहाँ अकाले मृत्यु कहिल्यै हुँदैन। दुःखको नाम-निशान हुँदैन। तिमी बच्चाहरू आएका छौ बेहदको बाबाको श्रीमत अनुसार सर्वश्रेष्ठ देवी-देवता बन्न। यो कुनै शास्त्रको ज्ञान होइन। देखाउँछन्– विष्णुको नाभिबाट ब्रह्मा निस्किए। उनको हातमा फेरि शास्त्र दिएका छन्। बाबा भन्नुहुन्छ– ब्रह्माद्वारा म तिमीलाई सारा रचनाको आदि-मध्य-अन्त्यको ज्ञान सुनाइरहेको छु। म नै ज्ञानको सागर हुँ। गाउँछन् पनि– ज्ञान सूर्य प्रगटा... अज्ञान अन्धेरा विनाश। सत्ययुगमा अज्ञान हुँदैन। त्यो सचखण्ड हुँदा भारतवर्ष हीराजस्तै थियो, हीरा जुहारतका महल बन्दथे। अहिले त मनुष्यलाई पूरा खानको लागि पनि छैन। कंगाल विश्वलाई फेरि धनवान कसले बनाउँछ? यो बाबाको नै काम हो। बाबालाई नै दया आउँछ। भन्नुहुन्छ– तिमीलाई राजयोग सिकाउन आएको छु। नरलाई नारायण, नारीलाई लक्ष्मी बनाउँछु। भक्तहरूको रक्षक हुनुहुन्छ नै बाबा। तिमीलाई रावणको जेलबाट छुटाएर सुखधाममा लिएर जान्छु। सारा दुनियाँमा जो ब्राह्मण बन्छन्, उनीहरू नै देवता बन्छन्। ब्रह्माको नाम पनि प्रसिद्ध छ– प्रजापिता ब्रह्मा। तिमी ब्राह्मण हौ सबैभन्दा उत्तम, तिमीले विश्वको सच्चा रुहानी सेवा गरिरहेका छौ। बाबाको यादबाट नै विकर्म विनाश हुन्छ। अरु कुनै मार्ग छैन– पतितबाट पावन बन्ने। यादद्वारा नै खाद भस्म हुन्छ। सुनारहरूले जान्दछन्– सच्चा सुन झुटो सुन कसरी बन्छ। त्यसमा चाँदी, तामा, फलाम मिसाउँछन्। तिमी पनि पहिले सतोप्रधान थियौ फेरि मिसावट पर्छ, तमोप्रधान बनेका छौ। अहिले फेरि सतोप्रधान बन्नुपर्छ, तब सत्ययुगमा जान सक्छौ। बाबा भन्नुहुन्छ– कुनै पनि देहधारीलाई याद नगर। गृहस्थ व्यवहारमा रहँदै एक बाबा सिवाय अरु कसैलाई याद गरेनौ भने तिमी स्वर्गपुरीको मालिक बन्छौ। स्वर्ग अथवा विष्णुपुरी थियो, अहिले रावणपुरी छ। फेरि विष्णुपुरी बन्छ अवश्य। साधु-सन्त आदि सबैको उद्धार गर्न आउँछु, त्यसैले नै यदा-यदा हि धर्मस्य..... भनिन्छ, यो यहाँको नै कुरा हो। सर्वका सद्गति दाता म एक बाबा शिव हुँ। शिव, रूद्र सबै उहाँकै नाम हुन्, अथाह नाम राखिदिएका छन्। बाबा भन्नुहुन्छ– मेरो असली नाम त एउटै छ– शिव। म शिव हुँ, तिमी शालिग्राम बच्चाहरू हौ। तिमी आधाकल्प देह-अभिमानी रहेका हौ। अब देही-अभिमानी बन। एक बाबालाई जानेपछि बाबाद्वारा तिमीले सबै कुरा जान्दछौ। मास्टर ज्ञानसागर बन्छौ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) श्रीमतमा चलेर सर्वश्रेष्ठ देवता बन्नु छ। सारा विश्वको सच्चा सच्चा रुहानी सेवा गर्नु छ। आदि सनातन देवी-देवता धर्मको स्थापनामा बाबाको पूरा सहयोगी बन्नु छ।

    २) आत्मालाई सच्चा सुन बनाउनको लागि एक बाबा सिवाय कुनै पनि देहधारीलाई याद गर्नु छैन। पारलौकिक बाबासँग सच्चा सच्चा प्रीत राख्नु छ।

    वरदान:

    शक्तिहरूको किरणद्वारा कमी-कमजोरी रुपी किचडालाई भस्म गर्ने मास्टर ज्ञानसूर्य भव:-  

    जो बच्चाहरू ज्ञानसूर्य समान मास्टर सूर्य छन्, उनीहरूले आफ्नो शक्तिका किरणद्वारा कुनै पनि प्रकारको किचडा अर्थात् कमी वा कमजोरीलाई, सेकेण्डमा भस्म गरिदिन्छन्। सूर्यको काम हो किचडालाई यसरी भस्म गरिदिनु जसको नाम, रुप, रंग सधैंको लागि समाप्त भएर जाओस्। मास्टर ज्ञान सूर्यको हर शक्तिले धेरै कमाल गर्न सक्छ, तर समयमा प्रयोग गर्न आउनुपर्छ। जुन समय जुन शक्तिको आवश्यकता हुन्छ, त्यस समय त्यही शक्तिद्वारा काम लेऊ र सबैको कमजोरीलाई भस्म गर, तब भनिन्छ मास्टर ज्ञानसूर्य।

    स्लोगन:

    गुणमूर्त बनेर आफ्नो जीवनरुपी गुच्छामा दिव्यताको सुवास फैलाऊ।  

     ***OM SHANTI***