BK Murli 6 June 2016 Nepali

 BK Murli 6 June 2016 Nepali

२४ जेष्ठ २०७३ सोमबार 6.06.2016 बापदादा मधुबन

“मीठे बच्चे– बाबा आउनुभएको छ तिमी बच्चाहरूको सेवा गर्न, तिमीले पनि बाबा समान बनेर सबैको सेवा गर।   

प्रश्न:

ब्रह्मा बाबाको कुनचाहिँ एउटा विचार चल्छ, जसमा शिवबाबा भन्नुहुन्छ– पर्खेर हेर, चिन्ता नगर?

उत्तर:

बाबाको विचार चल्छ– समय धेरै नाजुक हुँदै जान्छ, बच्चाहरू अविनाशी ज्ञान रत्न लिन बाबाको पासमा आउनै पर्छ। यति धेरै बच्चाहरू कहाँ आएर बस्छन्! कति भवन बनाउनु पर्ने हुन्छ। शिवबाबा भन्नुहुन्छ– पर्खेर हेर। कल्प पहिले जसरी आएर रहेका थिए, त्यसरी नै रहनेछन्। तिमीले चिन्ता नगर, तिमीले केवल पढिराख, मनमनाभव। तिमीले कर्मातीत बन्ने पुरूषार्थ गर्नु छ।

गीतः–

तुम्हें पाके हमने.....

ओम् शान्ति।

बाबाले पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू, ओम् शान्ति। अरु के भन्नुहुन्छ! बच्चाहरूलाई भन्नुहुन्छ– प्यारा बच्चाहरू ओम् शान्ति, तत्वम्। हे बच्चाहरू! तिमी पनि शान्त स्वरुप हौ। तिमी पनि मास्टर पतित-पावन हौ। यस्तो अरु कसैले भन्न सक्दैन। भनिन्छ, जस्तो काग उस्तै बच्चा। तिमी बच्चाहरूले पनि जान्दछौ– जस्ता बाबा उस्तै हामी। बाबा भन्नुहुन्छ– म ज्ञानका सागर हुँ। तिमी बच्चाहरूले पनि सम्झन्छौ हामी मास्टर ज्ञानसागर हौं अर्थात् नदी ठहरियौं। सागरका बाल-बच्चा पनि हुन्छन् नि। ठूला-ठूला नदीहरू पनि छन्। ठूला-ठूला तलाऊ, ठूला-ठूला सरोवर पनि छन्। त्यो हो जड, तिमी हौ चैतन्य। सागरबाटै निस्केका हुन्। कति बच्चाहरूले यी कुरालाई बुझ्दैनन् किनकि बच्चीहरूले पढे-लेखेका त छैनन्। बाबाले एक पटक सोध्नुभएको थियो– चिनी केबाट बन्छ? गुँड केबाट बन्छ? अनि भने रातो उखुबाट गुँड बन्छ, सेतो उखुबाट चिनी बन्छ। बिचरीहरूले पढे-लेखेका त छैनन्। अब तिमीलाई कति महान् कुरा बुझाउँछु। पानीको सागरबाट पानीकै नदीहरू निस्कन्छन्। मनुष्यहरू धेरै बढ्दै जान्छन्, त्यसैले पानी पनि धेरै चाहिन्छ नि। कति नहर आदि बनाइरहन्छन्। त्यसैले तिमी बच्चाहरू उठ्दा-बस्दा, हिँड्दा-डुल्दा यही ख्याल राख्नुपर्छ– हामीले यस पतित दुनियाँलाई पावन बनाउँछौं। गीतमा पनि भन्दछन्– बाबा हामीले हजुरबाट विश्वको बादशाहीको वर्सा लिन्छौं। यो हामीबाट कसैले छिन्न सक्दैन। २१ जन्म यो राजाई कायम रहन्छ। बेहदको बाबा आएर बेहदको राज्य भाग्य दिनुहुन्छ। राज्य भाग्य चलाउन लायक बनाउनु हुन्छ, पवित्र बनाउनु हुन्छ। बोलाउँछन् पनि, हे पतित-पावन आउनुहोस्। यो कुनै कृष्णलाई बोलाएका होइनन्। निराकार भगवान्लाई बोलाउँछन्। हे पतित-पावन भन्दा बुद्धिमा कृष्णको याद आउँदैन, परमात्माको याद आउँछ। बाबा आएर हरेक कुरा सम्झाउनु हुन्छ। अहिले तिमी बच्चाहरू सम्मुख बसेका छौ। उहाँ कुनै साधु-सन्त हुनुहुन्न। तिमीले जान्दछौ– निराकार शिवबाबा यस ब्रह्मा तनमा प्रवेश गरेर हामीलाई पढाउनु हुन्छ। गायन पनि छ– परमपिता परमात्माले ब्रह्माको तनद्वारा आदि सनातन देवी-देवता धर्म स्थापना गर्नुहुन्छ। विनाश, स्थापनाको पछि नै भएको थियो। यसबाट सिद्ध हुन्छ पुरानो दुनियाँमा आउनुहुन्छ। ब्रह्माद्वारा स्थापना नयाँ दुनियाँको, शंकरद्वारा अनेक धर्महरूको विनाश गराउनुहुन्छ। सत्ययुगमा एक धर्म थियो, अहिले त अनेक धर्म छन्। एक देवी-देवता धर्मको निशानी चक्र आदि छन्। यी लक्ष्मी-नारायणलाई भनिन्छ नै विश्वको मालिक। स्वर्गका मालिक नै विश्वको मालिक भए। यी कुरा अहिले तिमी बच्चाहरूको बुद्धिमा बसेको छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मनमनाभव। बच्चाहरूलाई यो घरी-घरी सावधानी मिल्छ– बाबा र वर्सालाई याद गर। यो नभुल। अरु प्वाइन्टहरू त बिर्सिन्छ, यो मुख्य हो नि। बाबा नै पतित-पावन हुनुहुन्छ। उहाँले पावन बन्ने युक्ति बताउनु हुन्छ। बाबा भन्नुहुन्छ– तिमी सतोप्रधान थियौ। अहिले तमोप्रधान बनेका छौ। ८४ जन्म पूरै लियौ। अब फेरि तिमी तमोप्रधान बन्नुपर्छ। सतोप्रधान बन्यौ भने नै तिमी पवित्र दुनियाँमा जान सक्छौ। निराकारी दुनियाँ पनि पवित्र छ, साकारी दुनियाँ पनि पवित्र हुन्छ। अपवित्र पतित दुनियाँ यो हो। आत्मा पनि तमोप्रधान छ भने शरीर पनि तमोप्रधान छ। यो त सृष्टिको नाटक हो। यसमा ब्रह्माण्ड र सूक्ष्मवतन पनि आउँछ। सृष्टिको चक्र यहाँ घुम्छ। सत्ययुग-त्रेता यहाँ हुन्छ। यो सूक्ष्मवतनमा वा मूल वतनमा हुँदैन। यो यहाँ नै हुन्छ। यसलाई मनुष्य सृष्टि भनिन्छ। त्यो हो आत्माहरूको निराकारी दुनियाँ। त्यो हो ब्रह्मा, विष्णु, शंकरको आकारी दुनियाँ। यो साकारी सृष्टि कति विशाल छ। सत्ययुगमा कति सानो सृष्टि हुन्छ। वहाँ हुन्छ नै एक धर्म। बाँकी मनुष्यले जो भन्छन्– वहाँ दैत्य आदि थिए, यी सबै झुटो हो। 

तिमीले बुझेका छौ– नयाँ दुनियाँको स्थापना, पुरानो दुनियाँको विनाशको गायन गरिएको छ। सबैको विनाश हुन्छ अनि सत्ययुग, स्वर्गको स्थापना हुन्छ। तिमीले पनि बाबाको साथमा सेवा गरिरहेका छौ। बाबा पनि आउनुहुन्छ बच्चाहरूलाई सेवा गर्न। यहाँ हुनुहुन्छ बेहदको बाबा। हेर्नुहुन्छ– मेरा बच्चाहरू धेरै दुःखी छन् त्यसैले अवश्य दया लाग्छ नि। उहाँ हुनुहुन्छ नै दयावान बाबा। अहिले त सारा दुनियाँमा अशान्ति छ। एक बाबा सिवाय अरु कसैले शान्ति दिन सक्दैन। हठयोगी पनि अथाह छन्। आत्मालाई निर्लेप भन्दछन्। मनुष्यलाई उल्टो कुरा सुनाइदिन्छन्। वास्तवमा आत्माको सफाइ हुनुपर्छ। आत्मामा नै मैला परेको छ, अरु कसैलाई थाहा छैन। भन्दछन् पनि– यो पाप आत्मा हो। धेरै पाप गर्छ। यो महात्मा हो, पुण्यात्मा हो। यस्तो भन्दैनन्– महान् परमात्मा हो। संन्यासीहरूका लागि भन्छन् पवित्र आत्मा किनकि संन्यास गरेका छन्। अहिले बाबाले सम्झाउनु हुन्छ– आत्मालाई पवित्र बनाउने एक परमात्माका सिवाय अरु कोही हुन सक्दैन। पतित दुनियाँमा पावन आत्मा कोही हुन सक्दैन। अहिले कलमी लाग्छ। बिस्तारै बिस्तारै वृद्धि हुँदै जान्छ। यी त स-साना मठ, पन्थ आदि हाँगा-बिँगा हुन्। त्यसमा कहाँ मेहनत लाग्छ र। अनेक प्रकारका मन्त्र दिन्छन्। किसिम-किसिमका मन्त्र दिन्छन्। यो पनि वशीकरण मन्त्र हो, जसबाट तिमीले ५ विकारलाई जित्छौ। राम-रामको मन्त्र जप्छन्, यसबाट केही पनि फाइदा हुँदैन। यहाँ त बाबा भन्नुहुन्छ– मलााई याद गर्यौ भने तिम्रो पाप नाश हुन्छ। तिमी पवित्र आत्मा बन्छौ। यादलाई नै योग भनिन्छ। भारतवर्षको प्राचीन योग धेरै प्रख्यात छ। यसै योगद्वारा तिमीले विश्व माथि विजय पाउँछौ। भारतवर्षको राजयोग धेरै नामी छ। यो राजयोग बाबाले सिवाय अरु कसैले सिकाउन सक्दैन। तिमी हौ ब्रह्माकुमार, कुमारीहरू। बी.के. त यहीँ हुन्छन् नि। प्रजापिता ब्रह्माका बच्चाहरू अवश्य ब्रह्माका साथै हुन्छन्। ब्राह्मण कुल पनि अवश्य हुनुपर्छ। यसलाई भनिन्छ, सर्वोत्तम सबैभन्दा उच्च ब्राह्मणकुल। अहिले तिमी ब्राह्मण हौ, फेरि उथल-पुथल हुन्छौ। बाजोलीको खेल खेल्छन् नि। शूद्रबाट ब्राह्मण बनेका छौ फेरि देवता, क्षत्रिय.... अहिले बाबाले सम्झाउनु हुन्छ मीठा-प्यारा बच्चाहरू! धेरै सानो कुरा छ, बाबाको यादमा बस। यो पनि त बुद्धिमा छ– बाबाले हामीलाई ८४ जन्मको रहस्य बताइरहनु भएको छ। ८४ लाख अथवा ८४ जन्मको हिसाब त चाहियो नि। कसैलाई थाहा छैन। ८४ लाखको त हिसाब कसैले बताउन सक्दैन। मनुष्यले ८४ जन्मको चक्कर लगाउँछन्। आत्माहरू माथिबाट आउँछन्, पार्ट खेल्नको लागि। सत्ययुगदेखि लिएर कलियुगको अन्त्यसम्म आइरहन्छन्। हरेकले आ-आफ्नो पार्ट खेलिरहन्छन्। यी कुरालाई मनुष्यले जान्दैनन्। एक बाबाले नै जान्न सक्नुहुन्छ। मनुष्यलाई कहिल्यै परमपिता, गड फादर भनिँदैन। गड फादर बोल्दा बुद्धि शिवबाबा तर्फ जान्छ। जीव आत्माका पिता त हुनुहुन्छ नि। आत्माले एक शरीर छोडेर अर्को शरीर लिन्छ। निराकार बाबाको नाम शिव हो। तिम्रो पनि एउटै नाम छ, आत्मा। फेरि शरीरका भिन्न-भिन्न नाम हुन्छन्। परमपिता परमात्माले पनि शरीरमा आएर ज्ञान सुनाउनुहुन्छ। शरीर विना कहाँ सुनाउनुहुन्छ र। बाबा भन्नुहुन्छ– यिनको त आफ्नो नाम छ, मेरो शरीरको कुनै नाम छैन, नत म पुनर्जन्ममा आउँछु। म यिनमा प्रवेश गर्छु, यिनलाई पनि थाहा हुँदैन। कुनै तिथि-मिति छैन। हो, म कल्पको अन्त्य अर्थात् रातमा आउँछु। अहिले रात हो नि। यो हो नै पतितहरूको दुनियाँ। म आउँछु पावन दुनियाँ अर्थात् दिन बनाउन। यो पनि जान्दैनन्– बाबाले कहिले प्रवेश गर्नुभयो? हो, विनाशको साक्षात्कार गरे। धेरै ध्यानमा जान्थे, त्यसको कुनै तिथि-मिति, बेला निकाल्न सकिँदैन। कृष्णलाई पनि पूजा गर्छन्, उनको रात्रिको जन्म देखाउँछन्। कुन समय, कति मिनेट आदि सारा निकाल्छन्। बाबा भन्नुहुन्छ– म त छु नै निराकार। जसरी अरु मनुष्यले जन्म लिन्छन्, त्यसैगरी मेरो जन्म कहाँ हुन्छ र। मेरो त दिव्य, अलौकिक जन्म हुन्छ। म यिनमा प्रवेश गर्छु, फेरि गइहाल्छु। बयलमा दिनभरि कहाँ सवारी गरिन्छ र। मलाई जतिबेला बच्चाहरूले याद गर्छन्, म हाजिर हुन्छु। बाबा आएर बच्चाहरूसँग मिलन गर्नुहुन्छ, गुड मर्निङ्ग गर्नुहुन्छ। जसरी मनुष्यहरूले एक अर्कासँग भेटघाट गर्छन्, राम-राम वा नमस्ते भन्छन्। यो कुरा त बेहदको रुहानी बाबाले सम्झाउनु हुन्छ। म तिमी सबै बच्चाहरूको पिता हुँ। त्यसैले शिव बाबाका सन्तान तिमीहरू सबै आत्माहरू भाइ-भाइ हौ। यसमा खुशीको पारा चढ्नुपर्छ। बेहदको बाबा आउनुभएको छ, हामीलाई बेहदको वर्सा दिइरहनु भएको छ। बच्चाहरूलाई देखेर बाबालाई पनि खुशी हुन्छ, धेरै बच्चाहरू छन्। बच्चाहरूले जान्दछन्– हामीलाई बाबाले स्वर्गको मालिक बनाइरहनु भएको छ, राजाई दिनुहुन्छ। प्रजाले पनि त भन्दछन्– हाम्रो राज्य हो। जसरी भारतवासीहरूले भन्दछन्– यो हाम्रो भारत हो। राजा र प्रजा दुवैले भन्छन्– हाम्रो देश हो। तिमी बच्चाहरू नर्कवासी भएर फेरि स्वर्गवासी बन्छौ। बाबा र वर्सालाई याद गर्नु छ, अरु कुनै मेहनत बाबाले दिनुहुन्न। रहनु पनि गृहस्थ व्यवहारमा। यहाँ आएर कहाँ रहनु छ र। सबै यहाँ दौडेर आए भने यतिका सबैलाई बाबाले कहाँ राख्न सक्नुहुन्छ र। यतिका सबै बच्चाहरू एकैपटक कसरी सँगै रहन सक्छन्। सबै सेवा केन्द्रका बच्चाहरू एकैपटक कसरी मिलन गर्न सक्छन्? कहाँ बस्न सक्छन्? मुश्किल छ नि। दिन-प्रतिदिन बच्चाहरू वृद्धि भइरहन्छन्, यसको पनि केही युक्ति रच्नुपर्छ। यी सबै वरिपरिका भवनहरू लिनुपर्छ। घरवालासँग सोधिन्छ– कति माग्नुहुन्छ? समयमा त लिनुपर्छ नि। पैसाको त कुनै कुरा छैन। समय धेरै नाजुक हुँदै जान्छ। बाबा र बच्चाहरू दुवै अविनाशी छन्। अविनाशी खजाना बच्चाहरूलाई दिनुहुन्छ। धेरै बच्चाहरू आउनेछन्। बाबाले विचार गर्नुहुन्छ– त्यति धेरै बच्चा कहाँ आएर बस्लान्! बाबा भन्नुहुन्छ– तिमीले फेरि चिन्ता किन गर्छौ? पर्खेर हेर। तिमीले पढिराख, मनमनाभव। 

तिमी बच्चाहरूले यो ख्याल पनि राख्नु छ, अब मलाई कर्मातीत अवस्थामा जानु छ, सतोप्रधान बन्नु छ। यादद्वारा नै पावन बन्छौ। बाबाले कुरा त धेरै सहज बताउनु हुन्छ। अति सहज छ, केवल बाबालाई याद गर्नु छ। हेर, गाईका बाच्छालाई माऊको याद आयो भने कराउँछन् नि। ती त हुन् जनावर। तिमी बच्चाहरूले पनि पुकार्यौ नि। पछि गएर धेरै पुकार्नेछन्, धेरै याद गर्नेछन्। तिमी बच्चाहरूले त अब जान्दछौ– बाबा आउनुभएको छ, विनाश त हुनु नै छ। प्राकृतिक प्रकोप हुनेछ। सबै आपसमा लडाईं झगडा गरिरहन्छन्। कति खर्च गरेर बमहरू बनाउँछन्, धेरै पैसा जान्छ। खर्च त हुन्छ नि। त्यति खर्च कहाँबाट ल्याउने? मृत्यसँग डराउँछन् पनि, तैपनि बम बनाउन त बन्द गर्दैनन्। बमकै लडाईं हुनेछ। अहिले बनाउँछन् पनि त्यस्तै, बम गिर्यो अनि मनुष्य मरे। चीज बनाउनमा पहिला समय लाग्छ, फेरि त मिनट मोटर (एक मोटर एक मिनेटमा)। छिटो-छिटो बनाउँछन्। बमहरू पनि कहाँ थोरै मात्र बन्छन् र! तिमी बच्चाहरूले जान्दछौ– यो पुरानो दुनियाँ विनाश हुन्छ। अब बेहदको बाबासँगबाट वर्सा लिनु छ। 

गीता हो तिमी बच्चाहरूको, देवी-देवता धर्मको शास्त्र। बाँकी त साना साना छन्, तिनको कुनै महिमा छैन। ब्राह्मण धर्म हो सबैभन्दा उच्च। ब्राह्मणहरूको काम हो कथा सुनाउनु। तिमीले भन्न सक्छौ– हामी ब्रह्माकुमार-ब्रह्माकुमारी हौं ब्रह्माका बच्चा, हामीलाई हजुरबुवाको वर्सा प्राप्त भइरहेको छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) ड्रामाको हर रहस्यलाई जानेर कुनै पनि कुराको चिन्ता गर्नु छैन। पढाइ पढिरहनु छ। मनमनाभव भएर कर्मातीत बन्ने ख्याल राख्नु छ। स्वयंलाई सतोप्रधान बनाउनु छ।

२) हामी आत्माहरू शिवबाबाको सन्तान आपसमा भाइ-भाइ हौं। शिवबाबाद्वारा वर्सा लिइरहेका छौं। यसै खुशीमा रहनु छ।

वरदान:

परतन्त्रताको बन्धनलाई समाप्त गरेर सच्चा स्वतन्त्रताको अनुभव गर्ने मास्टर सर्वशक्तिमान भव:-  

विश्वलाई सर्व शक्तिहरूको दान दिनको लागि स्वतन्त्र आत्मा बन। सबैभन्दा पहिलो स्वतन्त्रता पुरानो देहको सम्बन्धबाट बन, किनकि देहको परतन्त्रताले अनेक बन्धनमा नचाहँदा नचाहँदै पनि बाँधिदिन्छ। परतन्त्रताले सदैव तलतिर नै लैजान्छ। चिन्ता वा निरस स्थितिको अनुभव गराउँछ। कुनै पनि सहारा स्पष्ट देखिँदैन। न चिन्ताको अनुभव, न खुशीको अनुभव, भुमरीको बीचमा अनुभव हुन्छ। त्यसैले मास्टर सर्वशक्तिमान बनेर सर्व सम्बन्धबाट मुक्त बन, आफ्नो सच्चा स्वतन्त्रता दिवस मनाऊ।

स्लोगन:

परमात्म-मिलनमा सर्व प्राप्तिको मौजको अनुभव गरेर सन्तुष्ट आत्मा बन।   



***OM SHANTI***

Google+ Followers